पिजे क्लबले आयोजना गरेको नेपाल फोटो प्रतियोगितामा एक लाख जित्ने एउटा फोटो र हजारौँ रुपियाँको पुरस्कार जित्ने अनेकौँ फोटोहरु तपाईँले हेरिहाल्नुभयो। आज पालो फोटो कथाको।
प्रतियोगिताको एउटा विधा फोटो कथा पनि थियो। फोटो कथामा पनि प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार पाउने गर्छ। फोटो कथाका लागि ९० वटा शीर्षकमा फोटोहरु सबमिट भएका थिए।
ती मध्ये तेस्रो स्थान प्याराडाइज रिगेन्ड शीर्षकको यो फोटो कथाले पायो। फोटो किरण पान्डेले खिचेका हुन्। आउनुस्, हेरौँ तेस्रो हुन सफल यो फोटो कथा।
डा. सन्दुक रुइत अपरेसन थियटरमा मोतिबिन्दु रोगीको अपरेसन गर्दै।
डाक्टर आँखामा रहेको दृष्टि कमजोर पार्ने पत्रलाई हटाउँदै।
मोतिबिन्दुको द्रुत अपरेसनपछि आराम गर्दै वृद्धाहरु।
आँखाको शल्यक्रियापछि पुरुष बिरामीहरु आराम गर्दै, उता अरु भने आफ्नो पालोका लागि अपरेसन थियटरबाहिर कुर्दै।
आँखाको शल्यक्रियापछि एक वृद्ध आफ्नो दृष्टि जाँच्दै।
आँखा परीक्षण गर्न एक वृद्ध भर्याङ चढ्दै।
आँखाको शल्यक्रियापछि गुम्बाबाहिर हर्षित वृद्ध।
शल्यक्रियापछि जुस पिउँदै एक वृद्धा।
शल्यक्रियापछि वृद्ध आँखा खोल्दै।
गुम्बाको आँखा शिविर बाहिर आँखा रोगीहरुको समूह फोटो।
राम्रो बिषय तर सतही फोटाहरु…वाइड-लेन्स को दुरुपयोग!
नेपाल को युवा को लागी प्रेरणा लिन पर्ने नेपाली समाज को hero हरु :-
१} अनुराधा कोइराला
२} पुस्पा बस्नेत
३} दिल सोभा श्रेष्ठ
४} डा. सन्दुक रुईत
५}हरिबंश आचार्य
६}मदन कृष्ण श्रेष्ठ
हामी नेपालीहरु को सान भनेको यीनै ताराहरु हुन् / अरु पनि छन् तर हाललाई मेरो सलाम डा. सन्दुक रुईत र उनको राम्रो कम को लागि/
हिरो भनेको डा सन्दुक रुइत हुन् …..यीनी लाइ मेरो लाख सलाम
अस्तिको १ लाख पाउने फोटो भन्दा यि फोटोहरु धेरै उत्कृष्ट छन~
डा. सन्दुक रुइतलाई सबैको आशिस लागोश !!!!