Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

मोदी यात्रा : रमाइलो जात्रा

Posted on August 4, 2014August 5, 2014 by mysansar

vlcsnap-2014-08-04-19h24m58s194
भारतीय प्रधानमन्त्री दुई दिने नेपाल यात्रा सकाएर फर्किसके। यो यात्रा केहीका लागि भने रमाइलो जात्रा जस्तै भयो। पटक पटक आयोजना गरिएका भोजहरुमा सहभागी हुन पाए उनीहरु। हेरौँ दुई दिने यात्राका क्रममा आयोजित केही भोजहरुका फोटो। माथिको फोटो प्रधानमन्त्री सुशील कोइरालाले समकक्षी नरेन्द्र मोदीको सम्मानमा सोल्टी होटलमा आयोजना गरेको रात्रिभोजको हो। 

vlcsnap-2014-08-04-19h24m39s16
सोल्टीको रात्रिभोजमा उपप्रधानमन्त्री वामदेव गौतम।

vlcsnap-2014-08-04-19h24m29s152
ल है उपप्रधानमन्त्री गौतमले टिपे खानेकुरा।

vlcsnap-2014-08-04-19h23m25s22

यो चाहिँ सोमबार राष्ट्रपति भवनमा आयोजित लन्चसहितको कार्यक्रमको हो। नेताहरु उपस्थित थिए यहाँ। मोदी परिचय गर्दैछन्। पछाडि देखिएकी महिला पात्र चाहिँ राष्ट्रपति पुत्री हुन्।

vlcsnap-2014-08-04-19h23m18s217

vlcsnap-2014-08-04-19h22m48s178
भारतीय प्रधानमन्त्रीलाई परिचय गराउँदै छन् हाम्रा राष्ट्रपति रामवरण यादव।

vlcsnap-2014-08-04-19h22m37s73
नेपाली नेताहरुसँग परिचय गर्दै मोदी।

vlcsnap-2014-08-04-19h22m16s113
मोदीले प्रचण्डसित हात मिलाएपछि काँधमा धाप मारे। प्रचण्ड चाहिँ हात कहाँ आयो भनेर हेर्दै।

vlcsnap-2014-08-04-19h22m09s27
धाप मार्नुअघि यसरी हात मिलाएका थिए मोदीले।

vlcsnap-2014-08-04-19h22m01s215
लोकेन्द्रबहादुर चन्दसित भेट्दै मोदी।

vlcsnap-2014-08-04-19h21m49s84

बाबुराम भट्टराई, कमल थापा. सभामुख सुवास नेम्वाङबीच कुराकानी।

vlcsnap-2014-08-04-19h21m10s216
प्रधान न्यायाधीशको गोजीमा के परेछ कुन्नि।

vlcsnap-2014-08-04-19h21m00s113
माधव नेपाल, उपेन्द्र यादव।

vlcsnap-2014-08-04-19h20m53s48
चित्रबहादुर केसी, विजयकुमार गच्छदार, कमल थापा, रामचन्द्र पौडेल।

vlcsnap-2014-08-04-19h20m36s131

vlcsnap-2014-08-04-19h20m24s14
एमाले अध्यक्ष केपी ओलीसित कुरा गर्दै बाबुराम भट्टराई।

vlcsnap-2014-08-04-19h20m18s202
तीन नेताका तीन पहिरन।

vlcsnap-2014-08-04-19h19m53s197
मोदी आउनुअघि नेताहरु कुरेको कुर्‍यै।

vlcsnap-2014-08-04-11h30m10s242
यो भारतीय राजदूतले होटल हयातमा आयोजना गरेको रिसेप्सनको फोटो। दूतावासले बोलाएका पाहुनाहरु आमन्त्रित थिए त्यहाँ।

vlcsnap-2014-08-04-11h29m29s73

vlcsnap-2014-08-04-11h27m02s159
आइतबार हयात होटलको रिसेप्सनमा बाबुराम भट्टराईलाई भेट्दै मोदी। त्यसको केही समयपछि सोल्टीमा रात्रिभोज भएको थियो। भोलिपल्ट फेरि राष्ट्रपति कार्यालयमा अर्को भोज।

vlcsnap-2014-08-04-11h26m42s213
हयात होटलको रिसेप्सनमा उपेन्द्र यादव, प्रधान सेनापति लगायत।

vlcsnap-2014-08-04-11h26m33s127

प्रचण्ड र सभामुख।

vlcsnap-2014-08-04-11h26m05s77
महिला पात्र थाहा भएन। उनी रामचन्द्र पौडेल र माधव नेपालको बीचमा बसेकी थिइन्। बायाँ छेउका भने प्रधान न्यायाधीश हुन्।

vlcsnap-2014-08-04-11h25m43s142
अन्नपूर्णका साहु रामेश्वर थापा, गगन थापा र विजय कुमार।

vlcsnap-2014-08-04-11h20m28s214
कान्तिपुरका साहु कैलाश सिरोहिया, आइएमईका साहु चन्द्र ढकाल लगायत।

17 thoughts on “मोदी यात्रा : रमाइलो जात्रा”

  1. HARI PRASAD LAMICHHANE-SAUDI says:
    August 7, 2014 at 6:43 pm

    ऋषि धमलालाइ देख्न न पर्दाको खुशी बयान गरु कसरि ?

    Reply
  2. Kiran says:
    August 6, 2014 at 6:51 pm

    सबैको दिल्ली जाने कारण ले नै होला जब दिल्ली नै आए पछि मुहार मा एक छिन क़ा लागि मुस्कान सहित सबै नेता भनाउँदा मिलेका देखिएका | मालिक घर फर्केपछि यिनको आफ्नो रुप मा यिनीहरु फर्कने छन् , अनि पुरानै चाल हुनेछ | यदि यस्तो भएन भने “मोदी छाप ” को परिणाम मान्नु पर्ला | अहिले लाई येति |

    Reply
  3. rohan vicram singh says:
    August 6, 2014 at 11:36 am

    ठुलो देश, ठुलो अर्थतन्त्र, र ठुलो जनसंख्या भएको भारतीय प्र. म. मोदीलाई हेर्दा साधारण, शालीन र बौद्धिक लाग्यो! अझ उनको लगाएको पोशाक भारतमा नै बनेको कपडाबाट बनेको हुनुपर्छ! उनमा कुनै तडक भडक र रवाफ देखिएन!
    यसको बिपरिद हिजो गरिब नेपालीको घरमा पाकेको गुन्ध्रुक र ढिडो खादै मैला लुगालगाएर जनताका लागि भनेर क्रान्ति गर्नेहरु तेस्मा पनि नेपालका प्रधानमन्त्रि र मन्त्रि भैसकेका नेताहरु टाई शुटमा ठाटीएको र कम्तिमा नेपाली टोपी पनि नलगाएको देख्दा अच्चम्म लाग्यो!
    फोटो हेर्दा मोदी एउटा सानो र गरिब देशबाट आफ्नो देशको बिकाशको लागि नेपाल संग सहयोग माग्न आएका र नेपाली नेताहरु चाही सम्पन्न देशको हैसियतमा कुरा गर्न तयार रहेको जस्तो पो देखिन्छन त !
    जे होस् मोदीको भ्रमणमा उठेका बिषयहरु सन् १९५० को नेपाल-भारतको सन्धिको पुनरावलोकन, पंचेश्वर योजना, पूर्वाधारमा बिकाश,बाणिज्य व्यापार आदिमा नेपाललै फाइदा हुनेगरी र रास्ट्रीयतामा असर नपर्नेगरि सन्धि सम्झौता गर्नु पर्यो साथै भ्रमण मा नउठेका बिषयहरु जस्तै सिमा विवाद र कालापानी समस्याको समाधान पनि हुनुपर्यो! हैन भने रामदेव र मोदीको नेपाल भ्रमणमा फरक के नै होला र?????????????????????????

    Reply
  4. Bal Tamang says:
    August 6, 2014 at 5:01 am

    हैन अलि खटपट लाग्ने कुरो के भने माओवादीले दौरासुराल संग किन यस्तो रिस बोकेको हँ?
    विगतमा दरवारिया र सामन्तीहरुले दौरा सुरालको बद्नाम गरे र उर्दीको नाउँमा जनजातिलाई चौपट पारे,
    मधेसीलाई टाडा बनाए| अब त्यो ढुसी र दुर्गन्ध गईसक्यो, दर्बार नै म्युजियम भैसक्यो| बरु नेताहरुले त्यो दुर्गन्ध टाईसुटमा बोकेका छन्| सबै जनजाति र मधेसवादीको आआफ्नै वेशभुषा छ, आफ्नै ठाउँमा छ र त्यो राम्रो हो| यस्तो समारोह न कुनै फेशन परेड हो न त् जात जाति चिनाउने होड| सबै नेपाली भएर उपस्थित हुने मुहुर्त भने हो|
    राष्ट्रिय प्रतिकको रुपमा दुई घण्टा यस्ता भेलामा दौरा सुराल र चौबन्दी लाउँदा किन काउसो बिझेको जस्तो भएको हँ?
    सर्ब साधारण जनताले जे गरे नी भो जे लाए नी भो जब सम्म फुर्मास वस्त्र, टी शर्ट, जीन प्यान्ट नधोकेर एउटा फर्मल ड्रेसमा यस्ता समारोहमा उपस्थित हुन्छन| तर जनताको करबाट तलब भत्ता खाने नेता र कर्मचारीले दौरा सुराल र
    चौबन्दी अनिवार्य रुपमै लाउन परे राम्रो हो|

    Reply
    1. लौटन अवधि says:
      August 6, 2014 at 2:48 pm

      बाल तामांग जी मधेसबासि भनेर कसलाई इंकित गर्न खोज्नु भएको हो? म तराइ को अवध क्षेत्र को हु ! पहिला नेपाली हु बाद मा अवधि हु मलाई पनि र हाम्रो क्षेत्र लाइ पनि मधेसी भनेर इंकित गर्न खोज्नु भएको हो भने यो घोर निन्दनीय छ ! तपाई लाइ मधेसबाद को दलाल भन्नु श्रेयस्कर हुनेछ ! जसरि हाम्रो सरकार, मिडिया, कर्मचारी हरु मधेसबाद का दलाल रही आएका छन् ! सम्पूर्ण तराइ मधेस होइन – यो कुरा सबै ले बुझुन !!!

      Reply
      1. Bal says:
        August 7, 2014 at 6:19 am

        लौटनजी,
        तपाईको चित्त दुखाउने मेरो मन्तब्यको आशय कदापि थिएन र छैन| बरु मधेसवासी हुनपर्नेमा मधेसवादी भएछ| उल्टो ठाउँमा पर्न गएको भए भुल स्वीकार्दै हृदयबाटै क्षमा चाहन्छु|
        तपाईको त्यो सम्पति र संस्कार जडित “दलाल” विभूषण आफै संग सुसज्जित र सुरक्षित राख्नुहोला| श्रेयस्कर त्यही छ, समयमा काम आउँला| भर्खर दौराको तुना बान्न बामे सार्न थालेको म आफुलाई तपाईको त्यो सम्मानको भागीरदार र साझेदार ठान्दिन| स्वस्थ वहस सहस्र स्वागत छ|
        अभिवादन!

        Reply
        1. लौटन अवधि says:
          August 7, 2014 at 9:56 am

          बाल जी तपाई को मधेस दलाली यहि फेरी देखिएको छ ! पहिरन रुप र रंग ले सबै लाइ मधेसी कोटा मा जबर्जस्ति टासिदिने ! म फेरी सचेत के गराउन चाहन्छु भने सम्पूर्ण तराइ – मधेस होइन ! तथाकथित र कपोकल्पित मधेस बिरगंज देखि पूर्व को भाग लाइ जानिन्छ ! बिरगंज देखि पश्चिम बर्दिया सम्म को भूभाग अवधि, थारु र पहाडी बसोबास को मूल थलो हो ! जसलाई अवध क्षेत्र भनिन्छ ! मधेसी न नेपाल मा थियो न छ र न भबिस्य मा नै हुनेछ ! राज्य र तपाई जस्ता दलाल हरु को मुख बाट हामि लाइ जबर्जस्ति मधेसी भनिने गरिएको छ ! हामी अवधि मधेसी लाइ लाखोउ गुणा घृणा मात्रै गर्दछोउ किन कि – सिमित तथाकथित मधेसी हरु ले हाम्रो सुबिधा, हाम्रो रोजगार, हाम्रो सस्कृति, हाम्रो पहिचान तराइ मा लुटी रहेका छन् ! पहाडी मूल का व्यक्ति जसले जानेर नजानेर हामीलाई मधेसी भन्छन ति सबै मधेसी का दलाल हरु मात्रै हुन् !

          Reply
          1. Bal says:
            August 7, 2014 at 4:53 pm

            फेरी पनि
            तपाईको त्यो सम्पति र लगातार प्रयोग गरिने हतियार संस्कार जडित “दलाल” विभूषण आफै संग सुसज्जित र सुरक्षित राख्नुहोला| श्रेयस्कर त्यही छ, समयमा काम आउँला| म आफुलाई तपाईको त्यो सम्मानको भागीरदार र साझेदार ठान्दिन| कागले आफ्नो नाम आफै काट्छ भनेर कसैले भनेको ठिकै रहेछ| यस्तो तालले समस्या सुल्झाउने होइन अझ बल्झाउने मात्र हुन्छ है वन्धु| एउटा कथित पीडित ले अर्को पीडितलाई दलाल सम्बोधन गर्छ भने त्यो समस्या कसरि समाधान हुन्छ? पैले आफै सचेत हुनपर्यो अनि अरुलाई सचेत गराउन सकिन्छ| स्वस्थ र शिष्ट वहसको सहर्ष स्वागत छ|
            फेरी पनि अभिवादन!

            Reply
    2. निशान says:
      August 6, 2014 at 11:44 pm

      यो त् बोहत राम्रो बात भयो हजुर| दहुरा सुरुवालको पक्षमा होइसिदो रहेछ|
      बालजीले एक मधेस एक प्रदेशवालाहरुलाई पो इंगित गर्या होला|
      दलाल शब्द प्रयोग गर्दा कौवाले आफ्नै नाउँ काट्छ भन्या साँचो देख्न पाईयो|

      Reply
  5. pratik says:
    August 6, 2014 at 12:30 am

    एउटा मरेको इन्डियन ले १० वटा जिउदो नेपाली लै बेचिदिञ्छ, भन्या जस्तै भो / १०००० करोड दिएर (देदिया!!! भन्दै) नेपाली मा केहि भनेर, बुद्द नेपाल मा जन्मेको के भन्दियो सब गद गद/ हरे अलिकति कसैले सोचेन कि नियत के छ इंडिया को भनेर/ हेर्दै गरौ १००००करोड दिएर २०,००० करोड बराबर को सन्धि गरौचा भारत ले/ इन्डियन जात ले दिन्छ येत्तिकै? हरेभिकारी बुद्दि हाम्रो/

    Reply
  6. sapana pariyar says:
    August 5, 2014 at 12:02 pm

    ऋषि धमला कहाँ हरायेछ?

    Reply
  7. Ramesh says:
    August 5, 2014 at 11:59 am

    ऋषि धमला कतै देखिएन नि. छिर्नै दिएन छ कि क्या हो?

    Reply
  8. रागिनी says:
    August 5, 2014 at 9:37 am

    खाने ठाउँमा त सबै मिली हाल्छन् नि देश/संबिधान बनाऊंदा चाहिँ कुकुर बिरालो हुन्छन।

    Reply
  9. bishnu says:
    August 5, 2014 at 7:17 am

    यो फोटो मा हेर्दा त सबै नेपाली नेताहरु एकापसमा मिलेका जस्तै देखिन्छन ,
    हे भगवान यिनीहरुलाई हामी नपाली एक हौ र हामी मिलेर हिड्नु पर्छ भन्ने सत्बुद्धि देउ !!

    Reply
  10. Durga Adhikari says:
    August 5, 2014 at 7:16 am

    Hello leaders of Nepal. I think you got more then what you expected from Mr. Modi. Now it is your turn to implement the projects and the money to the targeted people of Nepal. About the constitution building, If you can only understand what Mr. Modi said, you will get it done well before the targeted time. But I don’t think you know what you are doing for the nation and the world and for yourself. One can only hope.

    Reply
  11. eklavya says:
    August 5, 2014 at 3:03 am

    मोदीको भ्रमण हर दृष्टिकोणले सफल देखिन्छ चाहे त्यो एक्पक्छिय होस् या दोहोरो win – win नीति सरह देखिन्छ / कुनै राजा झैँ शाही आवत जावत अनि कम बोलेर गरौला हेरौला जस्ता कुरा गरेर जान सक्थ्यो तर सबैले सोचे बिपरित गरे भ्रमण अर्जुनको तिर झैँ लक्छ्य भेद गर्न सफल भए मोदी ..नेपालीको मुटुमा छाप छोडे शायद यो कहिले नबिर्सिने पल झैँ गरेर गए / कुनैपनि बिदेशी कुटनितिज्ञको नेपालमा यति छोटो अनि सफल भ्रमण शायद पहिलो होला त्यो पनि भारतीयको …जनता सामु प्रस्तुत हुने शैली सरल भाषण गर्ने कला तर सिधै घोषणा जस्ता शब्दको प्रयोग जुन नेपालीले आफ्नो हितकोलागि भनि बिरलै सुन्न पाइन्छ त्यसमाथि संविधानको लागि गोरुहरु लाइ जुन किसिमले आत्मबोध गराए त्यो अति नै सराहनीय थियो / शायद यो मोदीको यो भ्रमणलाइ शब्दले बयान गर्न कमै सकिन्छ तर भविष्यमा देखिने कार्यहरुले भने सकिनेछ भन्ने आशा गरौ ..

    Reply
  12. Abhaya says:
    August 5, 2014 at 1:05 am

    सबै पार्टीक नेताहरु एकै ठाउँमा मेलेर बसेको देख्दा राम्रो लग्यो!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme