Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !

Posted on June 13, 2014June 13, 2014 by Salokya

गएरातिदेखि विश्वभर एउटा नयाँ उत्सव सुरु भएको छ- विश्वकप फुटबलको। ब्राजिलमा भइरहेको विश्वकपले सारा दुनियाँलाई जोडेको छ। ब्राजिल, अर्जेन्टिना, इटाली, जर्मनी, इंग्ल्यान्ड आदि देशका समर्थनमा टोलटोलमा झण्डा फहराइँदैछ। जर्सी लगाइँदैछ। अरु विषयलाई एकछिन पर राखेर चिया गफमा समेत विश्वकपकै कुरा हुन्छ। विश्वकपको यस्तो ज्वरो दुनियाँभर फैलनुको कारण हो फुटबलको लोकप्रियता। जुनसुकै देशको जस्तोसुकै भौगोलिक स्थितिमा पनि यो खेलले उत्तिकै रोमाञ्चकता दिन्छ। नपत्याए यो तलको फोटो हेर्नुस्, न गोलपोस्टमा जाली छ, न भौगोलिक स्थिति नै उपयुक्त छ। बल अलि कडा प्रहार भयो भने त्यो पोस्टबाट पार भएर तल भिरमा कता पुग्छ कता। तैपनि हुम्लाको यो मैदानमा फुटबल हुन्छ र दर्शकहरु उत्तिकै उत्साहका साथ चियर गर्दै खेल हेर्छन्। भलै विश्वकपको मैदानमा जस्तो ‘मेक्सिकन वेभ’ (त्यो देख्छौँ नि हामीले टिभीमा मैदानमा दर्शकहरु उठ्दै बस्दै गर्दा समुद्रको छाल जस्तो देखिने) नहोला, तर फुटबलले दर्शकलाई उत्तिकै मनोरञ्जन दिइरहेको हुन्छ।
_MG_9498
यो फोटो हुम्लाको मिमी मैदानको हो। जिल्लाव्यापी महिला फुटबल अन्तर्गत मुगु र हुम्लाबीच भएको खेलमा यो फोटो प्रकाश केसीले खिचेका हुन्। विश्वकपको लहर चलिरहेको बेला ब्राजिलमात्र हैन, काठमाडौँबाट समेत धेरै टाढा मुगुको फुटबल लहरबारे हेर्नुस् केही फोटोहरु।


हेर्नुस् हुम्लाको मैदान यस्तो स्थानमा अवस्थित छ। छाड्‍दिनुस् ब्राजिलका चमकदमकपूर्ण रंगशालाको रौनक।


खेल हुनुअघि मैदानलाई यसरी सम्याइएको थियो।


सम्म मैदान भइसकेपछि त रमाइलो गर्नै पर्‍यो नि।

रोनाल्डो, मेस्सी, नेइमार…तपाईँका फेभरेट खेलाडीहरुको लिस्ट लामो होला। आफ्नै देशको दुर्गम मुगुका यी खेलाडीहरुलाई चिन्नुहुन्छ ?
IMG_9596

IMG_9594

IMG_9585

IMG_9580

IMG_9578

मुगु जिल्लाका विभिन्न गाविसहरुबाट बनेको ‘टिम मुगु’ जिल्लाव्यापी फुटबल खेल्न मुगुबाट दुई दिनको पैदल बाटो यात्रा गरी हुम्ला पुगेको थियो।
IMG_4196

IMG_4222

IMG_4220

IMG_4132

IMG_4831

IMG_4788

IMG_4787

IMG_4687
प्रतिद्वन्द्वी दह्रो थियो टिम हुम्ला। गृह मैदानमा खेल्दै थियो हुम्ला।

तर टिम मुगु पराजित भयो। खेल हो, हारजित हुन्छ नै। यस्तो थियो मुगुका खेलाडीको हालत।
IMG_4749

IMG_4730

IMG_4706

_MG_9941

IMG_9898

IMG_9904
खेल सकिएपछि यसरी हिउँको बाटो दुई दिन पैदल हिँड्दै उनीहरु घर फर्किएका थिए।

IMG_3547

यिनी हुन् सुनकली। स्ट्राइकर टिम मुगुको।

_MG_9279
माथिका सब फोटोहरु पत्रकार भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री ‘सुनकली’को हो। सबै फोटो प्रकाश केसीले खिचेका हुन्।

नेपालका ७५ वटा जिल्लामध्ये मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्ला हो-मुगु। मुगुका आफ्नै खालका दुख्ख र दर्द छन्। मुगुमा कूल भू-भागको ५ प्रतिशत मात्र खेतीयोग्य जमिन छ। स्थानीय उत्पादनले केवल ३ महिना मात्र थेग्न सक्छ। बाँकी ९ महिनाका लागि मुगुबासी सरकार र गैरसरकारी संस्थाले दिएको ढुवानी अनुदानमा निर्भर छन्।

सन् २०१२ को अन्त्यतिर मुगु जिल्लामा मोटरबाटोको ट्रयाक खुलेको छ। तर पनि मौसम बिग्रेपछि स्थानीयबासीले खाद्यन्न ढुवानीमा निकै कठिनाइ झेल्नुपर्छ। मुगुको एक मात्र हवाई सम्पर्क ताल्चा विमानस्थल हो, जुन २५ वर् षलगाएर निर्माण गरेपछि बल्ल कच्ची अवस्थामा चल्ने भएको छ। तैपनि यहाँ नियमित उडान हुँदैन।

सरकारी आंकडा अनुसार, मुगुबासीको औषत आयु ४४ वर्षमात्र हो, जसमा पुरूषको ४७ र महिलाको ३९ वर्ष रहेको छ। राष्ट्रिय जनगणना २०६८ का अनुसार, मुगुमा १५-१९ वर्षका साढे ६३ प्रतिशत छात्रछात्राले विवाह गरिसक्छन्। मुगुमा औसत साक्षरता दर २७ प्रतिशत मात्र छ, महिलाचाहिं ९ प्रतिशत मात्र साक्षर छन्। यहाँ एक कक्षामा भर्ना भएका विद्यार्थी १० कक्षासम्म आइपुग्दा ५२ प्रतिशत जतिले विद्यालय छोड्ने गरेका छन्।
यस्तै ठाउँमा फुटबलले ल्याएको परिवर्तनबारे यो डकुमेन्ट्रीमा देखाइएको छ। यो कथा त्यही मुगुको भोक, गरीबी, अभावमा संघर्ष गर्दै हुर्किरहेका चेलीको जनजीवनमा आधारित रहेको पत्रकार भाट बताउँछन्।

[Disclaimer: भोजराज भाट र प्रकाश केसी दुवै मेरा साथी हुन्। भाटसँग स्पेसटाइम र नागरिक दैनिकमा मैले सँगै काम गरेको थिएँ। उनले आफूले निर्देशन गरेको पहिलो डकुमेन्ट्रीको ‘ब्लग पार्टनर’ बन्न प्रस्ताव गरेका छन्। यसवापत् उनले मलाई एक पटक मुगु घुमाउने आशा देखाएका छन्। मुगु घुम्न पाए गजबका ब्लगहरु हुन्थ्यो भन्ने आशाले ‘ब्लग पार्टनर’ बन्ने अलिखित भद्र सहमति भएको छ]

हेर्नुस् डकुमेन्ट्रीको प्रोमो

45 thoughts on “विश्वकपको लहर चलिरहेको बेला नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुको फुटबलका केही दृश्य हेर्ने कि !”

  1. Pingback: ‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेजका थप फोटो र त्यहाँको ‘गोललाइन ट
  2. samar says:
    July 1, 2014 at 12:48 am

    I don’t know when I started to crying watching this documentary… salam cheli…you are the real star. .

    Reply
  3. Pingback: नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छन्, सत्कार र सम्मान दिन्
  4. Achyut dahal says:
    June 20, 2014 at 12:19 pm

    सारै मन पर्यो
    यस्ता दुर्गम भेगमा भएका गतिबिधी हरूलाई
    प्रस्तुत गरकोमा संकलक प्रति हार्दिक आभार
    प्रकट गर्दछु|

    Reply
  5. Umesh Sharma says:
    June 17, 2014 at 12:26 am

    आँखा बाट आँशु झर्यो

    Reply
  6. Tenzing Gaba says:
    June 16, 2014 at 7:54 am

    Oscar पुरस्कारको लागि चयन भएको “Caravan” को स्तरको छ यो documentary.
    यो documentary लाइ जसरी भए पनि परिस्कृत-प्रबर्दन गरेर अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी गराउनु पर्छ/
    कम्तिमा पनि यो documentary ओस्कार नोमिनेशनमा पर्छ भन्ने पूर्ण आशाको साथमा मेरो शुभकामना !!!

    Reply
  7. Pshailen says:
    June 15, 2014 at 4:31 pm

    येही देशका जनता दिन रात दुख गर्दा पनि पुरा पेट खान पाउदैनन येही देश का नेता तिनै जनताको ढुकुटी बाट महल मा बस्छन रुघा लग्यो भने दलबल सहित विदेश जान्छन . धन्न सहेका छौ आज सम्म.

    Reply
  8. यात्री, ताइपेइ,ताइवान says:
    June 15, 2014 at 2:23 pm

    सार्है मन छुने डकुमेन्ट्री रहेछ | निकै भाबुक बनायो ! आखाहरू रसाए……………………….:(

    Reply
  9. bimal (Korea) says:
    June 14, 2014 at 11:28 pm

    कर्णाली प्राकिर्तिक रुपमा धनि भएर केगर्नु ५०उमेर नपुग्दै पक्क मर्छन . जनाले बाटो नबनु नेताहरु भेनेकै छैन, मुगु को एरपोर्ट बनौन २२ वर्ष लगाउनु भएकै छैनन, बिजुली आउन २३ वर्ष लगाउनु नेता हरु भेनेकै छैनन्. वास्तबमा भेएको केहो? चार छाक बच्नाकोलागी यार्सागुम्बा संग जीवन र मिर्तुको वाजी राखी टिप्न जनै पर्छ. मित्रहरु नेपाल हेर्नुछ भने यॊ डकुमेन्ट्री, जहा स्वविमान पनि देखे . जयॆ होस् . धन्येबाद सम्बन्धित मित्रहरु . यॊ समाचारले केहि गर्ला जस्तो छ .

    Reply
  10. rajesh thapa says:
    June 14, 2014 at 9:03 pm

    दुर्गम भनेको मुगुमा पनि sport पर्ति एति धेरहि माया र त्यो समाज अनि parents हरुले देखाहेको समर्थन हेर्दा मलाही लाग्छ ति मुगु बासीहरु धेरैनहि सम्पन्न छन् जस्तो लाग्छ./

    Reply
  11. dharmendra says:
    June 14, 2014 at 8:00 pm

    best team of the universe
    hip hip hurry

    Reply
  12. suman says:
    June 14, 2014 at 7:16 pm

    let’s make stadium there by raising fund from all Nepalese scattering all over the world then only it matters.

    Reply
  13. Biresh Prasad Dahal says:
    June 14, 2014 at 5:32 pm

    नेपाली भित्र केहि गरौ र गर्न सक्छौ भन्ने हिम्मत,आट,जोस,जाँगर छ l स्वाभिमानी छन् तर गरिबी को चपेटामा रहेका छन् l सानो मा एउटा फूटबल किन्न देउसी कुर्नु को सम्झना अनि खुट्टा मा लगाउने मोजा को फूटबल खेलेको याद आयो l अनि यो भिडिओ हेर्दा खेलकुद बिकास गर्छु भन्ने फुस्रा नौटंकी बेक्तिगत स्वार्थीहरु लाज मान्नु पर्ने / हामि जस्ता खेलाडी को मन किन दुखाउछौ ?????

    Reply
  14. Bishnu Nepali says:
    June 14, 2014 at 1:24 pm

    खेल, खेलाडी र अरु मान्छे को सहयोग अतिनै मन छोयो ! आँखा बाट आँसु आयो ! यी पिक्षदियेका भनिएका बाट आधुनिक र राजनीतिग्य भनिएका हरुले केहि सिक्नेकी !
    पृथिवी नारायण शाह, बहादुर शाह पछि का नेता हरु डाँका हरु हुनकी भनेर पनि लेखन मन लाग्यो !

    Reply
  15. Yam khadka says:
    June 14, 2014 at 12:46 pm

    there is no words to comment . it really touch heart

    Reply
  16. Laxmi says:
    June 14, 2014 at 9:54 am

    यो मन छुने कथा को लागि धन्यवाद छ भोज Dai लै ! सारै रोय आज यो देखेर ! अनि मेरो सलाम छ तिचेलिहरुलाई

    Reply
  17. premji says:
    June 14, 2014 at 5:08 am

    सार्है मन छुने डकुमेन्ट्री रहेछ | पे-पल बाट पैसा तिरेर डाउनलोड गर्ने व्यवस्था गरिदिनु भए हेर्न हुन्थ्यो !

    Reply
  18. Chetan Nepali says:
    June 14, 2014 at 1:08 am

    साह्रै रीस उठेर आयो, बिरे देखि लिएर अहिलेका शुशिले लगायत सम्पूर्ण चोर, फटाहा, भ्रस्टचारी, गफाडी, लोभी, व्यभिचारी राजनैतिक नेता भनौदाहरुसंग ! यिनीहरुको सोचमा कहिल्यै पनि यस्ता गरिबिहरुको लागि चेतना पलाएन !! यस्ता दुखका कुराहरु राजधानी नजिकैको जिल्लाहरुमा पनि प्रशस्त पाइन्छ !!!

    Reply
    1. Bayan says:
      June 14, 2014 at 6:56 am

      “यिनीहरुको सोचमा कहिल्यै पनि यस्ता गरिबिहरुको लागि चेतना पलाएन !!”
      त्यस्तो चेतना पलाउने मान्छे कहिले पनि राजनीतिज्ञ हुन् सक्दैन/ कथम कदाचित बाटो बिराएर राजनीतिमा लागे पनि त्यस्ताले छिट्टै नै सन्यास लिन्छन/ उदाहरंको लागि – दमननाथ ढुंगाना, पदम रत्न तुलाधर/

      Reply
  19. Ang Sherpa says:
    June 13, 2014 at 9:55 pm

    यी नेपाली महिलाको टीम देखेर मलाई मेरो कल्लेज मा बिदेशी महिला हरु को टीम याद आयो. फरक येति कि यिनी हरुले धेरै दुख, अभाव र कस्ट भोग्नु परेको छ. सारै मन छोयो. सबै नेपाली हरु ले हेर्ने पर्ने दोकुमेंतारी. नेपाल को एस्तो बिकट ठाउँ हरु मा पनि फुटबल खेल्न को लागि २-३ दिन हिडेर, येउतै कोठा मा ६-७ जना कोचेर सुत्नु पर्ने. तै पनि यिनी हरु मा त्यो दुख को आभाष नहोला ..गाउ कै अरु सामान्य केटा केटि हरु को लागि यिनी हरु स्टार होलान. तै पनि यिनी हरु ले कयॊ समस्या को बाबजूद पनि फुटबल खेल को लागि समर्पण देख्दा सलाम गर्न मन लग्यो. दोचुमेंतारी को सफलता को लागि सुभ कामना

    Reply
  20. Rajesh rai says:
    June 13, 2014 at 9:32 pm

    there is no words to comment . it really touch heart .

    Reply
  21. aviral abijeet says:
    June 13, 2014 at 9:13 pm

    निकै राम्रो प्रस्तुति । पुरा भिडियो कहा डाउनलोड गर्न वा किन्न पाइन्छ या कुन च्यानलमा प्रसारण हुने हो

    Reply
  22. madan says:
    June 13, 2014 at 8:24 pm

    thx journalist for ur great news and pic. it really touch core of my heart. it may be the great passion of football in world. thank for those
    . plz plz convert it in english and send it to great news of world like BBC, CNN, WASHING POST, NEW YORK TIMES. i am sure they will publish such great news.

    Reply
  23. सिर्जने says:
    June 13, 2014 at 8:13 pm

    राम्रो प्रस्तुति छ / बिस्वकप सुरु भएको मौका पारेर आएको यो लेखको सान्दर्भिकता पनि उत्तिकै छ /
    माइसंसार टोलीलाई धन्यबाद /

    Reply
  24. MB says:
    June 13, 2014 at 7:50 pm

    यस्तो काम गरेर माइ संसारले सबैको मन जितेको छ । धेरै खुशी पनि लाग्यो र दुख पनि तर वास्तविक छ ।

    Reply
  25. Rohini says:
    June 13, 2014 at 7:29 pm

    आँखा रसाए मेरा

    Reply
  26. ganesh nepali says:
    June 13, 2014 at 7:03 pm

    समय सान्दर्भिक नेपालको यथार्तता पनि कति राम्रो शैलीमा अनी कति मनछुने फोटोहरु । सलाम सवै सहभागी देखी फोटोग्राफर टोली र माइसंसारलाई ।

    Reply
  27. Rajan Upriti says:
    June 13, 2014 at 6:24 pm

    सबभन्दा हृदयस्पर्शी फोटो चाहिं त्यो स्यानो बच्चाको छ, बिपन्न भैकन कति स्वस्थ र कति खुशी देखिन्छ त्यो बच्चा |
    दोस्रो हृदयस्पर्शी फोटो चाहिं ति खेल हारेर दुखि महिलाको छ |

    Reply
  28. deviram Bhat says:
    June 13, 2014 at 5:38 pm

    मुगुका चेलीहरुको team नै हाम्रो लागि ब्राजिल हो. जो वास्तविक रुपमा प्राकृतिक खेलाडीहरु हुन् जसको वास्तविक जिबन झल्किय को छ .

    Reply
  29. Sisir, USA says:
    June 13, 2014 at 5:20 pm

    ट्रेलर हेर्दै अंग सिरिङ्ग भयो. रौ हरु खुसि ले ठाडा ठाडा भए. नेपालीपना ले भरिपुर्ण सिर्जना. एस्तै गाउघर कै आफ्नै कथा बिशयबस्तु समेट्न सके नेपाली सिनेमा को पनि बिकाश हुने थियो. सफलता को कामना छ सम्पूर्ण खेलाडी अनि डकुमेन्ट्री निर्माण टिम लाइ. It is an incredible job. Salute.

    Reply
  30. कमल says:
    June 13, 2014 at 4:57 pm

    मलाई यस्तो बेला किन हो किन रून मन लाग्छ ।

    Reply
  31. amrit doha says:
    June 13, 2014 at 3:32 pm

    आयोजकलाइ सलाम, ति चेलीलाई सलाम , फोटो ग्राफरलाइ सलाम अनि
    माइसंसारलाई पनि !

    Reply
    1. Bayan says:
      June 14, 2014 at 7:02 am

      होइन, सलाम मात्रै भनेको छ, नराम्रो कुरा त गरेकै छैन/ तर पनि रातो खानु पर्ने कस्तो दुर्भाग्य/

      Reply
  32. Narayan says:
    June 13, 2014 at 2:44 pm

    दुख पनि लग्यो रमाइलो पनि लग्यो अनि खुशी पनि लग्यो

    Reply
  33. Dwarika Thebe says:
    June 13, 2014 at 2:43 pm

    सलाम छ मुगाली खेलाडीहरुलाई !! मुगुबासीको फूटबल मोहलाई पढ्ने अवसर दिइएकोमा धन्यबाद माइसंसारलाई !!

    Reply
  34. RB Baniya says:
    June 13, 2014 at 2:29 pm

    राम्रो लाग्यो, मन पनि छोयो अभाब स्थिती देखेर आखाहरू रसाए, महीला खेलाडीहरु को हिम्मत लाई सलाम गर्छु।

    Reply
  35. Sharad says:
    June 13, 2014 at 2:15 pm

    राम्रो पनि लाग्यो, मन पनि छोयो। स्थिती देखेर आखाहरू रसाए, र पनि म नानीहरुको हिम्मत लाई सलाम गर्छु।
    – शरद

    Reply
  36. [email protected] says:
    June 13, 2014 at 1:56 pm

    Truly ” A football over the rainbow in clouds”

    Reply
  37. PRAMOD BHATTARAI says:
    June 13, 2014 at 1:41 pm

    पुरै डकुमेन्ट्री कैले हेर्न पाइएला ? निकै भाबुक बनायो ! मुगुबासी चेलीलाइ सलाम !

    Reply
  38. roshani says:
    June 13, 2014 at 12:46 pm

    रिलिज भयो कि छैन ? अनलाइन किनेर हेर्न मिल्ने भए अपडेट गरिदिनु होला है ……… प्रोमो हेर्दा त राम्रो लाग्यो

    Reply
  39. Niraj bartaula says:
    June 13, 2014 at 12:32 pm

    Really Good i like it

    Reply
  40. Dhital says:
    June 13, 2014 at 12:15 pm

    मेरो देश मेरो गौरव / सारै खुसि लग्यो ति हसिलो मुहार हेरेर, सबैको दिन शुभ रहोस /

    Reply
  41. nirajan subu luitel says:
    June 13, 2014 at 12:09 pm

    हिजोको खेलले के तानेको थियो र यी फोटोहरुले त्यसरी ताने मलाई,भित्र भित्र कता कता कोपर्यो मलाई।साँच्चै भन्नू पर्दा नमिठो या मीठो खोइ कस्तो ऐठान भो।

    Reply
  42. gorkhe says:
    June 13, 2014 at 12:07 pm

    खै कमेन्ट लेख्ने शब्द नै पाइएन . प्रस्तुति ले मुटु छोयो..

    Reply
  43. laxman gamnage says:
    June 13, 2014 at 12:05 pm

    प्रिय सलोक्याजी, यसलाई अन्ग्रेजिकरण गरि संसारभरिका मानिसले हेर्न सक्ने गरि केहि गर्न सकिन्न ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme