Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो छ सुनकोशी आतंक

Posted on August 2, 2014August 3, 2014 by mysansar

1-_SKG7944
आज दिनभर सुनकोशी आतंक छायो। बिहान करिब साढे दुई बजे सिन्धुपाल्चोक जिल्लाको राम्चे गा.वि.स.–५ को जुरे इलाकामा पहिरो गई सुनकोशी नदी थुनिएछ। पहिरोबाट नदीको करिब २०० मिटर लम्बाई र करिब १५० मिटर उचाईको क्षेत्र पुरिएको थियो। यसले सुनकोशी नदीको पानीको बहाव अवरुद्ध भयो। अनि त्यो ठाउँभन्दा मुनिका क्षेत्र खतरापूर्ण क्षेत्र बन्न गए। उद्धार कार्य जारी छ तर अहिलेसम्म प्राप्त पुष्टि भएको खबरमा ८ जनाको मृत्यु, १७ जना घाइते भनिएको छ। झण्डै ४० घर पुरिएको छ। क्षतिलाई कम गर्न सेनाले दुई पटक विष्फोटक पदार्थ प्रयोग गरी रोकिएको नदीको बहाव पुनः सुरु गराएको छ। नेपाली सेनाद्वारा प्राप्त फोटोहरु

1-_SKG7903

1-_SKG7891

1-_SKG7858

1-_SKG7824

1-_SKG7802

1-_SKG7785

1-_SKG7784

1-_SKG7781

1-_SKG7777

1-_SKG7691

1-_SKG7660

1-_SKG7638

1-_SKG7634

1-_SKG7625

1-_SKG7616

1-_SKG7607

1-_SKG7584

4 thoughts on “यस्तो छ सुनकोशी आतंक”

  1. Suman Gurung(UK) says:
    August 3, 2014 at 5:28 am

    हरे भगवान कति विपद पर्छ हाम्रै नेपाल लाइ? दुख त कसैलाई पनि नपरोस यो संसार मा. जय पशुपतिनाथ.

    Reply
  2. eklavya says:
    August 3, 2014 at 2:52 am

    यो पहिरो गएको ठाउँ मेरो घर बार्हबिसे भन्दा केहि किलोमिटर परको हो येस्तो घटना र यो भन्दा डरलाग्दो भू स्खलन यो छेत्रमा भैरहन्छ तर खोलाको वहाव नै बन्द हुनेगरी भने यो पहिलो पटक हो …यस्तो पहिरो जाने खतरा बार्हबिसे बाट तातोपानी जाने ठाउमा झन् आधिक्तम छ बन बिनाश यसको मूल कारणको रुपमा लिन सकिन्छ सेनाको साहसले यसपाली र यो भन्दा अगाडिको आपदा बाट बचाइएको छ तर कहिलेसम्म बरु यस्ता घटना घट्नु भन्दा पहिले नै उच्च जोखिमपूर्ण ठाउँहरुमा सतर्कता अपनाएर रोकथामको लागि बिशेष पहलको नितान्त जरुरि देखिएको छ ताकी भविष्यमा फेरी यस्तो भयावह परिस्थिति सिर्जना नहोस …सेनाका जवानहरु लाई सलाम …जय नेपाल !!!

    Reply
  3. Shyam says:
    August 3, 2014 at 2:42 am

    ज्यादै दुखद घटना ; मृत आत्मा प्रति हार्दिक श्रधन्जल्ली
    र यस्तो जोखिममा आफ्नो ज्यान बाजी राखी सहयोग
    गर्ने नेपाल आर्मी , प्रहरी , पत्रकार सबैलाई हार्दिक
    आभार !
    सिताराम गिरी
    USA

    Reply
  4. गगने says:
    August 3, 2014 at 12:45 am

    लौ त बिजुली निकाल भनेर माताले ड्याम बनाइद्या जस्तो छ अब यसलाई सकारात्मक भै सदुपयोग गर्दा उचित होला!
    यो संकट र दुर्घटनालाई अबसरमा बदल्न,
    उर्जा मन्त्रालयले बिजुली निकाल्न तिर लाग्ने,
    बन मन्त्रालयले त्यो पहिरो गयका क्षत्रमा जंगल उमार्न तिर लाग्ने,
    जलश्रोत मन्त्रालयले गयो पानीको कृषि मन्त्रालयसँग मिलेर उचित प्रयोग गरि कृषि उत्पादन बढाउने,
    पर्यटन मन्त्रालयले तेस क्षत्रलाई पर्यटन बिकाश गर्ने हेतु द्रिस्त्री लाउने, उक्त जलासयालाई पर्यटकिय तरिकाले प्रवर्दन र सदुपयोग गर्ने,
    संस्कृति र धार्मिक मन्त्रालयले कोतिहोम र रुद्रिलागाउने,
    स्थानिय बिकाश मन्त्रालयले तेहा भाबिताब्यमा परेका जनताको उद्दार गर्ने र उनीहरुलाई उचित ब्यबस्थित गर्ने राहत दिने,
    बस रुने होइन यसरि हामि सबैले देश बिकाश गर्ने,
    हरेक संकट ले एउटा मौका लिएर आउछ तेसको उचित पहिचान गरि तेस्को ब्याबस्थापन र प्रयोग सदुपयोग गर्ने!
    तेसरी देश बन्छ भैरे,
    कि कसो?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme