Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

३० सेकेन्ड बाँकी छँदा भएको बराबरी खेलमा फ्यानहरु

Posted on June 23, 2014June 24, 2014 by mysansar


अमेरिका र पोर्चुगलबीच नेपाली समय अनुसार सोमबार बिहान भएको खेल निकै रोमाञ्चक रह्यो। ९० मिनेटको खेलमा अमेरिका २-१ ले अगाडि रहेर पोर्चुगल घर फर्कने टिकट काट्ने निश्चित झैँ भइसकेको थियो। तर इन्जुरी टाइम सकिन ३० सेकेन्ड बाँकी छँदा क्रिस्टियानो रोनाल्डोको पासमा भारेलाले गोल गरेपछि खेल बराबरीमा टुङ्गियो। पोर्चुगलको झिनो आशा कायमै रहे पनि गोल अन्तर हेर्दा अर्को चरणमा पुग्ने संभावना लगभग समाप्त भएको छ। हेरौँ यो खेलका केही ग्ल्यामरस महिला फ्यानका फोटो। पुरुष फ्यानका फोटो चाहिँ छैनन्, हेर्न चाहनुभएको यसमा छैन भनेर पहिले नै सावधान गराइन्छ।

4 thoughts on “३० सेकेन्ड बाँकी छँदा भएको बराबरी खेलमा फ्यानहरु”

  1. samrat~ says:
    June 26, 2014 at 8:27 am

    अरु कुरो तेस्तै हो एउटा फोटो मा जिजस क्राइस्ट ले चाइ मस्ती मारेर बसेको देखिन्छ है ..कस्तो बदमाश !

    Reply
  2. Dr Lila Raj Dahal, Toledo, Ohio, USA (now USA) says:
    June 24, 2014 at 4:55 am

    हामी ८ जना साथीहरु मेरोमा जम्मा भएर नूनको सोझो गरौँ भनेर अमेरिकाको समर्थनमा हुटिङ्ग गर्दै, भर्खरै ग्राजुयसन गरेका साथीहरुले पार्कमा आयोजना गरेको खानपिन कार्यक्रममा पनि नगई खेल हेर्दै थियौं । अब चाहिं जित्ने भयो भरेर हिंड्नै थालेको बेलामा गोल खाएर बडा बिच्छुक बनायो । जे होस्, अमेरिकालाई अझै एक मौका छ, जर्मनीसंग कमसेकम बराबरी गरेर दोश्रो चरणमा जाने । आशा गरौँ, प्रशिक्षक क्लिंसम्यान कुनै बेलाका महान जर्मन खेलाडी भएकोले जर्मनी बिरुद्ध राम्रो रणनिति बनाएर अघि बढ्लान र अमेरिकालाई अर्को चरणमा पुर्याउलान ।

    Reply
  3. suresh says:
    June 24, 2014 at 12:05 am

    it’s unbelievable ! at last a few seconds “LUCK” didn’t favoured the U.S.A , Valera scored a goal to give a lifeline to Portugal . I’m still hopeful that USA wll advance to knockout stage. I Personally want UNDERDOG to win the world cup this time not by a Favourite team. GO UNDERDOGS GO……………..

    Reply
  4. सिर्जने says:
    June 23, 2014 at 11:30 pm

    “Ronaldo I am free tonight” भन्ने महिलाले त रोनाल्डोलाइ “खुला-पत्र” नै लेखेर निम्तो दिइछन त गाठे!!! अनि अम्रिकानी भन्दा पोर्तुगाली नानिहरु हिस्सी परेका रहेछन त, कम्तिमा मेरो नजरमा!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme