Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कैलालीमा मारिएका एसएसपीको काठमाडौँमा भावपूर्ण विदाइ

Posted on August 25, 2015August 25, 2015 by mysansar

41 - lH7KBad
देशकै लागि कालो दिनका रुपमा रहेको भदौ ७ गतेको कैलाली घटनामा मारिएका एसएसपी लक्ष्मण न्यौपानेको शव आज सैनिक हेलिकप्टरमा राखी काठमाडौँ ल्याइयो। पशुपति आर्यघाटमा अन्त्येष्टि गर्नुअघि शव गौशाला चौकीमा राखिएको थियो। त्यहाँ गृहमन्त्रीदेखि प्रधानसेनापति, प्रहरी महानिरीक्षक, मन्त्री र नेताहरुले अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए। न्यौपानेको पार्थिव शरीरमा छोरा सन्देशले दागबत्ती दिए। गौशालादेखि आर्यघाटसम्म शवयात्रा गरिएको थियो। त्यसैगरी मारिएका दुई इन्सपेक्टरको गृहजिल्ला कञ्चनपुरमा अन्त्येष्टि गरियो। कञ्चनपुर झलारीपिपलाडी नगरपालिका–११ कलुवापुर घर भएका बलराम विष्टको महाकाली नदी र बेलौरी नगरपालिका–८ विद्यानगर घर भएका केशव बोहराको दोदा नदीमा अन्त्येष्टि गरियो। शवयात्रामा प्रहरी र सयौंँ सर्वसाधारण सहभागी थिए।

09 - wYXDb1f

10 - TckNcED

12 - h38NYqC

13 - y8oodmW

16 - TBb9EO3

17 - kH3DE2h

20 - WKMNraE

21 - lv5v3KX

22 - rKpfr85

23 - dV15mTE

25 - MuvQhhL

28 - 7Peh24J

30 - BrLCErr

31 - UELd1ZO

34 - MMz8xzk

36 - sES22lO

40 - Rbj99Bi

42 - eSzY3nQ

43 - nRQ7v9d

44 - zDzq6Ee

46 - ZiiRIGg

47 - TIz4c1Y

49 - 413riwf

53 - DNe4oTq




10 thoughts on “कैलालीमा मारिएका एसएसपीको काठमाडौँमा भावपूर्ण विदाइ”

  1. MADAN BAJRACHARYA says:
    August 29, 2015 at 8:31 am

    शान्ति पूर्ण आनोलन गर्ने भनेर प्रशासनलाई झुक्यायर हातिमा हतियार बोकेर प्रहरीलाइ लखेट्दै अमानवीय तरिकाले के थारुहरुले मारेको हो बा थारुहरुलाई उक्साउने कथित नेताहरुको पाल्तु गुण्डाहरुले हो?

    मधेसी भनाउदाले जस्तै थारु; मैथिलीहरुले नेपाल र नेपाल सिट गद्दारी गरेको छैन/ मधेसी ले जस्तै तराइ नेपालको नभयको भनेर थारु मैथिली ले भनेको छैन/ मधेसीले जस्ती थारुले पहाड सिट जोडिन नचाहने भनेको छैन/ थारु समुदाय भित्र तराइ नेपाल बात अलग्याउने धमास दिने कुनै सिके रावतहरु देखियको समेत छैन/ नेताहरुले नै जातीय पहिचान हुने गरि संघीय राज्य दिने भने पछि थारुले तेस्तै राज्य दे मात्रै भने; मधेश्बदिले थारुले सम्पूर्ण तराइलाइ मधेसीको मात्रै मधेश बना भनेको छैन/ आज सम्म कुनै पनि थारेउ राजनैतिक पार्टी र नेताहरुले मधेशबादी ले जस्तै बिहारी गुण्डा प्रयोग गरेको छैन र बिहारमा बसेर नेपालमा हतियार आतंक पनि मच्चायको पनि छैन/ अस्ति भयको घटना अघि पनि थारुहरुले प्रशासनलाई आन्दोलन शान्ति पूर्ण तरिकाले नै गर्ने भनेको थियो/ त् शान्ति पूर्ण आन्दोलन गर्ने थारुको भिडमा हतियार बोकेर प्रहरीलाई लखेटी लखेटी अमानवीय मार्ने समुह कसले घुसायो?

    नेपालको कानुनले आत्मरछ्याको निमित हतियार चलाउन निषेध गरेको छैन/ तर प्रहरीकै अगाडी प्रहरीको उच्च अधिकारीहरुलाई समेत आतंककारी समुहले अमानवीय तरिकाले मार्दै गरेको र आफुलाई समेत मार्न लागेकोमा यसयसपिले गोलि हान्ने आदेश दिंदा पनि माथिको आदेश छैन भनेर प्रहरीहरुलाई आतंककारी बात मर्नु अबस्था निम्त्याउने त्यो प्रहरी को? यो घटनाको छानविनमा यो कुरालाइ ध्यानमा राख्नु पर्ने देखिन्छ/ किन भने प्रहरीको कथित माथ्थिल्लो तहको अधिकृतले सिधै निम्न तहको प्रहरीलाई यो गर यो नगर भनेर आदेश दिन्ददैन/ त् आफ्नो अगाडी आफु भन्दा माथ्थिको प्रहरीहरु र यसयसपी जस्तो तहको अधिकृत समेत मारिन लाग्दा पनि यसयसपी जस्तो प्रहरीको उच्च अधिकृतले प्रहरीहरुको जिउ ज्यान जोगाउन गोलि हान्न आदेश दिंदा पनि “माथिको आदेश छैन” भनेर यसयसपिको आदेश समेत नमान्ने त्यो “प्रहरी” को हो; प्रहरिनै हो बा प्रहरी संगठन भित्र घुसेको …..हो? यदि तेबेला प्रहरीले गोलि चलायको भय कुनै न कुनै अपराधि घाईते हुन्थे र प्रहरीको पकडमा आउंथ्यो/ यदि तेसो भयको भय थारुले गर्ने शान्ति पूर्ण आन्दोलनमा प्रहरी मार्ने अपराधि घुसाउने को हो भनेर थाह हुन्थ्यो/ तर…

    Reply
  2. Bishwaraj says:
    August 27, 2015 at 9:44 pm

    कहिले सासुको पालो – कहिले बुहारीको पालो… ! नेपाली पुलिस संसार कै नालायक- एक जना सर्बसाधारण ब्याक्तिले आत्मसमर्पण गर्दा पनि १० जना पुलिसले कुटेर मार्छ भने सोच्नुस के फरक छ-

    Reply
  3. Shyam Sundar says:
    August 27, 2015 at 10:24 am

    कारवाही त टीकापुर घटनाका ति आक्रमकारी हरुलाइ मात्र होइन तिनीहरुलाई एकताका “तिमीहरुको जातीय राज्य (थारुहट ) दिलाउला” भनेर झुटो आश्वाशन दिदै भड्काउने ति दुइ शिर्ष नेताहरु लाइ पो पहिला गर्नु पर्छ | आखिर प्रारम्भमा आफ्नो उद्धेश्य पुरा नहुन्जेल सबै जाति अनि सबै बर्गका सोझा निमुखाहरूलाई भड्काउने त ति दुइ नै थिए | अब मधेसका थारुहरु मात्र होइन देशका सबै नेपाली जनताहरु मिलेर ति दुइ को टुंगो लगाउनु पर्ने दिन आयो | हामी नेपाली कुरा धेरै गर्छोउ काम गर्दैनौ |

    Reply
  4. bibek dhakal says:
    August 26, 2015 at 2:56 pm

    रिप. अब फेरी यस्तो देख्न सुन्न नपरोस..

    Reply
  5. Aashishjii says:
    August 26, 2015 at 12:29 pm

    यस्ता राष्ट्र सेवकलाई मार्ने/मार्न लगाउनेको पापको चाडै पर्दा फाश होस्…दिवंगत आत्माको चिर शान्तिको कामना…

    Reply
  6. Durga Adhikari says:
    August 26, 2015 at 8:24 am

    My heartfelt condolences to the families and Nepal police force. We have lost great servicemen of our country. You guys are real life heroes. I salute you for your service to our nation. May you rest in peace.

    I urge Nepal government to find the root of this senseless murders and provide the hardest punishment to the murderers.

    Reply
  7. arun gaacha says:
    August 26, 2015 at 5:11 am

    मर्ने मा त सिपाही हरु पनि थिए क्यार! तिनी हरु को नाम मा त भावपुर्ण श्रद्धान्जली कतै सुनिदैन त, मेरो तर्फ बाट भावपूर्ण श्रद्धान्जली तिनिहरु का लागि, जय देश !

    Reply
  8. dor Prasad says:
    August 26, 2015 at 3:20 am

    हार्दिक श्रधंजलि !! हत्याराहरु लै राजनीतिक संरछेन होइन जेल हाल्नुपर्छ !!!

    Reply
  9. Shankar says:
    August 26, 2015 at 1:51 am

    उनि आफ्नो हुल ( समुह ) छोडेर सम्जाउँन जाँदा निर्मम हत्या गरिए | यो त् आन्दोलन को बेला थियो , तैपनि हामीले येस्बाट के पाठ सिक्न सक्छौ भने मानिस जब आफ्नो धरातल बिर्सेर एता ,उति लाग्छ पाइलै पिछे खतरा मोल्नु पर्ने हुञ्छ| आफ्नो लिमिट मा रहन सकु |
    यहा भन्न सजिलो छ ,तैपनि जब काल आउँछ येस्ता भुल सबै बाट हुन्छ |

    Reply
  10. डा. सुरज श्रेष्ठ says:
    August 26, 2015 at 1:06 am

    प्रम सुशील कोईराला खै ?

    कस्तो स्वार्थी दुनियॉ ?

    डा. सुरज श्रेष्ठ
    नेपालगंज

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme