
२०७२ कात्तिक १२ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवको विदाइ र नेपालका प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई स्वागत गर्ने दिन थियो। शपथ ग्रहणसँगै राष्ट्रपतिले आफ्नो कुर्सी नयाँ राष्ट्रपतिलाई छाडिदिए। हेरौँ यो ऐतिहासिक क्षणका केही फोटोहरु अंगद ढकालको क्यामेराबाट।

नमस्ते, नमस्ते : शपथ ग्रहण समारोहमा पहिले नै आइबसेका प्रधानमन्त्री केपी ओली र नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारी।

दुई ‘प्रथम’ महिला (प्रथम महिला सभामुख र प्रथम महिला राष्ट्रपति) का बीचमा प्रधानमन्त्री। प्रधानमन्त्रीले चोरी औँला किन तेर्स्याउनु भा हो कुन्नि, राष्ट्रपतिज्यु चाहिँ मुसुक्कै हाँसिदिनुभो। सभामुख चैँ मुख उतैतिर फर्काएर हेर्दै हुनुहुन्छ।

राष्ट्रपति आइसक्नुभएपछि सम्मान गारद अर्पण गरियो। प्रधान न्यायाधीश कल्याण श्रेष्ठ सबैभन्दा बायाँ हुनुहुन्छ। उहाँले केही समयमा नै अवकाश पाउनु हुनेछ। त्यसपछि त्यहाँ पनि प्रथम महिला नै हुनुहुनेछ। प्रथम महिला प्रधान न्यायाधीश सुशीला कार्की। उहाँ सँगै हुनुहुन्छ उपराष्ट्रपति परमानन्द झा। शनिबार नयाँ उपराष्ट्रपति चुनिएपछि उहाँ पनि आफ्नो बाटो लाग्नुहुनेछ।

राष्ट्रपतिलाई शपथ खुवाउँदै प्रधान न्यायाधीश। राष्ट्रपतिको हातमा रहेको शपथ पत्र कस्तोसँग हेर्नुभएको हेर्नु त प्रधानमन्त्रीज्युले।

शपथ पत्रमा हस्ताक्षर गर्दै राष्ट्रपति। हस्ताक्षर गर्न प्रधानमन्त्रीज्युले गोजीबाट कलम निकालेर दिनुभएको थियो। तर राष्ट्रपतिज्युले त्यसलाई लिनुभएन। फिर्ता गरेर सचिवालयले दिएको पेनबाटै हस्ताक्षर गर्नुभयो।


ल त अब म लागेँ : नयाँ राष्ट्रपतिलाई आफ्नो कुर्सी दिएपछि पुराना राष्ट्रपति नमस्ते गर्दै बाटो लाग्दै।

जानुअघि मञ्चको चारैतिरबाट नमस्ते गरे अनि हात हल्लाए निवर्तमान राष्ट्रपति रामवरण यादवले। २०६५ साउन ७ गतेदेखि २०७२ कात्तिक ११ गतेसम्म सात वर्ष रह्यो उनको कार्यकाल।

राष्ट्रपतिलाई बधाई दिँदै भारतीय राजदूत। 
राष्ट्रपतिलाई बधाई दिन लाम लागेको भिड।

पानी परिरहेको थियो। तर पनि छाता ओढेर लाइन लागेका थिए।

यिनी हुन् राष्ट्रपतिकी ७५ वर्षीया आमा मिथिला पान्डे।

राष्ट्रपतिकी जेठी छोरी उषाकिरण भण्डारी।

राष्ट्रपतिकी कान्छी छोरी निशाकुसुम भण्डारी।

माथिका फोटो नयाँ राष्ट्रपतिको शपथ ग्रहणको थियो। यो भने अर्को कार्यक्रमको हो। यो चाहिँ निवर्तमान राष्ट्रपति रामवरण यादवको विदाइ समारोह। त्यसैमा सहभागी हुँदै चार जना पूर्व प्रधानमन्त्रीहरु।

नमस्ते गर्दै आइपुग्नुभो नेपालका प्रथम राष्ट्रपति।

राष्ट्रगान बज्दा।

नयाँ र पुराना राष्ट्रपतिबीच भलाकुसारी।

विदाइ मन्तव्य दिँदै रामवरण यादव। उनी भावुक भए र बोल्दाबोल्दै गला अवरुद्ध भयो।


निवर्तमान राष्ट्रपतिलाई माला लगाइदिँदै प्रधानमन्त्री केपी ओली।

निवर्तमान राष्ट्रपतिलाई प्रधानमन्त्रीका तर्फबाट बुद्धको मूर्ति उपहार।

सेनाका तर्फबाट परमाधिपतिलाई कलश उपहार दिँदै प्रधान सेनापति।

राष्ट्रपति सचिवालयका तर्फबाट पेन्टिङ उपहार। के उपहार दिएको भन्दै हेर्दै प्रधानमन्त्री केपी ओली।


नयाँ राष्ट्रपतिले दिइन् पुष्पगुच्छा उपहार।


तपाईँ त जानुभो म चाहिँ बाँकी रहेँ : उपराष्ट्रपति परमानन्द झा। उनको कार्यकाल शनिबारसम्म रहेको छ। शनिबार नयाँ उपराष्ट्रपति चुनिएपछि उनी पदमुक्त हुनेछन्।

सभामुखका तर्फबाट पुष्पगुच्छा।

राजावादी बन्दै भोट मागेका कमल थापा निवर्तमान राष्ट्रपतिलाई पुष्पगुच्छा दिँदै।


नारी लै बधाई छ ,
तर हामी हरु कहिले कुवा बाट निस्कने !!!
राष्ट्र पति?,मन्त्रि ??,नारी?? कति बर्ष जॆल?? भन्दा पनि अलि कुट नीतिग्य,पढे लेखेको र राज नीतक्ग्य हुनु पर्ने हो तर के गरे,तेस्त बटक नै छैनन्.
मा नौ लोग्ने मुस्तांग चड्ने,स्वास्नी धमा दम् जगा मा लगानी गरे
हर्ष न बिष्मात!
केहि एमाले र केहि महिलावादी साथै परिवारिक संगोल नातागोता अनि केहि जुठोपुरोको आसे हरुलाई बाहेक देशलाई ठिनगा न हो!
पहिलो रास्ट्रपति माओबादि र कांग्रेसको बखेडाको च्याके दाउ, दोश्रो एमाले र कांग्रेसको लफ़डाको च्याखे!
यो देशले सक्षम र शभ्य अनि बिद्वात्वो कार्यकारिणी र रास्ट्रपति कहीले पाउने होला कुन्नि हेर्दा हेर्दै र आशामा कुर्दै देशको घाम डुब्ने होकी भन्ने भैसक्यो अब त!
रास्ट्रपति प्रत्यक्ष निर्वाचित र कार्यकारी नाभायासम्मा हामि यस्तै यस्तै लाई यसैगरी भोगी रहनु पर्ने भयो, दुखको कुरो यहि रह्यो!
बल्ल बुझ्नु भो गगने ???
खुब रोदन भरिएका छन् नि हजुरका शब्द शब्दमा —
हजुरका माउबादी नेताहरुको गति देख्नु भो नि ऐले त ? कि अझै पनि निद्राले छोड्य छैन हजुरको आँखालाई ?!
उसो त तिमि पनि नेपालको राजनीति प्रति चिन्तित जनता हो भन्ने मैले उबेलै बुझ्या हो के —
त्यै भ र तिम्रो कमेन्ट हेर्छु मैले सधै .
सोच अझै पनि सोच ! के भई’राछ हाम्रो नेपालाँ —
ठिक कि बेठिक ?! अनि को को ले गर्दा यस्तो हुन गो ?! दिमाग त तिम्रो सानो छैन , सोच अब फराकिलो पारेर —
गगने जी !
चिन्ताको कुरा के भने नेपाल नेपाल जस्तो नै नरहे तपाई हामी नेपाली हुनुको गर्ब के ?