आज सरस्वती पूजा, बसन्त पञ्चमि, श्रीपञ्चमि। स्कूले जीवनमा यो पर्वको महत्त्व नै बेग्लै हुन्थ्यो। घरनजिकैको मन्दिरमा पूजा गर्न जान्थ्यौँ। त्यहाँको सरस्वती मन्दिरमा चकले आफ्नो नाम लेख्थे मानिसहरु। मैले पनि आजभोलिका मान्छेहरुले बोक्ने आइप्याड जत्रो कालो सिलोटमा सेतो चकले कोरेर पहिलो पटक अक्षर लेखेको अलिअलि सम्झना छ। कहिलेकाहीँ हामी स्वयम्भूको मञ्जुश्री मन्दिरमा पनि पुग्थ्यौँ। त्यहाँ पनि ठूलै भीड हुन्थ्यो मानिसहरुको। आज वर्षौँपछि मञ्जुश्री पुगेर केही फोटो खिचेको थिएँ। हेरौँ फोटोहरु।
माता सरस्वतीको प्रशंसा गरिएको मन्त्र ‘या कुन्देन्तुसारहार धवला…’ सानोमा कण्ठ थियो। संस्कृतको मन्त्र मात्रै कण्ठ थियो, अर्थ भने थाहा थिएन। मन्त्रको अन्त्यतिर ‘निःशेषजाड्यापहा’ भन्नुपर्थ्यो, मलाई चाहिँ ‘जड्याहा’ भने जस्तो मात्र लाग्थ्यो। ‘जड्ता अन्त गर’ भनेको रहेछ खासमा। तर त्यो उमेरमा जड्ताको अर्थ के थाहा हुनु। सँधै सतर्क, अलर्ट रहन सकौँ भनेको हो भनेर कसैले सिकाएन, धेरै पछि मात्र थाहा भयो। धन्न, सरस्वतीको पूजा गर्दैमा पास होइन्छ भन्ने चाहिँ मनमा कहिल्यै पनि आएन, त्यसरी कसैले पनि सिकाएन। बरु सरस्वतीको स्मरणले आत्मविश्वास भने बढ्थ्यो। संस्कृतका मन्त्रहरुलाई कसैले जतिसुकै आलोचना गरुन्, मलाई भने ती मन्त्रहरु उच्चारण गर्दा ध्वनिमा हुने कम्पनमा केही न केही शक्ति छ भन्ने अझै पनि लाग्छ। पश्चिमी ज्ञानमा बढी जोड दिइएकोले पूर्वीय ज्ञान पछि नै पर्यो। संस्कृतमा लेखिएका परम्परागत ज्ञानहरु पाउन हामी वञ्चित रह्यौँ। परम्पराका नाममा फलानो दिनमा फलानो ठाउँमा स्नान गरे सात जुनीको पाप कट्छ भन्ने वाहियात ज्ञानमात्रै हामीलाई दिइयो।
सनातन धर्ममा प्रतीकको धेरै अर्थ हुन्थ्यो। त्यही भएर देवीदेवताहरुलाई पनि प्रतीकात्मक रुपमा प्रस्तुत गरिन्छ। स्वच्छताको प्रतिक सेतो लुगा, सत्य र झुट छुट्याउन सक्ने अर्थमा दूध र पानी छुट्याउन सक्ने राजहाँस वाहन, ज्ञानलाई बढी महत्त्व दिने अर्थमा सामान्य आभूषण। गणेश, शिव र सरस्वती मेरो विद्यार्थी जीवनमा सबभन्दा फेभरेट देउता थिए। केही जानेर हैन, नजानिकनै। जसले जेसुकै भनेर डिफेन्ड गरुन्, हाम्रो धर्ममा मलाई सबभन्दा मन नपर्ने नै बलिप्रथा नै हो। सरस्वतीको मन्दिरमा भने धन्न कहिल्यै कसैले बलि चढाउँदैनन्।
आजको दिन बच्चाहरुलाई अक्षर लेख्न सुरु गराउने दिनका रुपमा पनि लिइन्छ। तर त्यसरी लेख्दा सरस्वती मन्दिरको भित्ता नै फोहोर पार्नु भने कहाँको बुद्धिमानी हो हरे! त्यस्ता शुभ्रवस्त्रावृता अर्थात् स्वच्छताको प्रतीक सेतो पहिरन लगाउने देवीबाट हामीले सिकेको यही उनको मन्दिर वरपरको भित्ता फोहोर गर्ने हो त ?
आज बसन्त उत्सवमा कामदेव र रतिको पनि पूजा गरिन्छ। तर सरस्वती मन्दिरमा चाहिँ हैन भन्ने कुरा यिनीहरुलाई कसले सिकाइदिओस् बरा !
मलै त नेपाली अक्य्छर कसैले पनि न लेखयको देख्हा दुखः लग्यो बाई!!!????
Hello – I disagree here. It may look dirty to many of us as we have been seeing the dirt everywhere in our country since its establishment. And our mission indeed appears to have become detecting dirt and still live with it. Here, the writing on walls, on walls of a specific temple, on a specific day, in particular, by kids, the future aspirations of our country and society, and for a holy purpose, is very precious tradition to me; I am proud of it. Those walls of this temple written by kids must be preserved as they are forever. I am against even to smear the walls with red mud afterward. Actually, smearing them with red mud afterwards is dirty. This belief (writing on walls of a specific temple) does not have any bad consequences on society itself as well, and nor it represents “THE DIRT TRADITION” in our country. If anyone actually wants to talk about the dirt culture as such, representing our so called civilization on that aspect, I would rather love to see articles/inputs on situations, such as, of public toilets (and more) in Kathmandu and in towns of Nepal!!!
यो पनि एक किसिमको संस्कृति नै हो यसलाई नराम्रो दृष्टिले हेर्नु पर्ने कुनै कारण नै छैन
कलिला हातले सरस्वती माता प्रति श्रध्दाले लेखिएको भित्ताको अक्षर के को फोहोर नि!! बर्षौ सफा गर्दा पनि सफा गर्ननसकिने बागमति पो फोहोर…..
From next year onward everyone should go to your home and paint your wall with the names. I hope you won’t be criticizing then.
सरस्वोति को काम लेख्न सिकाउने हो, कहाँ लेख्न हुने कहाँ नहुने काम थाहा पौने हाम्रो हो .
सरस्वति माताले मताकै मन्दिरको भित्ता कोरेर फोहोर गर्न सिकाउने आमाबाबु लाइ सद्बुद्धि दिउन| येसो गर्नुभन्दा सरस्वति पुजाको दिन एक जोडा कापी कलम ल्याएर मन्दिरमै बसी लेख्न सिकाए कसो होला? अनि सरस्वति पुजाको दिन लेखेको पाना घरमै लगेर फ्रेम गरेर, राखेर जत्ति पुजा गरे पनि भो, सिरानिमै राखेर सुते पनि भो, पर्स भित्रै कोचे पनि भो, आगो बालेर चिया पकाएर खाए पनि भो / मन्दिर को भित्ता चै फोहोर नगरौ न ब्रो हरु, तेत्ति धेरै ‘टुरिस’ आउने ठाउमा, ख्यात्र्याक्क फोटो खिचेर “मन्दिरको भित्तो येसरी फोहोर गरे’सी ‘गुर्खा’ हरुको दिमाग तेज हुन्छ रे” भनेर क्याप्सन राखेर उस्का दे’साँ ग’र इ-पत्रिकामा छपाइद्यो भने परेन फसाद?
ती दिन थिय सरस्वति मन्दिर मा गयर पुजा गर्ने, मन्दिर को भित्तामा लेखेर केटाकेटी हरुले पढ्न सुरु गर्ने . हाम्रो तिर त अझै ७ दाना चामल दन्तले नछोइकन निल्नु पर्छ, विद्द्या आउँछ पनि भन्थे. आजकल त जन्मिंदै ipad , स्मार्ट फोन, 3D tv साथमा हुञ्छ, जमाना बदलियो तर भगवान प्रति बिस्वाश अझै छ र रहिरहने छ .
रमाइलो कुरो सम्झाउनु भयो. हामी चाहिं ७ हैन ५ दाना मात्रै निल्थ्यौं, त्यसैले बुद्धि कम भएछ ०) 🙂
सरस्वती मायादृष्टा बीणा पुस्तक धरणी ; हंस बाहन संयुक्ता बिद्या दानम करोतुमे ;
मेरो सरस्वती मातालाई एक प्रश्न/ नेताहरुको दिमाग मा किन गोबर भरेउ ? जति पढाए पनि घुस्दै नघुस्ने
तीन हो कि चार दाना चामल दाँत ले नछोइकन निल्ने बेलामा कति ठुलो परिक्षा जस्तो भन् हुन्थ्यो ….
दाँत मा छोला कि छोला भनेर !!!!!!!!!!!!!!!!!!!!!!!
बाल्यकाल को सम्झना हरु !!!!!!!!
हुन त् एतिहासिक काल खण्ड मा हिन्दु धर्माबम्बि र बुद्द धारमा बलम्बी मा द्वन्द न भएका हैनन् , अझ इन्डिया मा त् इतिहास ,पुराण ले सिब मार्गी र बैश्नब बीच पनि युद्द भएको देखाउछ | रावण सिब पुजक थिए , राम बिष्णु लाइ मान्थे |
तर धेरै बुद्द भिक्ष्यु लामा हरु आज पनि बनारस हिन्दु बिश्वबिद्द्यलय मा संस्कृत पढिरहेका छन् , धेरै ले पहिले आचार्य गरिसके ,अझै यो क्रम जारि छ |
भनाइको तात्पर्य बिभिन्न उतार चडाब बीच बुद्द र हिन्दु सनातन बीच आज पनि प्रगाढ सम्बन्द न कार्न सकिन्न |
जातीय द्वेस र घृणा बोक्ने हरु त् हिन्दु , म बुद्दिस्ट भन्छ तर जरा येउ तै भएको भान हुन्छ | अझ झगडा कै कुरा गर्ने हो भने आफ्नै भाइ भाइ जत्तिको दुश्मन अरु न भएको त् कत्ति प्रमाण भेटिन्छन खैर यो कुरा न गरौ |
सरस्वति पुजा हिन्दु ,बुद्दिस्ट दुबैले मान्छ अझ इन्डिया मा त् गणेश पुजा ,सरस्वति पुजा हिन्दु ,मुस्लिम ,सिख ,जैन सबैले मान्ने लग बाग परम्परा जस्तो बसी सक्यो |
एसले सामाजिक चेतना र इन्डियन ,एसियन मा बौद्दिक बिकास भएको अनुभूति हुन्छ | येउतै समाज मा बस्न परेपछि अलि सामाजिक सदभाब राखेर एक ले आर्काको चाड बाड मा क्यान्डल जलाए मित्रता झन प्रगाड हुनेछ |
मुस्लिमले गणेश र सरस्वतिको पुजा गरेको चै यो आखाले र यो कानले अहिलेसम्म देखेको, सुनेको छैन / मै पो कुवाको भ्यागुत्तो भा’को हो कि कुवा धेरै ठुलो भा’को हो ठम्याउन अलि हम्मे हम्मे परो है शङ्कर बाबु मलाइ त /
जस्तो कि
http://www.youtube.com/watch?v=yKqWZzTDKM0
उसले माने पछि उसका करोडौ फ्यान ले पनि आस्था राख्ने नै हुनेछन |
http://www.dnaindia.com/india/report-muslims-help-pandits-to-perform-puja-in-kashmir-१८४९५१७
भारत् को तिब्र बिकास क्रम सगै अझ बढी अगि बढ्न आपसी भाइचारा को महसुस भारतीय हिन्दु र मुस्लिम बीच हुदैछ |
मुस्लिम ले आतंक कारी सम्झने र कांग्रेस को मेन दुस्मन मानिएका मोदी क्रमश मुस्लिम बीच पनि लोकप्रिय हुदैछ |
जब जब ब्यापार र आर्थिक उन्नतिको प्रश्न आउछ चीन र भारत् त् आपस मा नजिकिदै छ यो समयको माग हो |
नेपाल मै पनि भर्खर स्वतन्त्र भएकोले र संबिधान निर्माण को प्रक्रिया ले सायद यो जातीय बिबाद आएको छ नत्र एसले अध्यारो कोठामा लाने त् सबै नेपालि ले बुझेकै छन् |
फेरी हिन्दु भन्नुस बा बुद्दिस्ट बा कुनै अरु धर्म मानिस को सबै भन्दा ठुलो सत्रु आफु भित्र नै रहेको र सबै ले भाइचारा नै सिकाइ रहेको देखिन्छ |
हालै एमालेमा लोकतान्त्रिक प्रक्रिया द्वारा संसदीय नेता छाने , तेस्तै अरु पार्टीले पनि क्रमश प्रजातान्त्रिक अभ्यास मा जानेछ जब पार्टी र देश मा विभेद मेटिनेछ अनि त् फेरी अरु मुना मदन लेखिन्छ , नेपालि एक ढिक्का हुन्छ |
समाजमा उपिया ,उडुस ,जुम्रा कम हुनेछन |
सिर्जने जी को जानकारीको लागि , बलीहुडका सुपर स्तार सलमान खान , साहरुख खान दुबैले गणपति (गणेश ) को पुजा गर्छन .
हे सरस्वती माता,
हमको कुछ नही आता,
topper हरुको लिस्टमा खोल्देउ हाम्रो पनि खाता,
येति गरेर आपका कुछ नही जाता |
Exam मा कति चाहि हुनु लाटा,
Back-Form भर्दा भर्दा लागिसक्यो धेरै घाटा,
लौन हे सरस्वती माता |