यसपालि विद्युत प्राधिकरणले खबरदार झिलिमिली बत्ती बाल्लास्, लाइन काटिदिउँला भनेर धम्क्याउने शैलिको सूचना गोरखापत्रमा छापे पनि काठमाडौँवासीले त्यसलाई बाल दिएनन्। लक्ष्मीपूजामा लोडसेडिङ नभएको ठाउँमा गजबले अघिपछि जस्तै बत्ती बल्यो।
माथिका फोटो मैले छतबाट खिचेको हुँ। तलका फोटो पहिलोपोस्टका अंगद ढकालले स्वयम्भू र सेतोगु्म्बाबाट खिचेका हुन्। थप फोटो यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।