Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?

Posted on September 19, 2013September 19, 2013 by Salokya

IMG_5852
अमेरिकी वायु सेना (US Air Force- USAF) को एउटा विमान आज दिउँसो २ बजेर २५ मिनेट जाँदा काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर साँझ ५ बजेर ८ मिनेटमा फर्किएको छ। USAF अमेरिकी सेनाको हवाई युद्धमा प्रयोग हुने विभाग हो। जमिनमा रहेका सेनालाई आकाशबाट सहयोग प्रदान गर्न पनि यसको प्रयोग गर्ने गरिन्छ। सन् २०१२ को तथ्याङ्क अनुसार अमेरिकी वायुसेनासँग ५ हजार ४८४ वटा विमान छन्। किन आयो त अमेरिकी सेनाको विमान काठमाडौँमा ?
us

अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा अड्याइराखिएको अमेरिकी सेनाको विमान।
अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा अड्याइराखिएको अमेरिकी सेनाको विमान।

यो विषयमा फोटोसहितको ट्विट मैले गरेपछि केही जानकारी सञ्चारकर्मीहरुको ट्विटबाट आएका छन्-

@iBshnu @KANepal @salokya अमेरिकी दूतावासको सामान बोकेर आएको रे । कस्तो सामग्री भन्ने चाही थाहा छैन । अघिल्लो साता पनि आएको थियो ।

— Acharya Pramod (@acharyapramod) September 19, 2013

अमेरिकी सेनाको विमान in KTM : US दूतावास अधिकारी भन्छन: दैवी प्रकोप तालिमका लागि, विमानस्थल स्रोत भन्छ : दूतावासको सामान हो भन्दै छुनै दिइएन

— Ram Rawal (@rawalram) September 19, 2013

Post by Kishor Kishor.

विमानस्थल सूचना केन्द्रका प्रमुख उपेन्द्र बछारलाई उद्‍धृत गर्दै आएका समाचारमा जहाजमा नेपालस्थित अमेरिकी दूतावासका सामग्रीहरु रहेको भनिएको छ। नेपाली सेनाका प्रवक्ता जगदिशचन्द्र पोखलेलले पनि दूतावासकै सामान लिएर पूर्वसूचनासहित अमेरिकी सेनाको विमान आएको भनाई सार्वजनिक गरेका छन्। तर दूतावासका सामाग्रीका लागि सैनिक विमानै किन प्रयोग गर्नुपर्‍यो, जवाफ पाइएको छैन।

विमान एयरपोर्टमा हुँदासम्म प्रहरीलाई छेउमा समेत जान नदिएको र सेनाले सुरक्षा दिएको अनि एउटा पिक अप भ्यानमा अट्ने सामान जहाजबाट उतारिएको विमानस्थल सुरक्षाप्रमुख डिआइजी गोपाल भण्डारीलाई उद्‌धृत गर्दै बताइएको छ।

विमानमा US Air Force लेखिएको छ भने पूच्छरमा AMC CHARLESTON 40069 लेखिएको छ। AMC Air Mobility Command को छोटकरी रुप हो भने चार्ल्सटन फिल्ड एएमसी अन्तर्गत पर्ने दक्षिणी क्यारोलिनाको हवाई शिविर हो।

केही रमाइला ट्विटहरु पनि भए-

डिभी भर्ने हरुलाई लिन आको होला त्यो अम्रेकी बिमान । कस-कसले भरेको छ पासपोर्ट र लगेज रेडी बनार राखम जतिबेला नि फोन आउन सक्छ !

— बालकृष्ण घिमिरे (@ghimireab) September 19, 2013

यसरी फर्कियो अमेरिकी सेनाको विमान
IMG_5854

हेर्नुस् भिडियो-

USAF1

USAF2

USAF3

USAF4

USAF5

USAF6

USAF7

USAF8

तपाईँको विचारमा किन आयो होला त अमेरिकी सेनाको विमान ? आफ्नो धारणा तल कमेन्टमा लेख्नुस्।

74 thoughts on “अमेरिकी सेनाको विमान किन आयो काठमाडौँमा?”

  1. Pingback: अमेरिकी सेनाको जहाजले सम्झाइदिएको ८ वर्ष पुरानो कुरा – MySansar
  2. dhurba says:
    September 21, 2013 at 8:54 am

    अरु केहि को लागि पनि हैन हौ साथीहरुहो.. खैरे को लागि चिकेन लियर आयको हो किन कि नेपाल को चिकेन खान हुदैन बर्डफ्लु ले गर्दा ) खैरेलाई धेरै चिकेन खान पर्छ सो …ल दंग लाइक गर्नुस …..

    Reply
  3. pratik says:
    September 21, 2013 at 1:09 am

    तेल को लोभी अमेरिका सित्तै मा पाए पछि कंगाल नेपाल आयल निगम को fuel भर्ना आको होला / झिंगा को त बोशो झिक्ने देश , के भन्ने /

    Reply
  4. Babu Raja Maharjan, Thamel says:
    September 20, 2013 at 3:20 pm

    यस पाली दसैँ मा मासु को खडेरी परे को हुनाले अमेरिका बाट उपहार सो रुप कुखुरा को रेदि मदे मासु दिन आयक को होला नि ,

    Reply
  5. Sheela says:
    September 20, 2013 at 2:16 pm

    कम्युनिस्टहरुलाई सिध्याउन सकिन्छ भनि लागेका डलर-मणि, युरो-प्याकुरेल र पाउण्ड-मन्दिरा र दलाइ लामाका भक्तहरुलाई मनोबैज्ञानिक ढाडस दिन हो…
    दादाको जहाज-सबारी यसका लागि नभएर के का लागि हुन सक्छ?

    Reply
  6. Bigyan says:
    September 20, 2013 at 2:12 pm

    As a Vienna convention no body is allowed to search the diplomats and diplomatic goods as it was American embassy goods Nepal custom should not be bothered why we Nepali people always think about negative stuff all time in Nepal Nepali reporters makes big news for nothing and it is totally normal to USAF to land in Nepal if they are here to spy they can do from sky and from phones and Internet they don’t need to land thanks Bigyan

    Reply
  7. अर्जुन says:
    September 20, 2013 at 12:25 pm

    सबै को कमेन्ट हेरेको – जहाज आको मा पो कमेन्ट छ त . जहाज आउने त सामान्य कुरा भयो, तर आपत्ति भनेको – तेती बिधि सुरछ्या दिएर के ल्यायो भन्ने हो त ! प्रहरी हरु लाइ नजिक पर्न दिएन रे, सैनिक राखेछ . अध्यागमन नियमन मिचेर सिधै दुताबास मा त पुग्यो होला नि तेसका बाउको ठाँडो … …

    Reply
    1. neeraj says:
      September 21, 2013 at 2:44 pm

      ए भाई, कसैको ठाँडो कहिं पुगेको छैन। कसैको अध्यागमन नियम पनि मिचिएको छैन। डिप्लोम्याटिक प्याकेट आएको हो भने भन्सार बाट जाँदैन, जाँच पनि हुन्न। र सैनिक जहाज भएकोले नेपालको सैनिकले सुरक्षा देको हो। नेपालले पनि अमेरिकामा यसै गरी जहाज लान सक्छ, डिप्लोम्याटिक प्याकेट पनि लान सक्छ, र सैनिक सुरक्षा पनि पाउन सक्छ। यो दुइपक्षिय कुटनितिक सम्बन्धको पाटो हो। के के न भा जस्तो गरेर धेरै हल्ला गरी हामी नेपालीले आफ्नो औकात नदेखाऔं, अलि बुझ्ने मान्छेले पढ्यो भने हाँस्छ।

      Reply
  8. neeraj says:
    September 20, 2013 at 12:16 pm

    एयरपोर्टमा प्लेन त आउँछ नि, पानिजहाज आउन्न क्यारे। फेरी लुकिछिपी षडयन्त्र गर्नु छ भने कुन मुर्खले दिउँसै सबैले देख्न र फोटो खिच्न सक्ने गरी बल्ड्याङ्ग्रे प्लेन ओराल्छ होला र – अमेरिकी गुप्तचर निकाय संग हेर्दा शंका नलाग्ने प्रकृतिका प्राइभेट जस्ता देखिने जहाज पनि त छ होला नि, गोप्य काम त तिनीबाट गराउँछन् होला नि।

    जे होस, पहिले पनि यसरी आउने गरेको रैछ, पछि पनि आउला, अरु देशका वायुसेनाका जहाज पनि आउँछन्, बिभिन्न कामले आउँछन् नि, जे मा पनि शंका गर्न त भएन हो। र यस्ता कुरालाई ठुला मिडिया र माइसंसार सबैले किन समाचार बनाको हो ? खासै यो धेरै सोच्न पर्ने विषय होइन। नेपालीले प्लेन नै देख्या रैन्छन्, एयरपोर्टमा एउटा प्लेन बस्दा यत्रो हल्लीखल्ली भनेर दुतावासका कर्मचारीहरु हाँस्दै होलान्। धेरै पाखे बन्न भएन हामी पनि। लाटोले पापा हेर्‍या भन्छन् नि, त्यस्तै लाग्यो मलाई।

    नेपालको पनि वायुसेना भएको भए र यत्रो प्लेन भएको भए अमेरिकाको वासिङ्टन डिसी मै ओरान्नु हुन्थ्यो। क्यार्नु, हामी संग छैन। तर नेपालले त्यसो गरेको भए पनि त्यहाँको वासिङ्टन पोष्ट र न्युयोर्क टाइम्सले चाहिं यसलाई इस्यु बनाउन्न थ्यो होला।

    यसो एयरपोर्टबाट रिपोर्ट पो लिने हो कि ? कुन कुन देशको वायुसेनाको जहाज यसरी नेपाल आएको छ कहिले कहिले भनेर। धेरै आएको होला नि। अस्ति नेपाली सेनाले शान्ति प्रयास भन्ने तालिम गर्‍या थ्यो नि , त्यो बेला पनि जापान लगायत देशको यस्तै सैनिक बिमानहरु आएका थिए क्यारे, त्यतिबेला फोटो खिच्न कोहि पुगेनछ।

    जसरी सिभिलियन फ्लाइटहरु नियमित रुपमा यता बाट उता उड्छन् सिभिलियन काममा , त्यसैगरी सैनिक बिमानहरुपनि सैनिक काममा उडिरहेका हुन्छन्। खासै ठुलो कुरा नै होइन। ठुला मिडियाले सानो समाचारलाई ठुलो बनाएको देख्दा चाहिं उदेक लाग्यो।

    Reply
  9. robei says:
    September 20, 2013 at 9:02 am

    पिच भत्क्या ठाँउमा पनि ओराल्न सक्छम भनेर देखाउन आका नि हाम्रा एअरपोटका हाकिम ज्यू हरुलाई।

    Reply
  10. Asshish Rana says:
    September 20, 2013 at 8:00 am

    The level of skepticism among Nepalese people is really high. Most of the arguments are totally unnecessary like grand design, for china, for India etc.

    Reply
    1. कुल प्रसाद says:
      September 21, 2013 at 12:23 pm

      यार जोक गरेको नि पत्तो पाउदैनउ तिमि.

      Reply
  11. बेखालाल नेपाल says:
    September 20, 2013 at 7:11 am

    अमेरिकी सैनिक जहाज आएको ठिकै हो नि! बिस्तारै यता पनि सैनिक अखडा बनौन दिनु पर्छ| अनि भेट्ला उत्तर तिरको छिमेकी मुलुक ले|

    Reply
  12. raj says:
    September 20, 2013 at 6:26 am

    मेरो विचार मा येस्मा GRAND DESIGN छ | तर म अहिले केहि भन्दिन, समय आएपछि मात्र भानुला 🙂

    Reply
  13. Aakas Shrestha says:
    September 20, 2013 at 6:08 am

    धन्न हाम्रा नेताज्यूहरुलाई थाहा भयेनछ नत्र भने फूलमाला सहित अमेरिकी सेनाको स्वागत गर्न हाम्रा नेताहरु पक्कै पुग्थे / चुनाब पनि आइराको बेलामा बोरै भो नि //

    Reply
  14. Suraj Shrestha says:
    September 20, 2013 at 6:01 am

    आखिर यो अमेरिकी हवाई सेनाको जहाज मित्र राष्ट्र भारत वा चीनको बायु मार्ग भएर नेपाल आयो होला
    जब विश्वको दुइ सबै भन्दा बढी जनसंख्याको देश मध्ये एकले सुरक्षाको दृष्ट्रिले अनुमति दिएरै नै सो जहाज नेपाल आयो भने हामीले कति खोज तलास गर्नेको अर्थ के निस्किन्छ ????

    सुरज श्रेष्ठ

    Reply
  15. Nab says:
    September 20, 2013 at 5:43 am

    कस्तो अचम्म को देश होला, आफनो Embassy को सामन हरू भन्दैमा security check त परै जाओस छुन पनी नदीइ कन सामन पास गर्न पाउने यो त एकदमै अचम्म को systems रहेछ हाम्ो नेपाल मा । embassy को सामन को सरासर security clearence कुनै पनी मुलुकहरूमा छैन । यो देश त सारै खत्तमै र खोक्रो बनाए हाम्रा भ्रष्ट नेताहरूले । यो देशमा अहीले गर्न सक्नेले जे गरे पनी छुट छ । देश अतीनै तल्लो सत्तर मा भयो अती मा अती बिजोग हालत छ देशको। अब पनी हुने चुनावमा नेताहरू त सबै तीनै भ्रष्ट हरू नै हुन, खोई केही पनी हुने वाला छैन बरू झन झन देश ओरालो लाग्छ जस्तो देख्छु ।

    Reply
  16. Laxman says:
    September 20, 2013 at 5:14 am

    हिजो क. बाबुरामले जर्मन र इन्डियन राजदुतले हस्तछेप गरे भनेका थिए अरे तेही बुझ्न आको रे !

    Reply
  17. Raj says:
    September 20, 2013 at 4:36 am

    २०४९ हो कि २०५० साल तराई मा baadhi / पैह्रो आएको बेला मा येही जोडा प्लेन ( जहाज C १७ हो कि ) बेल्लिब्रीज़, त्रिपाल र टेन्ट हरु लीएर अमेरिका बाट आएको थियो | तेश्बेला एरपोर्ट को आर्मी हंगेर आघादी दैबी प्रकोप को उद्धार headquarter थियो र मलाई चाही हाम्रो कार्यलाये ( official ) ले support को लागि दुइ दिन तेश headquarter मा पठाएको thiyo र म त्यो प्लेन को नजिकै गएर हेरेको थिंए | तेश प्लेन ले बेल्लिब्रीज़ र तेही प्लेन को सुरक्ष्या को लागि एरपोर्ट fire fighting engine ( दमकल ) समेत ल्याएको थियो र त्यो दमकल भित्र ६ वा ७ जना पुरुष र महिला थियो र मैले तिनीहरु संग कुरा गर्दा अमेरिका बाट सिधै आएको र १७ घण्टा जति लागेको भनेर भंथियो उनीहरु सबै त्यो दमकल बाट बाहिर नै निस्केन पछि यो प्लेन अमेरिका फर्किने बेला मा त्यो दमकल पनि तेही भित्र राखेर लग्यो | त्यो प्लेन लाई आर्मी ले चारै तिर घेरेर राखेको र runway गुदौन्दा दाँया र बाँयाँ को घाँसे तार जाली मा छोयो छोयो जस्तो लाग्थ्यो र तेस्को लम्बाई १०० मिटर र चौडाई तेस्तै १५ वा २० मिटर जति थियो | मेरो विचार मा येति ठुलो प्लेन ले अबश्य पनि केहि समान त ल्याएको नै होला |

    Reply
  18. buddhi says:
    September 20, 2013 at 3:27 am

    कसैलाई पनि नजिक जान नदिए चेक जाच नगरी समान भित्र्या पछि पक्कै दाल मा कुछ काला है / भारत मा केहि समान झारेर नेपाल मा पनि झर्यो भने पछि / अब १ हप्ता पछि उत्तर बाट के प्रतिक्रिया आउछ उसैलाई बिश्वास मान्नु पर्ला / किनकि नेपाल मा तेता पट्टि ध्यान दिने चलन अझै सम्म नेताले गर्न जानेका छैनन् / कुन ठाउको टिकट कुन भातमारा लाइ दिने / तेसैमा ध्यान छ अहिले नेताको /

    Reply
  19. Kiran says:
    September 20, 2013 at 1:58 am

    शान्ति खोज्न आएको हो कि ?

    Reply
  20. Bigyan says:
    September 20, 2013 at 12:45 am

    There are four kind of plane in usaf currently active. They are c series f series t series and b series c stands for cargo and transporting people t stands for tanker for Ariel refueling for fighter planes f stands for fighter and b stands for bomber for bombardment. The plane which came in Nepal is C17 which are made for transport. Cargo. So no need to panic I’d b series and f series land then only we have to panic. I talked to department of defiance for transporting fire truck then they told me they transport in those plane if needed but fire truck plan has been cancelled.

    Reply
  21. Rohit Shah says:
    September 20, 2013 at 12:34 am

    यो American Air फोर्स को C17 Aircraft हो/ म यहाँ Kandahar Air Base Afghanistan मा Daily यहि C17 Aircraft को समानहरु offload गर्ने काम गर्छु / यति जाबो कुरा को लागि के सारो हल्ला हौ हाम्रो देशमा/ अस्ति few weeks अगाडी यस्तै खाले Aircraft (C5 ) इंडियाले १० वटा किनेको छ US संग/ धन्यवाद/

    Reply
  22. द्रोण says:
    September 19, 2013 at 11:15 pm

    अमेरिकी जाज नेपाल ओर्लेको सन्दर्भ मा
    चीन: तिब्बती बिद्रोही हरुलाई हतियार लिएर अमेरिकी बिमान काठमान्डू ओर्ह्लेको छ |

    भारत : नेपाल मा आइ यस आइ लाइ सी आइ ये ले मद्दत गर्दैछ भारत मा बखेडा मचाउन र इन्डियन इकोनोमी लाइ व्यक गेर लाउन |

    खिलराज सरकार : हाम्लाई कम्जोर ठानेको ,ल हेर हाम्रो को सग साठ गाठ छ |
    नेपालि कांग्रेस : प्रजातन्त्र को बिउ लिएर आएछ ,नेपाल मा छर्नु |
    एमाले : ने क पा एमाले मात्र अब यो देस को अन्तिम बिकल्प पार्टी भन्ने अध्यान गर्न आएको हो |
    कमरेड ओली ले हबाइजाहज को डाइभर को हवाला दिदै भन्नु भो |

    माओबादि : बास्तब मा त्यो जहाज स्विजरल्याण्ड जान लागेको कमरेड बाबुराम ,माने प्रचण्ड ले नेपाल लाइ नै स्विजर्ल्यंद बनाइदियेकोले झुक्केर यहा ओर्ले छ |

    फोरम : अम्रिका नेपाल फोर्न हामीलाई सघाउन आएछ |
    त् म लो पा : महन्त ठाकुर अब भबिस्यको एकमात्र योग्य पी यम हुदा ,उअहा को अमेरिका मा लगेर स्वास्थ सुधार गर्न प्लेन ओर्ह्लेछ |

    साधु सन्यासी संघ : हामीलाई कासी , अमरनाथ लैजान बिमान ओह्रेछ |

    Reply
  23. jiwangurung says:
    September 19, 2013 at 10:47 pm

    एशियाको शक्तिशालि देश इंडिया अनि चिन देखेर धेरै डर छ America चाहन्छा नेपालमा अमेरिकाको बेस होस् ताकी दुवै देशको निगरानी गर्न सकोस
    हामी नेपालीलाई केहि हुदैन बरु राजनीति छेत्रमा नेतालाई
    भनि डर छ भन्न मिल्दैन अब कुन पार्टी आउछ भनेर
    सबै कुरा भन्न नमिल्ने

    जीवनजी सातसमुन्द्रपारी बाट

    Reply
    1. dilip gurung says:
      September 20, 2013 at 2:26 am

      कस्तो हावा कुरा हो| चीन या भारतको सहमति बिना अमेरिकाले नेपालमा कसरि बेस खोल्न सक्छ? नेपाल आउनलाई भारत वा चीनको स्थल/बायुक्ष्यत्र प्रयोग गर्नु परेन?

      Reply
  24. Kunal says:
    September 19, 2013 at 10:34 pm

    मैले जानेको अनुसार रिसर्च गर्न आको रे . हामी अमेरिकन नेपाल आउदा कस कसको टाउको दुखछ भनेर !

    Reply
  25. विृरोध says:
    September 19, 2013 at 10:29 pm

    हामी नेपाली चै ५० लाख दलाल लाई तिरेर चोर बाटो हुदै अमेरीका छिर्न हुन्छ, उनिहरु पैसा भा को मान्छे प्लेन नै लिएर आए त के को टाउको दुखाई हो ?

    Reply
  26. prakash says:
    September 19, 2013 at 10:29 pm

    don’t worry guys there is nothing going on. i am a military member and am serving in USAF. If there is anything to worry about Nepal’s national security i will let you know.

    Reply
    1. dilip gurung says:
      September 20, 2013 at 2:27 am

      हाहा| अमेरिकी सेनाको हरेक गतिबिधि बारे सब सिपाहीहरुलाई खबर हुने जस्तो कुरो गर्छ यो त|||

      Reply
    2. Prajit man says:
      September 20, 2013 at 4:40 am

      के USAF मा काम गर्छु भनेर फुर्ति लगाइराखेको, कतिनै आफैले प्लेन पठाको जस्तो?? जाबो USAF मा काम गर्दैमा DEFENCE SECRETARY ले जस्तो नाखोकम न प्रकाश जी/ USAF मा काम गर्ने एउटा पिपा लाइ US DEFANCE वा PENTAGAN ले NATIONAL SECURITY को बारेमा पक्कै सूचना दिदैन यो कुरा जो कसैलाई थाहा छ/ तपाई को कमेन्ट ले अलि बढीनै खोके जस्तो लाग्यो/

      Reply
  27. pralhad Timalsina says:
    September 19, 2013 at 10:25 pm

    अमेरिका कतिन सक्तिसाली छु भन्ठानेर देखाएको होला नि हम्रोदेस मा तेस्को सेनाको पिलेन ल्याएर ?
    भट्टे डाडामा बसेर गुलेली हानेर झारिदिन्छु तेस्को पिलेन अनि थाहा पाउछ
    अर्कोपटक आउनु भन्दा अगाडी सोचोस् न
    गुलेलीको पावोर ,,,,

    Reply
  28. MILAN says:
    September 19, 2013 at 10:18 pm

    बैध बा ले निउ खोजेका छन् अमेरिका ले ग्राऊन्ड बाट होइन ड्रोंन बाट सबै माओबादी लाई तह-लगाई दिञ्छ आतँककारी भन्दै.जे होस् राम्रो हो शिन्ग तिखार्दै जानी को भाच्नु पनि पर्छ.

    Reply
  29. ashok says:
    September 19, 2013 at 10:00 pm

    मैले गल्ति बोले भने क्षामा गर्नु होला !

    अमेरिकी यस्ता बिमानहरु नेपालमा मात्रै होइन, अन्यत्र पनि ल्याण्ड गरिन्छन र ल्याण्ड भएका पनि छन ! तर, अन्य देशहरुमा जनताहरुले खासै वास्त गर्दैनन् ! संचार माध्यमहरुले पनि खासै त्यस्तो ठुलो इस्यू बनाएको देखिदैन ! अफघानिस्तानमा त झन् यस्ता बिमानहरु तैनाथ नै गरेर राखिएका छन ! हामी नेपालीहरु लाई चाही के भएको होला? एउटा जहाज आउने बितिक्कै भुकम्प नै गए जस्तो, हाँगामा ! सायद, अरु देशको सहयोग थप्दा-थप्दा बानी परेकोले होला, यो जहाजले केहि नछोडी फर्केको देख्दा देशभर नै खैलाबैला !

    Reply
    1. Veer Kumar Shahi says:
      September 19, 2013 at 10:32 pm

      हजुर कहाँ एस्तो उस्तो जहाज आको हो र ? सिधै अमेरिका को एअर फोर्स को जहाज आएको पो त् ! अफगानिस्तान मा त् युद्द चलिरको छ नि त्, नेपाल मा त् छैन ! तपाइँ ले अरु देश मा एस्तो जहाज आए खासै वास्ता हुदैन भन्नु भयो, ल हेरौ त् तपाई इरान को बोर्डर मा अमेरिकी सैनिक को कम्ब्याट ड्रेस लाएर छिर्नुस त्, कति हलचल हुदो रहेछ, प्लेन आको त् कुरै छाडीदिउ ! तर एकप्रकार ले ठिकै हो ! नेपाल मा कति भारत को मात्र दमन हेर्नु ? येसो अमेरिका को पनि हेरौ न, जे सुकै होस् , अमेरिका ले भारत ले जस्तो लुछ्ने मात्र होइन दिन्छ पनि ! साउथ कोरिया लाइ कहाँ बाट कहाँ पुर्यायो, नेपाल मा पनि येत्रो प्राकृतिक श्रोत छ, के थाहा न नेपाल झन् बिकसित हुने पो हो कि ! गफै त् हो सोल्टी ! 😀

      Reply
    2. avaya says:
      September 19, 2013 at 11:04 pm

      अशोक जी, ठिक कुरा गर्नु भो! मलाई पनि तेस्तै लाग्छ, किन नेपालमा खैलाबैला? सरकार ले बिमान मा सामान हालेर पठायो, विमानले नेपालमा छोड्यो अनि फिर्ता उड्यो. येस्मा के नै ठुलो कुरा भयो र??? नेपालका पो जम्मा दुइटा बिमान तेस्मपानी सधै Grounded हुने ! USA का त हजारौं बिमान, एउटा आयो समान छोड्यो गयो ! मलाई त कान्तिपुरले समेत एस्लाई ठुलो News बनायको देख्ता हाँस उठ्यो ! अनि, धन्न बैध्यबाहरु झन्डा बोकेर बिमान लखेट्न एरपोर्ट गयनछन !!!

      Reply
    3. chiran says:
      September 20, 2013 at 8:35 am

      एसको मतलब हामी कत्तिको सव्य रहेछौं वन्ने कुरा थाहा हुन्छ

      Reply
  30. lama says:
    September 19, 2013 at 9:49 pm

    अमेरिकी बिमान किन आयो न कसैलाई थाहा छ न महार्गंज र लैनचौरमा बनेको एम्बेसी भित्र के के छ कसैलाई थाहा छ? एम्बेसी बनाउदा वरपरको घरहरु यतिकै चर्केको थिएन, उनीहरुले एम्बेसी हैन एम्बुस बनाएको छ र अहिले त्यहि एम्बुस भर्नाको लागि नै बेला बेलामा युद्दक विमानले आधुनिक हतियार नेपाल भित्रयादै छ l नेपाललाई प्रयोग गरेर भोलि उसले परेको बेला अरुसंग युद्द गर्नेछ र त्यो बेला अमेरिकन हैन हामी सोझा नेपाली बलिको बोका बन्नेछौ l यो हाम्रो देश हो अमेरिका को सम्पति हैन त्यसैले यस्ता कुराको हामीले बिरोध गर्नु जरुरि छ l र हामीले थाहा पाउने अधिकार छ कि के ल्याऊदैछ भनेर त्यो विमानमा l

    Reply
    1. dilip gurung says:
      September 20, 2013 at 2:31 am

      देशलाई लाइ अमेरिका ले होइन तपाइँ हाम्रै नेताले खाल्डोमा हल्दैछन| त्यतातिर ध्यान दिने हो कि?

      Reply
  31. Lalit Narayan says:
    September 19, 2013 at 9:35 pm

    बिमान अवतरण गरेपछि त्यहाँ बाट मान्छे निस्के कि समान ? एकछिन कुरेर हेर्नु पर्ने थियो नि सालोक्य जी, फोटो खिच्ने बितिकै twitter तिर पोस्ट गर्न दौडनु भएछ 🙂
    ——————–
    उच्च हिमाली क्षेत्रमा सैनिक अभ्यासका निम्ति नेपाल उपयुक्त भएकोले अमेरिकी सेनाहरु सैनिक अभ्यासका लागि नियमित यहाँ आउने गरेका छन् l स्मरण रहोस-अमेरिकी दुतावासमा एक सैनिक कर्नेल स्थाई रुपमा बस्छन l

    Reply
  32. laxman says:
    September 19, 2013 at 9:31 pm

    नेपाल युद मैदान हुदै छ , यो इंडिया र अमेरिका को ग्रान्ड प्लान्निंग छ चिन लै अकर्मण गर्ने ,तेसै को लागी यिनी हरु ले हतियार वित्रौन्ने ,काम gardiechun वोल्ली को नेपाल वन्नेको युद वूमि हो जय नेपाली को बुढी छिटै पलयोस !!

    Reply
  33. सुमन मानन्धर says:
    September 19, 2013 at 9:08 pm

    Nuclear Warhead ल्याएको क्या! अब धोती र चीन लाई नेपाली ले देखाउला, चेपेको-चेप्यै बा!

    Reply
  34. indra says:
    September 19, 2013 at 9:00 pm

    मध्ये पूर्व पछि अब नेपालमा अमेरिकी सेना उतार्ने पालो होला |

    Reply
  35. ashok says:
    September 19, 2013 at 8:54 pm

    प्रचण्डलाइ हप्ता दिनको डोज पुग्ने भो । उनले अमेरिकी सैनिक बिमान एमाअोबादीलाइ हराउन अाएको भने भने अाश्चर्य नमान्नु होला ।

    Reply
  36. Indra Bdr Gurung says:
    September 19, 2013 at 8:19 pm

    दुर्गम क्षेत्रमा ट्रयाकहरु खोल्न नेपाल आर्मी लाइ जिम्मा दिने गरेको थाहा पाएर आर्थिक संकट परेको बेला दाना पानि लाइ सजिलो होस् भनेर नेपाल मा यसो बाटो खन्ने काम पाइञ्छ कि भनेर बुझ्न आएको होला

    Reply
  37. Nabin Adhikari says:
    September 19, 2013 at 8:13 pm

    येत्रो ठुलो बिमान आउदा धन्न धाने छ हाम्रो देस को विमानस्थल ले?

    Reply
  38. ram chheti says:
    September 19, 2013 at 8:01 pm

    हैन हजुर हाम्रो नेपालमा american आर्मी को plane आकोत राम्रै हो नि .boarder मा धॊति पुलिसले नेपाल मा आएर देशनै इंडिया बनाउन लागिसके .अब हाम्लाई इंडिया हैन अमेरिकाकै साथ् चाहिन्छ

    एउटा देश प्रेमी

    Reply
  39. Rajkumar says:
    September 19, 2013 at 7:43 pm

    भारतीय प्रहरीले दिनदहाडै आएर छापा त मार्छ! अमेरिकाको त एयर फोर्स मात्रै आको त हो नि त्यो पनि सेनालाई नि जानकारी दिएरै आको रैछ! खासै अचम्म मान्नुपर्ने कारण केहि नि छैन !

    Reply
  40. razdip says:
    September 19, 2013 at 7:27 pm

    i have seen this aeroplane while flying in the sky

    Reply
  41. Kul Bikram says:
    September 19, 2013 at 7:17 pm

    I am going to give them the benefit of doubt and I will assume they are indeed transporting goods. Passenger planes would not be suitable for good transport, so they could either chose civilian Cargo planes or military cargo planes, they chose latter because of logistics.

    Reply
    1. dishahin plane says:
      September 20, 2013 at 12:02 am

      thats what americans were gonna say, atleast on the papers……
      for me , since i dont know the quality of the goods, whether it be too fragile or too heavy!!. but carrying a whole fuel gusting cargo mission for a truck load ; would be such a waste of good money.

      Reply
  42. Ameer says:
    September 19, 2013 at 7:04 pm

    धन्न हो नेपाल कमसेकम अम्रेकी वायु सेना को बिमान भए पनि देख्न पाए ! एउटा अम्रेकी बिमान आउदा एरपोर्ट संगै देश नै हल्लिएको देख्दा नेपाल जस्तो पिछडिएको देश को माया लागेर आयो तर गाइजात्रे र रमिते नेता हरुको बुद्धि कहिले आउने येति अगाडी बढेर देश को काचुली फेर्न | यो सब त सोच भन्दा पर अनि बाहिर को कुरा भयो नेपाली हरुको राम राम राम | थुइक्क नेपाली नेता हरु |

    Reply
  43. praladh acharya says:
    September 19, 2013 at 7:03 pm

    जे भए पनि अमेरिकी सेनाको बिमान आएछ . खुसीको कुरो सबै नेतालाई लिएर गए पनि हुने . हामि जनता त सान्ति संग बस्थ्यौ .

    Reply
  44. pukal rai says:
    September 19, 2013 at 7:01 pm

    राजा को परिवार सबै मारे पछि छिमेकि देश भारत र अमेरिका लै यहि त कुरा सजिलो भा छ….खाते नेता र नेपाल देश त इनी हरु लाई….सार्बजनिक सौचालय जस्तो भा छ…भारतीय पुलिश ले त आएर सिधै हस्तछेप गर्छ भने अमेरिकन ले त गर्ने भै हाले नि….!

    Reply
  45. Achyut says:
    September 19, 2013 at 6:44 pm

    नेपाल को थोत्रो एअर पोर्ट कति भत्केको छ भनेर जाच गर्न आएको हुन सक्छ के थाहा बनाईदिन्छ की वा हुनसक्छ नेपालको महँगो पेट्रोल हाल्दा धेरै बेर उड्छ की उड्दइन भनेर चेक गर्न को लागि पेट्रोल हाल्न पो आ होला |

    Reply
  46. laxman says:
    September 19, 2013 at 6:38 pm

    नेपाल युद मैदान हुदै छ , यो इंडिया र अमेरिका को ग्रान्ड प्लान्निंग छ चिन लै अकर्मण गर्ने ,तेसै को लागी यिनी हरु ले हतियार वित्रौन्ने ,काम gardiechun वोल्ली को नेपाल वन्नेको युद वूमि हो जय नेपाली को बुढी छिटै पलयोस

    Reply
  47. kiran says:
    September 19, 2013 at 6:32 pm

    यो कार्गो प्लेन हो साथी हो सामान लिएर आएको हो ।

    Reply
  48. purna prasad khatiwada says:
    September 19, 2013 at 6:27 pm

    नेपाल मा अमिरिका र भारत को दबदबा कायमै छ | अहिले बाट होइन धेरै पहिले देखि नै , त्यसैले अमेरिकी सेनाको विमान नेपाल मा आउनु कुनै आश्चर्य हो जस्तो लाग्दैन | स्वार्थी राजनीतिक शक्ति नेपाल को हितमा हिजो पनि थियन र आज पनि छैन | नेपाल मा जन्मेको गौतम बुद्ध लाइ भारतले आफ्नु देश मा जन्मेको भन्दा त मौन बस्ने सरकार , राजनीतिक पार्टी छन् नेपाल भन्ने देश मा, कमजोर शासन प्रणाली भयको हाम्रो देश नेपाल मा यी कुरा हुनु कुनै अनौठो हो जस्तो लाग्दैन | मलाई नेपाली हुनु मा गर्ब छ , तर नेपाल लाइ कमजोर बनाउने , बिदेसी लाइ देश बेच्ने , सिमा अतिक्रमण हुदा रमिते बनेर हेर्ने नालायक राजनीतिक प्रति मेरो धेरै आक्रोस छ |

    Reply
  49. babu kaji maharjan says:
    September 19, 2013 at 6:27 pm

    भारतीय र चिनिया सेक्रेट सर्विसको बिगबिगी भएको देश नेपालको के नै सरवौम्सत्ता छ र ? जुन देसका नेताहरु बिदेशीको दलाली गर्छन त्यो देशमा संसारको जुनै देशको सेना आयो भनेर अचम्म मान्नु पर्ने केहि कुरो छैन |
    डर खाली एसको छ कि, आउदो चुनावमा माओबादीलाइ दबाउने नीउमा बिदेशी सेना, (american र भारतीय) ले नेपाली जनताको रगतको खोलो र नेपाली चेलीको इज्जतको दोहोलो गर्न बाट कसरि हामी रोक्न सकौला !!

    Reply
    1. Veer Kumar Shahi says:
      September 19, 2013 at 10:03 pm

      माओवादी लाइ भारत ले किन दबाउनु नि ? आफैले जन्म दिएको छोरो लाइ पनि कुनै बाउ ले दबाउन सक्ला? हो कैले कहिँ बाउ संग रिस उठेर केहि भन्ला छोरो ले तर आखिर मा “आफ्नो भन्ने आफ्नै हुन्छ” भनेर त् अहिले आएर बाबुराम-प्रचण्ड ले देखाई सके नि होइन र ?

      Reply
  50. dharmendra says:
    September 19, 2013 at 6:26 pm

    विमानस्थल मा बिमान आउनु ठुलो कुरो होइन / air traffic controler ले अवतरण र उडानको अनुमति दिए पछि आउन जान पाउछ / कि अमेरिकी बिमान लै अनुमति छैन ? येदि छ भने किन टाउको दुखाई ? कुनै दिन छिमेकी को आक्रमण को बिरुद्धमा यिनै बिमान हरुले नेपाल को रक्षा को लागि तेही विमानस्थल मा अवतरण गरे के भन्नु हुन्छा ?

    Reply
  51. [email protected] says:
    September 19, 2013 at 6:21 pm

    नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको पिच भत्केको भत्क्यै छ भन्ने कुरा यिनीहरुले बल्ल थाहा पाएछन् क्यारे !
    त्यो कसरी बनाउन सकिन्छ भन्ने बुझ्न आएका नै बरा………………… । अब आफ्नो देश फर्केपछि उसले एउटा प्रतिवेदन बनाएर पेश गर्ने छ । “नेपालको चुनावस्थल ……..हैन हैन विमानस्थल गज्जब रहेछ ।”

    Reply
  52. Ramesh says:
    September 19, 2013 at 5:54 pm

    हिजो भारतीय प्रहरी बर्दिामा आए आज अमेरिकि सेनाको जाहाज आयो । बैद्य जीहरुको आशंकालाई बल दिने काम भएको छ भारत र अमेरिकाबाट । वैद्यहरुले राजनैतिक मसला पाउने भए विरोधका लागि । प्रहरी सेना किन यसरी आए राज्यले जवाफ दिनु पर्छ । नत्र अस्थिरता बढाउन खोजेको ठहरिने छ ।

    Reply
  53. ganesh [aus] says:
    September 19, 2013 at 5:32 pm

    American embassy को समान लिएर आको रे ….तर पनि american air force को plane , american आर्मी कुनै पनि देश मा जानु ठुलो navako बेला मा सबैले हेपेको सबैले चेपेको देश मा आउन कुन ठुलो कुरा vayo र

    Reply
    1. dins says:
      September 20, 2013 at 7:10 am

      न नेपाल कसै संग हेपिएको छ न हेपिनेनै छ बेकार मा किन चिन्ता लिनु हुन्छ

      Reply
  54. shankarjee malla says:
    September 19, 2013 at 5:31 pm

    Yesterday,an Indian police troop entered Nepal and took his police action to Nepali citizen. Today an American Air Force plane lands in Kathamandu and our Nepali securities can not see what they brought in the aircraft.And we Nepali people are feeling proud of our freedom and sovereignty.May PASHUPATINATH save us.

    Reply
  55. SURENDRA hongkong says:
    September 19, 2013 at 5:14 pm

    नेपाल सरकार का जिम्मेबार कर्मचारी कै भनाइ अमिल्दो हुदा माथी बालकृष्ण घिमिरे ले भनेको कुरो सत्य होला/ डिभी भर्ने हरु लाई लिन को लागि बिशेष बिमान नै आएको होला/ डिभी बाट मनग्य दाम असुलेकै छ क्यार?

    Reply
  56. भाइ काजि श्रेष्ठ says:
    September 19, 2013 at 5:09 pm

    होसियार……………!!! जे पनि हुन सक्छ…….. कस्ले बुझ्ने त्यो चाला……….

    तर,
    पिडीत भने मै जनता………!!!

    Reply
  57. Pushpendra Khadka says:
    September 19, 2013 at 5:01 pm

    नेपालमा तेत्रो ठुलो देशको तेत्रो ठुलो बिमान आयो के भयो त?
    यो पहिलो पटक पनि होइन रहेछ, हिजो भारतीय पुलिस नेपाल छिरो आज अमेरिकी आर्मी जाहाज आयो भोलि चिनको रकेट आउछ पर्शी उतार कोरियाको आँडबिक बम आउछ तेती बेला पनि हिमिले गर्ने क नै होर ? धेरै भए mysansar .com आएर समाचार पढेर कमेन्ट गर्ने, फसबूकमा लाइक कमेन्ट सेयर गर्ने तेती त हो.
    बिचार हामी नेपाली

    Reply
  58. राधेश्याम says:
    September 19, 2013 at 4:49 pm

    भारतीय पुलिस पान चपाउदै थोत्रो महिन्द्रा लिएर आउनु भन्दा त अमेरिकि सेना जहाज लिएर आएको ठीक ।

    Reply
    1. Ramesh Thapa says:
      September 19, 2013 at 11:25 pm

      वाह रे राधेश्यामजी, तपाइंको कमेन्ट खूब राम्रो लाग्यो | २ मार्क पनि थापिदियें | चुनाव हुनु कहिले कहिले, चुनाव प्रचारको लागि कैयन भारतीय नम्बर प्लेटका गाडीहरुको नेपाली सीमा क्षेत्रमा विगविगी बढेको छ | यसपालिको चुनावमा अमेरिकन एयर फोर्सको सानो ठुलो नया थोत्रो बिग्रेको, चल्ने, नचल्ने सबै ल्याएर प्रचार गरे झन् राम्रो | सकेमा चाइनिज नम्बर प्लेटको पनि ल्याउने हो; सबै देशका सवारी साधनहरु प्रयोग गर्न अब तँ छाड म छाड हुनु बेर छैन |

      Reply
  59. nimesh, BKK says:
    September 19, 2013 at 4:46 pm

    दक्षिणको मुटु ढुक ढुक भएर नेपाली (कु) नेताहरु संग प्रश्न सोद्धै होला अहिले .

    Reply
  60. द्रोण says:
    September 19, 2013 at 4:41 pm

    संसार को दादा को प्लेन आउनु बाट दादाको आफ्नो भन्ने बुझिन्छ | ल हैइन्डियन धोति भाइ हरु देख्याहो | नेपाल मे गडबड करेगा तो अम्रिका तुम को मारेगा रे क्या ?

    Reply
  61. Kabir Khadgi says:
    September 19, 2013 at 4:28 pm

    यो पहिलो पटक होइन | मैले धेरै पटक विमानस्थल मा अमेरिकी सैनिक बिमान देखेको छु | सोध पूच गर्दा नेपाली सेना संग संग्युक्त तालिम को लागि आएको भन्ने जवाब पाएको थिए विमानस्थल कर्मचारी बाट यो भन्दा अगाडी | एस पटक किन आएका रहेछन थाहा भएन तर मेरो विचार मा चुनाबमा नेपाली सेना प्रयोग गर्ने सरकार को निर्णय भएको हुनाले सायद नेपाली सेना को लागि केहि सामान अथवा हतियार पो ल्यायो कि सुत्तुका. यसको जवाब माग्नु पर्छ सम्बन्धित निकाय संग|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme