भूकम्पपछि अन्यौलमै थियो इन्द्रजात्रा। तर धन्न नाकाबन्दीको संकट र भूकम्पका कारण भत्किएका मन्दिर र कमजोर संरचनाबीच नै काठमाडौँको महत्त्वपूर्ण जात्रा इन्द्रजात्रा बिना व्यवधान सम्पन्न भयो। जात्राको अन्तिम दिन बिहीबार महिलाले रथ ताने। यसको पनि रोचक प्रसंग छ- इन्द्रजात्रा त कहिलेदेखि मनाइयो भन्ने नै थाहा छैन। मल्ल कालमा कुमारी, गणेश र भैरवको रथ तान्ने चलन चलाइयो। राणाकालमा दुई दिनमा एक दिन थपेर तीन पटक रथ तान्ने बनाइयो। अनि गणतन्त्र कालमा भने समावेशी कुरा उठिरहेको बेला महिलालाई पनि रथ तान्न दिने भन्दै सन् २०१२ देखि अन्तिम दिन महिलालाई रथ तान्न दिइयो। हेर्नुस् अन्तिम दिनका केही फोटो अंगद ढकालको क्यामेराबाट
धेरै नै राम्रो लाग्यो लामो समय पछि हासेका रमाएका अनुहारहरु हेर्न पायो फोतोग्रफेर मित्रलाई धन्यवाद^^^^