डा. लेखनाथ काफ्ले ‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि… Continue reading
ज्योतिष भन्छ- चुनाव हुँदैन
सरकारले मंसिर ४ गते संविधान सभाको अर्को चुनाव हुने मिति घोषणा गरेको छ। घोषणा कै दिन माइसंसारमा गरिएको अनलाइन सर्वेक्षणमा नतिजा विभाजित रह्यो। चुनाव हुने र नहुने भन्नेहरु झण्डै आधा आधा रहे। ५१ प्रतिशतले हुन्छ भने पनि झण्डै ४९ प्रतिशत हु्न्न भन्नेहरु थिए। तोकिएको मितिमा चुनाव हुन्न भन्नेमा एक जना ज्योतिष पनि थपिएका छन्। डा.… Continue reading
राष्ट्रपति नभएको अवस्थामा के हुन्छ ?
राष्ट्रपति डा. रामवरण यादव गम्भीर बिरामी भएका छन्। उनको आन्द्रामा दाग देखिएको छ। गम्भीर बिरामी नभएको भए विदेशमा लगेर उपचार गर्नुपर्दैन थियो। रोगको गम्भीरताका कारणै उनलाई जापान लगिँदैछ। सोमबार दिउँसो १: ५५ बजे थाइ एयरको विमानबाट जापान जाने टोलीमा छोरा चन्द्रमोहन यादव, छोरी अनिता यादव, कानुनी सल्लाहकार सुर्य ढुंगेल, निजी चिकित्सक डाक्टर यादव भट्ट, परराष्ट्रबाट शिष्टाचार महापाल र सुरक्षा निकायका तीन… Continue reading
दुर्घटना कुरेको ?
-अनिता श्रेष्ठ- यो माथिको फोटो पाटनको कुपन्डोलस्थित ढुकुटी ह्यान्डीक्राफ्ट पसल नजिकैको हो। यो ढल्न तम्तयार भएको बिजुलीको खम्बा मेरो घर अगाडि पर्छ। केही अघिमात्रै म आफै गएर पुल्चोकस्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा गएर त्यहाँका म्यानेजरलाई फोटो देखाएरै उजुरी दर्ता गराएँ। हरेक दिन मलाई कन्ट्र्याक्टर आज आउँछ भनेर सुनाइन्छ। तर कहिल्यै त्यो धरापमा परेको खम्बा हटाइँदैन।… Continue reading
आहा, सगरमाथा !
यही वर्षको सगरमाथा चढ्ने सिजनमा सयौँ शिखरतिर लम्किए। केही सफल भए, केही भएनन्। अधिकांश आरोहीहरु सुतिरहेका बेला एलिया साइकली भने आफ्नो क्यानन फाइभ डि मार्क टु क्यामेरा तेर्स्याएर रातभर फोटो खिचेर बसिरहे। त्यहीँ खिचिएका हजारौँ फोटोहरुबाट एउटा गजबको राम्रो टाइमल्याप्स (समयान्तर) भिडियो बनेको छ। हेरौँ, उनको यो भिडियो।
माइसंसारको ब्लगले झण्डै देशनिकाला
कतारकी राजदूत मायाकुमारी शर्माले माइसंसारमा लेखिएको एक ब्लगका कारण दीपक भेटवाललाई झण्डै देशनिकाला गराएको खुलासा भएको छ। उनले त्यहाँको सरकारलाई भेटवाललाई देशनिकाला गर्न पत्राचार गरेकी थिइन्। गैरआवासीय नेपालीको दबाब र सरकारको निर्देशनपछि मात्र उनले आफ्नो निर्णय फिर्ता लिएकी थिइन्। कतारको विदेश मन्त्रालय, कन्सुलर विभागलाई मे १ मा लेखेको पत्रमा भनिएको थियो- ‘कतारको २८१५२४१०४०० नम्बर परिचयपत्र… Continue reading
कथा: मोडहरु
-गौतम “उदय”- एक साँझ संगै खाना खाइराहंदा लिला दाइले ‘तँलाई मिल्ने राम्री केटी छ, हेर्न जाउँ’ भनेको आज तीस बर्ष पछि पनि यी कानमा त्यसै गरी गुन्जिरहन्छ। मेरो बिहेको किन त्यतिबिघ्न चासो परेको होला उनलाई ! सांगठानिक सम्बन्ध बाहेक आमातिर न बाउतिर कतै कुनै नाता साइनोले छुँदैन उनको र मेरो। राजनीतिक आस्था भने अझसम्म दुई… Continue reading
खुराफातमा रम्ने नेपाली मानसिकता र नेपाली संस्थाहरु
-गोकुल ढकाल/ लस एन्जलस- समस्यामा झेलिएकाहरूको हित र मर्कामा परेकाहरूको ब्यथा बुझ्न शुरु हुन्छ, जहांसुकै पनि कुनै संस्था । आजकाल फेशन, रहर, टकराव, घुर्की, देखासिकी र बदलाभावले जन्मने गरेका छन्, संस्थाहरू । नेपालमा स्थापना भएका अन्दाजी १४५ पार्टीहरूको स्थापनाको वास्तविक अर्थ पनि रहर, टकराव र पद गुमेका वा छाडेकाहरूको स्वार्थपूर्तिका खातिर खोलिएका उदाहरणहरू कसैका सामु… Continue reading
होला त चुनाव मंसिर ४ मा ?
सरकारले फेरि एक पटक संविधान सभाको अर्को निर्वाचनको मिति घोषणा गरेको छ। खिरारे सरकारले निकालेको साइत हो मंसिर ४ गते। यसअघि बाबुराम भट्टराईको सरकारले घोषणा गरेका मितिहरु खेर गएका थिए। लामो समयको प्रतीक्षापछि यो सरकारले मिति घोषणा गरेको हो। के तपाईँलाई यो मितिमा चुनाव होला जस्तो लाग्छ ? आफ्नो विचार तल कमेन्टमा वा भोट गरी… Continue reading
‘फेल’ हुनुभो? ल बधाई छ!
सुरेश ‘समान’ ‘सुरेशले आलु खाए,’ ज्योति माध्यमिक बिद्यालय, इटहरीमा कक्षा चारको रिजल्ट हेरेर आएको रात भान्सामा दिदीले आमालाई सुनाइ। ‘अनी मेरो चैँ नाम निस्कियो, सिर्जना निरौला- फेयर्ली पास।’ आफ्नो नाम भने उस्ले बडो गर्वसाथ लिइ। म घोसेमुन्टो लाएर चुपचाप चबाउँदैथिए। म ‘फेल’ भएँको थिएँ। आमाले लामो सास तान्नुभयो। साह्रै थाकेपछी निस्कने सास जस्तो सुनिन्थ्यो। मेरो… Continue reading
न्युयोर्कमा नेपाली हाट भर्दा
-सशांक लामा- एक हप्ता अगाडिनै मेरा गाउंले मित्र छाङ्वा लामाले जुन महिनाको ९ तारिख आईतवार, न्युयोर्कस्थित ज्याक्शन हाइटमा खानपान गर्नेगरी निमन्त्रणा गरेका थिए।९ तारिखको दिउंसो सम्म मेरो गाउंलेको अत्तो पत्तो थिएन।ज्याक्शन हाइटस्थित कमला गौचन कहाँ खाना खाइने भैइयो भनेर सुरिएर बसेको थिएँ। न्युयोर्कको कार्य ब्यस्तताले गर्दा उनले भुलेछ क्यार! खैर ठिकै छ्! भनेर म मध्यानहतिर… Continue reading
पैसाको पहुँच
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को… Continue reading
ज्ञानेन्द्रको गणतन्त्र भ्रमण
जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभा २०६४ जसै बिना उपलब्धी स्वतः विघटन भई समाप्त भयो, त्यसले स्थापित गर्न खोजेका परिवर्तनहरुमाथि पनि प्रश्न चिन्ह लागेको छ। जनआन्दोलनलाई संस्थागत गर्ने मुलुकको अन्तरिम संविधान २०६३ अद्यापि मृत भैसकेको त छैन, तर यो आफैंमा बेकम्मा बनाइदैछ, दिनदिनै त्यसकै संस्थापक रुाजनीतिक दलहरुबाट। जनताको सार्वभौमअधिकार प्रयोग गर्ने संविधानसभाले देशलाई… Continue reading
पोखराको आकाशमा चराजस्तै उड्दा
विक्रम संवत् अनुसार नयाँ वर्षको पहिलो दिन एउटा नयाँ किसिमको अनुभव लिने मौका पाएको थिएँ। नयाँ वर्षको नयाँ दिनको नौलो बिहानी पोखराको आकाशमा चरा जस्तै उड्न एभिया क्लबको अल्ट्रालाइट जहाजले सघाएको थियो। प्याराग्लाइडिङभन्दा अलि डर लाग्ने रहेछ। जहाज कै दुई पखेटामा एउटामा फोटो र अर्कोमा भिडियो गरी दुई वटा क्यामेरा हुने रहेछ। त्यसैले खिचेको भिडियो… Continue reading
किराको लोभमा माटोसमेत बेचिन्छ
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको चौथो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। एक जना व्यापारी थिए १७/१८ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै गरेका। सुरक्षाको कारण उनले आफ्नो नाम खुलाउन चाहेनन्। हामीले त्यसको सम्मान गर्ने बताएपछि बल्ल उनी खुले। उनी त आफै… Continue reading
दिमागमा घाँस उम्रिएको !
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो। पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक… Continue reading
एउटै गाउँमा करोडको व्यापार
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको दोस्रो ब्लग यहाँ राख्दैछु। अघिल्लो ब्लगमा पनि भनिसकेको हुँ यार्सागुम्बाबारे पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठको अध्ययनका सिलसिलामा मनाङ आइपुगेको हुँ। यात्राको दोस्रो दिन स्थानीय व्यापारी र संकलकहरुसित जानकारी लिँदैमा बित्यो। तपाईँलाई सुन्दा अचम्म लाग्ला, यहाँको विकट गाउँमा यार्सागुम्बाको व्यापारबाट प्रशस्त आम्दानी हुन्छ।… Continue reading
माछा नपाइने मनाङतिर मुन्टिँदा
मनाङ जिल्लाका थुप्रै विशेषता पढेसुनेको थिएँ। जस्तै मनाङ माछाबिनाको जिल्ला हो। यहाँका कुनै पनि नदी वा जलाशयमा माछा लगायत कुनै जीवजन्तु पाइँदैन। मनाङ कम पानी पर्ने नेपालको एउटा ठाउँ हो। बाहुन क्षेत्रीको स्थायी बसोबास नभएको जिल्ला पनि यही हो। केही अघिसम्म जेल र थुनुवा नभएको जिल्लाका रुपमा पनि मनाङ परिचित थियो। तर नार यार्सागुम्बा कान्डपछि… Continue reading
पानीको अभावको फोटोले जित्यो पुरस्कार
इसिमोडले आयोजना गरेको हिमालय क्षेत्रमा पानीको अवस्थाबारे भएको फोटो प्रतियोगितामा एउटा नेपाली फोटोले पुरस्कार जित्न सफल भएको छ। उत्तमबाबु श्रेष्ठले डोल्पा जाँदा खिचेको स्रोतमै पानीको अभाव शीर्षकको फोटोले सेकेन्ड रनर अप अवार्ड जितेको हो। पोहोर माझफाल गाविसमा खिचिएको यो फोटोलाई दुई व्यवसायिक फोटोग्राफर जगदीश तिवारी र रवि सायमि अनि एक जल विशेषज्ञ अदिती मुखर्जीको जुरीले… Continue reading
जटामासी खोज्दै रसुवा डुल्दा
[अहिले म मनाङ यात्रामा छु। एक वर्षअघि यति नै बेला हामी एउटा जडिबुटी खोज्दै लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र चहारिरहेका थियौँ। त्यतिबेलाको अनुभवसहितको ब्लग तपाईँहरुले नपढ्नुभएको भए-] समुद्री सतहभन्दा ३५०० मिटर उचाइमा रहेको रसुवाको चोलाङपाटीमा भेटिएकी डोल्मा र पेमा टाउको दुख्दा सदरमुकाम धुन्चेको औषधि पसलमा किनेको सिटामोल खानेगर्छिन्। जब हामीले टाउको दुख्दा प्रयोग गर्न सकिने नजिकै… Continue reading