काठमाडौँको सबैभन्दा रमाइलो चाड येँयाः (इन्द्रजात्रा) सोमबारदेखि सुरु भएको छ। सोमबार बिहान सवा सात बजेको साइतमा हनुमानढोकाको कालभैरव मूर्ति अगाडि यो लिङ्गो ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा सुरु हुन्छ। आउने आइतबार राति नौ बजेर सात मिनेटको साइतमा यो लिङ्गो ढालेपछि इन्द्रजात्रा सकिन्छ। यो बीचका सात दिन साँझदेखि राति काठमाडौँको मुख्य भाग यति रमाइलो हुन्छ कि बयान गरी साध्य छैन। विभिन्न नाच (महाकाली, ख्याक, लाखे, पुलुकिसि आदि), रथयात्रा र जताततै उल्लासमय वातावरण, हँसिला मान्छे- यही हो इन्द्रजात्राको विशेषता।
इन्द्रजात्राको प्रचलन लिच्छविकालदेखि नै भएको मानिन्छ। इन्द्रजात्रा कै क्रममा गोर्खाका राजा पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरी जितेपछि यहाँका मानिसहरुले मनाउने इन्द्रजात्रामा आफूहरु