Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टुँडिखेलमा माघीको मज्जा (फोटो)

Posted on January 16, 2014January 16, 2014 by Salokya

maghi11 माघ १ देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ। काठमाडौँ उपत्यकाका नेवारहरुले यसलाई घ्यः चाकु संल्हूका रुपमा मनाउँछन्। थारुहरुले यसलाई माघीका रुपमा धुमधामका साथ मनाउँछन्। त्यस्तै मगरहरुका लागि पनि यो चाडलाई ठूलो उत्सवका रुपमा मनाउँछन्। मकर संक्रान्ति, माघे संक्रान्ति आदि विभिन्न नाममा यो पर्व देशभर मनाइन्छ।

जनआन्दोलन २०६२/६३ को परिवर्तनपछि उपत्यकामा रहेका थारुहरुले टुँडिखेलमा माघीको अवसरमा कार्यक्रम गर्ने गरेका छन्। थारु संस्कृति, पहिरन र खानाको प्रदर्शन गरिने यो महोत्वसवमा गैरथारुहरुको पनि सहभागिता थियो। केही फोटो।

maghi1
परम्परागत पहिरनमा थारु परिकार बेच्ने स्टलमा महिला।

maghi2
थारु परिकारका स्टल महोत्सवमा प्रशस्तै थिए।

maghi4
थारु पहिरनमा महिला।

maghi5
थारु पहिरन।

maghi6
थारु गहना।

maghi7
परेवाको मासु प्लेटको तीन सय रुपियाँ।

maghi8
यो चाहिँ घोँघी हो। चिप्ले किराको परिकार।

maghi9
बाहुन साथीलाई घोँघी खान सिकाउँदै थारु पत्रकार। यो चुसेर खानु पर्ने रहेछ।

maghi10
गँगटोको परिकार।

maghi11
थारु पहिरनमा युवती।

32 thoughts on “टुँडिखेलमा माघीको मज्जा (फोटो)”

  1. suman says:
    January 21, 2014 at 7:20 am

    थारु हरु लाई बाहुन, छेत्री र राजा हु भन्ने ठकुरी हरुले अझै पनि दास नै बनाई राखेको छ पश्चिम नेपाल मा, मलाई दुख लाग्छ.

    Reply
  2. chandra says:
    January 17, 2014 at 9:45 am

    मलाई थारु जाति र उनको संस्कृति प्रति ठुलो सम्मान छ! यो जातिलाइ नजिकबाट जान्ने चिन्ने मौका पाएकोमा म आफुलाई भाग्यमानी ठान्छु! Happy Maghi to All my Tharu Friends !!!

    Reply
  3. bale says:
    January 17, 2014 at 6:29 am

    थारुहरुले चिप्ले किरा खान्छन भन्ने चाही थाहा थिएन / पेरिस घुम्दा चिप्ले किराको परिकार खाएको थिए, कुखुराको पांग्रा जस्तै Texture थियो, अझ frogs legs को main course पनि खाएको थिए / हाम्रो देशमा यस्ता बिबिध परिकारहरुको जानकारी पाउदा ज्यादै खुशी लाग्यो /

    Reply
  4. suzee says:
    January 17, 2014 at 5:31 am

    हाम्रै देश को थारु संस्कृति को इज्ज़त गर्नु साटो छि छि र दुरदुर गर्ने हरु ####FRENCH KHANA ( चिप्ले किरा , सनखे किरा , भ्यागुतो को साप्रो ) कुनै कुईरे को फोटो सहित राखेको भए ###ये मिठो होला TASTE गर्न पाए हुन्थ्यो भन्ने होला !!!!
    म खादिन भने पुग्यो नि , अरु को खाना लै किन छि छि र दुर दुर !!!!

    उ जमाना मा मो:मो: लै पनि येस्तै छि छि गर्थे , अहिले तेही आइ को मासु तिन बित्ता उफ्रेर खान तम्सिन्छन , कुरो सिर्फ़ समय को हो !!!!!

    Reply
  5. Biswash says:
    January 17, 2014 at 3:45 am

    के गर्ने थारुको स्टलमा घोङ्घि देखेर घिन मान्नेलाई के थाहा कि फ्रेन्च को रेस्तुरेंतमा यसैलाई “इस्कर्गत ” भनेर खानु पर्दा यहा नराम्रो भनेर कमेन्ट गर्ने मध्ये धेरैको हैसियतले न भ्याउला | त्यति मात्र नभएर बजारमा ७०० रुपिया किलो खाशिको मासु (जसमा १३ प्रतिशत प्रोटिन हुन्छ ) को तुलनामा यस ७० रुपिया प्रति किलोमा पाइने घोङ्घि भनेर घिन लाग्ने फ्रेन्चको खान्की “इस्कर्गत” मा ७३ प्रतिशत सम्म प्रोटिन हुन्छ | गूगल गर्न त जान्नु भा होला गरेर हेर्नुस |

    Reply
  6. MIngma T sherpa says:
    January 17, 2014 at 1:03 am

    थारुहरु अति नै सुन्दरी त्यो माथि पनि उनीहरु सस्किर्ती झन सुन्दर.

    Reply
  7. dev says:
    January 16, 2014 at 10:14 pm

    खाउ खाउ लाग्यो . सानो हुदा मुसाको मासु र घोङ्गि खुब खाइयो ..यसैको शक्तिले होला आज सम्म मेरो स्वास्थ राम्रो

    Reply
  8. ashok says:
    January 16, 2014 at 9:51 pm

    मलाई थरुनीहरु मन पर्यो; राम्री छन

    Reply
  9. Anil Akela says:
    January 16, 2014 at 9:25 pm

    साथीहरु यस्तो hygenic खाना र परिकारहरु खाना पायेसि डकारेर खाने होला ! बाहुनले च्याउ खाओस न स्वाद पाओस ……LOL

    Reply
  10. Shishir says:
    January 16, 2014 at 9:15 pm

    Guys why the hell you are saying yukkkk , awful, weird or vomiting. What you guys eat every day that is what it is in tharu society.. If you can not respect these foods, do not post disgusting comments…

    Reply
  11. __rupan__ says:
    January 16, 2014 at 8:35 pm

    बाहुनले राँगा को म म चा खाँदा केहि नहुने ! सबैले सबैको जातियेता लाई सम्मान गर्न सक्नु पर्छ . खाना भनेको कहिले पनि WEIRD हुन्न मित्र , खाना भनेको खाना हो | चाहे मुसा होस् चाहे पिज्जा होस् |

    Reply
  12. badri says:
    January 16, 2014 at 7:11 pm

    हो हो , मलाई पनि बान्ता पो आयो खाना देखेर!!

    Reply
    1. bibek dhakal says:
      January 16, 2014 at 8:22 pm

      मान्छेले खाने कुरा खच्चरहरुलाई कहाँ पच्छ र ? स्वाभाविकै हो : )

      Reply
    2. Anil Akela says:
      January 16, 2014 at 9:30 pm

      बन्द्दर क्या जाने अदरकका स्वाद ……LOL

      Reply
  13. dharmendra says:
    January 16, 2014 at 7:06 pm

    पहिलो तस्बिरमा जांड र पाचौं मा परेवाको परिकार सगै बियेर / के यिनै हुन् हाम्रो खान्की को परम्परा / के एस्तो परिकारले हामी स्वास्थ्य रहन सक्छौ ?

    Reply
    1. bibek dhakal says:
      January 16, 2014 at 8:30 pm

      किन र? धेरै पो खानु हुन्न त, थोरै थोरै र मिलाएर खाने हो भने न मासु ले बिगार गर्छ न बियर ले! हानि कै कुरा गर्ने हो भने त हेर्नुस आफ्नै बारीमा फलेको बाहेक बजारमा किनेको सबै चिज हानिकारक छ; बरु त्यो हिसाबले मासु र बियर कम हानिकारक होलान! रोग लागेको छैन, धार्मिक वा आध्यात्मिक जागरण तिर लाग्नु भाको छैन अनि खाने रुचि छ भने मात्र मिलाएर सकुन्जेल खाए हुन्छ–पर्या मुन्द्रेको ठुल्बाउले बेहोर्छन !

      Reply
  14. Kumar says:
    January 16, 2014 at 6:52 pm

    I really like to vomit at a glance of those foods!!awesome!!

    Reply
  15. Rosham pun says:
    January 16, 2014 at 5:29 pm

    घोङ्गि खेबहि , झीन झीन ल्याओ रे |

    Reply
  16. prem sharma says:
    January 16, 2014 at 4:15 pm

    कस्तो हेर्दै कति मीठो होला जस्तो | खादा त कस्तो होला हगि | सहभागीहरु पनि कति राम्रा हुन् हो

    Reply
  17. पुष्प says:
    January 16, 2014 at 3:26 pm

    हेर्दै खाउँ खाउँ लाग्ने परिकारहरू ।

    Reply
    1. सागर says:
      January 16, 2014 at 3:38 pm

      ढेकरी, सिद्रा, मुसा को चटनी छुटे जस्तो छ !

      मलाइ बस्तब मै मुसा को मासु मन पर्छ ! पहिला पहिला सानो हुदा घर बाट लुकी लुकी थारु साथि हरु संग गएर मुसा मारेर पोलेर खाइन्थ्यो ! धेरै भयो खान नपाएको – घोङ्गि र जांड को स्वादै आर्कै ! समुन्द्र मा पाइने क्लाम्स र ब्लु गर्ल बियर ले नि भेटदैन !

      Reply
      1. पुष्प says:
        January 16, 2014 at 5:11 pm

        मुसाको मासु खाने आँट त छैन, त्यसबाहेक सानो छँदा लिएको प्राय: सबैको स्वाद अहिले पनि जिब्रोमै झुण्डिरहेको भान हुन्छ ।

        Reply
      2. Shankar says:
        January 16, 2014 at 5:49 pm

        ओहो तपाइँ त् धेरै कामलाग्ने मानिस हुनुहुदो रहेछ , मेरो घर मा दुध भात ख्वायेरै राख्थे |
        तपाइको मासुले हरेक साल दुख दिएर अन्न खाने , कपडा , लुगा समेत काट्ने गर्छ | लौ न प्रभु दया गरम |

        Reply
      3. badri says:
        January 16, 2014 at 7:14 pm

        तपाइलाई मुसो parcel गरेर पठाउने कि ? थुक्क!

        Reply
        1. bibek dhakal says:
          January 16, 2014 at 8:18 pm

          अरुको परिकार, भेसभुसा , चलन, धर्म, रिति थिति लाइ “थुक्क” भन्नेलाई बरु “parcel ” गरेर यो संसारबाटै अन्त पठाउन पाए काइदा हुन्थ्यो कि 🙂

          Reply
        2. सागर says:
          January 17, 2014 at 8:20 am

          तपाई हरु जलाई मुसा को मासु भन्दा घिन लागेर आयो उहा हरु लाइ एक पटक चिन भ्रमण गर्न सल्लाह दिन्छु ! म बाहुनै भए नि हाम्रो देश मा बाहुन धेरै हुना ले विकास नहुने र भोक मरी धेरै हुने कारण यो पनि हो ! स्थानीय श्रोत मा पाइने धेरै काम लाग्ने – पोसक तत्व ले भरिपुर्ण खाने कुरा लाइ नजरअन्दाज गरिदिञ्छोउ ! खसी को मासु खाने रागा को नखाने भनेर ! बदेल खाने रे सुँगुर नखाने रे ! कालिज खाने रे कुखुरा नखाने रे ! अरु सबै साग खाने रे सिस्नो नखाने रे ! खाना को बिबिधता नै बिकाश को मेरुदण्ड हो ! यहा भनि साध्य छैन तर समग्र चिन मा ६ लाख भन्दा धेरै किसिम का खाना पाइन्छन ! यी खाना ले गर्दा नै चिन छोटो समय मा धेरै बिकाश गर्न सकेको हो ! होइन भने १ अर्ब ३९ करोढ जनसख्या भएको देश – बर्सेनि बाढी र भुकम्प ले क्षत बिक्षत पार्ने देश – नेपाल जस्ता 100 देश को समग्र बर्सिक बजेट भन्दा धेरै को उब्रेको अन्न बेच्ने क्षमता को कदापि हुने थिएन ! इ यु र अमेरिका ले सहयोग को नाम मा कुहिएको चामल पठाएर उनीहरु कै भरोसा मा बाच्नु पार्ने थियो !
          सरिर लाइ हानि गर्ने खाना बाहेक सबै खाना को सम्मान गरोउ देश को सम्रिद्दी त्येही छ !

          Reply
  18. Samjhana says:
    January 16, 2014 at 2:52 pm

    Yukkkkkk!!!! Weird foods… Awful.

    Reply
    1. Raja says:
      January 16, 2014 at 6:33 pm

      Dear samjhana ji,
      its not weired food. it is so tasty. yummy ………………..

      Reply
    2. bibek dhakal says:
      January 16, 2014 at 7:29 pm

      कन्दमुल खाएर बस्न थाल्नुस!

      Reply
  19. सुगतश्री शरण says:
    January 16, 2014 at 2:44 pm

    माघी को मजा : अलिक लाग्यो फिका !
    यी फोटोहरु हेर्दा त यो उत्सव भनेको मात्र जातीय वस्त्र आभूषण र परिकारको मात्र प्रदर्शन र मेल जस्तो देखियो.
    कुनै पनि सभ्य जाति को समग्र पहिचान यी दुइ कुरा ले मात्र प्रतिनिधित्व गर्न गाह्रो होला.
    अन्य पक्षहरुको ,जस्तै इतिहास , संस्कार र संस्कृति , भाषा-साहित्य र संगीत चिनाउने अवसर दिन अर्कै मेला पनि जरूरी देखिन्छ.

    Reply
    1. Hari says:
      January 17, 2014 at 8:21 pm

      १० वोटा फोटो हेरेर निष्कर्ष निकाल्नु भएन दाइ |

      Reply
  20. Shankar says:
    January 16, 2014 at 1:07 pm

    सबै नेपालि र बिसेस थारु ,थरुनी, मगर ,मगर्नी मा हार्दिक बधाई |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme