Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसरी गरियो आमाघरबाट बालबालिकाको उद्दार

Posted on February 26, 2014February 27, 2014 by mysansar

aama1
आमाघरमा शंकास्पद गतिविधि भएको, अनुमति नलिई खराब अवस्थामा बालबालिकाहरुलाई राखेको जस्ता गम्भीर आरोपहरुसहितको उजुरीमा छानबिन अगाडि बढाएको प्रशासनले तत्काल त्यहाँ आश्रित बालबालिकालाई उद्धार गर्नुपर्ने अवस्था देखेपछि आज बिहान एक टोलीले उद्दार गर्‍यो। ३४ बालबालिका र एक सुस्त मनस्थितिकी बालिका गरी ३५ जनालाई केन्द्रीय बाल कल्याण समितिले उद्दार गरी गोदावरीको उद्दार गृहमा राखेको छ। त्यहाँ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा धेरैको अवस्था नराम्रो देखिएको भनिएको छ। बालबालिकाले पनि आफूहरुलाई आमाघरमा भएको नराम्रो व्यवहारबारे बोलेका थिए।

यसैबीच, आमाघरकी सञ्चालक दिलशोभा श्रेष्ठले पनि आजै पत्रकार सम्मेलन गरी आफूमाथि लगाइएको यौन दुराचारको आरोपको खण्डन गरेकी छिन्। उनले क्यान्सरपीडित वृद्धासित गरिएको फोन वार्तालाई गलत रुपमा प्रस्तुत गरिएको दावी गरेकी छिन्। यद्यपि दर्ता बिना गैरकानुनी रुपमा बालगृह सञ्चालन गरेको भने उनले स्वीकारे। प्रशासन स्रोतले भने उजुरीपछि गरिएको छानबिनमा शंकास्पद व्यवहार देखेपछि नै बालबालिकालाई तत्काल उद्दार गर्नुपर्ने देखेकोले बालबालिकाको आजै उद्दार गरिएको बताउँछ। मिडियामा यो खबर आउनुअघि नै प्रशासनले यस विषयमा छानबिन अघि बढाइरहेको थियो। उद्दारपछि गम्भीर प्रकृतिको आरोप भएकोले बाँकी अनुसन्धानको जिम्मा सिडिओले प्रहरीलाई दिएको छ।

हेर्नुस् प्रकाश केसीले खिचेका उद्दारको फोटो

aama2
रेस्क्युका लागि आएको केन्द्रीय बालकल्याण समितिको टोलीसँग कुरा गर्दै दिलशोभा। कति जना बालबालिका छन् भनेर सोध्दा उनले यकिन भन्न सकेका थिएनन्। कहिले ५३ कहिले ५० भनिए पनि रेस्क्यु टोलीले सबैलाई लाम लगाएर नाम टिप्दा २९ जना मात्र भेटिएका थिए। पछि थप पाँच जना भेटियो। कूल ३५ जनाको उद्दार गरियो। बाँकी बालबालिका खोई भन्दा उनले यकिन बताउन सकेनन्। कहिले होस्टलमा राखेको कहिले के भनिन्।

यहीँ आश्रित बालबालिका पढ्ने नजिकैको स्कूलका प्रतिनिधिले भने त्यहाँका केही बालबालिकालाई निःशुल्क पढ्ने व्यवस्था गरिएकोमा सँधै फोहर जिउ र फोहर लुगा लगाएर आउने र जति सुधार्न आमाघरलाई भन्दा पनि वास्ता नगरिएको बताए।

aama3
आमाघरमा आश्रित बालबालिकाहरु।

aama4
आमाघरमा आश्रित बालबालिकाहरु।
aama5
बालबालिकाहरु सुत्ने कोठा।

aama6
बालबालिका बस्ने कोठाको दृश्य।

aama7
कोठामा एक बालक।

aama8
आमाघरमा आश्रित एक बालक।

aama9
आश्रित बालक।

aama10
आश्रित बालक।

aama11
आश्रित बालक।

aama12
रेस्क्यु टोली बालबालिकाको नाम टिप्दै।

aama13
रेस्क्यु टोली नाम लेखिएको ट्याग बालबालिकालाई लगाइदिँदै।

aama14
रेस्क्युका लागि लगिनुअघि बालबालिकाहरुलाई लाममा राखेर उभ्याइँदै।

aama15
चोटपटक लागेको अवस्थामा भेटिएका एक बालक।

aama16
सरकारी समिति रेकर्डका लागि बालकको नेमट्यागसहितको फोटो खिच्दै।

aama18
रेस्क्यु टोलीका अधिकारी पत्रकारहरुसँग कुरा गर्दै।

58 thoughts on “यसरी गरियो आमाघरबाट बालबालिकाको उद्दार”

  1. gurung says:
    February 28, 2014 at 1:53 am

    उद्धार त गरिएको रहेछ अबको दिनहरू कसरी कस्तो अवस्थामा गुजार्ने होलान् यी बालबालिका हरू ? फेरि ती बालबालिक आमा घर नै खोज्दै आउने अवस्था नहोस् हो यदि दिलशोभाले त्यस आमाघरबाट यौन दुराचार व पैसा कमाउने थलो बनाएकै हो भने छानबिन पछि थाहा हुन्छ होला र त्यहि अनुसार् को सजाय पाउनुपर्छ अन्यथा छतिपुर्ती पाउनुपर्छ होला

    Reply
  2. Lohani Indra says:
    February 27, 2014 at 11:11 pm

    सडकमा अनाथ भइ बेसहारा मृत्यू कुरीरहेका बृद्धहरुलाइ सरकारले कहाँ कहिले कसरी उद्धार गरेको रेकर्ड छ र त्यो सरकार भनाउँदो निर्लज्ज कर्मचारीको जत्था हतार हतार उद्धार गर्न आमाघर आउनु पर्यो ? के आमाघरको अवस्था सडकमा असरल्ल मृत्यु कुरेकाहरुको भन्दा खत्तम छ ? धेरै नखरा देखाउनु पनि हद हुन्छ नि

    Reply
  3. GURU says:
    February 27, 2014 at 9:48 pm

    के हो मापदण्ड भनेको ??

    अाफ्नो उर्लदो बैंसलाइ थाम्न नसकी सुरक्षित उपाय सम्म अपनाउन धैर्य गर्न नसक्ने चरित्रहिनहरुरले जन्माएर झाडीमा फ्याकेका तथा फोहोरको डुंगुर अनी पुलमुनी बास बस्नेहरुलाइ आफ्नै निजी घरमा ओत दिइ आफ्नै खर्चमा पालन पोषण गर्ने समाजकी नायीका दिल शोभालाइ मापदण्ड बिपरीत कार्य गरेको भनेर आरोप लगाउने पादरीहरु संग तलका प्रशनको जबाफ छ ?

    १. काठमाण्डौका हरेक मासु पसल, मिठाइ पसल तथा रेस्टुरेन्ट हरु फोहोरको डुंगुरमा संचालन भएको प्रमाणित हुदा पनी उनीहरुलाइ कुनै मापदण्ड लाग्दैन ?
    २. काठमाण्डौका हरेक धनाड्यको घरमा स्कुल पढाउने निउमा गरीब परीबारका बालबालीका लाइ श्रमिक बनाएर राखेको कुरा सबैले आँखा चिम्म गरी सहेर बसेका छन् के त्यहा मापदण्ड लाग्दैन ?
    ३. व्यापारीहरुले खुलेआम मिसावट गरी सामान बेच्न पाउनु पर्छ भनेर आन्दोलन गर्दा घोक्रेठ्याक लगाउनु पर्ने मा उल्टो सरकारले बार्ता गरेर मिसाबट गरे पनी हल्का गर्नु भनी अनुमती दिन्छ । त्यो के सर्बसाधारणले सहनै पर्ने हो ?
    ४. बालकृष्ण डुंगेलले कुन मापदण्ड पुर्याएर उज्जन कुमारको हत्या गरेका थिए र खुलेआम समाजमा छाती फुलाएर हिड्न पाएका छन ?
    ५. अधिकारी दम्पतीका छोरालाइ मार्नेहरुले कस्तो खालको मापदण्ड अपनाएका थिए जसले गर्दा सरकारले किटानी सहित उजुरी गर्दा पनी हत्यारालाइ कार्यबाही गर्न सक्दैन ?
    ६. खुमबहादुर खड्काले कस्तो खाले मापदण्ड पुर्याएर भ्रष्टाचार गरेका थिए र जसको कारण खोर बाट निस्कदा १२२ किलोको मालाले स्वागत पाए ?
    छि छि म त्यै समाजको नागरीक हु र मैले पनी यी सब कुराहरु बाध्य भएर सहनु परेको छ अनी आफैलाइ लज्जावोध फिल गर्नु बाहेक केही गर्न सक्दिन ।

    Reply
  4. ashish says:
    February 27, 2014 at 3:57 pm

    मलाई त यो बालगृह धेरै पैसा लिएर राख्ने होस्टेल भन्दा त राम्रै लग्यो.

    Reply
    1. Subash says:
      March 4, 2014 at 4:49 am

      होस्टेल बस्ने भनेको पैसो हुने ले हो. र पैसो हुने हरुलाई बाल गृह मा बस्न जरुरि छैन तेसैले तपाइको भनाइ मा कुनै तुक छैन.

      Reply
  5. Rajesh says:
    February 27, 2014 at 3:24 pm

    यो घटनाको आवस्यक छानबिन भए पछि मात्र सत्य को टुंगो लाग्ला , तर कुरो यो घटनाको मात्र होइन | धेरै पहिला देखि, मलाई यो बालश्रम चलाउने र बालश्रम भन्ने बित्तिकै संखा लाग्छ, खासगरी हाम्रो जस्तो देश जहाँ नैटिकताको ठुलो कमि छ, कानुनको उदासिनता छ, भ्रस्टाचारले गर्दा पैसा खुयाओ भने जे पनि हुन्छ |

    ऐले संसार भरि नै, बयाबिचार बढेको छ, ति अभोद नानीहरुलाई कतै बिदेशी यौन दुराचारीहरुलाई त बेचीदै छैन ? विदेशबाट धेरै phedophile (बल यौन दुराचारी), गरिब मुलुकतिर अनेक बहाना र भेषमा यौन दुराचार गर्न आओछन् र नानीहरु adopt गर्छन, के तिनीहरुले विदेश लगेर ति नानीहरुलाइ यौन दुराचार त गर्दै छैनन् ? यी कुराहरुमा हरेक नेपाललि नागरिकको चेतना जागोस | भोक, गरिबी र अशीच्या भए पनि स्वतन्त्र भएर बाच्न पाउनु हरेक मानवको नैसर्गिक अधिकार हो | तर स्वास्थ, शीच्याको बहानामा यी अभोद बाल-बालिकालाइ यौन दुराचाको भयानक नर्कमा धेकेल्नु, मानवता बिरुद्धको अपराध हो |

    Reply
  6. Shesh Mani Dahal says:
    February 27, 2014 at 3:11 pm

    न म कुनै अनुसन्धान गर्ने अधिकृत हो न अनुसन्धान गर्ने विशेषज्ञ नै । मैले मेडिया मा आएका र दिलशोभा को बिगत थोरै बुझ्ने प्रयास गर्दै तिनको स्पस्टिकरण दिन आयोजित पत्रकार सम्मलेन को भिडियो हेर्दै मेरो मन मा लागेका नितान्त व्यक्तिगत सोच हरु लाइ समेटेर निम्न बुदाहरुको टिपोट गरेको छु । मैले यो लेख दिलशोभा लाइ अपराधी प्रमाणित गर्न लेखेका होइन, मेरो सोच मात्र यो हो कि सहि कुरा बाहिर आओस र सहि कुरा बाहिर आउनको लागि विभिन्न कोण बाट यो घटना को अनुसन्धान हुनुपर्छ भन्ने आसय हो । धेरै साथी ले पक्ष र विपक्ष मा छलफल चलाई रहदा यी बुदा हरु लाइ नि छलफल मा ल्याउनु पर्ने आबस्यकता महसुस गर्दै यो लेख लेखेको छु :

    १. दिलशोभा ले टेप मा ती बुढी आमा (राधिका मानन्धर) को मा राति काम गर्न जाने भनेको छिन , साथै ती आमाको छोरी डाक्टर छे भनेर पछी स्पस्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा भनेकी छिन । दिउसो काम मा जाने छोरी हुदा दिउसो पो काम गर्ने/हेरचाह गर्ने मान्छे चाहिन्छ त किन राति मान्छे चाहियो ? दिउसो नचाहिएको मान्छे राति मात्र किन चाहियो ??
    २. बेलुका एक छाक मात्र खाना खान दिनुपर्छ, बिहान पर्दैन राति सगै सुत्नु तपाइलाई माया माया माया गर्ने मान्छे छ भनेर टेप मा भनिएको छ । त्यत्रो संसार को सेवा गर्ने दिलशोभा लाइ त्यो राति काम गर्न जाने मान्छेको किन माया नलागेको होला ?? बिहान खाना खान दिनु पर्दैन पनि भन्न भ्याइन.. साथै उनले त रेट राखे जसरि खाना को कुरा गरिन त.. भनेपछि यो काम त पहिले बाटै सुरु भएको रहेछ नि त.. हैन र ??
    ३. दिलशोभा ले स्पस्टिकरण दिदा भनेकी छिन कि उनि ती काम गर्ने महिलालाई आफ्नो मा काम लाउथिन , तर तिनै दिलशोभा ले टेप मा ती महिला आफ्नो मा नभएको र बिहान आएमा केटा संग पठाइदिने भन्दै कहाँ कहाँ गएकी छे म आइछ भने पठाईदिन्छु भनेकी छिन । आफ्नो मा काम गर्न बसेको मान्छे आयो भने म पठाई दिन्छु भन्नु को अर्थ त्यो मान्छे त्यो ठाउँ मा काम नै गर्दिन रहेछ भन्ने प्रस्ट हुन्छ । यहि पनि उनको भनाइ आपसमा बाझिएको छ ।
    ४. दिलशोभाले स्पस्टिकरण दिदा ती बुढी आमा पहिले अफ्नोमा आएर बस्ने गरेको र पछी उनकी छोरीले नबस्न अनुरोध गरेपछि ती आमा आफ्नै घर गएको बताएकी छिन, त्यस्तै ती काम गर्ने महिला पनि पहिले देखि नै त्यहा (आमा घर) मा काम गर्दै आएको बताएकी छिन । यदि त्यस्तो हो भने ती बुढी आमाले ती काम गर्ने महिलालाई नचिन्ने अवस्था आएर रातो कपडा लगाएर आउछिन भन्नु जरुरत थियो त ?? त्यहि काम गर्ने र बस्ने मान्छे ले एक आपसमा नि नचिन्ने हुन्छ ??
    ५. स्पस्टिकरण दिदा दिलशोभा ले “माँ” तपाइलाई धेरै माया गर्छे भनेर मैले भने भनेर पटक पटक दोहोराइन । तर सोहो कुरो टेप मा सुन्दा खेरि भने “माँ” भन्ने शब्दको कहिँ कतै उच्चारण नै गरिएको छैन । यसरी हेर्दा त्यो टेप मा तिनै बुढी आमा संग फोन मा दिलशोभा ले बोलेको हो भन्न सकिदैन ।
    ६. हजुर यहाँ आउनु पर्दैन मैले हजुर लाइ सेवा गर्न त्यहि पठाएको छु भन्नु को अर्थ, यदि यो घटना पुस्टि भएको खण्ड मा हामी के बुझ्न सक्छौ भने आमा घर मा दिलशोभा ले पहिले देखिने कोठी नि पो चलाएकी थिईन कि के हो ??
    ७. दिलशोभा ले सो बाहिर आएको टेप आफ्नो भएको आफैले स्विकारी सकिन । यसमा नक्कली स्वर को प्रयोग नभएको प्रस्ट भैसकेको छ । साथै त्यो टेप मा कहिँ कतै स्वर मा परिबर्तन गरि अर्को अर्थ लाग्ने बनाइएको स्पस्टिकरण मा उल्लेख गरेकी छैनन् । यसको अर्थ त्यो टेप एकदमै सहि रुपमा प्रस्तुत भएको बुझ्न कस्ट गरि रहनु पर्दैन ।
    ८. दिलशोभा पहिले देखि नै बिबादित चरित्र कि मान्छे हुन् । चाहे सहयोग रकम को दुरुपयोग को घटना मा होस् या क्रिस्चियन धर्म को प्रचार गर्दै जबर्जस्ति धर्म परिबर्तन गर्न बाध्य पारिएको घटना होस् वा धर्म पुत्र पुत्री कै घटना किन नहोस । त्यसकारण नि यो घटना मा उनि संलग्न छैनन भन्ने ठोस रुपमा दाबी गर्ने आधार मैले पाउन सकिन,
    र अन्त्यमा यो बिषयमा वास्तविक जानकारी पाउन त्यति गाह्रो होला जस्तो लाग्दैन.. एक दुई जना बच्चा साग यसबारेमा सोध्ने हो भने दुध को दुध पानि को पानि छुट्टिहाल्छ.

    Reply
    1. किरण (देश भक्त) says:
      February 27, 2014 at 4:56 pm

      हजुर ले गम्भीरता साथ यो case को अध्यन गरेको मा धेरै धेरै धन्यवाद | हजुर को ८ नम्बर को बुदा बाट स्पस्ट भयो कि, “दिलशोभा सारैनै झुट बोल्ने ढोगी समाजसेबिका ” हो | मैले उहालाई Christian र चर्च को बारेमा सोधेको, “तेहिको तेही झुट बोल्नु भएको थियो ” | उहा ले आफु नपढेको र केहिपनि थाहा नभएको नाटक गर्नु हुन्छा | उहा लाइ तेतिकै हाइ-हाइ गरेर मिडियामा पुर्याउने church नै हो | तेतिकै मा “काग ले कान लग्यो भनेर १० जनाले भन्यो भने हामि तेही दस जना को कुरा पत्त्ययेरा काग को पछि पछि लाग्दछौ त र आफ्नो कान समात्दैनौ”, तेस मध्धे म पनि एक परेको थिए | ३ चोटी “दिलशोभा को घरमा” गएपछि बल्ल मैले मेरो कान आफै ले समाते, बल्ल थाहा भयो बस्ताभिक कुरा | वरी परि को पसले हरु ले भन्दै थिए तेसबेला (१ बर्ष भन्दा पहिले) “त्यो आइमाइले (दिलशोभा) नानीहरुलाई काम लगाउछे, तेहा नानीहरुको र आमा हरुको बिजोग देखाएर, तपाइहरु बाट पैसा लिन्छे, आमाहरुको हालत तेस्तै हो, नानीहरुको हालत तेस्तै हो”| अर्को कुरा दिलशोभा ले सडक बालक ( खाते) हरुलाई कहाँ सरण दिन्छ र? एक चोटी उसको फोन recording र प्रेस conference को audio “neutral ” भएर analysis गर्नुहोस नयाँ योंन कुरा पनि पर्दा-फास हुन्छ| दिलशोभा लाइ झुट बोल्न माहिर हुनुहुञ्छ, यो त मैले भोगेको कुरा हो |

      Reply
    2. ramesh says:
      February 27, 2014 at 5:11 pm

      मलाइ केटा केटि को अबस्था तेती खराब लागेन कम्ति मा नेपाल को सन्दर्भ मा. बाबु आमा को काख मा हुर्किएका बच्चा हरु(गरिब बाबुआमा) को अबस्था यो भन्दा धेरै गए गुज्रिएको अबस्था मा हुन्छ. किन अरु कुरा गर्ने, मध्यम स्तर को भनिएको हाम्रै बाल्यकाल कस्तो थियो र?. दिल शोभा ले आपत मा परेका हरु लाइ संग्रक्षण दिएकि हुन् न कि पैसा लिएर ५ स्टार होटेल को सुबिधा दिने ब्यबसाय चलाएकी हुन् . जहाँ सम्म आर्थिक सहयोग प्रत्यक्ष गर्न नपाइने भन्न खोजिएको छ, उनि नै तेस्को प्रमुख भए पछि त्यहाँ को आबश्यकता, अनि तेस्को लागि आबश्यक श्रोत परिचालन त उनले नै गर्ने होइन र?

      Reply
  7. bhakta says:
    February 27, 2014 at 2:26 pm

    प्राइभेट बोर्डिंग स्कुल को अबस्था पनि अबलोकन गरोस ! मैले १५ हजार महिनावारी तिर्दै आएको स्कुलको हालत यो भन्दा सुध्रेको चै थियन … होला जुटाआईयको रकम हिनामिना गरियको भय अर्कै कुरा ….आखिर उरोपमा पनित छैनन् ई बाल बालिकाहरु ! औसत यतिको स्टाण्डर मा नेपालि बालबच्चा बस्न पढ्न पाय धन्य मान्नु पर्छ / नबिर्सौ हाम्रा बिगतलाई पनि .. पछाडी हेर्दै अगाडि बढे लडिदैन !

    Reply
    1. Bijendra says:
      February 27, 2014 at 6:06 pm

      शेष मणि दाहाल!!
      कस्तो लम्पर्ट मान्छे हो तिमी!!
      तिमि जस्तो सोच मान्छे नै आज को समस्या हो !!
      अरु कुरा हरु बिस्तारै बाहिर आउला के हो भनेर तर त्यो अडियो, काम गर्न जाने दिदी र दिलशोभा दिदी को बयान बाट
      अजै पनि अडियो को कुरा लाई अनाहक मा घुमाई फिराई लेख्ने तिम्रो दिमाग लाई देखेर मलाई तिम्रो पो दया लग्यो !!!

      Reply
      1. bhakta says:
        February 28, 2014 at 4:12 pm

        कल्ले भन्याछ अडियो को कुरा ठिक भनेर ? छन् बिन गरेर जसको गल्ति हो उसलाई कारबाही हुनुपर्छ … हावामा बहने तिमि जस्ताले देस बिग्रिएको छ !

        Reply
        1. Subash says:
          March 4, 2014 at 5:02 am

          मैले बुझे अनुसार इ आमा ले राम्रो काम को आड लिएर नराम्रो काम लाई बढावा देखिएको देखियो ताकी तपाईं हरु जस्तो आँखा देख्ने मान्छे लाई अन्धो बनाई राख्न सफल भाकी छिन.

          Reply
  8. shiva hari adhikari says:
    February 27, 2014 at 1:39 pm

    सत्ते छानबिन हॊस …..मलाई लाग्दैन उनि दोसी छन् भनेर

    Reply
  9. Tenzing K Ukyab says:
    February 27, 2014 at 1:35 pm

    सबैले लेखेको र आफैले सोच्दा एस्तो ठुलो जिम्मेवारी येति लामो समय एउटा साधारण महिला ले गर्दा कामै नगरी हसुर्ने हरुलाई नपच्या पो होकी न ? समातेर लाने हरुले बेहाल भएको सडके बच्चा हरुलाई लगिदिए कति राम्रो i त्यति निको चाल त देखिन्दैन है I बरु कस्तो फैसला हुञ्छ त्यो हेरौ , यो कलि मा कहाँ गरिखान दिन्छ र न आफै गर्छ I

    Reply
  10. Siyan says:
    February 27, 2014 at 12:44 pm

    यस बिषयमा मैले खुट्याउन नसकेको कुरा के भने, यदि दिलशोभाजी जस्तो एक्लो मान्छे जो न कुनै साज सृन्गारमा अनि न कुनै ठाटबाटमा कहिले देखिनु भो लाइ साधारण जीवन यापन गर्न वाहाको आफ्नो घर मात्र भाडामा लगाउदा पनि ४०-५० हजार रुपिया आरामले महिनामा आउछ र पुग्छ भने त्यस्तो कुकृत्य हरु गरि रहन आवश्यक देखिदैन, अरुले फालेको बृद्धहरु बालबालिकाहरु घरभरि थुपारेर राखेर वहाले कुन स्तरको जीवन यापन गर्नु भएको छ र? जीवनको उत्तर्रार्धमा आएर कथित आरोपित कुराहरु वहा बाट भयो होला भन्ने मलाई ०.००१% पनि विश्वास लागेन, सबैलाई वहाको निजि सम्पति घर आदि र वाहाको जीवन स्तर दिमागमा राखेर वाहालाई लगाइएको आरोपहरुलाई केलाउने प्रयास गर्न आग्रह गर्दछु.

    Reply
  11. Shailendra says:
    February 27, 2014 at 12:33 pm

    आफैले जन्म दियका आमाबाबु ले त छोरछोरी को पालनपोशण गर्दा कमिकमजोरी देखिएको हुन्छ, उचित शिक्षा दिन सकिरहेक हुँदैन भने त्यत्रो बालबालिका र बृधाबृध लाई पाल्नु, शिक्षा दिनु चान्चुने कुरा होइन जस्तो लाग्छ मलाई , फेरी मैले दिलशोभा को पक्षमा वकालत गर्न खोजेको पनि होईन यदी दिलशोभा वास्तव मा दोषी छिन भने सजाय को भागिदार पनि हुनु पर्दछ तर यसरि एक तर्फी बोलेको अडियो टेप का कारण जस्लाई पनि दोषी सोच्नु उचित होईन र नाम नै नखुलेको ब्यक्ती ले उजुरी दिएको आधारमा कुनै पनि कदम चाल्नु भन्दा पहिले सत्य तथ्य बुझ्न जरुरी छ,दोषी ले सजाय पाओस कुनै निर्दोष ले होईन

    Reply
  12. रविन says:
    February 27, 2014 at 12:12 pm

    मलाई त यो देशमा कसैको भलो गर्ने, समाजसेवा गर्ने कार्य गर्न नहुने रहेछ जस्तो लाग्यो, कहिँ न कहिँ खुट्टा तान्ने मान्छेहरु हुने रहेछ । आज आएर दिलशोभा दीदिको पनि खुट्टा तान्ने कार्य भयो ।

    Reply
  13. Shankar says:
    February 27, 2014 at 11:59 am

    कुरो यति बिघ्न जटिल भैसकेपछि बाहिर आयो |
    देश मा लोकतन्त्र आएपछि धुर्त नेताहरु , समाज सेबी हरु क्रमश पाखा लाग्दैछन | कसरि यो सताब्दी कै धुर्त नेपालि नेता प्रचण्ड पाखा लागे र राजनीति अन्त त् सुसिल जस्तो सोझो को हात मा पुग्यो ?
    इन्डिया मै पनि तेत्रा चोर नेताहरु , डन हरु छन् फेरी पनि जनता ले मनमोहन जस्तो सज्जन लाइ छान्यो , रातारात केजरि लाल हिट भो |

    Reply
  14. premji says:
    February 27, 2014 at 11:19 am

    पत्रिकामा आएको उहाको सफाई हेर्दा दिलशोभा निर्दोष हुन सक्ने प्रसस्त आधार छन् तर अनुसन्धानै नगरी हामी आफै फैसला गर्ने परिपाटी पनि राम्रो हैन | समाजसेवीको भेषमा, या अझ धार्मिक भेषमा कमाउ धन्दा गर्ने धेरै छन् | बाहिर देखिएको हाई-हाइ को भरमा उजुरी परे पनि वास्ता नगर्ने हो भने त्यस्ताहरुको मनोबल अझ बद्छ | हैन यदि हाम्रो बिश्वासलाइ लत्याउदै गल्ति नै गरेको हो भने सजाय दिन किन नपर्ने ? हैन अलि अलि गल्ति छोडिदिउ भन्ने हो भने सम्मानित समाजसेवीले गरेको कति सम्मको गल्तिलाइ आखा चिम्लिनु पर्ने हो ? यहाँ लगाइएका जस्ता आरोप मा पनि आखा चिम्लिन मिल्छ ?

    उहा दोषी हुनुहुञ्छ कि हुनुहुन्न भन्ने निर्णय लिने अदालतले हो | दोषी प्रमाणित नभएसम्म आरोपी निर्दोष मानिन्छ | Innocent until proven guilty ! अदालत ले सफाई दियो भने जसले आरोप् लगाएको हो उसैलाई मान्हानि को मुद्दा लगाएर कोच्न सकिञ्छ | यहाँ कमेन्टहरु पढ्दा यस्तो लाग्छ कि कतिपय आफैले अनुसन्धान गरिसकेर दिलशोभा निर्दोष भएको र षडयन्त्रमा फ़साइएको निष्कर्ष निकालेका छन् त कसैले दोषी प्रमाणित गरिसके झैँ गरि बल्ल खाइस को निष्कर्ष निकालेका छन् | यसले के देखाउछ भन्दा हामी कानुनको बिषयमा कति कम्जोर रहेछौ | यसो हुनुमा सबै हाम्रै गल्ति हैन किनभने कानुनि राजको बिश्वास उडेको छ र कानुनि प्रक्रियामा बिश्वास छैन | त्यसो भन्दैमा कानुन-सानुन गोलि मार्देउ, फलानो ले गल्ति गर्नै सक्दैन या फलानाले यति धेरै राम्रो काम गरेको छ अलि अलि गल्ति गर्दा अनुसन्धान नगरीकन छोडीदिउ |

    अन्तमा सबैलाई जस्तै मलाइ पनि दिलशोभाले गल्ति नगरेको हुन सक्छ भन्ने लाग्छ | त्यसैले अनुसन्धान गर्न दिउ, निर्दोष साबित भए दिलशोभाको सम्मान १०० गुणाले बढ्ने छ | दोषी साबित नहुन्जेल उहाले गरेको राम्रो कामको सराहना गरौ र सबै सत्य तथ्य नबुझी अहिलै निष्कर्ष ननिकालौ – चाहे त्यो यताको होस् या उताको |

    Reply
  15. R Shrestha says:
    February 27, 2014 at 11:16 am

    It is premature to comment until the truth comes out. But the pretext (audio clip and living condition) under which this whole chain of events unravelled is completely unfortunate for a selfless personality like Dil shiva and many others who believe in her work. A picture tells a thousand words. What kind of living standards do our administration and so called social workers (who went to raid) expect? These kids who would otherwise land in the street had a roof under their heads and a meal to eat before they could sleep. Unfortunately that is all stolen today. What level of understanding, may I say corrupt mentality, Nepali media and law/enforcement have to relate that audio clip to sex trade? Shame on Nepali Media and Kathmandu District administration ! I cannot imagine it other than the works of those jealous and commercial NGOs against Dil Shova’s selfless work and fame. Let the truth prevail !

    Reply
  16. subash says:
    February 27, 2014 at 10:13 am

    यहाँ छपा मार्दै हिड्नु भन्दा काठमाडौँ मा भएका सडक बालक हरु लै उद्दार गर्न तिर लाग्ने हो कि ? यहाँ भन्दा धेरै नै दैयेनेया अवस्था मा छन् जस्तो लाग्छ मलाई काठमाडौँ क सडक बालक हरु.

    Reply
  17. अनिल says:
    February 27, 2014 at 10:03 am

    पहिला अरु माथि औला थडाउनु भन्दा आफ्नो हात सफा छ कि छैन त्यो हेर्नु साथी हो/ उनले ति बाल बच्चा माथि जति सहयोग गरेका छन् तेस्को १ प्रतिसत पनि तपाई ले कहिले सहयोग गर्नु भएको छ त?

    Reply
  18. ramesh babu says:
    February 27, 2014 at 9:47 am

    कुरो राम्ररी बुझेर मात्र बोल्न, लेख्न ठीक होला! पहिला सत्य तथ्य अगाडी आओस!
    अब तपाई भद्र भलाद्मी खाली एकतर्फी कमेन्ट मात्र गर्न जान्ने हरुले नै खुल्क्यौनु होला ! कमसेकम १-२ सय साहारा बिहिन हरुलेत आश्रय पाइरहेको थियो त्योपनि बर्बाद हुनेभयो ! यो खबर झुठा पनि सक्छ पख्नुहोस् पैला कननै छाम्नेकी?

    Reply
  19. Bikalpa says:
    February 27, 2014 at 9:40 am

    श्रीकमल द्विबेदिले सेतोपाटी मा लेखेको लेखलाई आफ्नै निजी बिचार जस्तो गरी कमेन्ट गरेको देख्दा लाजै लगेर आयो। यस्तो काम त राम्रो होइन नि हौ धर्मेन्द्र जी.

    Reply
  20. भिम बहादुर थापा says:
    February 27, 2014 at 7:46 am

    …तपाईं सय वटा असल काम गर्नोस्, तर यो दुनियाँ चाहीं तपाईंको केवल एउटा गल्ति पत्ता लगाउन न्वारनदेखिको बल लगाइरहेको हुन्छ…।
    सत्य-तथ्य त उनै देख्ने र गर्नेहरुलाई था’होला। तर, मलाई भने खै किन हो कुन्नि, दिलशोभासित जोडिएका यी तमाम समाचारहरु हजम गर्न अलिक गाह्रै परिराखेको जस्तो लाग्यो।

    Reply
  21. किरण (देश भक्त) says:
    February 27, 2014 at 7:27 am

    दिलशोभा को अशली चेहरा पर्दाफास भएकोमा म आझ धेरैनै खुशी छु | मैले तेहा ँगएर सबैलाई खाना खुवाएको छु (आफैले किनेर खुवाउन पाउने रहेनछ ८ हजार दिलशोभा दिनु पर्ने रहेछ) | म २-३ पटक गैसकेको छु, आथिक र सामान सहयोग गर्न | दिलशोभा ले तहाँ बुढा/बुढी ँँ र बच्चा हरुको बिजोग देखाएर पैसा असुल्ने काम हो | मैले तेहाँ बस्ने “कालिकोट” को १७/१८ बर्ष को बहिनी संग कुरा गरे र अरु संग पनि कुरा गरे , कुरा के रहेछ भने “दिलशोभा” ( मलाइ त “दिलशोभा दीदी” भन्न पनि मन लागेन ) ले दुर्गम जिल्लामा गएर साना बच्चा/बच्ची (केटा/केटीहरु) हरु को आमा-बुवाहरुलाई काठमाडौँ मा लगेर राम्रो “boarding School ” मा पढाई दिने प्रलोभन देखाएर ल्याउने रहिछ | तिनै साना नानीहरु को आफ्नो बाल्य जीवन हरण “दिलशोभा” ले गरिदिएको देखेर मलाइ त सारै मन दुखेको थियो | मलाइ त्यो देखेर “Stolen Children ” भन्ने documentary बनाउन मन लागेको थियो (म अत्यन्तै मार्महित भएको थिय) | अरु बिचरा बुढी आमा हरु लाइ हामीहरु जादाँँ तपाइँ हजुर भन्ने रहेछ अरु बेला (तेहां बस्ने बहिनी हरु को आनुसार : अहिले हजुर आएको बेलामा मात्र हो आमै हरु लाइ हजुर भन्ने, हजुर हरु गए पछि उहाले ( “दिलशोभा”) आफ्नै तरिकाले बेबहार गर्नु हुन्छ| अर्को कुरा ६-७ बर्ष को नानि हरु ले खान खाने बेलामा प्राथना (खाना खाने बेलामा christian हरु को प्राथना ) गरेको देखेर मैले तल गएर दिलशोभा लाइ सोधे, “दीदी हजुर कुनै मन्दिर मा अथवा चर्च मा जानु हुन्छ?” | तर दिलशोभा उत्तर आयो ” मलाइ चर्च / च्रिस्तियन भनेको थाहा छैन, मलाइ पदन लेख्न आउदैन” भनेर पन्छिनु भयो| उहा ँयति “धुर्त हुनुहुञ्छ” कि ४-५ पटक गएपछि सबै थाहा हुन्छ | मैले उहाको सारै नै राम्रो बयान सुनेर, कम्तिमा पनि २-३ लाख दिन्छु भनेर गएको दोस्रो पटक नै सबै कुरा थाहा भयो | “उमेश ज्यु – यो सत्य कुरा “mysansar ” बाट सबै लाइ जानकारी गराई सचेत गराई दिनुभएको मा धेरै धेरै धन्यबात”, नत्र “दिलशोभा” अरु कति लाइ मुर्गा बनाउने थिई होला|

    Reply
  22. tek raj timalsina says:
    February 27, 2014 at 7:15 am

    आमाघर मा औन अगाडी यी बालबालिका कस्तो अवस्था मा थिए के कसैले बुझ्ने कोशिश गरेको छ? साएद बाटो मा अलपत्र परेका यी अनाथ बालबालिका लागि यो घर नै स्योर्ग बराबर थियो कि ! जहाँ सम्म सरसफाई को कुरा छ, एक जना बच्चा घर मा हुँदा त घर सफा राख्न कति गार्हो हुन्छ, बच्चा भएका सबैलाई थाहा भएकै कुरा हो | येतिक धेरै बच्चा हरुलाई शिहार्नु कुनै चानचुने काम हैन | हो कोठा हरु फोहोर देखिन्छन, तर यी कोठा हरु हाम्रा कति पए सरकारी अफिश भन्दा त मा सफाई देख्छु | आज भनु हजारौं पैसा उसुलने private होस्पितल हरु भन्दा त सफाई छन् हो | जनता ले तेत्रो कर तिर्दा तिर्दै पनि हाम्रा public toilets हरु किन तेस्तो फोहोर त, तेस्को लागि कसलाई जिम्मेबार ठहराउने त ? हार्मो अभिभक भनौन्द mayor र गृह मन्त्रि लै नि कि सोधपुछ गर्नु पर्यो |

    Reply
    1. किरण (देश भक्त) says:
      February 27, 2014 at 1:09 pm

      ** अरुले भनेको कुरा (रे ), भन्दा स्वयम् व्यक्ति ले देखेको कुरा पढ्नुहोस, तेसपछी कमेन्ट गनु होला ***
      टेक राज तिमल्सिना ज्यु, आमाको (दिलशोभाको ) ले धेरै बच्चा हरु आफ्नो आमा-बुवा (गरिब भएपनि ) को न्यानो काख बाट चोरेर (झुटो आस्वासन दिएर ) लिएको हो | यो मैले cross -check सोधेको (“ठुलो बहिनीहरु, साना-नानी हरु र दिलशोभा लाइ) | ल हेर्नुहोस “दुर्गम जिल्लामा गएर साना बच्चा/बच्ची (केटा/केटीहरु) हरु को आमा-बुवाहरुलाई काठमाडौँ मा लगेर राम्रो “boarding School ” मा पढाई दिने प्रलोभन देखाएर दिलशोभा तिनी साना नानीहरुको हरिबिजोग (यो देखेर मेरो आखा रसाएको थियो – “slumdog millionaire” फिल्म मा सानो बच्चाको आखा फोडिदियेर माग्न लगाएको याद आयो ) बनाइदियेर हामि जस्ताहरु बाट पैसा असुल्ने उपाए रहेछ | दिलशोभा यति धुर्त हुनुहुञ्छ कि, उहालाई केहि प्रश्न (संकास्पद भएको ) सोध्यो भने “म पढेलेखेको छैन, केहिपनि आउदैन” भनेर पन्छिनु हुन्छ | मेरो ३ पटक को सहयोग (३०-३५ हजार् जति सहयोग गरि सकेको ) गर्न गएको र देखेको कुरा लेखेको छु | मेरो दिलशोभा संग कुनै दुस्मनी छैन | मेरो एउटा मात्रै प्रश्न के हो भने “उहालाई TV बाट” महान व्यक्ति बनाइ दिने संस्था कुन होला? कृपया मेडिया लाइ तथानाम गालि गर्नु भन्दा मेरो दुख गरेर कमाएको पैसा “धुर्त दिलशोभा” लाइ दिएको भनेर मिडिया (mysansar ) लाइ धन्यबाद दिनुहोस |

      Reply
      1. rajesh says:
        February 27, 2014 at 3:27 pm

        देश भक्त 😛 महासय तन्पाइले दिएको प्रमाण जस्तो एकतर्फ फोनको वार्तलाबले दिलशोभा दोषी हुन् सक्छिन भने भोलि कसैले सकारात्मक नियेतले तंपाईकि आफ्नी श्रीमतीवा आफ्नी बहिनीलाई गरको सकारात्मक कुरोको सानो अंश सुनाएँ भने….तंपाई कुरोको चुरो बुझेर…..ए एस्तो पो रहेछ भन्न हुन्छ कि?? सो ब्येक्ति लाइ गलत नियेतको मान्छे रहेछ भन्न हुन्छ?…..तंपाईको कुरोको स्तर अनुसार ! या त तंपाई कुनै एन.जी.ओ चलाउँदै हुनुहुन्छ या त कुनै एन.जी.ओको लागि दलाली गर्दै हुनुहुन्छ हैन भने कुनै घटिया पत्रिको लागि दह्रो लेखको खोजिमा हुनुहुन्छ……..बिना प्रमाण 😛

        Reply
        1. किरण (देश भक्त) says:
          February 28, 2014 at 8:53 pm

          राजेश जी, मलाइ आफ्नो काम र व्यापार बाट संसार घुम्ने पैसा पुग्छ, कसैको दलाली गर्नु पर्दैन| मैले १००% सत्य कुरा “सबैले दिलशोभा को बारेमा थाहा पाउन भनेर लेखेको हो” | अर्को कुरा कि हजुरले आफ्नो धर्म बेचेर दिलशोभा जस्ता (Christian ) को हरुको दलाली गर्दै हुनुहुन्छ ?

          Reply
      2. tek raj timalsina says:
        March 1, 2014 at 7:22 am

        किरण जी तपाईं ले भनेको कुरा मा मान्न पुरा तयार छु | तर प्रमाण चाहियो नि | तपाईं ले देखेको र सुनेको भन्नु भयो, प्रमाणका साथ् प्रस्तुत गर्नुस कसैले प्रश्न गर्ने छैन तपाईं लाई | अज तपाईं ले ती प्रमाण हरु छानबिन गरिराखेका हरु लाई पठाउनुस हेल्प हुने छ | तर मैले देखेको या सुनेको भन्दै तथानाम भन्न र लेख्न पाइन्दैन | ल भानु भोलि कोहि आएर तपाईं ले कमाएको सबै पैसा गैरकानुनी हो, चोरी को हो भन्नला, अनि त्यो मान्छे ले मैले आफैले देखेको हो किरण भन्ने मान्छे ठग हो भन्ला | के त्यति भन्दै मा तपाईं ठग हुन्छ त? भन्नुस तपाईंलाइ कति रिश उठ्ला ??

        तपाईं ले भन्नु भए जस्तै तपाईं ले आम को घर म हुने नराम्रा कुरा हरु पहिले नै थाहा पाउनु भएको भए आज सम किन चुप बस्नु भयो त ? यदि तपाईं ले यो सबै देखेर थाहा पाएर अनि प्रमाण भएर पनि चूप लगेर बस्नु भएको भए म त तपाईं कै नैतिकत म प्रश्न गर्छु |

        Reply
  23. Roshan Basnet,sydney says:
    February 27, 2014 at 6:38 am

    तपाई हामीले सहयोग गर्ने भनेको १-२ दिन मात्र हो…कल्पना गर्नुहोश यी आमा येति क बर्ष सम्म कसरि मायाममता तथा लगावको साथ् आफ्नोपन बाडिन होला ….. आर्थिक रुपले सहयोग औउन थालेको सायद भर्खर भर्खर मात्र होला ….. त्यो भन्दा आगाडी त सबै आफ्नै गोजीबाट भरेकी हुन् ….तेहीनि काठमाडौँ जस्तो ठाउँमा …सत्कर्म एकदम प्रसंसनिय छ …… पैसा औउने थालेको देखेर सत्रु लागेको हुन सक्छ …. सत्य सामु आइ हाल्छ..प्रतिक्ष्या गरौ /
    …..केन्द्रीय बाल कल्याण समितिको उद्दार गृहबाट भागेर बच्चाहरु फेरी तेही आमाघर गएको सुन्न नपरोश !

    Reply
    1. rajesh says:
      February 27, 2014 at 3:11 pm

      हामीलाई हाम्रो देशको अवस्था थाहा छ, कसैले नखोके हुन्छ!! उद्दार गरको बहाना गर्ने ढाका टोपी हरु यही दिनको ताकमा छन,थिए l खालि सिसि ढाडमा कुप्र्याएर डी.डी.सी दुधको प्याकमा जुत्तामा टाल्ने देन्द्राइट सुँघ्ने, रत्नपार्कका आकाशेपूल हरुमा जथाभावी सुत्ने हरु हिजो येही माइसंसारमा सानो चोरीको आरोपमा बाँसमा भारि बोकेर संजाय भोग्ने हरुको हितमा खै यो सरकार…हिजोको सरकारले के गरे अनि गर्न सके? आरोप लाउन सजिलो छ !आतंकारी डन हरु अनि तिनकै आतंक बाट बनेका हिजकै कुच्चिएका कुर्सि भोगी अनुहार हरुले चलाएको चक्कु को टुप्पो माथि को देश !!
      कसले कसको लागि कति गर्यो र कति गर्ने छ भन्ने हिसाव तंपाई-हामि जस्ता हरुले गर्ने हैन जसको हैसियेत भनेको कुनाको कोठामा कम्पुटरको कि-बोर्डको तुतुल्को उठ्ने गरि कसैको बिरुद्दमा खेदो खनिन्छ l दिलशोभाले के गर्यो,किन गर्यो भन्दा पनि प्रमाण सहित………ई हेर!! बिस्वास नभए….येसरी एस्तो गरि भन्ने आँट गर्नु पर्छ l एस्तो नहोस हल्लै हल्लाको देशमा भोलि बिना प्रमाण बदनामीले गन्हाएको यो दलाल नेताहरुको देशमा सहयोगका आँशु हरु लिएर बाटा-बाटामा थुप्रै अर्ध-मृत लाश हरुमाथि चिल र कौवा हरु थुङ्ग्दै होस् …………ए हजुर! बेरोजगारीको नगरमा पत्राकार,एकलौटी साशन गरेर भएपनि एन.जी.ओ हरु पनि त बाँच्नै पर्यो नि….इनिहरुलाई दिलशोभा,पुष्पा बस्नेत या रमेश खरेल जस्ता हरु अनि गरिब भोके नेपाली हरुको के मतलब 😛

      Reply
  24. Basant says:
    February 27, 2014 at 6:12 am

    एक जना बच्चा वा बुढाबुढी भएको घरमा त सरसफाइ गर्न कती गाहो हुन्छ भने त्यति धेरै असक्त मानिस भएको ठाउँमा अलि बढी फोहोर हुनु स्वभाबिक हो । सरकारले करोडौ बजेट छुट्यायर्, सयौ कर्मचारी खटाएर त काठमाडौंको सरसफाइ गर्न सकेको छैन भने एक जनाले मात्र के गर्न सक्छ

    Reply
  25. bharat says:
    February 27, 2014 at 6:10 am

    दिल शोवा शरैन राम्रो मान्छे हो. उनि माथि शयंत्र वयेको छ. तेस्तो षडयन्त्रकारी माथि कारबाही हुनु पर्दछ. सडक मा रहेका बालबालिका लै आश्रय दिन जे छ तेही खान दिन. उनले पाएको देशी बिदेशी पैसाले मप दण्ड अनुशर खान पुग्दैन. जति पुग छ तेती गर्ने हो. देशी बिदेशी दाता बाट धेरिया पैसा हुन्दैन. डिल्शोव को चर्चा मा आँखा लगाउने मान्छे को कुरपति हो. एस्तो मान्छेको कहिले भलो नहोश..

    Reply
  26. uttam says:
    February 27, 2014 at 5:47 am

    जिन्दगीको यो उमेरमा आएर दिलशोभाले यस्ता अपराधहरु गरिन् भनेर कत्ति पनि बिश्वास लागेको छैन |
    निश्चित र निरन्तर आम्दानी हुनेलाई समेत पेट पाल्न गाह्रो छ, महंगीले गर्दा | त्यसमाथि, त्यति धेरै बच्चाहरु र बृद्धाहरुलाई लाउने-खाने, स्कुलको प्रबन्ध गर्दा थुप्रै ठाउँमा दिलशोभाले compromises हरु पक्कै पनि गर्नुपर्यो होला | नीति-नियम, र मापदण्डमा उनि चिप्लिन पनि होला | जो k
    तर, उनले गरेका गरेका राम्रा कामहरुको अगाडी कमजोरीहरु निकै गौण देख्छु म त | कम्तिमा सडकमा सुतेका बालकहरुले, गाह्रो-साह्रो गरेरै भएपनि बिहान-बेलुका खाएका थिए | यो ठिहिरो जाडोमा सिरक ओडेर सुत्न पाएका थिए | अक्षरहरु चिन्ने मौका पाएका थिए |

    जे होस्, घटनाको निस्पक्ष्य छानविन होस् | यदि उनि दोषी हुन् भने कानुनी कारवाही पनि होस् |
    तर हल्लै हल्लाको भरमा दिलशोभालाई अपराधीकरण भने नगरौं | कागको पछि दगुर्न अघि एकपटक कान छामौं |

    Reply
  27. मन्जु says:
    February 27, 2014 at 5:07 am

    दिलशोभा जस्ता नाम कमाएका समाजसेवीको त यस्तो चाल अब अरु कस्लाई बिश्वास गर्ने!?

    Reply
  28. deepak says:
    February 27, 2014 at 4:50 am

    खुसि लाग्यो यस अर्थमा कि अब सरकारी निकायले दिलशोभा ले भन्दा राम्रो संग राख्ने र पढाउने गर्न लागेकोमा| आशा गरौ अब देखि सडकमा कोहि बालबालिका देखिने छैनन् | अन्यथा दिलशोभा माथि षड्यन्त्र गरेको भन्ने पुष्टि हुनेछ|

    Reply
    1. Prabin says:
      February 27, 2014 at 1:22 pm

      हो दिल शोभा जस्ता आम व्यक्ति को काम होइन अनाथ बच्चा हेर्ने अनि बृध आमा बा हरु लाई पाल्ने. सरकार को हो. येस्ता बाल बालिका क नाउ मा डलोर कमाउने NGO INGO हरु को हो उनको मन (इच्छा ) मात्र हो सेवा गर्ने कुनै MBA गरेर सिकेको MANAGER को खुबी उनमा पक्कै छैन I

      Reply
      1. Basant says:
        February 28, 2014 at 2:20 am

        सडकमा फालिदा कसैलाई चासो भएन अहिले आएर फाइब स्टारको सेवा सुबिधा मागेर हुन्छ? हिम्मत भए ति आमा घरमा भएका बाल बालिका, बृद्धाहरु लाइ एक छाक खाना खुलाएर हेर जन्तु हो …दिलशोभा दिदि हिर्दय बाट सफा छिन यो देशमा खुमे गोबिन्दे गुप्ता वाग्ले जस्ताको जय जयकार हुन्छ…

        Reply
  29. kale says:
    February 27, 2014 at 4:38 am

    हामी पनि गत साल हाम्रो सँस्थाबाट सहयोगका लागि गएका थियौँ। बालबालिका ५० जना जति भएको बताईएको थियो हामीलाई ।तर हाम्रो भेट चाहिँ भएन किनकी बच्चाहरु चर्च गएका थिए रे,शनिबार भएकोले।

    Reply
    1. Angchhiring says:
      February 27, 2014 at 12:01 pm

      चर्च मा शनिवार हैन आइतवार जन्नेगर्छन च्रिचेन धर्मवलम्भिहरु ! अहिलेसम्मको सम्पूर्ण समाचार र गतिबिधि हेर्दा दिल्शोव्ह दिदीको पछाडी हीलो छेप्नेको यौटा ठुलो घिरोह लागिपरेको छ / यो आरोपको धोति खुस्केको ठौहरु धेरैनै देख्छु /

      Reply
      1. रविकिरण says:
        March 1, 2014 at 2:46 am

        यो विदेशमा बस्ने क्रिश्चियनलाई नेपालका क्रिस्चियनहरु शनिबार चर्च जान्छन् भन्ने नि थाहा रैनछ । एक पटक सोधेर हेर्नू नेपालकाहरु कहिले जान्छन् भनेर । आफ्नै धोती खुस्केको पत्ता भएनछ आङछिरिङ बौलाई

        Reply
  30. sikshya says:
    February 27, 2014 at 2:27 am

    उनले सहारा दिएकी हुन। स्वर्गमा लगेकी होइनन। सबैलाई नुहाइदिने, राम्रो खुवाउने आदी इत्यादी सबैकुरा उनी एक्लै कसरी गर्न सक्छिन? उनिले सुरुवात गरेपछी अरु धेरैले जिम्मा लिनुपर्ने हो। तर हामी आफु केही गर्दैनौ अनी गर्नेलाई सजिलो छ भनेर सोच्छौ। अनाथ बालबच्चा देखे, ल्याए, नियम थाहा थिएन भनेकी छिन्, हुन सक्छ। Quality को कुरा सत्य नै भए पनि अनैतीक काम गर्न लगएको कुरा गलत हो भने आरोप लगाउने मान्छेको नियत खराब हो। यस्तो गम्भिर आरोप कसैलाई त्यतिकै लगाउन हुन्छ?
    And media, please be responsible and don’t scandalize stories. News sites should watch their tone.

    Reply
  31. Durga Adhikari says:
    February 27, 2014 at 1:09 am

    हाम्रो देशमा अझै पनि केहि राम्रा मानिसहरु बाकी रहेछन भन्य लागेको थियो/ तर हात्ती आयो हात्ती आयो फुस्सा भने झैँ भयो जस्तो छ/ मैले पनि यो सस्थाको लागि केहि रकम सहयोग गरेको थिय/ पछि पनि सहयोग गर्ने विचार थियो, सब बर्बाद/ हाम्रो देशमा विश्वास गर्न सकिने को बाकी छ होला/ दिलशोभालाई लागेको दोष, दोष मात्र होस् भन्य लागेको छ/ यदि नराम्रो नै गरेको रहेछ भने कारबाही त् भोग्नै पर्यो/ उहाले आफुलाई निर्दोष प्रमाणित नगर्दा सम्म दिदि को दर्जा दिन पनि मलाई मन लागेन/ नत्र मैले उहालाई दिदि को सम्मान दिने गर्थे/

    Reply
  32. Jillabasi baburam says:
    February 27, 2014 at 12:56 am

    कुरो राम्ररी बुझेर मात्र बोल्न, लेख्न ठीक होला! पहिला सत्य तथ्य अगाडी आओस!

    Reply
  33. Binaya says:
    February 27, 2014 at 12:27 am

    उहाले सुरुमा बुढी आमा हरु लाइ आश्रय दिंदा यो संस्था येति ठुलो हुन्छा भनेर कैले कल्पना गरेको थिएनन होला . सबैलाई थाहा छ कि उहा धेरै पढेलेखेको मान्छे होइनन र जब कुनै पनि संस्था आकार मा ठुलो हुन्छ तेही हिसाब ले नै मानवसाधन बिशेष गरि management skills भाको व्यक्ति हरुको आवस्यकता हुन्छ. मेरो बिचारमा येही उहा चुक्नु भयो. उहालाई सहि परामर्श दिने मान्छे हरुको अभाब देखियो. उहाले निस्वार्थ भावनाले सेवामा समर्पित हुनुभयो र यी महत्वपूर्ण कागजी कुरा हरुमा उहाले ध्यान दिनु भएन. एक पल्ट सोचौ उहाले यी बालकहरुलाइ आश्रय नदेकोभये यिनीहरु लाइ हामीले कहाँ भेटथ्यौ होला. शायद ठमेलमा प्लास्टिक टिप्दै गरेको अथवा कुनै ठाउँ मा चोरि को अभियोगमा बाधेर यातना भोगिरहेको अवस्थामा. कम से कम यिनी हरु संग टाउको माथि छत् र दुइ टाईम को खाना त थियो.

    Reply
  34. bat says:
    February 27, 2014 at 12:17 am

    मलाई त अचम्म लाग्यो, अझै पनि विश्वास लाग्दैन कि दिलसोभा ले तेस्तो गरिन / सबै तथ्य बाहिर नाऔञ्जेल यसै भन्न सकिदैन / केहि लापरबाही र केहि लोभी भयको पक्कै हुनुपर्छ
    तर तेती सारो इज्जतै फालेर के गर्थिन? यौटा परिवार पाल्न कति गारो छ काठमाडौँ मा , पचासौ बालबालिका पालेर पढाउन कति खर्च लाग्छ / सफा सुग्गर त सबैले गरे हुनेहो , परिवारमा पनि त तेस्तै हो / म त मान्छु अझै पनि यी दिदि को काम ‘आमाघर ‘ स्थापना लाई/
    यदि पैसा कमाउन लाई नै यो सबै गरियको भय त — धिक्कार्न पर्छ
    /

    Reply
  35. yogi says:
    February 26, 2014 at 11:35 pm

    यो सबै NGO अनि त्यो बाल कल्याण समिति को कुकृत्य हो…यस मा २ वटा कुरा हुन सक्छ…
    १. NGO हरुले आफ्नो डलर को खेति कम हुने डरले
    २. दिल शोभा दिदि पनि फेरी CNN HERO मा आउला भनेर हो…नराम्रो issue मा फस्य पछि CNN नोमिनेशन मा पर्ने मौका लगभ समाप्त हुन्छ….

    पत्रकार भनौदा हरुले पनि अलि बिचार गरेर मात्र समाचार दिनुपयो…पैसामा बिक्नु भएन…

    Reply
  36. शशङ लामा says:
    February 26, 2014 at 11:06 pm

    त्यत्रो बृद्व ब्रिद्वा, त्यसमाथि बालबालिका हेरचाह गर्नु चानचुने कुरो हुँदै होइन| आफ्नो क्षमताले भ्याउने भन्दा बढि असाहयहरु बटुलेर भाँडभैलो पो भयो जस्तो लाग्यो मलाइ! दिलशोभा कुनै बत्तीस लक्षणले युक्त देवी नभएर हामी जस्तै मानविय कमजोरी भएकी एउटी मानिस हुन| उनबाट केहि कमि कमजोरी भयो भन्दैमा उनले समाजलाई दिएको योगदानलाई बिर्सन मिल्यो र ? असाहय र अपाङ्ग क्षेत्रमा देखावटी काम गरेर पैसा हसुर्न खोज्नेले उनलाई बदनाम गर्न खोज्या होला भन्ने हाम्लाई लाग्या छ !!!!

    Reply
  37. dave says:
    February 26, 2014 at 10:36 pm

    यस्तै हो… नेपाली हरु को काम… राम्रो काम गर्ने को सधै.. खेदो.. नराम्रो काम गर्ने लै १०० किलो को माला .. सत्य छानबिन हुनु पर्छा … सत्य छानबिन होस् र कारबाही कडा हुनु पर्छा नत्र… हामी ले अर्को दिलसोभा पुन पाउन गार्हो हुनेछ ….. समाचार लेख्ने पत्रिका र सम्बाददाता को पनि छानबिन हुनु पर्चा.

    Reply
  38. sam says:
    February 26, 2014 at 10:32 pm

    All the kids look quite good.Better then street children and they have good mattresses and blankets to sleep. They have shoes and so on.
    It might be that the kids were sent to private school with well off children so the teachers thought they were dirty. At least the children were going to school rather then looking after goats and buffalos.

    Reply
  39. shiva says:
    February 26, 2014 at 9:43 pm

    नेपालको पत्रकार महोदय समचाचार सम्प्रेसन गर्नु भन्दा अगाडी राम्रो संग सोच्नु पर्ने हो कि यदि यो समाचार झुतॊ साबित भयो भने सम्बन्धित व्यक्तिलाई कति असर पर्छ र उसको सस्था र व्यक्तिगत जिबनमा कतिको असर पर्छ भन्ने नत्र कसरी छापियो आमा घरमा यौन धन्दा भनेर???ता कि अडियो टेपमा सुन्दा तेस्तो कुनै सम्बाद नै छैन जुन समाचार मा लेख्नु भएको छ!यो निबेदनमा लेखे अनुसार जो कोहीलाई पनि सजिलै थाहा हुन्छ !कि कोहि उसको पछाडी लागिरहेको छ! होला कतिपय कमीकमजोरी हरु आमाघरको जस्तै टाईममा खान नपाउने राम्रो संग सफा गर्नु नसकेको त्यसैले मलाई लाग्छ जुन समाचार लेख्ने मान्छे पहिला देखि नै दिलशोभा को पछाडी लागिपरेको प्रस्ट देखिन्छा!!!

    Reply
  40. dharmendra says:
    February 26, 2014 at 8:19 pm

    कुनै वृद्द महिलाले ‘म एक्लै छु, छोरा छोरी त छन् तर, सबै विदेशमा छन्। खाना पकाउन पनि सक्दिन, तपाईँकहाँ भएकी मध्येबाट कोहि महिलालाई मेरोमा साथी बस्न रातिलाई पठाईदिनु भए म एक छाक तातो खान पाउँथेँ, खाना पकाएर खुवाउन सक्ने मानिस भए मलाई सजिलो हुने थियो। बरु म पैसा दिन पनि तयार छु , नत्र म पनि तपाईँकहाँ नै बस्न आउँछु, अस्तिनै आएकी महिला पैसा पुगेन भनेर झगडा गरीन्’ भनेर कुनै महिलाले उता पट्टीबाट भनेको रहेछ भने यो घटनाले कुन रुप लिएला?
    बिवाद उठेपछि अनुसन्धान हुनै पर्छ।
    गल्ती वा कमजोरी होकी होईन? निष्पक्ष छानबिनले अवस्य देखाउँला।
    समाजसेवीको रुपमा चिनिएकी दीलशोभा दिदीले अंग्रेजीमा बाक्लो प्रोपोजल लेखेर भाडामा भुराहरु जम्मा गरि डलर कमाउने वर्गकी त पक्कै हुनुहुन्न होला।
    न त कुनै गैरसरकारी संस्था खोलेर सम्पत्ति थुपार्ने वर्ग कि हुनुहुन्छ। सोझो हिसाबले मानवीय कार्य गरेकी महिला हुनुहुन्छ।
    आफ्नो निजी घरमा सकेको जति अनाथ र बेसहारालाई समेटेर मागेरै भएपनि पनि वर्षौदेखि पालेर बस्नु भएको छ, त्यो पनि कुनै स्वार्थबिना।
    हामीलाई आफ्नो कमाईबाट चार पाँच जनालाई पालिन त यति धौ धौ छ, उहाँले त पचासौं जनालाई पालेर बच्चाहरुलाई पढ्नसमेत पठाएर सरकारले गर्नु पर्ने काम गरिरहनु भएको छ। म त एउटा अपुष्ट आरोप लाग्ने वित्तिकै हाम्रो समाज उहाँप्रति खनिएको देखेर मर्माहत भएँ।
    केही अगाडि सरकारी बालमन्दिरमा दुध खान नपाएको खबर आएकै हो, एकदिन उद्दार गरेर समस्या समाधान पक्कै हुँदैन, लामो समय ति बालबालिकाहरुलाई पाल्न गार्‍है होला। सस्तो प्रचारप्रसारको लागि एक दिन तदारुकता देखाउन त सजिलो छ, तर बाँकी ३ सय ६४ दिन ति बालबालिका र वृद्दबृद्दालाई फेरि सडकमा पुर्‍याउने काम चाँही नहोस।
    राज्यले असाहय नागरिकप्रति आफ्नो दायित्व पूरा गरेको भए दीलशोभा जस्ता समाजसेवीले आफ्नो घरलाई आश्रम बनाउनै पर्ने अवस्था आउने थिएन।
    सँधै षडयन्त्र मात्र खोतल्ने नेपालका पत्रकारले साधारण कुरामा पनि षड्यन्त्र नै देखेको पनि हुन सक्छ। त्यसैले केहि समय कुरौं, सत्यकुरा बाहिर आउँछ, गल्ती भएको हो भने पनि नियतवस नै गरेको हो कि परिवन्धले परेको हो पहिल्याउँ।
    गलत उद्देश्यनै राखेर गरेको प्रमाणित नभएसम्म एकै पटक दानविकरण पनि हतारमा नगरिँहालुँ।
    मैले प्रत्यक्ष त भेटेको छैन ।तर, उहाँका अन्तर्वाताहरुमा उहाँको आँखामा नाटकीयपन देखेको छैन। कि कुनै ठूलो नाटकबाजले मात्र यस्तो अभिनय गर्न सक्छ नभए एउटा सरल मानिसले यति लामो समयसम्म नाटक गर्न असम्भब छ।
    उहाँबाट पक्कै पनि यस्तो गलत काम भएको छैन, कसैलाई मद्दत गर्न खोज्दा कसैले कुनै परिबन्दमा पारेर गलत काम हुन गएको रहेछ भने पनि उहाँले गरेको पुण्यको अगाडि त्यो गल्तिलाई माफी दिनु पर्छ।
    फोन रेकर्ड गर्दा उता पट्टी महिला थिईन कि कुनै पुरुष? फोनको कुराबाट मात्र एकै पटक सबै उहाँ बिरुद्द खनिएको देखेर मनमा एउटा संका उब्जियो।
    केही बुद्दिजिवि साथीहरुले खबर आउनासाथ दीलशोभा जस्तो उच्च मानवीय भावना भएकी मानिसलाई वेश्यालय चलाएर सम्पत्ति थुपारेको जस्तो गरी टिप्पणी गरेको देख्दा दुःख लाग्यो।
    केहि साथीहरुले उनले बिस्कुट बेचेको देखेको कुरा पनि गरे, म त यस्मा कुनै गल्ति देख्दिन, बढि भएको बिस्कुट सँग आफूलाई चाहिएको ग्यास साट्नुलाई खराव भन्न सकिँदैन। सबैले खाने कुरा मात्र ल्याएर हैरान पारेपछि खानेकुरा राख्ने ठाउँ अभाव होला, आफूलाई ग्यास सकिएको होला वा पानी चाहिएको होला, बच्चाहरुको लागि कापी कलम चाहिएको होला। खानेकुरा फ्याँक्नु पनि त भएन अनि के गर्नु त्यो बढी भएको खानेकुरा?
    हिजो रमेश खरेलको खबर, आज दीलशोभाको खबर, के यो प्रायोजित त हैन? “नेपाली समाजमा कुनै राम्रो मानिस छैन- त्यसैले खरावनै ठीक” भन्ने मान्यता बनाउँदै “जय भ्रष्टाचार” प्रमाणित गर्न खोजिएको त हैन?

    Reply
  41. dharmendra says:
    February 26, 2014 at 8:18 pm

    फोटो हेर्दा त पैसा तिरेर बस्ने होस्टेल भन्दानी धेरै गुना राम्रो छ त ! म पनि ६ बर्ष सम्म (४ देखि १० कक्ष्या) होस्टेल मा फी तिरेर बसेको हु ! मलाई होस्टेल बसाई सम्बन्धि धेरै कुराको अनुभब छ ! यो षड्येत्र नै हो

    Reply
  42. ashok says:
    February 26, 2014 at 8:08 pm

    अनाथालय कसरी चलाउने भनेर दिलशोभाले तालीम लिनु पर्ने थियो…

    Reply
  43. neerose says:
    February 26, 2014 at 7:46 pm

    सडकमा प्लास्टिक र सिसि टिपेर हिड्ने अनि अरुले अघाएर फालेको खाने भुस्याहा कुकुरल संग अङ्गालोमारेर सुत्ने र आउनेजाने माञ्छॆको पछि लागेर मागेर हैरान पार्ने हरु भन्दा त कताहो कता राम्रै अबस्थामा रैछ त फोटो हेर्दा त् !
    अब उद्दार गर्ने र उजुरी दिनेहरुले यिनीहरुलाई फाइभ स्टार होटेलमा लगेर राख्दैन होला त् दुइदिन देखाउनलाई एसो नया लुगा लगाइदेलान पेटभरि ख्वाइदेलान अनि तेस्रोदीन सडकमा लगेर चाडिदिञ्छन तेही हो!
    तर यिनीले त कमसेकम यी बालक हरुलाई सडकमा भौतारिन छाडेका छैनन्, सरकारले नगरेको र गर्न नसकेको काम गरेकी छन् , यिनको बिरुद्दमा उजुरी गर्ने हरुले के महान कति सामाजिक सेवाका गनिने काम गरेका छन् त्यो पढौ न त ल हामि!
    हो यदि यी बालक हरुलाई अनैतिक वा अझै भन्दा बाल यौन दुराचारको कार्यमा प्रयोग गरिएका छन् भने त्यो प्रमाणित होस् हामि पनि छ्या दिलशोभा मुर्दार्बाद भनौला!
    अब देशको हालात परिस्थिति अबस्था र गच्छे पनि त विचरण गर्नुपर्यो, यहा हामीले नर्वेको चाइल्ड राइटस र स्विटजर्ल्याण्डको बाल सुबिधा खोजेर बस्नु मुर्खता होइन र?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme