Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पुरानो नेपालका केही दृश्य

Posted on August 24, 2014August 24, 2014 by Salokya

cycle
नयाँ नेपालका गफ हामीले धेरै सुन्यौँ। नेपाल कतिको नयाँ बन्यो त तपाईँहरुलाई थाहै होला, अहिले चाहिँ हामी एक पटक पुरानो नेपालतिर लागौँ। पुरानो नेपाल कस्तो देखिन्थ्यो? धेरैले बिर्सिसके। हेरौँ न सन् १९८८ का केही दृश्य। त्यतिबेला जस्तो अहिले साइकल चल्दैन काठमाडौँमा। माथिको फोटोको ठाउँ चाहिँ कहाँको हो, ठ्याक्कै थाहा भएन। कसैलाई थाहा होला कि !

eastcampus
यी फोटोहरु ‘नाइट ट्रेन टु काठमाडौँ’ नामको फिल्मबाट लिइएको हो। यसमा इस्ट क्याम्पस लेखिए पनि खासमा यो सेन्ट जेभियर्स कलेज स्कूल हुनुपर्छ।

hotelkathmandu
लाजिम्पाटस्थित राष्ट्रपति रामवरण यादव बस्ने शीतल निवास अगाडिको होटल काठमान्डु अहिले खण्डहरमा रूपान्तरित भएको छ । डेढ दशकअघि जतिखेर त्रिशंकु संसद् थियो, त्यो होटलमा निकै चहलपहल हुने गथ्र्यो । त्यहाँ नेपाली कांग्रेसका, स्वतन्त्र र अन्य केही पार्टीका सांसदहरूको अस्थायी बसोबास हुन्थ्यो । कांग्रेसका दोस्रो पुस्ताका भनिने केही नेताले तिनलाई चौबीसै घन्टा निगरानीमा राख्थे । होटलको लबी र भित्री कोठामा बिहान ८ बजेदेखि कांग्रेस नेता गिरिजाप्रसाद कोइराला चिया र चुरोट पिउँदै सांसदहरूलाई झुन्ड-झुन्डमा र व्यक्तिगत रूपमा भेट्नुहुन्थ्यो (स्रोत) यही नामको एउटा होटल अहिले बन्दै रहेछ। शेष घलेले होटल काठमान्डु केशरमहलमा बनाउन लागेका हुन् साढे दुई अर्बको लागतमा।  

kathmandu
यो मखनको दृश्य हो। अहिले मोटरसाइकलहरु रोकिने ठाउँमा त्यतिबेला साइकल पार्क गरिने रहेछ।
kathmandu1
यो पनि मखन कै दृश्य हो। माथिको देखिएको मन्दिर भने तलेजु हो।
swayambhu
स्वयम्भूबाट २६ वर्षअघि काठमाडौँ उपत्यका हेर्दा अहिलेभन्दा निकै कम घर देखिने रहेछ।
swayambhu1
उतिबेला पनि चुनाव प्रचारका नाममा मन्दिरको खम्बामा समेत भोट फर फलानो लेखिने रहेछ।
swayambhu2
स्वयम्भू। अहिले यो फलामे चेन गेट छैन क्यारे।
swayambhu3
इन्द्रचोक। त्यतिबेलाको नम्बर प्लेटको बीचमा अहिले जस्तो अङ्क हैन अक्षर हुने गर्थ्यो- बा.अ.च.।

14 thoughts on “पुरानो नेपालका केही दृश्य”

  1. Ramesh Thapa says:
    August 30, 2014 at 9:25 pm

    मेरो लाजिमपाट पनि यो पोस्ट मा समेटियको रहेछ ।

    Reply
  2. Ashish says:
    August 28, 2014 at 1:48 am

    मेरो प्यारो मखन टोल पनि रैछ. यो चलचित्र त अब हेर्नु नै पर्यो.

    Reply
  3. Sanu Nepali says:
    August 26, 2014 at 11:48 am

    this pic was taken from the gate of St. Xavier School jawala khel. right way to Pulchok and left side wat to jhamsh khel.

    Reply
  4. Binayak says:
    August 25, 2014 at 10:23 am

    माथिको पहिलो दुईवटा दृश्य सेन्ट जेविएर्स स्कूल अगाडिका हुन् | दुवैमा साइकल चलाई रहेकी त्यही केटी देख्न सकिन्छ |

    Reply
  5. Nirmal says:
    August 25, 2014 at 9:45 am

    पहिलो फोटो त कान्देव्तास्थान कुपन्डोल को हो त्यो घर को अघिको घर मा म बस्थिये हेर्दा त तेही लाग्छ आनी त्यो फोटो त कान्देवता स्थान बाट बागमती पूल जाने बाटो तीर खिचेको हो
    साथि हरु लाई के लाग्छ ?

    Reply
  6. Drkhatri says:
    August 25, 2014 at 7:26 am

    the top most picture is of the Building in front of ALKA hospital.., pulchowk in front of st xaviers school.!!that house is still there..

    Reply
  7. T Lama says:
    August 24, 2014 at 2:39 pm

    पहिलो फोटो जावलाखेल देखि पुल्चोव्क आउंदा को हो. हाल को अल्का अस्पताल र सलेवाय्स सुपरमार्केट तिर को हो. दोस्रो फोटो चाहिं सेन्ट जबिएर्स स्कुल को हो .

    Reply
  8. Ratna says:
    August 24, 2014 at 2:20 pm

    माथीको घर ललितपुरको पुल्चोक जाउलाखेल सिमानाको हो. सेन्ट जेभियर्स स्कूलको गेट अगाडिको बाटोबाट लिएको तस्वीर हो त्यो . सो घर पुल्चोकबाट सेन्टमेरिज र झम्सिखेल्तिर जाने र जाउलाखेलबाट काठमाण्डौ जाने सडकको जन्क्सनमा अहिले पनि छ . अगाडी केही मोटर साइकलहरु देखिएको ठाउँ त्यो मोटरसाइकल बनाउने पसल हो जुन अहिले पनि त्यहि छ . अगाडी पेप्सीको जुन सेतो बोर्ड देखिएको छ, त्यो छैन, त्यहा नमस्ते सुपरमार्केट बनेको २५ वर्ष भयो होला . त्यो घरको बायाँ पट्टि अलिकति देखिएको नेपाली घर पुल्चोकका बस्नेत खलकको हो जसलाई नमस्ते सुपरमार्केट ले नै लिएको छ र यौटा छापाखाना पनि छ बस्नेतजी कै होला . अर्को फोटो सेन्ट जेभियर्स स्कूलको गेटनिर को भित्ता हो, त्यो इनार जस्तो गोलो शायद अझै छ . ईस्ट क्याम्पस शायद सिनेमाको कहानी अनुसार शूटिंगको लागि मात्र लेखिएको होला, त्यो कलेज होइन स्कूल नै हो जुन अहिले पनि छ .

    Reply
  9. Roshan Shrestha says:
    August 24, 2014 at 2:07 pm

    त्यो पहिलो फोटो दोस्रो फोटो खिचेकै ठाउ बाट १८० डिग्री घुमेर (पुल्चोक तिर फर्केर ) खिचेको फोटो हो. त्यो बीच को सेतो घर भएको ठाउ मा अहिले सेल्वेस छ.

    Reply
  10. Hemanta says:
    August 24, 2014 at 1:59 pm

    Pic#2 Not St. Xavier’s Collage, it is St. Xavier’s School at Jawalakhel

    Reply
    1. Hemanta says:
      August 24, 2014 at 2:01 pm

      #College

      Reply
  11. तुयू भाजु उदास says:
    August 24, 2014 at 1:56 pm

    सुनौला दिनहरु बितेर गए : फलामे झ्यालहरु खुल्दै आए /
    सम्पदा रित्तिंदै गएको हेरी पर्यटकहरु क्यामेरा भुल्दै गए //

    Reply
  12. Nabin Adhikari says:
    August 24, 2014 at 12:48 pm

    नया नेपाल भन्दा त धेरै नै सुन्दर, सान्त र सफा पो रहेछ त|

    Reply
  13. दिप श्रेष्ठ says:
    August 24, 2014 at 12:44 pm

    आहै, अति रमणीय र शान्त हुँदो हो उतिबेला नेपाल।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme