Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

वामदेव पथमा हिँड्ने महान मानवहरु

Posted on August 22, 2014 by Salokya

1-IMG_3410
कसैले बिर्सेका छैनन् होला- वामदेवले सडक डिभाइडरमा राखेको डोरी नाघेको फोटो छापिएको। देशैभर चर्चा भएको थियो त्यसको। मान्छेहरुले अब ट्राफिक प्रहरीले वामदेवले नाघेको फोटो नै प्रचार सामाग्रीमा राखेर ‘बाटो जेब्रा क्रस र आकाशे पुलबाट मात्र काटौँ, डोरी त वामदेवले पनि नाघ्छ’ लेख्नुपर्ने सुझाव दिए। केही दिनअघि कल‍ंकीमा १० मिनेट बस्दा वामदेव पथमा लाग्नेहरु टन्नै देखिए।

1-IMG_3410-001
नजिकै डोरी नभएको जेब्रा क्रस अनि आकाशे पुल भए पनि जोखिम मोलेरै बाटो काट्नेहरु प्रशस्तै भेटिए। हेरौँ केही नमूना-

1-IMG_3492

1-IMG_3491

1-IMG_3489

1-IMG_3488

1-IMG_3478

1-IMG_3476

1-IMG_3469

1-IMG_3465

1-IMG_3461

1-IMG_3458

1-IMG_3457

1-IMG_3455

1-IMG_3452

1-IMG_3451

1-IMG_3449

1-IMG_3445

1-IMG_3443

1-IMG_3442

1-IMG_3441

1-IMG_3437

1-IMG_3436

1-IMG_3435

1-IMG_3434

1-IMG_3433

1-IMG_3432

1-IMG_3430

1-IMG_3429

1-IMG_3428

1-IMG_3427

1-IMG_3424

1-IMG_3423

1-IMG_3422

1-IMG_3419

1-IMG_3416

1-IMG_3415

1-IMG_3414

1-IMG_3413

51 thoughts on “वामदेव पथमा हिँड्ने महान मानवहरु”

  1. prakash says:
    August 26, 2014 at 1:16 pm

    महानगरका महान नागरिकहरुको महान दृस्टीकोण, बिबेक देखेर रमाइलो लाग्यो | अब यो भन्दा अरु के भन्ने ?

    Reply
  2. bishal says:
    August 24, 2014 at 11:44 am

    धेरै कुरा नगरि हामी सबैले आफूमै सकरात्मक परिवर्तन् गरेउ भने जेब्रा क्रस जस्तो सामान्य कुरालाई देशकै एउटा प्रतिष्ठित ब्लगले हेडलाईन बनायेर सुसुचित गरिराख्नु पर्ने थिएन!समाज,देश वा संसार परिवर्तन् होस् या नहोस् मलाइत अफुमा परिवर्तन् लेउनुछ बस सकरात्मक परिवर्तन्,,,,

    Reply
  3. Tulsi jee says:
    August 23, 2014 at 11:48 am

    सर्बप्रथम त ब्लग लाई सान्दर्भिक बिषय उठान गर्नुभएकोमा धन्यवाद ! बामदेव को कुरा लाई नेपालीहरुले न अङ्गालुन पनि कसरी जसले नियम बनाउछ उसैले नियम उलंघन गरेको सप्रमाण छापा र online मा आउदा पनि जनतासंग लाज पचाएर बचावटको बहानाबाजी गर्छ… अर्को कुरा के भने येताकता रहेको आकासे पुल पनि बाटो नै नराखी फुटपाथ पसले ले सोझासाझा जनता ठग्न, जुवा खेलौना, एबम अनैतिक क्रियाकलब संचालन भएको देखेको नदेखै गर्ने पुलिस प्रसासन बाम पथ कसरी सुधार गरोस त ….

    Reply
  4. sam says:
    August 23, 2014 at 8:57 am

    अमेरिका मा नपढेको मान्छे आए पनि,, यहाँ को वातावरण ले गर्दा thank you र sorry भन्न जन्चन भने नेपाल मा पढेको मान्छे पनि वातावरण ले गर्दा यस्तो काम गर्छन.. के गर्ने…नेपाल को हावा नै त्यस्तै भैसक्यो…. अनपढ धेरै भए पछि… अनपढ को पछि लग्नु नै चलाखी हुन्छ ,,, त्यहि भएर नेपाल मा पढाई को बिकाश गरौँ… पढ्न अनिवार्य गरौँ…बच्चा हरु लै कसरि SCHOOL सम्म तान्ने भन्ने तिर सोचौ… देश आफै अनु शाशित हुने छ…BOARDING हैन सरकारी SCHOOL को बिकाश गरौँ… जुन गाऊ गाऊ मा छ …..
    जय नेपाल माता

    Reply
  5. Saroj says:
    August 23, 2014 at 8:37 am

    यो सबै , नियम कानुन को अभाव हो ,,,, कुनै पनि देशको सरकार कसरि येतिसम्म लाजमर्दो बन्न सक्छ ? कति लाज पचेको यी नेता भनौदाहरु ? जनता त जनता भैगए, नियम कानुन नै नभाये पछि उल्लङ्घन को के डर ?
    कैले लाग्ने हो नेता हरुको घैटोमा घाम?
    एउटा नियम, जेब्रा क्रोस्सिंग या आकाशे पुल बाट बाटो नकाट्ने लै , दुर्घटना भएको खण्डमा कुनै पनि किसिमको छ्यतिपूर्ति दियिने छैन …भनिएको भए र एसको पालना गरिएको भए. यस्ता असभ्य संस्कृति धेरै हद सम्म कम हुने थिए कि ?

    Reply
  6. Saroj says:
    August 23, 2014 at 8:36 am

    यो सबै सभ्ये बन्न , नियम कानुन को अभाव हो ,,,, कुनै पनि देशको सरकार कसरि येतिसम्म लाजमर्दो बन्न सक्छ ? कति लाज पचेको यी नेता भनौदाहरु ? जनता त जनता भैगए, नियम कानुन नै नभाये पछि उल्लङ्घन को के डर ?

    कैले लाग्ने हो नेता हरुको घैटोमा घाम?

    बस एउटा नियम, कि जेब्रा क्रोस्सिंग या आकाशे पुल बाट बाटो नकाट्ने लै , दुर्घटना भएको खण्डमा कुनै पनि किसिमको छ्यतिपूर्ति दियिने छैन …भनिएको भए र एसको पालना गरिएको भए. यस्ता असभ्य संस्कृति धेरै हद सम्म कम हुने थिए कि ?

    Reply
  7. Gopal Chintan says:
    August 23, 2014 at 7:06 am

    गजबको काम . हामी जनता खत्तम भएर नै एस्तो भएको हो नि .

    Reply
  8. Deepak says:
    August 23, 2014 at 3:11 am

    सालोक्य जी ले अथवा हामीले बुझेन जस्तो छ कि त्यो बार अथवा दिभाइदर सिर्फ गाडी को लागि मात्र हो न कि मान्छे लागि। गाडी लाइ लेन अनुशाशन कायम गर्न, दुइ तर्फी गाडी जाम हुन्छ भनेर ट्राफिक ले सडक मा राखेको हो। सबैले भन्छ त्येसरी बाटो काट्नु राम्रो होइन। तर तपाइँ नै भन्नुस यदि चिडियाखाना मा यति सानो बार राखिदियो भने के जनावर ले त्यहाँ बार छ त्यो बार नाघ्नु हुन्दैन भनेर सोच्छ। कदापि सोच्दैन। उ त फुट्ट बाहिर निस्कन्छ। त्यसलाई त्यही थुन्न अग्लो बार राखिदिनु पर्छ ताकि उ जति प्रयास गरेपनि निस्कन नसकोस।

    सडक मा त्यसतो सानो बार अथवा दिभाइदर राखेर पनि कहिँ हुन्छ। जसले पनि नाघी हाल्छ नि। मान्छे लाइ हतार को बेला कहाँ याद हुन्छ जेब्रा क्रस, आकाशेपुल को बारेमा। त्यसैले बाटो मान्छे हरू ले जहाँ तहीं बाटो नकातोस भनेर रानी पोखरी मा राखेको जस्तो बार हुनु पर्छ । अनि मात्र कसैले पनि त्यसरी बाटो काट्ने प्रयास गर्दैन। सबैले जेब्रा क्रस अथवा आकाशे पुल मात्र प्रयोग गर्ने छ। सालोक्य जी यसपाली वाहियात फोटो राखेको रहेछ। यदि सडक मा त्यसरी बाटो क्रस नगराउने हो भने घटीमा सात फूटको बार राख् नु पर्छ। यदि कसैले त्यस्तो बारलाई नाघ्ने प्रयास गर्छ भने त्यस्तो फोटो खिचेर यस blog मा पोस्ट गर्नुहोस र भन्नुहोस जनावर भन्दा गएगुज्रेको। पछि देखि यस्तो वाहियात फोटो नराख्नु होस् .

    Reply
  9. kedar says:
    August 23, 2014 at 2:41 am

    2007 (सन्) मा नेपाल आयेकोबेला एउटा कृषि बिकाश बैंकमा पैसा झिक्न जाँदा साँढे गोरु जुधे जस्ता ग्राहाकलाइ हामी मान्छे हौँ पशु हैनौ भनेर जान्ने पल्टिएर भाषण दिएर १० मिनट लाइन लगाको थिएँ, के थाम्न सक्नु नि १० मिनेट, फेरी सुरुभैहालो | तेत्रो अर्ति दिने मैं आफैं आफ्नो पैसा लिन भिड्नै परो |

    Reply
  10. बल says:
    August 22, 2014 at 10:29 pm

    साँचै म हान हुन्| जसो जसो पण्डित उसो उसो स्वाहा…

    Reply
  11. Tenzing Gaba says:
    August 22, 2014 at 9:38 pm

    बामजम्प भन्या यहि हो ?

    Reply
  12. Dev Gurung says:
    August 22, 2014 at 9:21 pm

    बाम देब को अनुयायी हरु भात खाने पशु र घास खाने दुइ खुट्टे जनावरहरु हुन् I

    Reply
  13. Sandesh says:
    August 22, 2014 at 8:15 pm

    जब सम्म जनतामा चेतना आउदैन, तब सम्म केहि परिबर्तन आउने वाला छैन. त्यहाँ ४ फिटको पर्खाल लगाए पनि चढेर हिड्छन हाम्रा जनताहरु.
    पश्चिमी देशहरुमा मान्छेले नियम कानुन उलंघन गर्न रुचाउदैनन र देख्नेले के भन्ला भन्ने सोच्छन. हाम्रो देशमा त्यस्तो सोचाई हुने मान्छे कम छन् जस्तो छ. नया युवा पिढीले केहि सिकेर रोल मोडेल भएर देखाउनु पर्यो, यसरी दुइ मिनटको समय बचाउनको लागि नियम बिपरित काम गर्नु भएन. फोहोर जता ततै फाल्नु भएन, हिड्ने सडक पेटीमा धुलो जम्मा हुन दिनु भएन, निर्माणाधीन स्थानहरुमा धुलो रोडमा नआओस भनेर केहि छेकबार लगाउनु पर्यो.

    हेर्नुस त नेपाल जस्तो हरियाली देशमा फुस्रा फुस्रा रुख बिरुवा, धुलो सडक, धुलोले भरिएका मान्छे, भएन हजुर भएन, केहि गरेर आफुले आफुलाई सुधार्नु पर्यो, सबै मिलेर एउटा जनचेतना बढाउने काम सुरु गर्नु पर्यो.

    Reply
  14. Ram C says:
    August 22, 2014 at 7:39 pm

    यो बाटो काट्ने कुरा पनि मानिसहरु लाई दण्ड दिएर अथवा उडाएर समाधान हुने कुरा होइन . बाटो काट्ने ठाउँ हरु जति सुलभ र सजिला हुन्छन तेयती मानिस ले रिस्क मोल्न नचाहने हुन्छ. जेब्रा क्रस मा त गाडी ले मानिसलाई बाटो काट्न दिदैनन अनि कसरि बाटो मा हिड्ने मानिस ले नियेम पालन गर्छन . हुदा हुदै कति पये ठाउमा त सडक को पेटी मा मोटरसाइकल, साइकल र कहिँ कहिँ त गाडी ले पनि हिंड्ने ठाउँ कतै राखेका हुदैनन् . तपाई आफै सोच्नुस त ५०-६० किलोको भारि वा दुइ तिन वोटा केटाकेटी बोकेर कसरि त्यो कलंकी को आकासे पुल तर्नु. माथि पनि हिडी सक्नु कहाँ छ र, फुटपाथ पसले को बिगबिघी नै छ .
    बाटो जथाभाबी काट्नु राम्रो होइन तर बाटो काट्ने लाई पनि सहज उपाए हरु दिनु सकेउ भने मानिस हरु ले नियेम सजिलै पालन गर्थे कि ?. पब्लिक र praivate गाडी हरु जब सम्म जतामन लाग्यो tetai गाडी rokne, manchhe chadaune र utarne गर्छन taba सम्म बाटो को sahi byebastapan garna sakidaina. Tyesai ले sake सम्म बाटो आकासे पुल bhayeko ठाउँ bata katau naseke khoi के भन्नु र ! Saftey should be the first priority.

    Reply
  15. shah says:
    August 22, 2014 at 6:56 pm

    एस्तो मान्छे हरु को दुर्घटना वायो वने को जिमेबर ? गाडी ले छातिपुर्ती दिने एस्तो मान्छे लै? खोइ त मान्छे लै जरिबाना ? खाली गाडी लै चिट काट्य छ काट्य छ , नियम मानेन भन्या छ भन्या छ , खै त मान्छे ले माने को , गाडी को ब्रेअक लाउदा लाउदा चालक हैरान ?

    Reply
  16. dhan says:
    August 22, 2014 at 6:47 pm

    निकै धेरै जनावर हरु छिरे छन् सहर मा बिचरा जनवार लाइ के थाहा सडक को नियेम तेसै ले त नेपाल मा धेरै गाइ भैसी सडक मा देख्न पाइन्छ येसरी सडक पार गरे को देखिन्छ

    Reply
  17. ramesh says:
    August 22, 2014 at 6:44 pm

    अनि बाटो काट्ने ठाउँ पनि त हुनु परेयोउ नी…अनि त्यो मान्छे हिड्ने पूल चड्ने को लाई फुर्सद र शक्ति छ?

    Reply
  18. rabin says:
    August 22, 2014 at 5:43 pm

    बामदेव जस्तै भएस भनेर आशिर्बाद पाएका थिएकि अशोभनीय तरिकाले बाटो काट्ने हरूले

    Reply
    1. Saroj says:
      August 23, 2014 at 8:49 am

      why are all people going against just one incident , one person.
      The trend of this kind of uncivilized , reflects our level in world.
      We Nepalese who boasts being a intellect , people instead of just talking,arguing or commenting , we should run a drive ,so that government will listen and do some changes in policy itself and help in implementing those policies. We cannot just live this issue as it is. We shouldnot get hopeless. At least lets make our Nepal civilized …….And just stop bothering around the so much on the issues which we have not achieved ,at least not by our generation. WHY DO WE JUST BOAST THE SAGARMATHA AND GAUTAM BUDDHA ?? That is not something we have achieved on our own. That is some part of history only. If we really want to be proud of something lets try to make our society and people civilized and within system first.

      Reply
  19. तुयू भाजु उदास says:
    August 22, 2014 at 2:25 pm

    जस्तो नेता , उस्तै जनता …
    नाम अनुसारको काम : अर्थात् नेता बाम !
    समयको बचत निम्ति किन छोड्ने ठाम ?
    आफुलाई सजिलो भए देखि होस् न सडक जाम ,
    मुर्ख त होलानी सडक तर्न बित्थामा लाग्ने लाम !!

    Reply
    1. Nilima says:
      August 23, 2014 at 2:57 am

      जस्तो जनता तेस्तै नेता. बामदेव हामी नेपाली जनता को ऐना (mirror ) हो //

      Reply
  20. Lapen says:
    August 22, 2014 at 2:25 pm

    Good work but one thing to be noticed is the mud & sand between divider should also mentioned in this topic, when India’s PM came to visit Nepal people of Road Division make clean road but we are the taxpayer of Nepal Government why they are so neglecting us???

    Reply
  21. Gautam manandhar says:
    August 22, 2014 at 2:10 pm

    गृहमन्त्रि ले दिएको अर्ति त मान्नै पर्यो नी

    Reply
  22. Chandra GC says:
    August 22, 2014 at 1:12 pm

    जब सम्म हामी आफै सभ्य अनि आफुमा सचेतना आउदैन तब सम्म केहि हुदैन/ चाहे बामदेव या रामदेव को नाम लिम ///

    Reply
  23. Rajendra Giri says:
    August 22, 2014 at 12:32 pm

    हामि नेपाली हरु को बानि नै एस्तो हो .. चिया पसल मा बसेर नियम र कानुन को डिंग हान्ने अनि बाटो मा अलिकता टराफिक जाम भयो कि मान्छे हिड्ने फुटपात मा मोटर साईकल कुदाउने .. आफ्नो पसल को समान मान्छे हिड्ने फुटपात मा राख्ने अनि नियम को कुरा गर्ने .. आफु चुरोट , चोकलेट र चाउचाउ को खोल बाटो भरि फ्याक्ने अनि बाटो फोहोर भयो भनेर नाक खुम्चाउने … एमबुलेन्स लाई साइड दिन पर्ने मा आफु त्यो भन्दा अगाडी कसरि पुग्ने भनेर कुद्ने .. आफु २ हजार को कोठा लाई ५ हजार लिने तर २ रुपया भाडा बढ्यो भने माइक्रो मा सरकार लाई भए भर को सराप्ने .. हुँदा हुँदै त अस्ति एक जना खैरे पनी बौध को हायत होटेल को पर्खाल मा उभिएर सु गर्दै थियो.. साएद नेपाल को हावा पानी मा नै एस्तो छ कि?

    Reply
  24. Raj says:
    August 22, 2014 at 12:24 pm

    No surprises that people cross street in this way. Has anyone ever seen a driver stopping at Zebra-cross? We need to teach people to go to the zebra-cross but also teach the drivers to stop at the zebra-crosses. I have not seen a single driver in KTM who stops at zebra-crosses. so, wherever you cross the road, you have the same risk of being run over. PLS PLS PLS, if you see somebody crossing a road at zebra cross, pls stop and wait for them. This will eventually encourage people to come to the zebra cross. Where there are overhead bridges, then I must say that there are still stupid people around to cross the street from the road.

    Reply
  25. भोला कोईराला says:
    August 22, 2014 at 11:35 am

    अनि हामीले के ठानेका छौ त….त्यो बामेदेब गाैतम जस्तालाई भोट हालेर जिताउने भनेकै त्यहि डोरी नाघेर बाटो काट्नेहरुले हो..अनि कहाबाट गतिलो नेता जन्मिन्छ त नेपाली समाजमा । आखिर जस्तो बिउ रोप्यो , तेस्तै फल लाग्ने त हो नि !

    Reply
  26. bikash says:
    August 22, 2014 at 11:25 am

    यौटा सरल कानुन बनेमा यो समाधान हुन्छ. जेब्रा क्रस बाट बाटो काट्दा गाडीले हानेमा चालकलाई हत्या को मुद्दा र अरु ठाउँ बाट बाटो काटेमा बाटो काट्नेलाई आत्महत्याको मुद्धा लगाउने.

    Reply
  27. Prakash says:
    August 22, 2014 at 10:50 am

    बामदेब पथ हिडेको भन्दा नि बामदेब ले हाम्रो सिको गरेको हो जस्तो लग्यो २ वर्ष अगाडी जरुरि कामले जमल हुदै सामाखुशी ट्याक्सीमा जादै गर्दा एक जोडी लथ्थिएर आकासेपुल सिधै तल बिन्दास बाटो कातिराखेका ट्याक्सी झ्याप्प ब्रेक लगाउनु पर्यो उल्टै आखा देख्दैनस रे

    Reply
  28. रायन says:
    August 22, 2014 at 10:45 am

    यी सबै फोटोहरुमा बाटो काट्ने त सबै पढेलेखेका जस्ता छन्, कोही कलेजकै ड्रेसमा पनि छन। यसको मतलब, जानेर पनि हामीले नियम पालना नगरेको हो, सबैलाई कोर्रा लाउनु पर्छ जस्तो छ।

    Reply
  29. suman p says:
    August 22, 2014 at 10:19 am

    बामदेव त नामै वाम हाईतै वाम ले त २ ft को डोरी नाघ्यो, टुडिखेल को ८ ft अग्लो बार त चड्ने बादरहरुलाई २ ft नाघ्न …… खै के भन्ने ……..
    किन्दर गार्डेन इस्कूल देखि नैतिक शिछ्याको अनिवार्य दिनु पर्छ कि भाते कारवाही गर्नु पर्छ अनि मात्र केहि होला कि ? नत्र यो जुनीमा केहि हुने वाला छैन

    Reply
  30. लौटन अवधि says:
    August 22, 2014 at 9:54 am

    बाटो काट्ने पक्कै केहि न केहि सस्था, संगठन का नेता कार्यकर्ता नै हुनु पर्छ ! बाटो काट्दै ——– जनता तिर देखाएर इस भन्दै छन् !! धारे हात लाउदैछन — र बामदेव लाइ गालि गर्ने हरु लाइ भन्दै छन् —————————
    बामदेब लाइ गालि गर्ने हरु हो – बामदेब लाइ गृहमन्त्री कसले बनायो ? तिमि हरु ले नै होइन ? भोट हालेर जिताउने अहिले एस्तो गर्यो उस्तो गर्यो भनेर कुर्लिने ? जनता जति नै पागल भएको देश मा बिरामी को नाटक गरि बैन्ग्कक, सिंगापुर, जापान, अमेरिका, बेलायत नेता नगए पागल जनता जान्छन त् ?

    Reply
  31. Oasiss says:
    August 22, 2014 at 9:05 am

    बिदेस मा ६ वर्ष बसेर मैले सिकेको कुरा उही हो,,,,इमान्दारिता, र नैतिकता…नेपाल गरिब र फोहोर भयको हामी जस्ता यस्ता मानिस को नैतिकता बाट हो…..बेल ग्रेट्स ले भन्नु हुन्छ तिमि गरिब जन्मनु तिम्रो दोस होएन तर तिमि गरिब भयर मर्नु तिम्रो दोस हो,,,,हामी जन्मदै नैतिकता को गरिब थियौउ,,,धिक्कार छ उही गरिबी मा नै छ चलेको जीन्दगी….किसुन जे ले ४६ साल मा प्रधान मन्त्रि हुदा पहिला के गर्नु हुन्छ भन्न्दा….मा नेपाली को सोचनी सक्ति को बृदि बिकास मा लाग्छु भन्नु हुनिथियो रे,,,,,,७६ साल मा पनि उस्तै छ हाम्रो सोचाई………

    Reply
  32. omkar adhikari says:
    August 22, 2014 at 8:47 am

    यो त बल्ल विकास भयको हो र यसको नाम बामदेव लाई दिने हुन .

    Reply
  33. pradikchha says:
    August 22, 2014 at 8:43 am

    यसरी अाकाशे पुल हुँदाहुँदै वास्ता नगरी तलबाट बाटाे काट्रनेलार्इ जरीवाना, प्रशिक्षण, र अन्य कारवाहीहरू गर्नु पर्दछ । यसरी बाटाे काट्रनेलार्इ पिच सडककाे खण्डभित्र गाडीले हानेमा गाडीवालालार्इ कुनै कारवाही नगरी सम्बन्धित बाटाे काट्रने बटुवालार्इ नै कारवाही हुने कानुन बनाउने हाे भने यस्ताे कार्य तुरून्तै हट्रछ ।

    Reply
  34. Basanta Thapa,Maryland,USA says:
    August 22, 2014 at 8:20 am

    वास्तबमा भन्ने हो भने नेता ठिक बाटोमा हिड्ने र कानुन सहि रुपमा कार्वान्यन हुने भनेको जनताको सोच , ब्यबहार र स्वार्थमा निर्भर रहन्छ / यदि कुनै नागरिक आफ्नो मान्छेले जस्तो सुकै अपराध गरे पनि बचाउन नेता , लगायत शक्ति केन्द्रमा धाउछ / सम्पति खर्छ गर्छ र आफ्नो नाजायज स्वार्थ हासिल गर्छ भने नेता त जनताको ऐना हो जस्तो जनता उस्तै देखिन्छ / जनताले जे गरे पनि ठिक ठान्ने प्रवृति नै गलत हो/ जहा सम्म बामदेवले जेब्रा क्रस गर्नु गलत हो तर रमेश खरेल माथि गरेको अन्यायको आक्रोश मात्र हो त्यो जेब्रा क्रश काण्ड आज त्यहि जनताले त्यहि प्रबिती देखाउनु भनेको जस्तो अनुहार उस्तै तस्बिर देखिनु हो / यसलाई अन्यथा नठानी दिनु होला /

    Reply
  35. Manoj says:
    August 22, 2014 at 7:51 am

    राम्रो काम गर्नु भयेछ. अर्को पटक अनुहार राम्रो संग देख्ने गरि फोटो खिच्नु भो भने लाज हुन्थ्यो कि अलि धेरै ?

    Reply
  36. biplov says:
    August 22, 2014 at 7:42 am

    हो त है, मैले आफै गरेको सर्भेमा बबरमहल स्थित रातोभाले अगाडी ठुला संरचनाहरू नाघेरै प्रति घण्टा ८ जना महानुभवहरू हिड्नुभयो, जवकी उक्त स्थानबाट ३० मिटर पर मात्र सरल तरिकाले बाटो काट्ने जेब्रा क्रसिङ छ । यसरी हेर्दा हामी के गरिरहेका छैाँ ? किन गरिरहेका छाैँ ? भन्ने खोजी गर्नु जरूरी छ ।

    साइकोलोजीको बिहेभियरल एप्रोचवाट हेर्दा, बिशेषगरी मिडीयाको भ्रमपुर्ण जालोको कारण हामीले ठुला भनाउँदा रोलमोडलहरूको लापर्बाही हाम्रो ब्यवहारमा देखिनु सामान्य हो । यो बाटो काट्ने त एउटा उदाहरण मात्र हो, बृहत राजनैतिक परिवेशबाट ब्यवहार सिक्नु, नेतृत्वहरूको हाउभाउबाट शैली सिक्नु जस्ता बिविध गतिबिधिहरू हुन्छन् ।
    समाधान
    पहिलो त यसको समाधानकोलागी त रोलमोडलको ब्यवहार परिवर्तन हुनुपर्यो, तर त्यो सम्भव छैन, किनभने उनिहरू अाफ्नै परिबेश भित्र रूमलिइरहेका हुन्छन् जसले यस्ता तर्कहरू बुझ्नै भ्याउदैनन् । त्यसैले यो त्यती सार्थक समाधान नहुन सक्छ ।

    दोश्रो , रोलमोडल नै परिवर्तन गरिदिने । त्यो त झन् भवसागर नै हुने भयो, कतिले खाइपाइ आएको नाजायज फाइदाहरूनै हट्ने भयो । त्यस्तो त पुरा त्यस्तो बर्ग नै बाधक बन्छ ।

    तेश्रो, जसले बुझेको छ, थोरै प्रयत्न गरीदिने । हामीमा बुझ्नेहरूले पनि होस्, उसले गर्छ, गरिरहोस् आफुले नगर्ने त हो भन्ने जमात पनि छ ।

    त्यो बर्गले बिकासका पथहरू बनाउनमा ठुलो भुमिका गर्न सक्छ, यद्यपि माथिका दुइवटा समाधानका पक्षहरू पनि संगै बढाउन सकेमा मात्र द्रुततर गतिमा समाधान खोज्न सकिन्छ ।

    Reply
  37. ayu says:
    August 22, 2014 at 7:33 am

    मेरो देश येस्तै छ तेहा १० फीट को वाल लगाए पनि नाघेर बाटो cross गर्ने भेटिने छन्

    Reply
  38. Shree Basanta says:
    August 22, 2014 at 6:16 am

    प्रचार सामाग्रीमा एस्तो लेख्नु पर्ने “बाटो जेब्रा क्रस र आकाशे पुलबाट मात्र काटौँ, डोरीबाट त वामदेवले मात्रै काट्छ ’|

    Reply
  39. डिल्ली says:
    August 22, 2014 at 5:45 am

    वामदेव (बाहुन) पथमा मुलुको ठूलै हिस्सा छ तस्वीर हेर्दा छर्लङ्ग भो । ठक्कर दिन त्यति नै बेला कुनै गाडी आयो भने बन्द गर्न हाम्रो समाज तयारी हालत मै छ । महिलाहरूको समानुपातिक ३३ प्रतिशत अझ ५० प्रतिशत उन्मुख पनि वामदेव पथ मै रहेछ । अब यसो जात पात तिरबाट पनि समानुपातिक सहभागिता के कसो रहेछ हिसाब गर्दा सुनमा सुगन्ध हुन्थ्यो ।

    Reply
  40. Pramod says:
    August 22, 2014 at 3:43 am

    ब्यैजत नै गर्यो नि बामेले, सबै त्यसै को नक्कल गर्न थाले .

    Reply
  41. krishna sharma says:
    August 22, 2014 at 3:19 am

    कारबाही गर्नु पर्यो सबैलाई 😛

    Reply
  42. Pralhad timalsina says:
    August 22, 2014 at 3:06 am

    अब राज्य ले जथाभाबी बाटो काट्ने संग पनि पेनाल्टी उठाउनु पर्यो , जथाभाबी बाटो काट्ने , डोरी नाघ्ने , संग पर व्यक्ति १००/ ५० हर्जाना तिराउनु पर्छ अनि मात्र सबैलाई चेतना हुन्छ अर्को पटक त्यो गल्ति दोहोर्यौदैनन | उक्त उठेको पैसा ले ट्राफिक नियेम सम्बन्धि ज्ञानमूलक पर्चि छपाएर सार्बजनिक ठाउँ मा वितरण गर्नु पर्छ |

    Reply
    1. टेक राज तिमल्सिना says:
      August 22, 2014 at 6:30 am

      हो तपाईंको सुझाब राम्रो हो | नियम पालना गराउन तेस्तै दण्ड को पनि बेबस्था गर्नु पर्छ | तर नियम र दण्ड तेती बेला मात्र काम लग्छ जब हाम्रा role model नेता हरु ले तेस्को पालना गर्छन | जब नेता ले बाटो काट्दा चैं नियम नलाग्ने अनि सर्बसाधारण ले काट्दा चैं जरिवाना लगाउन चैं अनैतिक हुन्छ | कित नेता लै नि समातेर on the spot जरिवाना लिनु पर्यो | हैन भने सरकार लै कसै माथि नि जरिवाना लिने अधिकार छैन |

      Reply
  43. Abhaya says:
    August 22, 2014 at 2:46 am

    बामदेवहरु देखेर हासो लग्यो ! फोटो लिनेलाई कति रमिता होला !

    Reply
  44. Shyam says:
    August 22, 2014 at 2:25 am

    असभ्य मानब । यस्तालाई गाडीहरू ले ठकर दिय पनि ड्राइभर को कुनै गल्ति हुदैन

    Reply
  45. सिर्जने says:
    August 22, 2014 at 2:04 am

    अनि त्यो लास्टको फोटोमा सानु बचेरो काधमा च्यापेर डोरी नाघीसकेका अनि अर्को बच्चाको हात समातेर डोरी नाघ्न सिकाउदै गर्ने महोदय र महोदया देख्दा म हर्षले पुलकित भएँ । किन भन्नु होला: हाम्रा भविष्यका कर्णधारहरुले ओलम्पिक हाइजम्पमा २-४ ओटा स्वर्ण पदक जितेर नेपालको नाम पक्कै चम्काउनेछन भनेर हो ।

    Reply
  46. sujan maharjan says:
    August 22, 2014 at 2:03 am

    जहाँ देश को कानून पालना गराउनु पर्ने गृह मन्त्रि नै ट्राफिक नियम तोड्द छ भने साधारण जनता ले के अरु के सिक्ने !!!!

    Reply
  47. सिर्जने says:
    August 22, 2014 at 1:58 am

    जरुरि काम परेर बाटो काट्ने “कामदेव” हरु हुन् इनिहरु / कार र मोटरसाइकल को पार्किंग शुल्क उठाउने ठिटाहरुलाई डोरी रुघ्न लगाएर हरेक डोरीबहादुर(नि) बाट एक चोटी डोरी नाघेको १० रूप्पे उठाउनुपर्छ, पैसो पनि आउने, सुरक्षित पनि हुने अनि सबारी साधनलाइ पनि सजिलो हुने, कसो ? 🙂

    Reply
  48. Dambar says:
    August 22, 2014 at 1:52 am

    जनता नै यस्ता भए पछि देश कसरी सुध्रेला?? ..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme