माथिको फोटो एक लाख पुरस्कार जित्ने फोटो हो। विजय गजमेरले खिचेको यो फोटोले पिजे क्लबले आयोजना गरेको राष्ट्रव्यापी फोटो प्रतियोगितामा वर्ष फोटो अर्थात् ‘फोटो अफ दि इयर’ पुरस्कार जितेको हो। फोटोले एउटा सिङ्गो कथा बोकेको छ। मोटरसाइकल र भैँसी दाइजो नपाएको निहुँमा फोटोमा देखिएकी रिहाना सेख ढपालीलाई पति र सासुले जिउँदै जलाइदिएकी थिइन्। शरीरको तल्लो भाग पूरै जले पनि उनी बाँचिन्। उनलाई उपचारका लागि डेढ महिना वीर अस्पतालमा राखिएको थियो। उपचार गराउँदा गराउँदै उनलाई घर परिवारको यादले सतायो। चिकित्सकहरुको पनि दुई साताको लागि छुट्टी दिएपछि उनी एम्बुलेन्समा घरतर्फ लागिन्। त्यही एम्बुलेन्सलाई एउटा क्यामेरा बोकेको ठिटोले पछ्याएको थियो। ऊ थियो- नागरिक दैनिकका फोटो पत्रकार विजय गजमेर।
गजमेरले यही फोटोका लागि एक लाख रुपियाँमात्र हैन, यही घटनाका फोटोहरुबाट सर्वोत्कृष्ट फोटो स्टोरीको उपाधि पनि जिते।
पुरस्कार थापिसकेपछि मञ्चबाटै उनले फोटोको पृष्ठभूमि बताए (यसको अडियो रेकर्ड गरेको थिएँ तर बिग्रिएछ) उनलाई जलाउने पति र सासु अहिले सीमा पार गरेर भारतमा सुरक्षित बसिरहेका रहेछन्। फोटो अफ दि इयर भएपछि चर्चा हुँदा फोटोको मात्र हैन, यो इस्युको बारेमा पनि चर्चा होस् भन्ने आफूलाई लागेको उनले बताए।
‘रिहाना एउटा प्रतिनिधिमूलक पात्र मात्र हुन्, देशमा कयौँ यस्ता पात्रहरु होलान्’, विजयले भने, ‘फोटो अफ दि इयर घोषणा भएको यो फोटो मैले अन्तिममा खिचेको फोटो हो। यो फोटो खिच्ने क्रममा रिहानाले भनेको कुरा मलाई अझै पनि झल्झली याद आउँछ। उनले भनेकी थिइन्- अब त दोषीलाई कारबाही होला नि। दोषी कसैगरी उम्कन नपाओस्।’
घटनाबारे थप जानकारीका लागि नागरिकमा छापिएका केही समाचार- मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन्। दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्याएर घटना गुपचुप पारिएको थियो। चैत ३ को घटना डेढ महिनापछि मात्र सार्वजनिक भएको हो। जीवनभर साथ दिने कसम खाएर ‘निकाहा’ गरेका पतिबाटै आगोमा झोसिइन् उनी। विपदमा सहारा दिन हात बढाइन् एक अञ्जान युवतीले, जो रिहानाको दुःख थाहा पाएदेखि दिनहुँ वीर अस्पतालको बर्न वार्ड धाइरहेकी छन्। उनले रिहानाको उपचारका लागि आर्थिक सहयोग जुटाउन फेसबुकमार्फत अभियान चलाएकी थिइन्। सीमाका अनुसार पिता समिम सेख ढपालीको खातामा रिहानाको सहयोगका लागि २ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ। रिहानाले आमाबाबुसँग बसेर यही पैसाबाट चिया पसल थाप्ने बताएकी छन्। रिहानाको उपचार एवं उनलाई घर पठाउन एम्बुलेन्सको व्यवस्थापन ‘बर्न भिक्टिम्स सर्भाइभल नेपाल’ (बिभिएस) की रुमी राजभण्डारीले गरेकी हुन्। जलेका बिरामीलाई सहयोग गर्दै आएको यो संस्थाले रिहानाको शल्यक्रिया, औषधि उपचार, पोषण, फिजियोथेरापी, परामर्शमा सहयोग गर्दै आएको छ। ‘मलाई मेरो फिकर छैन, तर मलाई जलाउनेहरू पारि (भारत) निस्पि्कक्री घुमिरहेका छन्। प्रहरीलाई थाहा छ, तर त्यहाँ गएर समात्न सकेको छैन। म खालि न्यायको प्रतीक्षामा छु,’ रिहानाले सुस्केरा हालिन्।
यस्तो छ विजयको विजययात्रा
विजय गजमेरको परिवारमा टाढाको नातामा पनि कसैको फोटोग्राफीसँग सम्बन्ध छैन। उनी फोटोग्राफीमा कसरी आइपुगे त्यो पनि रोचक छ।
भएछ के भने धरान घर भएका उनी र अरु केही साथी मिलेर एउटा साइट चलाएका रहेछन्- viewdharan.com साइटको डिजाइनदेखि लिएर लेख्ने, अपलोड गर्ने, फोटो खिच्ने सब काम साथी-साथी मिलेरै गर्थे। समस्या के परिदियो भने साथीहरु कोही पनि पत्रकारिता पृष्ठभूमि नभएका।
‘अनि हामीले त्यहीँको ‘विश्वस्त सूत्र’ नामको लोकल पत्रिकासँग साझेदारी गर्यौँ। हामीले उनीहरुलाई फोटो दिने र उनीहरुले हामीलाई साइटमा अपलोड गर्न न्युज दिने। यसरी हामीले साइट चलायौँ।’
बिस्तारै साइट लोकप्रिय हुँदै गयो। फोटो खिच्न पनि सजिलो थिएन। सुरुमा त साथीको दाइको क्यामेरा सापटीमा लिएर फोटो खिचेका थिए। त्यसरी फोटो खिच्दा विजयको फोटो राम्रो आउन थाल्यो। विजयको फोटोलाई धेरैले मन पनि पराए। उनीहरुले हौस्याए, विजय हौसिए। त्यतिन्जेल उनलाई पत्रकारिताको ‘प’ र फोटोग्राफीको ‘फ’ केही पनि थाहा थिएन।
अरु नातेदारहरुले त फोटो खिचेर के गर्छस् तैँले भनेर हतोत्साही गर्न खोजे। फोटोग्राफी गरेरै केही गरिखाला भनेर उनीहरुलाई विश्वास पनि थिएन। तर त्यस्तो अवस्थामा पनि उनलाई मम्मीले भने ‘मन लागेको, रुचि भएको कुरा गर’ भन्दै ऊर्जा दिइराख्नुभयो। (उनका पिताको धेरै अघि निधन भइसकेको छ)
त्यतिमात्र हैन, पहिलो पटक क्यामेरा किन्नलाई पनि विजयले काम गरेर जोगाएको पैसाले नपुग्दा मम्मीले नै पैसा हालिदिनुभयो। शायद् त्यसैले होला, फोटोग्राफीमा जीवनकै ठूलो विजय हासिल गरिरहँदा विजय त्यही मम्मीले किन्न सघाएको निकोन कूलपिक्स ई ७६००- क्यामेरा सम्झिरहेका थिए।
‘१९ हजार रुपियाँ परेको थियो, विराटनगर पुगेर किनेको थिएँ,’ हातमा फोटो अफ दि इयरको अवार्डसहित फोटो स्टोरी र नेपाल स्माइल्सको समेत गरी तीन उपाधि खेलाउँदै उनले सम्झिए।
क्यामेरा किनेपछि विजय पूरै फोटोग्राफीमा ध्यान दिन थाले। कम्प्युटर इन्स्टिच्युटमा पढाउने र कलर ल्याबको कामलाई चटक्कै छाडेर विजय फोटोग्राफी सिक्न काठमाडौँ हान्निए। त्यतिन्जेल उनले त्यतिबेलाको बजारमा सबैभन्दा सस्तो डिएसएलआर निकोन डि ५० किन्न भ्याइसकेका थिए।
काठमाडौँमा उनले नेसनल फोटोग्राफी इन्स्टिच्युटमा शरद् राईसित केही सिके। नेपाल फोटो एजेन्सी सुरु भएको थियो त्यतिबेला। विजयले त्यहाँ र राजधानी दैनिकमा पनि इन्टर्नका रुपमा काम गरे। अनि फेरि एक वर्षसम्म धरानमै बसेर नेपाल फोटो एजेन्सीका लागि काम गरे।
फोटोग्राफर चन्द्रशेखर कार्कीले विजयको कला देखिसकेका थिए। कार्कीले विजयलाई फोटो एजेन्सीका लागि फूल टाइम काम गर्न बोलाए। त्यति नै बेला कान्तिपुर फुटेर विनोद ज्ञवालीले अर्कै पत्रिका निकाल्ने तयारी चलिरहेको थियो। कार्की पनि कान्तिपुरबाट निस्कने टिममा थिए। लगत्तै नागरिक निस्कियो र सुरुदेखि नै उनी नागरिकमा आवद्ध छन्।
नागरिकन्युजमा काम गर्दाताका मैले महसूस गरेको थिएँ अरु फोटोग्राफरका भन्दा फरक हुन्छन् विजय गजमेरका फोटो। क्रियटिभ खालका फोटोहरुका कारण फोटोग्राफी फोल्डरका फोटो खोल्दा क्याप्सन नहेरिकनै उनले खिचेको फोटो चिनिन्थ्यो। तर उनी दिनदिनै हुने न्युजका फोटो कमै खिच्थे। रिपब्लिकाको ‘द विक’ का लागि धेरै फोटो खिच्थे उनी।
यसअघि पिजे क्लबले आयोजना गरेका तीन वटा फोटो प्रतियोगितामा उनले कहिल्यै आफ्नो फोटो समावेश गर्न पाएनन्। उनी आयोजक टिममा हुन्थे। त्यसो भएपछि फोटो पठाउन नपाउने। यसपालि पहिलो पटक उनी आयोजना टोलीमा बसेनन्। र, भाग लिएको पहिलो वर्षमा नै ह्याट्रिक गरे- एक लाख राशीको फोटो अफ दि इयर ग्रान्ड प्राइजसहित। यो विजयले विजयलाई पुगेको छैन, र त यो पुरस्कार रकममा अझ आफ्नो रकम थपेर राम्रो क्यामेरा किन्ने सोचमा छन्।
फोटो हेर्दैमा त्यति धेरै कथा दर्दनाक म लेख्दिन कि..! सर्वोत्तम फोटो भएकोले केहि त होला नि भन्ने क्रममा बोकेको भित्रि कथा चै उदेक-कहालीलाग्दो रैछ ! मैले फोटो हेरेरै फस्ट चै विन गराउदिन है !! अरु बिजयिका पनि अविस्मरणीय छन् I
एक रोटी न दे सका कोई उस नादान को ,
लेकिन वो तस्वीर लाखों में बिक गई जिसमे वो भूका बैठा था।
(अमिताभ बच्चन को facebook status copied :
https://www.facebook.com/AmitabhBachchan/posts/842678235765967
मन छुने फोटो छ, धेरै बधाई छ
कथा मार्मिक छ | यस्ता असामाजिक घटना लाई निरुत्साहित गर्नु पर्छ | फोटो पत्रकार लाई सलाम | तर यस्तो दर्दनाक फोटो लाई सर्बोत्क्रिस्ट मान्नु अलि असजिलो लग्यो |
बिजय गजमेर लाई बधाई छ .रिहान शेख को शिघ्र स्यस्था लाब को सुवाकमाना छ .दोसी लाई छिट्टो कठघरा मा उवायोस
lot of congratulation Mr. Bijay Ji,, Congratulation once again for u best photography. Prabin Bajracharya
पुरस्कार शेयर गर्ने धारणा राम्रै हो तर सधै भरि त्यस्तै गर्दै गयो भने आफ्नो घर को चुलो चाही कहिले बाल्ने हो पत्रकार हरुले ? मेरो विचार मा पुरस्कार शयेर गर्नु पर्दैन, यो वहा को आफ्नो कमाइ हो. वहा को कारण ले गर्दा त्यो बहिनि ले सहयोग राम्रै पाको छ. एउटा कथा सार्बजनिक गरेको मा धन्यबाद. And all the best for further achievements!
मैले पनि रहर लागेर एउटा क्यामेरा किनेको छु Nikon D3200 तर फोटो खिच्न आउदैन, कसरि सिकियेला खै !
रिहानको सिघ्र स्वस्थ लाभको कामना गर्दछु / साथै दोसी जहाँ भयपनी कारबाही होस्/
बिजयजीले पुरस्कार रकम ति महिलालाई हस्तान्तरण गर्नुभए एकदम राम्रो नजिर बस्नेथियो | यो मेरो व्यक्तिगत भनाइ मात्र हो, अन्यथा नलिनुहोला |
विजयलाई राम्रो काम र पुरस्कारको लागि बधाई/ बरु थोरै पुरस्कार रिहाना बहिनीलाई पनि दिदा धर्म लाग्ला कि? उनको फोटोले तपाई फस्ट हुनुभो हैन र ?
यौटा दुखी पात्र को यथार्थ लाइ तस्बिर मा उतारेर समाज मा चेतना फैलाउन सहयोग गरेर फोटो पत्रकार ले राम्रो काम गर्नु भाको छ …..हुन त पुरस्कार को राशि क्यामरा किन्ने काम मा खर्चिने कुरा पढियो तर मेरो व्यक्तिगत सुझाब चाही पुरस्कार राशि को केहि हिस्सा (१०-२० प्रतिशत भए पनि) फोटो कि मूल पात्र रिहंना लाइ दिन पाए यो जित को महत्व अझै बढ्थ्यो कि जस्तो लाग्छ …निर्णय गर्ने पुरै अधिकार चाही बिजय जी मा नि छ..
बिजयले आफ्नो कर्तब्य पुरा गरेको छ. समाजलै सत्य देखाईदिनु भाको छ. बिजय ले पाएको पुरुस्कार भन्दा पनि अरु निकाय हरुको ध्यान जना जरुरि छ एस मुद्दा मा. बिजय हामी लै गर्ब छ तिम्रो काम को .
एउटा चेलीको मर्म बोकेको चित्र, सार्है राम्रो लाग्यो / रिहानाले भने जस्तै दोषीलाइ कारवाही होला त?
बिजय जी लाइ बधाइ छ/
फोटोको कथाले मन नराम्ररी दुखायो /
महत्वपुर्ण यस्ता धेरै कथाहरु हामीलाई देखाउदै जानुहोला /