Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विरोधका लागि : आफैले बनाउने, आफैले जलाउने

Posted on August 23, 2015August 23, 2015 by Salokya

900x542xTharu-Sabhasad-Birodh,P20,282,29.JPG.pagespeed.ic.V8CVEH4CcE
संविधान आइसकेकै छैन, जल्न सुरु भइसक्यो। कम्तिमा चार जनाको ज्यान गइसक्यो। संविधानसभा भित्रै मस्यौदा च्यात्न थालिसक्यो। आज यसै क्रममा नेपालको नक्सा जलेको छ। सात प्रदेशवाला नक्सा। थारुहरुको निरन्तर विरोध भइरहे पनि त्यसलाई बेवास्ता गर्दै तीन दलले सात प्रदेशमा सहमति गरी परिमार्जित विधेयक तयार पार्ने निधो गरेपछि थारुहरु आगो भएका छन्। खासमा कुरा थारुहरुको बाहुल्य भएको कैलालीलाई टुक्राए पनि मिल्थ्यो। तर देउवा हुँदाहुँदै कसरी त्यसो हुन सक्नु। अनि आज जनजातिको बन्दको मौका पारेर थारु सभासद्हरुले बिजुलीबजारमा सात प्रदेश जलाए। विरोधको एउटा शैली हो जलाउनु। तर हेर्नुस् न, त्यसका लागि पनि बनाउनै पर्‍यो। सात प्रदेशको नक्सासहितको फ्लेक्स आफैले खर्च गरेर बनाएर आफैले जलाउनु पर्‍यो विरोधका लागि।





हेर्नुस् अंगद ढकालले खिचेका केही फोटोहरु-
900x609xTharu-Sabhasad-Birodh,P20,283,29.JPG.pagespeed.ic.gmlcDNYhXd

900x634xTharu-Sabhasad-Birodh,P20,284,29.JPG.pagespeed.ic.AG_GvXSMko
हेर्नुस् त यत्रो ठूलो फ्लेक्स नक्सा छापेर ल्याउनु परेको थियो विरोधका लागि। अनि यसरी लगाइयो मैनबत्तीको आगो-

900x563xTharu-Sabhasad-Birodh,P20,2810,29.JPG.pagespeed.ic.Ek1tWXD30v

900x567xTharu-Sabhasad-Birodh,P20,288,29.JPG.pagespeed.ic.dp9Rz9D1co

900x602xTharu-Sabhasad-Birodh,P20,2814,29.JPG.pagespeed.ic.bMmkoqZN9Q

900x614xTharu-Sabhasad-Birodh,P20,287,29.JPG.pagespeed.ic.3-htSDEkrX

900x602xTharu-Sabhasad-Birodh,P20,2815,29.JPG.pagespeed.ic.MAMB_ApyqD

900x602xTharu-Sabhasad-Birodh,P20,2816,29.JPG.pagespeed.ic.nhHMBG-OLH
दनदन जल्यो आगो। खासमा मस्यौदा जलाउने भन्दा साँच्चिकै मस्यौदा जलाउनु पर्छ भन्ने हुन्न। अरु नै कागजलाई मस्यौदाको प्रतीक मानेर जलाइन्छ। तर त्यही पनि जलाउन नदिन प्रहरी लाग्छन्। आज प्रदेशको नक्सा जलाउँदा भने खासै हस्तक्षेप भएन।

जलाइसकेपछि भने प्रहरीले आगो निभाए।
900x602xTharu-Sabhasad-Birodh,P20,2817,29.JPG.pagespeed.ic.rbN8ltpLBd

3 thoughts on “विरोधका लागि : आफैले बनाउने, आफैले जलाउने”

  1. bibek dhakal says:
    August 24, 2015 at 4:20 pm

    देउबाले कैलालीलाई आफ्नो बाजेको छोराको बिर्ता सम्झेका छन् कि क्या हो? त्यहाँ भएको हिंसाको, मारिएका प्रहरी र आन्दोलनकारीको र अझै हुन सक्ने हतोहातिको जिम्मा तिनले लिन सक्छन ?

    Reply
  2. loutan awadhi says:
    August 24, 2015 at 9:06 am

    तिन दलिय घैटे हरु ले थारु लाइ अन्याय गरेका छन् ! मधेशी लाई प्रदेश दिन हुन्छ भने थारु लाइ किन नहुने ? थारु हरु मा नेपाली पन र नेपाली हु भन्ने रगत को थोपा थोपा मा छ ! मधेशी जस्तो जिस थालि मे खाए उसी मे छेद गर्ने वाला होइनन थारु हरु !

    Reply
  3. Shankar says:
    August 23, 2015 at 11:39 pm

    अभिभाबक हुदा र लिने केटा केटीहरु झगडा गर्दा अभिभाबक ले कुरा मिलाउछन | लेन देन सजिलो हुन्छ |
    अब यहा फितलो अभिभाबक र उसको पनि आफ्नो स्वार्थ हुदा , र यो बिबाद लम्बिदै जादा हतियार निस्कने , काट मार हुने अलि डर हुन्छ | अन्तरिम कालमा एउटा दिने पक्ष्य थ्यो , अब उ पनि चनाखो भएको छ |
    गुगल ब्वाई को अनिस्ट को भबिस्य बाणी यहा छेउ सान्दर्भिक हुन् आउछ |
    सबै गरिब ,कंगाल कसले कसलाई के दिने ? अब खोस्ने र जसको शक्ति उसको भक्ति भएको खण्ड मा खतराको अबस्था |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme