Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?

Posted on June 28, 2014June 29, 2014 by Salokya

IMG_9232
दुई वर्षअघि नेपाल भ्रमणमा आउँदा फिफा अध्यक्ष सेप ब्लाटरले भनेका थिए– नेपालले राम्रो खेल्छ तर एउटा मेस्सीको कमि भो। चमकदमकका साथ सजाइएको राजधानीको दशरथ रंगशालामा भएको एएफसी कपको उद्‌घाटन खेल हेरेपछि उनको त्यस्तो प्रतिक्रिया आएको थियो। ब्लाटरले भलै नेपालमा मेस्सीको कमि देखे होलान्, तर नेपालको सबैभन्दा गरिब जिल्ला मुगुलाई भने मेस्सीको अभाव महसूस भएको छैन। सिङ्गो जिल्लामा एउटा रं‍गशाला पनि नभएको मुगुवासीले किन एक किशोरीलाई मेस्सी बराबरै ठाने? कहाँ विश्वको सबैभन्दा महँगो खेलाडी मेस्सी, कहाँ मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको जिल्ला मुगु। तर पनि किन सत्कार र सम्मानको ओइरो लगाए? किन ‘सुनकली कस्ती, मेस्सी जस्ती’ नारा लगाइयो? कसरी फुटबलले मुगुवासीलाई ‘हामी पनि अघि बढ्न सक्छौँ’ भन्ने आत्मविश्वास दिलायो? जताततै ब्राजिलमा भइरहेको विश्वकपको चर्चा भइरहेको बेला, विश्वकपमा खेल्ने देशका जर्सीहरु लगाएर नेपालीहरु रमाइरहेको बेला विकट मुगुको मेस्सी र फुटबल साइनोबारे यी फोटोहरुले तपाईँलाई केही प्रष्ट पार्ला कि।

यसअघि तपाईँले पत्रकार भोजराज भाटको निर्देशनमा बनेको डकुमेन्ट्री ‘सुनकली’बाट लिइएका केही फोटोहरु यो ब्लगमा हेरिसक्नुभएको छ।

त्यसमा टिम मुगुका खेलाडीहरु दुई दिनको पैदल बाटो हिँडेर हुम्ला पुगी खेल खेल्छन् तर हारेपछि निराश भएर दुई दिनको पैदल बाटो हिँडेर घर फर्कन्छन्। हरुवाहरुलाई कसले वास्ता गर्ने? इङ्ग्ल्यान्डको टिम अस्ति भर्खर स्वदेश फर्कँदा एक जना फ्यान पनि स्वागतका लागि उपस्थित नभएको समाचार आएको थियो।

दुःख गरे, खेले। निर्धारित समय २-२ गोलको बराबरी पनि भएकै हो। तर पेनाल्टी सुटआउटमा हुम्ला जित्यो। उनीहरु हारे, फर्किए। फेरि उही दैनिकी सुरु। स्कूल जाने, घरायासी काम गर्ने।

IMG_5551
साढे ४ हजार मिटरको उचाइमा रहेको चंखेली लेकको काखमा रहेको बाम गाउँमा छ सुनकलीको घर। हुनत अहिले एक रुपियाँको नोट नै हराइसक्यो। तर पनि भेट्टाउँदा हेर्नुहोला, त्यसको पछाडिपट्टी देखिने च‍ंखेली लेक हो।

IMG_6745
सुनकली आफ्ना साथीहरुसित।

IMG_5568

सुनकली आफ्ना आमा, बुबा र तीन भाइसँग। सरकारी आंकडा अनुसार, मुगुबासीको औसत आयु ४४ वर्षमात्र हो, जसमा पुरूषको ४७ र महिलाको ३९ वर्ष रहेको छ।

IMG_6975
मुगुका आफ्नै खालका दुख्ख र दर्द छन्। मुगुमा कूल भू-भागको ५ प्रतिशत मात्र खेतीयोग्य जमिन छ। स्थानीय उत्पादनले केवल ३ महिना मात्र थेग्न सक्छ। बाँकी ९ महिनाका लागि मुगुबासी सरकार र गैरसरकारी संस्थाले दिएको ढुवानी अनुदानमा निर्भर छन्। फोटोमा बालिकाको हात हेर्नुस्।

DSC08007

हिउँ पर्ने लेकमा घाँसपात गर्नु….हिउँसँग नुनमर्चा खानु….

IMG_6821

….उज्यालो भएदेखि अँध्यारो नहुँदासम्म घरायासी काममा व्यस्त हुनु यहाँको दैनिकी हो।

football
तर यस्तो ठाउँमा पनि फुटबल खेलिन्छ र त यो खेललाई विश्वकै सबैभन्दा बढी लोकप्रिय खेलका रुपमा लिइन्छ। मुगुका चेलीहरुले पनि पहिलो पटक फुटबले देखेको सन् २०११ मा मात्र थियो।

‘जितेको सपना देख्ने गरौँ’

IMG_5396

पहिलो खेल टाइब्रेकरमा हारेको दुई महिनामै यी छात्राहरु कैलालीमा हुने राष्ट्रिय फुटबलमा सहभागी हुने अवसर प्राप्त भयो। उनीहरु फेरि दुई दिनको पैदल बाटो हिँड्दै ताल्चा विमानस्थल पुगे। उनीहरुलाई प्रशिक्षकले यसो भनेका थिए- ‘मुगु जिल्लाभरिको लेडिज फस्ट टीम हौ तिमीहरु। ओभरअल कर्णालीको प्रेष्टिज हुन्छ। त्यही भएर तिमीहरुले धेरैभन्दा धेरै मिहिनेत गर्नुपर्छ। मिहिनेत गर्नका लागि डराउनु हुँदैन। जितेको सपना देख्ने गरौं, अनि मात्र जितिन्छ। हामी एकदमै मिहिनेत, एकदमै लगनशिल भएर र अत्याधिक आफ्नो ध्यान खेलमा लगाएर खेल्नेछौं..है..त..।’

IMG_7722

यो कैलालीसम्मको यात्रा राष्ट्रिय खेलमा सहभागी हुने अवसर मात्र थिएन, यिनीहरुले जीवनमै पहिलोपटक समथर परेको मैदानमा पाइला टेक्दै थिए। उनीहरु कहाँ त खाली डाँडाकाँडा, उकालीओराली मात्र। यी चेलीहरुले जिल्ला छाडेको यो पहिलो अवसर थियो। पहिलो पटक प्लेन, बस, टाङ्गा, रिक्सा देख्दै थिए। विकासको वास्तविक रुप बल्ल पो देखे उनीहरुले।

IMG_9101

मुगुका यी चेलीको पहिलो भिडन्त ललितपुर जिल्लाको बडिखेल टिमसँग भयो। अहो, यिनीहरुले पहिलो पटक देखे चिल्ला-मोटाघाटा ‘सहरिया’। यिनीहरुलाई नेपाली पनि राम्रोसँग बोल्न आउँदैन थियो, उनीहरु मकै भुटे जसरी अङ्ग्रेजी बोल्थे। तर यी सहरिया मोटाघोटाहरु मैदानमा १०/१५ मिनेटसम्म मात्र दौड्न सके। बरु डाँडाकाँडामा उकाली ओराली गरिरहेका मुगुका यी छात्राहरुले हिउँमा चोपेर खाएको नूनरोटीको स्टामिना देखाए। सहरिया थाकिसकेका थिए, यिनीहरु नब्बे मिनेटै भरी मैदानमा कुदेको कुद्‌यै।

IMG_9202

१२ नम्बरको जर्सी लगाउने मुगुकी सुनकली बूढाले ह्याट्रिक गरिन्। बडिखेल हार्‍यो, खेलाडी डाँको छाडेर रुन थाले।

ruwabasi

आयोजकले टीम मुगु र हुम्लाको लागि मोटरसाइकलको व्यवस्था गर्‍यो। यो यिनीहरूको रहर थिएन। ट्रयाक्टरमा बान्ता हुने भएपछि आयोजकले मोटरसाइकल जुराएको हो। यो मोटरसाइकलमा यिनीहरुले जीवनमै पहिलोपल्ट यात्रा गर्दै थिए। दुई महिनाअघि मुगुलाई हराएको हुम्ला कैलालीको टीकापुरसँग पेनाल्टीमा हार्‍यो। दुई महिनाअघि मुगुका खेलाडी रोएका थिए। यसपटक हुम्लाका खेलाडीहरुको क्याम्पमा रुवाबासी थियो।

IMG_8456

IMG_9283

त्यसपछि मुगुको गेम कैलालीको बलियासँग पर्‍यो। यसमा १२ नम्बर जर्सीकी सुनकली बुढाले गोल गरिन्, आखिर त्यही गोलले मुगु सेमी फाइनल पुग्यो। सेमी फाइनलमा मुगु पथरैया टीमसँग भिड्ने भयो। यो चुनौति पार गर्न मुगुलाई निकै हम्मेहम्मे पर्‍यो। दर्‍हो प्रतिष्पर्धाका बीच सुनकली बुढाले एक गोल गर्न सफल भइन्। यसरी फाइनलमा मुगु र टीकापुर टीम भिड्ने भए। बलियो टीम टीकापुरलाई तिनै सुनकलीको एक गोल गरिन्। आखिर सुनकलीको त्यही गोलले मुगुलाई फाइनलमा विजयी गरायो।

IMG_9232

मुगु विजयी भएको सुनेपछि टीकापुरकी गोलकिपर अचानक मुर्छा परिन्। बेस्ट स्ट्राइकर को भइन् त? को हुनु, उनै मुगुकी सुनकली बुढा।

trophy

यसरी टिम मुगु राष्ट्रिय विजेता बन्यो। मुगुले कुनै पनि राष्ट्रव्यापी प्रतियोगिता जितेको यो पहिलो अवसर थियो। भन्छन् नि विश्वकपमा पनि अन्डरडग टिम। हो, त्यस्तै थियो मुगुको टिम। अकस्मात् आएर कपै जितिदियो। यसले मुगुमा ठूलै हङ्गामा भयो। हिनता मुटुको कुनामा लुकाएर बाँचिरहेका मुगुवासीहरुलाई गर्वले शिर ठाडो गर्ने एउटा मौका यसले दियो।

farkadai

ताल्चा विमानस्थलमा स्वागतका लागि बसेकाहरु
ताल्चा विमानस्थलमा स्वागतका लागि बसेकाहरु

नेपालगन्जबाट टोली विमानमा मुगुको ताल्चा विमानस्थल पुगेको थियो। यो फुटबल टिम बनाउन छात्राहरु खोज्न निकै गाह्रो भएको थियो। एक गाउँबाट अर्को गाउँको दूरी भनेको एकदेखि दुई दिनसम्मको पैदल बाटो छ।

plane

airport1
तर जितेर आएपछि सबैका बुबाआमा एयरपोर्टमै उपस्थित थिए स्वागतका लागि। त्यहीँ हुडक्या नाच नचाइयो। भव्य स्वागत भयो।

ghoda
विमानस्थलबाट पनि दुई दिनको पैदल बाटो हिँड्नु पर्थ्यो घर फर्कन। त्यहाँबाट स्वागतका लागि हरेक खेलाडीलाई एक एक वटा घोडाको व्यवस्था गरिएको थियो।
ghoda1
मुगुमा महिलाले घोडा चढ्नु भनेको अनौठो कुरा हो। राजा वा रानीले बाहेक अरुले घोडा चढ्दैनन्। चढेको देखेका छैनन् जिल्लावासीले।
ghoda2
तर पहिलो पटक घोडाबाट स्वागत भयो त्यहाँ।

swagat

बाटोमा पर्ने सबै गाउँमा गाउँलेले स्वागत गरे। सेनाले स्वागत गरे। जिल्लाका सब गन्यमान्यले फुटबल दिए, पैसा दिए, रुपियाँको माला लगाइदिए।

yatra1

yatra2

swagat1

swagat2

स्वागतका लागि महिलाहरु ओर्लिए, बालबच्चा ओर्लिए। ‘सुनकली कस्ती, मेस्सी जस्ती’ नारा लागे। यस्तो लाग्थ्यो मानौँ यिनीहरुले विश्वकप जितेका हुन्। सिङ्गो जिल्ला एक भएको थियो खुसी मनाउन।

cup

तपाईँ अहिले विश्वकपमा रमाउँदै हुनुहुन्छ होला। मुगुका लागि त यही विश्वकप सरह हो। तपाईँ मेस्सी, मुलरका मूभ हेर्दै हुनुहुन्छ होला। मुगुका लागि त सुनकली नै मेस्सीसरह हुन्, जसले जिल्लावासीलाई खुसी हुने अवसर दिएकी छन्।

wcjersy
विश्वकपमा आफ्नो टिम समर्थन गर्नुहोला। आफूलाई मन पर्ने टिमको जर्सी लगाउनु होला। तर नभूल्नु होला, मुगु र मुगुवासीका लागि महिला मेस्सीलाई पनि। फुटबल राजधानीको रंगशाला र ब्राजिलका रंगशालामा मात्र हैन, मुगुमा पनि खेलिन्छ। मुगुवासीलाई पनि फुटबलले उत्तिकै खुसी दिन्छ, जति सात समुद्र पारीको तपाईँले समर्थन गरेको टिमले जित्दा तपाईँलाई दिन्छ। अझ बढी नै दिन्छ पो कि त !

उता मुगुवासीलाई अर्कै चिन्ता छ। केटाले गर्न नसकेको काम केटीले गरेपछि गाउँबासीमा छोरीलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ अहिले। उनीहरु भन्छन्- ‘हामीलाई खुशी लाग्यो, तर चिन्ताको विषय किन भने अन्तर्राष्ट्रिय चलनमा ३० वर्षसम्म विवाह नगर्ने, त्यसपछि प्रेम विवाह गर्ने। तर, यहाँकी केटीहरु ३० वर्षसम्म खेलाडी भइरहेको भए हाम्रो ठूलो छाती हुन्थ्यो। पुन विजेता हुन्छन् कि भन्ने आश बाकी रहन्थ्यो। हाम्रो चलनमा १८–१९ वर्षमै पोइल जान्छन्। यदि यति चाँडै उमेरमा पोइल गएपछि हाम्रो नाम कसले राख्ने? चिन्ताको विषय यो हो।’

*******************

यी तस्बिर भोजराज भाटद्वारा निर्देशित डकुमेन्ट्री ‘सुनकली’को हो। आउँदो जुलाईमा यसको प्रिमियर काठमाडौँमा हुँदैछ। विश्वका विभिन्न देशमा माग अनुसार यसको च्यारिटी शो हुने भएको छ।

For English translated version of this photo story, click here.

हेर्नुस् डकुमेन्ट्रीको प्रोमो

[Disclaimer: भोजराज भाट मेरा साथी हुन्। भाटसँग स्पेसटाइम र नागरिक दैनिकमा मैले सँगै काम गरेको थिएँ। आफूले निर्देशन गरेको पहिलो डकुमेन्ट्रीको ‘ब्लग पार्टनर’ बन्न उनले गरेको प्रस्तावअनुसार माइसंसार यसको ब्लग पार्टनर हो। यसवापत् एक पटक मुगु घुम्न पाइने र त्यहाँका ब्लग आफैले लेख्न पाउने आशा छ।]

84 thoughts on “नेपालकै सबैभन्दा गरिब जिल्ला मुगुले किन एउटी किशोरीलाई मेस्सीसरह मान्छ, विश्वकप जितेसरह सम्मान दिन्छ?”

  1. Rajaram KC says:
    July 24, 2014 at 11:02 am

    Dherai खुसि लग्यो…….लिफे मा पनि सोचेको थिएन हाम्रो नेपाल येति राम्रो छ र तेस्मा पनि मुगु येति राम्रो छ भनेर. किन प्रोत्साहन गर्न सक्दैन येति राम्रो हाम्रो देशलई. कुनै दिन जसरि पनि जान्छु मा मुगु मा . आफुले सकेको सेवा गर्छु र जानेको कुरा सिकौनेचु
    येस्तै प्रण देश बिदेस मा बसेको सबै नेपाली ले लिने हो भने हामीले सरकार को मुख ताकेर बस्नु पर्दैन आफै ले गर्न सकिन्छ.
    राम्रो कुरा आफै बाट सुरु गरौ अनि अरु ले लाजले पनि गर्छ

    Reply
  2. Pingback: This Young Woman Footballer Is More Popular Than Messi in Her Remote Village in Nepal · Global Voices
  3. Krishna Nath says:
    July 13, 2014 at 5:27 pm

    बधाई छ सुनकली र समस्त टीम र मुगु बसी हरु लाई.

    Reply
  4. Pingback: ‘मुगुकी मेस्सी’को नयाँ रेकर्ड, हेर्नुस् मुगुको फुटबल क्रेजका थप फोटो « Mysansar
  5. Dhital says:
    July 11, 2014 at 12:31 pm

    पढ्दै जादा आखाबाट आसु आयो, साएद खुसीको आसु होला. बधाई छ सुन्कली र उसको team लाई अनि मेरो संसार लाइ यो लेख पढ्न र हेर्न दिनुभएकोमा.

    Reply
  6. केशवराज रानाभाट says:
    July 10, 2014 at 5:44 pm

    अति राम्रो लाग्यो ! हेर्न पनि मन लाग्यो !

    Reply
  7. firoz shah says:
    July 9, 2014 at 11:14 pm

    ओहो यो डकुमेन्ट्री पढेरत आखानै रसाए यो फिल्मको पर्तिक्ष्यामा छु र बधाइछ सुनकली र सुनकलिको टिमलाइ।

    Reply
  8. Pingback: ब्राजिली बाजेको यो फोटो सबैले देखे, तर एउटा अर्को फोटो धेरैले देखेका छैनन् होला « Mysansar
  9. बिनोद says:
    July 9, 2014 at 4:50 pm

    आहा सुनकली मेरो देश मेरो नेपाल अनि लात्तेभकुन्डो football
    तपाईं हामीले हाम्रो मुगुको टिम लाई कति समर्थन दिनु हुन्छ
    जति तपाईंले ब्राजिल अर्जेन्टिना, जर्मन, नेदरल्यान्ड यी सबैलाई छेउ लगाएर आउनुस् नेपाल र नेपाली टिमको समर्थन बनौं
    नेपाल फुटबल अझ अगाडी लैजाउँ

    Reply
  10. हर्क लामा says:
    July 9, 2014 at 12:26 am

    खुशीको सीमा नै रहेन मेरो जब फेशबुक खोलेर सबै तिर अाँखा लगाएँ, सबैको ध्यान विश्वकप फुटबलतिर गएको बेला एक्कासी मुगुकी चेली हातमा कप लिएकी तस्वीर अनि मुगु जिल्लाको रमणीय ठाउँ, यस्तो देखेर अाँखा कस्को रसाउँदैन र? धन्यबादको पात्र माइसन्सार ड ट कम र डकुमेनट्री बनाउनु हुने भोजराज भटट ज्यू लााइ धेरै धेरै धन्यबाद दिन चहान्छु। सबैको जय होस जय नेपाल ।

    Reply
  11. anjan shrees says:
    July 9, 2014 at 12:05 am

    आज यी तस्बिर र डकुमेन्ट्री भिडियो हेर्दा मन नै कस्तो कस्तो भयो एस्तो दुर्गम ठाउँका चेलीहरुको प्रगति देखेर
    हर्षका आँसुहरु आए ,मन थाम्नै सकिन र आँसु पुछ्दै मन मनै सोंचे मुगुले अरु प्रगति पनि गर्दै जावोस र मुगुका
    चेलीहरु छिटै राष्ट्रिय टिममा परेको र सुनकली नेपालको स्ट्राइकर भएको देख्न पाइयोस ………

    Reply
  12. Trilok says:
    July 8, 2014 at 9:21 pm

    मुगुकी messi lai मेरो पनि Salam

    Reply
  13. nawaraj khanal says:
    July 8, 2014 at 2:27 pm

    सुनकली मुगु को मात्रै छोरी होइन
    हाम्रो दश नेपाल कै गौरब हुन् तिनी,धन्य तिनका आमा बुवा !
    कुनै दिन ति मुगु कि मेस्सी लाइ भेट्ने मौका पाइयो भने मैले सकेको केहि सहयोग गर्ने छु !
    येही एउटा जित मा मात्रै ति मुगु कि मेस्सिले गुम्सिनु नपरोस ,सबैले सबैतिर बाट सहयोग गर्नु पर्दछ !

    Reply
  14. Indira Thapa says:
    July 8, 2014 at 1:49 pm

    बधाई छ मुगुबसी र सुनकलिलाई . राजधानीमा मात्रै विकास र देश खोज्ने हरुलाई मुगुबसी र सुनाकलिले पाठ सिकाएको छ . कमलको फुल हिलोमानै हुन्छा

    Reply
  15. Dilli R. Chapagain says:
    July 8, 2014 at 12:59 pm

    Not capable of being expressed in words- speech less! Great Job everyone!! Salute you Mugu!!!

    Reply
  16. Gyan Balal Magar says:
    July 8, 2014 at 11:34 am

    धेरै खुशी लाग्यो मुगु का यी चेलीहरु को आत्मा विश्वास देखेर भन्छन नि कुनै पनि कुरा असम्भव छैन हरेक कुरा सम्भव छ र यो त्यही हो त्यसैको उदाहरण पनि हो यो त एक मात्र साहस र हिम्मत को साथै दिमागको खेल हो जुन कुरा मुगु का यी चेलीहरुमा देखियो यो खबर पढ्न पाउदा निकै आनन्द आयो खुशी को सिमा नै रहेन हाम्रो देश नेपालमा पनि मेस्सी जस्ता होनहार सुनकली छन् गर्व छ मलाई सुनकली को नाम बोल्न लेख्न पाउदा साथै सुनकली र सुनकली को सबै टिम लाई हार्दिक बधाई छ साथै मुगुबासी लाई पनि हार्दिक बधाई छ साथै यो खबर हामी सम्म पुराउनु हुने mysansar.com अनि भोजराज भट्ट जी लाई धेरै धेरै धन्यवाद छ

    Reply
  17. prameela Awale says:
    July 4, 2014 at 10:10 pm

    hats off..could not believe my eyes..but still feeling very happy and proud for this girls..just a big salute for this daring.. wish u a long journey ahead.

    Reply
  18. khanal says:
    July 4, 2014 at 7:04 pm

    धेरै धेरै बधाई छ सुनकली तिमीलाई र सबै खेलाडी बुनु हरुलाई .. अझै मेहेनत गर्दै जानु सफलता पाउदै जानु .. र मुगु बासीलाई पनि बधाई छ राम्रो खेलाडी पाएको मा

    Reply
  19. सुमन श्रेष्ठ says:
    July 3, 2014 at 10:12 pm

    हर्षांसु सहितको शुभकामना मुगुबासि तथा सबै खेलप्रेमिहरूलाई!

    Reply
    1. Dhruba says:
      July 4, 2014 at 4:28 pm

      ज्यादै खुशी लाग्यो र भावुक भए सुनकलीको documentary पढेर र आगामी दिनमा सुनकलिले मुगु र कैलालीमा मात्र सिमित नरही दशरथ रंगशाला मा पनि यसरि नै प्रगति गरुन भन्ने मेरो तर्फ़ बाट अग्रिम सुभकामना .

      Reply
  20. Rishi Bhattarai says:
    July 3, 2014 at 3:43 pm

    Great job girls team , Sunkali and Mugu . Congratulation !

    Reply
  21. Deepak rana says:
    July 3, 2014 at 1:57 am

    खुसी लाग्यो यो लेख पढेर ।अनि सुनकलीहरुले गरेको प्रगतिले त मन झनै प्रफुल्लित बनायो। मुगु जिल्लाको दृश्य र लेख पढन पाउँदा म भोजराज भट्ट प्रती अति नै आभारी छु । सुनकली र उनको टिमलाई हृदय देखि नै धन्यवाद व्यत्त गर्न चाहान्छु । हामी पनि मुगु जिल्ला र सुनकली बाट केही पाठ सिक्ने हो कि?

    Reply
  22. Sundar says:
    July 2, 2014 at 11:44 pm

    ज्यादै खुशी लग्यो यो लेख पढेर . मुगुको अभावका बाबजुद सुनाकलिहरुले गरेको प्रगतिका हरेक शब्दहरुले मन मस्तिकमा तरङ्ग उत्पन्न गरायो.. सुनाकालीहरुलाई बधाई तथा सुभकामना …लेखक मित्र तथा Documentary निर्देशकलाई धन्यवाद ..

    Reply
  23. Sanjeeb Shrestha Nepali says:
    July 2, 2014 at 10:44 pm

    Wow! Just this morning I was scrolling my fb page and I found this Mugu’s Messi-Sunakali posted by a friend and didn’t skip this. I read the whole article and see all those photos of Sunakali and her soccer team and their entire Mugu welcoming them after the victory turned into homecoming celebration. I watched videos and didn’t know tears dropping from my eyes………..it’s a proud moment of their daughters.
    I live here in America but I felt I was there in Mugu watching their victory and cheering from the crowds because “Yo mon ta mero Nepali ho”.
    Salute to our beautiful Nepali Messi- Sunakali and entire Mugu Soccer team.
    -Sanjeeb Shrestha Nepali, Minneapolis, Minnesota, USA

    Reply
  24. ashok says:
    July 2, 2014 at 4:32 pm

    यो कस्तो अदृशय खुशी हो, म अनुभब गरिरहेको छु। Thanks Mysansar for the beautiful photos and the story.

    Reply
  25. amit shrestha says:
    July 2, 2014 at 2:49 pm

    हुन त नेपाल मा बिस्वमै बिरल पाऊने प्रतिभाहरु छन् l मात्र अबशरको खाचो छ l आफू कहाँ उपलब्ध स्रोत र साधनहरुको उपयोग गरेर ठुला ठुला बाजी मारेपो गौरव हुन्छ, मुगु को सुनकली जस्तै l यहाँ नेपाल मा त नाच्न नजान्ने अगान टेड़ो भने जस्तै छ l कुनै कुराको सुरुवात हुन लाग्यो भने सबैभन्दा अगाडी माग नै माग सुरु हुन्छ l सुनकली बाट केहि सिकौ l अनि येस्ता खोज खबर हामी समक्ष ल्याइदिने मिडिया तथा मिडिया कर्मी हरुलाई धेरै धेरै धन्यवाद l

    Reply
  26. RAMESH PANT says:
    July 2, 2014 at 12:15 pm

    Really i dont have any words to explain my feelings right now. Any way its a great moment to watch me this documentary. I am really exiting that bhatt sir is doing its charity show. If any thing i can do for you plz contact me sir i will do the best i can, Jai Sunakali .

    Reply
  27. shurendra timalsina says:
    July 2, 2014 at 7:35 am

    मेरो त आखा रसायो ,
    खुसि लग्यो ,हाम्रो नेपालमा कति राम्रो
    ठाउँ हरु पनि छ i मुगु को फोटोहरु
    हेर्दा पनि कति राम्रो i
    हाम्रो नेपालमा कति राम्रो राम्रो ठाउँहरु
    छ,हामी धेरै लै थाहा नै
    छैन ,हामी भनि खाली अमेरिका ,जापान
    भनि विदेशको पछि लाग्छौ,साच्चिकै यो मुगु
    को यो लेख हेर्न पाए.मेरो त
    मनमा आनौठो खुसि लग्यो

    Reply
  28. kismita shrestha says:
    July 1, 2014 at 12:29 pm

    सुन्दर ठाउँ को शानदार खेल!!! खुसि को सिमा रहे न !! मन कता कता दुख्यो आखा भरि आशु पनि आयो साची कै मुगु बासि मा हिम्मत दम र लगनसिल छन् भनि पुस्टि गरि दिए! अबसर को कमि छ नत्र मुगु जिल्ला पनि के कम !!
    जय नेपाल जय मेरा प्यारी बहिनि हरु !!

    Reply
  29. harsha says:
    July 1, 2014 at 10:26 am

    मेरो त आखा रसायो , खुसि लग्यो ,हाम्रो नेपालमा कति राम्रो ठाउँ हरु पनि छ i मुगु को फोटोहरु हेर्दा पनि कति राम्रो i हाम्रो नेपालमा कति राम्रो राम्रो ठाउँहरु छ,हामी धेरै लै थाहा नै छैन ,हामी भनि खाली अमेरिका ,जापान भनि विदेशको पछि लाग्छौ,साच्चिकै यो मुगु को यो लेख हेर्न पाए.मेरो त मनमा आनौठो खुसि लग्यो .

    Reply
  30. samir rana says:
    June 30, 2014 at 5:19 pm

    my heartly salute to mugu football girl team n specially to our nepali messi ..sunkali…..:)

    Reply
  31. puspa says:
    June 30, 2014 at 3:17 pm

    मेराे मैले साेचेकाे नेपाल र हुदै गरेकाे प्रगती ले भाव विभाेर बनायाे अझै केही गर्ने परगती गर्ने अात्मविस्वास जगाऐ काे छ ।
    ध्यन्यवाद जस्ले याे बनायाे

    Reply
  32. Abesh Adhikari says:
    June 30, 2014 at 3:15 pm

    सबै साथी हरु मिलेर मुगु कि यी चेली हरुलाइ सम्मान गर्न जौन साथी हो मुगु.. मलाई त सारै जान मन लग्यो यो जिल्ला.. आफ्नै देश को एस्तो आवस्था देख्दा मनै बाट रोदन निस्कन्छ… एकदमै मन छुने प्रस्तुति… सुनकली लगायत आन्या मुगु कि चेलीहरु लै पनि बधाई… छोरा छोरि समान भन्ने कति रर्मो संदेश दिएका छन् मुगु बसी ले… हाम्रो सानो प्रयास ले मुगु बसीलाइ केहि राहत हुन्छ र हामीले प्रयास गर्नु पर्छ भन्ने साथी हरुसम्पर्कमा रहनु होला..

    Reply
  33. Rupak Pnadya says:
    June 30, 2014 at 2:56 pm

    राम्रो लागेको छ नेपालमा पनि फूटबल खेल लाई मानेता दियकोमा . नेपाल जस्तो गरिब देशमा पनि केटी हरु फूटबल खेल प्रति विकास गरि रहिको छ .

    Reply
  34. Parmeshwar jha says:
    June 30, 2014 at 11:18 am

    Salute to Sunakai and all Mugu people.

    Reply
  35. rajesh shrestha says:
    June 30, 2014 at 11:03 am

    हरेक सफलता सुन्दा देख्दा खुसि को त सिमाना नै हुदैन तर हाम्रो नेपाली हरु को यौटै समस्या,…….. सुरु हुन्छ तर निरन्तर हुदैन मात्र अन्त हुन्छ त्यो पनि तत्कालै, म चाहन्छु मुगु बसी तथा त्यहाँ का खेलाडीहरु ले यतै मै सिमित हुनु नपरोस,
    मुगु जिल्ला तस्बिरमा हेर्दा निकै सुन्दर देखिन्छ तर हामी झापाली टाढा छौं तर पनि त्यो ठाउँ हाम्रै नेपाल हो यस्तै खबर सुन्न पाइयोस अनि खुसि हुन पाइयोस .
    rajesh shrestha,
    jhapa
    [email protected]
    cont. 9852679160

    Reply
  36. puspa raj malla says:
    June 30, 2014 at 10:55 am

    she is the hero of the nepal womens football, among all women … i think she is a gifted by god or nature of the MUGU. so i prying to god for achive the opertunity to his , holding the national team of womens .. wel done sister….. god bless u!!!
    lastly thank u mr. biraj bhatta sir, who give me a chance to see this video.. and ur article writing is so much awesome …… apprepriate ….. for this video.. i hope we can next wonderful video as it is…….. bbyee…

    Reply
  37. Hari Kumari Guurng says:
    June 30, 2014 at 10:09 am

    मुगुबसी को एउटा शुभचिन्तक भएको नाताले र एक नेपाली महिला भएको नाताले मलाई एकदमै खुशी लग्यो. बदाई छ सुनकाली लै र मुगुबसी लै . मा मुगुजिल्ला मा तिन पटक गैइसकेको छु. हामी नेपाली नागरिक ले हेर्नु पर्ने, जनै पर्ने ठाउं कर्णाली हो. जसमा मुगु पनि एक हो, यस्तो उचास्तर मा रहेको जिल्ला मा फूटबल खेल को आभ्यास गर्नु अनि तराई , काठमाडौँ मा गइ जित्नु त सारै गौरब को कुरा हो. सरकारले त्यहाको बालबालिका को सिछ्यादिछ्या मा ध्यान दिनु जरुरि छ. बिसेष गरि बालिकाहरु लै सिछित गरेमा घर परिवार सबै सिछित हुन्छन अनि अझै अग्रसर हुन्छन.

    Reply
  38. Lenin Gurung says:
    June 30, 2014 at 7:24 am

    मैले यो फोटो स्टोरी भन्दा पहिले को लेख पनि पढेको थिए ! यु ट्युब मा भिडियो खोजेर पनि फेसबुक मा पनि राखेको थिए !
    साच्चै नै सुनाकली जस्ता प्रतिभा हरु देश को कुना कुनामा छन् ! अवसर खोजेर बसेका छन् ! त्यसमा ध्यान दिने कसले ! अब सुनाकली जस्ता प्रतिभा हरुलाई सहयोग गर्न ढिला गर्नु हुदैन ! देशमा डलर ल्याएर एन जी ओ खोल्ने हरु आफ्नो भुडी भरेर मोटाएका छन् ! सुनाकालीको पढाइ र खेलकुद प्रतिको मोहलाई सहयोग गरे बिकट जिल्ला मुगु बाट सुनाकाली साच्चै राष्ट्रिय प्रतिभामा दरिने थिए कि !

    Reply
  39. milan bantawa rai says:
    June 30, 2014 at 2:08 am

    वास्तबमा राष्ट्रबाट यस्तो खेलाडीहरुलाई सहयोग गर्नु एकदमै जरुरि छ ….

    Reply
  40. Bipin Shrestha says:
    June 29, 2014 at 11:03 pm

    नै पेज स्क्रोल गर्दा गर्दै आँखा मा आँसु आको थाहा नै पाइन

    Reply
  41. Raju Dangal says:
    June 29, 2014 at 9:00 pm

    अति हृदय स्पर्सि !! बधाई तथा सुभकामना मुगु फूटबल टोलि लाई !! अनि धेरै धेरै धन्यवाद निर्देसक भोज राज भट र टोलि लाई !!

    Reply
  42. Abhi Chhetri says:
    June 29, 2014 at 8:58 pm

    यो डकुमेन्ट्री हेरेर आँखा नरसाउने नेपाली हुनै सक्दैन l

    Reply
  43. anil kiratee says:
    June 29, 2014 at 8:51 pm

    १ वर्ष मैले पनि जुम्लामा बिताएँ र मुगु पनि घुमे । त्यहाँको जनजीवनलाई नजिकबाट देखे । त्यहाँको गरिबी अभाव दुर्गमता भोगे । र साँच्ची नै मुगुको सुनकलीको बारेमा बनेको डकुमेन्ट्री को जानकारी भयो । खुशी लाग्यो । उ र उजस्तै लाई राज्यले केही गर्नु पर्छ ।

    Reply
  44. Meshi Gurung says:
    June 29, 2014 at 8:30 pm

    हर्षले मनै उमःगित भएर आउछ यस्ता समाचारले|
    तर यस्तो प्रतिभाको संरछ्यण कस्ले गर्छ त………?

    Reply
  45. नहकुल जाेशी says:
    June 29, 2014 at 7:34 pm

    मेराे छिमेकी जिल्ला मुगुका खेलाडी बहिनी सुनकली बुढाकाे याे डकुमेन्टी हेर्दा अनयासै अाखा रसाय र मनै देखि यस्ताे बधाइ ज्ञापन गर्न मन लाग्याे मगुकी फुटवलर सुनकलीलार्इ, मुगु हुम्ला जुम्मा जहा भए पनि प्रतिभा भनेकाे प्रतिभा हाे । अाखिर सुनकलीले राम्राे प्रशिक्षक पाएर तराइका सुन्दर फाटमा फुटवल खेल्न पाए सायद जर्मनका मेस्सी भन्दा कमता चर्चा हुने थिएन । जे हाे स मनै देखि एक पटक फेरी सलाम बहिनी सुनकली लार्इ खेलकाे दुनियमा अाफुलाइ दुर्गम जिल्ला मगुकी एक ससक्त महिला फुटवल खेलाडीका रूपमा उभ्याउन सकुन कामना ।

    Reply
  46. Liladhar Poudel says:
    June 29, 2014 at 6:58 pm

    यो समाचार पढ्दै गर्दा मेरा आँखा रसाएर आए. हर्षले गद्गद् भएँ. पढेर साथीहरुलाई सुनाउन निकै गाह्रो भयो. शब्दहरु घाँटीबाट मुखतिर आउन सकेनन, आँखा बाट तरल भएर बगे! बधाई छ सुनकली र उनको टिमलाई!!!

    Reply
  47. uttam ghimire says:
    June 29, 2014 at 5:13 pm

    My eyes became full of tears while reading this story of a brave and highly talented girl born in a remote place, to be frank, most neglected place of Nepal. I think she should be given chance to sharp her talent. For that she should be invited capital for further training. I am ready to help her and hope that people of all walks of life also think the same.

    Reply
  48. Bishnu Bhusal "Apavad" says:
    June 29, 2014 at 5:08 pm

    सधै राजनीतिको निरासाजनक समाचार सुनिरहदा सुनकली बुढा बारे निकै मार्मिक लेखले मन मा छुट्टै आशा जगायो
    अब सरकारको पालो हो सुनकली हरुलाई माथि उठाउने जिम्मा सुनकली लाइ माथि उठाउने सबै हातहरु पुज्य छन्
    जय होस्

    Reply
  49. shiva regmi says:
    June 29, 2014 at 3:53 pm

    खुसि लाग्यो मौका पाएपछि जीत सम्भव रहेछ भन्ने बोध भयो

    Reply
  50. Gajen Pakhrin says:
    June 29, 2014 at 3:14 pm

    जति चोटी पढ्दा पनि मन भरेन ! आफ्नै Facebook मा पोस्ट गरे ! के भन्नु सुनकली हरु वास्तवमा सुनाखरी , लालिगुरास , बेली , चमेली सबै हुन् ! अगाडिको जीवन येसरिनै हासी खुसि बितोस सुभकामना छ !

    Reply
  51. niraj says:
    June 29, 2014 at 3:07 pm

    मन छुने रहेछ मुगुको फूटबल कथा र मुगुको मेसि, मेरो दुवै आखा रसाए

    Reply
  52. TEk rai says:
    June 29, 2014 at 2:27 pm

    this is wonderful …. i salute and respect your hardwork to Bhoj raj bhat and team who you have been covered to this amazing talents and hardships of Sunkali and mugu baasi cheliharuko despite the fact that geographycal nature and hardships they face through ,, lets give them hands and respect their talents ….. hope this documentary will success

    Reply
  53. manoj poudel says:
    June 29, 2014 at 11:33 am

    मन थाम्न सकिन रुन मन भयो हार्दिक बधाई नेपाली चेली हरुलाई

    Reply
    1. moktankb says:
      June 29, 2014 at 3:12 pm

      मन थाम्नै सकेन मेरो आँशु नै खस्यो बनेको धेरै धेरै बधाई छ हाम्रा मुगु बासी का बहिनीहरुलाइ

      Reply
  54. Shiba Lal Rawat says:
    June 29, 2014 at 11:30 am

    कति राम्रो फोटो स्टोरी. यस्तै निस्वोर्थ काम सबैले गर्ने हो भने नेपालले पनि हरेक छेत्रमा प्रगति गर्न सक्छ. तर केगर्नु यहाँको चलन सबैलाई थांहछदैछ….

    Reply
  55. Trilok Kuwar says:
    June 29, 2014 at 8:52 am

    सुन्कलीको प्रतिभालाइ सलाम छ | नेपालकै सबभन्दा पछाडी पारिएको मुगु जिल्ला, त्यसमा पनि भौगोलिक बिकटता, सुन्कलीले खेलेको खेल प्रतक्ष देख्ने मौका पाए | उनको खेल हेर्दा साचिकै मैले फुटबलका स्टार मेसीलाइ चिनेकै थिएन, हाम्रा लागि त सुन्कली नै प्रयाप्त हुनुभयो | तर २ वर्ष हुन लाग्यो सुन्कलि र उनको टिमले रास्ट्रिय स्तरको खेलमा सहभागी हुन नपाएको, यतिबेला उहामा भएको क्षमता उस्तै छ वा त्यो भन्दा पनि बढेको छ ? सुन्कलिलाई यतिबेला अवसरको खाचो छ, त्यो अवसर उहा जस्तो प्रतिभाले पाए पक्कै पनि सुन्कलिले मुगु मात्र होइन, नेपालकै शिर उचो पार्नुहुन्थ्यो होला | यो फिचर पढ्ने जो सुकेको पनि एकचोटी आखाबाट पक्कै पनि २ थोपा तप्प तप्प खस्लान, आङ सिरिंग हुन्छ र साथै हुर्रे भन्न मन लाउछ | सुन्कलीलाइ फेरी पनि सलाम, अनि मिडिया मार्फत सबैलाई जानकारी गराउनु हुने mysansar.com लाइ पनि धन्यवाद

    Reply
  56. khagendra yakso says:
    June 29, 2014 at 8:42 am

    फोटो स्टोरी पढ्दा पटकपटक आखा रसाएर आयो , सुन्काली र सम्पुर्ण टिम, ब्यबस्थापक, गुरुबा, लाइ लाखौ सुभकामना , सुन्काली जन्माउने बाबु आम र त्यो भुमि, येस्ता प्रतिभा हरु जन्मी रहुन , रहयो नेपाली कुरा नै बोल्न नजाने या अंग्रेजी बोल्न नजान्ने सुन्काली को टिम ….. भन्ने कुरा को सवाल मा मेरो सुझाव के छ भने आज अंग्रेजी भासा र सभ्यता को जगजगी रहेको बेला पेले र माराडोना , मेसि या रोनाल्डो कसैलाई पनि अंग्रेजी बोल्न आउदैन, या त बोल्दैनन, खोक्रो सभ्यता र ढोंगी सहरिया जिबन को बारेमा कुरा गरेर खेलाडि हरुमा हिनताबोध सृजना नगरौ, डोल्पाली भासा या मुगुली भासानाइँ राम्रो हो डोल्पाली या मुगुली जिबन सैली नै राम्रो हो भन्ने भावना को बिकास गर्नु पर्छ,
    के गर्ने बिडम्बना काठमाडौँ ले ओलाङ्ग्चुङ्ग र मुगु मुस्तांग लाइ कहिले पनि देखेन अझै उ रत्नपार्क मा आकासे पुल बनाउदै छ भात्कौदै छ , अखिल नेपाल फुटबल संघ को बारेमा त पत्रपत्रिका मा पढ्ने र रडियो टिभी मा हेर्ने सुन्ने गरिएकै छ

    Reply
  57. chetan sharma says:
    June 29, 2014 at 8:22 am

    मन छुने लेख. हिउमा खेलेर पनि सिकिदो रहेछ. अवसर पाए देखि नेपाली खेलाडी internation अपधि सजिलै जितेर लित्येरा आउन सक्छन. great work Sukali. keep it up.

    Reply
  58. Suman Gurung says:
    June 29, 2014 at 7:36 am

    रातभरी WordCup हेरेर बिहानै सुनकली को डकुमेन्ट्री हेरे अनायासै आँखा रसाए…. सातौ समुन्द्रपारीको देशको नेय्मार, मेस्सी र रोनाल्डो भन्दा हाम्रो देश मुगुको सुनकली धेरै उत्तक्रिस्ट छिन…..

    Reply
  59. Jagadish says:
    June 29, 2014 at 5:19 am

    मलाई धेरै खुसि लाग्यो यो समाचार पढेर. र पढ्दा पढ्दै आँखाबाट आँसु आयो. हामी सबै आ – आफ्नै संसार मा भुलिरहेको हुन्छौं. एस्ता कुरालाई(बिशेष गरी सुन्कली र त्यहाको खेलकुद र त्यति मात्र नभई हरेक कुराको बिकाशमा हामी सबै मिलेर आगाडी लैजान सके जिन्दगीको सार पुरा हुन्थ्यो……… त्यहाँ को फोटो हेरेर नै मन लोभियो… कस्तो राम्रो हिमाल, पहाड र बाटा हरु.. अनि कति राम्रा र सहयोगी मान्छे हरु…. यो पढेर मलाई जती खुसि लाग्यो त्यति खुसि त कुनै टिम ले जित्दैमा हुदैन…..

    हामी सबै मिलेर जे जस्तो पनि सहयोग (या त्येस्तो भन्नु भन्दा पानी हाम्रो आफ्नै जिम्बेवारी पनि हो एउटा देश बाशी र मानबिय नाताले) तत्पर हुनुपर्छ र म तत्पर छु…. तपाई हरु नि ? नत्र हामी हरु आफै नै मिलेर सुरुवात गरौ न कि कसो ?
    जय सुन्कली र उसको टिम! जय मुगु! जय मातृभूमि !

    Reply
  60. Markib says:
    June 29, 2014 at 5:18 am

    सारै मन छुने क्लिपहरु रचन, आखा रसाय, गर्वले छाती भुक्क फुल्यो, पुरा डकुमेन्ट्री हेर्नु नै पर्ला. के सुनकली जस्ता प्रतिभाशाली खेलाडीलाई एन्फाले काठमाडौँमा राखेर प्रशिछण र उनको पठन पाठनको व्यवस्था गर्न सक्दैन?

    Reply
  61. Priti Rana says:
    June 29, 2014 at 4:15 am

    मलाई त यो सुनकलीको फुटबल World Cup भन्दा खुसि र रमाइलो लाग्यो .

    Reply
  62. Renuka Bhattarai says:
    June 29, 2014 at 2:06 am

    धेरै खुसि लाग्यो यो लिंक पढेर , गर्व छ नेपाली हुनुमा , वा सुनकली वा ..बधाई छ हजुरको टिम लाइ …

    Reply
  63. Pradip Bhandari says:
    June 28, 2014 at 10:33 pm

    I read many comments, all had same views. I could not be different than others, I too broke into tears! Very proud to see these young girls and their hardship! I always felt, I have achieved a lot and did hardship, if I compare the hardship I had in my life what they have, I feel like an insect of front of these prides of Mugu and now entire Nepal! God bless you all and wish you all the success going forward.

    Reply
  64. तेज प्रसाद अधिकारी says:
    June 28, 2014 at 10:24 pm

    निक्कै खुसि लाग्यो, खुसीले आँखा रसायो, गर्व लाग्यो सुनकलि प्रति, म अर्जेन्टिनाको समर्थक भए पनि सुनकलि मेरो लागि मेस्सी भन्दा निक्कै माथि छिन. सुन्दर फोटोहरु र प्रस्तुति पनि निक्कै मिलेको छ. डकुमेन्ट्रीको प्रतिक्षा मा छु.

    Reply
  65. Girish kumar sharma says:
    June 28, 2014 at 9:39 pm

    बधाई छ मुगु का साना नानी हरु

    नेपाल को ७५ जिल्लामा आज तिमीहरु सर्ब श्रेष्ठ रहेछौ। तिमीहरु को प्रगति मा देश ले गौरब गर्नु पर्दछ। बिकट जिल्लाका शुद्ध हिम गङ्गा सरि कन्चन हृदय का तिमीहरुको प्रतिबद्धता र प्रयास ले नेपालको गरिमा अति उच्च भएको छ । ढुंगे मैदान मा पनि तिमीहरुको तपस्या सफल भयो। तिमीहरु लाई बारम्बार नमन गर्दछौ। यो सुरुवात लाई विश्व मा देखाउनु पर्दछ। दृढ अठोट र लगन भएका बैनी हरु तिमि हरुले अबस्य सफलता पाउने छौ। सम्पूर्ण नेपाली हरु को शुभ कामना र साथ तिमि हरु संग छ। भगवान ले तिमीहरुलाई सक्षम बनाई दिनु हुने नै छ। सरकारले बैनी हरु लाई र मुगु जिल्ला लाई यसमा सक्दो सहयोग गरोस र यी बहिनि हरु लाई सहि सम्मान र सेवा दिन सकोस यो पनि अनुरोध गर्दछु।

    गिरिश कुमार शर्मा
    लाजिम्पाट , टुकुचा

    Reply
  66. Loken PBS Lokendra says:
    June 28, 2014 at 9:29 pm

    धेरै खुशी लायो , खुशिको कुनै सिमानै रहेन ।पढ्दा पढ्दै आँखा खुशिका आशुले भरिए , मलाइ प्यारो मेरै नेपाल शहर भने झैँ , मलाइ त्यो world cup २०१४ भन्दा त्यो मुगु को जित मीठो लाग्यो अनि त्यो महगो खेलाडी मेस्सी भन्दा मेरै प्यारी चेली सुनकली प्यारी अनि राम्रो लाग्यो , बधाई ! छ मुगु लाई सफलता का लाखौं लाख शुभकामना मेरो तर्फ बाट

    र
    म पनि यो बिरानो शहर बाट भन्छु , ” सुनकली क्षति , मेस्सी जस्ती १०१ “

    Reply
  67. dillidotel says:
    June 28, 2014 at 9:05 pm

    This is the reality of Nepal that we need to expose the hidden talent. But what we have to do is just develop the vision of sport development.

    Reply
  68. chiranjibi sainju says:
    June 28, 2014 at 8:27 pm

    This article really touch my heart. I cannot stop tears from my eyes. Really it makes me fell proud with mugu”s cheli and Sunkali better than National Football Team. Now its goverment turn to take them and make national team and lastly this team is best team ever i had seen in my life.We are ready to help this team from our side. Jai Nepal

    Reply
  69. अनुराधा पौडेल फ्रान्स says:
    June 28, 2014 at 8:15 pm

    मन छुने । आखाबाट पानी बर्षन्छ । अचेल कता छिन् सुनकली ?

    Reply
    1. dharma raj shahi says:
      June 29, 2014 at 10:24 am

      anuradha ji nowadays sunkali is in mugu .she is great talented girl but nobody help her talent. we are trying hard for her future but couldn’t do anything becoz we also in remote area. but this days SUNKALI affiliate with redpanda youth football club mugu and sharping her skills.

      Reply
  70. yam thapa says:
    June 28, 2014 at 7:43 pm

    धेरै खुशी लग्यो ,आखा रसायो खुशीले ,हाम्रो national प्लयेर्स भन्दा मुगुको दिदि बहिनि हरु को खेल धेरै राम्रो छ .उनीहरु ले जतिको सुबिदा यी हाम्रा दिदि बहिनिले पाउथे भने हाम्रो देश को नाम यी दिदि बहिनिले धेरै माथि पुर्याउने थिए ,रास्ट्रिये फूटबल खेलाडीहरु को सदै हारेको समाचार सुनीरहेको बेला मुगुका यी दिदि बहिनि को जीत ले धेरै खुशी भए .त्यो भनाई मा कुनै संका छैन, हो सुन्काली हाम्रो मेस्सी हो.

    Reply
  71. padam bahadur karki says:
    June 28, 2014 at 7:33 pm

    खुसि को सिमा नै रहेन एति खेर मा संग ब्यक्त गर्ने कुनै सब्द नै छैनन् अनि गर्ब ले मेरो छाती कति ठुलो भ६ मा आफै भन्न सक्दिन कुनै दिन ति मुगाली मेस्सी लै अनि मुगाली टिम लै हेतेछु भने तेती खेर ब्यक्त गरौला इ मेरा अहिलेका गर्बिला सब्द हरु

    Reply
  72. padam bahadur karki says:
    June 28, 2014 at 7:27 pm

    यो लिंक पढदा मेरो मनमा खुसीको सिमनै रहेन हर्सका आसु अनि गर्ब ले छाती कति ठुलो भछ त्यो कुरा मा सब्दमा ब्यक्त गर्न सक्दिन कुनै दिन ति मुगाली मेस्सी लाई अनि मुगु को त्यो टिम संग भेट हुदा ब्यक्त गर्ने छु र यसै परतिकिरिया मार्फत मैले सक्दो सहयोग गर्नेछु भन्ने प्रतिबदता ब्यक्त गर्दछु मैले जति सक्छु आफ्नो गछे अनुसार तेस्को लागि मा सधैब तयार छु र सबै अगराज समाजसेवी सम्पूर्ण आदरणीय बेक्तितो अनि साथी हरु संग पनि मा यही आसा गर्दछु यदि त्यो टिम को लागि मेरो तर्फा बाट कुनै सर्त बाकी रहने छैनन् सहयोग को लागि
    मेरो वास्तविक नाम पदम बहादुर कार्की कार्कीबादा आठ मुगु हो म अहिले आफ्नो दैनिकी को क्रममा काठमाडौँमा अस्थाई बसोबास गर्दै रोजगारीको सिलसिलामा तेही मुगाली टिम ले राज गरेर जितेको ठाउँ कैलाली को धनगढी मा रहेर आफ्नो दैनिक कार्य संचालन गरिरहेको छु यदि कोहि मित्र ले त्यो टिम को लागि सहयोग गर्ने सिलसिलामा मेरो वास्तविक नाम माथि नै भनिसके मेरो फोन नम्बर ९७४१२८९८७३ – ९८४९२६०४६७ – अनि मेरो इमेल आइडी कर्किपदम९३@याहू.कम
    अन्तमा खेलाडी अनि मुगु बसी सम्पूर्ण मित्र प्रति मेरो तर्फा बाट आगामी दिनको सफलता को सुभकामना भन्न छाहंछु धन्यवाद

    Reply
  73. shantdil says:
    June 28, 2014 at 6:48 pm

    कडा मेहनत र परिश्रम को फल हो. हामीले बुझ्नै पर्ने पर्ने कुरा चाहिं मेहनत ले मानिसलाइ ठुलो बनाउँछ. न कि चिल्ला र चाप्लुसी कुराले. कुरौटेहरुले मुलुकलाई कहिल्यै अगाडी बड्न दिंदैनन्. भागबन्डाले देशलाई कंगाल बनाएको बेलामा यो मेहनत को फल प्राप्त भएको हो. यो समाचार बाट हामीले पाठ सिकेर मेहनत गर्न बानि बसाल्नु पर्छ. अरुलाई ठगेर धनि र ठुलो हुने स्वभाव त्याग्न सक्नु पर्छ.

    Reply
  74. chatur rai says:
    June 28, 2014 at 6:47 pm

    वा ..वा ..वा कति सुन्दर हाम्रो देश, अनि हामीसंग जे छ त्यसैमा कति सन्तोष र खुशी छौ फोटोहरु हेर्दा हेर्दै मेरो त आँसु नै झरेछ …

    Reply
  75. अनिल says:
    June 28, 2014 at 5:14 pm

    सार्है राम्रो लग्यो लेख त / आफु र आफ्नो जीवन लाई उनि हरु को जीवन संग दाजेर हेरे, एकदम आँखा नै रसाएर आयो / म त्यहाँ जन्मेको भए त सुन कलि को स्थान मा पुगथ्येन होला

    Reply
  76. kumar Gotame says:
    June 28, 2014 at 3:16 pm

    Congrats Team Mugu, Heart Touching pictures, God bless you girls. Keep it up the spirit.

    Reply
  77. Chandra GC,Dubai says:
    June 28, 2014 at 2:55 pm

    सारै मनलाई छों ,,,कता कता आँखामा खुसिका थोपा रसाए झैँ लागो …… *_*

    Reply
  78. Nibedan Baidya says:
    June 28, 2014 at 2:43 pm

    सांचिकै खुसि लाग्यो……!!! त्यो विकटता अनि त्यो अदम्य शाहस अनि सफलता……!! सुनकलीसहित टीम र पुरै मुगुवासी लाइ बधाई…….!!!

    Reply
  79. bimal (Korea) says:
    June 28, 2014 at 1:49 pm

    Dear Nirmal jee, as a producer i appreciate your pathway-comment; the people in Mugu, Humla & Dolpa are locked-like by different unavoidable situations but we have seen high potentiality to unlock those all; which is possible through girls empowerment, believing a women “can educate the whole family” in this regard, we just need to motivate them by joining our hands; as per our well-wishers “sunakali” demand we also can organize charity show for two stadium in Mugu and Humla; which is not impossible! Hope to see you in the Premier show!

    Reply
  80. Thaneshwar Kandel says:
    June 28, 2014 at 1:38 pm

    I believe this is a real story of Mugu and far western region of Nepal. Hope this documentary. will be successful without any doubt. Documentary of the year!
    Thank you and congratulations Bhoj Raj Bhat and team. We will love to do a Charity Show in the Netherlands.

    Reply
  81. NIRMAL says:
    June 28, 2014 at 1:12 pm

    खुसि लग्यो मुगी बसी ले जितेको खबर सुन्न पाउदा यो भन्दा पहिला मुगु हारेको समाचार येही माइसंसारमा हेरेको थिए अलि नरमाइलो लागेको थियो तर आज मलाई सारै खुशी लग्यो तेस्तो बिकट ठाउको केटि हरुले फूट्बाल खेलेर जितेकोमा सक्छौ भने हामी हरु ले तीनी हरु को फूटबल को बिकाश गर्न को लागि अलि कति भए पनि चन्दा उठाएर दीये हुन्थियो म आफ्नो तरफ बाट जति सक्थिये दीनेथिये.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme