पोखराको नागढुंगानजिकैको चोकमा रहेको पोखराका पुराना घरहरु मध्येको एउटा घर यो सालको वर्षाले भत्किएको छ। यो पालि पोखरामा भयङ्कर वर्षा भएको छ। र, त्यही वर्षाले यो पुरानो घरका केही भाग भत्कन पुगेको छ। पुरानो घर भएकोले ऐतिहासिक महत्वको भन्दै उपमहानगरपालिकाले यो घर भत्काउन दिएको थिएन। सडक फराकिलो पार्दासमेत यो घरलाई केही नगरी ढलसमेत घर भित्रबाट… Continue reading
Category: फोटो ब्लग
पैसाको पहुँच
मंगलबार एकाबिहानै विश्वको सबभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ थोरोङ्गला पास काटेर मुक्तिनाथ झर्दा मन्दिर नजिकैको हेलिप्याडमा दुई वटा हेलिकप्टर अडिएका थिए। ६ जना जति पुलिसले पनि हेलिकप्टर नजिकै पहरा दिइरहेका थिए। हामीले सोच्यौँ कुनै मन्त्री सन्त्री आएको हुनुपर्छ मुक्तिनाथ घुम्न। हामीले मन्दिर बाहिर पूजाका सामान बेच्नेलाई पनि सोध्यौँ। “खै, ठूलो मान्छे आएको रे” भनिन्। को… Continue reading
पानीको अभावको फोटोले जित्यो पुरस्कार
इसिमोडले आयोजना गरेको हिमालय क्षेत्रमा पानीको अवस्थाबारे भएको फोटो प्रतियोगितामा एउटा नेपाली फोटोले पुरस्कार जित्न सफल भएको छ। उत्तमबाबु श्रेष्ठले डोल्पा जाँदा खिचेको स्रोतमै पानीको अभाव शीर्षकको फोटोले सेकेन्ड रनर अप अवार्ड जितेको हो। पोहोर माझफाल गाविसमा खिचिएको यो फोटोलाई दुई व्यवसायिक फोटोग्राफर जगदीश तिवारी र रवि सायमि अनि एक जल विशेषज्ञ अदिती मुखर्जीको जुरीले… Continue reading
धरहरा साक्षी छ
जेठ १४ गते राति भद्रकालीनजिकैको आकाशे पुलबाट देखिएको दृश्य। धरहरा त तपाईँहरुले ठम्याइहाल्नुभयो, बायाँ साइडको ठूलो घर सिभिल मल हो। त्योभन्दा अलि दायाँको भवन नेपाल टेलिकमको हो। बीचमा धरहरा भइहाल्यो। दायाँ छेउको चाहिँ काठमाडौँ मल हो। कालो देखिएको टुँडिखेल हो।
बुद्धम् शरणनम् गच्छामि
यसपालि मलमासका कारण बुद्ध जयन्ति अर्थात् वैशाख पूर्णिमा वैशाखमा नभई जेठमा मनाइयो। वैशाख पूर्णिमाका दिन स्वयम्भूमा भक्तजनकहरुको ठूलो भिड हुन्छ। त्यहाँ श्रीलंकाले दिएको शाक्यमुनि गौतम बुद्धको अन्त्येष्टिका क्रममा सङ्कलन गरी राखिएको अवशेष (अस्थी धातु) प्रदर्शन गरिन्छ। बुद्ध जयन्तिकै साँझ उत्तमबाबु श्रेष्ठले स्वयम्भू परिसरमा खिचेका केही फोटो हेर्नुस्-
जलमग्न काठमाडौँ !
बिहीबारको मुसलधारे वर्षाले काठमाडौँका सडकहरुमा नदी बगाइदियो। प्रमुख सबै सडकहरु पानी-पानी भए। एयरपोर्टसमेत आधा घण्टा बन्द भयो भिजिबिलिटी नभएर। हेरौँ, जमल र आसपासका केही फोटोहरु।
उहिले र अहिले
५४ वर्ष इतिहासका लागि लामो समय हैन। तर यति वर्षमै पनि ठाउँ र मान्छे कति परिवर्तन भइसक्दो रहेछ। माथिका दुई फोटोले यस्तै अन्तर देखाउँछ। दुवै फोटो स्वयम्भु डाँडाबाट देखिएको काठमाडौँको हो।
हाइवेका हामी ‘अपराधी’ यात्रु
पोखराबाट काठमाडौँ फर्कँदै थियौँ। टुरिस्ट बस हुइँकिँदै थियो आफ्नो गतिमा। बिहानको नास्ता खाने बेला हुनहुन लागेको थियो। घच्याक्क बस रोकियो तनहुँको जामुनेमा। अगाडि केही अरु गाडी थिए। पछाडि पनि गाडीको लामो लाइन भइसकेको रहेछ। ‘जाम’ भो रे ! के भएको रहेछ भनेर बुझ्न गयौँ। सडकको बायाँ छेउमा एउटी बच्ची रोइरहेकी थिइन्। स्थानीय केहीले उसलाई सम्झाइरहेका… Continue reading
किन भत्किए यी घर ?
फोटोका घरहरु ध्वस्त देखिएका छन्। नझुक्किनुस्, मनकामना केबल कार चढ्ने ठाउँनजिकै कुरिनटारका यी घरहरु भूकम्प वा विस्फोटका कारण यसरी भत्किएका हैनन्। कारण अर्कै छ।
के भेटियो सय वर्ष पुरानो ढुकुटी खोल्दा ?
हनुमानढोका दरबारक्षेत्रमा रहेको भण्डारखालको एउटा पुरानो ढुकुटी हिजो सय वर्षपछि खोलेर हेरिएको छ। बाबुराम सरकारले एक महिनाअघि ढुकुटी फोर्ने निर्णय गरेको थियो। त्यसका लागि पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो। चन्द्रशमशेरको पालामा विक्रम संवत् १९७० मा यो ढुकुटी बनाएको अनुमान गरिएको छ। ढुकुटीमा के के भेटियो त ?
आइ लभ नेपाल !
हिजो नेपाल र अफगानिस्तानबीच भएको एसिसी ट्वान्टी-२० कपको फाइनल हेर्न ठूलो संख्यामा दर्शक त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुर पुगेका थिए। पहिलो पटक फाइनलमा पुगेको नेपालले कप जित्न सकेन। तर नेपाली टोलीलाई दर्शकले दरिलो साथ दिए। हजारौँ दर्शक उपस्थित थिए तर खेल भावनाका साथ हारलाई पचाए। केही वर्षअघि यही मैदानमा पराजयको संघारमा पुगेपछि दर्शकले उपद्रो गरेका कारण… Continue reading
धन्यवाद, टिम नेपाल र समर्थक !
‘…साम्राज्य दुई हारे, हारेन शान हाम्रो’ नेपाली टोलीले प्रत्येक चौका र छक्का हान्दा मैदानमा यो गीत घन्काइन्थ्यो। अनि साथ दिन्थे २० हजारको हाराहारीमा उपस्थित भएका दर्शकहरु। अहो…त्यो भीड, त्यो जोश, त्यो राष्ट्रियता। गज्जबको माहौल थियो। दङ्ग परेको थिएँ हेरेर। साँच्चै खेल नै त्यस्तो एउटा माध्यम रहेछ, जसमा सबै नेपाली एक हुँदा रहेछन्। त्यसमाथि इतिहास रच्दै… Continue reading
शिवरात्रिको रमझम
सत्यम् शिवम् सुन्दरम् ! पवित्र पाशुपत क्षेत्रमा शिवरात्रिको रमझम हेर्न पुगेको थिएँ। झण्डै पाँच घण्टा बिताउँदा पनि समय गएको पत्तै भएन। केही फोटो तपाईँहरुका लागि लिएर आएको छु।
जय शम्भो ! शुभ शिवरात्री !!
हिन्दुहरुको महान चाड महाशिवरात्रीको अघिल्लो रात यस्तो देखियो।
उहिले र अहिले – ३
माथिका दुई वटा फोटोको समयको अन्तर ९३ वर्ष रहेको छ। हनुमानढोका दरबार क्षेत्रको जगन्नाथ मन्दिर देखिने गरी खिचिएको बायाँको फोटो सन् १९२० को हो भने अर्को फोटो अस्ति भर्खर खिचेको हुँ। दुई फोटोमा झट्ट हेर्दा खासै अन्तर देखिन्न।
उहिले र अहिले -२
काठमाडौँको बसन्तपुरस्थित गद्दी बैठकको पुरानो फोटो र अहिलेको फोटो। हेर्नुस्, यत्रो समयमा कति अन्तर आयो?
उहिले र अहिले
आजदेखि माइसंसारमा तपाईँले एउटा नयाँ स्तम्भ देख्न पाउनु हुनेछ। यसमा पुराना फोटो हेर्दै म सकेसम्म त्यही ठाउँमा गई अहिलेको फोटो खिची तपाईँहरुसामु राख्नेछु। दुवै फोटो हेरेपछि उहिले र अहिलेमा के फरक रहेछ, हामी छलफल गरौँला। माथिका दुई फोटो खिचेको अवधिमा ८७ वर्षको अन्तर छ। काठमाडौँको कुमारी घर नजिकै रहेको गरुडको मूर्ति रहेको ठाउँको फोटो हो… Continue reading
नेपाली सुन्दरीलाई फिलिपिन्समा उपाधि
नेपालका समाचारमा खासै केही नयाँ आकर्षण नभइसक्यो। राजनीतिमा सहमतिको लागि म्याद थपिँदा थपिँदा म्याद नै लजाएर भागिसक्यो। लोडसेडिङले १२ घण्टा नाघिसक्यो। यस्ता कुरामा ध्यान नलगाउँ भन्दा पनि नहुने। सँधै त्यस्तै कुरा सुन्दा दिक्क पनि लाग्ने। आउनुस् आज बरु रमाइलो कुरा गरौँ। फिलिपिन्समा एक नेपाली सुन्दरीले विश्वविद्यालयस्तरीय सौन्दर्य प्रतियोगिता जितेकी छिन्। त्यसैका केही फोटो हेरौँ।
श्रद्धाञ्जलिको एउटा तरिका – बाला चतुर्दशी
आज बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख… Continue reading
क्या गज्जब! अन्नको कला !!
यो गजबको कला कात्तिक पूर्णिमाको अवसरमा असनको अन्नपूर्ण मन्दिरअघिल्तिर बनाइएको हो। यो गजबको कलामा प्रयोग भएका अन्नहरु के-के हुन् त ? हेर्नुस् भित्र।