आर्थिक र भौतिक विकासका लागि विश्वकै मोडेल मानिएको अमेरिकाले यही जुलाई ४ मा ३३७ औं स्वतन्त्रता दिवस मनाउँदैछ। केही अपवाद बाहेक विश्वभरका देश र जनताले अमेरिकी पूँजिवादी अर्थतन्त्र, बहुलवादी समाज र व्यक्तिगत स्वतन्त्रता जस्ता कुरालाई पछ्याएका छन्, अमेरिकी संस्कृतिको ग्लोबलाइजेसनलाई स्वागत गरेकै छन्। ‘मोडेल’ र ‘लिडर’ भएपनि अमरिकी समाज र अर्थतन्त्र दोषमुक्त भने छैन। यहाँ आर्थिक विपन्नता, आयको असमान वितरण र सामाजिक विभेदका समस्या पनि टड्कारो देखिन्छ। सरकारी तथ्याङ्क अनुसार १६% अर्थात् करिब ५० मिलियन (पाँच करोड) जनता गरिबीको रेखामुनि छन्। ५-६ लाख जति त घरवारबिहीन नै छन् भने दुई तिहाइलाई सरकारले शेल्टरमा राखे पनि बाँकी दुई लाख जति त सडक छाप छन्।
नेपालमा हुँदा पत्रकारिता गर्ने विमल नेपाल केही वर्षदेखि अमेरिकाको बोस्टनमा फोटोग्राफीमा जमेका छन् र उनले अमेरिकी सडक-जनजीवनमा आधारित ‘द अमेरिकन लाइफ’ नामक स्ट्रिट फोटोग्राफी किताब पनि चाँडै प्रकाशित गर्दैछन् जसमा सडकमा देखिएका मानिसका जीवन शैली, फेशन र गतिविधि फोटोमार्फत् प्रस्तुत हुनेछन्। बोस्टन युनिभर्सिटीबाट फोटोग्राफीमा ग्र्याजुएट विमलका फोटा नेशनल जोग्राफिक, हार्वर्ड युनिभर्सिटी लगायत केही अन्य पश्चिमी मिडियामा प्रकाशित छन्।
प्रस्तुत छ – डकुमेन्ट्री र स्ट्रिट फोटोग्राफीमा केन्द्रित पत्रकार तथा फोटोग्राफर विमल नेपालले बोस्टन सेरोफेरोमा लिएका घरवारबिहीन अमेरिकीहरुका केही श्याम-स्वॆत डकुमेन्ट्री फोटाहरु:
अमेरिका को गरिबीको रेखा भनेको नेपाल को धनि बराबरको हो र दृश्यमा भएका सबै कि त आपराध गरेर जेल बाट फर्केका हुन् कि दिमाग फुस्केका हुन्. मेरो ९ वर्षको अमेरिका बसाइमा अमेरिकन हरु संसार कै बढी काम गर्ने मान्छेमा पर्छन . अमेरिकाको गरिबी रेखा येहा हेर्नुस http://aspe.hhs.gov/poverty/13poverty.cfm
नविन जी तपाई पनि लण्डन तिर नै हो कि जस्तो लाग्यो ! यहाले उक्त तस्विर मा देखिएका मध्ये ९९ प्रतिशत अल्छी हुन् भन्ने कुराको तथ्यांक कहाँ बाट आयो भनि प्रश्न गर्नुभा रहेछ ! यो मैले देखेको अमेरिका को अनुभव हो ! अब मैले १ प्रतिशत अल्छी हुन् अरु बाध्यताले गर्दा एस्ता भएका हुन् भनुला फेरि तपाई प्रश्न गर्नुहोला कुन तथ्यांक अनुसार ! नविन जी पढ्नु एउटा कुरा हो आँखा ले देख्नु अर्को कुरा हो ! तपाइले मलाई अमेरिकी इतिहास पढ्ने सुझाव पनि दिनु भयेछ ! म तपाई लाई आफ्नो आँखा ले नै हेर्नुस भन्ने सुझाव दिन्छु ! हालसम्म मेरो कमेन्ट मा तपाई बाहेक अरुले बिरोध जनाएको देख्दिन (नेपाली समय अनुसार 5 July को 19 : 55 सम्म ) तपाई येति मा नै चित्त बुझाउनुस माइसंसार क़ा विद्वान पाठक हरु तपाई को कुरा संग कति सहमत छन् भनेर ! अर्को कुरा बाउ आमा ले घर बाट निकालेर , बिरामी परेर homeless भा इत्यादी ! तेसो हो भने UK म कोहि पनि homeless हुनु नपर्ने , यहाँ को सरकारले बेरोजगारी भत्ता देखि homeless हरुलाई Shelter सम्म प्रदान गर्छ तर उनीहरु सडक या पार्क म़ा नै बस्न मन गर्छन, स्वास्थ्य उपचार निशुल्क छ तर पनि उनीहरु अस्पताल सम्म जान मन गर्दैनन, तपाई लण्डन म़ा नै हो भने त यो सबै देखेको हुनु पर्ने (खोइ कुन चाही नविन पर्नु भो?) लण्डन वरिपरि कति Homeless छन् अब तिनीहरु लाई अल्छी नभनेर के भन्नु त ?
येसरी सबलाई drug addict भन्नु भा भएर प्रतिवाद मात्र गर्या हो, अरु केहि होइन, म shelter मै काम नगरेनी मेरा गोरे साथि हरु shelter मा काम गर्छन , बेला बेलामा बिचिप्ता भएर कुरा सुनौचन, तथ्यांक हरु जान्ने मैले तेसरी मौका पाए | धेर-थोर drug addict , alcoholic हरु छन् , सब रहर ले homeless हुदैनन् | तेस्को पछाडी उनीहरुको जीवनका कथाहरु जोडेका हुन्छन | उनीहरुलाई पनि सुकिला-मुकिला लुगा लगाएर बस्ने मन हुन्छ, एउटा घर भए घर जान इच्छा हुन्छ , कुरा नबुझी ‘ एह अल्छि , काम गर” भन्न सजिलो छ अनि मैले तलको comment मा दिएको video को लिंक हेर्नु भो भने प्रस्ट हुन्छ , उनिहरु काम गर्न चाहेर पनि काम पाउदैनन , अनि सडकचाप नभएर के हुनु ? अरुलै दुइ सब्द बोल्नु अघि, दुइ-चार कुरा बुझ्नु जरुरि छ , र येह को जानकारीको लागि मा california को santa clara area तिर बिगत दस वर्षदेखि बसोबास गर्दै छु | म नेपालीको भिडमा प्राय हरौदिन र ३६५ दिन मा ३६५ दिन म यहाकै गोरेमित्र हरुको भिडमा हुन्छु , उनि हरु जीवनशैलीमा पूर्ण रुपले भिग्य छु | तपैले जस्तो नेपालीको भिडमा रहेर दुइ-चार दिन अमेरिका देख्नु र दसौ बर्ष यिनीहरु संगको घुलमिलले मलाई धेर-थोर कुराहरु बुझाएको छ | विश्वास गर्नु , दुर्बेसेनीहरु पनि छन् तर सबलाई खाल्डो खनेर एकै ठाउमा पुर्नु चाही बुद्धिमता होइन मेरो विचारमा | थुप्रै-थुप्रै हरुको रहर होइन , विवसता हो homelessness | तपाइको पनि भै खाको घर गुमे , श्रीमती पोइल गए, ठुलो रोगले सब सम्पति चट भए, तपाई पनि स्वत दुर्बेसनमा लाग्नु हुनेछ , त्यो मानबिय बिचिप्तिपना हो | कसैले तपाइलाई पनि बाटामा ‘काम गर अल्छि , जडया’ त्यो अवस्थामा भने सुरुमा चित दुख्ला तर पछि पचाउनु हुनेछ | मैले देखेको homeless र तिनीहरुको अतितको जीवन एक्दम्मै भिन्न छ |
अनि यो देश immigrants हरुले बनेको देश, अस्ति भक्कर 4th of July , मानिसहरुलै यो देशमा आफ्नो र येही देशको भविस्य कोर्न मौका पाउछ | यो देश बनेकै तपैहरु जस्ता immigrants हरुले गर्दा हो भन्छन यहाँका सरकार | सानोतिनो काम गर्न नसकी DV Lottery को मध्यमले कामदारमात्र भित्रौनेय भन्ने कुरा चाही एकदम हासो उठ्दो कुरा | अब नेपालीको हुलमुलमा मात्र रहेर अमेरिका चिन्नु हुने मित्रहरुले मेरो यो पोस्ट मा Vote Down गरेमा मलाई कुनै समस्या छैन |
यहाँ नेर साथीहरुलाई जानकारी नभएको जस्तो लाग्यो| यिनीहरु अधिकांश मानसिक रोगि हुन्छन| पश्चिमी समाजमा पारिवारिक नाता पनि खासै बलियो नहुने भएकोले यी विचराहरु सडकमा पुगेका हुन्| यस्तै सम्बन्ध नेपालमा पनि हुने हो भने ५०% युबा सडकमा हुन्थ्यो होला|
अरु त ठीकै हो, यो ‘फोटो’ भन्ने शब्दलाई ‘फोटा’ वा ‘फोटाहरू’ लेखेको देख्दा भने मलाई अनौठो लाग्छ । बाटोलाई बाटा, ठिटोलाई ठिटा भने जस्तै फोटोलाई फोटा भन्ने नियम लगाको होला, तर फोटो त अंग्रेजी शब्द हो जबर्जस्ती फोटो गरेको ठीक होइन जस्तो लाग्छ मलाई त ।
सरकारी भत्ता आएको १ दिन मा नै रक्सि, दृग्स मा सबै पैसा सके पछि नमागेर के गरुन त अल्छी हरुले? बाकी ६ दिन पनि खाने पर्यो kyare???
एस प्रकार का मान्छे हरु संसार को सबै तिर देखिन्छन, जापान, अमेरिका,बेलायत, फ्रान्स इत्यादि ! देश को अर्थतन्त्र संग एसको कुनै लेनदेन छैन ! माथि फोटो मा देखिएका मध्ये ९९ प्रतिशत अल्छी र दुर्व्यसनी हरु हुन्, जुन कुरा अरु साथि हरुले पनि लेखि सक्नु भो ! यिनी हरु आफ्नो मर्जीले Homeless भएका हुन् , सरकारी नीति ले गर्दा हैन !अमेरिकी हरु सकेसम्म सानोतिनो काम गर्न अघि सर्दैनन , तेसैले गर्दा DV Lottery जस्तो कार्यक्रम ल्यायिएको हो ! एस्ता अल्छी हरुले काम गरे बस्न खान जत्ति पनि पाउछन ! abcd सम्म नजान्ने नेपाली हरुले समेत Homeless नहुनु पर्ने अमेरिकामा यिनी हरुले गासबास नपाउनु भनेको अल्छिपन बाहेक केहि होइन ! बिमल जी को फोटो संग मलाई केहि शिकायत छैनन् , फोटो हरु राम्रा छन् , भन्न खोजेको कुरा उनीहरुको अवस्था को लागि उनीहरु नै जिम्मेदार छन् सरकार होइन !
सुनिल जी एक चोटी यो विदेओ पनि हेर्ने कि , उता लण्डन मै बसिकन |
https://www.youtube.com/watch?v=AusCA28efa0
अल्छी र दुर्व्यसनी हरु छन् तर ९९% अल्छि भन्ने आंकडा कहाँबाट पाउनु भो , श्रोत खुल्छ कि ? कुरा सहि हो कतिपय हरुलाइ १८-२० वर्ष कटे पछि घरबाट लात हानेर निकालिदिन्छन, अनि काम गर्नुको सट्टा अर्को state तिर गयो, भौतारियो , अल्छि सदकचाप बन्यो तेही हो | कसैको मोर्गेज तिर्न नसकी घर लिलामीमा पर्छ , अनि तिनीहरु अर्को होमेलेस | थुप्रै युद्ध ताका घरबार बिहिन veteran हरु पनि प्रशस्तै छन् | कोहि अरु सिकिस्त बिरामी परि insurance बिल तिरी-तिरी घरबार बिहिन छन् | अनि अमेरिकीहरु सानो तिनो काम गर्न नसकेको कारणले DV lottery कार्यक्रम भन्ने वाहियात कुरा अरु केहि लागेन | अमेरिकी इतिहास नबुझी अलि गफ नफलाके बेश हुन्थ्यो कि? जानुस एक चोटी अमेरिकी इतिहास खरर पढ्नुस अनि किन यो देशमा immigrants हरु भिन्त्रिछ आफै प्रस्ट हुनेछ |
यी तस्बिरहरु हामी नेपालीहरुको कागको पछाडी कान नाचामी दौडिने प्रवितिलाई गतिलो झापड हो | अमेरिका भनेको एस्तो पनि हो भनेर बुज्नु जरुरि छ, नेपालमा भएका मित्रहरु प्रायले अमेरिका भनेको धनि-नै-धनि बस्ने देश सोच्चन , तेसो होइन , ई येस्ता पनि छन् भनेर देखाएको भान हुन्छ तस्बिरहरु ले ||
जिबन को बास्तबिकता : रमाउन सिक्नु पर्छ, जहाँ पनि जैले पनि जुन अवस्था मा पनि. बस यत्ती हो
अमेरिकामा को सडकछाप बन्छ?
०१. नेपालमा जुन घटनालाई सामान्य मानिन्छ त्यो कुरा अमेरिकामा अभिलेखमा रहने ठुलो अपराध हुन् सक्छ/ नेपालमा गरिने यउटा गालि र हानिने यउटा सामान्य थप्पड अमेरिकामा “फ़ेलोनि” मा दरिने अपराध मानिन्छ/ फ़ेलोनिमा दरियाको व्यक्ति कुनै पनि रोजगारदाताको रोजाईमा पर्दैन/ हाम्रो देसमा “सजाय” लाई व्यक्ति चोख्याउने प्रक्रियाको रुपमा लिइन्छ र सजाय भोगी सके पछि व्यक्ति चोखियको मानिन्छ/ तर अमेरिकामा “सजाय” व्यक्तिको आचरण माथि लागेको यस्तो दागहरु कसैको आचरणमा डामेको कालो टाटु जस्तै हुन्छ/ कुनै पनि व्यक्तिको आचरण माथि लागेको यस्तो दागहरु instantcheckmate .com जस्तो थुप्रै वेव साईटहरुले ह्वाङ्गै देखाईदिन्छ/ यस्तो वेव साइटले कुनै व्यक्तिको अमेरिकाको कुनै कुनामा कहिले कुनै अपराध गरेको रिकर्ड छ छैन निशुल्कनै देखाई दिन्छ र न्युनतम शुल्क तिरेमा उसको भुत र बर्तमानको जन्मकुण्डलीनै देखाईदिन्छ/ तेस्तो व्यक्तिको गोजीमा रकम भय सम्म छतमुनि बास हुन्छ/ तेस्पछि उ सडकछाप हुन्छ/
०२. व्यक्तिको निश्चित ठेगाना पनि रोजगारी पाउने प्रमुख आधार मध्य हो/
काम पायन आम्दानि छैन भनेर कसैको घरमा पाहुना बनेर निश्चित समय भन्दा बढी बस्न बसाउन पनि सक्दैन/ व्यक्ति बसेको ठेगाना लुकाउनु र दर्ता नगर्नु पनि अमेरिकामा अपराध नै हुन्छ/ यस्तो गर्ने र गर्न दिने दुबैलाई कार्यवाही हुन् सक्छ!!! त् अमेरिकामा “अतिथिति देवो भव:” भन्नु अघि पनि शोच्नु पर्ने हुन्छ/
०३. नोकरी खोज्ने व्यक्ति अमेरिकामा तोकियाको मापदण्ड अनुशार प्रयोग गरिने “मानवीय पुर्जा” जस्तै मात्रै हुन्/ यस्तो कुनै पुर्जाले तोकियको मापदण्ड र अर्हाय बमोजिम काम गर्दैन बा गर्नसक्दैन भने तेस्तो मानवीय पुर्जाको हैसियत काम नलाग्ने मेशिनको पुर्जा जत्तिकै हुन्छ/ तेस्तो काम नलाग्ने ठहर गरियको मेसिनको पुर्जा यात रद्दीको टोकरीमा फालिन्छ या रिसाइकलिनमा पठाइन्छ/ मानव पुर्जा भय सडकछाप हुनु पर्ने अबस्था आउँछ/
०३. अमेरिकामा मानव पुर्जा (नेपालमा मजदुर श्रमिक जागिरे आदि भनिने) को दाईत्व अह्राय बमोजिम तोकियको समय भित्र तोकेको मापदण्ड अनुशर काम गर्ने हो/ यहि दाईत्व पुरा गर्ने नै “मजदुर श्रमिक र जागिरेको अधिकार” हो/ यसको अन्यथा खोज्ने पनि सडकछाप बन्छ/ अह्राय बमोजिम कम नगरेकोमा बा कुनै आरोप लागेर काम बात निकालेको व्यक्तिको विवरण पनि हेर्न सकिने थुप्रै वेवसाइतहरु छन्/ कसैलाई काममा लगाउनु अघि व्यक्तिको तेस्तो विवरण काम खोज्ने व्यक्ति आफैले पनि खुलाउनु पर्ने र काममा लगाउनेले पनि हेर्न बुझ्न सक्छ/ यो अर्थमा मुल्यांकन गर्ने हो भने नेपालका मजदुर नेताहरु र तिनीहरुकै जस्तो प्रबिती भयकाहरु अमेरिकामा सडकछाप नबन्नु “आठौँ आश्चर्य” को कुरा हुन्छ/
०४. अमेरिकामा व्यक्तिले आफ्नो क्रेडिट हिस्तरी राम्रो बनाउनै पर्ने बाध्यता छ/ उधारोमै सामान किन्नु र उधारोमा लियको रकम समयमा तिर्ने पछ/ जसले यो कुरामा गल्ति गर्छ उसको गोजीमा रकम भय सम्म छतमुनि बास हुन्छ; तेस्पछि उ सडक छाप बन्छ/ अपार्टमेन्ट समेत भाडामा पाउंदैन तेस्तोले/ कुनै कुनै कम्पनीले त् क्रेडिट हिस्तरी नराम्रो भयकोलाई काम समेत दिंदैन/
तेहा सडकछाप हरुको पनि standard रहेछ, येहा महल (सिंह दरबार) मा बस्ने, पजेरो चड्नेहरुको पनि कुनै standard छैन.
अमेरिकामा गरीब नभएका हैनन थुप्रै गरीब छन त्यसैले कहिलेकाही गरीबीको कारण आत्माहत्या गरेको सम्म खबर सुन्न पाईन्छ तर यी फोटोमा देखिएका भनिएकाहरु गरीब नभएर प्राय मागेर खाने बानी परेकाहरु देखिन्छन।
जेहोस अमेरिका हात अनि दिमाख चलाउन जान्ने र धनीहरुको लागि स्वर्ग हो।त्यँहा युरोपको जस्तो सोसियल एसिस्टेन्सिप र हेल्थ ईन्सुरेन्स सम्बन्धी धेरै कमजोरी चाही देखिन्छ।
यिनीहरु बाध्यताले मागेर खायाका होइननन आफ्नो इच्छाले मागेका हुन्/
यो समाचार लेख्नु अघि आफ्नो देसको माग्नेको बारेमा सोचेको भय राम्रो हुन्थ्यो/
आफ्नो देसमा एरपोर्ट ओर्लेदेखी ,बजारमा ,मन्दिरमा जताततै बाध्यताले खान नापयारा आधी खाली पेट गरेर बसेका माग्नेहरुको बारेमा सोचेको भय राम्रो हुन्थ्यो होला / नेपाली सडकछाप् को बारेमा पनि लेखिदिनुहोला साथै फोटो पनि /
अन्धोले हात्ती छामेर अनुमान गरे जस्तो लेख र कमेंट्स लेख्नु भन्दा राम्रो फोटोग्राफीको कला र समग्र अमेरिकी जीवनको एक आंशिक पाटोको रुपमा बुझ्दा राम्रो हुने थियो /
बिक्रम जी ले यी फोटोहरुमा ” यो हो असली अमेरिका” भनेर देखाउन खोज्नुभाको जस्तो लागेन – बरु “सपनाको भुमि” अमेरिका भित्रको एउटा पाटोलाई प्रस्तुत गरेको माने मैले ! केहि साथीहरु त्यसै कुरै नबुझी बम्केको देख्दा त् मलाई लिंडे कार्यकर्ताहरुलाई आफ्नो पार्टीको नेतालाइ हेपेर बोल्दा रिस उठेको जस्तो लाग्यो. सारै नै चित्त दुख्यो जस्तो छ 🙂
अनि फोटोग्राफी एकदम राम्रो लाग्यो – मलाइ फोटो जज गर्न राम्ररि आउदैन तर किन किन धेरै कुराहरु मिलेको स्तरीय तस्विरहरु जस्तो फिल भयो, हेर्न बित्तिकै…….बिमल जी लाइ धेरै धेरै सुभकामना !
अनि यत्तिकै नेगेटिभ कमेन्ट गर्ने हरुलाई सुझाव – ” कैले काही फोसिटिभ तरिकाले पनि सोचम न, नेगेटिभ त क्यामेरा भित्र पनि हुन्छ “
मेरो क्यामेरामा त SD Card पो छ त 😛
बिबेक जी लाई अर्को सुजाब !
लेख र कमेन्ट राम्रो संग पढेर तपाइले पनि कमेन्ट गरे राम्रो हुने थियो होला भन्छु म !
फोटो सबैले मन पराएको छ, बिमल जी को फोटोग्राफी को सबैले राम्रै गुनगान गएको छ. मलाई पनि मन पर्यो, तर कुरा यहाँ फोटो हरुको भन्दा पनि बिमल जी ले अमेरिका को अर्थतन्त्र माथि उठाएको प्रसङ्ग को हो! अनि मलाई पनि लाग्छ एस्तो फोटोहरु संग देसको अर्थतन्त्र माथि औला उठाउनु, बिमल जी चुक्नु नै भएको छ !!
फोटोग्राफरले बिभिन्न थिम मध्ये एक सडकका बिषयलाई रोजेर फोटो खिचे । उनले नितान्त कला प्रस्तुत गर्न खोजे । पाठकहरूले फोटो हेरे – अनि सुरु भयो आरोप प्रत्यारोप । सक्छस भने नेपाल फर्की । खैरेको ट्वाइलेट किन सफा गर्छस ? स्याललाई अङ्गुर अमिलो, अमेरिका जान नपाएर छट्पटाएको । पासपोर्ट च्यातेर फालिस । बिस्तारै प्रचण्ड र सुशिल कोइरालामा कुरा पुग्छ । अनि बिमल जीको सुन्दर तस्बिर कता हो कता अलप हुन्छ ।
हाम्रो कलाको कदर गर्ने तरिकाको जय होस ।
पाखुरा खैचाउने लाई संसारको जुनसुकै मानब बस्तीमा गए पनि भोकै मर्नु पर्दैन ..हामि नेपालि अल्छी भयर बिग्रेका हौ / रीश उठ्ला माफ गर्नोस ! नेपालि सरकारी कर्मचारीहरुले यूरोप अमरिकाको तुलनामा २५ % मात्र काम गर्छन ….
साध को मकै बारीमा ओल्लो पाटामा दुइ घोगा र पल्लो पाटामा मुस्किल ले एक घोगा मकै लागे पछि आफ्नै पाखुरालाई दोष नदियर के गर्नु?नेपाल प्रकितिले दियको बरदान हो जहा १२ महिना उब्जाउन सकिन्छ जागर भए! यूरोपलाइ हेर्दा ७ महिना हिउ ले मान्छे दुलो बाट बाहिर निस्कन्नन र पनि अरुलाई बाडेर जिउछन / उनीहरु मरेर काम गर्छ न सिजनमा र त सुखी छन् / हामि भने चौतारामा तास खेल्न र गफ हाक्न पाय खान पनि बिर्सन्छौ अनि ?
२३७ औ स्वोतान्त्रता दिवस हुनु पर्ने होइन र ?
हो. मैले पनि कहाँ बाट ३३७ भयो अमेरिका १७७६ मा हो सोतंत्र भएको .
नेपालकै माग्नेहरुले पनि तेसरी नै एउटा एउटा कुकुर पाली दिएत भुस्याहा कुकुर धेरै कम हुने थिए होलान | पैसा दिदा पनि मजै हुन्थ्यो होला |
बिमल जीलाई शुभकामना ….
वा जे भए पनि आज भद्र अनि सौखिन माग्ने हरु देखेर दंग परे/जे होस् हाम्रो मुलुक मात्र धनि देखे मैले किन कि कम से कम हाम्रो देश का माग्ने हरु को झुपडी त् आफ्नो छ नि कि कसो?हरे बिजोग अमेरिकी जिन्दगी/के फुइ लाउनु अमेरिका ले हाम्रो देश को अगि/
सुकिला मुकिला गरिवहरु… हाम्रो देसका सर्बहारा सग मिल्द-जुल्दा
यिनीहरु माग्ने वा घरबार बिहिन होइनन काम चोर हुन् … करोडौ आप्रबासीले काम पाउदा यिनीहरुले काम नपाउने भन्ने कुरै आउदैन , मेहेनत गर्ने जागर हुनु पर्यो नि .. सब उल्ट्रा मोडर्न माग्नेहरु हुन् .. बरु आफुमा भएको केहि शिप सडकमा देखाएर गुजारा गर्नु धेरै राम्रो हो धेरै ले गरिरा पनि छन् , जस्तै street magic, music playing, different stunts etc..
यी मोर अल्छी का पोकाहरु हुन्. यहाँ दिन मा ८ घण्टा काम मात्र गर्यो भने AC भएको घर मा बस्न पायिन्छा. दिन दिने मासु भात टन्न खान पैन्छा. second hand honda civic chanda pugchha. sabai thok pugcha. यागा मिहेनत मात्र गर्नु पर्छ सबै थोक पुग्छ.
‘जोगी’ नै हुन्छु भनेपछि कसको के लाग्छ !
गरिबी रोजेर गरिब भएका हुन् इनिहरु | आफ्नो लागि खान आबसेक पर्ने कमाई गर्न तेती गार्हो छैन जस्तोलाग्छ | तर हाम्रो नेपालमा भने काम गर्छु भन्दा पनि कम पाइदैन | आफ्नो कला देखाएर माग्ने अथवा परिस्थितिले गर्दा बस तथा ट्रेन को टिकेट किन्न खुद्र पैसा माग्ने त साधारण हो बिकसित मुलुक हरुमापनि |
मैले अमेरिकामा यी फोटोहरुमा देखयियेका गरिबहरु भन्दा पनि गएगुज्रेको हालतमा मानिशहरु देखेको छु . अमेरिकामा कूल जनसंख्याको १६% अर्थात् ५ करोड जनता गरिबीको रेखा मुनि छ र नेपालको कूल जनसंख्याको २५% अर्थात् ७५ लाख जनता गरिबीको रेखा मुनि छन्. तर यी दुइटा कुरालाई येसरी सिधै तुलनाचाही गर्न मिल्दैन. किनभने त्यो गरिबीको रेखाको ब्याख्या प्रत्यक देशको जीवनस्तर अनुसार फरकफरक तोकिएको हुन्छ. मलाई नेपालमा कतिभन्दा कम आम्दानीलाई गरिबीको रेखामुनि हुञ्छ भनेर थाहा भएन. तर अमेरिकामा ४ जना सदस्य भएको परिवारको कूल आम्दानी यदि $ २३,५५० भन्दा कम भए गरिबीको रेखा मुनि भनेर तोकिएको छ. तेसैले हामिले के बुझ्नुपर्छ भने अमेरिकाको परिभाषाको गरिब भन्दा हाम्रो देशको परिभाषाको गरिबमा धेरै अन्तर छ. हाम्रो देशको गरिबहरु धेरै नै दयनिय छ. येसो भन्दा मलाई दुख लागिरहेछ तर बास्तबिकता त यहि नै हो.
Every country has “Grave-yard”.
Apart, sincere appreciation goes to Mr. Bimal for his work.
Kati kuhere le matra hamro photo line, hoina ta 🙂
मेरो अमेरिकाप्रतिको जिज्ञासा यी फोटाहरुले अझ फैलाइदिएका छन् । धन्यवाद बिमल जी, यो सुन्दर प्रस्तुतिको लागि ।
अमेरिकन प्राय मुस्लिम हरु का बिरोदी नै छन भन्ने कुरा ओनिहरुलाई प्रस्टै छ र पनि ईराक अफ्घनिस्तन मा रोज्गारी को सिल्सिलामा ज्यान गुमाएका छन भन्छन अमेरिका मा काम पाउन गाह्रो छ आप्रबासी ले जस्तो सानो तिनो काम सानो तिनो स्टोर मा काम पाइदेन र दिगो पनि हुन्न लाईफ गाह्रो छ गुजारा चलाऊन लाई । काला भन्छन गोरा सडक छाप छन , गोरा भन्छन काला लुटेरा मडर अनी क्रिमिनल छन । को के छन त्यहाँ बस्ने साथी हरु लाई थाहा होला । देस सम्पन्न छ तर जनता सम्पन्न छैनन ।
Most of them do not want to work and have been addicted….
……
Shyam Giri
USA
marvelous photography!!
फोटो मा त सबै सुकिला मुकिला माग्न बसेका मान्छे हरु रहेछन. त्यो भन्दा पनि misearable condition भएका मान्छे हरु पनि हुन्छन यहाँ.
मेरो करिब ५ बर्षको अमेरिकाको बसाइमा धेरै माग्नेहरु बाटोमा देखें / तर ति सबै वास्तविक माग्ने होइनन् / धेरै जस्तो युवाहरु ड्रग्स, मदिरा खानको लागि माग्ने गरेको पाएँ /
दोश्रो कुरो, भाषा अनुकुल हुँदाहुँदै र स्वास्थ्य राम्रो हुदाहुदै पनि काम नगर्ने अल्छीहरु बाटोमा सौख र रमाइलोको लागि पनि माग्न बसेको देखें /
बिमलजीले राख्नु भाको फोटोमा नै देख्नु भयो होला, कति राम्रो गगल्स लगाको, कोहि कुकुर समेत पालेको, कोहि राम्रो कपाल काटेर पत्रिका पढ्दै, कोहि हेर्दै टाटु हानेर राम्रो पोसाकमा बसेको ! यस्तै यस्तै अल्छी, कामचोर, ठग र दुर्ब्यवसनि मात्र अमेरिकामा माग्ने कार्यमा लागेका छन् / नेपालमा जस्तो गरिबी, दैबी बिपत्ति, बेरोजगार आदिको कारणले माग्ने यहाँ हुदैन /
यसै पनि बाटोमा भेट्टाउने बोतल, सिसि मात्र पनि दिनमा २०० वोटा जति गर्बेजबाट निकालेर सडक कै छेउमा राखेको अटोमेटिक मेसिनमा घुसार्यो भने १०/१५ डलर भैहाल्छ / त्यति पैसाले त अमेरिकाको कुनै पनि कुनामा पुगेपनि १ जनालाइ २ दिन पेट भरि खान पुग्छ !
एकै थीममा आधारित अत्यन्त सुन्दर तस्वीरहरु, अनि सानो परिचयात्मक लेख | धेरै धेरै सुभ कामना – बिमल जी लाइ |
नकारात्मक लाइ होइन सकारात्मक लाइ पछ्याउ – अमेरिकी हरु पनि सानो दुख ले यहा सम्म आइपुगेका होइनन ! हरेक अमेरिकी हरु ले गर्ने भयाबह दुख को सानो अंस मात्रै हामीले गर्ने हो भने हाम्रो देश धेरै बिकसित हुने थियो !
फोटोका यी व्यक्तिहरु मध्ये अधिकांस दुर्व्यशानी हरु हुन्, जो कम गरेर खाने नभई मागेर वा चोरेर लागु औषधि मा लागेको आफ्नो लत लाई पुरा गर्ने गर्छन. यसले वास्तवमै अमेरिकी अर्थतन्त्र को प्रतिनिधित्व गर्दैन. मानिसलाई व्यक्तिगत स्वतन्त्रता भएको हुँदा अरुलाई दुख नदिई जे गरे पनि हुने हुँदा यस्ता मान्छेहरु ज्यान पाल्ने सजिली उपाय खोज्छन. दुइ चार जना अल्छी मान्छे हरुको तस्विर राखेर अमेरिकाको अर्थ तन्त्रकै बारेमा नकारात्मक कुरा लेख्नु त्यति उपयक्त नहुने पो हो कि. बिमल नेपाल जी लाई अमेरिकाको बारेमा त्यस्तो शोंच भएको भएमा झोली तुम्बा बाँधेर नेपाल नै फर्के भै हाल्यो नि . के खान डलर को खेति गर्दै आफुले खाएको थाल मा आँफै ले के भन्छ ??.. मु … ने नि. नेपालमा हुने खाने हामी नेपाली हरु यहाँ अमेरिकामा भाडा माझेर, अमेरिकी हरुको शौचालय सफा गरेर , पेट्रोल पम्प मा दिनको १७-१८ घण्टा पसिना बगाएर त नेपालमा भन्दा दसौं गुना बढी आम्दानी गरिरहेका छौँ भने ति २-४ जना लफंगा हरु मागेर खान पर्ने अवस्था कदापी छैन. मात्र अल्छि हरु हुन्.
फोटो समाज को ऐना हो, देखिहाल्नु भयो! येसो हुनुमा अर्थतन्त्र दोषी छ कि, राजनीतिक कारण वा सामाजिक तथा पारिवारिक समस्या ले हो एसमा फोटोग्राफर को किटानी छैन. मैले त सडक र समाज का कुरा तस्वीरमा उतार्ने हो. मेरा अमेरिकाका सडक का सकारात्मक तश्वीर हरु जस्तै फेशन, मनोरंजन, कला र संस्कृति अनि पर्यटन का फोटा पनि अन्य ब्लग, न्युज र वेव मा हेर्नुहोला. केवल नकारात्कात्मक कुरामा मात्र पनि मेरो फोटोग्राफी केन्द्रित छैन.
दुर्ब्यशन बाट पनि यो समस्या आएको होला, तर दुर्ब्यशन पनि त गरिबी, तनाब, सामाजिक र आर्थिक विसंगति बाटै सुरुहुने हो नि. ‘अल्छी’ र ‘दुर्ब्यशनी’ भनेर ठोकुवा गर्नु भयो, यो तपाईं को व्यक्तिगत धारणा होला ठोस आधार छैन.
तपाईं को असभ्य कमेन्टबाट म बिचलित छु.
बिमल जी, तपाई जतिनै सम्पन्न र बिकसित समाज वा देसको कल्पना गर्नुस, त्यहाँ एस्ता मान्छे हरु हुन्छ जसलाई अल्छी’ र ‘दुर्ब्यश ” मा ठोकुवा गरेर नै भन्छु ” ले नै सडक सम्म पुराउछ र मगन्ते बनाउछ, किन भने उनीहरु ले लाज र सरम तेही अल्छी’ र ‘दुर्ब्यश बाट पचाई सकेको हुन्छ. अनि निर्धक्क संग माग्न बसेको हुन्छ. नत्र येदि तिनीहरु संग काम गर्ने मन र जागर भए, तपैकै तस्बिर मा हेर्नुस त्यो चिनिया आमैले कति निर्धक्क संग काम गरेकी छन् जबकि उनि अलि बुढी र असक्त पनि देखिन्छीन . एस्तो तस्बिर हरु संग देसको अर्थतन्त्र लाई दाज्नु सरासर गलत हो.
तर तपाइको फोटोग्राफी को म सम्मान गर्छु.
लाज नभाको गोरेको चर्पी सफा गर्दा नि तेत्रो फुर्ति . गोरेको चर्पी सफा गरेर $ कमाउनु भन्दा त नेपाल मा एक छाक मात्रै खाएर बाच्नुनै बेस .
बिक्रम जिको प्रतिक्रियालाइ मध्यनजर राखेर भन्नु पर्दा स्यालले रुखमाथि पाकेको अंगूर अमिलो छ मात्र भन्न नसके जस्तो लाग्यो . तपाइको मनमा पनि एक पटक America पुग्न पाए भन्ने नहोला भन्न सकिन्न . येदि तपाई पनि उतैको प्रबासी हो भने जसलाई जेजस्तो काम गर्न मन पर्छ वा आफ्नो योग्यताले सकेको भ्याएको जेसुकै काम त्यो चर्पी सफा गर्ने नै किन नहोस गरेर जिबिकोपार्जन गर्न पाउनु व्यक्तिगत स्वतन्त्रता हो . आफुले चामलको मात्र भात खादैमा पिठोको भातलाई आची सरह हो भन्न मिल्दैन किन कि त्यो पनि उस्तैका लागि चामलको भात भन्दा कम नहुन सक्छ . त्यो पनि अन्नको एक अंग हो .कि कतै तपाई पनि फोटोमा देखिएकाहरुको वर्गमा त पर्नु हुन्न जो मागी मागी भने पनि मिठो खानुका साथै लत पुरा गर्नु पर्ने? फेरि फेरि कमेन्ट लेख्दा बिचार पुर्याएर मात्र दिनु होला . बुज्नु भो . हा हा
बिक्रम जी,
त्यतिसम्म गिरेर चाही नभन्नु ! माथिका महानुभावहरुले ति मगंतेहरुको बारेमा जे जत्ति जानेका र थाहा पाएकाकुराहरु लेख्नु भो त्यो चित्रले नै प्रस्टै देखाउछ | यसमा चर्पी सफा गर्ने को कुरा आउदैन |
मोहन जी, अमेरिकामा क्यानडा वा अरू युरोपेली मुलुकमा जस्तो सोसियल एसिस्टेन्सिपको ब्यबस्था छैन, मुलुक भित्रका रहेका हरेक नागरिकको स्वास्थ्य र जिवनयापनको खर्चको जुटाउन नसकेर राज्यसंग निवेदन गर्दा राज्यले जोहो गर्दैन । अमेरिकामा बेरोजगारी ८% भन्दा बढी रहेको जानकारी हरेक महिना अमेरिकी सरकारी निकायको तथ्याङ्क उध्रृत गरेर सन्चार माध्यममा मैले पढ्ने गरेको छु । नर्थ अमेरिकामा काम नपाएपछि मान्छेको अार्थिक हालत के हुन्छ भनेर मैले ब्यख्या गर्न पर्दैन । के यी ८% अर्थात २५ लाख भन्दा बढी जनसंख्या सबै लफङ्गै मात्रै होलान् त ?
कुसुम जी ! बेरोजगारी को मतलब उ अपाङ्ग हैन, उसको दछाता अनुसार को काम नपाएको हो तर तेस्ता मान्छे ले येदि अरु काम गर्न चाहेमा धेरै काम हरु पाउछन , मेहेनिती र आफ्नो काम प्रति विश्वास गर्ने ले गरेको पनि हुन्छ, त्यसैले जो जति तेसरी माग्न बसेको छ, तिनीहरुलाई नेपाली मा लफङ्गै र अल्छी नै भन्छ .
बिमल जी ले फोटो खिच्नु भएको हो, लेख माइसंसार ले लेखेको हो जस्तो लाग्छ, फोटो हेरेर अर्थ लाउने त हामि ले हो, त्येस्मा बिमल जी माथि किन प्रहार ? बिमल जी को फोटो धेरै राम्रा छन्…
माथिको एउटा तस्बिरमा खाली शिशि ठेल्दै हिडेकी चिनिया आमै परिश्रम गरेर खान्छिन, मागेर हिडेकी होइनन
एउटा खाली शिशि फिर्ता गरे वापत ५ देखि १० सेन्ट पाइन्छ
धेरै बूढा बुढी खासगरी चिनिया हरु एस्तो काम गर्न लाज मान्दैनन र कसैले उनीहरुलाई खाली शिशि … भनेर हेप्दैनन पनि
मागेको भनिएको छैन यो फोटोमा. हो उनि मेहनती गरिब आइमाई हुन्. तपाईं को सुन्दर कमेन्ट को लागि धन्यबाद.
अनि Gopal Ji भनि दिनुस न यो पनि… र ति Chinese हरु ले महिनाको $ १५०० dhekhi $२५०० सम्म कमाई हुन्छ vanera . त्यो पनि बिहान को पार्ट time गरेर… बाकी दिउसो को फुल time job त छदै छ….. 🙂 येस्तै हो America …. Land ओफ opportunity … 🙂
those guys dont wanna work, they r on street, if they jst work 8 hrs a day, can get everything, ….
फोटो जस्तो भए पनि लिनु पर्ने संदेश:
#१. देश समृद्धशालि भए पनि आफुले केहि नगरे सम्म आफु गरिब नै भईन्छ l
# २. अमेरिका जस्तो सम्पन्न राष्ट्रमा त बिपन्न जनता छन्, हामी त किन बिपन्न नहुनु भन्ने मानसिकता त्यागेर केहि न केहि पेशा, ब्यबसाय, समाजसेवा अथवा आफ्नो रुचिको बिषयमा लागि परौं l