Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालमा रमाएकी सेलेना गोमेज

Posted on May 30, 2014May 30, 2014 by Salokya

N37A1193-blog अमेरिकी नायिका तथा गायिका सेलेना गोमेज अहिले २२ वर्षकी भइन्। ७ वर्षको कलिलो उमेरदेखि नै उनी ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी हुन्। सानै उमेरमा सफलताको शिखरमा पुगेकी सेलेनालाई व्यक्तिगत जीवन भनेकै नहुने जस्तो गरी हरेक गतिविधिलाई पापाराजीहरुले पछ्याइरहेका हुन्छन्। यो चमकदमकले दिक्क पार्दो हो नि उनलाई। शायद् त्यसैले यस पटक उनी छुट्टी मनाउन नेपाल आइपुगिन्। तारतम्य मिलाएको थियो युनिसेफले। सोसल मिडियामा फ्यानहरुले उनीसँग खिचेको फोटो हालिदिएर मात्रै हो हल्ला भएको, नत्र उनी नेपाल आएको कुरा गोप्य नै थियो। काठमाडौँमा उनी फोटोग्राफरसित बच्न मुख छोप्दै हिँडिन्। तर गाउँमा उनी निकै दङ देखिन्थिन्। हेरौँ युनिसेफले प्रेस विज्ञप्तिसँगै पठाएका केही फोटोहरु
N37A0218-2

सेलेना युनिसेफको दूत १६ वर्षकै उमेरमा बनेकी थिइन्। यस पटक युनिसेफले उनलाई नेपालमा दुर्व्यवहार र शोषणबाट पीडित भएर उद्दार गरिएका बालबालिकासित भेट गराएको थियो।

सानै उमेरमा सेलिब्रिटी बनेकी सेलेनालाई चरम गरिबीमा कसरी बालबालिका बाँच्दा रहेछन् भनेर देखिन्। आधारभूत मानवीय आवश्यकता र अधिकारका कुराबाट यहाँका बालबालिका कसरी वञ्चित छिन् भन्ने पनि उनले देखेको बताइन्। नेपाल मात्रै हैन, यसअघि उनी अफ्रिकी देश घाना पनि पुगेकी थिइन्।

N37A0166

भ्रमणको क्रममा उनी दाङको सतबरिया राप्ती माध्यमिक विद्यालय पुगेकी थिइन्। त्यहाँ उनी थारु नाचमा रमाइन्। त्यसपछि गंगापारसपुर गाउँको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले गरिरहेका काम बारे जानकारी लिइन्। उनी हापुर गाउँ पनि पुगिन्।

त्यहाँका बासिन्दालाई सेलेना गोमेज र एउटा अर्की गोरो छाला भएकी विदेशीमा कुनै फरक थिएन। सहरियाहरुमा जस्तो सेलेनाको क्रेज, जस्टिन बिबरसितको गसिप केही थाहा थिएन उनीहरुलाई। त्यसैले सेलेना पनि खुलिन्, झुम्रा नाचिन्, दङ परिन्।

N37A0397

N37A0565

N37A0670

N37A0806

N37A1193

N37A1399

N37A8616

N37A8996

N37A9306

Photo Credit: Courtesy of U.S. Fund for UNICEF/Josh Estey/MatiHati

भिडियो हेर्नुस्
http://youtu.be/-a3Ks5xMGVs

उनले आफ्नो इन्स्टाग्राममा पनि नेपालका केही फोटो सेयर गरेका छन् जसलाई लाइक गर्नेहरुको संख्या हजारमा होइन, लाखमा छ।

18 thoughts on “नेपालमा रमाएकी सेलेना गोमेज”

  1. prabhat says:
    June 2, 2014 at 6:24 am

    उनि हिस्पानिक मुलकी अमेरिकन नागरिक हुन्, बिसेस गरि भर्खरका युवा हरु बीच उनको गित निकै प्रख्यात छ. उनि नेपाल आएको जे सुकै
    कारण होस् तर गाउ गाउमा गएर सरल ग्रामिण जिन्दगि मा भिज न सकेको मा निकै खुसिलागेको छ.

    Reply
  2. mink says:
    June 1, 2014 at 8:26 pm

    हैन यिनी नेपाल र नेपाली को लागि आको भए त आउनु पैला नै म तपाई हरु को देश आउदै छु भनेर आउने आएर भेट घाट गर्ने गर्नु पर्ने हैन र ? उ आफ्नो काम लिएर आई अनि काम सकेर गइ ,, नेपाली हरु चै किन खुसि भाको हो मैले बुझिन

    Reply
  3. yembir gurung says:
    June 1, 2014 at 8:44 am

    नेपाल भम्रण गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद, फेरिपनि आउदै गर्नु होला

    Reply
  4. Min says:
    May 31, 2014 at 1:01 pm

    धेरै राम्रो काम सेलेना फेरी फेरी आउदै गर्नु |

    Reply
  5. Hikmat Bishowkarma says:
    May 31, 2014 at 10:18 am

    सेलेना फेरी फेरी आउ नेपालमा .

    Reply
  6. samrat~ says:
    May 31, 2014 at 9:40 am

    She is a natural beauty ! Don’t need fancy dresses when you are beautiful inside and out. Thank you for visiting Nepal !!

    Reply
  7. shailendra (myau) says:
    May 31, 2014 at 5:11 am

    सलेना, माइली, टेलर, डेमि उस्तै लाग्थ्यो तर आजबाट म सलेनाको फ्यान भए . संगै एउटा भए पनि फोटो खिचाउन पाको भए !! के गर्नु म नेपालमा नभाको बेलामा गईछ मोरी 🙂

    Reply
  8. suresh says:
    May 31, 2014 at 12:22 am

    I hope she finds huge differences between western world & our world . anyway thanks for coming Nepal & experiencing our simple life.

    Reply
  9. बशन्त राज says:
    May 31, 2014 at 12:12 am

    यो फोटो हेरीसके पछि मलाई उनकै शब्दमा एक अंग्रेजी भाषामा उनकै एक गित याद आयो /
    “I love you like a love song baby ah ah ah love you like love song baby ………………………………………….”
    अर्को कुरा हिन्दि फिल्मका कलाकार आय भने नेपाल मा बिबाध र लफडा मचाएर जान्छन / अनि हिन्दी फिल्ममा नेपाललाई अपराधको केन्द्र बिन्दु बनायर फिल्म बनाउछन / तर बस्तबीकतामा अपराधको केन्द्र भारतनै हो / नेपाल भारत खुला सिमा को कारण भारतले भन्दा नेपाल र नेपालीले बढी समस्या भोग्नु परेको छ / जसले जे भने पनि धोती(भारतीय)हरु धोति जस्तै आदर गर्न नजान्ने अरुलाई हेप्ने हुन्छन / तर गोरा अम्रेकनहरु आदर गर्न अरुको, दुख बुझ्ने अनी सहयोगी नै हुन्छन/ कता कता मेरो प्रतीक्रीय अलि बिभेद पूर्ण कसैलाई लाग्न सक्छ / तर यो नै तितो सत्य हो भन्ने हाम्लाई लागिराछ /

    Reply
    1. Rajan Upriti, Baltimore says:
      May 31, 2014 at 2:54 pm

      यो त घमण्डी नेपालीहरुको भारतीय कलाकारमाथिको पूर्वाग्रहका कारण भएको हो |

      Reply
      1. बशन्त राज says:
        May 31, 2014 at 11:27 pm

        तपाई चाहि भारतीय कलाकार माथि खुब राम्रो सोच राख्न्नु हुदो रहेछ / सायद तपाईले अनिल कपुरको “घरवाली बहारवाली”, नसरुद्दीन शाह र अरसद वार्सीको “इस्किया” हेर्नु, ति सबै फिल्ममा नेपाल भारतमा हतियार निर्यात गर्ने अपराधीको केन्द्र रुपमा देखाईएको छ / यसरि हेर्दै जाने हो भने हरेक हिन्दि चलचित्रमा नेपाललाई नकारत्मक रुपमा चित्रीत गरीयको छ / केही समय अगाडी बी बी सीका एक बेलायती नागरिक समाचार बाचकले भारतीय चलचित्रमा गोराहरुलाई सदै नकारात्मक रुपमा चित्रीत गरीन्छ तसर्थ मलाई हिन्दि फिल्म मन पर्दैन भन्दै थियो / हामी नेपाली भने हाम्रो मजाक उठाउने धोति कै फिल्म हेरेर मक्ख छौ/ तर बेलाबेला तिनै धोतीले नेपाल र नेपालीको मजाक उडायो भन्दै आफ्नै देशको सडकमा टायर बल्न, देशकै सार्बजनिक सम्पति तोडफोड गर्दै खोक्रो राष्ट्रबादी नारा लागाउछोउ/ तेस्तो फिलिम हेरेर धोतीको प्रसंशा गर्नु भन्दा नबुझे पनि नजाने पनि गोरकै प्रसंसा गर्नु ठिक होला जस्तो लाग्छ/ किनभने गोराले बुझेंन भने बुझाउन खोज्छ तर धोतीहरु (भारतीय) सिकाउन भन्दा हेप्न अनि मजाक उठाउन सिपालु हुन्छन / बरु तपाई नेपालीनै हो येस कुरामै शंका लाग्यो मलाई त???

        Reply
      2. mink says:
        June 1, 2014 at 8:31 pm

        इंडिया मा बन्ने लाखौ फिल्म मध्धे १ २ ओटा मा नेपाल को नाम लिएको हुन्छ होला ,, नेपाल मा बन्ने प्राय सबै मा धोति लै तल्लो स्तर को देखिएको अनि इंडिया लै नराम्रो देखिएको हुन्छ हैन र .

        Reply
        1. prabhat says:
          June 2, 2014 at 7:27 am

          होइन, इंडिया मा लाखौ बन्ने फिल्म मा १ २ वोटा मा नेपालको नाम लिन्छ त्यो पनि नराम्रो रुपमा. नेपाल मा बन्ने सैयौ फिल्म हरुमा सबैनै धोतीको नक्कल मात्र हुन्छा. उनीहरुले हामीलाई हेपे पनि हामीले सम्मान दियिरखेको छौ. तर कहिले सम्म?

          Reply
          1. mink says:
            June 15, 2014 at 8:43 pm

            मेरो विचार मा कुनै पनि देश मा फिल्म बन्दा अरु देश लै नराम्रो नै देखाइएको हुन्छ . जस्तो रुस्सियन इटालियन हरु लै सधै माफिया को रुप मा,, एङ्ग्लिश हरु लै फटाहा .. येस्तै येस्तै . अनि अर्को कुरा हामी ले धोति हरु लै तब सम्म सम्मान दिनु पर्छ जब सम्म हाम्रो नेता हरु देश भक्त हुन्छन र हाम्रो देश ले हरेक कुरा मा इंडिया को भर पर्नु पर्दैन ,, ITS ALL ABOUT MONEY .!

            Reply
      3. prabhat says:
        June 2, 2014 at 7:06 am

        भारतीय हरुमा घमण्डीपना र आफुले हेप्न सक्नेलाई सानो देखाउने जन्मँदा नै, रगतमा नै लिएर आयको हुन्छ. एस्तो उधाहरण मसंग थोरै हैन कि सैयौ छन्. मेरो आफ्नै एउटा सानो बेबसये छ. एक जना भारतीय आयो. मसंग आधि घण्टा गफ गर्यो. एस बीच उसले भन्यो उनले घण्टा को दुइसय डलर कमौछ रे, न्यु योर्क मा घरहरु छरे. कम्प्युटर प्रोग्रम्मेर हुन् रे. अन्तमा २ डलर को एउटा सानो गनेसको मुर्ति किनेर, कति छुट दिन सक्छौ भनेर बार्गेन गर्न थाल्यो. मैले भने तिमीलाई त्यो सामान मन्परेकोइ भए २ डलर नै देउ, नत्र भने त्यसै लैजाऊ त्येसको पैसा मा आफै तिर्दिन्छु.

        Reply
  10. सिर्जने says:
    May 30, 2014 at 8:39 pm

    इ नानीले राम्रो काम गरिछन / नेपालीलाई भन्दा आफैलाई राम्रो / तर इनले गरेको कामबाट अन्तरास्ट्रिय रुपमा ख्यातिप्राप्त मान्छेहरुलाई प्रभावित गर्नेछ र यसले राम्रो असर गर्नेछ: नेपालको छविलाई उचो पार्न र अरु पनि अल्पबिकशित देशहरुमा जान /

    Reply
  11. Bikram Rai says:
    May 30, 2014 at 8:08 pm

    “Simplicity is beauty” -Looking at selena gomez in these pictures, ekdum ho jasto lagyo. 🙂

    Reply
  12. pawon says:
    May 30, 2014 at 7:43 pm

    beautiful selena beautiful nepalese and beautiful नेपाल

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme