Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखराको बाग्लुङ बसपार्कमा बद्‍नाम बजार

Posted on January 28, 2014January 28, 2014 by Salokya

baglung_buspark
पोखरा नेपालकै एउटा सुन्दर सहर हो। यही सुन्दर नगरमा एउटा बद्‍‍नाम बजार पनि छ। धेरै भएको थियो यहाँको बदनाम बाग्लुङ बसपार्क बजारको चर्चा सुनेको। तर त्यहाँ के देखिन्छ, हेर्न भने पाएको थिइनँ। बद्‍नाम बजार भएकोले त्यहाँ हतपत साथीहरु जान पनि मान्दैनन्। यस पटक पोखरामा रहँदा भने मौका जुर्‍यो। मोटरसाइकलबाट एकछिन त्यहाँको दृश्य बाहिरबाट सर्सर्ती हेर्दा नै लाग्यो- अहो, नेपालमा यस्तोसम्म भइसकेछ है, खुल्लमखुल्ला देहव्यापार! हिन्दी फिल्महरुमा देखाइने कोठी भएको गल्लीभन्दा कम थिएन दृश्य। केही फोटो हेरौँ। यी फोटो फोनमा कुरा गरेको बहानामा मोटरसाइकल चढ्दाचढ्दै खिचिएका हुन्। गोपनीयताका कारण अनुहार धमिलो बनाइएको छ।
baglung_buspark1
देहव्यापारका लागि भारतको कुख्यात ठाउँको दृश्य डकुमेन्ट्री र फिल्महरुमा देख्न पाइन्छ। आफ्नै आँखाले भने एक पटक दक्षिण कोरियाको दस दिने यात्रा गर्दा देखेको थिएँ।

कोरियामा अध्ययनरत साथीहरुले सब कुरा हेर्नुपर्छ, जाऔँ हेर्न भन्दै एक रात सउलको एउटा बदनाम बजार घुमाउन लगेका थिए। भद्दा मेकअप पोतेका महिलाहरु पसलहरु बाहिर उभिएर ग्राहक बोलाउँदै थिए।

अचम्म लाग्यो, बाग्लुङ बसपार्क छेवैको एउटा बजारमा पनि पूरै त्यस्तै देखियो। देहव्यापारमा कानुनी प्रतिबन्ध रहेको देशमा यसरी खुल्लमखुल्ला ग्राहक बोलाउँदै गरेको देख्दा अचम्म मान्दै थिएँ, एउटी युवतीले डाकिहालिन्, दाइ जाने हो ?

त्यसपछि त टाप !

baglung_buspark2

baglung_buspark3

baglung_buspark4

baglung_buspark5

baglung_buspark6
केही अघि पोखराको लेकसाइडमा होटल होटलमा छापा मारेर जोडीहरुलाई प्रहरीले पक्रेको थियो। होटलमा बसेका लोग्नेस्वास्नी पनि परे भन्ने कुरा समेत आएको थियो। कोठाभित्र बसेका जोडीहरुलाई समात्ने प्रहरीले खुल्लमुखल्ला देहव्यापार गरेको चाहिँ किन नदेखेका होलान्।

यो दृश्य देखेपछि छ वर्षअघि नै पोखरा पर्यटन परिषद्का अध्यक्ष सुन्दर श्रेष्ठले नेपालमा सेक्स टुरिजमको विकास गर्नुपर्छ भनेर किन भनेका रहेछन् भन्ने महसूस भयो।

उतिबेलै इकोनोमिस्टमा छापिएको एउटा लेखमा दक्षिण एसियाको यौन व्यापारका सम्बन्धमा विज्ञ भन्दै जोन फ्रेडेरिकले “एक दशकअघिसम्म नेपालमा यौन उद्योग भूमिगत थियो। तर अहिले यो ब्याङ्कको जस्तो, नोमपेन्हको जस्तो भएको छ” किन भनेका रहेछन्, त्यही दिन थाहा भयो। आफूले नदेखेसम्म केही कुरा हुँदै नभएको भन्नेहरु कति गलत रहेछन् बुझियो।

किन त्यहाँका बासिन्दाहरु बाग्लुङ बसपार्क जान नपरे हुन्थ्यो ठान्दा रहेछन्, त्यही दिन बुझियो। महिलाको त कुरै छाडौँ, पुरुषसमेत त्यो ठाउँमा यसो कतै देखियो भने बद्‍नाम हुँदा रहेछन्। यहाँ कतिलाई फोटो मात्र हेर्दा लाग्ला, ती त्यस्तै हुन् भन्ने कसरी बुझियो त ? किनभने तीमध्ये केहीले त आफै हामीलाई बोलाएका थिए। नपत्याए तपाईँ पनि त्यो क्षेत्रमा एक पटक अवलोकन गर्न जान सक्नुहुन्छ।

यति खुल्लमखुल्ला भइरहेको अवैध कामलाई कि त नियन्त्रण गर्नुपर्‍यो, त्यो नसकिने भए नियमन त गर्नुपर्‍यो नि।

49 thoughts on “पोखराको बाग्लुङ बसपार्कमा बद्‍नाम बजार”

  1. krishna says:
    January 31, 2014 at 9:58 pm

    यीनिहरु र मादल यौटै हुन् .. मौका मिले सबैले बजाउन खोज्छन र बजाउछन पनि तर भिरेर कोहि हिन्दैनन .. संसारमा चोखो सायद हजारमा एक होलान — माफ गर्नोस !!!!

    Reply
    1. Bishwaraj says:
      February 1, 2014 at 5:39 pm

      चोखो पाउन त न्वारान देखी पाल्न पर्छ- यो बेरोजगारी, गरीबीका कारण हो- भोको पेट र नाङ्गो शरीरको लागी- अब यो पेशालाई सरकारले मान्यता दिन पर्छ- संसारका बिकसीत देश अमेरीका- युके- जापान- फ्रान्स- सिंगपुर् मा कोठीको ब्याबस्था छ- येस्को ब्याबस्था भए बलात्कार, करणी- हत्या- हिंग्सा पनी घट्ने पक्का छ-

      Reply
      1. Raj says:
        February 3, 2014 at 12:56 am

        ाहियात…अमेरिका, बेलायत मा कहाँ छ कोठी? थाहा भएको कुरा मात्र गरे राम्रो

        Reply
        1. Sunil Shrestha(USA) says:
          February 4, 2014 at 9:49 pm

          Raj जी सत्य हो र , मैले सुने को जाने को र देखे को अनुसार इ सबै कुरा हरु अमेरीकन, बेय्लैत र पछिमि मुलुक बाट आएको को हो , तपाई साचै अमेरिका मा हुनुहुन्छ की ………!!!!!!!

          Reply
  2. rajes says:
    January 31, 2014 at 2:53 pm

    ” दाई जाने हो ? ” र “बहिनि जाउन त” जस्ता सब्द हरु यस्तो कु कर्म मा प्रयोग नगरी दिए त हुन्थ्यो नि .

    Reply
    1. Shankar says:
      January 31, 2014 at 6:32 pm

      बिकल्प दिनुहोसं न त् ! पछि पछिको लागि काम लाग्न सक्छ |

      Reply
  3. BIbek Gautam says:
    January 31, 2014 at 2:09 pm

    बाच्न लै आफ्नो सिप बेच्न पर्छ इज्जत हैन .पेट पालना लै अरु पनि धेरै काम छन् तेसैले आफु मा पहिला तेस्तो सिप बिकाश गर्न पर्छ.सबै मान्छे स्वस्थ समाज मा बस्न चाहन्छ एस्तो कुरा ले समाज को बेइज्जत गर्छ .खैरे हरु को देश मा एस्तो कुरा legal छ भन्दै मा हाम्रो देश मा पनि legal हुन पर्छ भन्ने जरुरि छैन.सक्छौ भनी अरु देश ले गरेको प्रगति को copy गरौ दुर्गति र समाज बिगार्ने कुरा को copy नगरौ .जय नेपाल |

    Reply
  4. Surendra says:
    January 30, 2014 at 6:00 pm

    रेट कति हो नि सुन्दरीहरुको ? जानकारी पाए सजिलो हुनेथियो पत्रकार महोदय

    Reply
    1. Shankar says:
      January 31, 2014 at 6:36 pm

      रेट था पाउन ओन न स्पोट भेट नै गर्नु पर्छ |

      यहा बाट पत्रकार ले रेट भन्दिने , त्यहा तपाइँ सपनामा सुटुक्क जाने ?

      Reply
  5. cRIS says:
    January 30, 2014 at 11:41 am

    आदर्शका कुराहरु, सबैलाई रोजगारी दिने, रोजगारीको अवसर नभएर, आफ्ना चेली-बेटी र कलंकित भन्ने कुराहरु भिन्नै हुन्, तपसिलका कुराहरु! यस्ता कुराहरु सोचाई र भनाईका लागी मात्र हुन्| भोगाई र ब्यबहारमा यस्तो हुने सक्दैन| सत्य यूग देखि चलि आएको चलन हो यो!

    एक स्वास्थ्य समाजमा सबै कुराहरुको आवास्यक्ता पर्दछ| त्यसको यो पनि एक अंग हो| कुरो सिद्दिगो| १००% रोजगारी भएको ठाउँमा पनि यस्तो हुन्छ| सबै मानिस एकै किसिमका हुदैनन् – सबैको फरक फरक चाहाना, आंकान्क्षा र उद्देस्य हुन्छन| यो यथार्तलाई मनन गरौ र यसलाई ब्यबस्थित पारौ ता कि त्यहाँ जानेहरुले पनि र त्याहाँ काम गर्नेहरुले पनि आफुलाई “समाजको कलंक” नसम्झिउन| आ-आफ्नो हेराईलाई शिक्षित पारौ|

    हाम्रा युवाहरुको बीचको गफ चुपलागी सुन्ने कोसिस गरिएमा सब छरपष्ट देखिन्छन, कि कसरी हाम्रा युवाहरु कुण्ठित छन् भनेर| बिकिनी लाएका एक आईमाई देख्नु हुदैन, घुरेर हेर्छन, उत्तेजित भएर मुर्छा पर्छन मनमनै (सुनेको)| चौक तिर बसेर केटि जिस्काउन साधारण ठान्छन| अर्को तिर केटिहरुको अवस्था पनि कुनै कम छैन, भित्र-भित्रै मुर्छित हुदै बाँच्न| मनोबैज्ञानिक रुपले तडपाडित हुदै बाँचछन्| विभिन्न रोगब्याधी हुन्छ|

    यसरी हाम्रा युवाहरु संकुचित हुदै खुम्चिदै बस्छन| दिनरात त्यसैको बारेमा सोचेर समय खेर फाल्छन| यी सब नीधिखुदि खोज्दै जाने हो भने, त्यहिँ पुगिन्छ| सट्टामा ब्यबस्थित बनौन ढिलो नगरौ!

    Reply
    1. Mk says:
      January 30, 2014 at 10:58 pm

      बेलायेत को play boy संस्था यसको जोलन्त प्रमाण वा उदाहर्ण हो/अझ Switzerland मा त् हालसालै यसमा पनि अझ विकसित नया आयाम सरकारले नै थपेको बारे कतै चर्चा गरिएको थियो/

      Reply
  6. wan limbu says:
    January 30, 2014 at 8:07 am

    suzee जी म तपाइको कुरोमा पूर्ण सहमत छुइन…कारणहरु:
    १, तपैले भोगेर भने जस्तो देह व्यापार यहाँ लागु हुनुपर्छ भन्ने छैन/ सिर्फ यो समस्यालाई कसरि ब्यबस्थित गर्नु पर्छ भन्ने कुरो महत्वपूर्ण छ/
    २, हाम्रो नेपालीको बानि खाली Negative सोच्ने मात्रछ/ कहिले पनि कुनै कुरोलाई गौण गरेर हेर्ने चलन नै छैन/
    ३, हाम्रो समाजले आफ्नो गाउँ घर मा वा सहरमा देहव्यपार्ले बदनाम गरेको मात्रै देख्छौ के कारण ले यस्तो ब्यापारमा मानिशहरु लाग्छन भन्ने सोच्दैनौ/
    ४, जसले देहब्यापार लै घृणा गर्छ वास्तबमा यो त्यै समाजको उपज हो/
    ५, यस्तो ब्यापारमा लागेकाहरुलाई अवसर/सम्मान/राम्रो कामको तालिम, शिक्छ्या र रोजगार दिलाउनु पर्छ समाज ले देश ले, सरकारले नकि तिरस्कार…
    ६, सब भन्दा दुख लाग्दो कुरो हाम्रो देशमा आफ्नो खुसीले वा मन पराएर यो पेसामा लाग्ने मान्छेनै छैनन्…
    ७, यो ब्यापारमा लाग्ने मानिसहरु समाज-आफन्त, सरकार-पुलिश-प्रसासन, दलाल-फटाहरु बाट सोषित-उत्पीडित-अपहेलित मात्र छन्/
    ८, अन्तिम मा हामीले समय को चाल संग चाल मिलाउने पर्छ/ As long as Moral & Legal …

    Reply
    1. suzee says:
      January 30, 2014 at 1:29 pm

      मैले असहमति सिर्फ ##अर्थ को कायापलट भन्ने तर्क को बिसय मा गरेको छु, एसको बिरोध अनि सहमति केहि जनाएको छैन,
      ####तपैले भोगेर भने जस्तो####भनेर सुरु गर्नु भएको छ कमेन्ट ,आफ्नो कमेन्ट लै केहि गौण गरेर review गरेर मात्र पोस्ट कमेन्ट क्लिक गर्नुहोला ###कहिले पनि कुनै कुरोलाई गौण गरेर हेर्ने चलन नै छैन??????यो कुरो आफै बाट सुरु गरेहुञ्च ####

      Reply
      1. suzee says:
        January 30, 2014 at 1:37 pm

        ###तपैले भोगेर भने जस्तो###
        म जुन क्षेत्र म काम गरिरहेको छ, Through that i got to know , yogesh adi and wan limbu are same person giving comment from 2 identity….., may be its enough ……

        Reply
        1. योगेश आदी says:
          January 31, 2014 at 7:15 am

          सुजीजी, तपाइको पछिल्लो हरफ जसमा; “योगेश आदी र वान लिम्बु भन्ने व्यक्ति यौटै हुनुपर्छ”, भनेर जुन अभिव्यक्ती दिनु भयो, त्यसमा म खेद प्रकट गर्दछु ! म लिम्बुजीलाई बिल्कुल नै चिन्दिन / मेरो नामबाट मैले दुइ ओटा छदमभेषी काम गरिरहन जरुरि छैन / मेरो नामको फेसबुकबाट मलाई सजिलै हेर्न सकिन्छ… पेजको सबै कुरो पब्लिकली राख्ने गरेको छु /

          Reply
        2. Shankar says:
          January 31, 2014 at 6:40 pm

          कन्ट्रोल सुजि जी कन्ट्रोल !

          Reply
          1. suzee says:
            January 31, 2014 at 7:29 pm

            ठिक हो , कुरो गर्यो कुरोकै दु:ख:!!!!!!!!!!!!!!

            Reply
  7. मन says:
    January 30, 2014 at 2:35 am

    म सीमाबद्ध क्षेत्रभित्र रेड लाईट एरियाको पक्षमा छु| तल योगेशजीको मन्तब्यको आशय ठिकै लाग्यो तैपनि उँहाको “..अर्थ तन्त्रले काया पलट गर्ने” दावी अलि नमिलेको झैँ लाग्यो र सादर असहमति प्रकट गर्दछु|
    मलाई लाग्छ हामी नेपालीहरु ज्ञान र बुद्धि भएर पनि व्यवस्थापनमा निकै कमजोर छौ, बिशेष सरकारी क्षेत्रमा हद कमजोर भएको प्रष्ट छ| देशको उपलब्ध प्राकृतिक सौन्दर्य्य समेतलाई अर्थोपार्जन गर्ने पर्यटनमा समेत हामीले सबै सम्भावित श्रोतहरुलाई जगाउन सकेका छैनौ| सेक्स टुरिजम गरे पनि यसलाई सरकारले पनि राम्ररी व्यवस्थित गर्ला भन्ने सम्भावना न्यून रहेको देखिन्छ|
    आर्थिक कारण मात्र नभएर शारीरिक, सामाजिक र मानसिक कारणहरु र आवश्यकतालाई पनि प्राथमिकता दिईनु पर्छ, जसमा जन स्वास्थ्य प्रति पनि मध्य नजर गरिएको हुनपर्छ|
    हाम्रा सरकारी र दात्रि संस्थाका खर्चमा बैंकक पुगेका सरकारी र गैर सरकारी मित्रहरुमा बैंककको मसाज र स्नान गृह नचाहरेका इच्छा गर्दा गर्दै पनि मौका नपाउनेहरु मात्र होलान|
    जसले नैतिकताको हिसाबले रेड लाईट एरियाको बिरोधमा कुरा राख्छन उनीहरुले हालको हाम्रा शहरहरुमा नगरवधु प्रचलन बुझ्ने भए सीमा कँहा रहेछ थाहा पाउनुहुनेछ|
    यस (सेक्स टुरिजम) बिषयमा अझ गहकिलो वहस जरुरि छ|

    Reply
  8. kanncha says:
    January 29, 2014 at 5:42 pm

    यहाको लेखको लागि धरै धरै धनेबाथ म पनि विदेश बसेको धरै भयो र यो तिहार मनाउनुको लागि नेपाल पोखरा गएको थिए तर म धरै धरै बेस्थ थिए अनि एसो कहिले कहिँ नेटमा लोकल पत्रिकामा पढेको कुरा नजर लगाउनु मन लाग्यो मेरो अलि अलि बगर बिन्दबसिनि र अर्चलबोटमा केहि कामपनि थियो तेता जादा एसो मेरो बहान अलि बिस्तारै गरेर अनि धरै वर्ष अगाडिको कामना पत्रिकाको कार्टुन अरु सबै बिद्यालय कलेज अगाडी बिस्तारै हाक्नुहोस गति
    सिमित लेखेको हुन्छ तर पधम कन्या कलेज अगाडी किन नभएको भन्ने कार्टुन को यादमा नजर टुक्क टुक्क सबै खोपी तिर दिएको त कुनै कुनै खोपीमा त ७ वोटा सम्म पतर्निहरु मेरै आखाले देखे अझै १ दिन त अलि सबेरै तेही बाटो भएर अर्चलबोट जानु पर्यो बिहानको ७ पनि बजेको थिएन ये बाबा हो पतर्निहरु सबै तयारी हालतमा कुनै नबिक्ने रक्शीको बिज्ञापन गर्नुलाई तेहागएर फोटो खिचाएर होडिंग बोर्ड बनाए ठिक्क मिल्ने एसो सम्जना आयो mysansar को खबर अप्तिजनक अबसता अनि नेपाली प्रहरीको रमिते पारा अनि फेरी याद आयो तिनैको विसटिंग मासिक भत्ताले त तिनै मोरा चिल्ला भएका छन्

    Reply
  9. Aayush says:
    January 29, 2014 at 5:00 pm

    आहा ………..बढा गजब को ठाउ रैछ, के फरक पर्छ र जान्छन नि प्यास लाग्ने हरु के को टाउको दुखाइ |

    Reply
  10. Dev bahadur says:
    January 29, 2014 at 4:38 pm

    मैले पनि पहिलो sex यही ठाउँमा गरेको थिएँ 300rs तिरेर। पुलिसले समाउँछ कि भनेर मन एकदम डराएको थियो। मैले चिनेका साथीहरु पनि धेरै जना गएर मन शान्त पारेर आकोछन्।

    Reply
  11. rajan says:
    January 29, 2014 at 12:27 pm

    बाध्येताले काम गर्ने भन्दा धेरै कमाउने लोभमा येस्ता काम गर्ने धेरै भैसके अब

    Reply
  12. wan limbu says:
    January 29, 2014 at 12:16 pm

    योगेश जी को कुरोमा मा १००% सहमत छु….बाहिर बाहिर यस्तो कुराको बिरोद गर्ने अनि लुकी-लुकी तिनिहरुनै पुग्छन यस्तो ठाउमा/
    अर्को कुरो, यस्तो काम गर्नेहरु कोहि पनि रहरले वा आफ्नो इच्छाले यो पेशामा लागेका छैनन्…सबै भन्दा ठुलो कुरो भनेको मजबुरी हो, बाध्यता हो/ मान्छेले मान्छेको मासु धारी खान्छन जब बाच्ने कुनै बिकल्प देख्दैन…जो जो ले यो पेशालाई बिरोद गर्नु हुन्छ तपैहरु सबै खुसि हुनुपर्छ आज सम्म नेपालमा बाच्नको लागि यस्तो स्थिति आइसकेको छैन र यो पेशामा लाग्नेले प्रत्यछ रुपमा तपैहरुको केहि पनि बिगारी दिएको छैन जस्तो लाग्छ मलाइत् /अलिकति पनि बुद्धि र बिबेक मनबता छ भने यो पेशालाई नबुझी आरोप र Hate

    Reply
  13. rose says:
    January 29, 2014 at 12:08 pm

    पोखरामा महिलाहरूलाई काम गर्ने अवसर दिईदैन अनि के गर्ने त ती मध्यम स्तरका परिवारका महिलाहरूले ।

    Reply
  14. रबिन says:
    January 29, 2014 at 11:53 am

    सेक्स, कानुनले वा प्रहरीले रोक्न सक्ने कुरा हुँदै हैन। बेश्या नभेटिए आफ्नै वरपर भएपनि मान्छेले बिकल्प खोज्छ खोज्छ, चाहे त्यो पुरुस हो या महिला। तसर्थ अबिबाहित वा अन्यहरु को लागी सेक्स आबश्यकता बन्छ भने यस्ता यौन ब्यबसायीलाई समाजमा कानुनी दायरामा ल्याएर ब्यबस्थित गरिनुको बिकल्प छैन, ता कि जबर्जस्ती वा बाध्यतामा कसैले यो पेशा अँगाल्नु नपरोस्। यौनजन्य हिंसा, बलात्कार र दुर्ब्यबहार नियन्त्रणमा पनि यो कदम सहयोगी बन्न सक्छ। यो सबै गरिनु पूर्ब, आर्थिक सुरक्षा र कम्तिमा दैनिक रोजीरोटीको सुनिश्चितताका खातिर राज्यले आधारभूत शिक्षा र रोजगारमुखी तालिम निशुल्क दिएर बाध्यतामा यो पेशा अपनाएकाहरुलाई समाजमा पुनर्स्थापित गरिनुपर्छ।

    Reply
  15. Rk says:
    January 29, 2014 at 11:21 am

    यो ब्लग पढेपछी मलाई पनि यो ठाउको बारेमा केही लेख्न मन लाग्यो । कुरा १ बर्ष पहिलेको हो हामी एकजना भाई ईन्डिएन लाहुरे,म र एकजना दाई पोखरा बाग्लुङ बसपार्क (नया बसपार्क ) नालामुख गएका थियौ । हामी तीन जना २ वटा मोटर बाइकमा दिनभरी उता लेखनाथ (बेगनास ताल ) को माछा र रोयल स्ट्यागको मजा सङ्गै रमाउदै उनै लाहुरे भाई कै अनुरोधमा रमाइलो गर्न भनी साझको ४ बजे तिर बागलुङ बसपार्क तिर लागेका थियौ । यो भन्दा अगाडि धेरै पहिले बागलुङ बसपार्क गएको थिए तर दोस्रो चोटि त्यहा जादा मैले कहिल्यै नसोचेको भिन्नता त्यहा पाए । प्रत्यक गेस्टहाउस बाहिर राम्री राम्री केटीहरु गीत गाउदै जिस्किदै बसिरहेको देखिन्थ्यो,कोही बाटोमा फुटबल हान्दै खेल्दै थिए भने कोही यसरी नै गेस्ट हाउस बाहिर मुढामा बसेर बाटो हिंड्नेहरुलाई ईशारा गर्दै हुन्थे । हुन त यस्तो द्रिश्य काठमान्डौ मित्र नगर तिरका क्याबिन बार रेष्टौरेन्ट हरुमा प्रसस्त देख्न सकिन्छ यसरी नै बाटो हिंड्ने मान्छेहरुलाई ईशारा गर्ने मुस्कान दिने आदी इत्यादी यो कुनै नौलो कुरा चाँही भएन तर बागलुङ्ग बसपार्क भने पक्कै कुनै रेडलाईट एरिया भन्दा काम चाँही छैन । एकछिनको घुमफिर पछी हामी तीन भाई उनै लाहुरे भाई कै रोजाइमा एउटा गेष्ट हाउस छिर्‍यौ,बाहिर भर्खर त्यस्तै १६/१७ उमेर का देखिने केटीहरु को झुन्डलाई पंछ्याउदै हामी सिधै काउन्टरमा बसीरहेको साहुनीको मा गयौ र आज यही बास बस्ने कुरा गर्‍यौ,साहुनी ले मुस्कुराउदै एक्लै कि साथमा ? भनेर सोध्नु भयो तर लाहुरे भाइले पहिले हल्का पिउने अनी कुरा गरौला भनेर भनेपछी हामी छेउ कै टेबलमा गएर बस्यौ । त्यतिनजेल तीन जना केटीहरु हाम्रो सामु आइसकेका थिए तिनै केटीहरु अब हाम्रो आजको रातको साथ हुने भए । फेरी रोयल स्ट्याग र सुकुटी सङ्ग रमाइलो,केटिहरुले आफ्नै बुढालाई जस्तै आफ्नै हात ले सुकुटी खुवाउदै आफु पनि पिउदै बेलाबेलामा चुम्बन दिदै अनेक हाउभाउ देखाउदै,कहिले काही हिन्दी गीतहरु गाउदै बडो रमाइलो सँग साथ दिदै थिए । त्यतीबेला घडीमा ८:३० बजी सकेको थियो रातको उनै लाहुरे भाई ले मलाई लिएर फेरी काउन्टरमा गयौ तिनै साहुनी सङ्ग कुरा गर्न भाई साहुनी सङ्ग कुरा गर्दै थिए भने म साहुनीलाई एकटक हेरीरहेको थिए । मलाई साहुनी पो सार्‍है मन परेको थियो क्षेत्री थरकी ति साहुनी निकै राम्री थिइन मौका छोपेर मैले ति साहुनिलाई हल्का रिमझिम थिए आट गरेर नै सोधे मलाई त तपाइ सार्है मन पर्‍यो के तपाईं सङ्ग बसेर एकछिन रमाइलो गरेर पिउन सक्छु ? साहुनिले पनि हाँस्दै हुन्छ नि अब गेस्ट हाउसको सटर बन्द गर्ने बेला भयो तपाईंहरुको मोटर बाइक भित्र राख्नु अनी सङ्गै बसेर पिउला नि हुँदैन भन्नु भो त्यसपछी आफुले खोजेको मिलेपछी मन अली फुरुन्ङ नै भयो । मोटर बाइक भित्र हुले पछी २ जना साथीहरु भित्र केटीहरु सङ्ग हासो ठट्टा गर्दै पिउन थाले म भने काउन्टर छेउ कै टेबलमा ति साहुनी सङ्ग जिस्किदै पिउन थाले । त्यसै क्रममा मैले ति साहुनी लाई प्रस्ताव राखे आज म तपाईं सङ्ग बस्ने भनेर उनले नाइ भनिनन तर उनको श्रीमान राती ११ बजे आउछन भनेर साहुनिले भनिन,मैले सोधे कहाँ के काम गर्नु हुन्छ र श्रीमान ? यही हवल्दार हुनु हुन्छ नेपाल प्रहरीमा त्यसैले तपाईंहरु डराउनु पर्दैन ढुक्क सङ्ग बस्नुहोस मुस्कुराउदै भनिन साहुनिले । त्यसपछी कता कता मन खिन्न भो साहुनी मन परेको थियो , फेरी पनि साहुनिले मुस्कुराउदै भनिन केही छैन आउँदै गर्नु न मेरो मोबाइल नम्बर राख्नुहोस् संपर्क गर्दै गर्नुस् मौका मिले सङ्गै बसौला नि भन्दै आफ्नु नम्बर दीइन मैले पनि नम्बर लिए । केहीछिनको रमाइलो सङ्गै अब सुत्ने जाने कुरा भयो तीन जना केटी तयार भए अब भने मोल भाउको कुरा चल्न थाल्यो साहुनिले भनिन केटी सङ्ग रात सँगै बिताउने भए एकजना को २२ सय रुपैया एकछिन हो भने १०० रुपैया र २२०० मा एउटा खाना र एक बोतल पानी फ्री रहेछ सबैको मिलेमतो भएपछी गेष्ट हाउसको कोठा तिर लागियो । कोठा पनि अचम्मैको हुने रहेछ प्रत्यक केटीहरुको आ-आफ्नु कोठा कोठाको भित्तामा हिन्दी फिल्मको हिरोनीहरुको फोटो टासिएको अनी मैले सोधे ति केटीलाई यो तिम्रो कोठा हो ? उसले अ यो मेरो कोठा हो यहाँ रात बिताउनेहरुको लागि मात्र अनुमती छ एकछिन बसेर जानेहरुलाई भने गेष्ट हाउसकै कोठा दिने गरिन्छ,कोठा भित्र छिरेपछी केटीले नै फेरी पिउने कुरा गरी उसैले आँफै गएर फेरी रोयल स्ट्याग लिएर आई त्यसपछी फेरी हामी पिउन थाल्यौ……

    Reply
  16. kiran says:
    January 29, 2014 at 10:40 am

    एस्तो त काठमाडौँ कै नया बसपार्क मा पनि देख्न पाइन्छ.त्यतै तिर गयेनी हुन्छ साथी हो

    Reply
  17. Biswash says:
    January 29, 2014 at 7:09 am

    भोक्मरी भयो भन्दैमा आफ्नै सन्तान र नातागोतालाई मारेर खाने कि अरु सम्भाबित खाद्ध्यको खोजी गर्ने ? सेक्सलाई रोजगार वा क्क्माइ खाने बाटो बनाउनु भनेको मानव सम्बेदना माथिको खेलबाड हो । यसमा सन्लग्नहरुलाई उचित रोजगारीको अवसर जुटाइमा पक्कै पनि यस्तो नारकिय जिन्दगी जिउने कसैको पनि इक्षा हुँदैन होला ।

    Reply
  18. Ganesh says:
    January 29, 2014 at 7:09 am

    हामीले नेपाललाई अरुदेशहरूको क्रियाकलाप सँग तुलना गर्नु भन्दा पहिला आफ्नो अमुल्य सँपत्ति स्वरुपको सँस्कारलाई पनि अध्ययन गर्ने कि ?

    यौन व्यबसायसँग सहमत हुनेहरुले एकपटक आफ्नै छोरीको ईज्जत र अस्मितालाई सम्झिनुस् त …….

    Reply
  19. योगेश आदी says:
    January 29, 2014 at 5:15 am

    कुनै पनि ठाउँ शहर हो भने, त्यहाँ देह ब्यापार हुन्छ नै ! म दावाको साथ भन्छु कि ब्रम्हाण्डमा देहव्यापार बिहिन शहर छदै छैन / शहर बन्नुको एउटा बिशेषतामा देह ब्यापार पनि पर्दछ / पोखरा पर्यटकीय नगरी भएको कारणले अलिकति बढी बन्नु आश्चार्य होइन / बैंककदेखि लस् भेगाससम्मको चर्चा बढी हुनु पनि पर्यटकीय क्षेत्र भएकोले नै हो / सुरक्षित, व्यवस्थित र अलिकति गोप्य हुने हो भने यसले घाटा कसैलाई पनि पुर्याउदैन / सेक्स टुरिस्टहरु भनेको सुनको अण्डा दिने मुर्गी जस्तै हो / जुन दिन नेपालका निश्चित शहरहरुले अन्तराष्ट्रिय यौन पर्यटक खिच्न सक्छ, त्यतिबेला नेपालको अर्थतन्त्रले कायापलट फड्को मार्ने छ /

    Reply
    1. suzee says:
      January 29, 2014 at 2:55 pm

      यो कुरो चित्त बुझेन### जुन दिन नेपालका निश्चित शहरहरुले अन्तराष्ट्रिय यौन पर्यटक खिच्न सक्छ, त्यतिबेला नेपालको अर्थतन्त्रले कायापलट फड्को मार्ने छ###
      ये उसोभए अर्थतन्त्र राम्रो भएको देश बनौन आइमाई लै नै बेच्न पर्ने भो हैन त ???
      अर्थ मन्त्रालय अनि माइती नेपाल मा गएर यो कुरो जाहेर गर्नुहोला ,

      यदि योगेश जी ले थाइलेडं को यौन पर्यटक अनि अर्थ को कुरो लै आधार बनाएर लेख्नु भएको हो भने स्मरण रहोस थइलेडं मा हुने यौन पर्यटक मा
      १. आइमाई मात्र हैन, पुरुस जिगिलो पनि समाबेश छन्
      २. समलिंगी
      ३. हिज़डा
      ४. बाल यौन सोषण
      ५. यौन संग सम्बन्धित को अन्तरास्ट्रिय स्तरमा बेचबिखन
      ६. त्रास्वेतिस (योनांग परिवर्तन गरेका )
      ७. sheboys ( केटि जस्ता देखिने तर यौन अङ्ग केटा कै भएका )
      के यी सबै ७ बिषय को production , industry level मा गर्न सक्छौ भनेर सोच्नुभएको छ भने त्यो भयानक सोचाई हो !

      केहि चेली हरुले हाकाहाकी बाटो क बटुवा कुरे भन्दैमा , चेली को …अङ्ग मात्रै बेचेर अर्थतन्त्र मा कायापलट गर्ने दरिद्र मानसिकता लिनु भन्दा , विकास क लागि धेरै बाटो छन् , कायापलट को धेरै स्रोत अनि उपाय छन् , तेस्तर्फ़ ध्यान दिउन ,

      Reply
  20. Shankar says:
    January 29, 2014 at 1:46 am

    प्रसासन ले रोक्नु पर्यो तेस्ता कार्य एस्तो यौन सम्बन्ध मा पुरुस , नारि दुवै सोसित हुनेछन |
    बासनाले पिडित पुरुस आफ्नो खल्ती भन्दा ठुलो पैसा बुझाउन बाध्य हुन्छ , युवती इज्जत को त्रास, रोग को त्रास ,पुलिस को त्रास , भुडी बोकिने त्रास आदि बिबिध कारण ले सोसित हुनेछिन | जब सम्म देस कानुनि राज भएर निश्चित रेडलाइट एरिया तोक्न सक्दैन येस्ता क्रियाकलाप प्रसासन लागएर रोक्नु को बिकल्प छैन |

    Reply
  21. Nawin says:
    January 29, 2014 at 1:29 am

    नेपाल बाट बर्षेनी हजारौ नारीहरु भारतमा देह ब्यापार गर्न फ़साईनु भन्दा आफ्नै देशमा ठिक छ| जसले जत्तिकै पवित्र हुन् खोजेर बिरोध गरे पनि नेपालमा रेड लाईट एरिया हुन् अति आवश्यक छ| यो समयको मांग पनि हो|

    Reply
  22. बशन्त राज says:
    January 29, 2014 at 12:30 am

    मरेपछि स्वोर्गमा अप्प्सरा संग भोग गर्न पाईन्छ भन्थे त्यो पनि धर्तिमा पुण्य काम गरेको छ भने मात्र / तर यहाँ त धन मात्रै हुनु पर्यो नेपालको स्वोर्ग पोखरामा जीउदै अप्सरालाई बिना कुनै पुण्य भोग गर्न पाईने रछ / “जहाँ पाप, त्यहा फलिफाप/” भन्थे हो कि क्या हो /

    Reply
  23. Mk says:
    January 29, 2014 at 12:04 am

    एस लाई पनि, बिकसित देशहरु मा जस्तै , कानुनि रुपले बेबस्थित तथा मर्यादित गराइनु समय को माग होला जस्तो लाग्छ/

    Reply
  24. suzee says:
    January 28, 2014 at 9:24 pm

    कुरेर बसेका चेली हरु को फोटो अनुहार नचिन्ने गरेर राख्नु भएछ, अनि मोल-तोल गरेर भेट्न जाने चेला हरुको पनि फोटो अनुहार नचिन्ने गरेर राख्नु पर्यो नि , (कुरेर बस्ने अनि भेटन जाने दुवै बराबर हैन र ???)
    जब जब मेरो संसार स्त्री वर्ग को बारेमा समाचार देख्छु , पुरुस लै काखाँ महिला लै पाखाँ
    गर्य जस्तो पो भन् हुन्छ हो !!!

    Reply
  25. Jitman Rai 'Sabin' says:
    January 28, 2014 at 8:34 pm

    यस्तो दृश्य हेर्न पोखराको बाग्लुंग बसपार्क नै पुग्नु पर्छ र सालोक्य जी ? केहि साल पहिला म विदेशबाट फर्किदा काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा केहि दिन बसेको थिए, त्यहाँ पनि मैले ठ्याक्कै यस्तै दृश्य र हाउ भाउ भएको युवतीहरु देखेको थिए । फरक के भने त्यहाँको सबै रेस्टुरेन्टमा बार भन्ने अर्को शब्द पनि लेखेको देखेको थिए ।

    Reply
  26. saugat says:
    January 28, 2014 at 8:25 pm

    मेरो गर्ल फ्रेंद संग झगडा परेको बेलामा म पनि गको छु तेहा, सबै माथि फोटोको जस्तै हो, काठमान्डू को भन्दा राम्री राम्री छन् तेहा, मा मात्र होइन सायद तेहा धेरै जना जानु भाको छ होला, अहिले यहाँ कमेन्ट गर्दा पनि माथिको ओभानु नबने हुन्छ

    Reply
  27. Susil says:
    January 28, 2014 at 7:00 pm

    एउटा पुग्नै पर्ने ठाउँ, हाम्ले सिकेको येही ठाउँ बाट हो र एसको हामी सधै सम्मान गर्दछौ |

    Reply
    1. Krishna Lamsal says:
      January 29, 2014 at 2:02 am

      अत्यन्त थोरै सब्द खर्चेर अत्यन्त सौम्म्य भाषा मा लेखिएको एउटा अत्यन्त गहन स्वीकारोक्ति. तपाईं लाइ मेरो टोपी फुकाली (hats off ).

      Reply
  28. Jeevan Thapa says:
    January 28, 2014 at 6:23 pm

    मैले कुरो बुझ्न नसकेको के भने नेपालमा पनि देहव्यापारको लागि छुट्टै एरिया बनाइदिने हो भने आखिर के नै नराम्रो छ र ..यसरी लुकी लुकी गर्नु भन्दा हाका हाकी गर्नु नै राम्रो होइन र …

    Reply
  29. Chhetri Ganga says:
    January 28, 2014 at 5:48 pm

    यो समस्या बेरोजगारीको हो / बिहान बेलुका खानु त पर्लनि? यंह सरकार नाम मात्र को छ र जिमेवारी लिने संस्था पनि छैन /पत्रकार मित्रहरुले समाचार स्प्रेसन गर्ने मात्र होइन उनीहरुको पेटभोरने विकल्प के हो प्रस्तुत गर्नु पर्ने देखिन्छा / तपाईले कोरियाको उदारण उल्लेख गर्नु भयो त्यहाँ रोजगारीको समस्या छैन/ तर आफ्नै चेलीहरु रोजगारीको समस्याले संसारको विभिन्न भागमा नाराकिये जिबन यापन गरिरहेको समाचार त पढ्नु भएको होलानी / पुजीबादी समाजमा स्वबिबेकले पेशा अबलम्बन गर्ने स्वतन्त्र छ र हामी कंह छैन/ जस्तो जापानमा, कोरिया जस्तो किन पाउदैनौ? किनभने जापानमा High school passed गर्नु भन्दा पहिले रोजगारी दिलायूने प्रयास गरिन्छ / बाग्लुंग बस् पार्क, फोटोमा उल्लेखित चेलीको त्यो भन्दा विकल्पको रोजगारी समाधान उपाय छ कि छैन? त्यो भने उल्लेख गर्नु भएको छैन/ उल्लेख गर्ने परयास गर्नु होला \ धन्यबाद

    Reply
    1. Jamuna says:
      January 28, 2014 at 7:59 pm

      पत्रकारले विकल्प दिने भए योजना आयोग, मन्त्री, सचिव क्यान चाइयो ? पत्रकार मासंघलाई देस जिम्मा दे भो। पत्कारको काम जे छ तो देखाइदिने मात्र हो तर आजभोलिका पत्रुकारले त्यही नि नदेखाइ लकाइछिपाइ गर्छन् र पो

      Reply
      1. chandra says:
        January 29, 2014 at 5:18 am

        पत्रकारिता भित्र “के” (what ) मात्र हैन “किन” (why ) पनि पर्छ जस्तो लाग्छ! म पत्रकारिता सम्बन्धि ज्ञाता होइन तर, Al Jazeera मेडिया ले what को मात्र होइन why को पनि जानकारी दिन्छा भन्छ !

        व्यक्तिगत b4 भन्नुहुञ्छ भने “किन” को जवाफ खोज्नु पत्रकारिता को मात्र धर्म होइन सबै मानब जति को धर्म र कर्तब्य हुन्छा जस्तो लाग्छ!

        Reply
    2. Pritam says:
      January 29, 2014 at 7:20 am

      Ganga जी ,

      यो समस्या बेरोजगारी ले मात्रै हो जस्तो लाग्दैन मलाई त … मान्छे को ठुलो सपना देख्ने बानीले हो ….Korea , Japan ,Europe को कुरामा ,,एउटा साधारण कम गरेर बाच्न सबै सक्छन .. तर छिटो धनि हुने सपना बोकेर यो पेसामा लाग्ने हुन् …Nepal मा पनि धेरै हद सम्म मिल्छ … Nepal मा दिन को ५०० Nrs दिन भरि दुख गरेर कमाउन सकिन्छ …र पेट पाल्न पनि …..

      Reply
  30. Suraj says:
    January 28, 2014 at 5:45 pm

    I think such areas either should declare red light area or control by government…..Many police have taken benefit with guest house owner taking commision so such things also should control….

    Reply
  31. Binod says:
    January 28, 2014 at 5:20 pm

    लेखेकै रैछ नि – “राम्रो व्यवस्था छ।”

    Reply
  32. kedar says:
    January 28, 2014 at 5:16 pm

    देह बेच्ने रहर त पक्कै होइन होला
    के गर्नु पापी पेट त पाल्नै परो होला
    खानै नपाउने स्थिति आए पछि यो जवानीमा बिचराहरु बाटामा माग्न बसुन भने गुण्डाहरुले सित्तैमा रेप गर्लान, बरु पैसैमा रेप गराए त पेट त पालिन्छ भनेरै लागेका होलान नि……. अब चैं बिचराहरुको र देश सेवक जवानहरुको पनी बिल्लीबाठ हुने भो यो ब्लग छापिएपछि ……..

    Reply
  33. Nimess says:
    January 28, 2014 at 5:12 pm

    पोखरा त Amsterdam हो Amsterdam नेपालको, खै कुरा बुज्या

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme