Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ठगीलाई वैधानिकता दिने सरकार

Posted on July 2, 2013 by mysansar

-विष्णु पोखरेल- काकाकुल काठमार्डौ उपत्याकामा व्यवसायीको नामधारी अत्याचारीले चारदिन खानेपानी आपूर्ति ठप्प पारेर आन्दोलन गरे। उपत्यकामा निजी क्षेत्रबाट सञ्चालित ट्याङ्कर, बोतल र जार उत्पादकले पानी आपूर्ति रोकेर उपभोक्तालाई सास्ती दिए। त्यसको असर घर, डेरा, होटल, होस्टलदेखि अस्पतालमा समेत पर्न थालेपछि सरकारले आइतबार पानी उत्पादकका सबै माग पुरा गर्ने सम्झौता गऱ्यो। सम्झौतापत्रमा हस्ताक्षर भइनसक्दै सहरभरी पानीको… Continue reading

कहाँबाट ल्याउने ३५ अर्ब रुपिया ?

Posted on July 1, 2013July 2, 2013 by Salokya

काठमाडौँबाट हेटौडा जान मुग्लिङ हुँदै जाँदा २२६ किलोमिटर यात्रा छिचोल्न सात-आठ घण्टा लाग्छ। त्रिभुवन राजपथको घुमाउरो बाटोमा जाने हो भने १३३ किलोमिटर लाग्छ। यो सुरुङ बाटो मात्र ५० किलोमिटरको हुनेछ। अझ द्रुत गतिको सवारी साधन चल्ने हुनाले हेटौडाबाट काठमाडौँ आइपुग्न समय पनि एक घण्टा मात्रै लाग्नेछ। धेरै समयदेखि त्यही भएर यो सुरुङ मार्ग चर्चामा छ।… Continue reading

तीन किलो सुन दिएर अपहरणमुक्त हुने डा. भक्तमान पनि अख्तियार छानबिनमा

Posted on July 1, 2013July 1, 2013 by Salokya

तपाईँहरुलाई याद होला तीन वर्ष अघिको त्यो कान्ड- चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा.भक्तमान श्रेष्ठको अपहरण। केही मिडियाले माओवादीले अपहरण गरेको दावी गरे पनि खासमा अपराधीहरुले फिरौतिका लागि अपहरण गरेको खुलेको थियो। परिवारले साढे तीन किलो सुन दिएपछि उनी अपहरणमुक्त भएको प्रहरीको अनुसन्धान टोलीले खुलासा गरेको थियो। उनै भक्तमान अहिले अख्तियार दुरुपयोग अनुसन्धान… Continue reading

फोटो कथाः स्वर्ग पुनः पाउँदा…

Posted on July 1, 2013July 1, 2013 by mysansar

पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले हेरिहाल्नुभयो। आज पालो फोटो कथाको। प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथामा पनि प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने गर्छ। फोटो कथाका लागि… Continue reading

नेपाल मोटरसाइकल चालक संघले पनि आन्दोलन गर्ने

Posted on June 30, 2013July 1, 2013 by Salokya

सुन पसलेहरुले सुन पसलहरुमा भएको अनुगमनविरुद्ध ठग्न पाउनु पर्छ भनी आन्दोलन गरे। सरकारले वार्ता गर्‍यो। मागहरु पूरा भए। बगेको पानीलाई सीधै ट्याङ्करमा जोडेर बेच्ने, मिनरल वाटर भनेर सीधै जस्तो पानी छ त्यस्तै जारमा बेचेर भर्नेहरुले पानी जस्तो अत्यावश्यक वस्तुमा पनि चार चार दिनसम्म वितरण ठप्प पारेर आन्दोलन गरे। पानी पिउनयोग्य छ कि छैन भनी अनुगमन… Continue reading

कुवेतमा नौ नेपाली ‘आपत्तिजनक’ अवस्थामा पक्राउ

Posted on June 30, 2013June 30, 2013 by mysansar

बेलामौकामा नेपाली मिडियामा आउने समाचार हो- फलाना फलाना होटल वा लजमा पुलिसले छापा मार्दा यति संख्यामा जोडी ‘आपत्तिजनक’ अवस्थामा पक्राउ परे। तीन वर्षअघि त झोँक चलेर सुमिनाले ब्लगै लेखेकी थिइन्- यो आपत्तिजनक अवस्था भनेको के हो भन्दै। अब यस्तो समाचार विदेशबाट नि आउन थालेछ। कुवेतबाट भर्खरै यस्तै समाचार आएको छ। त्यहाँ चाहिँ आपत्तिजनक हैन, ‘अनैतिक… Continue reading

नगरपालिकाको काम चैँ के ?

Posted on June 30, 2013June 30, 2013 by mysansar

-अमर पन्थी कमल/नेपालगञ्ज- नेपालगञ्ज! यहाँको ट्राफिक अत्यन्तै व्यस्त ,माइक्रो बस, टेम्पो, रिक्सा, साइकल, ठेला र घोडा, टाँगा साघुरो बाँटो पलपलमा दुर्घटनाको डर……. अझ छाडा वस्तुहरु गाइ, घोडा र गधाले सडकको बीचमा ट्राफिक आइल्यान्ड नै बनाएका हुन्छन्। सँधै जस्तै शुक्रबार बिहान मोटरसाइकलमा अफिस आउँदै थिएँ। नेपालगञ्ज बि.पी.चोक नजिकै ब्यस्त सडकको बीचमा बडेमानको साँढे मरेर आकाशतिर खुट्टा… Continue reading

अख्तियार लाग्यो अकूत सम्पति छानबिनतिर, कर्मचारीमा खैलाबैला

Posted on June 29, 2013June 29, 2013 by Salokya

वर्षौँ पहिले अनुसन्धान सकाएर दायर मुद्दामा फैसला हुनुबाहेक भ्रष्टाचारको छानबिन गर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी अकूत सम्पति आर्जन गरेको विषयमा प्रवेश नगरेको धेरै भयो। बीचमा अख्तियारका प्रमुख नै नियुक्त गर्न सकिएन। बल्ल बल्ल विवादास्पद भए पनि अख्तियार प्रमुख नियुक्त भयो र त्यसले अहिले उच्च पदमा रहेका कर्मचारीहरुको अकूत सम्पति छानबिन… Continue reading

यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु

Posted on June 28, 2013July 14, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा सात विधामा पहिलो, दोस्रो र तेस्रो घोषणा भएको छ। पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्। कस्ता छन् त हजारौँ रुपियाँको पुरस्कार जित्ने फोटो ? त्योभन्दा अगाडि तपाईँले लाख रुपियाँ जित्ने फोटो हेर्नुभयो? नहेर्नुभएको भए यहाँ क्लिक गरी हेर्नुस्। यसबाहेक निर्णायक चरणमा पुगेका… Continue reading

ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो

Posted on June 28, 2013June 28, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा शैलेन्द्र खरेलको यो फोटो वर्षको उत्कृष्ट फोटो बनेको छ। ‘आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर’ उपाधि सँगै उनले नगद एक लाख रुपियाँ पाउने छन्। बाढीपहिरोले अहिले सबैको ध्यान खिचिरहेका बेला सर्वोत्कृष्ट बनेको यो फोटो पनि बाढीपहिरोसँगै सम्बन्धित छ। आज पर्यटन बोर्ड हलमा आयोजित उपाधि घोषणा कार्यक्रममा विजेता खरेलले यो… Continue reading

अध्यागमन अत्याचारको वास्ता भएन, अब के ‘अकुपाइ’ गर्ने?

Posted on June 28, 2013 by Salokya

विदेशबाट फर्किएकी एक युवतीलाई अध्यागमनका हाकिम भनाउँदाहरुले पैसा र इज्जत दुवै लुटेको घटना सार्वजनिक भएपछि महिनौँसम्म ‘अकुपाइ बालुवाटार’ अभियान चल्यो। अहिले त्यो घटनामा संलग्नलाई कानुनी कारबाही अघि बढेको छ। अब बालुवाटार अकुपाइ हुन छाडिसक्यो। लुटिएको इज्जत फिर्ता हुने कुरा भएन, लुटिएको पैसा फिर्ता भए हुन्थ्यो। भएन। बरु सरकारले ‘क्षतिपूर्ति’ भन्दै रकम दिने बतायो। घटना प्रकृति… Continue reading

मनाङमा भेटिएको अस्ट्रेलियन ‘काठमान्डु’

Posted on June 27, 2013June 27, 2013 by Salokya

मनाङ यात्राको ब्लग व्यस्तताका कारण जारी राख्‍न सकेको थिइनँ। आजदेखि फेरि सुरु गर्ने जमर्को गर्दैछु। मनाङ जिल्लाको मनाङ गाविस रहेछ खास मनाङ चाहिँ। मनाङबाट याकखर्कतिर हिँड्ने क्रममा बाटोमा केही विदेशी पर्यटकहरु भेटिए। हामी नेपालीहरु ट्रेकिङमा नर्थफेस लगायतका विभिन्न ब्रान्डनामका सामान प्रयोग गरिरहेका हुन्थ्यौँ (भलै ती सामान नेपालमै बनेका किन नहुन्!) एक जना विदेशी भने हाम्रै… Continue reading

भत्कियो पोखराको पुरानो घर

Posted on June 27, 2013June 27, 2013 by Salokya

पोखराको नागढुंगानजिकैको चोकमा रहेको पोखराका पुराना घरहरु मध्येको एउटा घर यो सालको वर्षाले भत्किएको छ। यो पालि पोखरामा भयङ्कर वर्षा भएको छ। र, त्यही वर्षाले यो पुरानो घरका केही भाग भत्कन पुगेको छ। पुरानो घर भएकोले ऐतिहासिक महत्वको भन्दै उपमहानगरपालिकाले यो घर भत्काउन दिएको थिएन। सडक फराकिलो पार्दासमेत यो घरलाई केही नगरी ढलसमेत घर भित्रबाट… Continue reading

१५ रुपियाँमा मोबाइल

Posted on June 26, 2013June 26, 2013 by Salokya

तपाईँले सस्तोमा कतिसम्मको मोबाइल देख्नुभएको छ ? दुई हजार ? एक हजार ?? आउनुस्, हामी तपाईँलाई देखाउँछौँ १५ रुपियाँमा पनि मोबाइल पाइने ठाउँ। बच्चाहरुले खेलाउने टुइँटुइँ आवाज मात्रै आउने चाइनिज मोबाइल पनि ५० रुपियाँ पर्छ। कस्तो रहेछ त यो ११०४ रुपियाँमा नै ७२ वटा आउने मोबाइल ? १५ रुपियाँ ३३ पैसा पर्ने मोबाइल कस्तो रहेछ… Continue reading

मलाई पनि डिभी पर्‍यो रे !

Posted on June 25, 2013June 25, 2013 by Salokya

इमेल चेक गर्दैगर्दा अमेरिकी विदेश मन्त्रालयले पठाएको भन्ने शीर्षक भएको एउटा इमेलमा आँखा लाग्यो। खोलेर हेर्दा त अमेरिकाको स्थायी बसोबास कार्ड (ग्रीनकार्ड वा डिभी) परेको भन्ने पो लेख्या रैछ। अमेरिकाको झण्डा र त्यहाँको विदेश मन्त्रालयको लोगोसहितको इमेल हेर्दा अरु झुक्किन्थे होलान्। तर म झुक्किनँ। किनभने मैले डिभी भरेकै थिइनँ। भर्दै नभरेको डिभी पर्ने त कुरै… Continue reading

एक जमानामा यसरी हुन्थ्यो ट्रंकल

Posted on June 24, 2013June 24, 2013 by mysansar

अहिले देशका जुनसुकै भागमा कल गर्न पनि सामान्य ल्यान्डलाइनबाट फोन गरे हुन्छ। एसटिडी (सब्सक्राइबर्स ट्रंक डायल) सुविधा अब आवश्यक छैन। अझ ल्यान्डलाइन पनि किन चाहियो, हातहातमा हुने मोबाइलबाट गरे भयो। तर एक जमाना थियो, जतिबेला ट्रकंल गर्न निकै गाह्रो थियो। टेलिकमको कार्यालयमा गएर फर्म भरेर ट्रंकल गर्न कुरेर बस्नुपर्थ्यो। त्यही बेलाको एउटा रमाइलो अनुभव नीलकण्ठ… Continue reading

टेलिकम कम्पनीले चाहे बाढीपीडितलाई क्षणभरमै करोडौँ सहयोग उठाइदिन सक्छन्

Posted on June 23, 2013 by mysansar

-विरोध कट्टेल- यतिबेला देशका विभिन्न स्थानहरुमा बाढी पहिरोले थुप्रै मानिसहरुको उठिबास भइरहेको छ। कसैको घर बाढीले बगाएको छ त कसैको पहिरोले पुरिदिएको छ। कतिले आफ्नो आफन्त गुमाउनु परेको छ त कतिले खुल्ला आकासमुनि रात बिताउनु पर्ने बाध्यता परिरहेको छ। यस्तो अबस्थामा देशबासीका नाताले अथवा मानवताको नाताले एक ठाँउको दुखलाई अर्को ठाँउका जनताले महसुस गर्न सक्नु… Continue reading

हजुरबाको लभलेटर

Posted on June 22, 2013June 22, 2013 by mysansar

-सुरेश ‘समान’- प्यारी जुनकिरी खड्का, पहिलो पल्ट तिम्रो गाँउमा दोहोरी कार्जेक्रममा तिमीलाई देखेँथे। त्यो रातो फरिया, धागो बानेको केश र त्यो नाकको नथियाले मेरो मन छोयो। तिमीले पनि मलाई हेरेको ख्याल गरेको थिएँ। कताकता काउकुतीझै लाग्यो। आजकल म गाई चराउन त्यै पाखामा जान्छु, तिमी कतै देखिन्छौ कि भन्ने आस लागिरन्छ। हुन त हाम्रा गाउमा मनग्गे… Continue reading

कथाः पहिलो प्रेम

Posted on June 22, 2013 by mysansar

-विवेकराज श्रेष्ठ- एस.एल.सी पास गरेपछि पहिलो दिन कलेज जानुको उमङ्ग नै बेग्लै थियो यो मनमा। भक्तपुरदेखि बानेश्वर सम्म को बाटो सधै जाम नै हुन्थ्यो। जाममा खर्चिने समयको समेत हिसाब गरेर १५ मिनेट मार्जिन राखेर नै घर बाट निस्किएको थिएँ। तर अहँ कलेजको पहिलो दिन समेत समयमा पुग्न सकिएन। बाटोमा तेर्सिएका हजारौं गाडीको लाममा त्यो १५… Continue reading

राजा वीरेन्द्रको चिट्ठी लिलामीमा

Posted on June 21, 2013June 21, 2013 by Salokya

राजा वीरेन्द्रको हस्ताक्षरसहितको एउटा फोटो र त्यतिबेला राजदरबारले पठाएको चिट्ठी अहिले इन्टरनेटमा लिलामीमा राखिएको छ। सन् १९७४ मा नारायणहिटी राजदरबारबाट वीरेन्द्रका निजी सचिव गेहेन्द्रमान सिंहले पठाएको फोटो र चिट्ठीलाई इन्टरनेट प्रख्यात साइट इबेमा लिलामीमा राखिएको हो। १० दिनका लागि राखिएको लिलामीमा सुरुको मूल्य पाँच पाउन्ड राखिएको थियो। अहिले लिलाम बढाबढमा भाउ ९.५० यो ब्लग तयार… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 250
  • 251
  • 252
  • 253
  • 254
  • 255
  • 256
  • …
  • 282
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme