Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्ता छन् पुरस्कार जित्ने फोटोहरु

Posted on July 24, 2014July 24, 2014 by Salokya

पिजे क्लबले आयोजना गरेको फोटो प्रतियोगितामा उत्कृष्ट ठहरिएका प्रत्येक श्रेणीका फोटोहर यहाँ हेर्नुस्। हरेक श्रेणीमा पहिलोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार पुरस्कार पाए।
1-Third_Nature-&-Wildlife
नेचर एन्ड वाइल्ड लाइफमा तेस्रो भएको यो फोटो इलामको कन्याम चिया बगानमा सन्तोष मानन्धरले खिचेका हुन्।

1-Second_Nature-&-Wildlife
नेचर एन्ड वाइल्ड लाइफमा दोस्रो भएको यो फोटो सुरेश के राईले खिचेका हुन्। यसमा चराभन्दा माथि उडेको जेट प्लेनले छाडेको धुँवा देखिन्छ।

1-First_Nature-&-Wildlife
नेचर एन्ड वाइल्ड लाइफमा पहिलो भएको यो फोटो विकास द्वारेले खिचेका हुन्। काठमाडौँको गोठाटारमा चितुवाले एक स्थानीय बासिन्दालाई आक्रमण गर्दैगर्दाको फोटो हो यो।

डेली लाइफ

1-First_Daily life
डेली लाइफमा पहिलो भएको यो फोटो शैलेन्द्र खरेलले खिचेका हुन्। बाँकेका होलिया गाविसमा आगोले पूरै गाउँ जलेपछि एकअर्कालाई सान्त्वना दिँदै।

1-Second_Daily life
डेली लाइफमा दोस्रो भएको यो फोटो नभेष चित्रकारले खिचेका हुन्। वसन्तपुर दरबार क्षेत्रमा तरकारी बेच्दै गर्दाको फोटो हो यो।

1-Third_Daily life
डेली लाइफमा तेस्रो भएको यो फोटो माछा मार्नलाई कुरिरहेको बेला गणेशबहादुर मगरले खिचेका हुन्।

कल्चर एन्ड टुरिजम

1-First-Culture-&-Tourism
कल्चर एन्ड टुरिजममा पहिलो भएको यो फोटो असार १५ मा धान रोप्ने बेला काभ्रेस्थलीमा खिचिएको हो। निमेशजङ्ग राईले यो फोटो खिचेका हुन्।

1-Second_Culture-&-Tourism
कल्चर एन्ड टुरिजममा दोस्रो भएको यो फोटो गोपेन राईले गुरुङ जातिको घाटु नाचको बेला खिचेका हुन्। मादलको तालमा दुई कन्या केटी राजासामु नाच्दै गरेको देखाइन्छ यो नाचमा।

1-Third_Culture-&-Tourism
कल्चर एन्ड टुरिजममा तेस्रो भएको यो फोटो छिमी दोर्जे लामाले इन्द्रजात्राको बेला श्वेत भैरवअगाडि छ्याङ्ग खान तँछाड मछाड भएको बेला खिचेका हुन्।

स्पोर्टस्

1-First_Sports
स्पोर्टस् विधामा पहिलो भएको यो फोटो कपिलवस्तुको धनकौलीमा कुस्ती खेल्दै गर्दा मनोज पौडेलले खिचेका हुन्।

1-Second_Sports
मुस्ताङको मार्फामा खेलिरहेका बालबालिकाको यो फोटो सन्जीवकुमार मोक्तानले खिचेका हुन्। स्पोर्टस् विधामा यो फोटो दोस्रो भएको हो।

1-Third_Sports
स्पोर्टस् विधामा तेस्रो भएको यो फोटो अङ्गद ढकालले खिचेका हुन्। टि२० विश्वकपमा शानदार प्रदर्शनपछि फर्कने बेला विमानस्थलमामा पारस खड्कालाई भव्य स्वागत भएको बेला यो फोटो खिचिएको हो।

नेपाल स्माइल्स

1-First_Nepal Smiles
नेपाल स्माइल्समा पहिलो भएको यो फोटो पाटनको लगनखेलमा महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्दै गर्दा खिचिएको हो। यो फोटो नागरिक दैनिकमा काम गर्ने दीपेश श्रेष्ठले खिचेका हुन्।

1-Second_Nepal Smiles
नेपाल स्माइल्समा दोस्रो भएको यो फोटो पनि नागरिक दैनिकमा नै काम गर्ने विजय गजमेरले खिचेका हुन्। यसमा मोबाइल फोन हेर्दै दुई महिला हाँस्दै गरेको देखिन्छ।

1-Third_Nepal Smiles
तनहुँको घाँसीकुवामा क्यामेरातिर हेरेर हाँस्दै गरेकी बालिकाको यो फोटो नेपाल स्माइल्समा तेस्रो भएको हो। फोटो भरत गुरुङले खिचेका हुन्।

न्युज

1-First_News
न्युजमा पहिलो भएको यो फोटो हाल कान्तिपुरमा काम गरिरहेका किरण पान्डेले खिचेका हुन्। जुलाई २०१३ मा होमवर्क समयमा नबुझाएको भनी शिक्षकले कुट्दा अजय धोबीको बायाँ आँखाको देख्ने क्षमता गुमेको थियो। तिलगंगा आँखा अस्पतालका चिकित्सकहरुले निकै प्रयास गर्दा पनि उनको दृष्टि फर्काउन सकेनन्।

1-Second_News
न्युजमा दोस्रो भएको यो फोटो नागरिक दैनिकमा काम गर्ने विजय राईले खिचेका हुन्। सिनामङ्गलको सुकुम्बासी बस्तीमा आगलागी हुँदा भारतको आन्ध्र प्रदेशबाट आएकाहरुको बिचल्ली यसमा देखिन्छ।

1-Third_News
न्युजमा तेस्रो भएको यो फोटो रोयटर्समा काम गर्ने नभेष चित्रकारले खिचेका हुन्। काठमाडौँमा दोस्रो संविधान सभाको चुनाव बहिस्कार गर्ने वैद्य माओवादी लगायतको समूहले गुडिरहेको सार्वजनिक गाडीमा पेट्रोल बम हान्दा घाइते भएका व्यक्तिको उपचार हुँदै गर्दाको फोटो हो यो।

तपाईँलाई कुन फोटो सबैभन्दा मन पर्‍यो ? तल कमेन्टमा लेख्नुस्।

12 thoughts on “यस्ता छन् पुरस्कार जित्ने फोटोहरु”

  1. Limbu HarataraH says:
    July 29, 2014 at 1:27 am

    सबै फोटोले बोकेको कथा-व्यथा इन्दिभिजुअल फिल गर्ने कुरा हुन्.. न कि स्टोरी पढेर हुदै होइन I तस्बिर हेरेर, रंग बुझेर, समय, काल, अवस्था, एङ्गल आदि बुझेर छुट्याउनु पर्यो, तस्बिर बोल्नु पर्यो I सबै फोटो हेरेर पनि, पुरस्कृत भएको थाहा पाएर पनि २-४ ओटामा चित्त नबुझेको भन्न चाहन्छु है I

    Reply
  2. Deepak says:
    July 26, 2014 at 5:41 am

    सबै फोटोहरु निकै राम्रा र उत्क्रिस्ट छन्. तरपनि, समयमा होम्वोर्क नबुझाएको भनि शिक्षकले कुटेर आँखा नै गुमाउनु परेको फोटोले मन नै फाटेर आयो. यस्तो त् छ हाम्रो शिक्षा पद्दती. पढेर ठुलो मान्छे हुनभनि बिहान घरबाट स्कुल गएको छोरा बेलुका शिक्षकको कुटाईबाट आँखा नै गुमायर घर आउदा बाबु-आमाको मन के भयो होला?
    अनि त्यो कोमल मानसपटलमा शिक्षा र शिक्षक प्रति कस्तो छाप पर्यो होला?
    अर्को मनै छुने फोटो बिजय गजमेर जी को छ. जुन व्यक्ति मोटरसाईकल र भैसी नपाउदा आफ्नै श्रीमती जलाउन अगाडी सर्छ भने त्यो मान्छे ले समाज र अरुको लागि के गर्ला? सारै दर्दनाक स्थितिहरुको ब्याख्या गरेका छन् फोटोहरुले. हजारौ सब्दमा व्याख्या गर्नु भन्दा यौटा फोटो हेर्दा धेरै बुझिन्छ भनेको त्यसैले गर्दा होला.
    सुझाब:
    अब बरु यस्तै फोटोहरुको संगालोमा यौटा क्यालेन्डर बनाउने (हरेक बर्ष) प्रयास माइसंसार ले गर्दा कसो होला? जनचेतना पनि हुने अनि उत्क्रिस्ट फोटोहरुको सम्मान पनि हुने !!
    दिपक अधिकारी
    जर्मनी

    Reply
  3. Uday says:
    July 25, 2014 at 4:51 pm

    अरु भनेको तेस्तै हो, त्यो Petrol Bomb वाला फोटो चै बैद्य लाई देखाउनु पर्ने हो, सबै नेताहरु संगै भएको बेला संभिधानसभा हाल भित्र प्रोजेक्टर लगाएर देखाउनु पाए झनै राम्रो हुने थियो, अझ मिल्यो भने त तेता पनि आगो लगाउदा खासै फरक पर्दैन होला.

    Reply
  4. Rajiv says:
    July 25, 2014 at 1:44 pm

    Superb shots,

    Reply
  5. Sajan says:
    July 25, 2014 at 11:05 am

    चितुवा ले मान्छे लै आक्रमण गरि रहदा मान्छे लाई बचाउन तिर लाग्ने कि आक्रमण गर्दा को photo khichna तिर लाग्ने??? तेही camera man लाई आक्रमण भाको bha k गर्ने recha कुन्नि!!!

    Reply
  6. Shankar says:
    July 25, 2014 at 9:14 am

    ल ठिक छ , यहा छेउ सहि मुल्यांकन भए झैँ लाग्यो |

    Reply
  7. shailen says:
    July 25, 2014 at 6:50 am

    कुरा बुझियो , श्याम स्वेत फोटो प्रथम हुने रैछ.

    Reply
  8. diwas says:
    July 24, 2014 at 8:44 pm

    फोटो लाई भन्दा पनि स्टोरी लाई बादी महत्तो दिदो रहिछ !!

    Reply
  9. madhusudan bhandari chhetri says:
    July 24, 2014 at 6:42 pm

    काठमाडौंको गोठाटार मा स्थानिय बासी लाई चितुवा ले आक्रमण गर्दा गर्दै को बिकाश द्वारे ले खिचेको फोटो बडो आकर्षक छ, निर्णायक ज्यु हरु ले सहि निर्णय गर्नु भएको मा बडो खु:सि लाग्यो!!!

    Reply
  10. Madhav Thapa ido says:
    July 24, 2014 at 5:45 pm

    डेली लाईफमा प्रथम भएको फोटो यो सेक्शन मा कसरी पर्यो मलाई त अचम्म लाग्यो एक अर्का लै सान्तोना दिनु पनि दैनिक जीवन मा पर्छ र एस्तो सान्तोना दिनु त कैले कहिँ मात्रै पर्छ नि हैन र कि लास्ट येअर को बिजेता लाई बिजेता बनाउन यो निर्णय गरिएको जस्तो लग्यो त्यो भन्दा दोस्रो र तेस्रो हुने धेरै राम्रो छ

    Reply
  11. Prakash says:
    July 24, 2014 at 5:23 pm

    फोटो स्टोरी कहिले आउछ?

    Reply
    1. Salokya says:
      July 24, 2014 at 8:20 pm

      विजयी फोटो स्टोरी यहाँ छ http://www.mysansar.com/2014/07/13912/ दोस्रो, तेस्रो र अनरेबल मेन्सन फोटो स्टोरी बिस्तारै राख्दै जाउँला।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme