जनआन्दोलन २०६२/०६३ को जगमा स्थापित पहिलो जननिर्वाचित संविधानसभा २०६४ जसै बिना उपलब्धी स्वतः विघटन भई समाप्त भयो, त्यसले स्थापित गर्न खोजेका परिवर्तनहरुमाथि पनि प्रश्न चिन्ह लागेको छ। जनआन्दोलनलाई संस्थागत गर्ने मुलुकको अन्तरिम संविधान २०६३ अद्यापि मृत भैसकेको त छैन, तर यो आफैंमा बेकम्मा बनाइदैछ, दिनदिनै त्यसकै संस्थापक रुाजनीतिक दलहरुबाट। जनताको सार्वभौमअधिकार प्रयोग गर्ने संविधानसभाले देशलाई गणतन्त्रमा लाने जुन उद्घोष गर्यो त्यसलाई संस्थागत गर्न नसकी स्वयं मृत्युवरण गरेपछि त्यसका उपलब्धीमाथि प्रश्न उठ्नु संवैधानिक तथा राजनीतिक हरेक हिसावले स्वाभाविक नै हो। देश अहिले संवैधानिक र राजनीतिक दुबै कोणबाट चरम संक्रमणको अवस्थामा पुग्नुको मुलभूत कारण संविधानसभाको उपलब्धीबिहीन असफलता नै हो। संविधानसभाकोपूर्ण बैठकले २०६५ जेठ १५ मा मुलुकलाई गणतन्त्र घोषणा गरेपनि त्यसलाई संस्थागत गर्ने नयाँ संविधान निर्माण ४–४ वर्षको अवधिभित्र पनि गर्न नसकेपछि गणतन्त्र धरापमा परेको छ यतिबेला। तत्कालै त नहोला तर दलहरुले प्रण गरेझैं संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्न दलहरु फेरि पनि चुके र निर्वाचनमार्फत अब बन्ने कल्पना गरिएको संविधानसभाले पनि नयाँ संविधान निर्माण गर्न सकेन भने निश्चित छ देशको गणतन्त्रको औचित्य समाप्त प्रायः हुनेछ।
ठीक यस पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र पुनः धार्मिक भ्रमणको आवरणभित्र तराईका जिल्ला भ्रमणमा छन्। यसअघिका भ्रमण झैं उनी कतै विरोध झेल्दै त कतै स्वाभाविक रुपमा जनतासँग साक्षात्कार गरिरहेका छन्। जनताको हार्दिक स्वागत स्वीकार गरिरहेका छन्। पूर्वराजाका हैसियतमा गएका ७ वर्षका दौरानमा उनले जनादेशको सच्चा र उच्च सम्मान गरेका छन्। पहिलो संविधानसभा बैठकले २४० वर्षे राजतन्त्र अन्त्यको घोषणा गर्दा त्यसको निसंकोच स्वीकारोक्तिसँग कार्यान्वयनमा सहयोगी पात्र बनेर उनी नारायणहिटीबाट नागार्जुन गए। नागार्जुनमा वितेका उनका ७ वर्ष एक आम नेपालीका रुपमा कहिँ कतै कहिल्यै पनि विवादित भएन, अझैसम्म भएका पनि छैन। सिंहदरबार र शीतल निवासले संवैधानिक तथा राजनीतिक रुपमा धेरै विवादास्पद र असफल निर्णयहरुसाथ जनतालाई दुःखी बनाउने कदमहरु दिनहुँ जसो उठाइरहँदा जनताले पूर्वराजाका तर्फबाट कुनै हानी नोक्सानी झेल्नु परेन। त्यसो त देशको शासनसत्ताबाट बाहिरिएका कारण मात्रै उनी निर्विवाद पात्र बनेका हैनन्। उनले गणतन्त्रलगायतका परिवर्तनप्रति गम्भीर विमतीहरुसहित आफ्नो हैसियत पुर्नस्थापनाका कदमहरु उठाउन सक्थे तर उनी त्यसो नगरी चुपचाप बसे, थिएटरको रमिते झैं।
हो, यस अर्थमा सच्चा गणतन्त्रवादी पात्रको छविमा छन् यतिबेला पूर्वराजा ज्ञानेन्द्र। किनकी गणतन्त्रविरोधीधर्म उनीबाट नहुनु नै उनको गणतन्त्रवादीको छवि हो। तर, आफूलाई मात्र गणतन्त्रको मसिहा ठान्ने दलहरु कांग्रेस, एमाले, माओवादी, मधेशावादी लगायत चाहिँ गणतन्त्रको धज्जी उडाएर गणतन्त्रलाई निस्फल पार्ने दुष्कर्ममा व्यस्त छन् एकपछि अर्को राजनीतिक असफलतासँगै। यस अर्थमा अब दलहरुले उनीहरुले नै घोषणा गरेको संविधानसभाको दोस्रो निर्वाचन मार्फत देशको गणतन्त्रलाई संस्थागत गर्ने नयाँ संविधान दिन सकेन भने निश्चित छ गणतन्त्र समूल समाप्त हुनेछ र देशले अर्को राजनीतिक परिवर्तनलाई आत्मसात गर्ने विवशता झेल्नेछ ।
पूर्वराजाको देश दौडाहाका भरमा त्यो संस्था पुर्नस्थापना हुनु सम्भव छैन। राजा स्वयंले नभने पनि उनका भ्रमणहरुका निहित स्वार्थ भनेको जनमत बुझ्नु र सकेसम्म आफ्नो पक्षमा पार्ने कसरत नै हो। हो, दलहरुबाट जनता धेरै निरास छन्। जनताको दलहरुप्रतिको वितृष्णालाई क्यास गर्ने उद्देश्यबाटै प्रेरित छ राजाको देश दौडाहा। तरपनि दलहरुका विकल्पमा राजा, राजसंस्था वा राजतन्त्रको पुर्नर्स्थापनाको अभिष्ठ भने तत्कालै सम्भव छैन। कारण, पूर्वराजा ज्ञानेन्द्र स्वयं पुर्नस्थापित हुन सक्दैनन् न त उनले राजसंस्थाकै पुर्नस्थापना गर्नसक्छन्। उनले त्यसका लागि पृष्ठभूमि बनाउनेमात्रै हुन्। नेपालमा राजसंस्था नै ठीक, राजसंस्था पुर्नस्थापित गरिनुपर्छ भन्ने मत प्रायः सबै नागरिकका मनमस्तिष्कमा बढ्दो क्रममा छ। तर यसको विधिप्रक्रिया वा पहलकदमीको आधार छैन अझैंसम्म। देशमा राजसंस्था पुर्नस्थापनाका तीन बाटो छन्। पहिलो जनताको पहलकदमी। दोस्रो सैनिक कदम। तेस्रो अन्तर्राष्ट्रिय समुदायको तिब्र दबाब। तर, यी तीनै चरणमा दलहरुको असफलताले देशलाई अहिल्यै पुर्याइसकेको छैन। जनताको अत्यन्त ठूलो हिस्सा स्वयं सडकमा ओर्लेर राजसंस्था पुर्नस्थापनाको जेहाद छेड्ने परिस्थिति बनिसकेको छैन, गणतन्त्रप्रतिको चरम असन्तुष्टिका बाबजुद। राजनीतिक रुपमा राजा ल्याऊ भन्ने शक्ति शसक्त हुँदैछ तर बलियो असरदार र निर्णायक भैसकेको छैन। बाँकी रह्यो सैन्य शक्ति र अन्तर्राष्ट्रिय समुदाय। नेपालको सेनाले अन्तरिम संविधान २०६३ समूल विफल नभएसम्म त्यसलाई नाघ्न सक्दैन। यसको अर्थ उसले कार्यकारी सरकारको आदेश बिना राजसंस्था पुर्नस्थापनाको लागि केही गर्नसक्दैन। फेरि इतिहास हेर्दा हाम्रो सेनाको तागत राजनीतिक नेतृत्व लिने खालको छैन। अन्तर्राष्ट्रिय समुदाय आफैं पनि देशको गणतन्त्र संस्थागत होस् भन्ने चाहनामै अडिग छ। त्यसैले उनीहरु नयाँ चुनावको पक्षमा समर्थन दिइरहेका छन्। तर दलीय गणतन्त्र यसैगरी मक्काउँदै गए त्योलाई काँध थाप्न अन्तर्राष्ट्रिय समुदाय नआउन सक्छ।
गणतन्त्र नेपालको छ वर्षे अवधिलाई ए जुग मानि दिने हो भने गणतन्त्रका सबै परिवर्तन उदारी सावित भए। वरु गणतन्त्र कमजोर र राजसंस्थाप्रतिको जनमोह बृहत्तर बन्दै गयो। यतिसम्मकी सिंगो राष्ट्रिय राजनीति अब राजसंस्थाको विरोधमा केबल मौनता साध्न विवश भएको छ। त्यसैले तत्काल राजाको देश दौडाहाबाट कुनैपनि दल वा तिनका छात्र संगठनहरु अतालिनु र ज्ञानेन्द्रमाथि ढुंगामुढा गर्नुको कुनै तुक छैन। उनले निर्वाध रुपमा जनतामा जान पाउनुपर्छ। जनताका मनमा बसेको राजसंस्थाप्रतिको मोहलाई चुम्ने हक पूरापुर ज्ञानेन्द्रसँग छ। त्यो हक खोस्ने दुस्साहस दलहरु वा तिनका भ्रातृसंगठनबाट हुनु भनेको आफ्नै खुट्टामा बन्चरो सावित हुनेछ। निश्चिय नै गणतन्त्र कमजोर बनाइ राजसंस्थाप्रतिको जनमत बलियो बन्छ। भैरहेको त्यही मात्रै हो। सच्चा गणतन्त्रवादीहरुले गणतन्त्र संस्थागत गर्नु, राजाका देश दौडाहाबाट किन तर्सिनु? राजालाई गणतन्त्रको बैरी ठान्नेहरुले गणतन्त्रको तेजोबध गर्न आफैंले गरेका कुकर्महरु एकपटक ऐनमा हेरे त दुधको दुध पानीको पानी भैहाल्छ नि।
हो, राजालाई जनतामा जान देउ गणतन्त्रवादीहरु। गणतन्त्रलाई कर्ममा स्थापित गर्न राजा स्वयं कमजोर हुन्छन्। अन्तिम शक्ति जनता हुन्। फेरि जनताले दलहरुको विकल्पमा राजसंस्था नै खोजे भने त्यसलाई त नकार्न नसकिएला नि? सकिएला र? आखिर जनताभन्दा ठूलो शक्ति को नै छ र? बाँकी रह्यो जनताको फैसला। अब नेपाली जनता दलहरुको गणतन्त्र खोइरो खन्ने दुष्कर्मका रमिते बन्न मार्त्रै पनि विवश छैनन् नि छन् र? कि कसो?
पूर्वराजाको भ्रमणले देशभर तरंग ल्याएको छ। उनको एक बोलीले दलहरु र गणतन्त्रमा भुइँचालो गए झैं गर्छन् नेताहरु। विद्यार्थी नेताको त कुरै नगरम। यी सबै गतिविधिले पूर्वराजालाई एउटा ठूलै शक्तिको रुपमा उभ्याएको छ देशमा
धिक्कार छ हामि नेपाली लाइ , आज जे छ त्यसको झझल्को मात्र आउने अनि बिगत का कठिनतालाई भुलेर पुन त्यसको पुनरा वृद्धि गर्न तिरनै उद्धत छौ . हिजो ज्यानेंद्र को सासन कालका ति काल दिनहरु लाइ भुलेर पुन त्यसको पुनरागमन को कामना गर्छौं . अझ बुझ्न नसकेको कुरा भनेको के हो भने आजको गणतन्त्रात्मक व्यबस्थाको कारणले गर्दा तपाई हाम्रै छोरा छोरी हरु असल र सक्षम छ भने भोलि को राष्ट्र प्रमुख बन्न पाउने अधिकार राखने हुन्छ तर बिडम्बना अझै कयौ हामी नेपाली हरु आफ्ना छोरा छोरीको त्यो अधिकार छिनेर पुन ज्याँनेंद्र उसका जस्तो सुकै सन्तान भय पनि तिनीहरुलाई दिन उद्धत छौ र पारस जस्तो सासक बाट भने देश बिकासको ठूलो अपेछ्या राख्द छौं . घरमा धेरै बिरालो भयो त्यो भन्दा एउटा बाघ मात्र पाल्छु भन्ने मुर्ख बुद्धि गर्यो भने भोलि ठूलो भएपछी त्यहि बाघ ले सिध्याउन सक्छ भन्ने सरल कुराको को पनि नजर अन्दाज गर्न सक्धैनौ . आजको इबेइमानी बिरालो हरुलाई हामि चाहेमा छानी छानी हटौना सक्छौ तर बाघ लाई हटौना कत्रो तागत चाहिन्छ भन्ने कुरा हामीलाई थाहा नभए इतिहास पढ्ने गरौ मित्र हरु .
राजतन्त्र भनेको शोसक सामंताबाद को उपल्लो खम्बा हो, गाउलेलाई ऋणमा डुबाएर बसाई सर्न बाध्य पर्ने गाउघरको ठुला ठालु मुखिया सामन्त जस्तै / जसरी एउटा गाउले मुखिया को खटन पटनमा सारा गाउले बस्नु पर्छ ,त्यसरी नै यो देशको प्रजा मेरो हुकुमी शासनमा बस्नु पर्छ भन्छ राजा महाराजाहरु / यो युगको जनता आत्मा स्वाभिमानको साथ शीर ठाडो पारेर जीउन चहनछ, यो युग एउटा सामन्त बाटोमा हिड्दा खेरि बाटो मुनि बसेर शीरको टोपी फुकालेर जदौ मालिक भन्ने युग होइन /
“लेन्डुप दोर्जे “, “भुटानीकरण “, “सिक्किमीकरण” भन्ने ३ शब्द हरु माइसंसार लगायतका फोरमहरुमा दोहोरि तेहिरी आको देख्दा त झुसिल्किरा जिउ भरि सल्बलाउद पनि नहुने एलर्जी भैसक्यो! उपबुज्रूक पल्टिने जसको मुखमा नि यहि झुन्डेको छ बा- कसैले राजा लेन्डुप रे कसैले प्रचण्ड लेन्डुप रे! सबको आ आफ्नै कन्स्पिरेसी थेओरि अनि आनालाइसिस- शर्लक होम्स वा हर्कुल प्वारो लाइ नि मात दिने खालको!
बिकास को सूचक के हो, राष्ट्रियता कसरि मजबूत हुन्छ , देश सम्रिद्द कसरि हुन्छ, जनता कसरि सनटुस्त हुन्छन, अराजकता कसरि अन्त्य गर्न सकिन्छ, दण्डहीनता मौलाएको बखत कसरि सुरक्षित वातावरणको सिर्जना गर्न सकिन्छ बारे चाही मतलब छैन!
भूटानीकरण हुनलाग्यो त्राहिमाम त्राहिमाम भनेर कराउनेहरुलाइ एकपटक भूटान र नेपालको हरेक सुचाङ्क तुलना गरेर हेर्नु भनेर सल्लाह दिन्छु म – काहाबट काह पुगिसक्यो त्यो देश..पर क्यापिटा झन्डै ३ गुणा बढी छ! जनतामा नैराश्यता धेरै कम छ – gross national happiness लाइ एउटा राष्ट्रिय अभियान बनाइएको छ – अब फेरी कोहि उपबुज्रुक मित्रहरुले – “तेस्तो मुला देश चुरोट त किन्न पाइन्न!” भन्छन भने त् मेरो भन्नु केहि छैन
अनि हाम्रो राष्ट्रियता नाप्ने काशी के हो मैले बुझ्न सकिन! भारतलाई गालि गर्नु गर्ने अनि फेरी उनीहरुकै रिआलिटि शोहरुमा कोहि नेपालि मुल्कोले भाग लिए भने मरिहत्ते गरेर जिताउने | तर्क के भन्दा – ” त्यो धोतिहरुलाई दर्रो जवाव दिनु पर्छ, नेपालि लाइ जिताएर रे ” रे! अनि उनीहरुको चलचित्रमा नेपालसम्बन्धी केहि कुरा लेख्यो भने यहाँ बबण्डर मचाइञ्छ! ए बाबा, मरिहत्ते गरेर उनीहरुको नाच, गान, चलचित्र देखि लिएर त्यो कलाकारहरूको जीवनगाथा बारे शो पनि आखा तानी तानी हेर्नुपर्ने अनि खोया गालि गरेर हुन्छा| यहाँ तुलसी घिमिरेले भारतको झण्डा जलाको चलचित्र बनाए भने भारतमा चकका जाम पनि होला? अह, मलाइ त लाग्दैन!! जब हामि भर पर्नेनै नपर्ने ( चलचित्र, संगीत) जस्ता कुरामा त उनीहरुकै निर्भर छौं भने खोया बिरोध गरेर मात्र हुन्छ?
तेसैले रेयालिस्टिक भएर कुरा गरम…..बोक्रो मात्रको खोक्रो राष्ट्रियता खोकेर मात्र केहि हुनेवाला छैन!
बिबेक ढकाल जी
कोइ कोइ ले राजनीतिक स्वार्थ को लागि भारतको बिरोध गरे हुन् ,जस्तो कि हिजो का दिन मा बुजुर्बा शिक्ष्या , बुजुर्बा गीत भन्दै फेसन सो को बिरोध गर्ने हरु १८० डिग्री टर्न हुदै हात मा सत्ता आएपछि भारतको को गुलामी गर्दै आखा चाडाउ कि कान गर्दैगरेकोले लेन्डुप को नाउ साथीहरुले लिएको हुन् सक्छ | यो नेपालिराज्नितिमा हैरानीको बिसय पनि हो नि त् |
आर्को कुरा निश्चय पनि भारत मात्र किन कसैको जथाभाबी बिरोध हुनुहुन्न , तर आखा खुला र कान चनाखो बनाइरहनु पर्ने हरेक नेपालीको बाध्यता पनि हो | नेपाल लाइ १८ रु सताब्दीको जस्तो भौगोलिक सिमाना मिचेर हैन कि नेपालीलाई नै भारतीय करण गर्ने
हिसाबले काम कुरा हुदैछ |
तपाइको कुरामा सत्यता चै छ , सिमाना मिच्यो ,देश बेच्यो भनेर हिजो उफ्रिने बामेहरु नै
खोक्रो रास्त्रबाद को भ्रम जनता मा छरिरहेको थ्यो ,आज उनको चर्तिकला हेर्नुस त् |
तेसैले यो २ गुणा सतर्क रहनु पर्ने बेला हो | समर्पण बाद समस्याको समाधान हैन |
हो चनाखो बनम क्या बरु, ठिक छ ! तर त्यो तर्क कुतर्क को बिरोध गरेर केहि हुन्न भन्न खोज्य मात्र हो मैले|
अनि रियालिस्टिक बनम भनेको- जस्तो देशको पश्चिम जिल्लाहरुमा जानुभो भने धेरै जसोमा भा.रू. चल्छ , यतिसम्म कि बाणिज्य हो कि नेपाल बैंकले चेक सातद भारु सहितको देको पनि पाएको छु मैले! किन यसो भयो त- अर्थ सोझो छ, गाउँमा केटाकेटी र आइमाई छोडेर प्रत्येक घरका पुरुष भारत मजदूरी गर्न पस्ने गाउँ हरु छन् यहाँ! के गर्ने अब? तिनीहरुलाई भा.रु. नले भन्ने कि भारतमा काम गर्न जान रोक्ने?
हामि यहाँ कमेन्ट लेख्ने बेला इगो, राष्ट्रप्रेम, रिस, आवेग, इर्श्या, आशा, सपना आदी इमोशनको आधारमा लेख्छौं तर वास्तविकता भन्दा पर रहेर!
सय चोरभन्दा एउटा चोर राम्रो भनेर राजावादीहरु आफै भनिरहेछ! आखिर राजा पनि चोरै त रहेछ नि ! अनि चोरको बदली चोरलाई किन ल्याउने ? नचोर्ने चाहि खोजौ न त हाव !
कसले भन्यो लोकतन्त्रको मांगको बुलन्द आवाजले राजतन्त्र गिरेको हो? कसले भन्यो राजतन्त्रलाई माओवादीले खत्तम पारेको हो? यी सब वाहियात कुरा हुन्|
चौराहबीचको सद्दाम हुसेनको शालिग सरह नेपालमा राजतन्त्र ग्वार्लाम्म लडेको महेन्द्र बीरेन्द्र र ज्ञानेन्द्रको निरन्तर हदैको नालायकीपनले हो| गोधुलिमा प्रभात फेरी लाउने र जातपातको ढोंग रचाउनेहरुले ढाले राजतन्त्र|
त्रिशुली उल्टो बग्ला तर राजतन्त्र ब्युँतने सम्भावना शुन्य|
बरु ज्ञाने बाउकै छोरो हो भने र हिङ्गको टालो अझ छ भने काठमान्डौको कति नम्बरबाट चुनाव लडू त्यसमा बिचार गरे हुन्छ वा सके सबैमा उम्मेद्वारी दिए जनताबाट चुसेको धन चुनाव खर्चमा लागेर जनताको नासो जनतामै फर्काउने एकसमयको भाषण साँचो हुने थियो|
नेपाल र नेपालीको निमित के राजतन्त्र अफाप नै भयको थियो बा षड्यन्त्र पुर्वक अफाप बनायको थियो? दिल्ली सम्झौता हुनु अघि सम्म कांग्रेस यमाले मात्रै होइन मावोबादी समेत राजा बादी थियो/ कांग्रेस त् संस्थापना काल देखिने राजाको गर्धन माथि आफ्नो गर्धन हुने भन्दै आयको थियो/ जनयुद्ध गर्दै गरेको प्रचंद्र त् नेपालको राजा महान रास्ट्र्बादी भन्दै थियो/ जुन २००१मा बाबुरामले त् कान्तिपुरमा राजाको प्रसंसा गर्दै लेखने प्रकाशित गरेको थियो/ मावोबादीको ४० बुंदे मागहरुमा राजा र राजतन्त्र हटाउनु पर्छ भनेको कुनै माग नै थियन/ यमालेको नेताहरु त् ज्ञानेन्द्रको प्रत्यछ्य शासन कालमा मन्त्रि नै बनेका थिय/
माथिको कुरा बाहेक पनि २०४८को संबिधान अनुशार नेपालमा सम्बैधानिक राजतन्त्र थियो त् २०४८ पछि जे जत्ति विसंगति र गलत कार्यहरु भयो तेस्को दोष नेता र दलहरुमा जान्छ/ मावोबादिले पनि बिरोध र बिद्रोह नेता र दलहरुको कुशासनको बिरुद्ध्नै गरेको थियो र नेपालको कुनै कुनामा नेपालको राजतन्त्रको बिरुद्ध आवाज पनि उठेको थियन/ त् दिल्ली सम्झौता पछि यकायक राजतन्त्र गर्ने निर्णय कसरि किन कसको निर्देशनमा भयो?
यदि इ नेताहरुले नेपालको राजतन्त्र २०४८को नेपालको संबिधान अन्तर्गत नै हतायको हो भन्छ भने तेही २०४८को संविधानले राज्यको कुनै पनि काम “रास्ट्र भाषा” मै हुनु पर्ने भनियको थियो र यो बाध्यात्मक संबैधानिक ब्यबस्था अन्तरिम संविधानले समेत बाध्यात्मक बनायाकोले परमानन्द झाले हिन्दि भाषामा सपथ दियकोले उहालाई अपदस्थ समेत गरेको थियो/ त् हिन्दि भाषामा गरियको १२ बुंदे सम्झौता लाइ आधार बनायर राजतन्त्रको उन्मुलन र २०४८को संविधानको खारेजी कसको निमित कसरि बैधानिक हुन्छ?
२०४८ पछिको गलत नेताको कलात शासन पद्धतिले देसमा बिद्रोह र अराजकता निम्त्यायाको हो/ २०४८ पछि राजा त् हटे/ तर गलत नेता हटेनन/ त् परिबर्तनको के अर्थ रह्यो? २० हजार जनता मारियो/ तर जुन नेता र जस्तो कुशासनको बिरोध गर्दा २० हजार जनताले आफ्नो ज्यान गुमायो परिबर्तन पछि पनि तिनै नेता र तेस्तै कुशासन् नै भोग्नु परे बात् २० हजार जनताको प्राण गयाकोलाई सहिद भयको भन्ने कि हत्या भयको भन्ने?
यदि हत्या भयको मान्ने हो भने जजस माथि त्यो हत्याको आरोप जान्छ तिनै नेता बन्ने ब्यबस्था कसरि लोकतन्त्र मान्न सकिन्छ? लोकतन्त्र भनेको जनताले बिकल्प पाउने ब्यबस्था हो तर के ई नेताहरुले जनतालाई बिकल्प दियको छ?
सदन विघटित भै सकेको अबस्थामा सदन बाहिरको ४ दलको मात्रै संयन्त्र बनाउने तेही संयन्त्र बनाउने नेताहरुको कोठे सहमतिमा संबिधान संसोधन गर्ने, प्रधान मन्त्रि नियुक्त गर्ने; रास्त्रपतिलाई समेत अंकुश लगाउने कार्यलाई के लोकतान्त्रिक मान्न सकिन्छ?
मदनजि
तपाइको हरेक बाक्य सहि र साचो छ , तपाइलाइ धन्यबाद छ सहि लेख्नु र दिग्भ्रमित्को आखा खोल्नु पनि देस सेवा नै हो |
यथार्थमा यो लोक तन्त्र आज भोग तन्त्र हुन् पुगेको छ , एस्लाई कसरि ट्रयाक मा लेउने अब यो नै चुनौतिको बिसय बनेको छ नेपालीको लागि |
मदनजी, स्मरण रहोस् कि राजतन्त्रको कारक प्रमुखरूपमा ज्ञानेन्द्र थिए । हुन त कालापानी बुझाउने महेन्द्रलाई राष्ट्रवादी देख्नेले जनतामाथि सरकारी गोली र बुट बजार्दा प्रजातन्त्रान्तिक देख्नु अनि दोषी कमलथापाहरूमात्र देख्नु अनौठो नहोला ।
राजतन्त्रमा राजाको विकल्प थिएन, त्यसैले ज्ञानेन्द्र जानु नै राजतन्त्र जानु थियो; यो अति सामान्य कुरा हो । तर लोकतन्त्रमा ५ वर्ष लागोस् कि ५०, जनताको प्रतिनिधि जनताकै अधीनमा रहिरहन्छ । बाटो खराब भयो भन्दैमा यूटर्न मारी बाटो फेर्नेहरूले भोलि त्यो बाट पनि भताभुंग अवस्थामा पुगेमा फेरि कुन मुखले यूटर्न मार्ने ? किनकि अर्को बाटो भनेकै यूटर्नमात्र हो । त्यसैले यूटर्न मारेर फेरि पहिलाकै ठाउँमा पुग्ने कि बिग्रेको बाटो बनाएर गन्तव्य पहिल्याउने ?
पुस्पज्यु/
संबैधानिक राजतन्त्रमा राजा सिम्बोलिक मात्रै हुन्छ/ उतिबेला ज्ञानेन्द्र पनि सिम्बोलिक रास्त्रप्रमुख मात्रै थिय अहिलेको रामबरण जस्तै/ सदनको काम कार्यमा हस्त्छ्याप गर्न नसक्ने सिम्बोलिक रास्त्रप्रमुखलाई कुशासनको लागि जिम्मेवार बनाउन सकिंदैन/ सुशासनको जिम्मेवारी दल र तिनका नेताहरु र सदन नै हो/ यो इ नेताहरुको सरकार चुकेको छ/ संबैधानिक राजतन्त्रको उन्मुलन पछि इनिहरुले देसमा अघोसित ४ दलीय पंचायती राज चलाउँदै छन्/
मलाइ यउटा कुरा भन्नुस पुष्पज्यु जव मावोबादि (प्रचंद्र र बाबुरामले) ले समेत नेपालको राजतन्त्र रास्त्रवादी भयको भारत सिट झुक्नु भन्दा नागरिक सिट झुक्न मान्ने भनेर तेसैले प्रसंसा गरेको थियो त् कसको निर्देशन मा संबैधानिक राजतन्त्र उन्मुलन गरे?
अब कालापानीको बारेमा/ नेपाल र भारतको सिमाना छुट्याउने नक्सा भारतको सरकारको सर्भे विभागले नै कोरेको थियो/ त्यो नक्सामा कालापानी नेपालको रहेको देखायको छ/ तेही नक्सा अनुशार दुई अलग्ग alaagलाइ आधार बनायर m गर्दै कुशासन चलाउने गिरिजाको गरेको थियो/ हो भारतीय बन्न नपायर छत्पतायका मधेशबादीहरु र राजालाई रास्ट्र्बादी भनेर गरेको “जनयुद्ध” लाइ “मधेश-युद्ध” मा परिणत गर्ने मधेशबादी-मावोबादीले चाहि अहिले संबैधानिक राजतन्त्रको बिरोध गर्न थालेको छ/
तपाईं भन्नु हुन्छ ज्ञानेन्द्र गय पछि राजतन्त्र गयो/ तर भयको त् संबैधानिक राजतन्त्रको थाहूँमा असंबैधानिक र अघोसित राजतन्त्र पो लादेको छ ई जनताले चुनावमा हरायका, अपराधी आरी भ्र्स्ताचारी लाई लोकको मत माथि बलात्कार गर्ने नेताहरुले?
नेपालको कालापानीमा भारत चीनको युद्धमा चिनिया सैनिकले लखेटेको भारतीय सैनिकहरु आफ्नो ज्यान बचाउन पसेको थियो/ महेन्द्र सिट अनुमति लियर पसेको थियन/ त् तेतिबेला भारतले कालापानी माथि आफ्नो दावी समेत गरेको थियन/ गर्न सक्दैन पनि थियो किनभने भारत सरकारको आफ्नै सर्भे विभागले कोरेको नक्सामा कालापानी नेपालकै रहेको देखायको थियो/ त् महेन्द्रले कसरि कालापानी भारतलाई सुम्प्यो भन्नु हुन्छ ?
तेतिबेला नेपालको बिशेस्वर लगायत कांग्रेसी नेताहरु भारत प्रवासमा रहेको र तिनीहरुले महेन्द्रको बिरुद्ध शसस्त्र बिद्रोह गर्न भारतको अनुमति र सहयोग खोज्दै थियो/ देसको नेताहरु भारतमा बसेर विद्रोहको योजना बनाउंदै गरेकोले महेन्द्रले यो मुद्दा गम्भीरताका साथ् नउठायको हुन् सक्छ/
यदि यहि कारणले महेन्द्र अरास्त्र्वादी भयको भन्नु हुन्छ भने कालापानी नेपालको हो भनेर दिल्ली सम्मै सुन्ने गरि गर्जने “गिरिजा” नै महान रास्त्रवादी भयको मान्नु पर्ने हुन्छ/ किन भने कालापानी नेपालको हो भनेर स्पस्ट भन्ने गिरिजानै हो अरु त् सिंहदरवार पुगे पछि चुप बसेको छ नि /
खड्का जी,
जदौ!
यो बारम्बार ज्ञानेन्द्र र राजतन्त्रको कुरा उछिल्यायर आफ्नो र आफ्नो भन्दापनि देशको अमुल्य समय गिल्याउन तिर नलाग्दा होला!
तपाइले भनेको जस्तो तिन प्रकार न पाच प्रकार कुनै पनि प्रकारले राजतन्त्र अब आउदैन!
राजतन्त्र जति अड्नुथियो अड्यो, यो सात सालमै वा बि सं १९०३ (राणा शासन आउदै) फेकिनु पर्ने थियो तर तेतिबेला अरुले फालेको ले अड्यो वा फर्कियो!
तर अहिले राजतन्त्र समयले फालेको हो, कुनै नेता, बिदेशी शक्ति, जनता आदि कसैले फालेको होइन यो त समयले फालेको हो र तपाहिहरु जस्तो बुजुर्काले बुझ्नुपर्ने कुरा भनेको समयले फालेको कुनै कुरा फर्कियर आउदैन किनकि त्यो मिति गुज्रियाको हुन्छ वा भनौ तेस्को पुर्णतया मृत्यु हुन्छ!
तेसैले यो देशको राजतन्त्र समयले फालेको हो, भनौ यो आयु सकियर मृत्यु भयको हो यसको कुनै उपचार र गुञ्जाइस छैन!
ज्ञानेन्द्रको शक्ति पिठहरुको भ्रमण र दर्शन उसको स्वो आत्मालोचना र प्रायस्चितको स्वोरुप हो यसमा बढी लाख काटेर राजतन्त्रको बारेमा बाजी थापी समय श्रम र धनको खति गर्न उध्धत्त नहुदा सबैको भलो हुन्छ र अरुको भन्दापनि देशको भलो हुन्छ!
राजतन्त्रको नाममा र मुद्दामा राजनीति हुन सक्छ तर राजतन्त्र फर्कियर आउन वा कोहि राजा हुन सक्दैन!
कमल थापा या यस्तै केहि कसैले राजतन्त्रको नाममा राजनीति गर्न सक्छन किनकि उनीहरुसंग जनता र देशको लागि कुनै एजेण्डा योजना बिचार आदि केहि छैनन्, केहि छ भने त्यो राजतन्त्र हो तेसैले जनतालाई भ्रमको सपना देखाई आफ्नो ब्याबसायिक राजनीति गर्छन किनकि यो नभय उसको राजनीति हुदैन वा सकिन्छ!
अरुले जे जति भने चिच्याय पनि राजतन्त्र फर्किन्छ र राजाहुन्छु भनेर ज्ञानेन्द्रलाइ नै पटक्कै बिश्वाश छैन!
अब तपाइहरु जति चिच्याउनुस जत्रोसुकै ब्लग र लेख लेख्नुस, पुराण, सप्ताहा, कोटिहोम आदि केके लगाउने हो लगाउनुस, बलि दिनुस भाकल दिनुस के के गर्नी गर्नुस!
तर राजतन्त्र फर्किदैन!
किनकि,
तेस्को अन्त्यस्टि गरेर पनि श्राद्द गरि सकियो!
र यो समयले फालेको तन्त्र हो!
अब हामीले यसमा धेरै समय श्रम खर्चेर देश नाश गर्न तिर नलागौ!
ठिक छ,
तेसै गरौ हुन्न?
गगने जी , मलाई यो भन्नुस कि नेपाल मा गणतन्त्र ले के भयो ? के नेपाल मा गणतन्त्र को औचित्य छ ? माओबादी लाई त धन्यवाद पनि दिनु पर्छ किन भने उनीहरु को कारण ले गर्दा नेपाल मा राजतन्त्र बारेको भ्रम मिटिदै गएको छ /
Deepak Parajuli जी,
गणतन्त्रले के हुन्छ भनेर सोच्नुभायाको छ वा थियो?
नेपालमा गणतन्त्रको औचित्य किन र के कारणले छैन? अनि के राजतन्त्रको छ?
राजतन्त्र भनेको गुठि को नाय प्रथा हो यो काबिला वा जंगली भ्याकुर प्रथाको प्रथम बिकशित स्वोरुप हो भन्ने कुरा तपाइको दिमागले सोची बिचारना सक्छ कि सक्दैन?
लोकतन्त्र र गणतन्त्र लाइ बुझ्न र ढम्याउन पहिले आफूमाथि बिश्वास हुन पर्छ! पालेकु वा पालुवा मानाशिकताले यी कुरा बुझ्न, औचित्य देख्न र ठम्याउन सक्दैनन्!
तपाइँ आफु पनि कसैको नेत्रित्वो होइनकि प्रजा को मानाशिकतामा हुनुहुन्छ र आफ्नो सन्तति हरुलाई पनि प्रजा बनाउन उध्धत्ता हुनुहुन्छ, सोच्नुस कतै तपाइलाइ तपाइको सन्ततिले धिक्कार्ने त छैन? प्रजाको मानाशिकता बाट माथि उठ्नुस र समयको प्रबाह अनि बिकाशलाई हेरी बुझ्नुस!
संक्रमण कालको केहि दल र नेताको कुरा अनि कामलाई लियर गणतन्त्र र लोकतन्त्र माथि बिष वमन गर्नु रोष पोख्नु भनेको एक्काइसौ शताब्दीको मानबिय बिचार र सोच हुने सक्दैन यो त सिर्फ पाल्तु र फाल्तु सोचाइ बिचार अनि गोठ पालुवा सोच मात्र हुन सक्छ!
अब भन्नुस तपाइँ के र को हो?
गगने ज्यु
सक्रिय राजतन्त्रमा संबिधान राजाको जिब्रोमा हुन्छ र राजा कानुन भन्दा माथि हुन्छ/ तेसैले सक्रिय राजतन्त्रलाइ तानाशाही तन्त्र भनिन्छ/ तर संबैधानिक राजतन्त्र भयको देस त् लोकतन्त्रको पिता देस समेत हुन् सक्छ जसरि बेलाइत/ संबैधानिक राजतन्त्र भयको कुनै पनि देस नेपाल भन्दा बिकशित नै भयको छ/ नेपालको संदर्व मै भन्ने हो भने नेपालको संबैधानिक राजा र राजतन्त्र कसरि कहिले कहा तानाशाही भयो; यउटा उदाहरण दिन सक्नु हुन्छ?
येस्ता कुरा गरेर समय त तपाई नै बर्बाद गरिरहनु भएको छ गगने जी, ७ वर्ष यता का घटनाक्रमहरुले देखाई सके कि नेपाल को रास्त्रियता, सामाजिक सद्वाव र अखण्डता समाप्त पार्न कस्ता सक्तिहरु लागिपरेका छन् भनेर. देशमा सरकार परिवर्तनदेखि, प्रस्तावित राज्य संरचना र कर्मचारी भर्तिसम्ममा भारत को सक्रियता देखेर पनि केहि भएको छैन भन्नु उदेक लाग्दो कुरा बाहेक अरु केहि होइन. तपाई ले कमल थापालाई सपना र भ्रम बादीरहेको आरोप त लगाउनु वो तर तपाई कै “महान तथा गौरवसाली” नेताहरु ले सबै जनता लाई कसरि मुर्ख बनाएर लुटे भनेर चै भन्न सक्नु भएन . फेरि नेपालमा जॆ गरेपनि राजतन्त्र आउदैन भनेर “महान तथा गौरवसाली” नेता कै भाषा बोल्नु पनि यथार्थपार्क भन्दा आर्क्रोसपूर्ण अभिव्यक्ति हो. जनता संग राजतन्त्रलाई फेरि फर्काउने सक्ति छ जुन समय अनुसार बाहिर देखि पनि रहेको छ.
Sanjeev,
राजतन्त्र कमलाथापाको राजनीति गर्ने एजेण्डा हो ! यो भन्दा अर्को कुरा उसंग केहि पनि छैन! देशलाई कसरि सम्ब्रिद्दि तिर लैजाने कसरि र कस्तो आर्थिक क्रान्ति गर्ने, कुन समाजिक परिवर्तन र जनतालाई कसरि स्वोतान्त्रता गर्ने कस्तो आर्थिक समाजिक सोतान्त्रता अबलम्बन गर्ने नागरिकलाई स्वॉतन्त्रता र समानताको के कसरि कुन कति प्रत्याभूति गर्ने आदि कुनै कुरा बिचार एजेण्डा आदि केहि छैन! छ त सिर्फ राजतन्त्र, अनि ज्ञानेन्द्र वा हृदयन्द्रलाई राजा बनाउने!
हाहा!
यहि हो यो शताब्दी अनि युगको सोचाइ चेतना?
कमलथापा र यस्तै पाउदुरे नेताहरुले राजतन्त्रको झण्डा उचालेको देशको लागि नभयर आफ्नो र नितान्त आफ्नो पार्टीको लागि हो किनकि त्यो भन्दा अर्को उनिहरुसंग न त हैसियत छ न बिचार र गच्छे! अब यस्तालाई महान विचारक र नेता देखेर राजा भक्तिमा आफ्नो शिर चडाउनुहुञ्छ भने हामि त राम राम भन्ने हो भिर बाट खसेको गधालाई को काध थाप्न जाने?
बरु ज्ञानेन्द्रलाई पंचायत गुठि नामको पार्टि खोल्न लगाउनुस अनि तपाई हरु तेस्को सक्रिय कार्यकर्ता वा नेता हुनुस त चुनाबमा प्रतिस्पर्धा गर्न आउनुस अनि जितेर यो देशलाइ इण्डिया बाट टाडा नभेटाउने इण्डिया चाहेर पनि आउन नसक्ने ठाउमा लगेर राख्न भन्नुस!
किनकि इण्डिया नेपालको लागि खाया खा नखाया घिच भन्ने उक्तिको सम्बन्धन युक्त अबस्थितिको देश हो!
पन्ध्रौ सोह्रौ शताब्दीमा इन्डिया हमैमाठी निर्भर हुन्ठेहोला अठारौ र उन्नाइसौ शताब्दीमा हामीलाइ इण्डिया चाहिन्दैन थियोहोला तर यो एक्काइसौ शताब्दीमा हामीलाई इण्डिया एउटा ढोका सरह भयको छ जुन खोलिदा हामीले दुनिया देख्छौ र दुनियाले हामीलाई देख्छ बन्दभय राम राम!
तेसैले इण्डियासनग जोरी खोज्नु भन्दा सह अस्तित्वो र भ्रातित्वोको ब्याबहार रोजुनुपर्छ आफ्नो दुनो सोझ्याउन केहि लुन्गिनु वा झुक्नु पर्छ!
बुद्दिमत्तापुर्ण सम्झौताले भन्दा पाखण्डी रास्ट्रबादले हामीलाई इण्डियाको चरणमा सुम्पिने छ!
तेसैले आजको युगसम्मत कुरा बुझी हेर्नु पर्छ पाखण्डी रास्त्रबादले हामीलाई सबैभन्दा छिटो दरिद्र र कम्जोर बनाउदछ!
अब भन्नुस राजतन्त्र ल्यायर ज्ञानेन्द्र राजा बनायामा यो देश कसरि कायापलट बिकाश गर्ने छ र इण्डिया बात आछुत रही आमुल क्रान्तिकारी युगान्तकारी आर्थिक र सामाजिक परिवर्तन गरि हामि शुखि र खुशी हुने छौ?
नत्र बकवाश बन्द गर्नुस!
कतिपयले रास्त्रबादको “पाखण्डी” स्वरुप त निस्चयनै देखाउने गरेका छन् (जस्तो “महान” तथा “गौरवसाली” पार्टी का नेताहरुले गरेका थिए र गरिरहेका छन्) , येस्मा त मा तपाई संग सहमत छु , तर भारतले नेपाल का हरेक आन्तरिक बिषयमा हस्तछेप गरिरहेकोप्रति चै तपाईले आँखा चिम्लिनु भएको छ. अब नेपालको सत्ता को साचो भारतमा पुगेको छ भन्न के नै अफ्ठ्यारो छ र , तिनका उदहारणबारे त धेरै चर्चा भैसकेका छन् नि . फगत इंडियाको बिरोध गरेर आफुलाई “रास्त्रबादी” देखौन मात्र यी कुराहरु उठेका हुन् त ? यो देश का थुप्रै रैथाने नागरिकहरुलाई आफ्नो देश को माया पनि त होला नि . देशलाई माया गर्न नसक्ने नेताहरु कै कारण आज थुप्रै नेपालीहरु पूर्व राजा तर्फ़ फर्किएका हुन्. उनको गलत पक्ष्यहरु पक्कै छन् तर नेताहरु ले जस्तो देश लाई खाल्डोमा हालेर रास्त्रियता को सौदाबाजी त गरेका थिएनन् नि.
हेल्लो,
साथीलाई मा केहि कुरामा घोत्लिन सल्लाह दिन्छु!
– लोकतन्त्र भनेको जनताद्वारा जनतामाथि देशको लागि शाशन गरेन पद्दति हो! यसमा एउटा निश्चित समयमा नेत्रित्वोको लागि अध्यावधिक चुनाब हुन्छ!
– लोकतन्त्रमा आदर्श शिद्दान्त बिश्वाशानियता लगनशिलता अध्यता आदिकुराहरुलाई विचारेर नेता चुनिन्छन यदि कुनै नेता गत्तिलो नभयमा ति बदलिन्छन फेरिन्छन!
– राजतन्त्र भनेको प्राचीन युगको काबिला तन्त्रको सबै भन्दा बिकशित स्वोरुप हो र यसको सान्दर्भिकता सत्रौ शताब्दि पश्चात समाप्त भयको छ!
कुनै पनि देश (देश भनेको जनता हुन्) लोकतन्त्र बाट राजतन्त्रमा फर्केर जानु भनेको समयको उल्टो तर्फा यात्रागर्नु हो! यसको मतलाब ति देशबाशी हरु शुस्ता मनस्थितिका बाहुल्यता भयका हरु हुन् जसले बिकाश र परिवर्तन अनि स्वोतान्त्रता र ब्याबस्थापन सोच्न सक्दैन मात्र पालिन सक्दछ!
तेसैले एउटा सक्षम स्वोस्था र शिक्षित मनस्थितिको बयस्क वा पाको मान्छे र नागरिकको लागि लोकतन्त्रको विकल्प राजतन्त्र र नेताको विकल्प राजा हुनै सक्दैन,त्यो कदापि सोच्नै सकिन्न! हो तर कहिले काही समाज र देशको बिकाशको लागि एउटा अधिनायकी नेत्रित्वो को आबस्यकता पर्न जान सक्छ तेस्को मतलब राजाको होइन!
– यो समय देशको संक्रमणकालको हो, यो बेला राज्यसस्थाको आन्तारिमाबस्थाको समय हो जुन बेला परिवर्तन आत्मासाथ र सस्थागत भयर बिधि बिधान स्थापित भै सकेको छैन वा हुदैन र तेसको लागि संघर्षरत हुन्छ!
– यो हाम्रो देशको संक्रमणकाल र आन्तारिमाबस्था सम्झौताजन्य हुन् जसमा कसैले कसैलाई नितान्त र निमिट्यान्न पार्न सक्दैन अनि सबै आफ्नो अस्तित्वो को लागि संघर्षरत हुन्छ तेसैले यो झनै घातक किसिमको हुन्छ!
एउटा देश सस्थागत हुन निकै समय लाग्न सक्छ सातबर्ष ठुलो नमानिन पर्दछ! एउटादेश सस्थागत भै प्रक्रियामा स्थापित हुन निकै झनझट र झमेला बेहोर्न पर्ने हुन्छ, प्रसब पिडा जस्तै हो कसैलाई लामो समय लाग्छ साथै निकै पिडा झेल्नु पर्दछ कसैको छिटो र सजिलै हुन्छ!
त, यसो भनेर एउटा समयले अनाबस्यक र काम नलाग्ने भनेर फ्यालेको कुरा टिपेर पुजागारने नियत पाल्नु भनेको नितान्त दरिद्र, दरिद्र भन्दापनि शुस्ता मानाशिकताको ध्योतक हो!
तपाइँ आफु नोकर मानाशिकताको होला तर के आफ्नो मानाशिकताले आफ्नो भबिष्य र सन्तति हरुलाई पनि नोकर भारदार प्रजा कै उपाधि र मानाशिकतामा रहोस भन्नु हुन्छ? तपाहिको लागि यो कुरा होला तर म कदापि सोच्न सक्दिन!
अब रास्त्रबाद,
आदों हरुको पाखण्डी रास्त्रबाद देशको लागि घाडो हुन्छ भन्नेकुरा दिमागको सबैभन्दा माथि तुप्पिनेर टासेर राख्दाहोला महासय!
घुच्चुकको कुनाबाट घरि घरि पलाउने राट्रबाद किन जहिले पनि इण्डियाकै दोहोलोमा घुम्दछ हँ? किनकि नेपाल बाट बाहिर निस्कन र बाहिरबाट नेपाल छिर्न इण्डियानै चाहिन्छ होइन त?
नेपालको रास्ट्रबाद उचाइ उठेर आकास्सिया कहापुग्छ कहा तेस्को अर्थै रहेन, फैलियर उत्तर बहर गया सगरमाथामा ठोकिन्छ, पूर्व फैलिय दार्जिलिंगनेरा पुगेर फर्कन्छ, दक्शैण गया रक्सौल पुग्दैन पस्चिमग्याया दोधारा काट्न पाउदैन त नेपालको रास्त्रियता बिश्वोसामु ल्याउन र बिश्वोलाई देखाउन इण्डियाकै सहमति र उसले दिने डोरेटो चाहिन्छ, यो कुराले दिमाग पन्त गरौ! महाशयाहरुको राजा ज्ञानेन्द्र आयर रास्त्रियातालाई आफ्नो खोपीमा ठंक्यायर राख्ने र दिनदिनै आफ्नो जुत्ता र श्रीपेच पुछ्ने हो रास्त्रियातालाई र तेहिनै हाम्रो महान र उच्च रास्त्रियता रास्त्रबाद हो भने त मैले के भानु र खै!
रास्त्रियता रास्त्रबाद आदिकुरालाई अलि समयानुकुल र पारदर्शी तरिकाले परिमार्जित गर्न घोत्लिनु पर्यो क्या! इण्डियाको चर्को बिरोध गर्दा मात्र रास्त्रबादी भइन्छ! अनि इण्डियाको चर्को बिरोध गरि चिच्यायो भने रास्त्रबादी भइन्छ?
के रास्त्रियता र रास्त्रबाद नेताको गोजीमा हुन्छ र इन्डियालाई बुझाउने?
यस्ता पाउदुरे कुरा गरे कुरै को दुख!
कुनै नेता वा पार्टिले हाम्रो रास्त्रियता भारतलाई सुम्पिने खतरा देखे तेस्लाई बहिस्कार गरौ हटाउ अर्को सहि र सक्षम नेता चुनौ अर्को सहि पार्टी चुनौ तर के नेता र पार्टिले भारत भ्रमण गरे भारतीय हरुसंग सल्लाह गरे भनेर हाम्रो रास्त्रियता भारतलाई दिनलाग्यो भनेर नभयको राजा खोजेर उसलाई बुझाउने! अनि तेही राजाले भोलि त्यो सुम्पियाको रास्त्रियता भारतमा लगेर बेचिदियो भने चाहि के गर्ने नि?
चुनाबगरी अर्को राजा चुन्ने?
पार्टि त ल गलत लागे अर्को फेरौला!
नेता गलत र खतरा लागे अर्को चुनौला!
तर राजा अगत्तिलो पर्यो भने र राजाले घात गर्यो भने चाहि के गर्ने नि?
संजीव हरुले एउटाकुरा कागजमा लेखि सिसिभित्र घुसारेर जनैमा वा जनै नभय कन्नानिमा बाधेर झुण्ड्याय हुन्छ,
“भारत संग निहुँ खोज्ने टक्कर लिने र भारतबाट यो देशलाई अछुतो राख्न ज्ञानेंद्र्या बाउ महेन्द्रै बिउझेर आयपनी सक्दैन, इन्डियालाई नेपाल धुत्न परे र नेपालको रास्त्रियता खोस्न परे बिरगंज देखि रक्शौल को बाटो सात महिना बन्द गरिदिय नेपाल आफै इण्डियाको हुने छ!” धेरै फुर्ति गर्ने पर्दैन!
गगने झुठमुठको पाखण्डी रास्ट्रबाद देखायर श्रीपेच लाउन चाहदैन!
हामीलाई इण्डिया हिजो जत्ति आबस्यक थियो आज त्यो भन्दा सयौ गुणा बढी आबस्यक छ यो कुनै राजा वा नेता वा कसैले गरेर नभयर समयले गरेको कुरा हो!
सोह्रौ सत्रौ शताब्दीमा हामीलाई इण्डियाको कुनै वास्ता थियन आबस्यकता थियन वा भनौ हामीले इण्डिया देखेको पनि थियनौ!
ब्रिटिश आयो अनि हामीलाई इण्डिया देखाइदियो!
समयक्रम र बिकाश प्रबिधि संगसंगै हामीलाई इण्डिया आबस्यक पर्न जानथाल्यो!
अहिले त हामि (नेपाल र नेपालि) इण्डिया बिना हामि बाच्ने कुरानै बकवास हुन थालिसक्यो!
अनि यस्तो अबस्थामा हामीले इन्दियासंग सहमति सहकार्य हितको-सम्झौता सहयोग साथ् नलिया के गर्ने? इण्डिया छाडेर रुवाण्डा घाना बेल्जियम अमेरिका पेरु र ग्रिनल्याण्ड अनि न्युजिल्याण्ड संग काध जोड्न जाने?
त्यो त ज्ञानेन्द्र लाइ गद्दीमा राखेर चरणमा लम्पसार पर्ने मानाशिकता बोकेको अघोरी रास्त्रबादी हरुले मृत्युन्जयामंत्र उच्चारण गरि कोटिहोम लगाई ज्ञानेन्द्रको बाउ महेन्द्रलाई ब्युतायर उठायर ल्यायापानी इण्डियाबिना केहि गर्ने र हुने वाला छैन! महेद्र आयपनी आखिर औनेता तेतै इण्डिया तिरै बाट हो!
किनकि, टाउको (जनता) अलगा अलग भयपनी यो देशको काध शरीर र खुटा इण्डिया संग जोडियको छ!
इण्डियाबाट यो देशलाई अलग राख्न एउटा ठुलो अप्रेसन हुनुपर्छ त्यो भनेको पृथ्वीको भुस्वोरुपमा परिवर्तन मुख्य हो!
कुरागरे कुरेको दुख:
“सय चोर भन्दा एक चोर ठिक” भन्ने कुरा निक्कै सुनियो| तर चोर कहिल्यै ठिक हुन्न| हामी नेपालीले किन इमान्दार नेता वा राजाको अपेक्षा नगर्ने? गणतन्त्र/राजतन्त्र दुइटै ठिक पनि हुन सक्छ र नहुन पनि| प्रचण्ड जस्ताको गणतन्त्र र ज्ञाने जस्ताको राजतन्त्र दुइटै गलत हुन्|
सबै नेपालीले सोच्नुपर्छ देउता भनेको आफ्ना बा आमा हुन् , राजा भनेको स्वयम् हो किन अरुलाई राजा बनाउने ? स्वयम् आफुलाई नै राजा किन न सोच्ने ?के फरक छ ?
जनता चै नेपाल मा बस्दैनन् , कि त् नेता बस्छ कि त् राजा , एउटा नेपालि ले आर्को लाइ राजसी सम्मान दिएरै बोल्ने ?
जस्तो कि
एउटा नेपालि : महाराज धिराज कता सबारी भएर आइबक्स्यो ?
आर्को नेपालि : १०० किलो चामलको बोरा लाइ लगन खेल बाट टुडिखेल सम्म भारि बोकेर ल्याउनु थ्यो ,हामि बाट ल्याई बक्सेका छौ |
एउटा नेपालि : मौसुफ पसिना ले निथ्रुक्क भिजि बक्सेछ |
आर्को नेपालि : पसिना मात्र का हो र हामीलाई तिर्खा पनि लागि बक्स्या छ , कोक ख्वाई बक्स्योस न |
एउटा नेपालि : खल्ती तिर छाम्दै !! ये ज्या ,पैसा त् हामि बाट घर मै छोडी बक्सेछ नि आदि |
लेखक ज्यु ,
सबैको शासनकाल हेरी सक्यौं , शासंक जी ले भने जस्तै आखिर चोर को ठाउमा डाका आउने हो भने फर्केर किन तेही ज्ञानेन्द्र को राजतन्त्र मा जाने ? राजा आएर मात्र देश बच्ने होइन/ नेपाललाई कसैले केहि गर्न सक्दैन / राजा आए तर २४० बर्ष पुरानो राजतन्त्र लिएर गए /
लेखक ज्यु , अब केहि नया तन्त्रको बारेमा लेख्नुस जस्तै पारस तन्त्र , प्रकास तन्त्र आदि
जय गणतन्त्र
नेताको बारेमा लेखे को भय सबै ले राम्रो भन्थे तर राजा को बारेमा लेखेको ले येत्रो कमेन्ट गर्नु पर्ने त थियन किन कि सबैको देखियो सबै भन्दा राम्रो राजा नै हो फेरी एकपटक राजा आउनु पर्यो र देस लै निकास दिनु पर्यो . .
राजा आए त ठिकै सम्म होला तर पारसे, उनका आफन्ती अनि चम्चे हरु देख्दा चै रिसै उठेर आउछ हौ !
रास्त्रियता को निम्ति, स्थिरता को निम्ति , विकास र एसको पूर्वाधार निर्माण को निम्ति महेन्द्र जस्तो राजा र पंचायत को आबश्यकता छ. बिस्तृत जानकारी को निम्ति केहि महिना(शायद एक बर्ष जति भयो होला) बिपिन जी ले एक जोड दार तर्क दिएर यसै ब्लग मा लेख्नु भएको छ पंचायत किन आबश्यक थियो भनेर.
धेरै वर्ष अगाडी, गणतन्त्र आउनु भन्दा पहिले मैले एउटा लेखमा कमेन्ट गरेको याद आयो । मैले भनेको थिए शुद्द मनले देश बिकाश गर्न कुनै तन्त्र चाहिदैन । यदि राजतन्त्र खराबतंत्र भएको भए बेलायत, जापान स्वीडेन जस्ता देश हरु किन गरिब देशमा गनिदैनन ?
मैले त्यसो भन्दा आँखै तिरमिराउने गरि रातो पाएको थिए । गाली त कति हो कति । मेरो भनाइ अहिले मेल खाएकोमा अब दाह्री जुँगा पालेर भविष्यबक्ता हुन पो मन लाग्यो .
यी मुला नेताहरुले
पहिला पंचायत व्यवस्था नराम्रो भने, हामी भेडाबाख्रा लाइ उचाले, हामी पनि के के न हुञ्छ भन्दै उफ्रेम मरेम , पंचायत गयो, हामीलाई उचाल्ने हरु अघाए, अघाउन नपाएका हरु जंगल पसे, फेरी हाम्रै बुद्धिभ्रस्ट बनाएर हामी हामी लाइ लडाए, मर्न मार्न लगाए – अर्को तन्त्र को नाम मा, अनि जंगलका हरुले खाने मौका पाए , हामी हिस्स को हिस्स
अब यी ब्वासाहरु लाइ बहाना त चाहियो, अनि राजतन्त्र ले देश बनाउन दिएन, कुन्नि कति वर्ष दास बनाएर राख्यो भनेर भुक्न थाले , हामी सोझा भेडाबाख्रा लाइ फेरी हरियो घासको चित्र देखाए । हामी फेरी केहि हुञ्छ कि भनेर दौडेम । अहिले back to square one!! संबिधान छिटो बनायो भने त बहाना नै सकिन्छ नि ।
समग्रमा भन्नु पर्दा राजा मा एउटा रास्त्रियता भन्ने थियो / उसले चाहेको भए भुटान जस्तै देश को पररास्ट्र र सुरक्षा भारत लाई सुम्पिएर आफ्नो गद्दी बचाउन सक्ने थिए तर उनि भारत संग झुकेनन् बरु नेपाली जनता संग झुके / र अहिले रास्त्रियता भन्ने कहाँ छ ? माओबादी ले सबै कुरा भारत लाई बुझाई सक्यो / अहिले हामी सारा कुरा दिल्ली दरबार को निर्देशन अनुसार भएको देख्छौ/ यो त माओबादी ले आफ्नो घर को बाउलाई धपाएर छिमेकी को बाउ लाई माने जस्तो हो यो गणतन्त्र / अब हामी नेपाली ले सोच्नु पर्ने बेला आएको छ कि आफ्नो बाउ लाई मान्ने कि छिमेकी बाउ लाई मान्ने /
यही ताल हो भने नेता जि हरु को चुनाव हुनै पर्दैन राजतन्त्र स्वत आउछ एस मा कुनै दुई मत नै छैन । राजा बिनाका रइती मियो बिनाको दाई हुँदैन राइछ भन्ने कुरा बिगत ले देखैसक्यो ।
“महेन्द्र उबेलै नझुकेका भए, आज कालापानीको ३७ हजार हेक्टर जग्गा भारतको कब्जामा हुने थिएन । उनले त सहजै चीनका विरूद्ध प्रयोग गर्न कालापानी भारतलाई ‘सुम्पे’” !
कुरो ठिकै हो पुष्प जी त्यो ३७ हजार हेक्टर जग्गा भारतको कब्जा मा नगएको भए अहिले माओबादी ले झन्डा गाडेर “कब्जा” गर्न पाउथे नि हैन त ? राजा महेन्द्रले त सारै नकाम गरेर गएछन, तपाई हरुलाई येत्रो नोक्सान ? अब फेरी राजतन्त्र आयो भने तपाई हरुले “झन्डा गाडेका” अन्य जग्गा हरु पनि उम्केला सावधान हुनुहोस है !
चिढियाखानामा म अहिले सम्म ३० पटक गएँ हुँला ! कहिले श्रीमतिको लागि, कहिले सालीको लागि, कहिले छिमेकीको लागि, कहिले स्कुले केटाकेटीको लागि त कहिले गाउँबाट आएका भाई भतिजाहरुको लागि ! महिनौं या बर्षौं पछी जाँदा पुराना जिब जन्तु कस्ता भए होलान् भनि हेर्न मन लाग्छ ! यहाँ त जँगलबाट ज्ञानेन्द्र स्वयँ जनता कै घरसम्म आईदिएका छन् । यो अवस्थामा सबैमा उत्सुकता जाग्नु स्वभाविकै हो । चटकेले बाँदर डुलाउन ल्याउँला जसरी रमितेलाई जिस्काउन मन लाग्छ त्यसरी नै जनताले पनि ज्ञानेन्द्रलाई त्यहि गरिरहेको देखिन्छ । केहि बेर रमिता देखाउँछन् जान्छन् । रमिता देखाउन्जेल देखाउन दिनु पर्छ र त्यसको मजा लिनु पर्छ । जे भएनि उनको भ्रमण मलाई रमाईलो लाग्छ ।
यो देशको राजनीतिमा राज्त्रन्त्र अनि गणतन्त्र का सबै राजा र नेताहरु केवल सत्ता मोह षड्यन्त्र अनि राजनीतिलाई फोहोरी खेल मात्रै बनाइ राखेको अवस्था को इतिहास अनि बर्तमान हामी जनताले देखेको सुनेको अनि भोगेको हो है साथी हो/ अब यूबा नेताहरुलाई मौका दिने हो कि / एउटा प्रयोग असफल भए अर्को प्रयोगमा जानु बैज्ञानिक पनि हुन्छ नेपाली जनताले अब यो प्रयोग हरुको शृंखला जारी राख्नु प्रछ है कि कसो त?
कुनै योगीलाइ उनका अनुयाई र उनीप्रति आस्था राख्ने ले श्री १०८, श्री ६ महा योगी आधि इत्यादी भनेर सम्बोधन गर्छन ! तर सबैले उनीहरुलाइ श्री १०८, श्री ६ भनि रहनु आबश्येक छैन! आस्था हुनेले भन्छन नहुने ले भन्दैनन् ! आस्था हुने का लागि योगी हुन् नहुने का लागि तिनै ढोंगी हुन् ! त्यसैगरि श्री ५ भनेर ज्ञानेन्द्र लाइ उनका समर्थकले वा उनिप्रति आशा राख्नेहरुले सम्बोधन गरेकै भरमा मरेको राजतन्त्र ब्युतियेर आउदैन ! आज ज्ञानेन्द्र प्रति यदि कहि कतै कसैको आश्था बढेकै छ भने पनि त्यो ज्ञानेन्द्र को अशल कामका कारण होइन त्यो देशका ठुला दल भनौदाहरुको नेताहरुको अकर्मन्यताले हो ! मरेको राजतन्त्र को भुत बाट तर्सन छोड ! ज्ञानेन्द्रलाइ श्री ५ लेखेका स्वागत द्वार जलाएर समय खेर फाल्नु भन्दा आफ्ना नेताहरु को धमिलिदै गएको छबी सुधार अभियानमा लाग्नु र नेताहरुलाइ खबरदारी गर्नुमै पार्टी तथा देशको भलाई छ! यति भनिरहदा यो अभिबेक्तीलाइ ज्ञानेन्द्र लाइ श्री ५ भन्नेहरु को समर्थन मा भनिएको नठानियोस ! फगत देशको मूल समस्याबाट राष्ट्रिय राजनीतिलाइ अन्त मोडेर आफु लाइ सधै अग्रगमनकारी देखाउन खोज्नेहरु संगको एउटा आम नागरिकको गुनासो अनि असमती मात्र हो…………..
थुप्रै चोटी भनिसकें, फेरी पनि भन्दैछु : राजतन्त्रलाई ब्यूंताउनु भनेको गुहुमा अत्तर छर्कनु बराबर हो, अर्को शब्दमा भन्ने हो भने दुलोबाट उम्केर खाल्डोमा खस्नु हो, दास हुन नपुगेको सूचक हो ! कठैबरा !!! नेपाली बहादुरहरु !!!
जति चोटी भनेपनि , ५० औ लाख चोटी दोहोरयेपानी तपाई को विचार को कुनै अर्थ छैन . किनभने नेपालको रास्त्रियता आहिले जति कहिलेपनि कमजोर भएको थिएन. राजसंस्था का थुप्रै गलत पक्ष्य पक्कै छन् तर उसले रास्त्रियता संग कहिले पनि सौदाबाजी गरेन. कथित लोकतान्त्रिक गणतन्त्रवादीहरुले सत्तामा पुग्न बिदेशीहरुसंग कसरि दलाली गरिरहेका छन् र रास्त्रियतालाई बिदेशीको पोल्टामा पुर्याएका छन् भनेर आहिलेका राजनीतिक घटनाक्रमहरुले देखाऊदैन र ? सरकार परिवर्तन देखि कर्मचारी नियुक्तिमा भारतको नाङ्गो हस्तछेप भैरहेको सबैले अनुभब गरिनै रहेका छौ नि .
हर्के जी तपाईको कुरा मा दम छैन ! ज्ञाने एस एल सी फेल भएको होइन. त्यो त फेल गरयिएको हो.. अनि अर्को कुरा एस एल सी मा चोरेर पास गरेका येही तपाई ले राम्रो भन्नुभएको पार्टी ले के गर्यो नि? चोरेर पास गरेको ले होला संविधान लेख्न नसकेर गुल्टिएको. अनि तेसैको नतिजा यसपाली को एस एल सी मा पनि कम प्रतिशत पास भएको अनि टेलिभिजन मा देखनुभयो होला नि चित चोरेको पनि. येस्तै हो भने आउने १० वर्षा मा पास हुने को प्रतिशत 0 हुने छ अनि अनि सबै india को भर मा पटना मा जानु पर्ने छ मेट्रॆक्स को exam दिन.
सपना देख्न सकिन्छ तर यथार्थता टाढा छ
नेपालीहरु कति छिटो सबै बिर्सिन्छन भन्ने कुरा एसले पुस्टि गर्छ…..
कतिमानिस मरे राजतन्त्र फल्न… बिरेन्द्र को साखा सन्तान नास भयो…. अब फेरि राजतन्त्र चाहिने….. फेरि जनता ले दुखः पाउने? तेता तिर फेरि सोच्दा दिमाग नै तिर्मिराऊछ….
हो धेरै छन् हिन्दु राष्ट्र होस् भन्ने…. हो नेता हरुसग दिक्क छन्… तेसैले यी बेकार नेताहरुलाई हराउ आउने चुनाब मा….. तर ज्ञान्नेद्र नासोचम…. हेर्दा हेर्दै यो अबस्ता पनि आयो है….. केहि भन्न सकिदैन चुनाब मा, कमल थापा ले जित्न के बेर….. हिन्दु राष्ट्र, राजा को नाम मा…….
जति पछाडी चुनाब सर्छ, तेती राजाबादी मजबुत हुन्छन….
“फेरि जनताले दुख पाउने ?”, भनेपछि आहिले चै जनता एकदम सुखी छन् है ! 🙂
देश र नेताहरुको चालामाला देख्ता अब त लाग्न थाल्यो – पुन: एक पटक शुद्ध जनमत संग्रह नै गरेमा धेरै कुराहरुको स्पष्ट छिनोफानो भै हाल्ने पो होकी !
२०३६ मा निर्दल र वहुदल को बीच चुनाव भो , तर जालझेल गरि वहुदल पराजित गरियो .
२०७२ मा हुने जनमत को विषय दुत हुनु पर्छ – पहिलो, नेपालीलाइ कुन तन्त्र चाहियो ? दोस्रो ,सिक्किमको भाई हुने कि तिब्बत को बहिनी ??
येदि निस्पक्ष्य चुनाब हुने हो भने राजा बादी शक्ति निर्बाचित भएर आउने छन् र फेरि नेपाल मा राजतन्त्र को स्थापना हुने सम्भावना बलियो भएर आउने छ l केहि समय त पर्खनै पर्छ तर असम्भव भने छैन l सुर्य जी को लेख र विचार लाई सलाम छ !!!
सुर्य जी को लेख एउटा स्वतन्त्र नागरिक भएर पढ्ने हो भने चाही कुरा ९०% सत्य हो! गणतन्त्र आगाडी दरबारिया हरुले जबर्जस्ति राजा जनता संग पुर्याउन गरेका सभामा भन्दा अहिले को “धार्मिक सभा” मा मानिसहरुको भिड लाग्नु पक्कै पनि स्थिति मा परिबर्तन हो! जहिले पनि पार्टी को नै सदस्य भएर सोच्ने हो भने त कुरा फरक होला तर साचै स्वतन्त्र भएर सोच्ने हो भने अब चाही गणतन्त्र को ठेक्का पाएका हरुले सोच्ने बेला चाही आएको छ है ! १०० चोर भन्दा एउटा चोर ठिक भन्ने हाम्रो सोचाई चै स्थापित हुदै छ अब !
लेखकले कुरा बुझ्नुभएन छ वा बुझेर बुझ पचाउनु भाको हो ज्ञानेन्द्र को भ्रमण बाट कोहि तर्सेका छैनन् खाली कुरो नपाएको पगरी श्री ५ महाराजा धिरज ब्यानर मा लेखेकोले मात्र जनता रिसाएको हो
जनता भनेको को हो ? बिदेशीहरुको चाकडी गर्दै सत्तामा पुग्न लिप्त दलका पटमुर्ख कार्यकता मात्र जनता हुन् जसले आफ्ना नेताहरुका कुनैपनि गलत क्रियाकलाप प्रति प्रस्न सम्म उठाउने हिम्मत गर्दैनन् ? तपाई को कुरा सुन्दा त लग्यो आफ्नो देश को गुम्न लागेको रास्त्रियताप्रति चिन्तित स्वतन्त्र नागरिक त यो देशका जनता नै होइनन. ज्ञानेन्द्र को तराई भ्रमणमा बिदेशीका दलाल नेताहरुका कार्यकर्ता मात्र “रिसाएका” हुन् , तिनीहरु बाहेक नागरिकहरु त खुसि छन्.
नेपाली जनता र राजसंस्थाले २४० वर्ष चलायमान भयको नेपाल आज एक भारतीय जयन्त प्रसाद बाट नेर्देषित छ ! सशांक, पुस्पा, र द्रोंलाई यसले (निर्देशित) पिरोल्दीदैना होला ! अनुहारमा नाक पनि हुनु पर्योनि मुख मात्र भएर के गर्ने कसो त शपुद्रो मोहदय !! खाली दिमाख भाको मृत गणतन्त्रले अब नेपालको अस्मिता धन्न सक्दैन ! सपुद्रो को गणतन्त्रले नेपाली जनतालै विभाजित बनायको छ ! त्यसैले पनि राजसंस्थाको माग क्रमिक रुपले बढ्दो छ !
लुतोले खुईलिदै गयको मृत गणतन्त्र ले अब सपुद्रो जस्ता मोहदय्हरुको स्वार्थ धन्न नसक्ने भैसकेको छ ! ज्ञानेन्द्र लै भन्दा पनि सपुद्रो जस्ता मोहदय्हरुलाई ज्ञानेन्द्रको आबस्यकता बढ्दो छ ! ज्ञानेन्द्रको पिर आफु राजा बन्ने भन्दा पनि उनको बराजुले स्थापित गरेको देशको अस्मिता बच्ने होकी न हो भन्नेतिर छ ! ज्ञानेन्द्रको आबस्यकता राजबदिहरुलाई भन्दा पनि लुतोले खौईलिदै गयका गनातान्त्र्बादिहरुलाई अपरिहार्य हुँदै गयको छ ! त्यसैले त मृत गणतन्त्र बंईयाको हो !
अनुहारमा घिरौला जत्रो नाक हालेर आउनुभएको ओदासिन महोदय |
तपाइलाइ येउतै वाक्यको जबाफ |
”न प्रचंदादी हरु ले गणतन्त्र को प्रतिनिधित्त्व गर्न सकेको छ, न ग्यानेद्रादी ले राजतन्त्र को प्रतिनिधित्त्व नै गर्न सकेको थ्यो ”
उ लायक राजा थिएँन , यिनले आफुलाई लायक नेता सिद्द गर्न सकेनन |
हामिकम्मेंट कर्ता प्राणि हरुले किन सर दुखाउने ?
लायक भए
राजा ,रानी ,मन्त्रि ,रास्ट्रपति जसले पनि देश चलाउला |
बालकृष्ण अडवाणी र भाजपालीहरुलाई नढोगि नेपालको राजतन्त्र पनि चल्नु त्यतिकै हो | दरवारभित्र सुरा र सुन्दरीमा रमाई अंग्रेजीमा मात्र वार्तालाप गर्ने र बाहुनहरुलाई भान्से, क्षेत्रीलाई ढोके र अन्य जातलाई कुजात ठान्ने के खाएर राष्ट्रवादी हुनु नि !
खासै अर्थ मा भन्नु पर्दा officially king gyanendra लाइ हटाइएको होइन. त्यो त चार दल अथवा १२ दल को सहमति ले हटाइयो न त यसको लागि जनमत लियियो न त बिस्तृत अध्ययन नै तर जे होस् राजा आफूखुसी बिना रक्त पात नारायण हिटी बाट निस्किनु भयो जुन अति नै उत्तम कुरा हो किनकि कुनै हानी नोक्सानी भएन नेता अनि जनता हरु लाइ. अब तेसो भन्दै मा फेरि हाम्रा नेता हरु ले के गर्यो त. आशा थियो राजा हटाई सके पछि घोषित गणतन्त्र लै बैधता देला कि भनेको संविधान बनाएर, जुन कुरा सम्भव भएन. अब येत्रो बिध्न महंगी र असुरक्ष्य को चपेटा मा परेको नेपाली जनता हरु ले के अब फेरि अर्को येस्तै अर्को महंगी खेप्न यी नेता हरु लै भोट देलान त? मानौ भोट दियो अनि फेरि येस्तै तरिका ले जितेर आयो भनेता फेरि उही हो. या त फेरि झलनाथ प्रचण्ड कोइराला अनि उपेन्द्र यादव फेरि उही चलखेल. अनि फेरि के त जनतालाई …….ठुलो ल्वाप्प्वा . बरु एसको साटो के राजा सहित को गणतन्त्र हुन सक्दैन र? अर्को कुरा मलाई अचम्म लागेको त के भन्दा येत्रो बिध्न भारत ले सिमा अतिक्रमण गरेको छ आज सम्म कुनै राजनैतिक पार्टीले अथवा उसको भात्री संगठन ले बिरोध जनाउन सकेको छैन. येदि साँचो देश को लागि हो भने सिमा मा गएर बिरोध गर्नु नि हेरुम त कुन व्यक्ति ले साथ् नदेला ? तर नेता हरु को फुर्सत छैन किन कि उनीहरु को आवश्यकता भनेको कुर्शी, शक्ति र पैसा हो जुन साधारण जनता हरुलाई मुर्ख बनाएर सजिलै पाइन्छ !नेता हरु को लागि. देश र रास्त्रियता को केहि मतलब छैन. होइन भने भर्खरै को आफ्नो meeting छोडेर प्रचण्ड को भारतीय राजदूत संग को भेटघाट अनि देउवा को भारत भ्रमण( जब कि as a leader of major political party: should be availabe anytime to discuss about the country’s deteriorating situation with in the country) . र येत्रो हुँदा हुँदा अब पनि के हामि ज्ञाने ज्ञाने भन्दै गाली गर्ने कि ज्ञाने सहित को बलियो गणतन्त्र बने देश लाइ स्वतन्त्र मजबूत राष्ट्र भनेर दुनिया लाइ देखाउने? मेरो भन्नु येत्ति हो. इतिश्री
माथिका अहिले सम्मका कमेन्ट र तिनका लाइक/डीस-लाइक हेर्दा राज-संस्थालाइ गालि गर्ने कमेन्टहरुमा मन पराउने भन्दा मन नपराउने हरु झन्डै दोब्बर छन् | यो ज्ञानेन्द्र popular भएको कतै होइन तर कुनै न कुनै रुपमा नेता र पार्टी प्रति जनताको बितृष्णा हो | अनि राजतन्त्र भनेको ज्ञानेन्द्र नै फेरी सत्तामा आउनु पर्छ भन्ने होइन, त्यो एक संस्थाको रुपमा आउन सक्छ | सिधा सिधि हेर्दा पनि भारतको तलुवा चाट्ने र रास्त्रियता येति कम्जोर त नेपालको इतिहाशमा कहिल्येइ पनि भएको थिएन. यस्तै हो भने यी भारतका टट्टू नेताहरुले चांडै नेपालको चाबी भारतलाई सुम्पिएको हेर्नु पर्नेछ | राजतन्त्रले भारत संग घुंडा टेकेर उसको खुट्टा चाटेको त थिएन अहिले सम्म कम्तिमा | यी हजार वटा रोगि स्यालले हामि माथि राज गर्नु भन्दा त एउटा सिंहले नै राज गरोस बरु.
गलत| हजार वटा रोगि स्याल र पटमुर्ख ज्ञाने वा वहाको कुपुत्र श्री ४२० ज्यानमारा पारस सरकार भन्नुस न|
श्री ५ पृथिवी नारायण शाह देखि नेपालमा राजतन्त्रको इतिहास २४० बर्षको भएतापनि मेरो बिचारमा नेपालमा राणा शाशन सम्म श्री ५ र राजाका शाह बंशका परिवारको हैशियत २००७ साल अघि के थियो भन्ने कुरा नेपालको इतिहासलाई अध्यन गर्दा थाह हुन्छ !
२००७ साल पछि राजा त्रिभुवन र महेन्द्रको पाला देखि श्री ५ र राज परिवार सक्रिय भए र सो संग राणा, ठकुरी र छेत्रीहरु आफ्नो फायदाकोलागि राजतन्त्रलाई सक्रिय गर्न पछि पछि लागे ! यस काममा बाहुन, नेवार, मगर, गुरुङ, तामांग, मदेशी, थारुका साथै अन्य नेपाली हरुपनि आफ्नो फायदा हेरी पछि पछि लागे!
राजा बिरेन्द्र र ज्ञानेन्द्र २००७ साल आस पास र पछिको बातावरणका उपज भएकाले सक्रिय राजतन्त्र संगाल्न तिर लागे ! २०३६/३७ र २०४६/४७ साल को घटनाहरुले राजा बिरेन्द्र अलि उदार भएका थिए तर राजा ज्ञानेन्द्रको गल्ति र हठले गर्दा २०६५ सालमा नेपालको राजतन्त्र उल्मूलन भयो !
हालको परिस्थिति हेर्दा आम नेपालीहरुमा गणतन्त्र प्रति उदासिन हुनु राम्रो संकेत होइन
निर्वाचनको मितिमा सहमत हुन तिन महिना सम्म ४ दलहरु हुन सकेका छैनन् भने निर्वाचन कहिले र सविधान मा पहिलेको ४ बर्ष झैँ असहमत भै रह्यो भने के गर्ने ?
अहिलेको निर्वाचनको मन्त्रीमंडलपनि पद नियुक्ति मा जोड दिएको देखिन्छ (१७५ न्याधिशहरु, लोकसेवा, अख्तियार, निर्वाचन आयोग, कर्मचारीहरुको सरुवा बढुवा, नियुक्ति, ठेकापत्ता इत्यादी)
Yasto
सुर्य जी ले ज्ञान दाईको समर्थन गर्न खोजेका हुन् कि हैनन् त्यो मलाई थाहा भएन ! तर देश को स्थिति कस्तो छ, र जनता दिक्क भएर के सोच्न थालेका छन् त्यो कुरा स्पष्ट पार्न चाही सुर्य जी सफल भएका छन् !
I am reading the article from the point of view that current Nepalese politicians have become a huge burden to Nepal and Nepalese society. Neither we can throw them out nor we can accept. In this dwindling Khadkaji is trying his best to bring Gyanendra equation into the debate, which may seem to be logical but let us not forget that Gyanendra is incapable by all means and does not deserve to even think of an alternative. It will be a huge blunder. He is gonna forever. I believe that sooner or later a good alternative will emerge within the democratic norms.
you are right ram ji , that “good alternative” “within the democratic norms” will be coming in the form of colonization of Nepal by India.Nepal is going to be the next Bhutan under this “good alternative.”
एथार्थबादी अनि सत्य बोल्ने साहस गर्ने मद्धे एक लेखक अनि चिन्तक सुर्यजीले बेक्त गर्नु भएको विचार सर्हाहनीय छ/ राजा ज्ञानेन्द्रले जनतामा जान किन नपाउने? प्रजातन्त्रमा सबैलाई समान हक र अधिकार हुन्छ/ भ्रस्ट नेता र तिनका मतियार गुण्डा, लठैत अनि militia हरुलेजे गर्दा पनि हुने देश छिया छिया पारी सक्दा पनि तिनै बिदेशी भारौतेहरुको लहै लहै मा लागेर राजसंस्था समर्थक माथि घोर अन्याय गर्न पाउने काहाको लोकतान्त्रिक बेबस्था हो? राजसस्था मान्ने र नमान्ने सबै विचारधाराले स्वतन्त्ररुपमा शान्तिपूर्ण भेला, गोष्ठी, जुलुस गर्न पाउने अधिकारनै प्रजान्त्र हो./ राजालाई हिड्ने नदिने, बोल्ने नदिने काहाको साशन बेबस्था हो यो?
अब त दमनको सिमा नाघ्न थाली सक्यो/ सुर्यजीलाइ जनताको भाषा बोनु भएकोमा धन्यवाद!
खड्का जी
म तपाई जस्तो राम्रो लेखक त होइन तरपनि कुराको सुरुवात २०६३/६४ बाट गर्नु भएको अलि चित्त बुझेन / घटना विकासक्रमलाई हेर्ने हो भने २४० वर्ष अगाडिनै किन नजाने ? विभिन्न राजाको शासन कालमा त आफ्नो व्यक्तिगत स्वार्थको लागि जे पनि गर्न तयार हुने यिनै पूर्व राजाका पुर्खा त हुन् , महारानी हरुले त आफ्नो छोरालाई राजा बनाउन का लागि जस्को बिस्तरा तताउन पनि तयार भएको त आफ्नो सत्ता स्वार्थ को लागिनै थियो जस्तो लग्छ मलाई !
२०१७ को निर्दलिए पंचायेत पछि के देशले विकास को फड्को मर्न सक्यो त ? जगजाहेर नै छ!!! सकेन ,,,,स्वतन्त्र , खुल्ला संचार केहि थिएनन् ,,,मात्र रेडियो नेपाल,,,, एफ एम रेडियो त कता हो कता ? धन्न २०४६ पछिको परिबर्तन पछि सुन्न पाइयो/ एउटा पासपोर्ट बनाउन पन्चे हरुको फोर्स लगाउनु पर्ने देखि ठुला उद्ध्योग धन्दा खोल्दा ५१% राज परिवारलाई चढाउनु पर्ने ( बिनोद चौधरी को आत्मा कथा ) , सिप्रदिको (tata को बिक्रेता ) एकलौटी राज , टाटा भन्दा अरु बस ,ट्रक म रोक , ज. चु;का .लि को gm लै धम्क्याएर चुरोटमा ठुटो राख्न लगाई आफ्नो सुर्य tobacco co को एक लौटी गर्ने त राजतन्त्र को साना उदाहरण मात्र हुन् /
शान्ति थियो किनकि बोल्ने पाइन्नथ्यो /
हो हामीले मान्नै पर्छ नेताहरुको लापरबाही .अदुरदर्शिता ,अपरिपक्कता का कारण पहिलो संबिधान सभा बिघटन भयो / खेद छ / दोश्रो संबिधान सभा बाट जनताले चाहेको संबिधान बनोस / यसको लागि येदि भगवान संग प्रार्थना गर्नु पर्छ भने पनि म तयार छु / एसको मतलब म नास्तिक होइन, म त मात्र पूर्व राजा हरुले आफ्नो सम्बोधनको अन्तमा पशुपति नाथ ले……………गरुन भन्थे तर हामी नेपालीहरुको कहिल्ये कल्याण भएन स्वयम विष्णुका अबतारहरु ले पनि शोसन मात्र गरे /
भ्रमण गर्न कसैले कसैलाई रोके जस्तो लाग्दैन / पक्कै पनि पूर्व राजाको भ्रमणमा समर्थन र बिमत त भैहाल्छ /नेता हरुले जस्तै कुर्ची , झापड र जुत्ता त खाएनन !! जन सहनभुति बटुल्ने क्रममा सबै ठाउमा पुग्ने र एक्यबध्धता जनाउने पूर्व राजा पोखरा भ्रमण क्रममा विमानस्थल माग गरि अनसन बस्ने हरुलाई फुटेका आखाले पनि हेरेनन् कारण यिन कै खलक ले ३२ बर्ष अगाडी अधिकरण गरेका थिए तेसैले लाज लग्यो होला पुर्ब मौसुफ लाई/ २०४६ पछि को परिबर्तन पछि त प्राबिधिक कारणले बन्न सकेको छैन त्यो बिमान स्थल तर त्यो भन्दा पहिलाको श्री ५ को सरकारलाई त कसैले सुको पत्त्याएको रैनछ /
अन्तमा , नेपाली जनताको साना दु;ख , रगत ,त्याग ले अर्ज्याको गणतन्त्र होइन ,सबैलाई चेतना भया/ अब पुन
तपाईका बिचाहरुमध्य असहमती भएका कुराहरु निम्नानुसार क्रमैसग प्रस्तूत गरेको छु । एक पटक पुनर्बिचार गर्ने हो कि ।
१. आफ्नो छोरालाई राजा बनाउन का लागि जस्को बिस्तरा तताउन पनि तयार भएको
* कुनै एउटा उदाहरुण दिएको भए हुन्थ्यो ।
२. २०१७ को निर्दलिए पंचायेत पछि के देशले विकास को फड्को मर्न सक्यो त ?
* २०४६ पछि चाही के बिकास भयो ? आफ्नो गांउ आफै बनाउ (ए मा ले) को सुत्र अनुसार गांउ गांउमा डोजर चलाएर दुई चार वटा मोटर बाटो बन्यो तर अधिकांश अहिले भत्कि सक्यो होला ।
३. स्वतन्त्र , खुल्ला संचार केहि थिएनन् ,,,मात्र रेडियो नेपाल,,,, एफ एम रेडियो त कता हो कता ?
* बिद्युतिय संचार माध्यम वा छापाबाट बिना प्रमाण बिना कारण मन नपरेको मान्छेलाई गाली गर्न पाउनु मात्र स्वतन्त्रता हो र ? फेरी बिद्युति संचार माध्यम एफ एम टि भि को विकासक्रमको सुरुवात कति नै भएको छ र । नेपालमा आफ्नै प्रविधि छैन बिदेशबाट भित्र्याउनु पर्ने हो । आफैले उत्पादन गर्न नसक्ने अनि रेमिट्यान्सको नाममा साउदी अरबबाट आएको पैसा पुन सवारी साधन र फ्यूलको नाममा भारतमा पठाएर हिरो होण्डा र पल्सर मोटरसाईकल चढ्नु मात्र विकास हो र ?
४. एउटा पासपोर्ट बनाउन पन्चे हरुको फोर्स लगाउनु पर्ने ।
* किन र आज पनि त नागरिकता बनाउनु पर्दा गा.बि.स. सचिवको सिफारिस चाहिदैन र ? तत्कालिन अवस्थामा जन प्रतिनिधिहरु भनेका पन्चहरुनै थिए अनि उनिहरुको सिफारिस नलिई के गर्ने त ?
५. ठुला उद्ध्योग धन्दा खोल्दा ५१% राज परिवारलाई चढाउनु पर्ने ।
* सेयरको कुरा गर्नु भएको होला । निगम प्राधिकरण कम्पनी लि. र प्रा.लि. को बनावट सम्बन्धमा यसो अध्ययन गर्नु भए हुन्थ्यो । कति कति प्रतिशत शेयर कस्को हुन्छ भनेर । अनि तत्कालिन अवस्थाको सरकार भनेको के र को थियो भनेर ।
६. (बिनोद चौधरी को आत्मा कथा ) , सिप्रदिको (tata को बिक्रेता ) एकलौटी राज , टाटा भन्दा अरु बस ,ट्रक म रोक ।
* रोकेको कहि कतै देखिन्छ र ? त्यति बेलाका जर्मनी ट्रकहरु सायद तपाईले देख्नु भएको थिएन होला । जर्मनी गाडीहरु जुन अहिले पनि चलिरहेका छन् र सरकारले २० बर्षे नीति लगाएर कवाडीको दाममा भारतमा बेच्न खोज्दैछ ।
७. ज. चु;का .लि को gm लै धम्क्याएर चुरोटमा ठुटो राख्न लगाई आफ्नो सुर्य tobacco co को एक लौटी गर्ने ।
* हिजो आज त राजतन्त्र छैन नि । ज.चु.का.लि.ले उत्पादन बन्द गरेर कर्मचारीहरुलाई केहि काम नदिईकन कम्पनीको सम्पती बेची बेची तलब खुवाएको कति बर्ष भयो ? अहिले त ज.चु.का.लि. बन्द नै भई सक्यो ? यो पनि राजतन्त्रले बन्द गरेको हो र ?
८. हो हामीले मान्नै पर्छ नेताहरुको लापरबाही .अदुरदर्शिता ,अपरिपक्कता का कारण पहिलो संबिधान सभा बिघटन भयो ।
* भागबण्डा नमिलेर पो बिघटन भएको हो कि ??
१०. दोश्रो संबिधान सभा बाट जनताले चाहेको संबिधान बनोस ।
* नेता उहि बिचार उही संविधान सभा भवन पनि उही । एस एल सी फेल भएका समेत सभासद छन् । संविधान लेख्न सक्लान र ? फेरी पहिलो संविधान सभालाई एतिहासिक भनिएको थियो । अब दोश्रो तेश्रो चौथो आदिलाई के भन्ने ? आधुनिक संविधान सभा ??
११ पूर्व राजा हरुले आफ्नो सम्बोधनको अन्तमा पशुपति नाथ ले……………गरुन भन्थे तर हामी नेपालीहरुको कहिल्ये कल्याण भएन स्वयम विष्णुका अबतारहरु ले पनि शोसन मात्र गरे ।
* बा आमाले पनि ईश्वर दाहिना होईन लक्ष्मीले बास गरुन आदी भनेर आशिष दिन्छन् होला नि । आशिषको भरमा मात्र कल्याण हुंदैन । ईमलीको बिरुवा रोपेर आंप फल्दैन । राम्रो कर्म गर्नु राम्रै फल मिल्छ । आसिरवादले मात्र हुनेवाला न हिजो थियो न आज छ न भोली हुन्छ । आशिष भनेको शुभकामना मात्र हो जस्को बिश्वब्यापी रुपमा प्रयोग हुन्छ ।
१२. भ्रमणमा समर्थन र बिमत त भैहाल्छ /नेता हरुले जस्तै कुर्ची , झापड र जुत्ता त खाएनन !! जन सहनभुति बटुल्ने क्रममा सबै ठाउमा पुग्ने र एक्यबध्धता जनाउने पूर्व राजा पोखरा भ्रमण क्रममा विमानस्थल माग गरि अनसन बस्ने हरुलाई फुटेका आखाले पनि हेरेनन् ।
* बिमतीको नाममा प्रायोजित भिडलाई प्रयोग गरी अपमानित तुल्याउनु कत्तिको नैतिकता हो ? फेरी बिमानस्थल बनाउने पूर्व राजाले हो कि बर्तमान सरकारले हो ? तत्कालिन अवस्थामा बिमानस्थल बनाउन अधिग्रहण गरिएको जग्गामा बिमानस्थल बनाउन २०४६ साल देखि हाल सम्म बनेका सरकारहरुले पनि पहल गरेको भए आजसम्म बनि सक्थ्यो होला । कुर्चि खोसाखोस गरेर मात्र बिमान स्थल त के बस पार्क पनि बन्दैन ।
अन्त्यमा २०४६ साल देखि आज सम्म बनेका सरकारहरुले निजिकरणको नाममा बेचि खाएका स्वदेशका कल कारखाना (जस्तै बांसवारी छाला जुत्ता कारखाना बिराटनगर जुट मिल बिरगन्ज चिनी कारखाना हिमाल सिमेण्ट ट्रली बस साझा बस खै कति हो कति) कहा गए कसरी पतन भए अनि कुन हालतमा छन् नेपालीका छोरा छोरी साउदी अरबमा कति छन् यो पनि चेतना भया ।
एक पटक एस एल सी फेल भएपछी अर्को पटक पास हुनु छ भने राम्रो संग पढेर मात्र परिक्षा दिनु पर्छ……! अन्यथा फेरि फेल हुन्छ…होइन र ?
ज्ञानेको फेल हुनुको कारण (सत्ता खुस्किनुको) ज्ञानेकै नालायकीपन हो…..चिट्ठा परेर फेरि राजा भयो भने, पनि फेरि पनि फेल हुनेछ….चेतना भया !
आज भने हर्केको कुरोमा मैले दुवै बुढि औंलाले ल्याप्चे लगाएँ !
हर्केजीको पनि ‘डुप्लिकेट’ निस्केजस्तो लाग्यो मलाई त शशांकजी ।
नेपालमा राजतन्त्र फर्कनु पर्ने अबस्था आयो भने; I नेताहरु सबैलाई झुन्ड्याउनु पर्ने हुन्छ/ सहि लोकतन्त्र राजतन्त्र भन्दा राम्रै हुन्छ नेपालीले यहि सोचेर जनयुद्ध कालिन मावोबादिले समेत प्रसंसा गरेको; हटाउनु पर्छ नभनेको राजतन्त्र तत्कालिन ७ दलको सरकारले दिल्लीमा गरेको १२ बुंदे सम्झौता पछि राजतन्त्र उन्मुलन गर्दा ‘मौन सहमति” दियको थियो र त्यो सहमति सहि लोकतन्त्रको निमित थियो सबै नेपालीको समान अधिकारको निमित थियो/ तर के राजतन्त्रको अनुभूति पछि इ नेताहरुले नेपालीलाई सहि लोकतन्त्रको सामान्य अनुभूति पनि दियकोछ? के आफ्नो सुबिधाको निमित संबिधान समेत बदल्ने इ तथाकथित लोकतान्त्रिक नेताहरुले नेपालीलाई अप्ठ्यारोमा पारेको राजतन्त्र कालिन कुनै कानुन संसोधन समेत गरेको छ?
इ नेताहरुले कहिले २२ त् कहिले ८ बुंदे आदि सम्झौता लगायत अनेकौं सहमति र सम्झौता गर्दै नेपालमा आफुलाई “मधेसी” भन्नेको जायज नाजायज मागहरु सबै पुरा गर्दै आयको छ/ इने सम्झौता र सहमतिको नाममा ‘म मधेसी” भन्नेलाई दुइ मधेसी नेताको सिफारिसमा नेपालको जन्म सिद्ध नागरिकता पाउने; नेपालको सेनामा अरु कुनै जातिको नामा सेनामा यक मुस्ट भर्ना गरेको छैन तर मधेसीको ……!!!/
इ नेताहरुले “मधेसीको हक हितको नाममा धेरै सम्झौता र सहमति गरि सके तर के तेस्तै कुनै सहमति र सम्झौता नेपालको अर्को कुनै जाति सिट गरेको छ? मात्र यति कुरामा इ नेताहरुको मुल्यांकन गर्ने हो भने दिल्लीमा हिन्दि भाषामा १२ सम्झौता पछि आफ्नै कार्यकर्ता र मात्र मधेसी नेपालको नागरिक ठान्ने इ नेताहरु लोकतान्त्रिक नभयको स्पस्ट हुन्छ/
एक प्रसिद्द हलीवूड चलचित्रको एक निकै प्रसिद्द लवज चोरेर भन्ने हो भने नेपालमा अहिले दुइ थरि मान्छे भेटिन्छन –
१) एक थरि जो अझै पनि ज्ञानेन्द्र को बिरोध गर्छन..यति सम्म कि उनीहरुलाई ज्ञानेन्द्र कहिँ हिडेको, कसैलाई भेटेको, ग्रामिण भेगको यात्रा गरेको, मन्दिर गएको, फूटबल हेरेको, अन्तर्वार्ता दिएको, सांगीतिक कार्यक्रममा अतिथि भाको देखि आफ्नो छोरो भेट्न विदेश गाको पनि सहय हुन्न ! किन एस्तो त् भनेर सोध्दा उत्तर थरि थरि आउछ तर मुख्य उत्तर चाही यस्तो हुन्छा- ” राजतन्त्र बिउताने षड्यन्त्रमा लागिराखेका छन्, जनताको मन जितेर(?)”- भन्नको मतलब जनताको मन जित्नु षडयन्त्र हो 😀
२) अनि आर्कोथारी छन् जो ज्ञानेन्द्रले सत्ता हातमा कदम कदाचित लिए भने अहिलेको सब नेतालाई जेल हाल्नेछन, अराजकता सब समाप्त हुन्छ, भारत संग “टक्कर” पूर्ण सम्बन्ध हुन्छ, बोर्डरबाट रातारात भारतीय सैन्यबल रिट्रॆत हुन्छन, देशमा सुशासन कायम हुन्छ, सबै क्षेत्र राजनीति बाट मुक्त हुन्छ – अर्थात सर थोमस मोरको “utopia” को झलक देख्न पाइन्छ
हुन त तेश्राथारी मान्छेहरु पनि छन् तर उनीहरुको संख्या सायद नगन्य छ वा उनीहरुको संख्या वा दृष्टिकोणले खासै मायाना राख्दैन!
१००% सहि कुरा हो| आजकल ज्ञाने को बिरोध गर्ने बित्तिकै यहाँ निक्कै रातो झण्डा खाइन्छ र नेतालाई गाली गर्ने बित्तिकै हरियो झण्डाको बर्षा नै हुन्छ| तर हामीले भुल्न नहुने कुरा के हो भने नेता र ज्ञाने दुइटै फेल भैसकेका छन| यी दुइटै बदमास हुन्| नया शक्ति चाहिन्छ नेपालमा| नत्र नेपाल जहिले नि यस्तै हो|
घुमाइ फिराइकन सुर्य खडकाले राजतन्त्र फर्किन सक्छ भनेर ल्याएका छन्| त्यत्रो मजबुत बर्लिन पर्खाल त ढल्यो भने….. असम्भव भन्न मिल्दैन| तर राजतन्त्र आएर के त ? हाम्रा लागी ‘कागलाई बेला पाकेर हर्ष न बिस्मात’ झैं हो यो | चोरको ठाउँमा डाका आउने हो क्यार ! यतिका बर्षसम्म लुटन नपाएर खरेर बसेका दरवारीया भारदारहरुले फेरी ब्रह्मलुट मच्चाउछन्| ‘राजा आउ देश बचाउ होइन कि राजा आउ देश लुटाउ हुन्छ !
अक्सिजनको विकल्प अक्सिजन हो, कार्बनडाइअक्साइड होइन । चेतना भया सूर्यजी ! महेन्द्रले कालापानी अतिक्रमण गर्न सहयोग पुर्याए । अब ज्ञानेन्द्रलाई देश सुम्पन फेरि ल्याउने ? प्रचण्डलाई लेण्डुप भन्नेहरूले एकचोटि विचार गरे हुन्छ कि अहिलेसम्म लेण्डुप नभेटाएको भारतका लागि ज्ञानेन्द्र एउटा गतिलो पात्र हुनसक्छ ।
तर लगभग वर्षअघि सिक्किमलाई निल्न २८ वर्ष लगाएको भारतलाई अहिलेको सूचनाको यो युगमा नेपाल निल्न वा चपाउन सजिलो छैन । त्यसैले न त ज्ञानेन्द्रको पुनरावृत्तिको कुनै सम्भावना छ, न त लोकतन्त्रको कुनै अर्को विकल्पको ।
श्री ५ प्रचण्ड बिर बिक्रम दाहाल देब त कहाँ लेन्डुप हुनु, मौसुफ सरकार त हिटलर नै होइबक्सिंछ नि| 🙂
राजतन्त्रको बिकल्पमा गणतन्त्र भोगिरहेका जनतामा चेतना आउदै छ हाम्रा नेताहरुको स्वाभिमान कसको सामु झुक्दो रैछ — कुन मूल्यमा झुक्दो रैछ –???
अक्सिजनको बिकल्प अक्सिजन —
जनताले देखिरहेका छन् र बुझ्दै गएका छन् नेपाल रास्ट्रको स्वाभिमान उँचो राख्न राजतन्त्र अपरिहार्य छ ——-
राजा महेन्द्रले कालापानी अतिक्रमण गर्न सहयोग पुराए — यस्तो हदै सम्मको हावा बोलि प्रचण्ड पथ पछ्याउनेहरुले नै बोल्न सक्छन् पुष्प जी .
लेंद्रूपको कुरा ,
बिप्पा बोकेर जाने बाबुरामहरुको ‘ चाबी अन्तै छ ‘ बाणीले उनका प्रभुहरु प्रतिको
गुनासो बुझ्न गाह्रो छ र ???
नया नेपाल गणतान्त्रिक नेपाल चाबी भारतमा बुझाईएको नेपाल ???
सिक्कमलाई निल्न २८ बर्ष लगाएको कुरा , उ बेला निलेर स्वाद लिने राजनीति थियो ऐले चुसेर स्वाद लिने राजनीति छ —– भुटानलाई बेरे झैँ —
नेपाल जस्तो देश यति छिट्टै भुटानीकरणको आवरणमा अध्यारिदै जानु हाम्रै
नेताहरुको गुलामी प्रवृतिले गर्दा हो !
नेपालका जनतालाई बिस्वास नगरी भारतका नेताहरुमा बिस्वास गर्ने १२ बूंदे नेताहरुको रास्ट्रबाद राम्रै संग उदांगीसकेको छ —-
राजतन्त्र ब्युताउन रा प्र पा नेपाललाई सपोर्ट गरौ .
देशलाई माया गर्ने जनताहरु !
आबाज उठाउनुहोस्
‘राजतन्त्र ल्याउ देश जोगाउ ‘
जय देश जय नरेश .
महेन्द्र उबेलै नझुकेका भए, आज कालापानीको ३७ हजार हेक्टर जग्गा भारतको कब्जामा हुने थिएन । उनले त सहजै चीनका विरूद्ध प्रयोग गर्न कालापानी भारतलाई ‘सुम्पे’ ।
लोकतन्त्रमा नेताको विकल्प नेता हुन्छ र नेता जनताबाटै आउने हुन् । तर राजाको विकल्प के ?
सत्यतालाई मनन गरेर त्यहीअनुरूप अगाडि बढ्नु बुद्धिमानी हुन्छ । नेपालको ‘चाबी’ कसकससँग छ भन्ने कुरा त स्वयम् राजा र तिनका आसेपासेहरूलाई भन्दा बढी कसलाई थाहा थियो होला ! तर उनीहरूले ‘प्रजा’लाई झुक्याइरहे । जनताबाट आएका नेताले सिधा कुरा गरे, अपच हुनु स्वभाविक हो लुनाजी ।
पुस्पज्यु/
के महेन्द्रले कालापानी भारतलाई सुम्पेको हो? इतिहास साछी छ महेन्द्रले कालापानी भारतलाई सुम्पेको थियन/ कलापानिमा भारतको सैनिक पोस्टको स्थापना भारत चीन युद्ध पछि गरेको थियो/ कालापानिको मुद्दा भारतीय विस्तारवाद को यउटा नाङ्गो उदाहरण हो/ नेपालको कालापानि र कास्मिरको इतिहास लगभग उस्तै उस्तै छ/
इस्ट इन्दिया कम्पनिले नै भारतको नक्सा कोरेको थियो/ इस्ट इन्डिया कम्पनीकै सरकार भारतमा रहंदा भारतलाई इस्ट इन्डिया कम्पनीले सन् १९४५मा भारतलाई संयुक्त रास्ट्र संघको सदस्य बनायको थियो/ सन् १९४५मा कास्मिर यौटा स्वतन्त्र देस थियो र कास्मिर र भारतको सिमाना पनि इस्ट इन्डिया कम्पनीले नै किटेको थियो/ सन् १९४७मा भारतले कास्मिर कब्जा गर्ने क्रममा कास्मिर को सिमाना पारि aksai chin सम्मै आफ्नो सैनिक पोस्ट स्थापना गरे/ aksaichin तिब्बती भुमि भित्र पर्छ/ यसै कुरामा चीन र भारत बिचमा सिमाना बिबाद भयकै कारणले चीन भारत बीच युद्ध भयो/ त्यो युद्धमा चीनको सेना बात लेखेतियाको भारतीय सैनिक नेपालको चीन सिट जोदियको कालापनिमा भागेर पसेको थियो/ महेन्द्रले कालापानी भारतलाई सुम्पेको थियन/ कालापानी भित्र भारतीय सैनिक पोस्ट रहेकोमा तत्कालिन र अहिलेको सरकारले पनि शसक्त बिरोध गर्न नसकेको मूल कारण भारत प्रवासमा रहेको र भारतको प्रभावमा रहेको नेताहरुले नेपालको राजनीतिलाई “कुर्सि” को खेलमा अल्मल्यायाकोले मात्रै हो/ नभय इस्ट इन्डिया कम्पनि जेसले सन् १९४५मा भारतलाई संयुक्त रास्ट्र संघमा सदस्य बनायको थियो तेसैले कोरेको भारतको नक्सामा कालापानी नेपालको रहेको देखायाकोले कालापानीबात भारतको सैनिक हटाउन मात्र संयुक्त रास्ट्र संघमा उजुरी दर्ता गरे पुग्थ्यो/
तपाईंको घरमा कुनै वितण्डा मच्चिन्छ भने पहिलो जिम्मेवारी घरमूलीको नाताले तपाईंको हुन्छ कि हुँदैन मदनजी ?
हो हो , तपाई का नेताहरु त ज्यादै नै “सिधा” छन् नि है ! हसिया भन्दा पनि सिधा !!
गौप्राणी नै हुन् है तिनीहरु !! चोर, फटाहा , डाँका , लुटेरा र बिदेशी दलालहरुलाई “सिधा” भन्ने यो कस्तो विचार हो ?
लो भो राजतन्त्र लेउन सप्पोर्ट गर्नु रे / राजतन्त्र जनताले देखेको भोगेकै कुरा हो नि/ नया नौलो कुरा भए पो लिउनु/ अब नया कुरा चाही लिउने सुरु गर्नु पर्छ देशमा है साथी हो/
हाहाहा!
हिजो गणतन्त्रको लागि उफ्रियाकी थिइन्!
आज चौबिस घण्टा पनि पुरा नहुदै यु तर्न मारेर राजतन्त्र ब्युताउने शंख फुक्न थालेकी छिन!
चेतना बिचार दिमाग सोचाइ अध्यायन क्षमता आधार आदि केहि नभयको उटुङ्गा भुइफ़ुट्टा शैली भन्दा उचित होला यसलाई!
एउटा देशको सामाजिक आर्थिक अनि राज्य संयन्त्रको आमुल र क्रान्तिकारी परिवर्तन गोडा पाचेक बर्षमा हुनुपर्छ भन्ने ठान्ने, देशको परिस्थितिजन्य अनि संक्रमणकाल र आन्तारिमाबस्था लाइ बुझ्न नसक्ने, दुइ सय पचास बर्षको एकात्मक राज्य सत्ता ले अघायन तर पाच बर्ष पनि स्थापित र सस्थागत हुन नसकेको गणतन्त्र माथि डकार्ने हरु ले देशलाइ के हो र के हुन्छ के गर्छु भन्ने सोचेका ठानेका होला हो!
यस्ताहरुले हिजो गणतन्त्रको समर्थनमा राजतन्त्रको बिरुद्दमा दकारेका झुशिला डकार हरु पेटको पाचन प्रणालि बिग्रिदा आयका हुन् त? किनकि ति दिमागबाट आयका बिरोध र विद्रोहका आवाज त होइनन भनेर आजै शिद्दा भै हाल्यो!
अनि राजतन्त्र ल्याउने र राजा आयर पाच सात बर्षमा यी महोदय महासय फ़ुटुङ्गाहरुको सपनालाई सम्बोधन गरिदियाना र साकार पारि दियन भने अर्को कुन तन्त्र ल्याउन मन्त्र फुक्ने नि फेरी?
राजतन्त्र ब्युताउने?
कुन राजा ल्याउने?
ज्ञानेन्द्र?, पारश? हृदयन्द्र?
कि राजतन्त्र बिउताउदा संग संगै बिरेन्द्र या त्यो भन्दा पनि महेन्द्रलाई नै बिउताउने हो?
यो पछिल्लो कुरा गर्न सकिन्छ भने मेरो पनि समर्थन छ ल,
ल लुना जी लागि पार्नुस!
तर आफ्नो कुरामा सातमहिना अड्न नसक्ने को पछि लागेर के राजा र राजतन्त्र ब्युताउने हो गाठे!
हैन मलाइ एउटा कुरा बुझाइदिउन लुना जी (वा अर्को कुनै राजभक्त जी हरु)
यो देश मा फेरी राजतन्त्र आउदैमा यो देश कसरि जोगिन्छ? अहिले चाहि कहा डुबेको छ?
कुनचाहि राजाले कुन कस्तो मृत्युन्जय मन्त्र ल्याउनेछ देश बचाउने जुन अहिले मरेको छ?
राजा नचाहने राजभक्ति नगर्ने हरु देशलाई माया नगर्ने हुन्?
राजतन्त्र ल्यायामा राजा आयर, हनुमानले सुमेरु के के पर्वत उचालेर लाग्या जसरि यो देशलाई टपक्क टिपेर आन्ध्र महासागरको बिचमा वा नर्थ अमेरिका वा युरोपको बेल्जियम र बेलायतको बिचमा थपक्क राखिदिने छ?
राजाले कुन मन्त्रले यो देशको सम्पुर्ण समस्या समाधान गरि देशको आमुल र कायापलट बिकाश गर्ने छ?
यसो हामीपनि सुन्न पाय हुन्थ्यो, आभार भैन्थ्यो कि यो थाहा नभयको ज्ञान पायर?
ल महेन्द्रलाइ बिउतायर ल्याय त देश बिकाश र परिवर्तन गर्न चाहिने राजनीति गर्ने नेता र व्यक्तिहरु सबै बटालियन उतै बाट लियर आउथे होला र देश बनाउथे होला तर ज्ञानेन्द्रलाई राजा बनायामा चाहि नेता र राजनीति गर्ने कहाबाट कसलाई ल्याउने? बेल्जियम बात अकि अमेरिका बाट? कि कमल थापालाई प्रम बनाउने अनि देशको भरपुर बिकाश गर्ने? अरु सब खेर गयका भै हाले?
यस्ता फ़ुटुङ्गा हरु जस्तले नरेश लाइ नै देश सोच्दछ हरुको के कुरा, देश भनेको जनता हो राजा होइन! “एउटा देश राजा जभायापानी देश बन्न सक्छ तर जनता नहुदा देश बन्न सक्दैन!, राजा नहुदा देश हुन्छ तर जनता नहुदा देश हुदैन!”
प्रजाको आज्ञाकारी मानाशिकता बाट माथि उढ्न नसकेका दिमागहरू सबैलाई प्रजा बनाउन उध्धत्ता छन्!
बरु लुना जी को पारस सरकार स्वास्थालाभ गरि बाची बक्सियो क्यारे, पशुपतिमा दश किलो सुन्तला चदाइयो कि चडाइयन? कि झुक्याइद्या हो पशुपतिलाई, कि पारस सरकार बाची बक्सियाको खुशीमा फुरुङ्ग हुदा बिर्सियो त्यो सब भाकल?
अब राजतन्त्र बिउताउन कोटिहोम पनि लगाउनेकि? उतै बेल्जियम तिरै कि यतै नेपाल तिरै आइसिने हो! ज्ञानेन्द्र सरकार पनि सवारी हुन्छहोला कोटिहोममा, तेसैपानी मन्दिर मन्दिर छाहारी रहेको छ त, प्रायास्चित गर्दै माफी माग्न गयको होकी फेरी राजा बनाइदेउ भगवान भन्न गयको हो!
बरु महाराज हरुलाई बेल्जियम तिरै बोलायर तेती पाउहजुरि गर्ने होकी! यता हामीलाई किन भारि बोकाउनु हो श्रीपेचको!
तेसै गरे हुन्न
महाराज भक्तिनीले बेल्जियममा बस्ने अनि देश भक्ति देखाउन नेपालमा राजतन्त्र बिउताउन पर्ने होइन त!
देश भनेको राजाहो भन्नेले सोच्ने तेस्तै हो! माटोको र जनताको होइन राजाको आगाध माया छ हैन राजभाक्तिनिहरुलाई!
यहि सहि तर यो कुरा अलि स्थाई र अडिक हुन पर्यो अर्को बर्ष फेरियारा फेरी होइन कुनी के तन्त्र चाहियो नहोस्नी!
यहि सुभकामना,
अब राजतन्त्र भनेको तेस्तै हो!
सुर्य जी
राजा भनेको राज गर्न सक्ने हुनुपर्यो | राजा को परिभाषा त्यहि हो , अब राजा ले आफ्नो काम गर्न सकेन ,राजा प्रजा भयो श्रीपेच अर्कैले खोस्दियो |
धर्म ग्रन्थ मा , अन्त्र्रास्त्रिया जगत मा येस्ता गैसकेका राजा फर्कन या त् देवताको बरदान पाएर सक्तिसाली भएर आउनुपर्यो बा अमेरिकाको ( नेपाल को सन्दर्भ मा इन्डिया नै भनौ )
आसिर्बाद हुनुपर्यो |
उनका निरह प्रजाले आसु झार्लान , खोपामा तस्बिर राखेर पुजा गर्लान , उनका साथि संगीले पोर अन्लाक्की फेलो भन्लान , फर्काउन त् मद्दत गर्दैनन् |
पार्टीका जस्ता डाका कार्यकर्ता त् उ संग छैन , फेरी कसरि फर्किन्छ ?
फर्केपनि बोकालाई पहाडको भारि थमाए जस्तो हुन्न र भन्या ?
यदि भगवान ले म लाइ शक्ति दिएर ल तेरो जिम्मा भने पनि , म ज्ञानेन्द्र लाइ हेर बाबु ,तिमि दुखि छौ ,तिमीलाई जे चाहिन्छ दिउला माग , तर यो राजपाठ तिम्ले सक्दैनौ न माग भन्छु |
समग्रमा लेख राम्रो भए पनि ज्ञानेलाइ “गणतन्त्रबादी पात्रको छबि” भन्नु हास्यास्पद छ| लेखकको अलिक अपरिपक्वता झल्काउञ्छ जस्तो लाग्छ यसले| संबिधानको पालना गर्ने एक नागरिक भन्न सकिन्छ ज्ञाने सरलाई, तर गणतन्त्रबादी भनेर खड्का सरले कसरि भन्नुभयो बुझ्न सकिएन| व्यंग्य हो भने राम्रै मान्नु पर्ला|
बिगत हेर्ने हो भने ज्ञानेले किन त्यति सजिलै नारायणहिटी छोड्यो खै मैले बुझ्न सक्या छैन| गणतन्त्रको निर्णय जनताको प्रत्यक्ष निर्बाचनबाट मात्रै आफुलाई स्वीकार हुने कुरो किन राखेन मुर्ख मानब ज्ञाने महोदयले खै केहि भेउ पाउन सक्या होइन| नेपाली राजतन्त्रको इतिहासमा १-२ जना छोडेर मुर्ख महाराजहरुको क्रमलाई ज्ञाने महोदयले पनि सुचारु बनाउने काम भएको मात्रै जस्तो लाग्छ|
यो त कट्टर राजाबादी लेख भो खड्का जी, अलिकति बीच को बाटोमा हिड्ने हो कि ?