Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पोखरामा पहिलो पटक एयर सो : हेर्नुस् फोटोहरु

Posted on October 1, 2015October 1, 2015 by mysansar

IMG_7117
-सुभक महतो-
प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर) लगायतका साहासिक खेलहरुले पोखरालाई सिंगारिरहेको छ। तर वैशाख १२ र त्यसपछि आएका भूकम्प र देशको पछिल्लो राजनीतिक परिस्थितिका कारण यहाँको पर्यटन व्यवसाय सुकेको छ। यही मेसोमा पर्यटनसँग आवद्ध संघ संस्था र पर्यटन व्यवसायीहरुले विभिन्न कार्यक्रम आयोजना गरी पोखराको पर्यटनलाई पूर्ववत फर्काउने प्रयास गरिरहेका छन्। त्यसैका लागि नेपाल हवाई खेलकुद संस्थाले आयोजना गर्‍यो एउटा अन्तर्राष्ट्रिय पर्यटन प्रर्वधनात्मक कार्यक्रम – हिमालयन एयर फेस्टिभल गरुडाफन।

DCIM119GOPRO

दक्षिण एसियामै पहिलो पटक आयोजना गरेको भनिएको गरुडाफनमा प्याराग्लाइडिङ, अल्ट्रालाइट, हटएयर बेलुन, पावर प्याराग्लाइडिङ (प्यारा मोटर) लगायतका आकाशमा हुने साहासिक खेलहरु अत्यन्तै रोमाञ्चकारी ढंगले प्रस्तुत गरिएको थियो।

खासगरी प्यालाग्लाइडिङ पाइलटहरु गरुड, भगवान शिव, यती, लक्ष्मी पार्वती, बुद्ध, कृष्ण लगायतका विभिन्न देवी देउताको पहिरनमा कलात्मक तरिकाले खेलहरु प्रस्तुत गरेका थिए । त्यसैगरी, आकाशमा अल्ट्रालाइटहरुले गरेको अन्य कलात्मक दृश्यहरु पनि मनमोहक थियो ।

DCIM119GOPRO

जसरी प्याराहरु जमिन छोड्दाको दृश्य हेर्न लायक थियो त्यसैगरी फेवातालको छेउमा अवतरण गर्दाको दृश्यहरु साहासिक र रोमाञ्चकारी थियो। अवतरण गर्दा जमिनमा अण्डा फुटाउने, तालमाथि एक्रोव्याट गर्ने र तालमाथि ढुंगा राखेर ति ढुंगामा अवतरण गर्ने जस्ता कला देखाइएको थियो। जो जति पाइलटहरु तालमाथि राखेको ढुंगामा अवतरण गर्न सफल भएका थिए । उनीहरुको मुहारमा जितको खुशी थाएको थियो ।

उक्त कार्यक्रममा नेपालसहित ८ देशका प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङ (प्यारा मोटर)का पाइलटहरुको सहभागिता रहेको नाका कार्यवाहक अध्यक्ष सोभित बानियाले बताए। शो मा पाँच जना नेपाली महिला पाइलट सहित ५५ जना सहभागि भएको र शोमा भारत, चीन, रसिया, फ्रान्स, स्लोभाकिया, उजबेकिस्तान, इटाली लगायतका देशका प्याराग्लाइडिङ, अल्ट्रालाइट र पावर प्याराग्लाइडिङमा विभिन्न शोहरु देखाएका थिए ।

DCIM100GOPRO

DCIM101GOPRO

DCIM101GOPRO

DCIM101GOPRO

DCIM146GOPRO

DCIM153GOPRO

DCIM153GOPRO

IMG_1749

IMG_7150

IMG_7166

IMG_7188

IMG_7205

IMG_7209

IMG_7211

IMG_7217

IMG_7269

IMG_7270

IMG_7280

IMG_7288

1 thought on “पोखरामा पहिलो पटक एयर सो : हेर्नुस् फोटोहरु”

  1. सिर्जने says:
    October 1, 2015 at 10:17 pm

    धेरै राम्रो, अरु मौसममा पनि र हरेक बर्ष यस्तो कार्यक्रम होस्! हामि परदेशमा बस्नेले पनि एस्सो नेपाल जादा भाग लिन पाइयोस /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme