Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फोटोमा हेरम् ह्यान्डसम प्रधानमन्त्री अनि राष्ट्रपतिका उम्मेदवारहरु

Posted on October 27, 2015October 27, 2015 by Salokya

1-ADP_7329
म‍ंगलबार राष्ट्रपतिको लागि उम्मेदवारी दर्ता गर्ने दिन थियो। समय थियो बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म। सबैभन्दा पहिला उम्मेदवारी दर्ता गर्न आए सत्ता गठबन्धनका उम्मेदवार विद्या भण्डारी। एमाले उपाध्यक्ष विद्या भण्डारीका प्रस्तावक थिए एमाओवादी अध्यक्ष प्रचण्ड र समर्थक थिए राजतन्त्रको नाममा भोट माग्ने राप्रपा नेपालका अध्यक्ष कमल थापा। सत्ता गठबन्धनका अरु सदस्यहरु पनि समर्थकमा भए पनि फोरम लोकतान्त्रिकका विजय गच्छदारको नाम भने त्यसमा थिएन। प्रधानमन्त्री केपी ओली चाहिँ रातो टाइमा टोपी नलगाई सुटमा नयाँ बेहुला जस्तो ठाँटिएर आएका थिए। उनको अनुहारमा चमक पनि गजबको थियो। हेरौँ अ‍ंगद ढकालले खिचेका केही फोटोहरु।

Prez_Election_Angad (1)

यो कुर्सी भन्ने चिज पनि गजब कै रहेछ। प्रधानमन्त्री बन्नुअघिका केपी ओली र अहिलेका केपी ओलीको फरक हेर्नुस् त। कस्तो धपक्क बलेका छन् अहिले ओली

Prez_Election_Angad (2)

देशको सर्वोच्च पदमा बस्ने निश्चित प्रायः भएपछि विद्या भण्डारी पनि दङ्ग।

Prez_Election_Angad (3)

प्रधानमन्त्री ओलीको हाउभाउ हेर्नुस् है।

Prez_Election_Angad (4)

प्रधानमन्त्री ओलीको हाउभाउ।

Prez_Election_Angad (5)

भावी राष्ट्रपति विद्या भण्डारी हात हल्लाएर अभिवादन गर्दै।

Prez_Election_Angad (6)

दोस्रोमा नेमकिपाका नारायण महर्जनले पनि उम्मेदवारी दर्ता गराए। तर पछि उनले उम्मेदवारी फिर्ता लिए।

Prez_Election_Angad (7)

तेस्रो उम्मेदवारी दर्ता गरे प्रमुख प्रतिपक्षी दलका उम्मेदवार केबी गुरुङले।

Prez_Election_Angad (8)

Prez_Election_Angad (9)

यसपटक राष्ट्रपतिमा सुवास नेम्वाङको पनि चर्चा थियो। तर बाजी जितिन् विद्या भण्डारीले। अघिल्लो स‍ंविधानसभामा चाहिँ माओवादीले माधव नेपाललाई राष्ट्रपति दिन्छु दिन्छु भनेर हिस्स बनाएका थिए।

Prez_Election_Angad (10)

भावी राष्ट्रपतिको चश्मा पोज।

Prez_Election_Angad (11)

Prez_Election_Angad (12)

Prez_Election_Angad (13)

वर्तमान प्रधानमन्त्रीसँग भावी राष्ट्रपति

Prez_Election_Angad (14)

Prez_Election_Angad (15)

भावी राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्री केपी ओलीको गाडीमा चढेर बानेश्वरबाट बाहिरिए।

Prez_Election_Angad (16)

Prez_Election_Angad (17)

Prez_Election_Angad (18)

11 thoughts on “फोटोमा हेरम् ह्यान्डसम प्रधानमन्त्री अनि राष्ट्रपतिका उम्मेदवारहरु”

  1. Kishor says:
    October 28, 2015 at 5:47 pm

    सहमतिको राजनीति आवस्यक थियो तेतीबेला, गिरिजाले माले, मसाले, र मण्डले भंधई देश लै २० वर्ष पछाडी धकेले. आहिले सहमति झन् टड्कारो, काँग्रेसका लोवी पापी ले निर्बाचन भनेको प्रजातन्त्र भन्दै देश लै पछाडी धकेल्दै छन्, भएको सहमति लत्याउदै.

    Reply
  2. Durga Adhikari says:
    October 28, 2015 at 8:10 am

    When she becomes head of the country, she should be able to find out who killed her husband. I am hopeful that the criminal gets the harsh punishment. I want justice for late leader Mr. Madan Bhandari.

    Reply
    1. Surya says:
      October 28, 2015 at 12:49 pm

      That would be awesome but that won’t be easy. She might not even be interested in finding out due to the depth of the case and the potential links that the case might unveil, which may consequently risk her own life. Nevertheless, it would be interesting to find out. This may even lead to the real reason behind the royal massacre.

      Reply
    2. XYZ says:
      October 28, 2015 at 3:14 pm

      पहिला कसले अमर लामा लाइ मर्यो त्यो थाहा पाउनु पर्यो …र यो कुरा विद्या भण्डारी बाट असम्भव छ..कारण उसलाई मात्र थाहा छ.

      Reply
  3. bijay says:
    October 28, 2015 at 6:40 am

    देशमा जति सुकै भादभैलो होस् बाल मतलब , आफु ठुलो हुन पाइहाल्यो दङ्ग छ . अब जनता ले ग्यास नपाओस कि पेट्रोल नपावोस आफुले प्राडो चढ्न पैहाल्छा क्यारे.

    Reply
  4. ekraj says:
    October 28, 2015 at 4:51 am

    It is a good combination of terminally deseased and iliterate, lazy and unqualified gang. We have to watch how many hours a day KP Oli will spend his time in President’s resident.

    Reply
  5. Santosh Lamichhane says:
    October 28, 2015 at 3:34 am

    गाडी चाहिं जज्जब छ ..गरिब देशकाका प्रधानमन्त्रीले तेस्तो चढ्न पाउनु चानचुने हो ?..

    Reply
  6. bibash says:
    October 28, 2015 at 2:51 am

    उखान र टुक्का ले PM पड्कायो अब मुक्का ले मोदी को धोति फुस्कौचा हाम्रो KP सोल्टीले. #kuro

    Reply
  7. punam says:
    October 28, 2015 at 2:22 am

    बिध्द्या भण्डारी र नन्द बहादुर पुनलाई नेकपा एमाले र नेकपा माअोबादीको मत निश्चित बिभाजन हुन्छ कारण स्पष्ट रूपमा बिभाजन भएको छ र हुन्छ किनकी मतदान गोप्य हुन्छ, स्थानीय निर्बाचन मा जस्तो गरि सांकेतिक मतदान गर्न सक्दैन, प्रधान मन्त्रीको निर्बाचनमा पनि बक्तब्यबाजी गरेका थिएँ तर पार्टी फुटाउन सकेन, प्रतक्ष्य मतदान भएकोले पार्टीको ह्वीप भन्दा बाहिर जान सकेन । अहिले को आबश्यकता भनेको जनताले बनाएको सम्बिधानको रक्षा गर्नु हो तसर्थ नेपाली कांग्रेसको उम्मेदवार हरूले निर्बाचन मा बिजयी हुन ज़रूरी छ र हुनु पर्दछ, केबि गुरुड० दाइलाई हार्दिक शुभ – कामना छ, जय नेपाल !

    Reply
  8. bibek dhakal says:
    October 28, 2015 at 12:53 am

    चढाउ बुढा चढाउ: गाडीमा चढाउ, बुइ चढाउ, राष्ट्रपतिको कुर्शीमा चढाउ जहाँ जहाँ चढाउनु छ चढाउ तर देशलाई र जनतालाई बलि नचढाउ तेत्ति हो

    Reply
  9. Raz says:
    October 27, 2015 at 11:55 pm

    जे भए पनि काम नै नगरे पनि प्रधानमन्त्री भन्न सुहाउने चाई हो के K P सोल्टी !! #Kuro

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme