Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै सभासद्ले साथ दिएनन् कमल थापालाई, उग्र हिन्दुवादीले बानेश्वरमा दिएको तनाव

Posted on September 15, 2015September 15, 2015 by mysansar

22 - 3VZcAm7 धर्म निरपेक्ष भन्ने शब्द पनि नहटाउने, त्यसको व्याख्यामा सनातन धर्मको संरक्षण गर्ने हो भनेर पनि लेख्ने संशोधन प्रस्ताव संविधानसभाले पारित गरेकै दिन कमल थापाले हामी एक्लो भयौँ हामीले हिन्दु राष्ट्र राख्न सकेनौँ भनेर ट्विट गरेको केही समयमै उग्र हिन्दुवादीले नयाँ बानेश्वरमा तनाव दिए। उनीहरुले निषेधित क्षेत्रको घेरा तोड्न त्यहाँ राखिएको काँडे तारको बार हटाएपछि पानीको फोहरा चलाएर भिड नियन्त्रण गरियो। उग्र हिन्दुवादीहरुले युएनको गाडीसमेत तोडफोड गरे। कमल थापाले हिन्दु राष्ट्र भन्दै राखेको संशोधनमा अरु पार्टीका सभासद्हरुको पनि समर्थन होला भन्ठानेका होलान्। तर आफ्नै पार्टीका पाँच सभासद् उपस्थित भइदिएनन्। त्यसमध्ये एक जना उनकै भाइ गणेश थापा पनि थिए। उनले संविधानसभामा मत विभाजन मागेपछि सभाध्यक्ष सुवास नेम्वाङले नियम अनुसार १० प्रतिशत सभासद् छन् कि छैनन् देखाउन उभिन निर्देशन दिए। ६१ सभासद् उभिनु पर्नेमा जम्मा २१ जना उभिए। राप्रपा नेपालका २५ सभासद् थिए। तर उपस्थित भए जम्मा २०। १ जना चाहिँ अखण्ड नेपाल भन्ने पार्टीका थिए। हेर्नुस् अंगद ढकालले खिचेका फोटो

05 - cpWv05L

निषेधित क्षेत्र तोड्ने प्रयासमा हिन्दुवादीहरु।

03 - reypLe8

काँडे तार भत्काउँदै उग्र हिन्दुवादीहरु।

02 - 7UgFpXZ

काँडेतार भत्काएपछि प्रहरीले हस्तक्षेप गरेको थियो।

07 - V7hwLj7

प्रहरीसँग धक्कामुक्की गर्नेमा एक पात्र थिइन् यी महिला।

09 - sS1fMvo

भीड नियन्त्रण गर्न यसरी हानियो पानीको फोहरा

10 - 8B2Apz6

11 - SOapd2Y

13 - SO1g8qm

14 - pj4e0pi

15 - czcB9DK

16 - mcj4eI9

18 - HVEEacZ

19 - 0YwdxVN

20 - vb7JaTl

अनि फेरि यी महिला देखिइन्।

22 - 3VZcAm7

खासमा यिनले त अश्लीलै हर्कत गरेकी थिइन् तर त्यस्तो फोटो राख्न मिलेन क्यार्नु।

24 - AdUDpTL
युएनको गाडीसमेत तोडफोड गर्न भ्याए उनीहरुले।

26 - 2EP6Y8W

25 - MT0tE0j

28 - KLqcuM6
झडपका क्रममा अनलाइनपत्रिकाका अशोक महर्जन, गोरखापत्रका विकास द्वारे, रोयटर्सका नभेष चित्रकार र एएफपीका प्रकाश माथेमाको क्यामेरामा क्षति पुग्यो।

3 thoughts on “आफ्नै सभासद्ले साथ दिएनन् कमल थापालाई, उग्र हिन्दुवादीले बानेश्वरमा दिएको तनाव”

  1. bibek dhakal says:
    September 15, 2015 at 3:31 pm

    कहीं नाभाका शिव सेनाका पुच्छरहरु सबलाई बटुलेर आर्यघाट तलतिर बागमतिमा डुबाएर बिस्नुमतिमा खोज्न जानुपर्ने. ऐलेको बैज्ञानिक युगमा आएर देशलाई धर्मको नाममा सापेक्ष बनाउने कुरा गर्छन. कुन दिन सति प्राथा नि फर्काउनु पर्यो भन्लान.

    Reply
  2. Narendra says:
    September 15, 2015 at 8:25 am

    हिन्दुराज्य शब्दलाई राजतन्त्र संग जोडिएकोले कमल थापाले फेल खाए| एकजना सम्म प्रत्यक्षमा चुनाव नजितेको राप्रपा खत्तम छ| हामी हिन्दु समेतले उनको कुरा पत्याउने छैनौ| ज्ञानेन्द्रको प्रत्यक्ष शासन ताका मेदियालाई खुवाउने र सुलसुलेलाई बाँड्ने भनेर १३ करोड कुम्ल्याएका थिए कमल थापाले|
    उस्तै भए त्यो बेलाका मन्त्रीहरु सबै अहिले जेलमा हुने| तर सबै भ्रष्टचारीहरु जो सरकार आए पनि आफ्नै आफ्नो नाता परेर पो खत्तम भयो यति सुन्दर नेपाल|

    Reply
  3. Shankar says:
    September 15, 2015 at 7:47 am

    जन्म ले हिन्दु भएका , ९० प्रतिसत नै भएपनि देश हिन्दु होस् वा निरापेक्ष्य खासै नेपालि ले मतलब राख्दैन | आफ्नो फाइदा को लागि धर्म को नाउ लिने र धर्म कै नाम मा राजनीति गर्ने बाट न त् हिन्दु कै उत्थान हुन्छ , न धर्म कै बिकास र बिस्तार हुन्छ |
    नेपाल को पुजारी हरु , कमल थापा , राजा आदि बाट हिन्दु धर्म मा तेत्रो के योगदान पुग्यो ?
    बरु राम देब ले योग को माध्यम बाट , पण्डित नारायण पोख्रेल को प्रगति सिल प्रबचन ( कामीलाई गणेश राखेर सप्ताह लगाए ) आदि बाट र पण्डित रबि संखर, कृपालुजी महाराज आदि ले बरु ब्याख्या बाट केहि सेवा गरेका छन् |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme