Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

इन्द्रजात्रामा महिला मात्र रमाउने क्षण

Posted on September 11, 2014September 11, 2014 by Salokya

indrajatra11
बुधबार राति झम्‌झम् पानी परिरहेको थियो। तर हनुमानढोका दरबार क्षेत्रमा सयौँ महिला आफूहरुमात्र रमाउन पाउने एउटा भर्खरै सुरु गरिएको चलनको प्रतीक्षामा थिए। साताव्यापी इन्द्रजात्रा पर्वको अवसरमा मात्र खोलिने हाथु द्यः (श्वेत भैरव) को विशाल मूर्तिको मुखमा पाइप राखेर त्यसबाट थ्व‍ं (राइस बियर) बगाउने गरिन्छ। त्यो पिएमा स्वस्थ र निरोगी भइन्छ भनिन्छ। पहिले भए जात्राका आठै दिन त्यो चलनमा पुरुषमात्रै रमाउँथे। तर विगत केही वर्षदेखि यो परम्परालाई तोडेर आयोजकहरुले एक दिन महिलालाई मात्र रमाउन दिने निर्णय गरेका छन्। इन्द्रजात्राको पाँचौँ दिन आज त्यही नयाँ परम्परा हेर्न त्यहाँ पुगेको थिएँ। निकै रमाइलो थियो वातावरण। पानी परिरहेकोले राम्रोसित फोटो खिच्न पनि सकिनँ। तैपनि केही फोटो खिचेको छु। हेर्नुस् है।

1-IMG_5827

1-IMG_5832

1-IMG_5841

1-IMG_5865

1-IMG_5868

1-IMG_5874

1-IMG_5878

1-IMG_5880

1-IMG_5826

3 thoughts on “इन्द्रजात्रामा महिला मात्र रमाउने क्षण”

  1. Indra Pd Thapa,Butwal says:
    September 13, 2014 at 12:44 pm

    कोदोको रक्सि हो भने त राम्रै भो नत्र जात्र मनाउने नाममा न्यून गुणस्तरको रक्सि महिलाहरुलाई खुवाउँदा फेरी अर्को जात्रा होला है गाँठे ….

    Reply
  2. तुयू भाजु उदास says:
    September 11, 2014 at 11:53 pm

    बानी नपरेका महिला लाइ सल्लाह –
    जाँड को मजा लिनु छ भने थोरै थोरै पिउनु ;
    चाउरिएको सजा पाउनु छ भने लामो आयु जिउनु !

    Reply
  3. sherpaworld says:
    September 11, 2014 at 7:06 pm

    Swet Bhairab is a guargiant god ‘sungma’ of all Buddhist. We offer in village ‘strong raksi’ same time while in Indrajatra vestival ktm.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme