Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटो पठाएर एक लाख जित्ने हैन त?

Posted on July 2, 2014July 2, 2014 by mysansar


फोटो पत्रकारहरुको संस्था पिजे क्लबले नेपालकै सबैभन्दा बढी पुरस्कार राशी भएको फोटो प्रतियोगिता नेपाल फोटो प्रतियोगिता २०७१ का लागि फोटो आउने क्रम जारी रहेको बताएको छ। फोटो पठाउने अन्तिम समय असार २३ गते (जुलाई ७) राति १२ बजेसम्म हो। यसअघि तीन पटक संस्थाले यस्तो प्रतियोगिता आयोजना गरिसकेको छ। यो नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्रतियोगिता हो, जहाँ व्यावसायिक फोटो पत्रकार, पत्रकार र सौखिन फोटोग्राफरका हजारौं फोटो एउटै मञ्चमा भेला हुन्छन्। नेपालभित्र खिचिएका फोटो विश्वका जुनसुकै देशबाट नेपाली नागरिकले पठाएर सहभागी हुनसक्छन्। यसमा ७ वटा विभिन्न विधामा फोटो पठाउने व्यवस्था गरिएको छ।
‘फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेलेे नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

कस्ता कस्ता विधा छन् र पोहोर ती विधामा कस्ता फोटो सबमिट भएका थिए, नमूना हेरौँ-

सामसुङ ग्यालेक्सी एस फोर दैनिक जीवन

दैनिक जीवनसम्बन्धी फोटोले मानिसको दैनिकीलाई क्याप्चर गर्छ र समसामयिक विषयलाई उजागर गर्दछ। यस्ता फोटोले सम्झना र मानवीय जीवनका कथाहरुलाई जिवन्त राख्नुका साथै फोटोग्राफी कलालाई प्रस्तुत गर्दछ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Raising Cattle (Place: Taken in Lamjung, Nepal on Gurung Heritage Trail) Abhinab Bahadur Basnyat
Raising Cattle
(Place: Taken in Lamjung, Nepal on Gurung Heritage Trail) Abhinab Bahadur Basnyat
Education and hardship in the mountain( Everest region) Dinesh Maharjan
Education and hardship in the mountain( Everest region) Dinesh Maharjan
Daily life of a Sadhu sitting on one of the shrine waiting for tourist to take their picture and earn money from tourist at Pashupatinath temple followed by a hindu brahmin walking towards Guheshwori temple and a man reading newspaper.  Chemi Dorje
Daily life of a Sadhu sitting on one of the shrine waiting for tourist to take their picture and earn money from tourist at Pashupatinath temple followed by a hindu brahmin walking towards Guheshwori temple and a man reading newspaper. Chemi Dorje

प्रकृति र वन्यजन्तु

वन्यजन्तुको सुन्दर पक्षलाई उजागर गर्न यस्तो फोटोग्राफी उपयोगी हुने गर्छ। प्रकृति र वन्यजन्तुको सुन्दरता मात्र नभई त्यसका अन्य सुक्ष्म विषयलाई यस्तो फोटोग्राफीले प्रस्तुत गर्दछ। प्रकृति र वन्यजन्तु विधामा वनस्पति र जनावर, भौगर्भिक प्रकृया, मौसमको अवस्था, पानी, वन्यजन्तु, चट्टान, जंगल वा अन्य प्रकारका प्राकृतिक गतिविधि क्याप्चर हुन सक्छ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Tashi Rapte Ghale
Tashi Rapte Ghale
Rabi Manandhar
Rabi Manandhar

पर्यटन र संस्कृति

सभ्यता र संस्कृतिको धनी गौरवमय नेपाल उत्सुक पर्यटकहरुको आकर्षणको केन्द्र हो। नेपाललाई संस्कृति, सुन्दर स्थान, प्राकृतिक बिविधता वा अन्य विषयमार्फत पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्‍याउने खालका फोटोहरु यो विधाका लागि उपयुक्त हुन सक्छन्।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Young girls spread waters with helps of bushes while taking holy bath during Rishi Panchami festival.  Celebrated on the Panchami (Fifth Day) of Shukala Paksha (Waxing moon period) in the Hindu Month of Bhadrapada, Nepali women take a holy both early in the morning to mark the Rishi Panchami Festival and seek forgiveness from Sapta Rishis( seven saints) for the sins committed during their monthly periods throughout the year. Photo By: Shruti Shrestha
Young girls spread waters with helps of bushes while taking holy bath during Rishi Panchami festival. Celebrated on the Panchami (Fifth Day) of Shukala Paksha (Waxing moon period) in the Hindu Month of Bhadrapada, Nepali women take a holy both early in the morning to mark the Rishi Panchami Festival and seek forgiveness from Sapta Rishis( seven saints) for the sins committed during their monthly periods throughout the year.
Photo By: Shruti Shrestha
Tourists ascending Kalapatthar to see the top of the world, MountEverest. Also seen fantastic view of Mount Pumori. Photo: Susheel Shreshtha
Tourists ascending Kalapatthar to see the top of the world, MountEverest. Also seen fantastic view of Mount Pumori. Photo: Susheel Shreshtha
सौराहा, चितवनमा पर्यटकहरु हात्तीमा चढेर वन जंगल घुम्दै । विजय मगर
सौराहा, चितवनमा पर्यटकहरु हात्तीमा चढेर वन जंगल घुम्दै । विजय मगर

समाचार फोटो

फोटो, जसले समाचार भनुन। राजनीति, समाज गतिविधि, अर्थ वा खेलकुदका समसामयिक विषयमा आम जनतालाई सुसुचित गर्ने खालका फोटो समाचार फोटोको विधामा समेटिन्छन्। यो विधाका लागि वर्ष २०७० मा क्याप्चर गरिएका फोटो मात्र लायक हुनेछन्। कुनै सञ्चार माध्यममा प्रकासित वा अप्रकासित सबैखाले फोटो स्वीकार्य हुनेछन्।

हेर्नुस् पोहोरका सबमिसन-

A buffalo is stranded at the gandaki river due to the floods brought by the avalance at annapurna region.10 people are feared to be dead and several others are suspected to be dead due to the disaster.Pokhara,Nepal. Photo: Bijaya Babu Neupane
A buffalo is stranded at the gandaki river due to the floods brought by the avalance at annapurna region.10 people are feared to be dead and several others are suspected to be dead due to the disaster.Pokhara,Nepal. Photo: Bijaya Babu Neupane

आरजे स्पोर्टस खेलकुद

खेलकुदको कुनै प्रतियोगिता वा घटनाको मुख्य क्षणलाई क्याप्चर गरेको फोटो यो विधाका लागि उपयुक्त हुन सक्छ। यो विधामा फोटोले खेलकुदसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने खेलाडी, प्रशिक्षक, समर्थक, अधिकारीहरु समेट्न सक्नेछ।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

Sunday Eze Lawrence of Three Star Club (white jersey) jumps as Saroj Dahal of Madhyapur Youth Association tackles the balls during NCell Cup Football Tournament at Dashrath Stadium, Tripureshwor, Kathmandu on Thursday.  photo by kaushal adhikari
Sunday Eze Lawrence of Three Star Club (white jersey) jumps as Saroj Dahal of Madhyapur Youth Association tackles the balls during NCell Cup Football Tournament at Dashrath Stadium, Tripureshwor, Kathmandu on Thursday.
photo by kaushal adhikari
Passion for the GAME Players of Janasewa Higher Secondary School ‘B’ and a player of Laboratory Higher Secondary School playing Final Game of Oscar cup 2068 organized by Panga Youth Forum in premises of Janasewa Higher Secondary School, Panga on 20 August, 2011, Due to the heavy rain the ground was full of mud.  Photo: Narayan Maharjan
Passion for the GAME
Players of Janasewa Higher Secondary School ‘B’ and a player of Laboratory Higher Secondary School playing Final Game of Oscar cup 2068 organized by Panga Youth Forum in premises of Janasewa Higher Secondary School, Panga on 20 August, 2011, Due to the heavy rain the ground was full of mud. Photo: Narayan Maharjan

शिखर इन्सुरेन्स नेपाल स्माइल

रमाइलो अनुभुति समेटेका फोटोहरु, जसले खुसी र मानिसका लागि सुखद भविश्यको आशा जगाउन सकोस्- यस्ता फोटोहरुलाई लक्षित गरी यो विधा समावेश गरिएको हो। खासगरी जस्तोसुकै परिस्थितिमा भएपनि हँसिला बालबालिका यसको आकर्षण हुन सक्छन्। यो विधा खासमा समाजमा संघर्ष गरिरहेकाका लागि उपकारी अभियान चलाउने उदेश्यका साथ समावेश गरिएको हो। विपन्न वर्गका वालवालिकाको सहयोगार्थ राखिएको हो। यो विधामा फोटो सबमिट गर्नका लागि छुट्टै सर्तहरु लागू हुनेछन्।

हेर्नुस् पोहोरका केही सबमिसनहरु-

A woman in her smiley and mud her face during Aasar-15 festival, popularly known as Paddy Day (Dhan Diwash) Photo:  Bikash Dware
A woman in her smiley and mud her face during Aasar-15 festival, popularly known as Paddy Day (Dhan Diwash) Photo: Bikash Dware
झुपडीकी राजकुमारी – वीरगन्ज चिनिमिल नजिकको डोमबस्तीमा तस्वीर खिचाउदै ७  बर्षिय काजोल मलि।  ठूली भएपछि दाइजो बढी दिनुपर्ने  नियमका कारण अभिभावकले काजोलकोे विहेको  लागी अहिल्यै नै  केटा खोज्न थालीसके। तस्वीर – उपेन्द्र लामिछाने
झुपडीकी राजकुमारी – वीरगन्ज चिनिमिल नजिकको डोमबस्तीमा तस्वीर खिचाउदै ७ बर्षिय काजोल मलि। ठूली भएपछि दाइजो बढी दिनुपर्ने नियमका कारण अभिभावकले काजोलकोे विहेको लागी अहिल्यै नै केटा खोज्न थालीसके। तस्वीर – उपेन्द्र लामिछाने

फोटो कथा

फोटोहरु जीवनका खुसी र घटनाक्रमहरुको साक्षी हुनेछन्। …सभ्य’ दुनियाको नजरमा नपरेका विषयलाई उजागर गर्ने फोटोग्राफरको धैर्य र मेहनतलाई यो विधाले मान्यता प्रदान गर्नुका साथै सम्मान गर्नेछ। फोटोग्राफरले कुनैपनि घटनाको निर्दयीपना तथा वियोगका कथा यो विधामा खुलेर प्रस्तुत गर्न सक्छन्। यसले आवस्यकता र अभाव, मानिसको असुरक्षित अवस्था, शिक्षाको अवसर अभाव तथा अन्य विषयको विकासक्रम उजागर गर्नेछ ।

पोहोरको सबमिसन हेर्न यहाँ क्लिक गर्नुस्

अरु फोटोहरु यहाँ हेर्नुस्

जजहरु को त?

प्रतियोगिताको ५ सदस्यीय निर्णायक मण्डल रहेको छ – बेलायतका वरिष्ठ फोटोपत्रकार जर्ज जर्जियोको अध्यक्ष रहेको मण्डलमा , वरिष्ठ फोटोग्राफर मणी लाम, वरिष्ठ पत्रकार जिवेन्द्र सिम्खडा, वरिष्ठ आर्ट क्युरेटर सिर्जना थापा र फोटोपत्रकार क्लबका अध्यक्ष प्रकास माथेमा।

तपाईँ पनि भाग लिने हो त ?

नियमहरु थाहा पाउनुस्-
– फोटो सबमिट गर्न दर्ता शुल्क लाग्नेछैन।
– सहभागी फोटोग्राफर नेपाली नागरिक हुनुपर्नेछ।
– प्रतिस्पर्धामा सहभागी फोटो नेपालमा खिचिएको र आवदेक आफैले खिचेको हुनुपर्नेछ।
– यस प्रतिस्पर्धामा यसअघि सबमिट गरिसकिएका फोटो पुन : सबमिट गर्न पाइनेछैन।
– प्रतिस्पर्धीले सबै विधामा भाग लिन पाउनेछ र हरेक विधामा बढीमा तीनका दरले सम्म फोटो दर्ता गर्न पाउनेछ। एक प्रतिस्पर्धीले बढिमा १८ सम्म (फोटो स्टोरीबाहेक) फोटो दर्ता गराउन सक्नेछ। हरेक विधामा सुरुमा दर्ता गराइएका तीन फोटोमात्र प्रतिर्स्धामा सामेल हुनेछन्। कसैले कुनै विधामा तीनभन्दा बढि फोटो दर्ता गराए पछिल्ला फोटोहरु स्वत अयोग्य हुनेछन्।
– फोटो कथा : एक सहभागीले दुईसम्म फोटो कथा दर्ता गराउन पाउनेछ। हरेक फोटो कथामा कम्तिमा दुई र बढिमा १२ सम्म फोटो समावेश गर्न पाइनेछ।
– समाचार : यो विधामा दर्ता गराइएका फोटोहरु विक्रम सम्बत २०७० सालमा खिचिएको हुनुपर्नेछ। अन्य विधामा भने समयसीमा लागू हुनेछैन।
– विगतमा यही प्रतिस्पर्धा वा देशभित्रका अन्य प्रतिस्पर्धामा पुरस्कार जितिसकेका फोटोहरु प्रतिस्पर्धाका लागि योग्य हुनेछैनन्।
– फोटोको कन्टेन्टमा कुनै परिवर्तन गर्न पाइनेछैन। थोरै क्रपिङ भने गर्न पाइनेछ। डडजिङ, बर्निङ, सार्पेनिङ, कन्ट्रास्ट र थोरै कलर एड्जस्टमेन्टजस्ता विषयमा सामान्य एडिटिङ गर्न पाइनेछ। तर, त्यसले फोटोको वास्तविकतामा कुनै परिवर्तन ल्याएमा भने त्यो अयोग्य हुनेछ। फोटोका यस्ता सबै प्राविधिक विषयको निर्क्यौल गर्ने सम्पूर्ण अधिकार जुरीमा नीहित हुनेछ।
– हाई डाइनामिक रेन्ज तस्विर (एचडिआर) र वाटरमार्क स्वीकार गरिनेछैन। पानोरामिक इमेजका लागि धेरै तस्विरको स्टिचिङ मान्य हुनेछ, तर त्यसको विस्तृत विवरण पेश गर्नुपर्नेछ।
– सबै फोटो डिजिटल फाइलमा हुनुपर्नेछ। अन्य रुपका फोटो स्क्यान गरेर डिजिटल रुपमा परिवर्तन गरी दर्ता गराउनुपर्नेछ।
– फोटो २००० पिक्सल (वाइडर साइड), ३०० डिपिआईको हुनुपर्नेछ। फोटोको फाइल साइज ३०० केबी – १ एमबी हुनुपर्नेछ। फोटो जेपिजी/जेपेग फाइल फर्म्याटमा हुनुपर्नेछ।
– विजेता फोटो र प्रदर्शनीमा राखिने फोटो जुरी प्यानलले छनोट गर्नेछ।
– प्रदर्शनीका लागि योग्य भएका तथा विजेता घोषित फोटोहरुका कपि राइट एक वर्षका लागि फोटोपत्रकार क्लबमा नीहित हुनेछ। तर, फोटोको सम्पूर्ण क्रेडिट फोटोग्राफरलाई नै दिइनेछ।
– प्रायोजकहरुले आफ्नो विज्ञापन वा अन्य प्रवर्दनात्मक कामका लागि विजयी फोटोहरु फोटोग्राफरलाई क्रेडिट दिएर एक वर्षका लागि उपयोग गर्न पाउनेछन्।
– फोटोमा सम्पूर्ण अधिकार सहभागीको हुने भए पनि फोटो पत्रकार क्लब र क्लबका मिडिया सहयात्रीलाई प्रदर्शनी, पुनउत्पादन, लेखनलगायतका प्रयोजनका लागि उपलब्ध गराउन सकिनेछ। मिडिया सहयात्रीमा प्रकाशन, वेबसाइट र सामाजिक सञ्जाल पर्न सक्नेछन्। साथमा क्लबले शैक्षिक, प्रवर्दन, प्रचार, प्रदर्शनी र आर्काइभजस्ता प्रयोजनमा पनि फोटोग्राफरलाई क्रेडिट दिएर फोटो प्रयोग गर्न सक्नेछ।
– सहभागीले आफ्नो फोटो फोटो पत्रकार क्लबले प्रकाशन गर्ने फोटो पुस्तकमा प्रयोग गर्ने अनुमति दिनुपर्नेछ। फोटो पत्रकार क्लबले फोटो पुश्तकमा फोटो प्रयोग गरेवापत फोटोग्राफरलाई क्रेडिट दिनेछ। त्यसबाहेक सर्बाधिकार फोटोपत्रकार क्लबमै रहनेछ।
– जजिङ राउन्ड सकिएपछि सहभागिले प्रकासनका लागि हाई रिजोलुसन फोटो उपलब्ध गराउनुपर्नेछ।
– अनलाइन दर्ताका लागि २०७१ असार २३ गते मध्यरातसम्मको समयसिमा तोकिएको छ।
– विजेता वा छनौट भएको फोटोमा कुनै किसीमको दावी वा बिरोध भएको वा आयोजक समक्ष उजुरी परेको खण्डमा आयोजकले छानबिन गरी निर्णयदिने अन्तिम अधिकार आयोजक कमिटी र कार्यक्रम संयोजकमा निहित रहने छ। यसको निर्णयनै अन्तिम हुनेछ।
– विजेता फोटोको घोषणा काठमाडौंमा प्रदर्शनी उदघाटनमा दिइनेछ।

फोटो पठाउन यहाँ क्लिक गर्नुस‌्

[Disclaimer: माइस‍ंसार यो प्रतियोगिताको अनलाइन पार्टनर हो। यसवापत् कुनै आर्थिक कारोबार भएको छैन]

4 thoughts on “फोटो पठाएर एक लाख जित्ने हैन त?”

  1. Arati says:
    July 7, 2014 at 2:59 pm

    Buffalo’s picture is disturbing

    Reply
  2. गोपी says:
    July 4, 2014 at 12:22 am

    नेपाल मै खिचिएको फोटो हुनुपर्ने भनिएकोले अलि चित्त बुजेन ,,
    बिदेसमा रहेका नेपालि हरु को बिबिध समस्या र अवस्था को
    बारेमा बिदेस मै बसेका नेपालि ले उतारेका तस्बिर लाइ किन
    समाबेस नगराउने ??

    Reply
  3. kaji godar (Doha Qatar) says:
    July 3, 2014 at 6:58 pm

    All photographs are beautiful, out of that photo of (buffalo stranded the Gandaki river due to the floods) touch in my heart.

    Reply
  4. niraj says:
    July 3, 2014 at 12:35 pm

    Can i send same photo in two categories ?
    i would request you to find me the answer for my query ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme