संविधान जारी भएको खुसियालीमा दुई दिन विदा दिएको सरकारले जारी भएको भोलिपल्ट टुँडिखेलमा सभा गर्यो। ऐतिहासिक स्वागत समारोह भनिएको यो सभामा प्रमुख तीन दलका शीर्ष नेताले सम्बोधन गरेका थिए। अधिकांश राजनीतिक सभा पल्लोतिरको खुलामञ्चमा हुन्छ। तर सैनिक मञ्च अगाडितिर मञ्च बनाई गरिएको थियो यो सभा। सभाका केही फोटो तपाईँले मिडियामा देखिसक्नुभयो होला। ती फोटो मुख्य समारोहका अगाडिबाट खिचिएका हुन्। मैले भने दर्शकको आँखाबाट पछाडिबाट खिचेका केही फोटो यहाँ राखेको छु। सरकार र प्रमुख तीन दलको आह्वानमा भएको सभाका नदेखिएका २० दृश्य हेर्नुस्-
खुलामञ्चमा कार्यक्रम नगरी सैनिक मञ्चमा किन गर्नुपर्यो भन्ने तपाईँहरुलाई लागेको होला। खास कारण यो हो- खुलामञ्चमा भूकम्पका भग्नावशेष र सडक विस्तार र निर्माणका क्रममा सामान थुपार्ने ठाउँ बनाइएको छ। अहिले यस्तो देखिन्छ खुलामञ्च।
symbolic pictures…… construction works,puddles,untended grassfield as our just newborn constitution.