Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दिमागमा घाँस उम्रिएको !

Posted on June 9, 2013June 5, 2013 by Salokya

yarsa2 अहिले म मनाङ यात्रामा छु र त्यहीँबाट ब्लग अपडेट गर्दैछु। यो यात्राको तेस्रो ब्लग यहाँ राख्दैछु।
यात्राको दोस्रो दिन हामीले स्थानीय व्यापारीहरुसँग कुरा गर्ने मौका पाएका थियौँ। त्यही क्रममा स्थानीयहरुसँग कुरा हुँदा यार्सागुम्बाबारे गजबका तथ्य सुन्ने मेसो मिल्यो।
पेम्बा दाइले सुनाउनुभयो धार्मिक ग्रन्थ अनुसार यार्सागुम्बाको उत्पतिको कुरा। त्यसअघि साथी उत्तमले यो कसरी बन्छ भनेर वैज्ञानिक तथ्य स्थानीयलाई सुनाउँदा उनीहरुले चाख मानेर सुनेका देखिन्थे।
yarsa2

उनका अनुसार बत्तीमा आउने खालको जस्तो एउटा पुतलीले फूल पारेपछि त्यसबाट बन्ने झुसिलकिरा प्युपा बन्ने क्रममा रहँदा च्याउको ढुसीले आक्रमण गर्छ। किराको शरीरमा त्यो च्याउ फैलँदै अन्त्यमा दिमागलाई पनि नष्ट गर्दै टाउको छेडेर च्याउ बनेपछि बन्छ यार्सागुम्बा।
yarsa3
पेम्बा दाइले सुनाएको धार्मिक कथा भने यस्तो थियो। एक पटक एउटा गुम्बामा धेरै विद्यार्थीहरु रहेछन्। ती मध्ये एक जनाले वर्जित यौन सम्पर्क गरेछन्। गुरुकै श्रीमती हो कि कोसँग रे। अनि गुरुले श्राप दिएछन् तँलाई मोरा यस्तो ठाउँमा आएर त्यस्तो कुकाम गर्छस्। तेरो त दिमागबाट घाँस उम्रोस्। अनि त त्यसपछि त्यो मान्छे यार्सागुम्बा बन्यो रे।
हुन पनि वैज्ञानिक तथ्य अनुसार झुसिलकिराको टाउकोबाट च्याउ उम्रेपछि नै यार्सागुम्बा बन्छ।
yarsa4
पहिले पहिले स्थानीय बासिन्दा कसैले पनि यार्सा टिप्दैन थिए। धार्मिक रुपमा यसलाई छुन हुँदैन भनिन्थ्यो। कसैले छुँदैन पनि थिए। तर यसको मूल्य बढ्दै गएपछि धार्मिक मान्यता ठूलो कि पैसा ठूलो भन्ने प्रश्न उब्जियो। पैसाले जित्यो र धमाधम स्थानीयले यसलाई बेच्दै टिप्दै गर्दै आर्थिक स्थिति उकासे। गरिब परिवारका लागि त यो भगवानै हो। त्यसैले अहिले किरा टिप्न जानेहरुले पहिलो किरा भेटेपछि स्यो स्यो भन्दै ढोग्ने गर्छन्। क्रमशः
बाँकी अर्को ब्लगमा

44 thoughts on “दिमागमा घाँस उम्रिएको !”

  1. Bishwobandhu tiwari says:
    June 13, 2013 at 6:48 pm

    That plant is famous in the world and very expensive so that can go famous .i hope when i came back nepal at that time i will came there.

    Reply
  2. bikash shrestha says:
    June 12, 2013 at 10:17 am

    यार्चा गुम्बा को के हो ? यो के को लागि प्रयोग गर्छ ?

    Reply
    1. dharmendra says:
      June 12, 2013 at 8:24 pm

      बिकाश जी , मैले सुने अनुसार यार्छाले पनि रेखा थापाले जस्तै हथियार उठाऊ छ रे ,,,

      Reply
  3. Binod Paudel, Sudbury says:
    June 12, 2013 at 12:13 am

    मेरो जीग्यासा –
    १. यो यार्सागुम्बा को कुन भाग महत्वपुर्ण हो ? घास को भाग कि झुसिले किरा को भाग ?
    २. अनि यो यार्सागुम्बा टिप्दा घास पनि मरिसकेपछि टिप्ने हो कि नमर्दै ? नमर्दै टिप्ने हो भने त त्यसले “Spore” release गरिसकेपछि मात्र टिप्नु पर्ने होला नि, नत्र त पुतली/झुसिलेकिरा चाही धेरै यार्सागुम्बा चाही थोरै हुदै जाला नि !

    कसैलाई थाहा भए कृपया बताईदिनु होला /

    Reply
  4. Shanker says:
    June 11, 2013 at 3:55 am

    मलाई याद आउछ एउटा मित्र ले आज भन्दा करिब २० वर्ष पहिले को कुरा गरेको यो एस्तो खालको चिज हुन्छ हिमाल मा पाइन्छ्, येसरी बन्छ, एसको लागि प्रयोग हुन्छ भनेर मैले पनि तेतिबेला बडो चाकमानेर सुन्दथ्ये तर उसले यार्सागुम्बा भने को जस्तो त लाग्दैन तर आहिले थाहा भयो कि त्यो तेही चिज तेही रहे छ यार्सागुम्बा जो मित्र यहाँ काठमाडौँ बाट टिप्न को लागि जाने गर्दो रहेछ .

    Reply
  5. shankar rai says:
    June 10, 2013 at 10:36 pm

    http://en.wikipedia.org/wiki/Ophiocordyceps_sinensis

    Reply
  6. Roshan Sharma, Australia says:
    June 10, 2013 at 11:09 am

    ‘हर्के जी’ तपाई ले गर्नु भएको भबिस्य बाणी पुरा हुन अब धेरै कुर्नु पर्ने देखिदैन/

    अमेरिकाले यसको अनुसन्धान को लागि ठुलो लगानी गरेको रहेछ र उनीहरुले यो कुरा पनि भनि रहेका छन् कि अब धेरै दिन बाकि छन यार्सा गुंम्बा बेचेर पैसा कमौना/

    यो कुरा ‘अस्ट्रेलिया’ को एस. बि. एस.(SBS TV)ले. २ महिना जति अगाडि प्रस्तुत गरेको वृत्त चित्रले त्यहि भंत्यो /
    जस्तो, गाँजा अहिले ‘कोलोराडो’ मा उत्पादन गरेर बेच्ने गरिएको रहेछ
    त्यसरी
    नै यार्सा गुम्म्बा को पनि ‘नेपाल’ बाट भन्दा पनि अन्य बिकसित देश हरु ले बेच्ने छन्/

    अगाडी को भाग मात्र हेर्ने नेपाली लाइ चेतना भय !!!

    Reply
  7. Jeevan Thapa says:
    June 10, 2013 at 9:52 am

    लौ नेपालको यार्सागुम्बा हो या तिब्बत को सबै चीनमा छ. बुद्दि हुने भोटेहरू( चिनियाहरु) यसलाई प्रसोधन गरेर युरोप अमेरिका पुराउछन् .. हामी त्यहि प्रसोधन नगरिएको यार्सागुम्बा बेच्दै बशौ!
    नेपालमानै प्रसोधन गरेर सिधै युरोप अमेरिका बेच्न सकिदैन र ? तेतातिर कहिले अनि कसले सोच्ने हो ?

    Reply
  8. madan bajracharya says:
    June 10, 2013 at 7:34 am

    “यार्सागुम्बा” को प्रयोग बात यौन शक्ति बढ्ने भयकोले यसलाई हिमाली भियाग्रा पनि भनिंदै आयको छ/ यो बाहेक अहिले यार्सागुम्बा ले रोग्सित लड्ने शक्ति पनि बढाउने कुरा अनुशन्धानकर्ताहरुले प्रकाशमा ल्यायकोछ/ बिशेस गरेर नेपालमै मात्र पाइने यस्तो अचम्मको जदिबुतुको बारेमा बिस्वले कसरि जानकारी पायो भन्ने बारेमा इन्टरनेटमा यौटा लेख प्रकाशित छ/ पढ्नुस मित्रहरु;
    http://bart-gruzalskibartgruzalski.newsvine.com/_news/2012/03/12/10650083-the-boom-in-the-himalyan-viagra-yarsagumba-which-is-a-legal-herb

    Reply
  9. Nima says:
    June 10, 2013 at 3:27 am

    जसले जे भने पनि हिमाली भेगमा बसोबास गर्नेहरुले यार्चा गुन्बू भन्ने गरिन्छ र यसको वास्तविक नाम पनि यार्चा गुन्बू नै हो/कारण
    १)(यार=भन्नाले बर्षाद,र चा=भन्नाले घाँस भन्ने बुझिन्छ /जनाउँछ,)
    (यार +चा =यार्चा)
    २)(गुन=भन्नाले हिउँद,र बु=भन्नाले किरा भन्ने बुझिन्छ/जनाउँछ,)
    (गुन +बु =गुन्बू )
    यार्चा गुन्बू भन्न नजाएर अपभ्रंसा भै यार्सा गुम्बा भनिएको हो/र हिमाली क्षेत्रमा बसोबास गर्नेहरुले पनि तिनै अपभ्रंसा भएका शव्दलाई अन्ध धुन्ध पछ्याएर हिंडेका हुन्/

    Reply
  10. Jivan says:
    June 10, 2013 at 2:08 am

    कृष्ण खाऊचा जी, मैले जाने अनुसार It can be found
    only at high altitudes(at an altitude of 3000-5000 m) in Tibet, Nepal, China, Bhutan and North-East India.

    Reply
  11. kedar says:
    June 10, 2013 at 1:22 am

    हर्क जी तपैले भने जस्तो पनी हुन सक्छ र हुनु पर्छ, मनाङ्गबासि कै लागि मनाङ्गमै मनाङ्गे ल्याबमै मनग्गे उत्पादन हुन सके मनग्गे भित्रिने बिदेशी मुद्राले धन कमाउन राजनीति गर्ने हाम्रा महान इमान्दार नेताहरुको भलो हुन्थ्यो की ?

    Reply
    1. Bibek Dhakal says:
      June 10, 2013 at 2:18 pm

      पैसा छाप्ने मेसिन आविस्कार भाको दीन पक्कै बन्ला मानांगमा तेस्तो ल्याब :p

      Reply
  12. neerose says:
    June 9, 2013 at 10:41 pm

    हो हो,
    मलाइ नि त्यो पेम्बा दाइले सुनाको मिथक कथा नै सहि लाग्यो! तर यार्चाधुम्बुको दिमागबाट घास होइन लिङ्ग निस्केको हो! त्यो फुच्चेहरुले गुरु नहुदा गुरुकी अप्सरा जस्ती छोरी र बुढीलाई यौन प्यास मेटाइदिदा गुरुले भेट्टायर श्राप दियो!
    ‘ त बजियाहरु किरा बनेस, तिमारुको लिङ्ग दिमागबाट टाउको छेडेर पलाओस र टुप्पामा गयर बांगीयोस, तिमरुलाई जसले भोग गर्छ तिनीहरुको लिंगपनी सम्भोग को बेल्ला सुन्नियोस!’ यसै भनेर श्राप दियका होला क्या!
    अनि तेस्तो भाको होला, होला होइन हो क्या!
    सत्ययुगको कुरा कलियुगमा आयर अलिकति फरक त परिहाल्छानी!

    Reply
  13. Sam says:
    June 9, 2013 at 10:12 pm

    यसको उत्पादन नेपालको अरु ठाउमा पनि गर्नुपर्यो …..

    श्याम गिरी
    USA

    Reply
  14. Mk says:
    June 9, 2013 at 9:40 pm

    ‘एसको’ , एस्तो ‘भाउ’ हुनुको गाँठी कुरो चै के रै छ त, गाँठे ?

    Reply
  15. कमल शर्मा यु ए इ says:
    June 9, 2013 at 9:19 pm

    हर्क जीको कुरामा म पनि सहमत छु यदि यसरी नै यार्सागुम्बाको माग बढ्दै जाने हो भने केहि दिन पछि ल्यावमै यार्सागुम्बा अवश्य उम्रन्छ र त्यहि नै असली यार्सागुम्बा भन्दै अर्धनग्न महिलालाई देखाएर मिडियाहरु कुर्लन थाल्छन,अनि संसार त्यसैलाई सहि भन्छ |

    Reply
  16. Uddav Bhandari says:
    June 9, 2013 at 7:42 pm

    What is the English name of the यार्सा गुम्बा ??

    Reply
  17. Chiran says:
    June 9, 2013 at 7:36 pm

    एस्तो लाभकारी चीजको ब्यबसायिक तरिकाले (खेति भनौ या पालन अथवा उत्पादन) गर्न सक्ने हो भने त मालामाल भईन्छ जस्तो लाग्यो | यो कीरा लाइ आफ्नै बारीमा पाल्न मिल्ने रैछ कि नाइँ बुझौ न सालोक्य जी | मिल्ने रैछ भने मनाङ्ग तिरै एक टुक्रो बारी किन्नु पर्ला |

    Reply
  18. द्रोण says:
    June 9, 2013 at 7:02 pm

    यता राजधानीमा तालुमा आलुफल्दै गर्दा , उता मनाङ्गमा दिमाग मा घास उम्रन भ्याए छ |

    Reply
  19. श्रेया नेपाली says:
    June 9, 2013 at 6:26 pm

    म कृषि बिज्ञ भएको कारणले केहि लगानी गरेर यार्सा को खेति नै गर्न सक्ने सम्भावना देख्छु भलै एसको लागि बिस्तृत अनुसन्धान आवोस्यक छ. कसो होला साथि हो च्याउ खेति गरेको जस्तै controlled environment मा यार्साको खेति गर्न? कि चीनले बाघ पालन सुरु गर्न खोज्दा बाघ पाल्न सुरु गरे बाघ नै भैसी सरह सामान्य हुने र कुनै मूल्य नै नहुने जस्तो पो हुने हो कि.

    Reply
  20. dharmendra says:
    June 9, 2013 at 5:28 pm

    हा……..हा………हा दिमाग मा घास ??????????? ठ्याक्कै नेता हरु जस्तै!!!!!!!!!!
    फरक येत्ति छ ,,,यार्छाकोगुम्बाको भाउ बढ्दो छ नेताहरुको सम्पति बढ्दो छ

    Reply
  21. dharmendra says:
    June 9, 2013 at 5:22 pm

    येतै तिरको विद्यार्थीले गुरु आमा संग कु कर्म गरेकोले येतै मात्र पाइञ्छ होला काउचा जी , अब नेपाललाइ बिश्वो सामु चिनाउने तिन चिज भए
    १ . सगरमाथा
    २ . बुध्ध
    ३. यार्छागुम्बा
    ४. ,,,,,,,,,,,,,,

    Reply
  22. lok nath sigdel elmhurst newyork usa. says:
    June 9, 2013 at 3:50 pm

    मनांग तिर मुन्तिदा, यार्चागुम्बा घिचेर, फोटो खिचेर, झुशिलकिराको कथा रचेर, मनांग को गाउमा बसेर, चिसोमा नाचेर, दाँत देखाई हाँसेर, पिरती गाँसेर, बैद्य संग सरिर जाँचेर ,यार्चागुम्बा को कथा छातीमा टाँसेर, lactop बोकेर ,छ्यांग धोकेर आउनु पर्ने नि त sir ….!!!

    Reply
  23. Pradumna says:
    June 9, 2013 at 3:18 pm

    बर्जित भाको ठाउँमा यौन सम्पर्क गरेर पो यार्सागुम्बा जन्मेको रैछ , तेइ भएर होला यार्सागुम्बाले पनि बदला लिन यौन उत्तेजना बढाउने औसधि बनेर जन्मेको अनि तेती बिधि महँगो भा को, येसैलाई भन्छन् ढाडमा टेकेर कुन्नि कता हो हान्ने !!!

    Reply
  24. shyam says:
    June 9, 2013 at 3:17 pm

    Once in a foreign-land I told to the foreigners about a specific creature which is available may be only in Nepal. Many wondered what was that. Some said Yeti. I said no. The creature that I told them about was: initially it is an egg, later that crowls,flies and then hibernates inside it’s own cocoon. Half of the creature’s life-span is an animal, the later half of that is neither an animal nor a plant. I named the creature: ANIPLANT. They thought that it must be huge, dreadful and dangerous. This story made most of them astonished some just LOL. That was actually: YARSAGUMBA

    Reply
  25. xyz says:
    June 9, 2013 at 1:57 pm

    We recently had Dr. Babur Ram Bhatta+Rai (that is bahun plus janajati) explaining Maoists to be butter-fly (putali), NC to be larve and UML to be an egg. Probably, he must have taken the idea from Shushil Koirala being called “Jhusil Kira”. If NC is a jhusil kira soon it may tranform into Yarsaghumba, or a political viagra.

    Reply
  26. Raju Rana - Mahendra says:
    June 9, 2013 at 1:34 pm

    लु होइन अब बिदेस को जागिर छोडेर मा नि जाम जाम जस्तो लग्यो यार्सागुम्बा टिप्नको लागि —कति कच् कच् सहने यहाँ उस …..जाम कि क्या हो मा पनि जिम खाना भने गित को झझल्को पो आयो गाठे!!!

    Reply
  27. Suman bhote says:
    June 9, 2013 at 1:10 pm

    यति महगो चिज रहेछ….येसो तपाई को कुरा सुन्दा बाताबरण लाई पनि फरक नपर्ने रहेछ किरा टिप्दा….. कुहियेरै जाने चिज बेज्दा राम्रै हो…. सबै कीरालाई त ढुसी लाग्दैन होला, नत्र पुतलीको जिबन चक्र नै समाप्त हुन्थ्यो होला……. येसो phd पड्ने साथि लाई सोद्नुस न… एसको खेति गर्न सकिदैन भनेर…. केहि त उपाए छ होलानी त…..
    पुतली को सन्रक्छन गर्न पनि जरुरि छ…..

    Reply
  28. deepak says:
    June 9, 2013 at 12:24 pm

    हैन यो यार्सागुम्बा ले के काम गर्छ येकचोिट खुलुस्त पार्दिनुस् न. के यो िभएग्रा को जस्तो हो??

    Reply
  29. राम राज says:
    June 9, 2013 at 11:42 am

    उत्तम/सालोक्य जी,

    तपाईले यस मा राम्रै अध्धयन र अनुसन्धान गर्नु भएको जस्तो छ | मलाई धेरै अगाडी देखि मन मा लागेको कुरा के भने यसलाई रेशम किरा को खेति गरे जस्तै गरि फार्म मा खेति गर्न सकिन्न ?? यदि सकिने भए उपयुक्त हावा पनि भएको ठाउँ मा तेस्तो खेति गर्न सके त देश ले छलाङ्ग मार्थ्यो होला |

    Reply
  30. राम चन्द्र says:
    June 9, 2013 at 10:24 am

    सालोक्य जि अब हुम्ला तिर कैले मुन्टिने त ? मनाङ तिर यार्सागुम्बा हतार मा टिप्न जादा गुल्टिनु होला बिचार गर्नुस् । अपडेट को लागि धन्यवाद ।

    Reply
  31. लेखनाथ काफ्ले says:
    June 9, 2013 at 10:23 am

    साथीहरु, यार्शागुम्बा अहिले पनि, चीन, मलेसिया, सिंगापुरमा प्रयोगशालामा उत्पादन हुन्छ. प्रयोगशालामा उत्पादित यार्शाको गुणस्तर हिमाल तिर प्राकृतिक रुपमै बिकाश भएका यार्षा जतिकै न भए पनि लगभग उस्तै चाहिँ हुदा रैछन. मैले त्यो बिषयमा केहि समय अनुशन्धान गरे पछि थाहा पाएको निष्कर्ष हो. दक्षिण कोरियामा एकजना नेपाली बैज्ञानिक पनि यार्शागुम्बाकै बिषयमा लामो समय काम गरिरहेका छन्. उनसंग नेपालको यार्षा बारे लामो अनुशन्धान गरेको अनुभब र रिपोर्टहरु छन्.

    Reply
  32. Ramsharan says:
    June 9, 2013 at 9:27 am

    I am very happy to read this news

    Reply
  33. शशांक लामा, न्युयोर्क says:
    June 9, 2013 at 9:21 am

    झट्ट हेर्दा त सुकेको खोर्सानीको ढेंडी जस्तो पो देखिँदो रहेछ| यसको नाम यार्सागुम्बा, यार्चागुम्बा नभएर यचगुन्बू हो है | जानी राखौं| यसको नाम तिब्बती भाषामा राखिएको छ | शब्द संयोजन गरेर छोटकरी नाम दिइएको छ : जसको अर्थ हुन्छ -बर्षा घाँस, हिउँदो कीरा

    Reply
  34. कुसुम ज्ञवाली says:
    June 9, 2013 at 9:07 am

    यैान भन्दा माथिल्लो अानन्द दिने ध्यान सिकाउने पनि नेपाल (बुध्द), यैान शक्ति बर्धक प्रभावकारी अैाषधीको रूपमा पनि चर्चित यो यार्चागुम्वा निर्यात गर्ने पनि नेपाल, प्रकृतिले हामीलाइ के दिएको छैन र…? बेपार गर्न सके नेपालबाट धेरै चीज थिए निर्यात गर्न सकिने चीज, तर “अायात गरिएका” केही थान टाउका दिएर पो मार्यो त ।

    Reply
    1. shyam says:
      June 10, 2013 at 4:42 pm

      सम्भोग देखि समाधि सम्म पुग्नु पनि त् एउटा लक्ष्य नै हो नि होइन र?

      Reply
  35. radheshyam Thapa says:
    June 9, 2013 at 8:52 am

    वास्तबमा त्यो सराप त् प्रचण्डको छोरा प्रकाशलाई दिनु पर्ने हो /

    Reply
  36. Bj Grg says:
    June 9, 2013 at 8:06 am

    यात्राको पनि बर्णन गर्नु पर्यो सालोक्य ज्यु ………..

    Reply
  37. Harke says:
    June 9, 2013 at 6:55 am

    संसारमा ज्ञान-बिज्ञानलाइ जित्न सक्ने त कोहि पनि छैन……………..तर पनि यो, सुन भन्दा महँगो यार्शागुम्बा अन्तत: ल्याबमा नै उत्पादन हुन थाल्नेछ र मनांग (र छिमेकी) जिल्ला बासी जिल्लिने पो हुन् कि भन्ने डर पो लाग्यो हर्केलाई !

    Reply
    1. पुष्प says:
      June 9, 2013 at 10:39 am

      ल्याबमा सुन ‘फल्ने’ कुरा नगर्नुस् न हर्केजी । प्रकृतिलाई कसैले जित्न सक्दैन ।

      Reply
      1. Harke says:
        June 10, 2013 at 10:25 pm

        यहाँ भने “प्रकृतीको” आडमा कमाओबादिको वकालत गर्न मन लाग्यो जस्तो छ, कामारेड पुष्पलाइ !

        Reply
        1. पुष्प says:
          June 11, 2013 at 10:57 am

          ताईं न तुईंको कुरो … । अमेरिकालाई लादेनको भूतले नछोडेझैं हर्केजीलाई माओको भूतले नछोडेजस्तो छ । कुनै बेला चीनतिर जाँदा रामधुलाइ त पाउनुभाथेन ?

          Reply
  38. कृष्ण काउचा, बाग्लुंग says:
    June 9, 2013 at 6:34 am

    सालोक्य जी….नुन भन्दा सुन महँगो, सुन भन्दा हिरा महँगो,त्यो हिरा भन्दा पनि….? यार्सागुम्बा भन्ने किरा महँगो //// के यो अजिव लाग्ने किरारुपी जडिबुटी नेपालको हिमाली भेगमा मात्र पाइदोरहेछ त ?????? यसो हजुर मनांगको यात्रामा मुन्टीएको बेला प्रस्त्याएर आउनु होला…….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme