Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सकियो रमाइलो इन्द्रजात्रा (फोटो फिचर)

Posted on September 23, 2013September 23, 2013 by Salokya

kumari यसपालिको इन्द्रजात्रा हिजो राति सवा नौ बजे वसन्तपुर कालभैरवको मूर्ति छेउमा रहेको लिङ्गो ढालेपछि औपचारिक रुपमा सकिएको छ। आठ दिन मनाइने भए पनि यस पटक तिथिका कारण इन्द्रजात्रा सात दिनमा सीमित भयो। इन्द्रजात्रा लिच्छवि कालदेखि नै चलिआएको भए पनि समय क्रमसँगै यसमा अनेक विशेषता थपिने क्रम अहिलेसम्म जारी छ। मल्लकालमा इन्द्रजात्रामा रथ तान्ने परम्परा सुरु भयो, शाहवंशकालमा इन्द्रध्वज राख्ने चलन थपियो। जङ्गबहादुरको पालामा उनकी प्रेमिका बस्ने टोलसम्म रथ तान्ने गरी तीन पटक रथ तान्ने क्रम (नानीचा याः) सुरु भयो। अनि गणतन्त्र कालमा महिलाले रथ तान्ने क्रम सुरु भयो। गत वर्षदेखि सुरु भएको यो चलनमा यस पटक महिलाले कुमारीको मात्र हैन, भैरव र गणेशको पनि रथ तानेर नयाँ परम्परा थाले। हेरौँ अन्तिम दिनका केही फोटोहरु।

जीवित देवी कुमारी रथभित्र

IMG_6031

kumari2

indrajatra2
कुमारी घरअगाडि दशअवतार देखाउँदै। बजेट अभावका कारण यो वर्ष सुरुका केही दिनमा रोकिए पनि अन्तिम दिन भने यसरी देखाइएको थियो।

indrajatra3
सिङ्ग राख्ने रहरः एक बालिका काँधमा चढेर जात्रा हेर्दै।

jaand
हाथु द्यःको प्रसाद खाँदै।

IMG_6076

र, लिङ्गो ढालिसकेपछि हुने यो ‘पराले युद्ध’ को भिडियो पनि हेर्नुस्-

6 thoughts on “सकियो रमाइलो इन्द्रजात्रा (फोटो फिचर)”

  1. Rabindra Basnet says:
    September 24, 2013 at 5:26 pm

    यसरी ल्याइन्छ लिङ्गोको रुख । नेपाल म्यागेजिनमा छापिएको

    अनि एउटै रुख बारम्बार चैँ मिल्दैन है । ढालेपछि सेलाउने चलन रैछ

    Reply
  2. R.B.Shrestha says:
    September 24, 2013 at 4:19 pm

    संरक्षण गर्ने ठाउँ प़़िन बनाएर गएका छन् पुर्खाहरुले तर गुथी संस्थान र नगरपािलकाहरुको कमाइ खाने थलोको रुपमा प़़िरणत भैसकेको छ । िलङ्गो राख्ने ठाउँ, पाटनको म़़िच्छन्द्रनाथको घ:मा राख्ने ठाउँ र पाङ्ग्रा राख्ने ठाउँमा पसल राख्न िदएको छ ।

    Reply
  3. shree basanta says:
    September 24, 2013 at 5:54 am

    बास्तबमा त्यै एउटा लिङ्गो हरेक बर्ष उपयोग गरे भैहाल्छ | त्यो पुरानो लिङ्गो कसले लाने गरेको रहेछ ? तेस्को मोल त पर्लानी असि नब्बे हजार बजारमा ?

    Reply
  4. Prabin says:
    September 23, 2013 at 5:51 pm

    काठमाडौँ को इन्द्र जात्रा, भक्तपुर को बिस्केट जात्रा लगायेत लिङ्गो ध्वोजा मा आधारित जात्रा को भबिस्य अब संकटमा छ ! यी जात्रा हरु को लागि आवस्यक लिङ्गो ( काठ ) जिल्ला को चित्तापोल गाबिस बाट रुख ढलेर ल्याईनछा ! त्यहाँ येस्त सयै रुख हरु पाइञ्छ! कुनै बेला हजारौ रुख थिए तेस ठाउमा !जुन चित्त पोल बाट पुरानै परम्परा अनुसार तानेर काठमाडौँ को बसन्तपुर ल्याइन्छा जात्रा का लागि! रुख तानेर काठमाडौँ पुर्याउदा को कारण ले हुने जाम तपाई हामी ले भोगेकै हो तर यो भन्दा पनि ठुलो कारण अब एस्तो जात्रा मनाउना गारो हुने वाला छ ! तर प्रत्येक वर्षा येसरी बिभिन्न्न ठाउको लिङ्गो मा आधारित जात्रा को लागि रुख काटिंदा र रोप्ने काम नहुँदा रुख हरु घट्ने क्रममा छ र अब मुस्किलले ४० वर्ष जति मात्र यी र येस्ता जात्रा हरु सम्पन्न्न गर्न संग्लो रुख बाकी रहने स्थानिय हरु बताउञ्छन! तेश माथि बन छेत्र अतिक्रमण त छ दैछ ! सरकारी तबर बाट बन छेत्र जोगाउने, भएका रुख को सम्रछेन गर्ने , नया रुख रोप्ने, यदि कुनै प्रयास नहुने हो भने कि हामीले जात्रा मनाउना छोड्नु पर्छ यता अर्को विकल्प सोच्नु पर्ने हुन्छः जस्तै कि एउतै रुख ले धेरै ठाउँ को जात्रा सम्पन्न गर्ने वा तेही रुख को सत्ता अरु रुख को प्रयोग गर्ने! तपाई हरु को सुझाब के छ त ?

    Reply
    1. सिर्जने says:
      September 24, 2013 at 12:38 am

      प्रविन जी,
      जात्रा संचालकहरुले अबको चालिस बर्षपछी लिङ्गो तयार हुनेगरी अहिले रुख रोप्न सक्दैनन्? के तिनका हातमा दहि जमेको छ? जे पनि सरकारले गर्नु पर्ने हो? रुनु कराउनुको पनि एउटा हद हुन्छ नि हो / अनि एउटा लिङ्गो एकबर्ष मात्र खप्छ? किरा नलाग्ने ओखति लगाएर काठ लाइ जोगाउने (termite proofing) भनेको सुन्नुभाको छ? बिजुलीको खम्बा पनि काठकै हो, त्यो कति बर्ष टिक्छ थाहा छ?

      Reply
      1. Prabin says:
        September 25, 2013 at 12:45 pm

        जहाँ सम्म मलाई थाहा भए अनुसार येस्तो रुख रोपेर हुरकन सयै वर्ष लाग्छ! आज रोपे पनि ४० वर्ष मा तेस्तो रुख हुर्कन गारो पर्छ! तेस्माथी रोप्ने बारेमा मा कसै ले अहुले सम्म सोचे जस्तो लाग्दै न ! येस्ता जात्र को लागि ब्यबस्थापन गर्न भनेरै गुठि संस्थान को व्यवस्था गरेको हो ! यी र येस्ता जात्रा का लागि मल्ल काल र शाह काल मा पनि जग्गा को व्यवस्था गरेको हुन्छा र तेस जग्गा बाट उठ्ने बलि गुठि संथान ले संकलन गरि जात्रा को लागि खर्च बाड फाड गर्ने हो तर सरकारी न ठहरियो ! गुठि संस्थान ले अहिले सम्म केहि गरे जस्तो लाग्दै न ! अब अर्को कुरा तेस्तो रुख कति वर्ष का लागि तिक्छा भन्ने कुरा मा भक्तपुर को बिस्केट जात्रा मा त यो एक वर्ष मात्र टिक्छ !लिङ्गो जात्रा पछि तेस्को टुक्रा दर्सनर्थि ले लिएर जान्छन अनि एक चोटी प्रयोग भएको रुख दोहोरो प्रयोग भएको मलाई थाहा छैन !जहाँ सम्म काठमाडौँ मा पनि एक चो ति मात्र पर्योग हुन्छः र त हरेक साल तानेर लागेको हामी देख्छु !

        Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme