Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दकै बिजोग !

Posted on November 13, 2013November 13, 2013 by Salokya

day3banda1
वैद्य माओवादीले आह्वान गरेको बन्द तेस्रो दिनमा पुग्दा बिजोग हुन पुगेको छ। पहिलो दिनको आमहड्तालको असर धेरै परे पनि हिजो दोस्रो दिन धेरै गाडी चलेका थिए। त्यो भन्दा पनि धेरै आज तेस्रो दिन चलेपछि सुन्धाराको आकाशे पुलबाट हेर्दा यस्तो देखियो। भन्नलाई भने रिक्सा र ठेलागाडा अनि साइकलमात्रै चल्न दिन्छु भनेका थिए वैद्य बाजेले। यति हुँदा पनि उनी बन्द फिर्ता नलिने, बरु अझ प्रभावकारी बनाउने बताइरहेका छन्।
day3banda2

सुन्धाराको आकाशे पुलमा सेनाको सुरक्षा।

day3banda3
सुन्धारा चोकको प्यानोरामा फोटो। एक फन्को खिचुन्जेल गाडी चलिसकेको भएर केही गाडी फोटोमा अनौठो देखिएका हुन्।

day3banda4

day3banda5

छोटो भिडियो हेर्नुस्-

30 thoughts on “बन्दकै बिजोग !”

  1. govind prasad subedi says:
    November 14, 2013 at 3:16 pm

    येही त हो नि नयाँ नेपाल. कमेन्ट म बिरोध गरे जस्तो कहा हुन्छ र राजनीतिक गर्न त… पहिले जनता का छोराछोरी लाई लडाउनु पर्यो अनि …. पो ठुलो मान्छे भैन्छा त.

    नत्र त चोर नेताहरुले पचाउने भत्ता उम्किञ्छ नि त साथी हरु… खै कुरा बुजेको त…

    Reply
  2. sunip says:
    November 14, 2013 at 2:14 pm

    बन्द गर्नु परे निर्बाचन आयोग बन्द गर न किन देश नै बन्द गर्नु पर्यो . करोडौ जनता हरु लाई दुख दिएर बेकार मा भएको ईजत पनि खेर किन फाल्छौ .

    Reply
  3. Jeevan Thapa says:
    November 14, 2013 at 11:15 am

    बैध त गए गए २/४ जना देशको लागि केहि गर्नु पर्छ है भन्ने हरुलाई नि डुबाए … बैध बा बुढेसकालमा नेपाली जनता हरुसंग निहुँ नखोजेकै राम्रो है …अब बन्दुक र बमको भरमा राजनीति गर्ने दिन गए ..सक्ने र लड्ने भए विचार ले लड होइन भने सुरु हुँदै गरेको जाडोमा सिरक ओढेर कालो चिया पिउंदै घरमा बस !!! होइन भने बिरोध को नाउमा यात्रु रहेको माइक्रोबसमा पेट्रोल बम प्रहार गर्ने अधिकार तिमि लाइ छैन … अब पनि यस्तै राजनीति गर्छु भन्छौ भने जनताले टुंडिखेलमा लगेर मज्जा संग राजनीति नसिकाउलान भन्न सकिदैन !!!

    Reply
  4. Manu Chhetri says:
    November 14, 2013 at 11:15 am

    जनताको लागि गरेको आन्दोलन भन्दै निरिह जनता माथि नै बम बर्साउने बैध्य र तिनका ३३ दलिय पिछलागु नपुंशक हरुले जनता माथिको अत्याचारले पराकास्ट नागी सकेको छ, बैध्य आफु भने घरमा गार्ड राखेर बस्ने अनि अझै आन्दोलन चर्काउचौ भन्न लाज नमान्ने निरोद्श जनताले आफ्नु बाटो हिड्न र गरेर खान समेत न पाउने के नेपालि जनता बैध्यका नोकर हुन् र जे जे भने पनि चुप छाप सहनको लागि??? हरेक कुराको सिमा हुन्छ, बैद्यले आफ्नु दुनो सोज्याउनको लागि जुन घिर्नित र अतिनै निच किसिमको बर्बरता जनता माथि गर्दै आयको छन् तेस्को सबय्ले बिरोध र कडा सब्दमा निन्दा गर्ने पर्छ, अब जनता बाध्य भयर बैध्य बिरुद्ध सडकमा मात्रै होइन बैद्यको घर घेर्न जानु जरुरि छ, बैध्य र तिनका पिछ लगिले गर्दै आयको बर्बरता पूर्ण हिंसात्मक क्रियाकलाप बन्द गर बन्द गर, शान्ति संग बाच्न देउ, गरेर खान देउ, नेपालि जनता तिम्री आमाले माइती बाट ल्याको दाइजो होइनौ तिम्ले मनलागी गर्नलाइ, नेपाल देश तिम्रा बाबुको बिर्ता होइन तिम्ले मन लागि गर्न लाइ, जय देश जय जनता,

    Reply
  5. ram bahadur ghale says:
    November 14, 2013 at 10:40 am

    यस्तै हो भने ..बैद्य जी को पतन निश्चित छ..

    Reply
  6. शरद-क्षितिज पारीबाट says:
    November 14, 2013 at 10:15 am

    वास्तवमा हाम्रा नेता देश र जनता प्रति अति नै निर्लज्ज छन् चाहे त्यो बैद्य बा-दर हुन् वा चण्डाल प्रचण्ड वा अन्य दलका जो कोहि ! आज यो बन्दलाई अवज्ञा गर्ने यी कुनै नेता होइनन जनता नै हुन् ति नेता नामका कायर त अहिले पनि बिरोधका लागि बिरोध गर्ने मात्र हुन् ! तसर्थ अब यस्ता बन्दलाई हामीले यसै गरी अवज्ञा त गरौंला तर ति पेट्रोल बम प्रहार बाट घाइतेको के हुने त ? त्यो बम प्रहार गर्ने र गर्न लगाउने उपर राज्यको तर्फ बाट के भयो त अहिले सम्म ? भोलि यहि बैद्य माओवादी सत्ता साझेदार बन्छ अनि यहि प्रचण्ड, माकुने,रामचन्द्र आदिले पुन: बैद्य स्तुति गाउन थाल्छन त्यो घाइतेको के होला ? सायद उसका बाबु-आमालाइ हाम्रो ‘राज्यको अपराधि प्रति उदार नीति अनि नेताको अपराधि संरक्षण नीतिको निरन्तर संस्करण बमोजिम’ दोस्रो अधिकारी दम्पतिको रुपमा बिस्थापित गरिने छ न्यायका लागि राजधानीका गल्लि-गल्लीमा अनसन गरेर मर्न वाध्य पार्न र अस्पतालले घांटीका नसा काटेर जुस-सुपले आन्द्रा भिजाइदिएर बंचाई रहेको बिज्ञप्ति निकाल्छ उता अहिले यी आज पेट्रोल बम लाग्नेहरु लाइ नै यहि प्रचण्ड, बाबुराम,रामचन्द्र, झलनाथ आदि आदिले ‘बन्दको अवज्ञा’ गरेर गाडी चड्ने अपराध गरेको ठहर गर्ने छन् ! त्यसैले अब यसै समयमा सबै दलका नेतालाई मैदानमा उतार्नु पर्छ बन्दको बिरोधमा सडकमा दौडाउनु पर्छ त्यो बेला कसैले पेट्रोल बम आदिले स्वागत गर्छ भने यी जुकाहरुले पनि महसुस गर्नेछन हामि कति वाध्य छौं यो बन्द बन्द बन्द बन्द ……………….अनि बन्दमा हाम्रा नानीको भविश्य निभेको दियोले खोजिरहन………….

    Reply
  7. jagaraan says:
    November 14, 2013 at 10:12 am

    डाक्टर दयानन्द बज्राचार्यको निधन पनि येही बन्द ले गर्दा भएको हो. उहाँको परिवारमा त्यो दिन उहाँको श्रीमती मात्रै हुनुहुन्थ्यो. द्राइवर नहुनु र आफन्तहरु समयमा पुग्न नसक्दा अस्पताल लग्न ढिलाई हुन जाँदा उहाँको बाटोमै मृत्यु हुन पुग्यो. येसरी गुन्डाहरु किनेर गरिएको बन्दलाइ सरकारले दबाउनसक्नु पर्छ. ठाउँ ठाउँमा बम राख्नेहरुलाई आतंकारीको कारवाही गरिनु पर्छ.

    Reply
    1. Shiva says:
      November 14, 2013 at 11:27 am

      यो कुरा साचो हो भने बैद्यले नेपालको भलो चाहने एउटा बैज्ञानिकको हत्या गरे सरह हो | बदमासहरु |

      Reply
  8. अनोज शाक्य says:
    November 14, 2013 at 10:07 am

    जनतालाई रिझाउन त गाह्रै काम हो तर पनि ०४६ पछी शिक्षा र खाध्य बस्तुबाट परिवर्तन सुरु गरेको भए अहिले यस्तो परीणाम आउने थिएन । बहुदल सँग सँगै जनताहरुलाई जग्गा बेच बिखन गराएर कृतिम धनी त बनायो, तर शिक्षा र संस्कारको बिकास सँगसँगै बढाएको भए अहिले धेरै सन्तुलन हुन्थियो । अब समस्या भईसकेको समाधानको एउटै उपाय छ त्यो हो जनतालाई मनोभावलाई न्युतरलमा ल्याएर समाजलाई सही दिशामा मोद्नु भएका अर्को बिकल्प छैन ।
    मिल्दोजुल्दो चुनाव चिन्ह,देश हाँक्न आउन खोज्ने उम्मेद्वारहरु, रक्सीले मातेर मलाई गाडी हाँक्न दिनुपर्छ भने झै कुरा गर्छ । पुर्व तयारी नै छैन । सबै जनताहरुले सोच्ने कुरा हो ।

    Reply
  9. प्रकाश छेर्लुंगे says:
    November 14, 2013 at 8:46 am

    हरेक चिजको एउटा सिमा हुन्छ , हाम्रा पुर्खाले सिरुपाते खुकरीले ब्रिटिस लै हराए भनेर आझ सुरिपते खुकुरीले संसार जित्न सकिन्न | संसार संगै हामी पनि बिकशित हुनु जरुरि छ \ हिजो बन्दले नेपाली लै केहि दिने हो कि भनेर नेपाली बन्द लै चुप चाप सहिदिन्थे , अब जनताले बुझिसके कि बन्द त तिमि( नेता) हरुको तला चढ्ने सिंडी मात्र हो | हेर्दै जउ बैद्ध्यहरु अब तिमीहरुले बसमा राखेको बम तिम्रै घरमा जनता ले नै राख्ने छन् | र बाँकि नेता गण हरु पनि होसियार भय हुन्छ आझ बैध्य को बम को सामना गर्ने नेपाली ले तिम्रो भारस्ताचार , शोसन, तानाशाह अनि मनपरीतन्त्र को बिरुद्ध मा पनि आवाज उठाउने छन् |

    Reply
  10. bibek dhakal says:
    November 14, 2013 at 7:43 am

    हामी,
    आफ्नै अगाडी आफ्ना दिदि, भाइ, छोराछोरीहरुमाथि
    बम , बारूद फ्याकिंदा , घाइते बनाइदा,
    आफ्नो पसिना बगाएर डिजेल/ पेट्रोल हाल्ने गाडी
    घर/ग्यारेजमै थन्क्याएर राख्नु पर्दा ,
    लख्रक लख्रक खुट्टा बजार्दै कार्यालय जाँदै अनि
    बेलुका खुट्टा खोच्याउदै फर्कदै गर्नु पर्दा ,
    आफ्नो अधिकार प्रयोग गर्न घर फर्कन पनि
    १० वा १५ पटक पटक सोच्नु पर्दा, ,
    बाटोमा अपरिचित मानिस वा वस्तु देखे
    गोमन सर्पो देखेझैं आतंकित हुनुपर्दा,
    इराक, सिरिया मा देखिने घटनाहरु
    आफैमाथि घट्दा वा प्रतक्षदर्शी हुनुपर्दा ,
    सहनशील भएर बसेका छौं |
    वाह हाम्रो सहनशीलता – आज बुद्द पक्कै खुसि भए होलान!
    नत्र भने
    निहत्था भै दरवार तिर अघि बढ्ने ,
    लाठि, बूट र गोलि बेपर्वाह छाती थाप्ने ,
    एकजूट भै सारा सुरक्षा घेरा तोड्नेहरु –
    के हामि आज फगत सिखंडी को हुल भएका हौँ त ?
    खै सिखंडी त कमसेकम हिजडा भएपनि पराक्रमी थिए !
    हाम्रो पराक्रम त अब खालि –
    बोक्शी आरोप लगाई महिलाहरुलाई बेइज्जत गर्न ,
    प्राध्यापकहरुलाई कालो मोसो दल्न ,
    सान तिनो चोर वा पाकेटमारमाथि जाइलाग्न ,
    म्यानपावर अफिस र मारवाडीको पसल फोड्न मात्र सक्षम देखियो!!
    हैन भने, यदि पराक्रम को केहि शेष बाकि छ भने ,
    जाइलागम न यी बहुला कुकुरहरुमाथी!
    के कुरेर बसिरहेका छम हामि?
    त्यहि टोलमा बसेर, त्यहि टोलबासीलाई टोक्दै
    बेलका त्यहि टोलको आफ्नो कुनामा फर्केर
    ” देख्यौ टोलबासी हो, हाम्ले भनेको नमाने यसरि नै टोकीइनिपर्नेछ
    रेबिज को सुइ लगाइरहनुपर्नेछ! ” भन्ने यी कुकुरहरुको
    उठिबास लगाउने बेला भएन र ?
    लखेटम ढुंगा लिएर सबै मिलि,
    निर्मम र क्रुर भएर – यिनिहरुमाथि साहनाभुती दर्साउनु को अब फाइदा छैन
    ढुंगाले किचिने क्रममा यिनीहरुले एकाधलाइ टोकलान
    तर दिनदिनैको टोकाई कति सहने अब?
    दिनदिनै को बम बारूद कति सुन्ने अब?

    Reply
  11. डिल्ली says:
    November 14, 2013 at 5:26 am

    काम नभएका हुतिहारा भुस्तिग्रे डाका र तिनका सरदार बैद्यले गरेको बन्द कति दिन टिक्ला त खै । निमुखा श्रम गरेर खानेलाई बम पढ्काउँदै हिड्ने आवाराहरूलाई भैरबनाथ गण शैलिमा यातना दिनु पर्छ । क्षतिपूर्ति पनि तिनीहरूकै र तिनका सरदारको खल्तिबाट तिराउनु पर्छ ।

    Reply
  12. suraz says:
    November 14, 2013 at 4:28 am

    बैध्य नै हुन सच्चा देश भक्त, कम्सेकम कसैसँग त झुकेका छैनन

    Reply
    1. Shiva says:
      November 14, 2013 at 11:28 am

      चार्ल्स सोभराज पनि झुक्याछैन कसैसंग, त्यसो भए उ सच्चा देशभक्त हो ? थुक्क बुद्धि ! दिमागमा किरा पर्याछ कि के हो ?

      Reply
  13. shersingh Nepali says:
    November 14, 2013 at 4:26 am

    राष्ट्रिय सहमतिबिना बिदेसिको आदेश पालन गर्ने रेग्मी सरकार र बिदेशी दलाल चार दलले मात्र गरेको चुनाबले संबिधान बन्नेवाला छैन ! यि दलालहरुले गरेको असंबैधानिक नौटंकी चुनाबको सबै जनता मिलि सशक्त बहिष्कार गर्नैपर्छ !

    Reply
  14. Shankar says:
    November 14, 2013 at 2:58 am

    कोइ कोइ राजाले ”जनता भन्याका रैती हुन् भन्थे ” यहा त् जनता भन्याका भंगेरा हुन् भन्छ बा नत्र गुडिरहेको बस मा पेट्रोल बम हान्नुको मतलब के ?
    जनता को ज्यान को पार्टीलाई मतलब छैन ? उनीहरुको राजनीति आफु माथि जान जनताको ज्यान को रगत बगाउने ?
    अन्य देश मा नेता को समर्थन मा , बिसेस कारण को लागि मानिस ज्यान को बाजी थाप्न उत्साहित हुन्छ | यहा त् यिनीहरु हामीलाई भंगेरा , ढुकुर को ब्यबहार गर्छ बा | कहिले क्यास , कहिले ड्यास , पालै पालो |
    अनि हामि यिनीहरुलाई कुकुर को ब्यबहार किन न गर्ने ?
    उसै पनि उनीहरु आफै दिल्लीको पाल्तु कुकुर हुदा सान को महसुस जो गर्छन | दुतावास ले बोलाउदा पुछार नै मुनि राखेर कुइ कुइ गर्न जान्छन |

    Reply
  15. Sunil. London says:
    November 14, 2013 at 2:36 am

    राम्रो काम गर्ने बुढा बुढी लाई बा र आमा भनेर बोलाउनु नराम्रो हैन , तर यो बैद्य लाई किन “बा” भनेर सम्बोधन गर्या होला ? एस्ता देशघाती कपुत , र जनता लाई दुख दिन जन्मेको पिशाच लाई जनावर को नामले सम्बोधन गर्नु राम्रो होला !!!!!

    Reply
    1. suzee says:
      November 14, 2013 at 3:45 am

      हो !!!कुरो ठिक हो !!
      तेतातिर सोचेको थियेनम , बैद्य किचिने बुढो भन्नु पर्ला !!!! अझ उपयुक्त नाम को खोजीमा !!!!!!!!!

      Reply
  16. Abhi, Belgium says:
    November 14, 2013 at 12:58 am

    जसलाई जे भने नि अब देखि त्यो बैध्य लै बा भनेर नभनम त : त्यस्तो कायर डाका लै बा भनेर सम्बोधन गरेर आफु तेस्को छोरा छोरि नबन्नुस बरु भन्नै मन लागे बा-दर भनेर भन्नु होला !

    Reply
  17. दीप says:
    November 13, 2013 at 11:47 pm

    सर्बसाधारण चढेको माइक्रोबस मा बम हाने काएर हरु लाइ अन्तरास्ट्रिय अदालत मा मुद्दा चलाउनु पर्दछ !! सामाखुसी मा माइक्रोबस मा बम हान्ने लाइ हेग मा मुद्दा चलाउनु पर्दछ !! प्रचण्ड, बैध्य, बादल लाइ मुद्दा चलाउनु पर्दछ |

    Reply
  18. sanu maya says:
    November 13, 2013 at 9:44 pm

    बैद्य ल मलाइ अरेस्ट गर भनि रहेका छन् तर सरकार / चुप बम हान्ने , आगो लगाउने लाइ अरेस्ट नगरे अब यो देश कसरि चल्छ सोच्नु पर्ने बेला भयो/ पार्टी ले जे पनि गर्दा हुने भए चोर डाका सबैले पार्टी खोल्छन अनि देश यसरी नै चलि रहन्छ / सबै कलेक्सन गरि राख्ने र चुनाव सकिएको भोलिपल्टै बैद्य सहित ५००-७०० ठुला नेता भन्ने लै पकडी मुद्दा चलाउने अनि पो अलिकति भएपनि मानिस तह लाग्लान /

    Reply
    1. neerose says:
      November 16, 2013 at 12:43 am

      यसलाई अरेस्ट गर्यो भने यसैको भाउ बढ्न जान्छ राजनीतिमा यसको राजनीतिक अडान स्थापित हुन जानसक्ने सम्भावना रहन्छ तेसैले यस्तालाई एरेस्ट गर्न हुन्न! यस्तोलाई वास्तै नगर्ने यदि एसो आतंक गरेको दाया बाया भेटायमा ठाउको ठाउमै भुस्याहा कुकुर बौलाहा कुकुरलाई झ्यै सिधा ठोकिदिने! फर्के र आउन सोच्न पनि नसक्ने गरि लखेट्नु पर्छ यस्ता भुस्याहा कुकुर हरुलाई!
      यो आफै सकिदै छ! मर्नालाग्या बत्ति जस्तै हो तेसैले यस्तालाई एरेस्ट गर्नु भनेको मर्नालाग्या बत्तीलाई जोगाउन घेरा हालिदिय जस्तै हो!
      यसको सौदार्यशास्त्र त कुरुप भैसक्यो अब राजनीति इत्ति बाकि छ इतिश्री हुन लाग्या छ!
      आफै सकिन लाग्या लाइ किन घचेडि रहने भन्या!
      एल्लाई बौलाउन दियाहुन्छ जत्ति बौलाउछ एडी कसैलाई असर गर्न लाग्यो भने जसले अघि पाउछ तेसैले दानक दिने!
      जनतालाई जिस्क्याउदैछ यसले आफ्नो टाई न तुइको राजनीतिक स्वार्थ को लागि!
      तेस्तो हति भयको भय निर्बाचनमा आइहाल्थ्यो नि!

      Reply
  19. Neupane shree says:
    November 13, 2013 at 9:14 pm

    आफ्नो स्वार्थका लागि देश र जनताको रति भर पनि चिन्ता नगर्ने यस्ता हरिलठ्ठक हरुलाई अब अन्न न पानि पार्नु पर्छ
    नेपालका लागि हामी नेपालि अब जुट्नु पर्ने बेला भएको छ ,
    एस्ता छदमभेशिहरुको अब पत्तासाफ गर्नु पर्छ

    Reply
  20. Alikhit says:
    November 13, 2013 at 9:12 pm

    ही ही ही…त्यो गाडी देख्दा हाँस उठ्यो मलाई | अनि त्यो बाइकवालाले बाइक चढेको की उँट, क्या फन्नी देख्या भन्या ?

    Reply
    1. bibek dhakal says:
      November 14, 2013 at 7:50 am

      ऐना लिएर अगाडी बस्नुभाको भए अझै फन्नी कुरा देख्नुहुन्थ्यो! मान्छेको विवसता तपाइँहरु जस्तालाई फन्नी हुन्छा है?

      Reply
  21. dor prasad says:
    November 13, 2013 at 8:27 pm

    “बिनाश काले बिपरित बुद्धि”, “मर्ने बेला कमिला को पंख पलुछ”, “काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर” जस्ता उच्खान तेसै बनेका होइनन | जनता को तत्कालिन चाहना नाबुज्ने सबै को अस्थितो सकिन्छ | नेपाली लै यहिले आन्दोलन होइन सान्ति चाहिएको छ, पहिलो प्राथमिकता (विकास नभए पनि, संबिधान न बने पनि) |

    Reply
  22. Narayan Sapkota says:
    November 13, 2013 at 7:56 pm

    बैद्य र प्रचण्ड एउतै रुख को टुप्पो बाट पलाएका हुन्, आखिर माओबादीले नै हो देश बिगार्ने चाहे त्यॊ बैद्य होस् या प्रचण्ड. येत्रो दिन बन्द गरेर गरि खाने जनता लै किन दुक्ख देको होला? तेस्को बाउले तिर्छ मेरो दाई को बस को किस्ता?

    Reply
  23. दीप says:
    November 13, 2013 at 7:56 pm

    प्रचण्ड , भट्टराई ,खनाल, ओली, कोइराला चुनाब हार्ने उनीहरु आफै लाइ थाहा भैसकेको छ तेसैले चुनाब हारियो भने सब बैध बा को कारण ले हार्या हो भन्न प्रचण्ड र बाबुराम लाइ निहू मात्र चाहिएर बैध्य बा लाइ उचालेका हुन् !! बैध्य बा त प्रचण्ड कै चेला होलान होइन र ? काठमान्डू को जनता ले प्रचण्ड लाइ, छोरि लाइ काठमान्डू बाट हराउने लक्क्ष्यन आएको छ र बुहारी लाइ कन्चनपुर् बाट हार्ने लक्ष्च्यन र बाबुराम गोर्खा र बुटवल बाट हर्ने, खनाल इलाम र सर्लाही बाट हर्ने, माकुने पनि हार्ने, कोइराला पनि चितवन, र नेपालगंज बाट हार्ने, सेर बहादुर पनि हार्ने , ओली पनि हार्ने लक्ष्च्यन जनता ले देखाई सकेका छन् !! हेर्नुस कहिँ कतै यी ठुला नेता हरु को ठुला ठुला आमसभा मा जनता गएका छन् ? ५ बर्स सम्भिधान नबनाएर अनि दोश्रो , तेश्रो बनाउछु भनेर लाज मानि मानि जनता को गोडा दोगना गएका छन् !! जनता २०४६ , २०५२ साल तिर का जस्ता लाटा खुरु खुरु रुख, सुर्य, हलो, माओबादि ले भन्ने बित्तिकै उतै तिर भोट हाल्ने, बन्दुक लिने खाल का छैनन् | फेसबुक, त्विटर , इमेल चलाउने जनता भैसके , २०४६ साल मा जन्मेका बच्चा हरु २४ वर्ष का भैसके,| १८ लाख मानिसह खाडी मा पसिना चुहाय्का छन्, अनि ऋण तिर्दा तिर्दा जिन्दगि नै बर्बाद भएको छ| लाखौ युवा हरु पढ्न को लागि युरोप, अम्रिका , अस्ट्रेलिया तिर छन् तेसैले अहिले को चुनाब २०४६ , २०५२ को भन्दा धेरै फरक हुनेछ येदि धादली रहित , निस्पच्या हुने हो भने || भैद्य बा, प्रचण्ड , बाबुराम ,कोइराला, खनाल, माकुने, देउबा सबै जनता ले ब्यालेट बाट हराई दिनेचन !! गगन, घनश्याम, संकर, गोकर्ण बिस्ट हरु लाइ जनता ले भारि मत ले जिताउने छन् !!

    Reply
  24. रीता दंगाल says:
    November 13, 2013 at 6:33 pm

    आफू चाही दूला भीत्र बसेर जनताको छोराछेरीलाई दाउमा हाल्दै जनतालाई सास्तीदिने बैधेलाई कालले किन उठाउन नसक्दो रहेछ।

    Reply
  25. Subhaash Siddhi Udaas says:
    November 13, 2013 at 5:58 pm

    यस्तो किन भयो भने , हाम्रो वैद्यजी र पार्टी ले आफ्ना कार्य कर्ताहरुको चाहना त बुझेकै देखिन्छ, तर सर्वसाधारण नेपाली जनताको व्यावहारिक समस्या र कठिनाई लाई ठ्याम्मै पहिल्याउन सक्नु भएन…तसर्थ भन्नु पर्यो – वहांले केवल देखावाको लागि ‘वैद्य’ थर नाम पछाडी झुन्ड्याउनु भएको रहेछ …देशको रोग पहिचान गर्न चाहिं चुक्नु भएको नै हो कि भन्ने आशंका गर्ने ठाउं छ्याङ्गै देखियो.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme