Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकै अग्लो ठाउँमा हिउँदेखि नडराई दौड्नेहरुको फोटो हेर्नुस्

Posted on May 30, 2014 by mysansar

Everest2 दौड्ने काम त्यसै पनि सजिलो हैन। गोरखामा त्यही भएर दौड जित्नेलाई राजा बनाइन्थ्यो। अहिले राजा त बन्न पाइँदैन, तर पुरस्कार भने पाइन्छ। अहिले यहाँ गर्न लागेको चर्चा कुनै चानचुने दौडको होइन। यस्तो दौड संसारमै कहीँ हुन्न। अर्थात् सबैभन्दा उचाइमा हुने म्याराथन। यत्तिकै दौड्दा त गाह्रो हुन्छ भने हिउँ नै हिउँ भएको सगरमाथाको फेदमा दौड्दा कस्तो होला? आउनुस् हेरौँ आयोजकबाट प्राप्त केही गजबका फोटोहरु।

Everest1

Everest2

Everest3

Everest4

Everest5

Everest6

Everest7

Everest8

Everest9
तेन्जिङ र हिलारीले सगरमाथाको चुचुरोमा पाइला टेकेको दिनको स्मृतिमा १२ औँ पटक यस्तो म्याराथन आयोजना गरिएको हो। यो दौड सगरमाथा आधार शिविर अर्थात् ५ हजार ३६४ मिटरको उचाइमा सुरु हुनुपर्ने थियो। तर भारी हिमपातका कारण ठाउँ त्यहाँबाट ५ किलोमिटर अगाडि नै निधो गरियो।

मुख्य प्रतिस्पर्धामा सँधै झैँ नेपालीहरु नै विजयी भए। सुदीप कुलुङ राई पहिलो भए भने भीमबहादुर गुरुङ र सुमन कुलुङ राई दोस्रो र तेस्रो भए।

महिलातर्फ पनि नेपाली नै विजयी भए। आङ छुटिन शेर्पा पहिलो, मिङमा ल्हामु शेर्पा दोस्रो र ल्हाहाक फुटी शेर्पा तेस्रो भइन्।

विदेशीतर्फ पोल्यान्डका दुई जना पहिलो र दोस्रो भए भने बेलायती तेस्रो भए।

3 thoughts on “विश्वकै अग्लो ठाउँमा हिउँदेखि नडराई दौड्नेहरुको फोटो हेर्नुस्”

  1. Sanu Nepali says:
    May 30, 2014 at 9:39 am

    हामी नेपालीले संसारलाई गरेर देखाउन सक्ने कुरा यो दौड को खेलपनि हो . यसमा प्रतियोगीहरु को स्वस्थको सुरक्छ्या सरकार ले ब्यबस्था गर्नु पर्छ . अक्सिजन को कमि को कारण प्रतियोगी को स्वस्थ मा असर पर्न सक्छ .यो देशकै लागि एउटा राम्रो खेल हो . त्यस भेगको चाड , सस्कृति मा लैजानु पर्छ . पर्यटन लाई अकर्सित गर्ने राम्रो बाटो हो

    Reply
  2. bikash sherstha says:
    May 30, 2014 at 9:27 am

    संसार लाई चिनाउने एउटा बाटो यो पनि हो . अब यो दौड नेपाल को एउटा चाड , एउटा सास्कृति को रुप मा लैजानु पर्छ . पर्यटन लाइ नेपाल पार्टी अकर्सित गराउन यो पनि राम्रो खेल हो .

    Reply
  3. kiran gurung says:
    May 30, 2014 at 4:41 am

    याे दाैड पनि सँसार मा नेपाल लाई चिनाउने एउटा माध्यम हाे।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme