Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सराङकोटैमा, कति धेरै ग्लाइडर उड्यो एकै पटकमा…

Posted on January 26, 2014January 26, 2014 by Salokya

paragliding1 छेउको फोटोमा तपाईँले रङ्गीबिरङ्गी थोप्लाहरु याद गर्नुभयो ?

के हुन् ती ?

बेलुन ? अहँ, हैन। त्यो हरेक थोप्लोमा दुई जना मान्छे छन्।

ती पोखराको आकाशमा प्याराग्लाइडिङ गरिरहेका हुन्। मौसम राम्रो हुँदा सराङकोटबाट स्वदेशी र विदेशी गरी दिनमा एकै पटक यति धेरै उड्छन्। हेर्नुस् ठूला फोटोहरु भित्र।

paragliding

paragliding1

paragliding2

paragliding3

paragliding4

किन हुन्छ त यत्रो भिड सराङकोटमा ? जवाफका लागि धेरै लेख्नै पर्दैन। यो फोटो हेर्नुस्-

paragliding5
माछापुच्छ्रेसहित अन्नपूर्ण रेञ्जका हिमालहरुलाई हेर्दै फेवातालको सौन्दर्य आकाशबाट चरा झैँ हेर्दा कसको मन रमाउँदैन ?

paragliding6
माथिका फोटो सराङकोट डाँडाबाटै खिचेको भए पनि तलका दुई फोटो चाहिँ फेवातालको डुङ्गाबाट खिचेको हुँ। यस्तो अद्‌भुत दृश्य पोखरामा मात्र हेर्न पाइन्छ। त्यसैले त भिड हुन्छ यहाँ प्याराग्लाइडिङका लागि। प्याराग्लाइडिङ गर्दैगर्दा कस्तो देखिन्छ, त्यो पनि पछि फोटोमा हेरौँला।

डाँडाबाट फाल हालेर आकाशमा रमाउँदै उडेपछि अवतरण भने फेवातालको सिरानमा यसरी गरिन्छ
landing

landing1

यो चाहिँ अलि अघि प्याराग्लाइडिङ गर्दाको भिडियो-

12 thoughts on “सराङकोटैमा, कति धेरै ग्लाइडर उड्यो एकै पटकमा…”

  1. govin says:
    January 28, 2014 at 4:02 pm

    i love pokhara….

    Reply
  2. prabhat says:
    January 28, 2014 at 6:02 am

    पेसागत येक्तिहरुले सौखिन हरुलाई राखी ग्लइद गराएको धेरै राम्रो, एसको लागि प्रसिक्शेन पनि चाहिएन धेरै राम्म्रो. भिडिओ को लागि धन्येबाद !

    Reply
  3. Padam says:
    January 27, 2014 at 9:30 pm

    सारै रमाइलो दृश्य. फोटोहरुको लागि धन्यवाद. तर सालोक्यजी, यो येत्रो धेरै Para-gliders हरु आकाश मा एकै चोटी उडीरहेका छन्. के यिनीहरुले Required Safety Regulations हरु को दयारा भित्र Operate गरिरहेको छन् त ?

    Reply
  4. purna bhattarai says:
    January 27, 2014 at 7:59 pm

    अति सुन्दर ………………पोखरा

    Reply
  5. Nabraj Khanal says:
    January 27, 2014 at 12:40 pm

    दाई तपाई का फोटो र विडियो त साह्रै राम्रो छ तर के तिनीहरु ले लिने भाडा ( charge )दर सही छ कि छैन भन्ने कुरा मा पनि बहस चलौनुस न l

    Reply
  6. अनुराधा पौडेल फ्रान्स says:
    January 27, 2014 at 11:30 am

    हिमालको हिउँ निख्रेको कालो पहाडको थ्रप्रो त देख्छु त म त ।

    Reply
  7. Rajesh rai says:
    January 27, 2014 at 6:51 am

    नकुरा गरौ
    सारै रमाइलो
    मन नै आनन्द भयो

    Reply
  8. kamal says:
    January 27, 2014 at 5:09 am

    सम्झना आयो पोखरा को मिस्सिङ्ग पोखरा एंड अल्सो सराङकोट

    Reply
  9. घिमिरे जी says:
    January 26, 2014 at 10:32 pm

    आहा ! कस्तो राम्रो फोटो…………

    Reply
  10. Shankar says:
    January 26, 2014 at 10:25 pm

    ल है आकास मा पनि ट्राफिक नियम लगाम | नत्र ठोकिएर याकसिदेंट पर्ला र माथि बाट एक चोटी पनि घरको दैलो छिर्न न पाउदै फेरी झन माथि जान पर्ला |

    Reply
  11. dev says:
    January 26, 2014 at 10:17 pm

    ओ हो यिनीहरु जुध्ने खतरा कतिको हुन्छ त ?

    Reply
  12. durga says:
    January 26, 2014 at 9:38 pm

    साचै स्वोर्ग हो पोखरा

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme