आखिर चमत्कार होला कि भनेर सोच्नेहरु आज बिहान निराश भए। ४३ वर्ष पुरानो त्यो ऐतिहासिक विमान क्षतविक्षत अवस्थामा अर्घाखाँचीमा भेटियो। विमानै टुक्राटुक्रा भएपछि विमानमा बस्नेहरुको हालत के भयो होला ? सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ। आइतबार मौसम खराब थियो। तर के त्यही कारण थियो दुर्घटना हुनुमा ? पोखराबाट जुम्लातर्फ उडेको बेला मौसम खराब भएपछि भैरहवा फर्कन लागेको थियो विमान। तर ठोक्किन पुग्यो हिमपात भइरहेको अर्घाखाँचीको नरपानी र खाँचिकोट गाविसको बीचमा पर्ने मसिने लेकको थाराभन्ने ठाउँमा। नजिकै बस्ती थियो तर चट्याङ परेको अनि हिउँ परिरहेकोले थाहै पाएनन्। सोमबार बिहान दुर्घटनास्थल पत्ता लागेपछि उद्धार सुरु भयो। नेपाली सेनाबाट प्राप्त केही फोटोहरु-