आज जेठ १४ गते हो। एक वर्षअघि आजै मध्यरात संविधानै नबनाई संविधान सभाको हत्या भएकोले आज सराद्धे हो। एक वर्ष बितिसक्यो, तर देश जहाँको तहीँ छ। एकोहोरो मेरो गोरुको बाह्रै टका नगरी इमान्दार भएर लागेको भए यतिबेलासम्म नयाँ निर्वाचन भएर नयाँ संविधान सभा बनी जनादेशप्राप्त नयाँ सरकार पनि बनिसक्थ्यो होला। बाबुरामको सरकारले चुनाव गराउनै हुन्न भनी अड्डी कस्ने दलहरुका कारण कान्तिपुरको भाषामा अहिलेको निर्दलीय बुँख्याचा सरकार बन्यो। तर यसले पनि अहिलेसम्म चुनावको मिति घोषणा गर्न सकेको छैन। चुनाव भएर संविधान सभा बने पनि अन्ततः पहिलेकै जस्तो कारणले संविधान सभा असफल बन्ने संभावना हुन्छ।
एक वर्षअघि आजको दिन निकै तनावपूर्ण थियो। मध्यरातमा संविधान सभा भंग भएपछि निराश र दिन/रातभरको कामबाट थकित भएर एकाबिहानै अफिसबाट घर फर्केको थिएँ। भोलिपल्ट संविधान सभाको हत्या हुनुका कारण खोतल्दै यो ब्लग लेखेको थिएँ। आज संविधान सभाको सराद्धेका दिन यो पुरानो ब्लग सान्दर्भिक हुने भएकोले पुनः पोस्ट गर्दैछु।
संविधानै नबनाई हिजो संविधान सभा भंग भयो। २ वर्षमा बनाउनु पर्ने संविधान पटक पटक गरी थप दुई वर्ष म्याद थप्दा पनि बन्न सकेन। यसका लागि को दोषी ?
दलहरु
प्रमुख दलका नेताहरु आफ्नो कमी कमजोरीको आत्मसमीक्षा नगरी एक अर्कालाई दोष दिँदैछन्। माओवादी, नेपाली कङ्ग्रेस, एमाले र मधेसी मोर्चाका नेताहरुले देश र जनतालाई दलीय स्वार्थभन्दा माथि राखेर काम गरेका भए नौ अर्ब खर्च भएर पनि केही उपलब्धि हासिल नगरी संविधान सभा भंग हुने थिएन। वास्तवमा संविधान सभाबाट संविधान कसैले चाहेकै थिएन, सत्ताका लागि उनीहरु भिडिरहेका थिए। र त चार वर्षमा चार वटा सरकार बन्यो। माओवादीले जेजस्तो आश्वासन जनतामा बाँडेका थिए, त्यो पूरा हुने गरी संविधान बनाउन यो संरचनाको संविधान सभाबाट संभव थिएन। प्रचण्डले त एउटा आन्तरिक भेलामा भनेकै थिए- यो संविधान सभाले संविधान बनाउँदैन। एमाले र कङ्ग्रेसलाई पनि संविधान सभाबाट संविधान बनाउनु थिएन। माधव नेपालले त एक पटक सार्वजनिक रुपमा भनेकै थिए- म त संविधान सभाको पक्षमा पनि थिइनँ। माओवादीहरुले नै संविधान सभाबाट संविधान बनाऔँ भनेकाले हामीले मानेका हौँ। माओवादीमा जितको दम्भ र एमाले-कङ्ग्रेसका शीर्ष नेतासमेत हारेको यो चुनावको रिसले पनि स्थिति चर्काउन मद्धत गर्यो। दुई करोड नेपालीमा सबैलाई चित्त बुझ्ने गरी संविधान त बन्दैनथ्यो नै। तर धेरैलाई चित्त बुझ्ने सम्झौताको संविधान बनाएर पछि त्यसलाई संस्थागत गर्दै लान सकिन्थ्यो। तर फरक फरक दर्शन र वाद मान्ने शक्तिहरुबीचको संघर्षमा तानातान हुँदा संविधान सभा भंग भयो। यो यत्तिकै भएको हैन, सबै दलले यसको रणनीतिक तयारी गरेकै देखिन्छ।
सभासदहरु
संविधान सभा नेपालको इतिहासमा नै सबैभन्दा समावेशी र प्रतिनिधिमूलक जननिर्वाचित संस्था थियो, यसलाई कसैले पनि नकार्न सक्दैन। तर नियमित समयमा संविधान बनाउन नसकेपछि भत्ता खाएर नि संविधान बनाउन नसक्ने भन्दै जनतामा ६०१ सभासदहरु प्रति चरम आक्रोश छ। बिचरा सभासद, उनीहरुको हातमा त केही पनि थिएन। उनीहरुलाई चार दलका टाउके नेताहरुले बन्धक बनाएका थिए। उनीहरु आफैमा केही पनि गर्न सक्दैन थिए। बन्द कोठा वा रिसोर्टमा भएका सहमतिलाई खुरुखुरु मान्नु बाहेक उनीहरुको हातमा अर्को केही थिएन। कयौँ बैठक सूचना टाँसेर स्थगित गरिए। अस्ति दिनभर र हिजो पनि बिहान ११ बजेदेखि राति ११ बजेसम्म संविधान सभा भवन परिसरमा बसेका उनीहरु अन्तमा संविधान सभा विघटन हुने थाहा पाएपछि लुरुलुरु घर फर्कन बाध्य भए। असहमतिका बुँदाहरुलाई चार दलका नेताहरुको बन्द कोठामा हैन, संविधान सभाभित्र सहमति खोज्ने प्रयास गरिएको भए निकास निस्कन सक्थ्यो। तर त्यसो भएन। संविधान सभा भंग हुनु केही घण्टा अघि सभासदहरुले नेताहरुविरुद्ध नाराबाजी गरे पनि उनीहरुले नयाँ बानेश्वरमा मच्चाएको आवाज सिंहदरबारको वार्तास्थलसम्म सुनिँदैन थियो। अन्तिम समयमा यसरी नारा लगाएर दबाब दिए जस्तै ४-४ वर्षसम्म यस्तै गरी आ-आफ्ना नेतालाई दबाब दिएको भए उनीहरु एक स्थानमा आउन बाध्य हुन्थे कि? त्यसो गर्नुको साटो उनीहरु त दाताको पैसामा संविधान निर्माणलाई थाती राखेर विदेशको सयरमा व्यस्त पनि भएका हैनन् र?
सभामुख सुवासचन्द्र नेम्वाङ
भद्र, शालिन, सबैलाई मिलाएर लैजाने छवि भएका- यी र यस्तै शब्द उनका प्रशंसाका निम्ति खर्चिइन्छन्। तर चार वर्षमा अर्बौँ पैसा व्यर्थमा खर्च भएपछि यसको हिसाब उनीसँग पनि खोज्नु पर्छ। संविधान उनले बनाउने हैन, उनी एक रेफ्रीको भूमिकामा रहेका थिए। तर उनले नियमलाई कडा रुपमा पालना गराएका भए संविधान निर्माणका लागि सर्वोच्चको फैसलाले दिए जस्तो एक किसिमको दबाब दिन सकिन्थ्यो। यति गतेसम्म सहमतिको प्रयास गर्ने त्यो नभए संविधान सभामा मतदान गरी टुङ्गो लगाउने भनी बनाएको कार्यतालिकालाई बारम्बार संशोधन गर्न उनले अनुमति दिँदै गए। त्यसो नगरी अब हुन्न यस्तो तालले, यति गतेसम्म नभए मतदानबाटै टुङ्गो लगाउनु पर्छ नत्र संविधान बन्दैन भनेर उनले बाध्य पार्न सक्थे। त्यो अधिकार उनमा थियो। तर उनी यति निरीह साबित भए कि उनको बारेमा एउटा जोकै बन्यो- सुवासचन्द्र नेम्वाङ अर्थात् ‘सुचने’। खाली सूचना टाँस गरेर बैठक स्थगित गर्ने। फलतः संविधान सभाले संविधान जारी गरेर आफै संविधान सभा भंग भएको घोषणा गर्नुपर्ने ठाउँमा सभामुख आफ्नै निवासमा बसेको बेला संविधान सभा स्वतः भंग हुन गयो।
सर्वोच्च अदालत
अन्तरिम संविधान २०६३ मा संविधान सभाको कार्यकाल दुई वर्षको रहने र संकटकाल रहेको परिस्थितिमा छ महिना थप हुन सक्ने प्रावधान थियो। पहिलो पटक १ वर्ष थप्नु नै सोझो हिसाबले हेर्दा गलत देखिन्थ्यो। तर सर्वोच्चले त्यतिबेला यसलाई सदर गर्यो। पछि ३/३ महिना गरी दुई पटक थपियो। केही भएन। तर अन्तिम पटक भने अब ६ महिनाभन्दा बढी थप्न नहुने भन्यो। छ महिना गुज्रन लागेपछि पुरानो फैसलाको वास्तै नगरी फेरि ३ महिना समय थप्न खोज्दा सर्वोच्चले म्याद सकिनु तीन दिनअघि फैसला गर्दै जेठ १४ भित्रै संविधान जारी गर्नुपर्ने फैसला गर्यो। समय कम भएकोले दलहरु सहमतिका लागि जुटे। तर सहमति हुन सकेन र फैसला अनुसारै स्वतः संविधान सभा विघटन हुन पुग्यो। आजको भोलि नै रिटको सुनुवाई नगरी अरु मुद्दामा जस्तो केही ढिला गरेको भए संविधान बन्न सहमति हुनसक्थ्यो कि भन्ने एउटा आशा हुनसक्थ्यो। तर त्यसले संविधान बन्छ नै भन्ने ग्यारेन्टी भन्ने गर्न सक्दैन थियो।
मिडिया
देशका केही प्रभावशाली मिडियाहरुले निर्धारित समयमा संविधान लेख्न दलहरुलाई दबाब दिने काम गरे कि दलहरुबीच आएको फूट, नेताहरुबीच दूरी बढ्ने खालका समाचारलाई प्राथमिकता दिए ? नेताहरुको आरोप प्रत्यारोपको बोलीलाई टिपोटमात्रै गर्ने टिपोटर बने कि विश्लेषण सहितको समाचार पस्केर दिशानिर्देशका लागि आह्वान गर्ने रिपोर्टर बने? चौथो अंग दावी गर्नेहरुले पनि एक पटक विश्लेषण गर्नुपर्ने क्षण हो यो।
तपाईँहामी
जस्ता हामी त्यस्तै नेता। हामीबीचबाटै नेता चुनिने हुन्। जनताले आफ्नो फैसला देखाउने भनेको चुनावमा हो। तर गणेशमान सिंहको भाषामा भेडा जनताले अझै पनि तिनै नेतालाई चुन्ने नै छन्। नेताको भनाई पत्याएर, उसैको लहैलहैमा लागेर एक अर्कालाई दोषारोपण गर्छौँ हामी। दलका नेताहरुको अन्धभक्त भएर उनीहरुकै शैलीमा अर्को पार्टीका नेताहरुलाई आरोप लगाइबस्छौँ हामी। नपत्याए यहाँका केही कमेन्टहरु हेर्नुस्।
बोका र खसी मा फरक के त ?
बोका छिपिदै जादा गनाउन थाल्छ , र मासु पनि | अब यसको उपचार के त ? मासु पनि नगनाउने स्वदिलो पनि हुने | यसकारण हाम्रा पुर्खाहरूले नयाँ जुक्ती निकालेर परिक्षण गरे | उनिहरुको परिक्षण सफल भो | बोका को अन्ड कोश सुकाउने | तर सफल परिक्षण को बेफाइदा अर्को निस्कियो | बोका लाई खसी बनाउने भन्नु खोजेको मर्द लाई नामर्द/ नपुंसक बनाउनु | बोका बोकै हुँदा जैबिक उत्पादनमा महत्वपुर्ण योगदान हुन्थ्यो अब नपुंसकको के काम ? [उत्तर आँफै खोज्नु होला]
के गणतन्त्रले पनि नेपाली बोका रुपी राजनेताहरू र यिनीहरूका आसेपासेहरू लाई खसीमा परिवर्तन् गरेको हो ?
निकम्मा भुत पन्छेको दिन भने उपयुक्त होला/
जेष्ठ १४, साल २०६९, देखि आज सम्मका समाचार हेर्ने हो भने संबिधान सभा तुहिनु एक मात्र कारण हो पहिचान सहितको संघियता| चिनियाहरु मूल रुपले तर्सेको थियो यो मुद्दा मा| किनकि तिब्बतमा चीनको अधिपत्य खुकुलो होला भन्ने उसलाई लागेको थियो! हालै केहि चिनिया नेताले यस्तो खालको सन्देस दिएको छ| हामी कहाँ त संघियता बिरोधी नेताहरुको के कमी! भारत पहिचान सहितको प्रदेसमा खासै समस्या दिख्दैन किनकि उ स्वयम् यस्तो खालको संघिय सासन भएको मुलुक हो! संबिधान सभाको हत्या चीन र ठुला दलका संघियता बिरोधी नेताहरुको चाहनामा भएको हो!
प्रचण्ड रहय सम्मे केइ हुदैन मित्र हो | घुमाई फिराई धोति लाई नेपाल जिम्मा दिने चाल हो | भुत्रा को संबिधान ,, प्रचंडे को महल, प्रकाशे को ३ वोती स्वास्नी, हिसिला को करोडपति अनि जनता लाई सस्थी
आतंकवादको उर्बरभूमी पाकिस्तान र जातिय मारकाटको थलो इराकमा चुनाब सम्भब छ तर नेपालमा किन छैन?….चुनाब गर्न नसकेको हो कि गर्न( खुराफाती प्रचण्डको भाषामा रिमोट कन्ट्रोल बाट) नदिएको हो बुझ्न गाह्रो छ …..
जब सम्म यी रुप न रंगका , बुद्धि न सुद्धिका बुडाहरुको सराद्धे हुन्न यस्ता सराद्धे आउने क्रम जारी नै रहने छ हाम्रो नेपालमा !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
हाम्रो नेपाल ! धन्य नेपाल !! जय नेपाल !!!
हरामी ज्ञाने, कांग्रेस र एमाले देसमा भयिन्जेल देस बिस्व नम्बर एक गरिब हुने छ… सबैलाई चेतना भया…..
एमाले कति धेरै एकल भाषा, एकल जातीबादी रहेछ भन्ने कुरा अहिले को उसको कु चरित्रले प्रस्टेयौछ (उजागर गर्छ) …
मरेको बर्ष दिनको आज “बरखी” हो र हरेक बर्ष सराद्धे
“बरखी” भै सबै थोक फुक्का हुने हुनाले २०७१ साल वैशाक भित्र (२०७१ जेष्ठ १५ को संविधान सभाको सराद्धे अघि) निर्वाचनको आशा गरौँ
हेरौं पुर्व संविधान सभा सदस्य (मरेका गिरिजा जस्ता बाहेक) हरुले टाउको मुण्डन गर्दा रहेछन कि गर्दैनन्, महिला सदस्यहरु ले के गर्दा रहेछन ?
सुरज श्रेष्ठ
संबिधान सभा का हत्यारालाई गनगने लाई रुकुम बाट लखाटे झै गाउ गाउ बाट लखात्नु पर्छ । जनता हामी उस्तै छौ फुल्माला ले स्वागत गर्छौ अब जुत्त को माला लगएर गाउ बाट भोट् हैन चोट दिएर पठाउ अनी बन्६ कि संबिधान ।
६ दशक लामो प्रतिक्ष्या,हजारौं को बलिदान ,बिस्थापित , दिनहु बन्द जस्ता कठिन समय पछाडी जन्म भएको संबिधान सभाको ६०१ जना देसद्रोही द्वारा पोहोर आजकै मितिमा निर्मम हत्या भएको समरण गर्दै संबिधान सभाको आत्माको शान्तिको कामना गर्दछु /
..संबिधान सभाको हत्या गर्ने नेपालका भुस्थिघ्रे नेताहरुको पनि टुडिखेलमा सामुहिक श्राद्ध गर्न पाए नि हुन्थ्यो नि…! सोझा नेपाली जनताहरुको mandate बुझेको ढोंग गरि संबिधान बन्न नदिने राष्ट्रघाती नेताहरुलाई फेरि पनि यस्तै यस्तै कू गर्न दिनु हुन्न | नेपाली जनताहरु ले पनि आफ्नो स्वबिबेक प्रयोग गरि फेरि यस्तै गल्ति दोहोर्याउनु हुन्न…!
लेख सान्दर्भिक लाग्यो!
डाका हरु लाई देस निकाला गर्न पर्छ : प्रचण्ड, बाबुराम, माकुने, झले, नेम्बांग, सुशील, शेरे, गच्छेदार लाई ..जय नेपाल
आ… यो मारिएको संबिधान सभा र ज्युदै मरे जस्ता नेता हरु बारे सुन्नै वाक्कै लाग्यी सक्यो अब \
We still have some section of the populace who celebrate or, think that the country is fortunate to not to have the constitution. They still think that, with the demise of CA, the country is saved from civil war and bloodshed. Basically, a group of bahuns and chhetris belong to this category.
काट्टो खुवायेर सबै बुडा गोरुहरु लाइ डाडो कटाउनु पर्छ 🙂
पुरानो उखानको परिवर्तित रुपहरु :
नेपाली जनताको विपत्ति , गुण्डा-राजाहरु को सम्पत्ति !
चुनावबाट सबै दल १ नं को बन्ने धोको , सोम शर्माको सातुको पोको !!
नया सम्विधान को सपना , अब त लाग्न थाल्यो आकाशे फुलको कल्पना !!!
We don’t need any comedians in our country coz we have got plenty of politicians.
सराद्देमा प्रचण्ड, बाबुराम, माकुने, झले, नेम्बांग, सुशील, शेरे, गच्छेदार आदि आदिलाई छादने गरि घिचाऊनु पर्ने…….संबिधान-सभाका हत्याराहरु त् यिनै हुन्.
हाम्रो देशमा जनताले आफ्नो फैसला चुनाबमा देखाउदैनन या देखाउन नै पाउदैनन!
गाउँतिर को राजनीति हेर्ने हो भने २/४ जना टाउके हरुले नै चलाएका हुन्छन/ सोझा साझा जनतालाई तिनी हरु जे भन्छन तेही मान्नु पर्ने हुन्छ हैन भने गाउँमा बस्न सकिदैन!
सहर को राजनीति हेर्ने हो भने सबै ६० काटेका बूढाहरु छन् तिनको दिमागमा परिबर्तन भनेको कुन चराको नाम हो थाहा छैन .. तिनको लागि पंचायत बाट लोकतन्त्र आई सक्यो तेही हो ठुलो परिबर्तन!
आफु कांग्रेश को सपोर्ट नगरे पनि गगन थापा मान्छे ठिकै लाग्थ्यो … २००५ मा संकर देब क्याम्पसमा १ पटक भेटेको पनि थिए तर आजकल तिनी पनि बेकम्फुसे गुफ्फ़ चुट्न खप्पिस भएछन यानिकी तिनलाई पनि नेपालको राजनीति ले नराम्रो संग छोएछ!!!
मिडियामा हिरो बन्नलाई कहिले प्रचण्ड संग चुनाब लड्छु भन्छन कहिले आक्रमण को हिसाब माग्छु भन्छन!!!
अरु त भने भने बाबुरामलाइ सारै नराम्रो प्रधानमन्त्री भन्न पनि भ्याय! एउटा खुट्टो चीन, एउटा खुट्टो भारत, एउटा खुट्टो अमेरिका अनि एउटा खुट्टो तराई भएको प्रधानमन्त्री को कुर्सि मा बसेका बाबुरामले गर्न सक्ने कुरो के नै थियो र ?
तर गगन जति कुर्ले पनि गगन भन्दा बाबुराम राजनीतिमा होस् वा पढाइमा २ कदम आगाडी नै छन् !!
जहाँ सम्म नेपालको संबिधान को कुरो छ यो अमेरिका र भारतले नचाहे सम्म बन्ने वाला छैन !!!
नाच्न नजान्ने आँगन टेंदो,
अमेरिका र भारत लै दोष दिने भन्दा , हाम्रा नालायक राजनीतिज्ञ हरु लै दोष दिन सिक्नुहोस
येस्तै फलाना ले गरेर अनि ढिस्काना ले गरेर भन्ने बनि भएकोले , स्थिति एहासम्म पुगेको हो
अरुलाई चोर औला देखाउदा , बाकी औलाहरुले आफैलाई देखीरहेको हुन्छ भन्ने जानकारी छ कि छैन महोदय !!!!!
मेरो श्रद्धान्जली !!!!!!!!!!
सम्बिदन सभा भंग गरौनी नेता हरुको पनि सरादे गर्न पाए हुने थियो
यो सम्मिधान सभाको श्राद्ध को संगसगै यो बिफल बनाउने धेरै नेताहरुको श्राद्ध पनि संगै गर्न नेपाली जनता हरुले मौका पुन पर्ने थियो| तेसो हुँदा फटाहाहरुको राजनीति केहिहद सम्म कम भै गुण्ड राज ले प्रोत्साहन पौने थिएन भन्ने हाम्रो बुझाई हो| सकिन्छा भने यो बकिकाम देशप्रेमी नेपाली हरुले गर्ने पर्ने छ|
झलनाथ खनाल पनि नेपाल को प्रधान मन्त्रि थ्यो भन्नु र बिना आर्थ को संबिधान शभा पनि बनिएको थ्यो उस्तै जस्तो लाग्छ मलाई त … मुर्गा बनिने जनता नै हुन् क्यारे तिनिकै Tauka मा होलि खेल्ने तिनै बिग्रिएका देश भक्त हरु … अरु क पो आशा गर्न सकिएला र नेपाला अब 🙂