Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

१२ किलोमिटर यात्रा गर्न तीन घण्टा

Posted on May 30, 2013May 30, 2013 by mysansar

१२ किलोमिटर दूरी यात्रा गर्न बसमा दुईदेखि तीन घण्टा लाग्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ। प्रति घण्टा कति किलोमिटरको दरले कुद्ने रहेछ त गाडी ? लु भैगो भैगो, हिसाब गरिरहनु पर्दैन, बरु बाटो हेर्नुस्। किन लाग्दो रहेछ त्यत्रो समय विशाल श्रेष्ठले खिचेको यो भिडियो हेर्‍यो भने थाहा भइहाल्छ।

यो बस गोरखाको बुङ्कोट जाँदैछ। गोरखा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको गृह जिल्ला हो। अनि जुन गाउँ यो बस जाँदैछ, त्यो गाउँ चाहिँ नेपाली कांग्रेसका पूर्व मन्त्री चिरन्जीवी वाग्लेको हो। वाग्ले भ्रष्टाचारको अभियोगमा जेल सजाय पूरा गरी अहिले राजनीतिमा निस्क्रिय छन्।

58 thoughts on “१२ किलोमिटर यात्रा गर्न तीन घण्टा”

  1. Narayan says:
    June 1, 2013 at 8:41 pm

    अब यो बस लाइ जस्तै ठस्ठसि कन्दै चुनाव जित्नु पर्ने दिन आउदै छन् भन्ने कुरा प्रस्ट भयो भन्छु माआअ…. 😀

    Reply
  2. योगेश आदी says:
    June 1, 2013 at 7:19 pm

    एकजना सबेल लिएर यता उति गर्छ, अरु १२/१५ जना तमाशा हेरेर बस्छ !! खुरुक्क ढुंगा काठ के भेटिन्छ खाल्डोमा राखे त पार लागि हाल्छ नि !!
    हामि दुर्गम जिल्लामा (रसुवा) हुर्केकाहरुलाई एस्तो कुरो कुनै नौलो होइन ! यो त प्रतिनिधि घटना मात्र हो /

    Reply
  3. Ngwang says:
    June 1, 2013 at 11:02 am

    पैसहा यानेकि बजेट सबै हजम पार्ने अनि आफ्नो क्षेत्र देशको बार्बाद पार्ने यस्तालाई जेल नहाले कसलाई हाल्ने सजाय कम भो जस्तो लाग्छ यस्तालाई फासी दिनु पर्ने हो ०१७ बर्ष देश चालाएर मुलुक नरक कुण्डमा हाल्ने काँग्रेस नै हो यो बेतिथी हामीले भोग्दै छौ देश पुरै बार्बाद पारे काँग्रेस पुरै भ्रष्टको पार्टी भन्दा फरक नपर्ला

    Reply
  4. khusbu says:
    June 1, 2013 at 5:47 am

    बाबुराम भट्टराईको गृह जिल्ला गोर्खामा जनता भन्दा भोट मात्र बढी आउने हो, बिकाश होइन|

    Reply
  5. Bimala POUDEL says:
    June 1, 2013 at 3:15 am

    अरुलाई सघाउने नेपालीको जुन बानी थियो त्यो बानीमा धमिरा पर्दै गएछ ।

    Reply
  6. तेन्जिंग गाबा says:
    May 31, 2013 at 9:45 am

    एक पटक रुकुमको चौरजहारीबाट सिस्ने सम्म जाने काम परेको थियो /
    Oneway हिड्नु नै ५-६ दिन लाग्ने त्यो गोरेटोमा कैयन पटक त् हात खुट्टा ४ वटा नै प्रयोग गर्नु परेको सम्झदै यो video हेर्दा नेपालाँ बिकास हुदै नभएको चाही होइन रहेछ तर अझ बिकास गर्नु बाकि रहेछ भन्ने लाग्यो / बाकी काम सम्पन्न गर्न त्यो बस भित्र बस्नेहरु र बाहिर बाटामा बसेका रमितेहरु अगाडी नबढेसम्म सम्भब छैन भनेर सबैलाई चेतना भया…….अस्तु:

    Reply
  7. sajan says:
    May 31, 2013 at 8:21 am

    क्याबात driver भाई finally you made it .
    मलाई अच्चम के मा लाग्यो भने एस्तो हुँदा पनि यात्रु हेरु कसरि बस भित्र बसी रहन सकेको होलान.
    बाहिर निस्केर बस ठेल्न अथवा बस बात ओर्लेर भार कम गरिदियेत्को भए बस ले हिलो छिचोल्न सक्थ्यो होला.

    Anyway , यो देसको दर्पण हो.

    Reply
  8. Bishnu Adhikari says:
    May 31, 2013 at 5:26 am

    सुरुमा त हाम्रो देशका driver र यो बसको driver उस्तै हुन् जस्तो लागेको थियो / र तेस्तो कठिन अबस्थामा पनि बसमा बसिरहने यात्रु मधेसी दलले सरकारमा बसे जस्तै जस्तो कठिन परिस्थिति भए पनि बस्ने र एस्तो कठिन परिस्थिति मा पनि येसो बसलाई नाधकलेर रमिता हेर्ने कांग्रेस र एमाले जस्ता यात्रु हरु / धन्न यो बसको driver ले बसलाई आगाडी पछाडी गर्दै भए पनि अप्ठेरो परिस्थिति बाट अगाडी बढाएर छोड्यो तर देश का driver ले देशलाई भडखालो मा फसाई दिए / कोहि रहेनछ येही बसको driver जस्तो तगडा /
    बिष्णु अधिकारी

    Reply
  9. Basant says:
    May 31, 2013 at 3:16 am

    हाम्रो देश येस्तै खाल्डो मा फसेको छ कुन चाही नपत्याउने ड्राईभर ले निकाली छाड्छ एक दिन

    Reply
    1. sajan says:
      June 5, 2013 at 11:00 pm

      बसन्त जी,
      त्यो नपत्यौन्ने Driver ले निकाल्न त निकाल्ला तर त्यो कालो बर्न को अथवा चिम्सो आँखा चेप्टो नाक भाको ले निकाला भन्ने हाम्लाई डर लागि राछ.
      चेतना भया

      Reply
  10. Daya says:
    May 31, 2013 at 2:30 am

    तिनलाई ल्याउने होइन साथी, सबै मिलेर गर्न सके बल्ल बाटो बन्छ, अनि देश पनि सबै मिले मात्र बन्छ

    Reply
  11. chandra says:
    May 31, 2013 at 12:20 am

    तीनजना मुर्ख (स्थानीय प्रसासन, गाडी वाला, र यात्रु) भैदिए पछि तमासा हेर्न्नु पर्दो रैछ !

    Reply
  12. Shanker says:
    May 30, 2013 at 10:20 pm

    आहा driver दाई को साहस लाई मानै पर्छ हेर्नुस न यात्रु हरु रमिता हेरेर बसेका छन् अनि मन मनै भन्दा हुन् हाम्ले पैसा तिरेको त होनी? Time पास पनि हुने बेरोजगारी जनतालाई, १२ km ३ घण्टा मा ………….

    Reply
  13. बेखालाल नेपाल says:
    May 30, 2013 at 9:23 pm

    पहाडमा विकास गर्न कति गाह्रो छ माथिको भिडिओ हेरे छर्लंग हुन्छ! तै पनि कुल बजेटको ९०% यहि पहाडको विकास भन्दै देशको सम्पति खेर फल्छ| यो त आफ्नो टाउको भित्तामा ठोक्नु जति कै बराबर हो पहाडको विकास गर्नु भनेको! अनि पहाडको विकासले पर्यावरणमा पर्ने असर त छ दै छ |तराईमा ३० % मात्रै लगानी हो भने देशको विकासमा कायापलट औने थियो| अब पहाडको जनता तराईमा झर्नु पर्छ| सबै मिलि तराईको विकास गरे देश कै बिकाश हुन्छ !

    Reply
  14. Parachaya says:
    May 30, 2013 at 9:16 pm

    यो सडक खुर्सानी माइलो (चिरन्जीवी) को गाउँ बाट धुर्बे हात्ती( बाबुराम) को गाउँ जानी बाटो जस्तो छ , खुर्सानी माइलो ले भस्ट्राचार गरेको पैसो यो सडक मा बिछायेर धुर्बे को चन्दा र लुटेको धन बोक्ने मुस्तांग गाडी सररर कुद्नी थीयो होला.

    Reply
  15. द्रोण says:
    May 30, 2013 at 9:11 pm

    हाम्रो देश को बिकास को गति र गाडी को गति उस्तै रहेछ |

    Reply
  16. Alok says:
    May 30, 2013 at 8:40 pm

    प्रचण्ड पथ भनेको येही नै हो क्याहो?

    Reply
  17. Hari Gautam says:
    May 30, 2013 at 8:04 pm

    भ्रस्टचारीले परिवार नातागोता अनि गाउठाउँ केहि पनि नभन्ने रहेछ है? यति १२ किलोमिटर बाटो पनि बनाउन पहल गर्न नसक्ने चिरन्जिबी जस्ता नेता छन् त हाम्रो देश मा !!!!!

    Reply
  18. kishor kc says:
    May 30, 2013 at 6:54 pm

    अब नेता जति बाहुन,, बाहुन लाई मन पर्ने चिनि र घ्यु,, अरबौ खाय घुस मात्रै बनय आफ्नै ज्यु,,,।।। चिरन्जिबि वाग्ले ले जेल् छुट्न तिरेको धरौटिले मात्रै यो बाटो २० पल्ट पिच गर्न पुग्थ्यो,,,।।।घुस खाको पैसाले त गोरखा जिल्ला नै ५ पटक मार्बल बिच्छ्याउन पुग्थ्यो..http://www.youtube.com/watch?v=ejPHuNPBtAQ

    Reply
  19. HKG says:
    May 30, 2013 at 5:31 pm

    जे होस् लास्टमा निकालेरै छोड्यो / मान्नै पर्छ driver लाई /

    Reply
  20. Pratik says:
    May 30, 2013 at 4:02 pm

    कुल पोखरेल को गीत याद आयो ..येस्तई नै हो नेपाली jeeeeeeeeeeeeeewan

    Reply
  21. Bidur ( Sydney, Australia ) says:
    May 30, 2013 at 3:32 pm

    I have travelled this road many times. It is really scary and dangerous road to travel specially in summer. Moreover, drivers boards passengers out of the capacitiy of the vehicles leads accidents everyyear. Reason behind the poor hills road in nepal is makin the routs without survey or researching the conveniences of it. We can see all the hill roads are making without sustainable plan. Therefore soil erosion, floods and dusts is affecting the villagers near about it. And this is the main cause of road accident in Nepal.

    Political parties and leaders don’t have time to admit their members in party and makin money by corruption. Government officers are just ignoring it as they won’t get any commissions if they speak about it. Bichara hami nepali Lai tei bato travel nagar, tehi nadekhi sukha nai chhina. Thanks all who made Nepal Switzerland, Singapore.

    Reply
  22. lorke says:
    May 30, 2013 at 2:31 pm

    गोर्खा का अधिकांस बाटो कच्ची नै छन्/ बक्रांग त नजिकै हो अलि टाढा को बाटो जानुस अनि हालत खराब भएन भने मलाई भन्नुस/ केहि समय अघि भच्चेक गएको थिए गाडी फसेर अब गोर्खा फर्किन नपाउने भए भनेर ढुक्क भाको त कसो कसो ड्राइभर ले लिएर आयो. फोर व्हील जीप भएर पनि हुन सक्छ/ बर्खा को बेला गोर्खा को कच्ची बाटो नहिडे हुन्छ/ दुख मात्रै पाइन्छ/

    लोर्के
    गोर्खा

    Reply
  23. बुद्ध (कोरिया ) says:
    May 30, 2013 at 1:32 pm

    कठै मेरो देश

    Reply
    1. sanjay says:
      May 31, 2013 at 2:09 pm

      साथी , तिमि कोरिया भाडा माझ्न , toilet सफा गर्न गइ हालेउ, अनि देश कसरि बिकाश हुन्छ त ??

      Reply
  24. Binay Rana says:
    May 30, 2013 at 12:39 pm

    के गर्नु त्यहि गोर्खाका जनताले त्यहि बाबुराम, चिरिन्जिबिलाई भोट हाल्छन, जनताले न चाहे ( भोट हालेर न जिताए) कुन चाही नेताले भ्रस्टाचार गर्न सक्छन ल भन्नुस त ..
    जस्ता जनता त्यस्तै नेता, जस्ता नेता त्यस्तै देश..

    Reply
  25. Pradeep says:
    May 30, 2013 at 11:27 am

    देशभर यति किलोमिटर बाटो बनाईयो यो वर्ष भनेर सरकारी तथ्यांक मा राख्नको लागि नेता मार्फत बनेको बाटो (भ्रस्ताचार) को नमुना हो यो ! यस्ता बाटो कति छन कति नेपालमा ! जनता ज्यानको मुल्य नभयका भेडा बाख्रा हुन् जस्तो गरेपनि हुन्छ भन्ने नमुना हो यो ! जसलाई जति सरापे पनि हुनेवाला केहि छैन !

    Reply
  26. Ishwor says:
    May 30, 2013 at 11:16 am

    बाबुराम मुस्ताङ च्ढ्ने र चिरन्जिबी आएनो भुँडी वर्ने भये त्यो भन्दा बहेक गोर्खा यातायात र जिबिस गोर्खा ले पनि बाटो मर्मत भनेर पटके कर लिरहेका छन मैले पनि मेरो मामा घर जादा रु २५ का दर ली तीन पटक पटके कर तिरेकोछु खोइ त बाटो मर्मत धन्न नेपाल को प्रजातन्त्र जय होस्

    Reply
    1. शरद-क्षितिज पारीबाट says:
      May 30, 2013 at 1:28 pm

      हुन् सक्छ मेरो भन्दा थुप्रै यस्ता अनुभव अरु साथीहरुले पनि भोग्नु भएको होला तर मैले आफ्नो अनुभव मात्र शेयर गरको छु है अन्यथा नलिनु होला ! जीवनको कुनै मोडमा मैले यस्ता थुप्रै बाटाहरुको यात्रा गरें जसमा बाग्लुंग,स्याङ्गजा ,पर्वत,पाल्पा,गुल्मी, अर्घाखाँची, डडेल्धुरा,डोटी,अछाम,दार्चुला, दोलालघाट बाट काभ्रे अनि रामेछापका बिभिन्न स्थान जाने सडक आदि यी मध्ये केहि हुन् यी मध्ये मेरो अनुभवमा अत्यधिक चर्को राजनीतिक चेतना भएर पनि लामो समय यहि भिडियोको जस्तो अवस्था भोगेको जिल्ला अर्घाखाँची र सडक पत्थरकोट देखि सन्धिखर्क थियो जस्तो लाग्छ मलाइ हाल त यो सडक पक्कि बनेको पनि लामै समय भयो जुन कालिका कन्स्ट्रक्सनले बनाएको जस्तो लाग्छ मलाइ र गुणस्तरको त कुरा अहिले नगरौं ! अब कुरा सडक कै गरौँ ! मैले कैयन जागरुक गाउँलेले सरकारको मुख नताकी आफ्नै लगानीमा सडक बनाएको पनि देखे तर त्यस्ता सडक हरु प्राविधिक हिसाबले निक्कै अयोग्य हुन्छन बल्ल-तल्ल गाडी गुडे पनि अति रिस्की हुन्छन ! अब लागौ सडक बनाउने सरकारी प्रक्रिया तर्फ !!! भौगोलिक बनावटको आधारमा प्रि कन्स्ट्रक्सन सर्भे गर्दा देखि नै उक्त सर्भेमा संलग्न प्राविधिकले आफ्ना नजिकका प्रभावशाली निर्माण कम्पनि वा ठेकेदारलाइ त्यसको बिभिन्न पाटाको जानकारी गराउँछन् जस्तो कुन रुट जान्छ, जम्मा कति कि.मि.लम्बाई हुन्छ त्यो डिजाइन गर्ने समुहमा को-को छन्, को बढी प्रभावशाली छ अर्थात ति ठेकेदारले कुन च्यानल बाट त्यो ठेक्का हात पार्न सक्छन ! अनि अब त्यो सेटिंग मिले पछि ठेक्का लिन चाहिने आधारभूत योग्यता (पछिल्लो कति बर्षमा यस्तै प्रकृतिको कति काम गरेको हुनु पर्ने, कुन-कुन इक्युपमेन्ट हुनुपर्ने, कुन-कुन प्राविधिक कति जना हुनु पर्ने, आर्थिक हैसियत के हुनु पर्ने इत्यादि सबै लेखे ब्लग नै बन्छ ) यो अरुलाई अप्ठेरो पर्ने र निज लाइ मिल्ने हिसाबले बनाइन्छ र टेण्डरको प्रकिर्यामा जान्छ ! टेन्डर आब्हान गरेपछि त्यो अफिसको ढोकामा गुण्डा ( आजभोली यो काम वाई.सिएल.युथफोर्स वा मधेसी मोर्चाका लडाकु वा स्थान अनुसार राजनीतिक प्रभावका लठैतले गर्छन ) राख्ने काम हुन्छ बाँकी अवस्था अफिसकै कर्मचारीले ठेकेदार लाइ अपडेट गर्छन ! लास्ट दिनमा ठेकेदार संघको उपस्थितिमा ८-१० % रकम बाँडेर ति व्यक्तिले ठेक्का कुम्ल्याउँछन् ! त्यो ठेक्का लिए पछि सम्झौता गर्दा नै ठेक्काको अंक हेरी ०.५% देखि जति सुकै पनि रकम अग्रिम रुपमा सम्वन्धित अफिसलाई बुझाएर ठेक्का सम्झौता गरिन्छ ! अनि १० देखि २०% सम्म (अफिस अनुसार ) मोबिलाइजेसन पेश्की लिएर काम शुरु गरिन्छ ! अब काम गर्दा गुणस्तरको बारेमा खुराफाती त कति हुन्छ हुन्छ त्यो त उक्त साइट हेर्ने (सम्वन्धित निकायको ) प्रावधिक अनि ठेकेदारको राजनीतिक पहुँच वा गुण्डागर्दी गर्न सक्ने हैसियतमा भर पर्छ ! जब केहि काम गरे पछि बिल बनाइन्छ, कैयन गर्दै नगरेका कामको बिल बनाइन्छ त्यो पैसा ठेकेदार र उक्त प्राविधिकको ६०-४०मा बाँडिन्छ ! बाँकी त्यो बिल पास गरे पछि उक्त अफिसका सबै जसो लाइ बाँडिने गरी चलन चल्ती कै रेट (अघोसित रेट नै कायम छ ) ४ देखि १०% एकमुष्ट रकम अफिसलाई बुझाइन्छ भने साइट हेर्ने प्राविधिकले एक्स्ट्रा २-४ % लिन्छन त्यसैले त ८ इन्च ग्राभेल हाल्ने ठाउँमा २ इन्च हाले पनि पास हुन्छ, कसै गरी मिडियामा आए पत्रकार पनि मालामाल हुन्छ उता स्वयम् प्राविधिकले नै आउंदै नआएको बाढीले बगाएको टिप्पणी उठाउँछन् र माथिकाले सदर गर्छन किनकी त्यहाँ यथार्थ संग अनभिज्ञ त कोहि हुँदैन र नेपालको कानूनका संरक्षकको थेगो त उही हो ‘उजुरी आएमा कारवाही गर्छौं’ ! अहिले त यो अफिसलाई जस्तै ठेकेदारले स्थानीय चुल्ठे-मुन्द्रे पनि पाल्नु पर्छ ! नेपालको ठेकेदार हरु ९०% राजनीतिक आडमा घोटाला गर्न नराम्रो संग पल्केका छन् भने प्राविधिक हरु यिनै ठेकेदारको कलोमा योजनाका सम्पूर्ण सुचना चुहाएर उनीहरु अनुकुल बनाउन व्यस्त छन् ! म एउटा दावी गर्न सक्छु नेपालमा जति पनि यी योजना बन्छन यिनमा योजनाकार (प्राविधिक )माथि कडाइ गर्ने हो भने अहिलेको तुलनामा हरेक योजनाको ३०% कम मुल्यांकनमा योजना बनाए पनि गुणस्तरीय योजना बन्न सक्छ यसको उदाहरण हो सयौं योजना जसमा प्रतिस्पर्धा हुन्छ ति सबै ३०%भन्दा बढी घटेर यिनै ठेकेदारले काम गरेकै छन् ! त्यसैले मलाइ यो माथिको सडकको स्तर भन्दा हाम्रा योजनाकारको मानसिकताको स्तर सुधार पहिले हुनुपर्छ जस्तो लाग्छ !

      ********** देश सक्यो अधिकारको नक्कली दांत देखाएर मनपरी गर्न गठन गरिएका संग/संगठन रुपी सिन्डिकेटले**********

      Reply
    2. mahesh says:
      May 30, 2013 at 2:06 pm

      यो एउटा ठाम को नभई नेपाल को हरेक गाउ घर को बाटो को प्रतिनिधित्व हो. बास्तव मा नेपाली हरु को बकम्फुसेपन र डोजर कल्चर को उपज हो. गाबिस को ९०% बजेट येस्तै मा सकिएको छ. बिना कुनै योजना, बिना कुनै सर्भे, डोजर अपरेटर लाइ खुसि बनायो अनि आफु अनुकुल डोजर लाइ बाटो बन्न लगायो, हिउद मा चाहि बाटो जस्तो देखिन्छ, अनि वर्षा याम मा नाम निसानी नै नरहने एस्तो बाटो, र यो बनाउने कला लाइ हो डोजर कल्चर भनिएको हो. एस्तो बाटो बनाउन खासै कुनै योजना र प्राबिधिक(इञ्जिनिएर ) को आबश्यकता पर्देन. गाबिस को सचिव वा कुनै उपभोक्ता समुह, डोजर , केहि लिटर इन्धन(डोजर को निम्ति), डोजर चालक, र उसलाई खुसि पार्ने केहि कुरा भए एस्तो बाटो बन्दछ र बनाइएको पनि छ देश भरि. बास्तव मा यो डोजर कल्चर एउटा बिनास हो पर्यावरण , भुसंग्रक्षण आदि को हिसाब ले. गाउ घर तिर आफ्नो जग्गा बात एस्तो बाटो लैजान मारा मार पर्थ्यो, बाटो आफ्नो जग्गा बात गए, जग्गा घडेरी को भाउ मा बिक्छ भनेर. त्यो देखेर पो उदेक लाग्दथ्यो मलाइ.

      Reply
  27. indra chhantyal usa says:
    May 30, 2013 at 10:56 am

    हाहा बाबुराम को फेला नपरेको बाटो रहिछ ,नया नेपाल को नया बाटो यस्तै हो ,

    Reply
  28. Mk says:
    May 30, 2013 at 10:40 am

    एसको श्रेय खै कसलाई मात्र दिनेहो ? मुलत: नेताजीहरु – पूर्व पन्च राजेस्वोर देवकोटा देखि, ने. का. का – वाग्ले , ये माओबादी का- श्री बा रा भ, ना का श्रे सबै लाई दिनुपर्ला कि ? अनि, गोर्खा – शाह बंसको कुल्घर पनि भएकोले २४० बर्स सासन गर्ने राज परिवार लाई नदिनु पाप लाग्ला नि !!

    Reply
    1. द्रोण says:
      May 30, 2013 at 4:14 pm

      अलिकति दोस मेच नपाए डोका मै बस्ने, दैलो को चिलाउने घारिलाई बेबिलोन को फुलबारी सम्झिनेलाई पनि दिम न !

      Reply
    2. madan bajracharya says:
      May 30, 2013 at 7:55 pm

      mk ज्यु
      तपाइंले यक्दम सहि व्यंग हान्नु भयो/ हो त् नि २४० बर्ष सम्म देसमा राजा भयका शाहहरुले पनि गोर्खा जिल्ला लगायत उनीहरुकै शासन अनतर्गत रहने कयौं अरु जिल्ला र दुर्गम स्थान हरुमा कुनै पनि ब्यबस्था गरेनन भन्दा कुनै पाप लाग्दैन बरु धर्मै हुन्छ/ शाह राजाहरुले आजका नेताहरुले जस्तै उपत्यकामा डेरा जमाय पछि आफ्नो गोर्खा भुलेकै हो/ तर हेर्नुस पाप त् पाप नै हुन्छ/ गोर्खाको राजा भयर पनि गोर्खा भुलेको राजाले जस्तो सजाय पायो तेस्तै सजाय इ उपत्यकामा बंगला जमायर आफ्नो गाउँ घरलाइ बेवास्ता गरेका नेताहरुलाइ पनि दिने पर्छ/ यो नै हामि सबै नेपाली सिंगो Nepal हाम्रो भन्ने नागरिकहरुको आजको कर्तब्य हो/

      चुनाव हुँदै छ; यो कुरा हामि नभुलूं र यस्ता नेता भनिने उता पारिका केटाहरुले नभुलुन/ उपत्यका बाटै इ र ती नेताहरु उम्मेदवार हुन् सक्ने त् हुँदैहोइन भै आले पनि जित्ने पनि होइन/ भोट माग्न त् आआफ्नै गोर्खामा आउँछ नै तेतिबेला इनिहरुलाइ मत होइन मुक्का दिनु पर्छ/

      Reply
  29. Krishna says:
    May 30, 2013 at 10:30 am

    यो बस यात्राको video ले केवल गोर्खा जिल्लाको ग्रामिण माटे बाटो को मात्रै होइन सम्पूर्ण नेपालको ग्रामिण पहाडी बाटोको प्रतिनिधित्त्व गर्छ । बिकासको लागि केवल सरकारको मुख ताक्दाको अबश्था हो यो । सरकारी बजेट त बाबुराम लै YCL पाल्दा ठिक्कै छ भने चिरिन्जीवी वाग्लेलाई भ्रस्टाचार । बसका यात्रुहरु ले हात बाधेर बसको दुर्दासा हेर्नुभन्दा त कान्ला कान्लीमा गएर ढुंगा माटो लायेरा खाल्डा खुल्ड़ी भरेको भए कमसेकम यात्रा त छोटो हुन्थ्यो । यहाँ सवाल 2WD / 4 WD बसको होइन हाम्रो सोचको हो । बस यात्रुलाई भाडा तिरेपछि हात बाँधेर भलादमी हुदै ठिक्क । जबसम्म नेपाली जनता कान्ला कन्ल्ली बाट मिहिनेत जोश जागरका साथ हात पाखुरा उचालेर सडकमा बाटो खन्न अहुदैनन तबसम्म बाटोको हालत येस्तै हुन्छ । बाटोको यो अबस्थाले हाम्रो , धन जन र समय को छ्यती प्रचुरमात्रमा भएको छ साथी हो । येस्तई बाटो यात्रा गर्दात recently सिन्धुपल्चोव्क मा accident हुदा निकै नेपालीले ज्यान गुमाउनु परेको तितो यथार्थ लाई नकार्न सकिदैन ।

    Reply
  30. nepali thito says:
    May 30, 2013 at 10:11 am

    सबै यात्रुहरुले दुइ दुइ वोटा ढुंगा खाल्डोमा हालेको भए चाडै हुनेथियो होलाकी …?? कि सरकारलेनै मुख ताक्ने हो…?? आस नगरेहुन्छा..तक्नेहोभाने गन्तव्यमा पुग्न त लामो समय लाग्छन है…

    Reply
  31. राम चन्द्र says:
    May 30, 2013 at 9:56 am

    पानी पर्‍योभने काठमाडौंको सडक त त्यस्तोहुन्छ झन यो त पहाडी जिल्ला गोर्खाको क च्ची बाटो मा गाडी फस्नु के ठुलो कुरा भयो र ? भुरा ले गर्ने कुरा ।

    Reply
  32. yukta says:
    May 30, 2013 at 9:13 am

    बाटो र यातयात ले बिकाश त गाउँ गाउँ मा पुर्यायो तर हामीलाई यो सुबिधा ले सार्है नै अल्छी बनायो ! बाटो नहुँदा हामि उकाली ओराली ,डाँडा भनज्याङ्ग अनि साना ठुला खोला नाला तर्दै ३ दिन लगाएर भए पनि आफ्नो गाउँ घर हिडेरै पुगिन्थ्यो ! बस जिप को यात्रा गर्दा गर्दै केहि गरेर बिग्रियो अथवा कच्ची बाटो को हिलो मा त्यो यातयात को साधन फस्यो भने बरु हामि २-४ घण्टा गाडी बन्छ कि या हिलो बाट निस्कन्छ कि भनेर त्यहि ठाउ मा बसेर कुर्छौ तर त्यो ठाउँ बाट आफ्नो घर पुग्न हिडेर २०-२५ मिनेट लाग्छ भने पनि हिडदैनौ कारण हो हामि सुबिधाभोगी भै सकेछौ !

    Reply
  33. ryan says:
    May 30, 2013 at 8:46 am

    नया नेपाल पुरानो गाडी

    Reply
  34. Sheela says:
    May 30, 2013 at 8:24 am

    थुक्क भ्रस्टचारी नेता हो |

    Reply
  35. Sagar Grg says:
    May 30, 2013 at 8:11 am

    साउ को गाडी ध्वस्त बनाउन्ने भो बजिया driver ले

    Reply
  36. madan bajracharya says:
    May 30, 2013 at 8:07 am

    गोर्खाको जनताको भोट काथ्मान्दुमा मोज गर्नेको निमित लिने नेताहरुलाई यो भिडिओ देखाउनु पर्छ/ अझ सकिन्छ भने अब हुने चुनाव अघि गोर्खाको प्रत्यक घर चोकमा यो भिडिओ देखाउनु पर्छ/ काथ्मान्दुमा बंगला बनायर बसी सकेका कुनैलाई अबको चुनावमा गाउँ घरको नागरिकहरुले भोट दिनु हुन्न/

    अब बसको बारेमा/ नेपालमा भारतको ताता कम्पनीले बनायको बस ट्रक मात्रै गुड्छ/ टाटाले बनाउने ई बस ट्रक सबै “तु व्हिल ड्राइभ” किसिमको हो/ यदि फोर व्हिल ड्राइभ भयको भय यति फस्दैन्थ्यो/ टाटाले फोर व्हिल ड्राइभ हुने बस ट्रक बनाउन्दैन/ यसरि हिलो बाटोमा १२ किलो मिटर पार गर्न पटक पटक फस्ने गरि गाडी चलायमा गाडीको इन्जिन र पेट्रोल डिजेलको सत्यानास हुन्छ/ तर यसबाट भारतलाई फ़ाइदानै हुन्छ/

    उहिले नेपालमा चीन र रसियामा बन्ने फोर व्हिल ड्राइभ हुने बाहन चल्थ्यो/ ति बाहानहरु भारतले बनाउने भन्दा बलियो र शक्तिशाली पनि थियो/ यसरि सानो इनो खाल्डो मा नफस्ने पनि थियो/ चीन जापान मा बन्ने गाडीहरुमा भारतले बनाउने गादिहरुमै जत्तिकै भन्सार लगाउने हो भने भारतले बनाउने गाडी भन्दा जापानी गाडीहरु महंगो हुँदैन/ अमेरिकामा जापानी कोरोला कार उधारोमा किन्दा पनि सबै कर जोडेर पनि १६ हजार डलर अर्थात १३ लाख नेपाली मात्रै पर्छ/ के कोरोला जस्तै भारतमा बन्ने गाडी १३ लाख नेपालीमा किन्न पाइन्छ? पाइन्दैन भने किन पाइन्दैन?

    यस्तै भयर उहिले साझा यातायातले जापानमा बन्ने बिस्व भरि नाम चलेको फोर व्हिल ड्राइभ हुने बस मगाउन खोजेको थियो/ यो कुरामा रातले ठुलै बवाल मच्चायो र साझालाइ इसुजु को गाडी किन्न दियन/ /

    Reply
  37. isor says:
    May 30, 2013 at 8:04 am

    Driver को साहस लाई मान्नु पर्छ/

    Reply
    1. bibek dhakal says:
      May 30, 2013 at 6:02 pm

      भन्ने हो भने नेपाल मा धेरै जसो दुर्घटना चालक को कारण ले हुने गरेको भनिन्छ…सायद तथ्याङ्कको आधारमा यो सहि पनि होला! तर त्यो तथ्याङ्कमा निकै कठिन र डरलाग्दो बाटोमा अनि यस्तै परिस्थितिहरुमा ( विशेष पानि पर्ने समयमा) चालकले आफ्नो “maneuver” बाट यात्रुलाई सकुशल गन्तब्य सम्म पुर्याको कुरा उल्लेख हुन्न!
      म आफैपनि यस्ता बाटोहरु धेरै पटक यात्रा गरिसकेको छु! र भगवान बहानाम या कुनै शक्तिको किर्पाले कुनै अप्रिय घटनामा पर्नु परेको छैन…र यस्तो अवस्थाहरुमा चालकको कुशलता देखेर नतमस्तक हुन्छु! भित्रबाट ” जय होश गुरु” भन्ने वाक्य निस्किन्छ! यतिबेला मलाई साचै नै नेपाल का चालकहरु संसारकै राम्रा चालक हरु मध्ये पर्छन कि जस्तो लाग्छ….
      के गर्नु…सबैलाई यात्रा गर्ने पर्छ! अझ शिक्षा, स्वास्थ्य, न्याय निसाफ देखि लिएर हरेक सानो कामको लागि केन्द्र नाधाई हुन्न र सोको लागि बर्षात पहिरो भनेर हुन्न! अनि बाटो को हालत तेस्तो छ! सायद चालकलाइ पनि तेस्तो बाटोमा चलाउने रहर त के खाएर होला र?
      माथिको जस्तो भीडियो देख्दा वा तेस्तो अवस्थामा आफुलाई पाउदा साचैनै ड्राइवर हरु को रुखो र असभ्य बोलि, संवेदनाहीन भाव, यात्रुप्रति को गैरजिम्मेवारीपन आदि कुराहरुलाई चटक्कै बिर्सिदिन्छु … त्यस्तै मुड चेन्ज हुने केहि घटना नहुन्जेल वा नपढुञ्जेल !

      Reply
  38. deepak says:
    May 30, 2013 at 8:03 am

    बाबुराम सॊचछन् म गोर्खा हेलिकोप्टर बाट गैहाल्छु किन चाहियो बाटो, बरु पैसा नै राखे भने हाम्लाई पछि काम लग्छ भन्ने हाम्लाई लागिऱा छ /

    Reply
  39. deepak says:
    May 30, 2013 at 7:54 am

    फर्किउ भने घुमाउने ठाउँ छैन? अगि जान बाटो छैन /
    यो त डोजर बस हो? आफै बाटो बनाउने अनि अगि बढ्ने /

    Reply
  40. samrat~ says:
    May 30, 2013 at 7:39 am

    नेपालि हरु सबै रमिते हो..रमिता हेर्न जति रमाइलो मान्छ तेही समय पाखुरा को बहुला सारेर गाउले हरु मिलेर जुन ठाउ मा सडक हिलाम्ये छ भासिने डर छ, त्याहा रोडा ढुंगा गिट्टी बिछाउने काम गरेर भबिस्य को लागि सोच्न सक्ने दिमाग लगौउदैन बरु. जुन काम पनि सरकार को मुख ताकेर बन्दैन देश. किन भने तेही जिल्ला को पट मुर्ख हरु ले सरकार मा पठाएको सांसद हरु भ्रस्टाचार अनि आ आफ्नो मुख भर्दै ठिक्क..तेही जिल्ला को प्रधान मन्त्रि को सिरिमति करडौ रुपिया कुम्ल्याउदै बशी रहेको छ..तिनी हरु लाइ जाबो जिल्ला मा एउटा जाबो गाडी गुड्यो कि गुदेन भनेर सोच्ने फुर्सत पनि छैन. तेसैले अब आउने चुनाब मा पनि फेरी तेस्तै भ्रष्ट हरु लाइ जिताएर पठाउनु अनि आफु हरु बाटो मा रमिता हेरेर बस्नु ..धिक्कार छ जिल्ला बासि हरु.

    Reply
  41. SUJAN says:
    May 30, 2013 at 7:19 am

    विडियो को ६:१२ मिनेट मा ड्राइवरको धोकामा “दोषी जीवन ” लेखिएको छ !!! शायद ड्राइवर ले आफु लाइ दोषी ठानेको हो कि?

    Reply
  42. xyz says:
    May 30, 2013 at 7:15 am

    नेट स्लो भयर यो हेरन मलाई थप एक घण्टा लाग्ने भो

    Reply
  43. Damodar Dhungel says:
    May 30, 2013 at 6:46 am

    मित्र हरु यो बस ले त हाम्रो देशको प्रतिनिधित्वो गरेको जस्तो लाग्यो मलाई त . अर्ध नग्न चालक देशको चालक झैँ, बेला बेलामा बस ले माओबादी को अर्गगामी छलांग झैँ अगाडी जान खोजेको भान हुने र बेला बेलामा अरु पार्टी को येथा इस्तिती र लर्बरे शैली हुदै पछाडी फर्कने प्रबिती .

    Reply
  44. argali maila(bam) says:
    May 30, 2013 at 6:13 am

    यो त एक नमुना मात्र हो /यस्ता त कति हो कति गाऊ छन् /अज कतिपय त यस्ता जिल्ला छन् कि अजै पनि सदरमुकाम मा पनि गाडी गका छैनन् /जो आय पनि यस्तै हुन् कसलाई के को मतलब छ र जो आय पनि आफ्नै भुडी भरनी वाला छन् /हाम्रो देश कैले विकास हुनी होला अहि चाल हो भनि त सोमालिया बन्न बेर लाग्दैन देश को condition देख्दा नि वाक्क दिक्क लाग्छा

    Reply
  45. Deepak GC says:
    May 30, 2013 at 3:35 am

    यही त हो माओवादीले भन्ने गरेको नेपाललाई स्वीजरल्याण्ड बनाउने खोक्रो नारा र नेपालमा मौलाएको डोजर संस्कृतिको फ्युजन |

    Reply
  46. nabin says:
    May 30, 2013 at 3:03 am

    सालोक्य जी
    धेरै धेरै धन्यवाद यो भिडियो को लागि तर तपाईं सुगम ठाउँ मा बस्नुहुन्छ एक पटक तपाई दिक्तेल बाट हलेसी को यात्रा गर्नुस असार साउन को महिना मा अनि आफैले अनुभव गर्नुहुनेछ कति पिडा हुने रहेछ आफ्नो ज्यान लाई अरुको हत्केला मा राखेर यात्रा गर्नु भन्ने कुरा ……………..

    Reply
    1. Tenzing Gaba says:
      May 30, 2013 at 12:00 pm

      किन हलेसी सम्म मात्र नि ?
      घुर्मी सम्म नै जानूस न !
      घुर्मी पुगे पछि आफ्नो न्वारन नै गर्नु मन लाग्छ, धरोधर्म !!

      Reply
  47. dharmendra says:
    May 30, 2013 at 2:35 am

    बसले यात्रु होइन यात्रुले बस बोकेर ३ घण्टा लाको हो / कहाँ गण्डकी को गोर्खा , कहाँ बाबुरामको मुस्तांग , कुरो अलि मिलेन / सिमा घिच्ने चिरिन्जीबी ले कति घिचेछ तनि ,आफ्नै गाउ जाने बाटो पनि मज्जा ले कोचेछ,,

    Reply
  48. Ram Thapa Magar says:
    May 30, 2013 at 2:32 am

    नेपाली जनतालाई बाटेको सपना नया नेपाल भनेकै यहि हो,खै कुरा बुझ्या?

    Reply
  49. Kishan says:
    May 30, 2013 at 2:01 am

    बस मा लेखे जस्तै दोषी जिबन. के गर्ने र के पो गर्न सकिन ६.

    Reply
  50. Pramod Shrestha says:
    May 30, 2013 at 1:35 am

    म यही बाटो कैयौं पटक यस्तै बसमा हिडेको छु, सबैको ध्यानाकर्सनको लागि १२ किलोमिटर पार गर्न ३ घण्टा नभइ करिब ४५ मिनट लाग्छ।
    त्यो दिन पानी परेर ३ घण्टा त्यो हिलोमा बस अड्केको भनेर हाम्रो बिशाल जी ले प्रस्ट संग भिडियोको तल क्यापसनमा लेख्नुभएको छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme