Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एउटै गाउँमा करोडको व्यापार

Posted on June 8, 2013June 5, 2013 by Salokya

dada
अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको दोस्रो ब्लग यहाँ राख्दैछु। अघिल्लो ब्लगमा पनि भनिसकेको हुँ यार्सागुम्बाबारे पिएचडी गर्दै गरेका साथी उत्तमबाबु श्रेष्ठको अध्ययनका सिलसिलामा मनाङ आइपुगेको हुँ। यात्राको दोस्रो दिन स्थानीय व्यापारी र संकलकहरुसित जानकारी लिँदैमा बित्यो।
तपाईँलाई सुन्दा अचम्म लाग्ला, यहाँको विकट गाउँमा यार्सागुम्बाको व्यापारबाट प्रशस्त आम्दानी हुन्छ। यार्सागुम्बालाई स्थानीयले किरा भन्ने गर्छन्। किरा एउटै गाउँमा करोडजतिको बिक्री हुन्छ। यी किरा चीन पुग्छन् र त्यहाँ सुनभन्दा तीन गुणा महँगोले बेचिन्छ।

उत्तमले गरेको अनुसन्धान अनुसार डोल्पामा यसको मूल्य विगत पाँच वर्षमा २३ सय प्रतिशतसम्म बढेको छ। किरा भेटिने दर भने प्रति व्यक्ति प्रति वर्ष ३८ वटाका हिसाबले कम हुँदै गएको छ।
yarsa1

एक किसिमको झुसिलकिरालाई ढुसीले आक्रमण गरेपछि किराको शरीरबाट च्याउ बन्ने प्रक्रिया हो यार्सागुम्बा। चाइनिजहरुले महत्त्व दिएपछि यसको मूल्य बढ्दै गएको हो।
स्थानीय होटल व्यवसायी निमा छिरिङ ठकुरीले ५३/५४ सालमा एउटा यार्सागुम्बा २/३ रुपियाँमा बेच्ने सुनाए। अहिले त्यसको मूल्य १२/१३ सय पर्छ। पोहोरमात्रै नारमा ठूलो किराको ९ सय रुपियाँ र सानोको ५५० सम्म बिक्री भयो।
निमाका अनुसार काठमाडौँमा उतिबेला किलोकोव २२/२३ हजार पर्थ्यो अहिले त लाख पर्छ। चीनमा पुग्दा त करोड। तीन वर्षजति भयो हरेक वर्ष यसको मूल्य आकाशिने क्रम सुरु भएको। मूल्य बढे पनि यसको लागि तिर्नुपर्ने रोयल्टी भने खासै बढेको छैन। अहिले एउटा किराको २ रुपियाँको दरले राजस्व तिर्नुपर्छ। स्थानीय समितिबाट पूर्जी लिन पनि निश्चित रकम तिर्नुपर्छ। जुन गाउँका बासिन्दा, जिल्लाका बासिन्दा र बाहिरी जिल्ला हेरी फरक हुन्छ।
yarsa
किरा टिप्ने मान्छेहरु पनि बढेका छन्। किरा भने बढेको छैन, घटेको छ। गोर्खा र धादिङबाट गरी मनाङका १३ गाविसमा किरा टिप्न ९/१० हजार मान्छे आएका छन्। जबकि यहाँको जनसंख्या नै २०५८ सालमा ९ हजार ५८७ मात्र हो। त्यो पनि अहिले त घटेको छ। मान्छे बढेपछि असुरक्षा हुने भयले चिन्तित छन् उनीहरु। बाहिरी जिल्लाकाले किरा टिप्न स्थानीय समितिलाई पुर्जी लिन १० हजार तिर्नुपर्छ। किरा पर्याप्त नपाए उनीहरुको आउने बस्ने खर्च उठ्न गाह्रो हुन्छ र त्यस्ता बाहिरियाबाट लुट्ने चोर्ने डर हुने निमाले बताए।
दानाक्यु र बगरछाप वरपरका केही फोटो खिचेको थिएँ।

mac2

mac1

बगरछापमा जाँदा पूर्वमन्त्री तथा सांसद पाल्टेन गुरुङ पनि भेटिए। शायद चुनाव लागेकोले होला नेता गाउँमा भेटिन थालेको। नत्र यहाँका बासिन्दा आफूले चुनेर पठाएका देव गुरुङप्रति ज्यादै नकारात्मक देखिए। जिताएर पठायौँ तर नाकमुखै देखिएन भन्थे। क्रमशः
बाँकी अर्को ब्लग

22 thoughts on “एउटै गाउँमा करोडको व्यापार”

  1. gocool says:
    June 13, 2013 at 10:11 pm

    त्यो यार्सा नेपाल मै सदुपयोग गर्न पाए देखि कति राम्रो हुने थियो होला l आहा !!!!!!

    Reply
  2. aditya khanal says:
    June 11, 2013 at 2:07 am

    Hi Umesh , thank you for the information. Can you please upload more pictures of Manang?

    Reply
  3. aditya khanal says:
    June 10, 2013 at 4:50 pm

    I liked the uploaded pictures. Appreciated if you could upload more pictures of Manang

    Reply
  4. Ratna Thapa Magar says:
    June 10, 2013 at 3:41 pm

    अति राम्रो प्रस्तुति र फोटो हरु
    धन्य बाद यहा लाइ

    Reply
  5. Suman says:
    June 10, 2013 at 12:36 pm

    कहिले कहाँ गयर किरा टिप्न पाइने हो यो बारेमा पनि त खुलायर लेखिदिन पर्यो मलाई पनि पशुपति को जात्रा सिद्राको व्यापार भने झैँ नया ठाउँ को अबलोकन अनि अलिअलि खर्च बापत किरा संकलन गर्न मन लग्यो. कसैले सहयोग गर्नु हुञ्छ त म लगायत म जस्तै पर्खाइमा बस्नु भयका सथिहरुलाई ?

    Reply
  6. Shant Gajurel says:
    June 9, 2013 at 11:54 am

    यहाँका बासिन्दा आफूले चुनेर पठाएका देव गुरुङप्रति ज्यादै नकारात्मक देखिए। जिताएर पठायौँ तर नाकमुखै देखिएन भन्थे .

    Reply
  7. Pabitra says:
    June 9, 2013 at 7:53 am

    यार्चा उत्पादनको त्यो बैज्ञानिक कारण चित्त बुझेन . कृपया बैज्ञानिक अनुसन्धान को श्रोत खुलाई दिनु भय उत्तम हुने थियो .

    Reply
  8. madan bajracharya says:
    June 8, 2013 at 11:29 pm

    अंतर्रास्त्रिय बजारमा यक किलोको १०हजार डलर भन्दा बढी पर्ने; दुर्लभ हुँदै गयको यो नेपालको हिमाली भूभागमा बढी पाइने यो बुटी पहिला यौन शक्ति बढाउनको निमित प्रयोग गरिने भयता पनि अब यो बुटीको प्रयोगले मानिसको शरीरमा रोग प्रतिरोधक शक्ति समेत बढाउने ठहर गरेकोछ/

    एड्सको किराले मानिसको शरीरमा रोग प्रतिरोधक शक्ति कम गर्छ/ यो कराले मानिसको शरीरमा रोग प्रतिरोधक शक्ति बढाउँछ/ यहि गुण बढी आकर्षक छ/ भारतले सरकारी स्तरमै यो बुटीमा अन्वेषण सुरु गरि सकेको छ र यो बुतिको प्रयोगमा पेटेन्ट राइट समेत लिने प्रक्रिया सुरु गरि सकेकोछ/ नेपालको सरकारले यसको यस्तो जथाभावी संकलन र निर्यातमा प्रतिबन्ध लगाउनु पर्छ/

    नेपालमा पाइने सबै प्रकारको जडिबुटी र तेस्को प्रयोग बात गरिन सक्ने उपचारको विवरण भयको पुस्तक श्री ३ चन्द्र शमशेर रानाले प्रकासित गर्न लगायको थियो/ त्यो पुस्तक केशर पुस्तकालयमा पनि हुन् सक्छ/ नेपालको जडिबुटीको बारेमा जान्न चाहनेको निमित त्यो पुस्तक आज पनि उपयोगी हुन्छ/

    Reply
  9. RANJAN says:
    June 8, 2013 at 11:11 pm

    यार्सागुम्बाको जिबनी जान्न मन लाग्यो कृपया अर्को ब्लगमा जानकारी उपलब्ध गराई दिनु बिनम्र अनुरोधछ ! कुन जातको पुतली हो, अन्दा , लार्भा, प्युपा बन्नु अनि प्युपा बात पुतली बन्छ तर यार्सागुम्बाको कुरा अलि भिन्न भयो त्यसैले यसका सम्पूर्ण जानकारी गराइदिनुहुन अनुरोध गर्दछु !

    Reply
  10. शशांक लामा, न्युयोर्क says:
    June 8, 2013 at 9:55 pm

    उत्तम र उमेशको यात्रालाई मैले बढो अभिरुची दिएर हेरिरहेको छु | उत्तमको अनुसन्धानबारे मेरो एउटै गुनासो छ : त्यो बहुमुल्य जडिबुटिको नाम यार्सागुम्बा, यार्चागुम्बा नभएर यचगुन्बू हो र यस शब्दलाई जस्ताको तस्तै आफ्नो अनुसन्धान कृतिमा उल्लेख गरियोस भन्ने म चहान्छु | यार्चा सम्म त ठिकै छ, तर गुम्बा शब्दले बुद्विष्ट मन्दीर जनाउँछ | यस्तो अनर्थ हुनु हुँदैन भन्ने मेरो ठनाइ छ | जनजिब्रोमा आइसकेको यार्चागुम्बा अपभ्रंषित भएको कुरा उल्लेख हुनुपर्छ जस्तो लाग्छ | सफल अनुसन्धानको शुभकामना छ !!!

    मन परे हरियो नपरे रातो !

    Reply
    1. BT Malla says:
      June 9, 2013 at 1:40 pm

      शशांक जी को भनाइ मा दम छ जस्तो लग्यो तर येस्को आधिकारिक लेख कहीं भए कृपया यसै ब्लग मा राखी दिने कस्ट गरि दिनु होला / धन्यवाद !

      Reply
  11. कमल शर्मा यु ए इ says:
    June 8, 2013 at 9:20 pm

    आफ्नो उत्पादनलाइ आफैले नचिनेर विदेसिले तोकेको भाउमा बेच्नुपर्ने हाम्रो विवशता हो यदि हाम्रै मुलुकमा यसको प्रशोधनको व्यवस्था भइदिए हामी नै डलरमा बेच्न सक्ने थियौ नि होइन र ?

    Reply
  12. Narayan says:
    June 8, 2013 at 7:53 pm

    यो हो नेपाल पोइसा छैन भन्ने हैन नेपालमा प्रकृति को सहि सदुपयोग नै हुनसकिरहेको छैन ….

    Reply
  13. harkaman shahi says:
    June 8, 2013 at 7:08 pm

    यार्शागुम्बा भन्ने बित्तिकै चीन भनेर नसोच्नु होला साथी हो कुरा भिन्नै छ.. आधिकारिक बिकाश हुन पर्छ नेपाल मा नै ३ गुना बढीमा बिक्रि हुच्न्ना यो..

    खाली अर्काको बखान गर्ने बानी, कहिले नजानी..

    Reply
  14. Kailash says:
    June 8, 2013 at 7:01 pm

    उमेश जी यसको प्रयोग बारे पनि लेख्नुष na

    Reply
  15. Govinda says:
    June 8, 2013 at 4:00 pm

    फोटो हेर्दा त अहिले नै जाउ जाउ लाग्या छ, आलोक जी बाट थप फोटोहरु र यार्सागुम्बाको थप जानकारी को अपेक्षा पनि गरेको छु आउदो दिनमा l ठाउँ चाई अति सुन्दर लाग्यो फोटोमा l

    Reply
  16. राम चन्द्र says:
    June 8, 2013 at 2:47 pm

    आखिर यस्तो दुर्लब चिज हाम्रो आफ्नै देस मा पाइने रहेछ एस्को लागि सेना लगाएर टिप्न लगाइ उचित बेबस्था सरकारले गर्न सके राम्रोहुन्थियो भन्ने यो कमेन्टर लाई लाग्यो ।

    Reply
  17. ramesh babu says:
    June 8, 2013 at 11:16 am

    ध्न्येबाद उमेश जी ! कस्तो रमाइलो ठाउ !

    Reply
  18. safal says:
    June 8, 2013 at 10:02 am

    किरा नटिप्ने तर घुमफिरको लागी मात्र पैसा तिर्नु पर्छ कि पर्दैन ?

    Reply
  19. diwakar says:
    June 8, 2013 at 9:37 am

    सुन भन्दा तिन गुना त होइन तर सुन जस्तै भाउ चाही पाउन सकिन्छ ! चिन को गुआञ्झाउ मा जडिबुटी को ठुलो मार्केट छ ! तर त्येहा नेपाल को भन्दा भुटान अफगानिस्तान, पाकिस्तान, भारत को यार्सा को मूल्य राम्रो छ ! नेपाल को उच्च कोटी को भएपनि, नेपाली हरु मा ग्रेडिंग नगर्ने, माटो सफा नगर्ने, भाचिएको लाइ पिन लाएर जोड्ने, रंग दलेर पहेलो गराउने, भिजाएर तौल बढाउने समस्या ले अलि बद्नाम गराएको छ ! ग्रेडिंग गर्ने, माटो मैला सफा गर्ने, प्याकेजिंग गर्ने गर्ने हो भने नेपाली ले अहिले पाएको पैसा भन्दा १.५० गुना बढी नै पाउने छन् ! यस ब्लग मार्फत “यदि कोहि नेपाली हरु डाइरेक्ट गुआञ्झाउ को जडिबुटी मार्केट मा जान चाहनुहुन्छ भने हंग कंग बाट फ्री सेवा मा लगिदिन्छु जाने आउने बस्ने खाने चाही आफै बेवास्था गर्नु होला लगिदिए बापत सुल्क लिने छैन !” अस्थाई सम्पर्क फेस बुक र हट मेल मा max_jhon2013.hotmail.com

    Reply
  20. योगेश आदी says:
    June 8, 2013 at 8:10 am

    धनवान नामर्दहरूको नाक हाम्रो हिमालको धुंसी किराले जोगाउनु परेको छ !! चीनबाट भियेग्रा पोनेग्रा इत्यादि बनेर यूरोप अमेरिकामा डलरमा बेचिन्छ…

    Reply
    1. madan bajracharya says:
      June 10, 2013 at 7:14 am

      योगेश ज्यु
      यचगुम्बु (यार्सा गुम्बा) मात्र योसं शक्ति बर्धक होइन यो शरीरको रोग प्रतिरोधक शक्ति बर्धक पनि भयको कुरा यो बुटीको को अनुशन्धान गर्नेले पत्ता लगायको छ/ यसै कारणले पनि अहिले चीन भारत बाहेक पश्चिमी मुलुकमा पनि यसको बारेमा चर्चा र मोल अकासिन्दै गयकोछ/ चीन भारतमा पनि हिमाली भुमि हरु छन् तापनि चीन भारतका व्यापारीहरु नेपालमै यो बुटी सकलन गर्न आउने भयकोले यो बुतु नेपालमै मात्र पाइने भयको देखिन्छ/ यसै कारण यसको जथाभावी र कौडीको भाउमा आयात गर्नमा नियन्त्रण हुनु पर्छ भनेर आवाज उठु पर्छ/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme