Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सुन्नुभएको छ यो विनायकको नाम ?

Posted on June 3, 2013June 1, 2013 by Salokya

Untitled-2
भगवान गणेशको अर्को नाम विनायक हो। काठमाडौँका चार कुनामा रहेका चार विनायक प्रख्यात छन्- सूर्य विनायक, जल विनायक, चन्द्र विनायक र अशोक विनायक। त्यसबाहेक अरु विभिन्न विनायकका नाम पनि प्रचलित छन् जस्तै सिद्धि विनायक। गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ। तर तपाईँले सुन्नुभएको छ दही विनायक ? हजुर, रहेछ यस्तो विनायक पनि।

Untitled-1

कहाँ छ त यस्तो दही विनायक ?

एक दिन भक्तपुरमा घुम्न गएका थियौँ। भक्तपुर गएपछि त्यहाँको प्रख्यात दही जुजुधौ नकिनी कहाँ भयो र ! दरबार स्क्वायरबाट दही किन्ने ठाउँ खोज्दै गर्दा देखेँ यो दही विनायक। अचम्म लाग्यो। अहिलेसम्म यस्तो दही विनायकको नाम सुनेको थिइनँ।

Untitled-3

10 thoughts on “सुन्नुभएको छ यो विनायकको नाम ?”

  1. Prabin says:
    June 7, 2013 at 12:56 pm

    भक्तपुर को रहेछ तर कहिले हेक्का भएन . थाहा पाउन पाएँ धेरै धेरै धन्यवाद

    Reply
  2. SUJAN says:
    June 5, 2013 at 9:07 pm

    कमलादी को “कमल विनायक” पनि प्रसिद्ध छ !!!

    Reply
  3. Nirmal B. says:
    June 5, 2013 at 1:15 pm

    बाच्नु मात्रै पर्छ के के देख्नु पर्छ भनेको यही हो.

    Reply
    1. rajan says:
      June 5, 2013 at 10:50 pm

      गोसाँइकुण्ड जाने बाटोमा रहेको लौरी विनायक पनि प्रख्यात नै छ भनेर लेख्ने लाई लौरीबिना उकालो नाम हो भन्ने थाहा रहेनछ कि के हो लौरो बिना उकालो चढ्न गार्हो हुने भएको ले त्यो नाम राखेको भन्ने नबुझेर जे मन लग्यो तेही लेख्ने ? अचम्म छ यार

      Reply
      1. Pratik says:
        June 6, 2013 at 12:09 pm

        हावा कमेन्ट गर्ने यार !!!! विनायक भनेको गणेश भगवान को नाम हो /// लौरी बिना चढ्न नमिल्ने उकालो भर गदेश्लाई लौरी विनायक भन्या हो र जे पायो तेही //

        Reply
  4. Fugyaljen sherpa says:
    June 5, 2013 at 6:43 am

    अनधविशवासले घेरेको मुलुक!

    Reply
  5. prabhat shrestha says:
    June 5, 2013 at 6:29 am

    बिनायेक को खास अर्थ के रहेछ ?

    Reply
  6. samrat~ says:
    June 5, 2013 at 4:20 am

    भन्न खोजेको त सिद्धि नै हो जस्तो लाग्छ ..तर बाक्य लाइ ब्रेक गरेर लेखि दियो जस्तो लाग्छ. कि त्यो गणेस जी पनि भक्तपुरे परेर लड्डु को सट्टा जु जु धौ रुचाउने भएको ले त्यो भक्तपुरे गणेस लाइ दहि बिनायेक भनेको हो कि :)..होला होला

    Reply
  7. madan bajracharya says:
    June 5, 2013 at 4:10 am

    दहि विनायक!!! माथिको चित्र हेर्दा यो त् दहि बेच्ने पसल जस्तो देखियो/ माथि लेखमा भक्तपुरको दहि भन्नुको सट्टा “जुजुधौ” नै भन्नु भयको भय राम्रो हुने थियो/ आफ्नो त् बालककाल भक्तपुरमै तेही “जुजुधौ” खायरै बितेको हुनाले अहिले पनि कहिंको दहि पनि “जुजुधौ” जत्तिको मिठो लाग्दैन/ “दहि विनायक” ले सबै दहि बनाउनेहरुलाई जुजुधौ जत्तिकै मिठो दहि बनाउन सक्ने बनाउन/

    Reply
  8. sabino says:
    June 5, 2013 at 12:27 am

    दहि बेच्ने जुक्ति सहि लग्यो . सोनी कर्पोरेशनका मालिक अकियो मोरैताको जीवनी पड्दा उनले भनेका थीए ब्रान्ड नेम भनेको क्यची हुनु पर्छ रे यो पनि तेस्तै लग्यो …..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme