Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आधा दर्जन उपप्रधानमन्त्री भएको ऐतिहासिक मन्त्रिमण्डलको शपथ ग्रहण फोटोमा हेर्नुस्

Posted on November 5, 2015 by Salokya

New_Minister (19)
आज ७ जना मन्त्रीले शपथ लिँदा ३ जना त उपप्रधानमन्त्री नै थिए। यसअघि नै ओली मन्त्रिमण्डलमा ३ जना उपप्रधानमन्त्री भइसकेका थिए। नेपालको इतिहासमा नै पहिलो पटक आधा दर्जन उपप्रम बनाएर ओली मन्त्रिमण्डलले राष्ट्रिय कीर्तिमान कायम गरिसकेको छ। थोरै ‘मन्त्रिमण्डल’ शब्दबारे पनि भनिहालौँ है। खासमा राजाको पालामा मात्र मन्त्रिमण्डल भन्ने गरिन्थ्यो। पछि मन्त्रिपरिषद् भन्ने गरिएको थियो। संविधानमा पनि मन्त्रिपरिषद् नै भनिएको छ। तर यसपालि राजाकै पालामा मन्त्री भएकाहरु पनि मन्त्री भएकोले होला सबैजसो मिडियाले मन्त्रिमण्डल नै लेख्न थालेको भन्ने जोक सुनिन्छ। यो ऐतिहासिक मन्त्रिमण्डलको शपथ ग्रहण हेरौँ न अ‍ंगद ढकालले खिचेका फोटोमा।


New_Minister (4)

शपथ ग्रहण ४ बजे राष्ट्रपति कार्यालयमा गर्ने भनिएको थियो। तर मन्त्री बन्ने को निश्चितै भएको थिएन। यस्तो बिजोग। हुँदाहुँदा एमालेमा मन्त्री बनाउन भनेर नाम ठीक्क पारिएका अष्टलक्ष्मी शाक्यले मन्त्री बन्दिनँ भनिदिइन्। पार्टीमा आफूभन्दा कम वरियताका भीम रावलललाई उपप्रधानमन्त्री बनाएपछि पहिलो राष्ट्रपति निर्वाचनमा एमालेले उपराष्ट्रपतिका उम्मेदवारका रुपमा अगाडि सारिएकी शाक्यले कति मैले मात्र मन्त्री खानु खान्न भनिदिइन्। ओली ट्वाँ। हतार हतार शान्ता मानवीलाई मन्त्री बनाउने निर्णय गरियो। यो हतारोको निर्णय पुरुष मन्त्रीको हकमा भइदिएको भए नयाँ दौरा सुरुवाल नभएकोले त्यसको जोहो गर्ने क्रममा शपथ छुट्न सक्थ्यो।

फोटोमा ठीक ट्याममा शपथ होला भन्ठानेर कार्यक्रम स्थलमा आइपुगेका सभामुख ओनसरी घर्ती र कार्यवाहक प्रधानन्यायाधीश गिरिशचन्द्र लाल।

New_Minister (5)

बल्ल दुई मन्त्री आइपुगे। ए, सरी मन्त्री हैन उपप्रधानमन्त्री पो त दुवै। एक जना उनकै भनाईमा भूतले खाजा खाने समयमा मन्त्री भएका स‍ंघीयताविरोधी नेताको छवि बनाएका चित्रबहादुर केसी। अनि अर्का मालेका सिपी मैनाली। केसीले पाएका छन् सहकारी तथा गरिबी निवारण मन्त्रालय। सिपी मैनालीले भने महिला तथा बालबालिका मन्त्रालय पाएका छन्। अघिल्लो मन्त्रिपरिषद्‌मा यो मन्त्रालय उनकै पत्नी निलम केसी मन्त्री थिइन्।

New_Minister (6)

तेस्रो मन्त्री पनि आइपुगे- शेरधन राई। यिनलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रालय दिइएको छ। फोनमा कुरा गर्दै बधाई स्वीकार्दै होलान्। अशोक राईहरु त्यतिबेला जनजाति शक्ति बनाउन पार्टी फुटाएर हिँडेका बेला एमाले बचाएका व्यक्ति हुन् यी। अहिले अशोक राईहरु उपेन्द्र यादवसँग एकता गरेर मधेस आन्दोलन गर्दैछन्, यिनले मन्त्री पुरस्कार पाए।

New_Minister (7)

अब भए चार जना मन्त्री।  दुई जना उपप्रम दुई जना मन्त्री।

New_Minister (8)

ल अब अरु पनि मन्त्री थपिए है।

New_Minister (9)

छ जना पुरुष मन्त्रीको समूह तयार। तीन मन्त्री आनन्द पोखरेल (पर्यटन तथा नागरिक उड्डयन), शेरधन राई (सञ्चार), विष्णु पौडेल (अर्थ) र तीन उपप्रम भीम रावल (रक्षा), सिपी मैनाली र चित्रबहादुर केसी

New_Minister (10)

New_Minister (11)

New_Minister (12)

ल महिला मन्त्री पनि आइपुग्नु भो है। हात मिलाउँदै शान्ता मानवी।

New_Minister (13)

छेउकी एक जना चाहिँ मन्त्री हैनन् है। कहाँबाट मन्त्री बस्ने ठाउँमा आएर बसिदिइछिन्। यसो रोक्ने पनि कोही भएनन्।

New_Minister (14)

ल विशिष्टहरु आइपुग्नुभो। कार्यवाहक प्रधानन्यायाधीश, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख। राष्ट्रपतिको प्रतीक्षा हुँदै।

New_Minister (15)

राष्ट्रपति ज्यु आउनु भो, सबैले नमस्कार गर्नुभो।

New_Minister (16)

बज्यो राष्ट्रगान।

New_Minister (17)

अब धमाधम शपथ।

New_Minister (18)

सप्पै कम्युनिस्टहरु, सप्पैले ईश्वर नभनी देश र जनताको नाममा मात्र शपथ खाएछन्।

New_Minister (19)
New_Minister (20)
New_Minister (21)
New_Minister (22)

8 thoughts on “आधा दर्जन उपप्रधानमन्त्री भएको ऐतिहासिक मन्त्रिमण्डलको शपथ ग्रहण फोटोमा हेर्नुस्”

  1. Chetan says:
    November 6, 2015 at 9:50 pm

    सबै कहिले पालो आउला र खाउला भनेर कुरेर बसेका स्यालहरु !

    सार्है समाबेशी रैछ ओलीको मन्त्रिमण्डले !

    Reply
  2. Durga Adhikari says:
    November 6, 2015 at 7:49 pm

    काम कुरो यकातिर, कुम्लो बोकी ……………………कतातिर, भने झैँ भो/

    Reply
  3. Ritika Sharma says:
    November 6, 2015 at 2:52 pm

    मेरो एउटा जिज्ञाशा क्या, गुगुल गरेको नभेटाएर माईसंसारका रिडरहरुले पो वताई दिन्छन्की भनेर नी …।
    नेपालमा वाहेक अरु कुनै देशमा पनि एती धेरै उप–प्रधान मन्त्री छन होला की छैनन् होला?
    छैनन् भने, उट्पट्याङ्–उट्पट्याङ् कुरा गीनीज वुक अफ वल्ड रेकर्डमा लेखाउने नेपालीहरुको लिस्टमा यो पनि थप्न पाए हुने । सवै भन्दा वढी उप–प्रधान मन्त्री हुने देश भनेर विश्वले चिन्न पाउने थियो ।

    Reply
  4. sumanp says:
    November 6, 2015 at 8:19 am

    देवता नमान्नेले त टिका लगाएको देखे त ?

    Reply
  5. यशोबर्धन says:
    November 6, 2015 at 7:42 am

    प्रधान मन्त्रि आफै घटेर उपप्रधान मन्त्रि सरह भए| उपप्रधान मन्त्रि मन्त्रि सरह र मन्त्रि हरु सहायक मन्त्रि सरह| खोइ त् प्रधान मन्त्रि?
    ओलीको यो चर्तिकला ठिक भएन| दागीदार असक्षम रावललाई पनि उपप्रधान| अरुलाई उखान टुक्का र थुक्कले आलोचना गर्न कहिले नचुक्ने ओली आज आफै आलोचनाका भाँडो भएका छन| बरु कसैलाई मन्त्रि नभनेर सबैलाई उपप्रधान मन्त्रि बनाएको भए हुन्थ्यो|
    यो ओलीको हद भयो|
    अबको संबिधान संशोधनमा एउटा बाहेक उपप्रधान राख्न नपाईने व्यवस्था गरिन जरुरि छ| त्यसले ओलीलाई के फरक पर्छ र? प्रधान मन्त्रि खानु खाई हाले|
    अब जो पायो तेही प्रधान मन्त्रि (र उपप्रधान मन्त्रि) हुन् थाले पछि यही पदमा नरहदा (भुतपुर्ब भैसके पछि) उनीहरुले केहि सुबिधा पनि नपाइने पनि संबिधानमा संसोधन गरिन पर्छ| बाबुराम, प्रचण्ड, सुशील, शेरे, झले, माकुने आदिले प्रधान मन्त्रि भैसकेको केहि सुबिधा पाउन बाट बन्चित गराइन पर्छ| लुरे झुरे धुरे जो पायो तेही प्रधान मन्त्रि र उप प्रधान बने पछि पदमा नरहदा नेपाली जनताको पैसा खाएर स्वार्थको राजनीति गर्न होइन|

    Reply
  6. Bindu says:
    November 6, 2015 at 12:58 am

    शक्तिको बाँडफाड त भो नै , अब तिनले साथ् नेपाल र नेपाली जनताको हितमा
    ईमान्दार पूर्बक दिए त राम्रै होला नै , तर पछी आ- आफ्नै दाउपेचमा लागे
    भने त बर्बाद त हुन्छ नै तर यो बर्बादीलाई सुरुङ्ग ( अध्यारो दिन / पक्ष्य ) को
    रुपमा अब नेपाली जनताले हेर्नै पर्छ .
    यस पछी पनि पुन : सुरुङ्गमै जाने कि उज्यालो मार्गमा दौडिने त्यो सोझा
    साझा नेपाली जनतालाई मिडियाहरुले ईमान्दारपूर्बक बाटो देखाई
    दिनुपर्छ . देश बिगार्न या सपार्न मिडिया बर्गहरुको भयङ्कर ठुलो हात
    छ — यो बिगतका दिनले प्रस्टयाएको छ .
    आशा गरौ सबै नेपालीको मन मुटुमा नेपाल देश आमा बनेर टाँसियोस्—-

    Reply
  7. Michael says:
    November 6, 2015 at 12:54 am

    देश पाहाडीया को हात मा धेरै दिन छैन , बिहारीको हात मा जेनेबेला भयो तेसैले यी सायद अन्तिम चोटी लुट्ने लंगुर हरु होलान |

    तर पोजितिब भएर सोच्दा चै , देश संकट को घडीमा छ , बिस्तारबादी भारत सग लड्न ठुलो सक्ति चाहिएकोले यति बिधि धेरै उ प्रा भएको हुन् सक्छ |
    ल भारतलाई झुकावो , नेपाल पहाडी को हो ,बिहारीको हैन तेसैले पहाडी एकता कायम गर , देश जोगावो | अग्रिम बधाई छ |

    Reply
  8. Santosh Lamichhane says:
    November 6, 2015 at 12:46 am

    …सब सत्तामा पुग्ने/टिक्ने भर्याङ रहेछन् ..कठै ती खेर गएका बलिदान..आस्वासन, जन हितका मीठा कुरा…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme