असोज ३ गते संविधान जारी हुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भवन गजबले सिँगारिएको थियो। प्रशस्त अतिथि बोलाइएका थिए। सभासद्हरु आफ्नो पहिचान झल्कने पोशाक लगाएर उपस्थित भएका थिए। नेपालको इतिहासका लागि यो एउटा महत्त्वपूर्ण दिन थियो। २००७ सालदेखि संविधानसभा मार्फत् आफ्नो संविधान आफै बनाउने चाहना पूरा हुने दिन। हेर्नुस् अंगद ढकालले खिचेका केही फोटो
संबिधान जारी भएकोमा खुसी त लागेको छ /
तर नागरिकता सम्बन्धमा महिला प्रति विभेदकारी धारा हरु पढ्दा सारै दु:ख लाग्यो / आजको जमाना बनेको संबिधानमा पनि यस्तो विभेद गर्ने महिला प्रति? यी पुरुषबादी बुढा नेताहरु ले यस्तो महत्वपुर्ण सामाजिक कुरामा पनि कस्तो पक्षपात वा लापरवाही गरेछन त?