Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन!

Posted on September 5, 2013September 5, 2013 by Salokya

Nepal_main
अनिल गुरुङ र जुमानु राईको शानदार गोलले टिम नेपाल डिफेन्डिङ च्याम्पियन भारतलाई घुँडा टेकाउँदै समूह विजेता बनी साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुग्न सफल भएको छ। हजारौँ दर्शक रङ्गशालामा अनुहारमा चन्द्रसूर्य पोतेर टिम नेपाललाई समर्थन गर्न पुगेका थिए। मैदानमा रहेका हजारौँ र स्वदेश-विदेशबाट टेलिभिजन, इन्टरनेटबाट हेर्ने लाखौँ नेपालीलाई एक पार्ने एउटै विषय थियो- हाम्रो चन्द्रसूर्य। खेल सुरु हुनुअघि रङ्गशाला वरपर भेटिएका केही अनुहारहरुको फोटो।

खेल सुरु हुनुअघिको उल्लास।
खेल सुरु हुनुअघिको उल्लास।

nepal15

nepal14

nepal13

nepal12

nepal11

nepal10

nepal9

nepal8

तालुमा देशप्रेम !
तालुमा देशप्रेम !

nepal6

nepal5

गालामा पोत्न नपाए घाँटी छ नि !
गालामा पोत्न नपाए घाँटी छ नि !
सानो झण्डा गालामा पोतेको ५० रुपियाँ लिने रहेछन् यिनले। बायाँका एक जनाले त कति पैसा भन्ने पनि थाहा नपाई पोतेका रहेछन्।
सानो झण्डा गालामा पोतेको ५० रुपियाँ लिने रहेछन् यिनले। बायाँका एक जनाले त कति पैसा भन्ने पनि थाहा नपाई पोतेका रहेछन्।

Nepal2

यसरी जितेको थियो नेपालले। भिडियो हेर्नुस्-

पूरा खेलको भिडियो, अहिलेसम्म भएका खेल नतिजा, आगामी खेल कहिले/कति बजे हुने जानकारी र ट्विट पढ्न यहाँ क्लिक गर्नुस्।

40 thoughts on “चाहे झुकोस् निलो आकाश, यो नेपाली झुक्दैन!”

  1. Rodan Kc says:
    September 7, 2013 at 8:55 am

    नेपाली हौ। नेपालको लागि फुटबल ईतिहासको सबैभन्दा खुसी पल! जय red नेपाल, यो पटकको साफ च्याम्पियन नेपाल///

    Reply
  2. Matribhumi says:
    September 7, 2013 at 5:54 am

    यो जीत कसको ? हामी नेपालीको .
    फरवार्ड कस्तो ? बज्र जस्तो .
    बैक्की कस्तो ? भित्ता जस्तो.
    गोल्की कस्तो ? चुम्बक जस्तो.
    दर्शक कस्तो ? देश प्रेमी जस्तो.

    Reply
  3. dharmendra says:
    September 6, 2013 at 8:22 pm

    यो रातो तिर click गर्नेहरु ठुला भनौदा नेता वा तिनका धुपौरेहरू हुन् / चाहे जे सुकै होस् / नेपाली टिम लाई हार्दिक बधाई / फाइनल को लागि पनि अग्रिम बधाई

    Reply
  4. Nigam NH USA says:
    September 6, 2013 at 2:15 pm

    भारतको कौरब सेना लाई हाम्रो पाण्डब सेना ले हराउने त पक्का नै भयो.
    अब ध्रितरास्ट्रले जगेडा सैनिक ल्याए हुन्छ, लु डराएँन !

    Reply
  5. Prabin says:
    September 6, 2013 at 12:27 pm

    भारत विरुद्ध को खेल नेपाल ले सधै राम्रो र आक्रामक खेल्ने गर्छ
    यो कुरा भारत लाइ राम्ररी थाहा छ! गएको साल नेहरु कप
    मा अनि नेपाल अरु सबै देश संग हार्यो तर भारत लाई टक्कर दियो र बराबरी खेल्यो हारेन !
    येश पाली को नेपाली टं को त कुरै अर्को
    कोहि संग हारेना!
    अब हार्ने पालो अफगानिस्तान को छ
    ७ साफ को बदला लिनु छ
    “साफ को इतिहास मा नौलो पाना कोर्छौ
    कसले रोक्छा कसले छेक्छा हामी गोल गरछौ
    जितछौ जितछौ हामी साफ जितछौ”

    Reply
  6. Bijaya says:
    September 6, 2013 at 12:04 pm

    बधाई छ नेपाली फुटबलटोली र सम्पूर्ण समर्थकहरुलाई| आगामि खेलहरुकोलागि हार्दिक सुभ कामना|

    Reply
  7. nimesh, BKK says:
    September 6, 2013 at 11:50 am

    पहिलो चोटी online मा हेरियो रमाईलो लाग्यो . अब आउने semifinal पनि online बाट हेर्ने ब्यवस्था भए बिदेशमा बस्नेहरुको लागि राम्रो हुने छ . अन्तमा नेपाली खेलाडीहरुलाई बधाईका दिनुका साथै त्रोफी जित्न सकोस भन्ने कामना .

    Reply
  8. Jeevan Thapa says:
    September 6, 2013 at 10:55 am

    बधाई छ नेपाली टिमलाई !!
    यी कमेन्टहरु मन नपराउनेहरु कतै सीमापारिका नेपाली नागरिकता खरिदकर्ता त परेनन्?

    Reply
  9. रविन says:
    September 6, 2013 at 10:54 am

    फूटबल होस् या जीवन एक सेकेन्ड को पनि धेरै महत्व हुँदोरहेछ. त्यहि समयको ख्याल नगरी अलि सजग नहुँदा भारत बाट एक गोल खानु पर्यो. आगामी प्रतिद्वन्दी टिम अझै ससख्त छ तेसैले नेपाली टिमले ध्यान देओस.

    दुखै दुख र निरासा फैलिएको हाम्रो देशमा यो खेलबाट संसारभरी भएका नेपाली गौरवान्वित भएका छौ. बधाई छ र अशिम माया पनि

    Reply
  10. Ojhel says:
    September 6, 2013 at 10:24 am

    नेपाली टिम मा रक्षा पंक्ति धेरै सुधारिएको छ ! साथै स्ट्राइकर हरुले अझै आक्रामक खेल्नु पर्ने देखिन्छ ! बाकी, सबै नेपाली लाई एकै भावनामा बाध्ने खेल लाई राजनीति को फोहर संग तुलना नगरौ ! खेल लाई खेलको नै भावना ले हेरौ !

    Reply
  11. dhan says:
    September 6, 2013 at 10:08 am

    सर्ब प्रथम नेपाली टोलीलाई धेरै बधाई !!
    लगातार नराम्रो प्रदर्शन गर्दै आएको आरोपलै साचिकै चुनौती दिएका छन् उनीहरुले येस्पली . अहिले सम्मका खेल हेर्ने हो भने नेपाली टोलिले अरु टिमलाइ दबाब मा राख्न सफल देखिन्चन . येस्पली striker हरु पनि तुलनात्मक रुपमा शसक्त देखिएका छन् र पाएका मौकाहरु सदुपयोग गर्न सफल देखिन्चन. तर मिडफिल्ड भने अलि नमिलेको जस्तो लाग्छ. उनीहरुको मुख्य कमजोरी भनेको राम्रो बल striker लै दिन नसक्नु देखे मैले र short पासको सत्ता long and highball खेलेका देखिन्छन . यो चै खेलाडी भन्दा पनि कोचको निर्देशन हो . अब अफगानिस्तान जस्ता टिमलाइ जित्ने हो भने अलि कति strategy फेर्नु पर्ने देखिन्छ.
    जस्तै १- short पास खेल्ने लामो अग्लोको सट्टा |
    २- pass हरु अझै precise / accurate हुनु पर्यो | बेला बेलामा साधारण बल पनि mis pass गरेको देखिन्छ |
    ३- अर्को कमजोरी मैले देखे अनुसार नेपाली खेलाडीहरु पास सजिलै दिन सकिने बल पनि बेकारमा छकायेर पास गर्छन | european फूटबलमा येसरी खेलेको देखिदैन | पास गर्न मिल्ने बल पास गरेको राम्रो | बेकारमा छकौदा बल खोसिने सम्भावना धेरै हुन्छ |
    ४- striker हरुले डी area को बललाइ सिधै पोस्ट charge गर्नु पर्यो मिलेको खण्डमा | defense लाइ छकायेरा मिलाएर हान्न खोज्चन अनि बल खोसिन्छ |

    म फूटबल expert त हैन तर फुटबल धेरै थोरै हेर्छु | तेसैको आधारमा मेरो बिस्लेशन हो नेपाली टोलिको | मेरो बिचारमा येति गर्न सकेमा येस्पली कप हाम्रो हातमा आउने समभावना प्रबल छ येस्पली |
    एउटा भन्नै पर्ने कुरा चै थोरैले चर्चा गर्ने हाम्रा गोल कीपर किरण लिम्बु लगाएत defense line सम्हालेका खेलाडीहरुको खेल प्रसंशानिये छ |
    नेपाली टोलिलै आगामी खेलका लागि शुभकामना !!

    Reply
  12. Nab says:
    September 6, 2013 at 9:31 am

    खुसीको सिमा छैन ! अब त एउटा नै भयपनी नया आधुनिक रँगशाला नभै भयन, दशरथ रँगशाला को अतीनै बिजोग छ । यी लुटेरा नेताहरूले लुटेका धनहरूले त अहीले सम्म त के के बनीसक्थ्योनै । यी फटाहहरूले ख़ाली गफ मात्रै दीदै काठमांडूको बाटो देखी लाीएर फ़ास्ट track , र सुरुंग मार्ग पनी अब त गफ मा नै सीमाीत भयो। जनतालाइ चाहीयको कुरामा कहीले ख्याल दीएनन !

    Reply
  13. drona paudel says:
    September 6, 2013 at 8:03 am

    धेरै खुसी लाग्यो नेपाली टिम लाई आगामी दिनहरु मा सफलता मिलोस ,राज्य ले लगानी गरेको खण्ड मा खेलकुद मा नेपाल को भबिष्य धेरै अगाडी बढ्न सक्ला

    Reply
  14. Your damu says:
    September 6, 2013 at 6:24 am

    Time for ANFA to make a large
    screen Television and set up at
    any open place like Basantapur
    square or Tundikhel or any place
    near the stadium, for those die
    hard fans who couldn’t make
    upto the stadium even if they
    wanted to buy tickets. This is
    how every clubs in Europe do in
    order to flourish their fan base
    culture.. they never let them
    turn down.
    specially, if Nepal is playing semi
    final or Final in home ground.
    (Ashok pandey ots)

    Reply
  15. samrat~ says:
    September 6, 2013 at 6:23 am

    पशुपति नाथ दाहिने भएर हाम्रो पोस्ट मा आएर बसेको थियो..पशुपति नाथ को देश मा आएर हामीलाई हराउने त कुरै आयेन अब..ये हैन हैन यो पंच बलि को करामत हो क्यारे 😉 ..खैर छोडौ यी सबै कुरा. येसरी नै तराइ, पहाड, हिमाल एक धिक्को भएर धोत्ति हरु लाइ पछार्नु पर्छ..खेल कुद बात सुरु भएको यो उधाहरण, राजनीति मा पनि लागु गर्न सक्नु पर्छ. केहि अराजकता फैलाउने तत्वो हरु केहि मधेसी नेता हरु लाइ उस्कायेर मधेश लाइ टुक्र्याएर नेपाल बाट अल्लग गर्न चाइ रहेको कुरा धुर्ब सत्य बाहिर आइ सकेको छ. यो साप्रदाई विभाजन हुनु बाट सबैले सतर्कता अपनाउनु जरुरि भै सकेको छ..अहिले को नया राजदुत १२ बुदे सहमति को एउटा engineer थियो..तेसैले एस बाट पनि सतर्कता अपनाउनु पर्छ..यो हाम्रो भारतीय माथि को जित नया राजदुत लाइ स्वागतम उपहार हो जुन राजनीति मा पनि लागु गर्न सकु. हामि एक होउ !! जे नेपाल.

    Reply
  16. bj says:
    September 6, 2013 at 6:04 am

    अचम्म ! आजको सबै कमेन्ट मा “मन नपराउने ” पनि रहेछन. प्रत्येक कमेन्ट हेर्नुस न !

    Reply
  17. Santosh says:
    September 6, 2013 at 5:19 am

    साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज नेपालले भारत लाई २- १ को अन्तर ले धुलो चटाई दिल्ली मा ९० रेक्टस्केल भूकम्पको धक्का पुर्याउदै सेमिफाइनल मा प्रवेश गरेको मा नेपाली फुटबल टीम लाई लाख-लाख वधाई छ ! सायद रास्ट्रघाती नेताहरुले इन्डिया फोन गरिसके होलान , केटाहरुले बिराए माफ पाउँ भनेर

    Reply
    1. इश्वर चन्द्र आर. says:
      September 6, 2013 at 7:59 am

      हरेक अनुहार, हरेक धर्म, के पुरुष के नारि, के हिन्दु, के मुस्लिम सबै को मुख मा एउटै नाम थियो “रातो र चन्द्र सुर्य – जंगी निसान हाम्रो”

      त्यसै ले त भन्न मन लाग्छ
      ” जय जय काली – जय जय गोरख
      हाम्रो रगत ले कोरिएका सिमा रेखा
      मेटेर मेटिन्न – ————————

      फुटबल मा माथ दिए झैँ – प्रतिव्यक्ति आम्दानि मा – स्वास्थ्य – सिक्ष्या – आर्थिक समानता मा – बाटो घाटो – उर्जा – आदि सबै मा माथ दिन सकोउ ! अनि मात्र हाम्रो सान कहिले झुक्ने छैन !

      Reply
  18. ज्ञानेसोर पोखरेल says:
    September 6, 2013 at 5:12 am

    I liked these faces. They are really great. I wish we had such culture when we used to rush to DS when we had time to see such games in those days. We were not allowed to have any funny things in those days because Police would use Danda in gate. Time has changed. Police have learned it. Audience have mastered. TV and Internet have changed the world. Nepalis got united behind this flag. PKD can no more dream of changing this flag, no matter how hard he will try.

    Reply
  19. samir dai says:
    September 6, 2013 at 4:17 am

    आफ्नो देश को खुसि मा पनि रातो तिर like गर्ने कुन कुकुर हरु हुन् ह ?

    Reply
  20. Pat says:
    September 6, 2013 at 3:54 am

    नेपालले जितेको मा धेरै खुशी लाग्यो! तर यसरी छालामा लगाइने रंग कतिको हानिकारक छ (या छैन) त्यस बारेमा सचेत हुनुपनि जरुरी छ!

    Reply
    1. ज्ञानेसोर पोखरेल says:
      September 6, 2013 at 9:44 am

      म न्युक्लियेर मेतेरियेल भएको मसीन बेला बेलामा चलाउछु . त्यस्तै बेला बेला मा यस्ता रंग पेंत ले केहि हुन्न . त्यो पेंत को खुसीले हाम्रो रिदाये को अबस्थालाई देह्रै सुधर्छा बरु . आनन्द दिंदा हामी धेरी स्वस्थ पनि हुन्छु . चिन्ता नगरम .

      Reply
  21. rupak says:
    September 6, 2013 at 3:53 am

    my sansar त इन्डियन हरुले पनि पदने रैचन, नत्र सबै कमेन्ट मा रातो लोउने त पक्कै नेपाली हुन सक्दैन.

    Reply
  22. laxman says:
    September 6, 2013 at 2:55 am

    अब जीते पनि जोतोस न जितेनी नजितोस मेरो लागि त इंडिया लाई जितेको नै अति खुशी लागेको छ. अब यौटा मात्र धोको छ इंडिया लाई क्रिकेट मा पनि नेपाल ले जितेको हेर्न पन्य त मर्ने बेला मा पनि सास राम्ररी जाने थियो . . ……….

    Reply
  23. Sunil Shrestha(Belgium, Ghent ) says:
    September 6, 2013 at 2:22 am

    With this new glory, shall come more challenges and obstacles in life ahead. Face them with same courage and determination, and success will keep flowing in. Congratulations for the outstanding performance to all my nepali team. Shree Phasupatinath bless you all each and every sucess and make more pride of our country.

    Reply
  24. SHIVA KUMAR RAI says:
    September 6, 2013 at 1:57 am

    आज मैले इतिहासमा प्रथमपटक नेपालको अन्तर राष्ट्रिय खेल हेर्ने मौका पाए , अति टाढा बेलायत बाट ON LINE मा | मलाई थाहा छ , हाम्रो देश को नेता हरु त कुकुर हुन् भनेर थाहा थियो तर जनता जनार्दन र देशका खेलाडी चाही शुद्ध देश प्रेमी रहेछन भनेर प्रमाण भएको महसुस गर्नु सकियो | भारत जस्तो अरबौ भएको , सम्पूर्ण सुबिधा सम्पन्न देशलाई हाम्रो जस्तो अति सानो र राष्ट्र, देश नै बेची खाने नेता भनौदा ब्वासो हरु राजनेता भएका राष्ट्र ले जित्नु भनेको बिस्व लाई नै जिते सरह हो | सर्ब प्रथम त सम्पूर्ण नेपाली फूटबल TEAM अनि ब्यबस्थापन , LOYAL AUDIENCES AND THE IMPORTANTLY रास्ट्रको लागि ज्यान दिएर खेल्ने सम्पुर्ण खेलाडी हरुलाई मेरो SALUTE /////

    Reply
  25. rajendra shrestha says:
    September 6, 2013 at 1:45 am

    यति राम्रो चन्द्र सुर्य झण्डा लाइ फेर्ने प्रयास खुबै गरेका थिए यी नेता हरुले . बधाई नेपाल जित को लागि . कीप द स्पिरिट अप .

    Reply
  26. ram lal shrestha, London says:
    September 6, 2013 at 12:48 am

    नेपाली टीमले धेरै राम्रो खेल खेली देशको इज्जत बढौंन सफल भएकोमा फूटबल खेलाडी साथीहरुलाई बधाई छ,यस्ता महान खेलाडीहरुलाई राष्ट्रले सम्मान गर्नु पर्दछ.

    Reply
  27. tengri says:
    September 6, 2013 at 12:42 am

    This shows that sports can bring unity in Nepal. I do not see anyone supporting for caste ,religion of players, they are supporting for their country nepal :).

    Reply
  28. kedar says:
    September 6, 2013 at 12:03 am

    जातिय नाराले भत्काएको रास्ट्रीय एकता जोड्ने एउटा राम्रो कडी खेल भएको छ ….

    Reply
  29. chatur rai says:
    September 5, 2013 at 11:29 pm

    भारतलाई जित्नु नै साफ च्याम्पियन जित्नु बराबर छ, मेरो लागि त | तर…. नेपालीले बरु बलिदान दिन्छ यो देशलाई पछि हट्न जाँनेको छैन | सफलताको कामना हिड बीर अगि सर ..जय नेपाल , जय गोर्खाल्याण्ड |

    Reply
  30. sbain says:
    September 5, 2013 at 11:25 pm

    खुसि को सिमा नै रहेन आज ….. जय देश, जय चन्द्र सुर्य !

    Reply
  31. Ajaya says:
    September 5, 2013 at 11:22 pm

    तालु देखि आलु सम्म चन्द्र सुर्य देख्नपाइयो, मन नै फुरुंग भयो 🙂

    जय जय जय नेपाल, सुन्दर शान्त बिशाल

    Reply
  32. sunil says:
    September 5, 2013 at 11:07 pm

    सर्ब प्रथम खेल खेली राखेको मात्रभुमी लाई सलाम
    नेपाली चन्द्रसूर्य अंकित झण्डा लाई सलाम
    आज यो खुसीको दिन दिलाउने खेलाडीलाई सलाम

    Reply
  33. सन्तोष लामिछाने, म्याडिसन, विस्कनसिन says:
    September 5, 2013 at 10:53 pm

    यो जित सार्हैनै उत्साहजनक छ , नेपाली खेलाडी र टिमलाई धेरै बधाई अनि शुभकामना ! यो खुशी यहाँ नटुन्गीयोस , अब नेपालले सम्भवत अफगानिस्तान संग भिड्नु पर्छ वा मल्दिव्स संग, ति दुवै टिम बलिया देखिएका छन् ! यता फेरि इंडियाले पनि सेमी फैनल जित्यो र नेपालले पनि जित्यो भने फाइनलमा फेरि नेपालले जितेर नेपाली फुटबलको स्तर स्थाई र साँच्चैनै राम्रो भएको सबूत संसारलाई दिनु पर्छ ! All the best!

    Reply
  34. Sudin says:
    September 5, 2013 at 10:50 pm

    मेरो विचार मा हामी youth हरु को देश प्रति को प्रेम र dedication जगाउन एस्तो game हरु धेरै हुन जरूरी छ अनि मात्र corruption घट्छ अनि देश विकास हुन्छ ! 🙂

    Reply
  35. दुर्गा खनाल says:
    September 5, 2013 at 10:46 pm

    अर्को सानदार बिजयी खेलको शुभकामना सिमाना पारीबाट !

    Reply
  36. पुष्प says:
    September 5, 2013 at 10:17 pm

    नेपालको खेल इतिहासमा पहिलोचोटि खुशीको महशूस गर्दैछु । वास्तवमै खेल राष्ट्रिय प्रतिष्ठासँग गाँसिएको कुरो रहेको पनि प्रमाणित भएझैं लागिरहेछ । आगामी खेलको शुभकामना नेपाली टोलीलाई ।

    Reply
  37. राजु says:
    September 5, 2013 at 9:53 pm

    जयहोस !!!
    नेपाली टिम लाइ यस विजयका लागि धन्यवाद तथा बधाई !!!
    आगामी खेलमा बिजयको शुभकामना !!!
    *************************************
    **************************************
    नेपालीको एकताको प्रतिक चन्द्र सूर्य अंकित झन्डा राजनीतिक दलाल हरुले फ्याक्ने दुश्साहस गरेको याद आयो | अब यो झन्डा चन्द्र सूर्य रहे सम्म रहोस |
    जय होस् |

    Reply
  38. Gobinda says:
    September 5, 2013 at 9:17 pm

    धेरै धेरै खुसि लाग्यो , खेल निक्कै रोचक थियो , यसै गरेर साफ च्याम्पियन नेपालको हातमा परोस , यो नेपाली झुकदैन……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme