Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

Category: फोटो ब्लग

सन् २०१३: एउटा फोटोयात्रा

Posted on January 8, 2014January 8, 2014 by उत्तम बाबु श्रेष्ठ

नयाँ वर्षको आगमनसँगै मैले आफूले सन् २०१३ मा खिचेका फोटोहरु कम्प्युटरमा हेर्दै जाँदा निकै रमाइलो लाग्यो । तस्वीरहरु यात्रा, मौसम, घटना, प्रकृतिको सजिव कथाहरु रहेछन् । करिब ७००० फोटो खिचिएछ सन् २०१३ मा ती मध्ये केहि फोटोहरु।

तल्होसारई आशिमलाँ !

Posted on December 30, 2013December 30, 2013 by Salokya

तमु ल्होछार आज देशभरका गुरुङहरुले हर्षका साथ मनाए। तमुहरुको नयाँ वर्ष घोडा वर्षका रुपमा आजदेखि सुरु हुने रहेछ। यसै अवसरमा आज टुँडिखेलमा भएको कार्यक्रमका केही दृश्य भिडियो र फोटोमा।

बन्दकै बिजोग !

Posted on November 13, 2013November 13, 2013 by Salokya

वैद्य माओवादीले आह्वान गरेको बन्द तेस्रो दिनमा पुग्दा बिजोग हुन पुगेको छ। पहिलो दिनको आमहड्तालको असर धेरै परे पनि हिजो दोस्रो दिन धेरै गाडी चलेका थिए। त्यो भन्दा पनि धेरै आज तेस्रो दिन चलेपछि सुन्धाराको आकाशे पुलबाट हेर्दा यस्तो देखियो। भन्नलाई भने रिक्सा र ठेलागाडा अनि साइकलमात्रै चल्न दिन्छु भनेका थिए वैद्य बाजेले। यति हुँदा… Continue reading

तिहारै गयो….!

Posted on November 6, 2013November 6, 2013 by Salokya

अमेरिकामा सामूहिक म्हपूजा

Posted on November 5, 2013November 5, 2013 by उत्तम बाबु श्रेष्ठ

नेवार समुदायले आफ्नो शरीरलाई पुजा गरि मनाउने ‘म्हः पुजा’ अमेरिकाको बोष्टनमा पहिलो पटक सामुयीक रुपमा मनाइ एक आपसमा न्हु दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) को आदान प्रदान गरियो । त्यहाँ मैले खिचेका केहि फोटोहरु ।

नेपाल संवत् सांस्कृतिक र्‍याली

Posted on November 4, 2013November 4, 2013 by Salokya

सोमबारदेखि नेपाल संवत्‌को नयाँ वर्ष सुरु भएको छ। हरेक वर्ष झैँ नेपाल संवत्‌को नयाँ वर्षमा काठमाडौँको वसन्तपुरबाट सांस्कृतिक र्‍याली निस्कियो। र्‍यालीमा देखिएका केही दृश्य-

फल कलर्स

Posted on October 28, 2013October 28, 2013 by उत्तम बाबु श्रेष्ठ

अमेरिकाको न्युइगंल्याण्ड क्षेत्र यस ऋतुमा हुने रुखको पातको रगं परिवर्तनको लागि प्रख्यात छ । मेलै त्यस परिवर्तनलाई आफ्नो क्यामेरामा कैद गरेको छु । प्रत्येक फोटो क्लिक गर्नुभएमा हाइ रिसोलुसनमा फोटो देखिन्छ । सबै फोटोहरु हेर्न यहाँ क्लिक गर्नु होला ।

सकियो रमाइलो इन्द्रजात्रा (फोटो फिचर)

Posted on September 23, 2013September 23, 2013 by Salokya

यसपालिको इन्द्रजात्रा हिजो राति सवा नौ बजे वसन्तपुर कालभैरवको मूर्ति छेउमा रहेको लिङ्गो ढालेपछि औपचारिक रुपमा सकिएको छ। आठ दिन मनाइने भए पनि यस पटक तिथिका कारण इन्द्रजात्रा सात दिनमा सीमित भयो। इन्द्रजात्रा लिच्छवि कालदेखि नै चलिआएको भए पनि समय क्रमसँगै यसमा अनेक विशेषता थपिने क्रम अहिलेसम्म जारी छ। मल्लकालमा इन्द्रजात्रामा रथ तान्ने परम्परा सुरु… Continue reading

अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?

Posted on September 19, 2013September 19, 2013 by Salokya

अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क… Continue reading

एक हप्ता काठमाडौँमा रमाइलो

Posted on September 17, 2013September 17, 2013 by Salokya

काठमाडौँको सबैभन्दा रमाइलो चाड येँयाः (इन्द्रजात्रा) सोमबारदेखि सुरु भएको छ। सोमबार बिहान सवा सात बजेको साइतमा हनुमानढोकाको कालभैरव मूर्ति अगाडि यो लिङ्गो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु हुन्छ। आउने आइतबार राति नौ बजेर सात मिनेटको साइतमा यो लिङ्गो ढालेपछि इन्द्रजात्रा सकिन्छ। यो बीचका सात दिन साँझदेखि राति काठमाडौँको मुख्य भाग यति रमाइलो हुन्छ कि बयान… Continue reading

तीजको रहर…आयो बरी लै !

Posted on September 9, 2013September 9, 2013 by Salokya

यो वर्षको तीजमा खिचेका केही फोटोहरु। धेरै फोटो त खिच्न पाइएन। मखनको सानो पशुपतिनिर, हनुमानढोका दरबार परिसरमा हुल बनाएर नाचिरहेका थिए। सानो पशुपतिनिर भने ठूल्ठूला स्पिकर राखेर आधुनिक गीतमा समूह नाच भइरहेको थियो। नयाँ कुनै पनि गीतले त्यही पुरानो गीत ‘तीजको रहर आयो बरी लै’लाई जित्न सकेको देखिएन।

चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन!

Posted on September 5, 2013September 5, 2013 by Salokya

अनिल गुरुङ र जुमानु राईको शानदार गोलले टिम नेपाल डिफेन्डिङ च्याम्पियन भारतलाई घुँडा टेकाउँदै समूह विजेता बनी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ। हजारौँ दर्शक रङ्गशालामा अनुहारमा चन्द्रसूर्य पोतेर टिम नेपाललाई समर्थन गर्न पुगेका थिए। मैदानमा रहेका हजारौँ र स्वदेश-विदेशबाट टेलिभिजन, इन्टरनेटबाट हेर्ने लाखौँ नेपालीलाई एक पार्ने एउटै विषय थियो- हाम्रो चन्द्रसूर्य। खेल सुरु… Continue reading

विदेशी पनि भक्तपुरमा लट्ठी नचाउँदै

Posted on August 22, 2013August 22, 2013 by Salokya

लट्ठी बोकेर यी विदेशी पर्यटकहरु के गरिरहेका भन्ने ठान्नुभएको ? रमाइलो गरिरहेका नि। काठमाडौँ उपत्यकाका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुरमा छुट्टाछुट्टै किसिमले गाइजात्रा मनाइन्छ। भक्तपुरको गाइजात्राको विशेषता घिन्ताङ घिसी नाच हो। खासमा यो नाच लय र ताल मिलाएर लट्ठी नाच्ने गरिन्छ। तर आजभोलि मन भएकाहरु सबै सहभागी हुने भएकोले उफ्रेर, नाचेर लट्ठीमात्र ट्वाक्क जुधाए… Continue reading

क्या गज्जबका फोटोहरु !

Posted on August 3, 2013August 3, 2013 by mysansar

नेसनल जोग्राफिकले आयोजना गरेको ट्राभलर फोटो कन्टेस्टको परिणाम घोषणा भएको छ। विश्वका विभिन्न कुनामा खिचिएका गज्जब गज्जबका फोटोहरु पुरस्कृत भएका छन्। हेरौँ विजयी केही फोटोहरु। माथिको फोटो साढे १५ हजार फोटोमध्येबाट सबैभन्दा राम्रो छानिएको फोटो फोटो हो। फोटो खिचेका हुन् वायग्नर आराउजोले। ब्राजिलको अक्वाथलोन (पौडी खेल्ने र दौड्ने) प्रतियोगिताको फोटो हो यो। श्यामश्वेत यो फोटोमा… Continue reading

सुको नजितेका तर राम्रा फोटोहरु

Posted on July 11, 2013July 11, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको वार्षिक फोटो प्रतियोगिताका विभिन्न विधामा सर्वोत्कृष्ट हुनेहरुलाई हिजो उपराष्ट्रपति परमानन्द झाले पुरस्कार दिए। सहभागी साढे सात हजारभन्दा बढी फोटोहरुमध्येबाट निर्णायक चरणबाट छानिएका १ सय ५१ उत्कृष्ट फोटोको प्रदर्शनी हिजोदेखि काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म यी फोटो हेर्न सकिन्छ। त्यहाँको हलमा झुण्ड्याइएका मध्ये… Continue reading

आफूले खुबै दुःख पाएको ठान्नुभएको छ ? पेम्बासित आफूलाई दाँजी हेर्नुस् त (फोटो कथा)

Posted on July 9, 2013July 9, 2013 by mysansar

पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले माइसंसारमा हेरिहाल्नुभयो। यी लगायत पुरस्कार नजितेका अन्य फोटोहरुको प्रदर्शनी बुधबारदेखि काठमाडौँको आर्ट काउन्सिलमा हुँदैछ। प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथाका लागि ९० वटा शीर्षकमा फोटोहरु सबमिट भएका थिए। ती मध्ये दोस्रो स्थान… Continue reading

अमेरिकाका सडकछाप गरिबहरु (फोटो स्टोरी)

Posted on July 4, 2013July 4, 2013 by mysansar

आर्थिक र भौतिक विकासका लागि विश्वकै मोडेल मानिएको अमेरिकाले यही जुलाई ४ मा ३३७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। केही अपवाद बाहेक विश्वभरका देश र जनताले अमेरिकी पूँजिवादी अर्थतन्त्र, बहुलवादी समाज र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरालाई पछ्याएका छन्, अमेरिकी संस्कृतिको ग्लोबलाइजेसनलाई स्वागत गरेकै छन्। ‘मोडेल’ र ‘लिडर’ भएपनि अमरिकी समाज र अर्थतन्त्र दोषमुक्त भने छैन। यहाँ… Continue reading

फोटो कथाः स्वर्ग पुनः पाउँदा…

Posted on July 1, 2013July 1, 2013 by mysansar

पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले हेरिहाल्नुभयो। आज पालो फोटो कथाको। प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथामा पनि प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने गर्छ। फोटो कथाका लागि… Continue reading

यस्ता छन् हजारौँ रुपियाँका पुरस्कार जित्ने फोटोहरु

Posted on June 28, 2013July 14, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा सात विधामा पहिलो, दोस्रो र तेस्रो घोषणा भएको छ। पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउनेछन्। कस्ता छन् त हजारौँ रुपियाँको पुरस्कार जित्ने फोटो ? त्योभन्दा अगाडि तपाईँले लाख रुपियाँ जित्ने फोटो हेर्नुभयो? नहेर्नुभएको भए यहाँ क्लिक गरी हेर्नुस्। यसबाहेक निर्णायक चरणमा पुगेका… Continue reading

ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो

Posted on June 28, 2013June 28, 2013 by Salokya

पीजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा शैलेन्द्र खरेलको यो फोटो वर्षको उत्कृष्ट फोटो बनेको छ। ‘आइएमई–ग्लोबल–आइएमई बैंक फोटो अफ द इयर’ उपाधि सँगै उनले नगद एक लाख रुपियाँ पाउने छन्। बाढीपहिरोले अहिले सबैको ध्यान खिचिरहेका बेला सर्वोत्कृष्ट बनेको यो फोटो पनि बाढीपहिरोसँगै सम्बन्धित छ। आज पर्यटन बोर्ड हलमा आयोजित उपाधि घोषणा कार्यक्रममा विजेता खरेलले यो… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 7
  • 8
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme