Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दलको दलदल

Posted on May 28, 2013May 28, 2013 by Salokya

एकदमै आशावादी हुनेहरुले साह्रै निराशावादी सोचको मान्छे भनेर गाली गर्लान्। तर खिलराज रेग्मीको सरकारले आउँदो मंसिरमा पनि चुनाव गराउने ल्याकत राख्छन् जस्तो मलाई पटक्कै लाग्दैन। भलै अहिले चुनावी प्रक्रिया स्वरुप दल दर्ताको काम सकिन लागेको छ। अहिलेसम्म कूल कति दलले निर्वाचन आयोगमा नाम दर्ता गराए थाहा छ ? ६१ वटा। अब दल दर्ता गर्न मात्र दुई दिन बाँकी छ। तपाईँ पनि दल दर्ता गराउन चाहनु हुन्छ भने अब समय धेरै छैन है, कुदिहाल्नुस्।

यसपालि ६१ दल अहिलेसम्म दर्ता भइसके। पछिल्लो पटकको निर्वाचनमा स‍ंविधान सभामा निर्वाचित हुने दल मात्र २५ थिए। ती २५ दल पाँच वर्ष नपुग्दै टुक्रिएर ३३ दल बने। निर्वाचितै नहुने थप ४२ दल त थिए नै। यस पटक दर्ता भएका दलहरुको नाम पनि गजब गजबको छ। पढ्नुस् भित्र।

दलहरुको सूचिमा एक नम्बरमा एमाले रहेको छ। एक नम्बरमा को रहने भन्ने बारे एमाले र एमाओवादीबीच झगडा नै परेको समाचार केही अघि तपाईँहरुले सुन्नुभएकै होला। खासमा एक नम्बरमा रह्यो भने मतपत्रमा एक नम्बरमा चिह्न रहन्छ रे। त्यही भएर दुई पार्टी पहिलो हुनलाई झगडा गरेका रहेछन्।

नयाँ दर्ता भएका पार्टीमा राष्ट्रिय स्वाभिमान पार्टी, लिबरल डेमोक्रेटिक नामको पार्टी पनि रहेको छ। युनिटीवालाहरुले जनयुनिटी को अपरेटिभ नामको पार्टी पनि दर्ता गर्न भ्याएका छन्। जातिवादी नाममा खुलेका दलहरु त छन् नै, खस समावेशी राष्ट्रिय पार्टी, अखण्ड सुदूर पश्चिम, अखण्ड नेपाल नामका पार्टीहरु पनि दर्ता भएका छन्। समाजवादी, मधेसवादीदेखि लिएर यथार्थवादीसम्म नाम भएका पार्टीहरु दर्ता भएका छन्। हेर्नुस् सूची-
Untitled-1

Untitled-2

Untitled-3

Untitled-4

Untitled-5

48 thoughts on “दलको दलदल”

  1. Ramesh Suwal says:
    May 30, 2013 at 3:26 pm

    भगौडा पुलिश पार्टी खोइ त ? भगौडा आर्मी पार्टी खोइ त? यिनिहरुलॆ राष्ट्रिय सुरक्षा पार्टी त खोलेको छैन न नि, हेर्नुस त लिस्ट

    Reply
  2. शशांक लामा, न्युयोर्क says:
    May 29, 2013 at 9:51 pm

    झारपाते पार्टिको उम्मेदवार बत्तीस लक्षणले युक्त छ रे ! लौ मानि लिऔ! त्यसलाई हामीले जितायौं पनि अरे ! तर संसदमा त्यल्ले बोलेको कुरा कुकुर भुकाइ मात्र हुन्छ | तसर्थ हामी दुइ पार्टि अवधारणामा जानुपर्छ | भारतमा पनि मोटामोटी रुपमा कांग्रेस र बिजेपी हरहमेशा शिर्षास्थानमा आइरहन्छ | जनाधार भएका तिन पार्टिहरु – माओवादी, कांग्रेस र एमाले मध्ये कुनै दुइलाइ सशक्त पार्टि बनाइ दह्रो जनादेश दिएको खण्डमा अन्य झारपातेहरु त्यसै सेलाएर जान्छ | सालीको सम्धीको साथि समाजवादी पार्टिमा छ भनेर साइनो केलाएर भोट हाल्ने परम्परा जारि राख्यौं भने यी राजनीतिज्ञहरुले हाम्लाई हिंग हाली रहन्छ | राजनीतिलाई ब्यापार वा उधोग ठान्ने प्रवृतिलाई निमिट्यान्न नपारिन्जेल समाजमा भएका जुकाहरु जहिले पनि सल्बलाइरहनछन !

    Reply
  3. शशांक लामा, न्युयोर्क says:
    May 29, 2013 at 9:20 pm

    ६१ मध्ये तिन पार्टिको त जनाधार रहेको घाम झैँ छर्लंग छ | अनि लगभग सात पार्टि जतिको चाहि क्षेत्रीय, जातिय, गाउँलिय, टोलीय, साथीभाई र परीवार+नातेदार हरुको समर्थन होला| कसैको बहुमत नहुँदा गठबन्धन सरकार बनाउने बेला यिनको चांदी कटाइ पो हुन्छ त ! बाँकी झारपात पार्टिहरु त च्याँखे थाप्नलाइ खोलिएका हुन| अनि खण्डे थालमा भात हसुर्ने अखण्डेहरुको पार्टिको नाम देखिन त !

    Reply
  4. ryan says:
    May 29, 2013 at 11:39 am

    पहिला सतिले सरापेको देश अहिले पतिले हेपेको देश कसरि हुन्छ काम

    Reply
  5. राम चन्द्र says:
    May 28, 2013 at 6:59 pm

    सर्बहारा , ज्यानमारा , लुटाह , फटाह , कालो काङ्रेस , धोती , भाले न पोथी हुँदाहुँदै कर्मचारी भ्रस्त्रचारी , शन्त महन्त राजा रजौटा सबै को शासन देखेर वाक्क भाईयो अब सैनिक शासन हेर्नेधोको ।

    Reply
    1. शशांक लामा, न्युयोर्क says:
      May 29, 2013 at 9:23 pm

      रामचन्द्रजिलाई जरसापको अर्दली हुने बिचार छ कि कसो ?

      Reply
      1. राम चन्द्र says:
        May 30, 2013 at 10:02 am

        गोरे को चाकडी भन्दा जर्साप कै अर्दली बेस ससांका जी

        Reply
    2. kisaan Thapa says:
      May 30, 2013 at 5:31 am

      पर्ख मित्र एक पटक असली किसान हरु र मजदुर हरु ले चलाएको सरकार हेर , अनि त्यस पछि मात्रै है /

      Reply
  6. Nabin Adhikari says:
    May 28, 2013 at 5:30 pm

    यी दलहरु की डनहरु हुन्… नाफामुलक व्यापार फाइदामा जाने भयो |

    Reply
  7. anand says:
    May 28, 2013 at 4:47 pm

    एउटाले पत्रिकामा वान्टेड गरेर पार्टी खोल्न लागेको थियो नि, त्यो चाही कुन दल परेछ?

    Reply
    1. शशांक लामा, न्युयोर्क says:
      May 29, 2013 at 9:26 pm

      भुँइ तल्लामा अफिस हुने त्यहि अनिले शाह , क्या! कति चांडो बिर्स्या !!!?

      Reply
      1. anand says:
        May 30, 2013 at 8:44 pm

        पार्टीको नाम चाही??????????????

        Reply
  8. Sudarshan says:
    May 28, 2013 at 4:35 pm

    नम्बर ५८ मा तराई र मधेस मा क फरक छ ?

    Reply
    1. madan bajracharya says:
      May 31, 2013 at 3:17 am

      सुदर्शन ज्यु
      छ फरक/ तराइ भनेको नेपालको भू भाग हो मधेश अर्थात मध्य देस भनेको मधेसीकै भनाइ अनुशार बिहारको बिन्द्याचल सम्मको भूभागहो/ मध्यदेस, मधेश मध्यदेसि, मधेसी भन्नेहरु मात्र हिन्दीभाषी बिहारीहरू हुन्/ ती आफुलाई मधेसी भन्ने बिहारी भारतीयहरू नेपालको तराइमा सन् १९५०को सन्धि अन्तर्गत बसाइ सरे/ तिनीहरु मद्ध्य कोहि तराइमै जन्मेको आधारमा नेपालको नागरिक बने कोहि अंगिकृत नागरिक बने भने कोहि आफ्नो भारतीय नागरिकता लुकायर झुठो विवरण दियर पैसा खुवायर नेपालको नाकारिक बने/ तिनीहरुले मात्रै तराइलाइ मध्य देस अर्थात मधेश भन्छ/ यदि नेपालको सरकारले झुठो विवरण तथा नेताको सिफारिसमा भारतीय नागरिकता लुकायर नेपालको नागरिकता लियका खोजि गर्छन र तेस्तालाइ सजाय दिलाउँछ भने तराईलाई मधेश बनाउनु पर्छ भन्नेहरु तराइ बात कुल्लेलम ठोक्छ र तराइ मधेश हो भन्ने हल्ला साम्म्य हुन्छ/

      भारतीय राजनीतिग्यहरु भारतीय उपमाहाद्विपको जुन जुन मुलुकमा भारतीयहरु बसेको छ ती सबै भूभाग भारतकै बनाउन खोज्छ/ श्रीलंका सिक्किम भुटानमा तेस्तै गरे अब नेपालमा पनि तेस्तै गर्न खोज्दैछ; बिहारी उठायर/ आफुलाई मधेसी भन्ने बिहारिहरुको मधेश बाद अरु केहि होइन ग्रेटर बिहारको यौटा षड्यन्त्र मात्रै हो/

      Reply
  9. SURENDRA hongkong says:
    May 28, 2013 at 3:31 pm

    लछार पाटो केहि लाउने होइनन जति दल दर्ता गरे पनि के फरक पर्छ र?हुने बिरुवा को चिल्लो पात न हुने बिरुवा को खश्रो पात भनेको यही हो/

    Reply
  10. Basant says:
    May 28, 2013 at 3:28 pm

    जसरि दिनप्रदिन महंगी बढ्दै छ ढल पार्टीहरु पनि च्याउ सरि उम्रिदै छ, महंगीले गरिब निमुखाहरूलाई सास्ती दिने बाहेक केहि गर्दैन, यो बर्खे झरीले येस्ता ढल पार्टीलाई सोत्तर पारेर बिहारतिर पुर्याए त्यहाँ यिनीहरु को अलि बढी आवस्यक हुन्थ्यो कि ???

    Reply
  11. अनिल says:
    May 28, 2013 at 3:06 pm

    नेपाली जति सबै नेता मतदाता चाहिं छिमेकी राष्ट्र बाट ल्याउने होला

    Reply
  12. Sushil says:
    May 28, 2013 at 2:03 pm

    मधेसी भनौदा दल हरु को केन्द्रिय कार्यालय पनि काठमाडौँ मै रैछ… केका लागि फुर्ति गर्थे कुन्नि??

    Reply
  13. राजकुमार says:
    May 28, 2013 at 1:10 pm

    नेपाली पार्टी को नाम सुनेर पनि कति हास्नु हो हहह्हा हा | ३टा पार्टी को नाम ले मेरो ध्यान खिच्यो |
    १ . नेपाल गौरबशाली पार्टी
    २ . तराई मधेश पहाड हिमाल एकता पार्टी
    ३ . शान्ति पार्टी नेपाल
    नाम सुन्दा पनि भोट हालौ हालौ लाग्ने |तर के गर्नु माखो मर्ने होइन इ अवसरबादी हरुले | 🙁

    Reply
  14. ramesh says:
    May 28, 2013 at 12:19 pm

    लौ अब ६१ वोटा ब्यवाशय दर्ता भएछन त्यो पनि profitable नो LOSS .फैदाइ फाइदा जनतालाइ घाटा

    Reply
  15. Rb says:
    May 28, 2013 at 12:03 pm

    हैन ति नाम नै नसुनेका पार्टी हरु ले कसरि १०,००० समर्थक पाए| सायद बिहार तिर बाट समर्थक हरु भाडा मा ल्याएका हुन् कि|

    Reply
  16. Bijaya says:
    May 28, 2013 at 11:28 am

    उनको काम गराई हेर्दा नेपाली जनताको भन्दा पनि उनि चारदलको प्रतिनिधिको रुपमा मात्र रहेको भान हुन्छ| चुनाबको मिति घोषणा हुन् सकेको छैन र त्यसको स्पस्टिकरण उनले चार राजनैतिक दलहरुलाई मात्र दिएको अनुभूति भएको छ मलाई| नेपाली जनताको चुनाबी सरकारको रुपमा सार्बजनिक संचार माध्यममा आएर चुनाबको मिति घोषणा के कति कारणले हुन् नसकेको कारण दिनुपर्छ र जनतासित सहयोगको लागि आव्हान गर्नुपर्छ| खिरारेको सरकारले नेपाली जनतासित प्रस्टरुपमा सम्पर्क राख्न हिच्किचाई रहेको हुनाले यो सरकारले चुनाब गराउन सक्छ भन्नेमा संका गर्ने ठाउँ देखिन्छ|

    Reply
  17. तेन्जिंग गाबा says:
    May 28, 2013 at 11:14 am

    ६१ वटा ढलको नाम पढेर रिंगटा लाग्यो बा !!!

    Reply
    1. himal says:
      May 29, 2013 at 1:15 am

      तपाइलाई त रिंगटा लागेछ मात्रै मैले त उल्टी न गरेको ह ह ह

      Reply
      1. kisaan Thapa says:
        May 30, 2013 at 5:35 am

        उल्टी नै भएको त तिन पाने को कारण ले पो हो कि ?

        Reply
  18. Ekraj says:
    May 28, 2013 at 9:36 am

    यो दल हरुको नाम र इनिहरुले कम हेर्दा अतिनै गनाउने ढल को सम्झना मात्र होइन प्रयाबाची हो भनेर अहिल्लेइ ठोकुवा गरे पनि केहिपनि फरक पर्दैन|
    यी सबै ढल भित्रका सल्बलाई raheka गन्नायेका किराहुन|
    तपाईं सज्ञ यसलाई निर्मुलाई पार्ने तरिका या औषधि छ भने खन्याई दिए हुन्छा ताकी यो दुर्गन्ध धेरै समय सम्म नातिकोस|
    यी सबले खिल्ले को खिल्ली चै मज्जेइ ले उदाउने भए|

    Reply
  19. तेन्जिंग गाबा says:
    May 28, 2013 at 9:19 am

    # हिजोको मतभेदहरु अझै बढेको छ
    # अराजकता र अकर्मन्यताहरु घटेको छैनन्
    # तथाकथित बिदेशी हस्तक्षेपले अब प्रभाब पार्न सक्दैन भन्ने आधार छैन
    अनि
    चुनाब नै भै हाले पनि त्यो संबिधानसभाले संबिधान बनाउन सक्छ भन्ने के ग्यारेन्टी ?
    *************************************************
    त्येसको निमित्त नेपाली राजनीतिको खलपात्रहरुलाई आगामी चुनाबमा जमानत नै जफत हुने गरि हराउनुको बिकल्प छैन /

    Reply
  20. madan bajracharya says:
    May 28, 2013 at 9:02 am

    श्री४ को पंचायती मण्डले समुहले बहुदलीय व्यबस्थाको उपहास गरेर जसरि सर्वोच्च अदालतको प्रधान न्यायधिस खिलाराजलाई मन्त्रि परिषद्को अध्यछ्य बनायर चुनाव गराउन खोजेकोमा जति बिकृतिहरु छन् र जसरि यसको बिरोध हुँदै छ तेस्ले गर्दा खिलराजले चुनाव गराउन सक्ने कुरामा बिस्वस्त हुन् सकिंदैन/ कारणहरु:

    ०१ श्री४को नवनिर्दलीय पंचायती तानाशाही को सन्यन्त्रको सर्वत्र बिरोध हुँदै
    आयको छ्/सदन भंग भैईसकेको अवस्थामा सबै दलको स्तर समान हुन्छ/
    अहिले ४ दलको सयन्त्र बिरुद्ध ३५ दलहरु उभियकोछ् / ३५ दलहरु नमाने
    सम्म चुनाव हुन सक्दैन/
    ०२ खिलराज चुनाव सकिय पछि फेरी सर्वोच्चकै प्रधान न्यायधिस पदमा फर्कने
    भयको/ खिलराजले गरायको चुनावको नतिजाको बिरुद्ध रित खिलराज माथि
    पनि पर्न सक्ने/ खिलराज नै प्रधानन्यायधिस रहेको अदालतमा त्यस्तो रित
    राख्न सकिने संबैधानिक र् कानुनी ब्यबस्था नभयको कारनले बिना त्यस्तो
    ब्यबस्था चुनाव गराउन नसकिने /
    ०३ सत्तामा बसेका दलहरुको सरकारलाई संबैधानिक अप्थ्यारोमा पर्ने फैसला गर्दै
    आयको सर्वोच्च अदालतलाई पङु बनाउन संबैधानिक अदालत गठन गर्ने
    असफल प्रयास गर्दै आयको/ अहिले सर्वोच्च अदालतको न्यायधिस पदमा रहेको
    व्यक्ति अन्तर्गत चुनाव गराउने योजनाको यउटा पाटो सर्वोच्च अदालतलाई
    चुनाव र संबिधान सम्भंदित बिबादमा फैसला गर्न नसक्ने बनायार संबैधानिक
    अदालत गठन गर्ने ख्रिस्टभुमि बनायको/ अहिले श्री ४को निर्दलीय पंचायती
    संयन्त्र को बिरोध गर्ने प्रायस सबै दलहरु सर्वोच्च अदालतलाई पंगु बनाउने
    संबैधानिक अदालतको बिरोधि भयकोले संबैधानिक अदालत बा सर्बोच्च
    अदालत को समानान्तर बा सर्वोच्च अदालत भन्दा उच्च न्यायीक संस्था
    गठन हुन् नसक्ने भयकोले खिलाराजलाई सर्वोच्च अदालतको प्रधान
    न्यायधिस पदमा राखेर चुनाव गराउन नसकिने/
    ०४. मधेशबादीको दवावमा नागरिकता नभयको (६९ लाख?!!) लाई चुनावमा
    मतदान गर्न दिने श्री ४ को निर्णय संसोधित अन्तरिम संबिधान अनुशार
    पनि असंबैधानिक भयकोले यो निर्णय बदर नभय सम्म बैधानिक तरिकाले
    चुनाव गराउन नसकिने/

    Reply
  21. Suraj Shrestha says:
    May 28, 2013 at 8:10 am

    मेरो बिचारमा २०७१ साल बैशाख सम्ममा संविधान सभाको निर्वाचन होला जस्तो लाग्दछ

    कमसेकम २०७०/७१ आर्थिक बर्षको बजेट प्रस्तुत गरि र सो बजेटको अधिंकाश जिम्मेवारी बहन गरेर मात्र यो निर्वाचन सरकारले निर्वाचन गर्न नेपालका दलहरुले नै वाताबरण बनाउदै छन् जस्तो मलाई महसुस हुदै छ

    हालका मन्त्रीमंडलका सदस्यहरु फेरी जिन्दगीमा मन्त्रि हुने पालोको सम्भावना १% भन्दा पनि कम जस्तो छ तसर्थ एक आर्थिक बर्षको उपयोग गर्ने अवसर खोज्दै छन्

    सुरज श्रेष्ठ

    Reply
  22. keshav says:
    May 28, 2013 at 7:01 am

    देसको विकास गर्ने नै हो भने, अब हामि सबै मिलि यो देसमा दुइवोटा मात्र राजनैतिक पार्टी हुन पर्छ भनि लागन पर्छ १ जसरि यी भरौटे पार्टी दर्ता हुदैछन यिनीहरु अधिकाम्स देसमारा गरिबमारा र फटाहाहरु हुन् यिनले यो सुन्दर देस डुबाउने काम मात्र गर्दै छन् १ तसर्थ समस्त देस्प्रेमी नेपाली हो, बेलैमा होसियार हुनु ! अस्तु !

    Reply
  23. xyz says:
    May 28, 2013 at 6:55 am

    There will not be elections in November. This is for sure. Nepal is poised to have another round of political changes. The current situation is similar to “calm before strome”.

    Reply
    1. Maulana Masood Azhar says:
      May 28, 2013 at 4:42 pm

      ” त्यसै गरी अर्को वक्ता केन्द्रिय सभा सचिव बुद्धलाल मेचेले सम्बोधन गर्दै भन्नुभयो आज सम्मको हाम्रो देशमा शासक भएर हामी मंगोलहरुलाई शासन गर्ने सबै नै (((टप्पर टुइंया विदेशी हिन्दु शरर्णाथी बाहुनक्षेत्री हुन))) त्यसैले यिनीहरुबाट होसियार रहनुपर्ने कुरा बताउनु भयो किनभने यिनीहरुबाट यो देश बन्दैन यो हाम्रो राष्ट्र हामी आफैले बनाउनु पर्ने र त्यसको लागी मंगोल युवाहरुले तन,मन र धनले सहयोग गर्नुपर्ने र सहयोग गरीदिनु हुनको निम्ती अनुरोध पनी गर्नुभयो । ”
      -From Gopal Gurung’s Mongol National Organization Party’s Website-

      –हामी बाहुन-क्षेत्री चाहिँ बिदेशी शरणार्थी भए त्यो ३०० वर्षा अघि तिब्बत बाट भागेर आको भोटे चाहिँ को त ?–

      Reply
    2. Maulana Masood Azhar says:
      May 28, 2013 at 4:44 pm

      यो देशको राजनितिमा विदेशी शरणार्थी हिन्दू काला आर्यन बाहुन छेत्री नेताहरुले जे सोच्दछ र बोल्दछ अरु-अरुले त्यहि-सोच्दछ-बोल्दछ-लेख्दछ ।

      बिगत ४५० बर्ष पहिले मुसलमानहरुको खेदाई मा परि शरण माग्न आएका भगौडा शरणार्थी साम्राज्यबादी बाहुनछेत्रीहरुले षड्यन्त्रपुर्ण ढङ्ग बाट लाद्दै आएको नेपालको वर्णभेदी नीति विरुद्ध बिगत २३ वर्ष देखी मंगोल नेशनल अर्गनाईजेशनले बैचारिक रुपमा लडाई लडिरहेको कुरा यहाँहरुलाई सर्वविदितै छ ।

      How can a party registered in the election use language like this?

      Reply
      1. Sam Sharma says:
        May 29, 2013 at 1:22 am

        जाती र धर्मको बारेमा राजनिती गर्नु पराजीत मानसिकता हो / सकिन्छ भने नयाँ र बैज्ञानिक सोच, सिद्दान्त र प्रयोगले कसरी देशलाई नुतन र द्रुत गतिमा बिकासको गतिमा अगाडी लैजान सकिन्छ भनी जनतालाई बिश्वास दिलाउन पर्यो / जाती-जाती बीच बैमनुस्यता ल्याउन खोज्नु रोगी मानसिकता बाहेक केही होइन / अनुसन्धान गर्ने हो भने एउटै जात भित्र पनि माथिल्लो वर्गले तल्लो बर्गलाई शोषण गरेको देखिन्छ / त्यसैले जातीको नेतृत्व गरेर बहुमत ल्याई पदमा गएर पैसा कमाउने एक मात्र उपाय हो, अरु केहि होइन /

        Reply
  24. Jeevan Thapa says:
    May 28, 2013 at 6:45 am

    ६२. नेपाल बन्द दल ——-
    यो दलले देश बनाउदैन/ यसले मरे जातिकालाई सहिद घोसणा गरिदिन्छ, सडक दुर्घटनामा परि कुखुरा मर्यो, बाख्रो मर्यो, बिहे नगरी बेहुला बेहुली छाडेर भाग्यो हाइवे बन्द गरेर हजारौ जनतालाई दुख्ख दिएर भएनी १ जनाको कल्याण गरिदिन्छ/
    यो दलको मूल उद्दस्य हजारौं जनतालाई दुख्ख दिएर एकजनालाइ खुशी पार्नु हो /

    आउँदो चुनाबमा यो दल दर्ता गरेर चुनाव लड्ने हो भने १/२ त मन्त्रि त पक्का छ…………

    व्यंग्य गरेको चित्त बुझे २/४ लाइक ठोकी हालु है !!!!

    Reply
  25. Basanta Thapa,Maryland,USA says:
    May 28, 2013 at 5:56 am

    भने पछि फेरि भद्रगोल ,अराजकता ,लुछाचुडी हुने भो ,बिना बहुमत को संबिधान सभा बन्ने भो ,संबिधान नबन्ने भो , राजनैतिक स्थिरता नबन्ने भो \
    मुर्ख नेताहरु राजनैतिक सहमतिमा गणतन्त्र घोषणा गर्न हुने , बहुदलिय व्यवस्थामा दल बाहिरको मानिसलाई प्रधानमन्त्री बनाउन हुने तर राजनैतिक सहमति ,राजनैतिक गोलमेच बाट संबिधान बनाउन चाहि नहुने ? चुनाबमा खर्च हुने सरकारी र पार्टीहरुको पैसाले पानी,बिजुली,बाटो ,स्कुल ,अस्पताल को लागि उपयोग गर्न चाहि नसक्ने ? प्रजातान्त्रीक प्रकिया र जनमत भन्दै किन अराजकता र जनता भिडाउने काम गर्छौ ?
    म त भन्छु यो सोच ,निर्णय गलत छ \ राजनैतिक सहमतिमा संबिधान बनाउ ,संबिधानमा कुनै पनि एउटा धर्म ,जाती,क्षेत्र ,समुदाय लाइ मात्र ठुलो ठानी .हेरी ,अधार बनाइ बनाइने राजनैतिक पार्टी निर्माण मा प्रतिबन्ध लगाउ \ यसो गर्ने बुद्दि तिमीहरु नेता हरुमा छैन भने र यथास्थितिमा चुनाब हुने हो भने सम्झ देश मशान घाट मा परिबर्तन हुनेछ \ धेरै नेता ,पार्टी हुनु भनेको देशमा धमिरा लाग्नु हो है बाबै !

    Reply
  26. punya hawaii says:
    May 28, 2013 at 5:39 am

    दलै मात्र खोलेर के गर्ने । अस्ति निर्बाचन आयोग घेराउ गर्दा ३३ दलका ६६ जना थिए भने कुनै दिन सर्बोच्च अदालत वा सिंह दरबार घेर्दा ३३ दलका ३३ सै जना भए भने पनि आश्चर्य मान्नु पर्दैन।

    Reply
  27. kailash chuwan says:
    May 28, 2013 at 5:09 am

    जातीय राज्य को बिरोध गर्ने पार्टी पनि दर्ता भयो रे नि ! अखण्ड नेपाल भन्ने ! तेस्लाई VOTE हाल्ने हो कि कमल थापा लाई !

    पुग्यो गणतन्त्र ! घाटी बाट निक्लन मात्र बाकी छ !

    Reply
  28. द्रोण says:
    May 28, 2013 at 4:46 am

    नेपाल मा सबैदल स्वार्थि ,भ्रास्ताचारी एउतै दल को कुनै स्वार्थ छैन त्यो हो ”मादल ”

    Reply
    1. bikka rana magar says:
      May 28, 2013 at 3:13 pm

      जसले ठोके पनि चुपचाप सहन्छा बिचरो.

      Reply
    2. Harke says:
      May 29, 2013 at 2:14 am

      धर्तीमा “मादल” भए आकाशमा “बादल”,

      रामबहादुर थापा चै होइन नी, त्यो त धर्तीमै (भार) छ….!

      Reply
  29. dharmendra says:
    May 28, 2013 at 4:31 am

    एउटा जापानी उखानको याद आयो ” जुजो आकाची ” अनि तेस्को जवाफ मा “जुजोआ काची “भनिन्छ /
    न आत्तिनुस मित्र हरु यो कुनै जापानी उखान होइन यो त नेपाली उखान”” जुन जोगी आए पनि कान चिरेको ” को छोटकरी मात्र हो /(अलि नया पन )

    Reply
  30. Hari says:
    May 28, 2013 at 4:22 am

    हन पैसो चै पो कति लाग्ने रछ?? मा पनि गरौ कि क्या हो ?? गाठे!!

    Reply
  31. Harke says:
    May 28, 2013 at 3:15 am

    नेपालमा फस्टाउने २ वटा उद्ध्योग
    पहिलो “राजनीति” र दोश्रो “अपराध”

    “डन” बन्नुस वा “नेता”, त्यो तपाइको रोजाइ
    चमत्कारी गुण्डा-नेता, हामी सबैको खोजाइ

    नेता बन्न त देखाउनै पर्छ, तिघ्रा होस् या पाखुरा,
    पाखुरावालाको दिन गए, अब त राजनीतिमा रेखा..!

    Reply
    1. द्रोण says:
      May 28, 2013 at 1:56 pm

      गुरुजी
      स्वभाब पनि मिल्ने , आदत पनि उस्तै उस्तै ,
      पारस को उद्द्योग फस्टा येन ,ज्यान पनि गयो झन्डै सित्तै |

      Reply
      1. Harke says:
        May 29, 2013 at 1:57 am

        सर,
        बाउको सम्पति उडाउनु लाइ त उद्ध्योग भन्न त अलि मिलेन नी…!

        उद्योग त अर्थोपार्जन (नाफा-कमाउन) को लागि गरिन्छ, होइन र ?

        Reply
    2. Mk says:
      May 28, 2013 at 8:32 pm

      तपाइको सटिक कविता मनपर्यो-धन्यवाद ! रेखा ले राजनीतिमा नया मार्ग चित्रे – रेखा कोरून, मेरो मंगलमय सुभकामना छ/ देश ले उहाँ को सेवा पाओस , अनि उहाँ ले मेवा / कलाकार हरु देसको धरोहर हुन् – सबै को कदर गर्न सिकौ/

      Reply
      1. Harke says:
        May 29, 2013 at 2:09 am

        Mk जी,
        रेखा नेपालकी सफल कलाकार हुन्…!

        अधिकांस नेपालीले रेखालाई कलाकार को रुपमा सम्मान गरेका छन, अन्यथा तिनका चलचित्र सफल हुने थिएनन !

        रेखाले राजनीति भर्खर सुरु गर्दैछिन, (नर्सरी कक्षामा छिन) तेसैले अहिले नै रेखाको राजनीतिको मुल्यांकन (कदर वा तिरस्कार) गर्ने बेला भएको छैन…!

        तर पनि, उनको कलाकारिताको लोकप्रियतालाई, कतै माओबादिले उपयोग मात्रै पो गर्न लागेको होइन भन्ने सम्भाबनालाइ नकार्न सकिदैन….साथीहरुको नकारत्मक प्रितिक्रिया तेही उपयोगिताबादको बिरोधमा रुपमा आएको हो..!

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme