अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको चौथो ब्लग यहाँ राख्दैछु। यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ।
एक जना व्यापारी थिए १७/१८ वर्षदेखि यार्सागुम्बाको व्यापार गर्दै गरेका। सुरक्षाको कारण उनले आफ्नो नाम खुलाउन चाहेनन्। हामीले त्यसको सम्मान गर्ने बताएपछि बल्ल उनी खुले। उनी त आफै तिब्बतको सीमासम्म पुगेर यार्सागुम्बा बेच्ने गर्दा रैछन्।
यिनी पहिले तिब्बतमा च्याङ्ग्रा व्यापार गर्दा रहेछन्। त्यसै क्रममा त्यहाँका व्यापारी साथीले तिमेरुकहाँ यस्तो पाइन्छ ? लिएर आइज म किन्छु भनेछन्। त्यसबेलादेखि उनले यसबारे थाहा पाएको रे।
नेपालमा यार्सागुम्बाको बिक्री खुलेको सन् २००१ देखि बल्ल हुन थालेको हो। त्यसअघि गुपचुप रुपमा यसको बिक्री हुन्थ्यो। पछि यसलाई रोक्नै नसकिने भएपछि बाध्य भएर सरकारले राजस्व लिएर छुटपूर्जी दिने गरेको हो। अहिले एक पिसको दुई रुपैयाँको दरले रोयल्टी सरकारलाई तिर्नुपर्छ।
अहिले हामी बसिरहेको ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्छ। छोटकरीमा यसलाई एक्याप भन्ने गरिन्छ। अनि संरक्षित क्षेत्रमा यसरी संकलन गर्न र बेच्न पाइन्छ त भनी मैले एक्यापका प्रमुख संरक्षण अधिकृत पारस विक्रम सिंहलाई सोधेको थिएँ। उनका अनुसार सरकारले यसलाई खुला गर्ने नीति लिएपछि यसो गरिएको हो। एक्यापको अनुमति लिएर मात्रै किरा संकलन गर्न पाइन्छ। अनुमति लिँदा तिर्नुपर्ने दस्तुर भने स्थानीय समितिले लिन्छ। एक्यापले त्यसवापत् पैसा पाउँदैन। छुट पूर्जी दिने काम मात्रै एक्यापले गर्छ।
व्यापारीका अनुसार जिल्लाबाटै छुटपूर्जी यो वर्षदेखि मात्रै बनाउन थालिएको हो। त्यसअघि छुट पूर्जी बनाउन गाह्रो थियो। त्यसैले रोयल्टी तिर्नुपर्ने मनमा हुँदाहुँदै पनि प्रक्रिया झ्याउ भएकोले सकिएन।
अहिले व्यापारीहरु र संकलकहरु पनि निकै बढेकाले कम्पिटिसन हुने गरेको उनले सुनाए। उनका अनुसार अहिले त उनी लगायतका व्यापारीहरुले माटैसमेत किरा किन्ने गर्छन्। यो ठाउँमा किरा भेटियो भनेपछि माटैसमेत मैले किनेँ भन्छन्। अनि माटो छानेर किरा निकाल्दा डेट गइसकेको नराम्रो काम नलाग्ने पनि पर्न सक्छ।
उनका अनुसार एउटा घरमा किरा बेचेर कम्तिमा पनि चार पाँच लाख भित्रिने गर्छ।
धेरै मान्छे जिल्लामा भित्रिएपछि चोर डाका लाग्ने डरले पनि उनलाई सताएको रहेछ। क्रमशः
बाँकी अर्को ब्लगमा। अबको यात्रामा इन्टरनेटको सुविधा नपाइने हुनसक्नाले अर्को अपडेट अलि ढिला होला कि !
म सग पनि Chinese ले यार्सागुम्बा किन्छु भन्दै थियो तर के गर्नु आफु छैन कोहि सग भय सम्पर्क गरौ साथिहरु.
सरकारले यस gold-rush लाई कसरी ब्यबस्थापन गर्दै रहेछ, कुनै पत्रकारले बेलिबिस्तार रिपोर्ट गरे हुने! “पुतली”को संख्यामा भर पर्ने जस्तो देखिए पछि, पुतली संरक्षण र तिनीहरुको घाँसे-जंगलको बिस्तार र संरक्षणमा के कस्तो प्रगति हुदैछ, सरकारबाट| यसको बजार चीन बाहेक तिर खोज्ने प्रबर्दन कसरी गर्दैछ? सरकार सुन्या हो??
अहिले शालोक्य र उत्तमवाबुले मनाङ्ग यात्राको अपडेट गर्दा मलाई पनि मनाङ्ग पुगेको अनुभव भैराखेको छ/ चामे पारिपट्टिको भिर चढेर टाकुरामा पुगी चामेलाइ नियाल्दाको रमणीय अनुभव होस् या नार र फू को यात्रामा ओढारमा बास बस्दाको अनुभव होस्; थोरोंग पास भएर मुक्तिनाथ जादाको जोशिलो अनुभव होस् या तिलिचोमा रात बिताउदाको मानसिक शान्तिको अनुभव होस्; डुम्रेबाट तिन दिन हिडेर चामे पुग्दाको थकाई होस् या चामे बाट एकै दिनमा बेशिशहर बास बस्न आइपुग्दाको/ सबै रमणीय र रोमान्चित क्षण थिए एक समयमा/ आज चामेमा सडक पुग्यो भन्दा मलाई आफुले २०४९ सालमा सडकको सम्भाव्यता अध्यायन गरेको सम्झना भैराखेको छ र गाडी चढेर एकचोटी फेरि मनाङ्ग चुम्ने चाहना पलाएको छ/
मनाङ्गको विषयमा कतिपयले सकारात्मक/नकारात्मक कमेन्ट गरेको पाएँ/ तर वास्तविकता के हो भने, मनाङ्ग पर्यटकीय र जडिबुटीको क्षेत्रमा प्रशस्त सम्भाव्यता भएको ठाउँ हो/ मनाङ्गको विकासमा ध्यान दिन सक्यो भने यसले देश विकासमा ठुलो टेवा दिन सक्छ/
न्युयोर्कमा statue of liberty देखाएर अमेरिकाले अरबौं डलर कमाएको छ/ सिड्नी हार्वर bridge देखाएर अस्ट्रेलियाले अरबौं डलर थुतेको छ भने, हामीले त केहि बनाउनु पर्दैन/ मनाङ्ग आफै बनिबनाउ छ खाली मनाङ्ग देखाऊ पैसा कमाऊ! तर देखाउने तरिका अहिलेको भन्दा अलि योजनाबद्द हुनु पर्यो/ पर्यटन देश विकाश को सबै भन्दा ठुलो श्रोत हुन सक्छ/
उमेश जी, चाइनामा यो यार्षागुम्बा को माग किन रहेछ? यो के मा प्रयोग हुँदो रहेछ?
As I was reading this blog, yesterday, I had an opportunity to watch amazing documentary film “Journey to Yarsa” by Deependra Bhandari. The movie is worth watching. The whole business of yarsa collection seems to be in a total mess as Nepal’s ongoing politics. If we do not come with some kind of strong state regulation and intervention, it will no wonder to see the repetition of massacre of nine Yarsa collectors Nara Village in Manag and Gorkha district some years back. Just watching the movie one can feel the impacts like:
1. Thriving of prostitution to seduce yarsa collectors
2. Use of high vision cinema hall shwoing movies to the young yarsa collectors in lieu of tickes
3. Wholesale closure of schools during the collection period
4. Danger of looting and security issues
5. The rumour that Maoists used yarsa to finance its people’s war seems to be very true.
6. I see the danger of communities going to war due to yarsa issue.
yarsagumbako अहिलेको राजस्व प्रति गोता रु दुइ नभएर प्रति किलो रु २०००० हो
अन्नपुर्ण सर्किटको(मनांग / मुस्तांग ) अदिकाम्स मुख्य मुख्य ठाउमा थोरै संख्यामा vsat मार्फत फोन र इन्टरनेट सेवा उपलब्ध छ , आशा गरौ तपाईले पनि एउटा इन्टरनेट चलाउने ठाउँ भेट्नु हुने छ र ब्लग जारि रहनेछ ..
《पढेर आफै मनांग घुमे जस्तै लाग्यो 》
हुन त सालोक्यजीलाई भ्याई नभ्याई हुन्छ भन्ने सुनेको तर कहिले बिपस्व्ना ,कहिले प्याराग्लड़िंग, कहिले पदयात्रा, अझ कहिले त मनांग मुस्तांग सम्म मुन्टीन पनि भ्याकै देखियो, बिन्दास नै रैछ नि लाइफ त हिहिही 🙂
अनि त्यो रोयल्टी चै २ रुपिया नभएर २०० रुपिया हो क्यारे 😛
Appreciated if Uttambabu could help me clear my curiosity, if my questions are within the sphere if your research topic.
1. What is the biological process in the development of Yarshagumba? Has someone studied so far?
2. Are fungi and caterpillar on symbiotic relationship? or fungi feed only on caterpillar as a parasite? and caterpillar ceases when fungi is on full shooting?
3. Which portion is used for a medicine, the root or the shoot? or all of it ? Has the medical value of it been scientifically proven or still rests on people’s belief?
4. Has some one tried rearing at in-vitro/in-situ/ lab control condition? what is the chance of success?
Thank you,
not ‘यार्सा गुम्बा” प्लिज ‘यार चा गुण बु ‘ भन्नु होस उमेज जी. त्यो तेही मनान्ग्को भोटेलाई सोध्नुहोस. किन टाढ जाने!! जानीजानी हिमाली भाषालाई नबिगारौ! धन्याबाद!!
मित्र, भाषा र ठाउँ अनुसार नाम फरक फरक हुन सक्छ .. मनांग, डोल्पा, हुम्ला, जुम्ला संखुवासभा तिर फरक फरक नाम हुन सक्छन … नेपालीमा चाही यार्शागुम्बा भन्ने चलन छ .. जस्तो कि काठमाडौँ मा हामी अम्बा भन्ने फलफुललाई पूर्व तिर अम्बक पनि भनिन छ भने केहि ठाउमा बेलौती पनि भन्छन , तेस्तै केरा लाई कोला , अण्डालाई डिम्मा ,सानो हरियो फर्सीको कैंदालाई गट्टो पनि भनिदो रहेछ, तेस्तै अनार , बेदाना, दारिम थुप्रै छन् तेस्त नामहरु .. ठाउँ अनुसार केहि फरक नाम हुन सक्छ .. यो एउटा निजि ब्लग हो भाषाको बिद्यालय होइन , मुख्य कुरा भन्न खोजेको कुरा बुझाउन सक्नु हो .. कृपया अन्यथा नालिदिनु होला .. यो मेरो व्यक्तिगत विचार मात्र हो ..
धेरै नै रमाइलो लाग्यो /अरु पनि छिटो update गर्नुहोला /