Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के भइरहेको छ सुनकोशीमा?

Posted on August 8, 2014August 8, 2014 by Salokya

1-13
अहिले देश चरीमय भए पनि खासमा हुनुपर्ने जुरेमय हो। सिन्धुपाल्चोकको राम्चे गाविसस्थित जुरेमा गएको पहिरोमा गाउँका गाउँ सोत्तर भए। सुनकोशी थुनिएर अझै खतरा कायमै छ। सेनाले आज शुक्रबार नौ पटक र हिजो बिहीबार पाँच पटक विस्फोट गर्‍यो। अब अझै विस्फोट गर्ने तयारी छ। पहिरोले पानी थुनिएर बनेको फेवाताल जत्रो कृत्रिम तालको पानीको भित्री बहाव आज २१५ क्युसेक छ भने हिजो १९५ क्युसेक थियो। बाहिरी बहाव आज २२७ क्युसेक थियो भने हिजो २०० क्युसेक थियो। सेनाका अनुसार तालको पानी विस्तारै घट्ने क्रममा छ। त्यो ठाउँमा खोज तथा उद्धार कार्यको लागि इन्जिनियर्स लगायत थप फौज परिचालन तथा थप विष्फोटक पदार्थ पुर्‍याइएको सेनाले जनाएको छ। पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकास गराई अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चांडो सुचारु गर्ने योजना रहेको सेनाको भनाई छ। हेरौँ सेनाले पठाएका केही फोटोहरु।

1-01
सुनकोशीको सकसलाई लिएर विभिन्न किस्सा पनि चलेका छन्। नागपञ्चमीका दिन नाग मारिएको, एक वर्षअघि अजिंगर मारिएको, ब्याउने गाई काटिएको जस्ता किस्सा छन्। हेर्नुस् थप किस्साहरु

1-02

1-03

1-04

1-05

1-06

1-07

1-08

1-09

1-10

1-11

1-12

1-14

16 thoughts on “के भइरहेको छ सुनकोशीमा?”

  1. राकेश महर्जन says:
    August 13, 2014 at 12:37 pm

    सिन्धुपाल्चोकको मांखा गाविसमा गएको भिषण पहिरोले ठूलो धनजनको क्षति पुर्याएको छ । धनको त क्षति पुर्ति हुन सक्ला तर जन को क्षतिपुर्ति हुनै सक्दैन । साे भिषण पहिरोले गर्दा सुनकाेशी नदी थुनिएर ठूलो ताल बनेको छ । सो तालकाे कारण धेरै मानव बस्ती तथा राजमार्ग समेत डुबानमा परेको एक साता भन्दा बढी भइ सकेको छ । एक साता डुबानमा परेको कारण घर र राजमार्ग पूर्णरूपमा क्षति भइ सकेको होला । पानी खुले पनि राजमार्ग र बस्ती पुन निर्माण गर्नलाई अर्बौ रूपैयाँ लाग्न सक्छ । त्यसै कारण सो ताल लाई तथािस्थतिमै राखेर पर्यटकीय गन्तव्यको काे रूपमा विकसित गरि पुन निर्माणमा लाग्ने पैसाले राजमार्ग लाई अहिले सेनाले खोलेको ट्रायक बाटै निर्माण गरि डुबानमा परेकाे स्थानियहरूलाई क्षतिपुर्ति िदँदा पैसाको पनि सही सदुपयोग र पर्यटकीय गतिविधी ले स्थानिय हरूको पनि अाय अार्जन मा सकारात्मक असर परि दिर्घकालिन अार्थिक फाईदा पो पुग्ने होकी एक पटक साेचौं । किन भने हाल सम्मको अध्यनले साे प्राक्रितिक बाँध मजबुत रहेको देखाएको छ साे बाँध खोल्न नै करोडौं रूपैयाँ लाग्न सक्छ भने राजधानीबाट यति नजिक अरूकुनै ताल नभएको कारण छोटो समयमै पर्यटकीय गन्तव्य बन्ने सम्भावना धेरै छ।

    Reply
  2. xyz says:
    August 11, 2014 at 11:48 am

    I wish it to be wrong but somehow, somewhere inside me is telling that Nepal Army, by trying to open up the dam created by the nature, is playing with the nature. It is looking for a havoc or another man made disaster. The army is saying that:
    a. It cannot open the dam too wide because it will create flooding downstream;
    b. It cannot cut the dam in the muddy side because it may create flooding; and
    c. It has to work on the sections where there is hard rock.
    By tampering with nature, I suppose the army doing stupid actions. May be it is having pressures from India to cut loose the dam site or from the settlements upstream inundated by the blocking of the water.

    Reply
  3. sajan says:
    August 9, 2014 at 8:28 pm

    काम सुरु गर्नु अगि टिम लिडर ले भन्नु पर्न्ने र अपनाउनु पर्ने कुरा “सेफ्टी इज आओर नम्बर १ priority तेसो गर्दा काम गर्ने को मनोबल बढ्ने को साथै उनिहेरुको सुरक्छ्या हुन्छा,.

    Reply
  4. prakash says:
    August 9, 2014 at 4:05 pm

    माओबादी संग युद्धमा नेताहरुले आफ्नो कुहिएको दिमाग अनि नेपाल आर्मीलाई संकुचित पाराले परिचालन गरेको हुनाले नेपाल आर्मीको छबि बिगारी दिए | जय नेपाल आर्मी !!! तिमीलाई यस्तो खतरा अबस्थामा तिम्रो सुरक्षाको लागि दिन देश संग त छ tara नेताहरुको दिमागमा छैन माफ gari deu !!!

    Reply
  5. अनुराधा पौडेल फ्रान्स says:
    August 9, 2014 at 2:18 am

    सेनाको यो काम प्रसँसनिय छ । सेनाले यसैगरी मानिसको मन जित्छ । भलै उनीहरुसँग प्रसस्त बजेट हुँदैन होला । तर अहिले यि सेनाहरु जुन कामका लागि प्रयोग भइरहेका छन् ति तालिम प्राप्त छन् जस्तो लागेन । तालिम प्राप्त भएको भए यिनीहरुले काम सँगै आँफूलाई कसरी जोगाउने भन्ने जानेका हुन्थे । अरु त अरु कमसेकम हेलमेट र जुत्ता त हुनुपर्थ्यो । सुरक्षाकालागि यिनीहरुले सुरक्षा पेटी बाँधेको भए झन राम्रो । त्यो पुलबाट अर्को सेना खस्यो भने त्यसको जिम्मेवार सेनाकै सँरचना हुनुपर्छ । टाउकोमा हेलमेट र हातमा पन्जा पनि छैन । यो त साधारण कुरा हो । यति कुरामा पनि सेनाले ध्यान नपुर्याएकोमा दुख लागेको छ ।

    Reply
  6. PRSingh says:
    August 8, 2014 at 11:25 pm

    खै नेपाल आर्मी मात्रै देखें | हैन यस कार्यमा अन्य सम्भंदित विभागका प्रबिधिग्यहरु संग नेपाल आर्मीको प्राबिधिक इकाईले सहकार्य गर्दै काम अघि बढाइएको देखीन्दैन | यस कार्य सफलताका साथ सम्पन्न होस् भन्ने कामना गर्दछु | तर चाहिँदो प्राबिधिक सहकार्यको कमीले बाँध अचनाक टुटन गइ बाँध मुनि ठुलो धनजनको क्षति हुन गएमा को जिम्मेवारी ?
    .

    Reply
  7. Sandesh says:
    August 8, 2014 at 11:03 pm

    यो पानी लाइ सजिलै फाल्न गार्हो छ, त्यत्रा चट्टान लाइ फोडेर पानी फाल्ने भनेको काम त्यति सजिलो हैन. पानीले बिस्तारै बिस्तारै माटो खियाउदै गएपछि ढुंगा तल तल सर्दै जान्छन, अनि झन् गार्हो हुदै जान्छ. माथिको सतहमा बिस्फोट गराएर केहि खोल्दै पानी जान दिदै गर्यो भने केहि सजिलो हुन्छ होला, त्यो कार्य भै रहेको छ जस्तो लाग्छ. तर त्यति धेरै पानी फाल्न चाहि सजिलो होला जस्तो लागेको छैन है.. सेनाका हेवी सामान (क्रेन) उठाउने हेलिकोप्टर ल्याएर ढुंगालाइ उठाउदै सम्मो ठाउमा राख्दै गर्नुपर्ने हुन्छ. बिदेशी सहयोगको आबस्यकता छ.

    Reply
  8. gokul sharma says:
    August 8, 2014 at 10:22 pm

    चरी साला , मर्ने बेला पनि जुरे गाबिसका जनताको हक खोसेर गयो. एक त प्रधानमन्त्री विरामी छु भनेर भेट्न जादैन, अर्को पत्रिका र सभासद चाहि चरी को गाथा गाउन व्यस्त .

    को हो त्यो दुइ पैसे गूंडा र त्यसको यत्रो चर्चा गर्नु पर्ने ? पातकी राजेन्द्र पाण्डेको सम्पति जति यिनै बाढीपिडित लाई दिनुपर्छ अनि त्यसैलाई ढुङ्गा फोर्न लगाउन पर्छ, अनि सबै ठिक हुन्छा.

    नेपाली सेनाका जवानहरुलाई मेरो नमस्कार र हृदय देखिको कृतज्ञता. सेनापति गौरब शमशेर पनि त्यहा गैर हौसला बढाइराख्नु पर्यो. कता कता घुमेर मात्र हिड्छ त्यो पनि.

    Reply
  9. सिर्जने says:
    August 8, 2014 at 6:41 pm

    सेनाले गरेको काम प्रशंशनिय छ, तर फिल्डमा काम गर्ने जवान हरुको सुरक्ष्यामा ध्यान नपुगेको देखिन्छ / ढुंगा प्वाल पर्ने मेशिन चलाउनेहरु खाली खुट्टा काम गर्दै गरेको देखिन्छ एउटा फोटोमा भने सबैले टाउको, हात र आखा जोगाउन प्रयोग गरिने सामान्य सुरक्ष्या जस्तै हार्ड ह्याट, पन्जा, चस्मा लागेको देखिदैन / जोखिमपूर्ण त्यस्ता अबस्थामा चाहिने सतर्कताको बारेमा सेनाका इन्जीनियरिंग टोलीलाई तालिम नपुगेको हो कि? अथवा अफिसरहरुले तल्लो तहका जवानहरुलाई हेप्ने अनि उनको बारेमा केहि ध्यान नदिने पुरानै प्रबृत्ति हाबी भएको हो? भर्याङ्ग लाइ तेसरी पुलको रुपमा प्रयोग गर्ने गरि डिजाइन गरिएको हुदैन, सेनाका इन्गीनियार्हरुलाई थाहा छ कि छैन?

    Reply
    1. sam says:
      August 8, 2014 at 8:17 pm

      के गर्ने देशमा यस्तो को लागि budget नै छैन…. देश यस्तो खर्च को लागि गरिब छ.. नेता को खर्च को लागि देश संसार कै सबै भन्दा धनि देश हो…

      Reply
    2. sami says:
      August 8, 2014 at 8:18 pm

      के गर्ने देशमा यस्तो को लागि budget नै छैन…. देश यस्तो खर्च को लागि गरिब छ.. नेता को खर्च को लागि देश संसार कै सबै भन्दा धनि देश हो…

      Reply
  10. Rajesh rai says:
    August 8, 2014 at 6:29 pm

    देस मा एस्तो ठुलो समस्या परेको बेलामा / सारा नेताहरु चरिमय छन् / कसैले समबेदना समेत दियका छैनन् / धिक्कार छ नेताज्यूहरु / तपैहरुको कुबिचारलाई /

    Reply
  11. sam says:
    August 8, 2014 at 5:41 pm

    एऔतै ढुंगा दुइ तल्ले घर जत्रो छ रे. दोजेर ले हल्लौना पनि नसक्ने. ब्लास्तिंग मात्र बिक्प रहेछ तेसैइ ले . Thanks Nepal Army for always helping in times of trouble.

    Reply
  12. santosh says:
    August 8, 2014 at 5:07 pm

    salute to nepal army !!!

    Reply
  13. kevin says:
    August 8, 2014 at 4:58 pm

    GOOD JOB नेपाल आर्मी..SOLUTE YOU ALL

    Reply
  14. Rajesh says:
    August 8, 2014 at 1:45 pm

    God Job Nepal Army.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme